13.09.26 Avyakt Bapdada Nepali Murli 15.11.2011 Om Shanti Madhuban
“ अब निर्विघ्न र एभर
रेडी भएर १०८ को माला तयार गर , ब्रह्माबाबा समान सम्पन्न र सम्पूर्ण बन।”
आज सर्वशक्तिमान् बाबा
आफ्ना मास्टर सर्वशक्तिमान् बच्चाहरूलाई सर्व शक्तिहरूका खजाना दिन आउनुभएको छ।
सर्वशक्तिहरूका खजाना कति सहजै प्राप्त हुन्छन्। एक सेकेन्डमा जान्यौ मेरो बाबा,
बाबाले भन्नुभयो मेरा बच्चाहरू, यतिमा नै खजानाहरूका मालिक बन्यौ। त्यसैले हरेक
बच्चासँग सदा सबै खजानाहरू साथमा छन् नि! तिमीहरूलाई नसा छ, जुन बाबाको खजाना त्यो
मेरो खजाना। अब चेक गर, बाबाले त हरेक बच्चालाई सबै खजानाहरू दिनुभएको छ, एउटा पनि
कम दिनुभएको छैन तर ती सर्व खजानाहरू हरेकसँग सदा साथमा छन् वा कुनै कुनै खजाना छ र
कुनै खजाना थोरै छ? बापदादाले त दिनुभयो तर हरेकसँग सर्व खजानाहरू सदा नै छन् र
सर्व खजानाहरू समयमा कार्यमा ल्याइरहन्छौ? मालिक भएर अर्डर गर्दा समयमा खजाना
अनुभवमा आउँछन्? बापदादाले चारैतिरका बच्चाहरूको सेवाको उमङ्ग पनि देख्नु भयो,
सुन्नु पनि भयो। चारैतिर राम्रो उमङ्ग-उत्साहले यो ७५ वर्षको जयन्ती मनाइरहेका छौ,
चुनौती दिइरहेका छौ, अब परिवर्तन भइ नै हाल्छ। चुनौती धेरै राम्ररी दिइरहेका छौ।
बापदादा बच्चाहरूको उमङ्ग-उत्साहलाई देखेर खुसी हुनुहुन्छ र के गीत गाउनुहुन्छ? वाह
बच्चाहरू वाह! साथसाथै बापदादाले देख्नुभयो, चुनौती त धेरै उमङ्ग-उत्साहले राम्ररी
दिइरहेका छौ, तर साथसाथै बापदादाले बच्चाहरूलाई स्वयंमा सर्व धारणाहरूको
सफलतास्वरूप पनि देख्नुभयो। तिमीहरू सबैले पनि आफ्नो सम्पन्न र सफलताको स्वरूप
जान्दछौ किनकि सबै निमित्त बनेका बच्चाहरू सदा सम्पन्न र सफलतामूर्त बनेका छौ कि
बन्नु छ? किनकि सुखमय संसारका आधारस्वरूप तिमी बच्चाहरू हौ। त्यसैले बापदादाले सबै
बच्चाहरूको रिजल्ट देख्नुभयो। जो तिमी आधारमूर्त हौ, केवल थोरै बच्चाहरू होइन, सबै
बच्चाहरूको चुनौती छ– हामी सुखमय संसार ल्याउन निमित्त हौँ।
त्यसैले बापदादाले सबै
बच्चाहरूसँग सोध्नुहुन्छ– सुखमय संसार ल्याउन निमित्त बनेका तिमी बच्चाहरू सम्पूर्ण
सम्पन्न आधारमूर्त बनेका छौ? बापदादाको बच्चाहरूमा जुन आशा छ हरेक बच्चा सफलतामूर्त
होस् किनकि तिमीहरूले बाबाको साथी बनेर सङ्कल्प गरेका छौ र धेरै खुसीले चुनौती दिएका
छौ, परिवर्तन भइ नै हाल्छ। त्यसैले आफैलाई सोध, विश्व परिवर्तनको निमित्त तिमी
बच्चाहरू स्वसम्पन्न र सम्पूर्ण कहाँसम्म बनेका छौ? किनकि राज्य स्थापन हुनु छ भने
पहिला राज्यको निमित्त बनेका आत्माहरू निमित्त बन्नेछन् र त्यसपछि अरू निमित्त बन्न
सक्छन्। त्यसैले बापदादाले देख्नुभयो, अब सम्पूर्ण बन्नमा केही मार्जिन रहेको छ।
सेवा त गरेका छौ तर सेवाको रिजल्टमा तिम्रा कति साथी बने? हिसाब निकाल, जसले सुन्छन्
उनीहरू कति समीप आउँछन्? बापदादा बच्चाहरूको हिम्मतमा खुसी हुनुहुन्छ तर अब सेवाको
रिजल्टमा अझ तीव्रता ल्याउनु छ। हर पल आत्माहरूलाई यति समीप सम्बन्धमा ल्याऊ, जसबाट
धेरै खुसी हुन्छन्, अहिले ब्रह्माकुमारीहरूको कर्तव्यलाई जान्नमा धेरै नजिक आएका छन्
तर बापदादाले पहिला पनि भन्नुभएको छ, आत्माहरूलाई बाबाद्वारा वर्सा मिल्नुपर्छ,
त्यसैले तिमी बच्चाहरूले बाबालाई चिन्नुपर्छ, समयलाई चिन्नुपर्छ, स्वमानलाई
जान्नुपर्छ अनि वर्साको अधिकारी बन्छन्। अहिले बाबा आउनुभएको छ र बाबाले वर्सा
दिइरहनुभएको छ, यो कुरा बुद्धिमा आयो भने वर्सा लिएर राज्य अधिकारी बन्छन्।
चारैतिर यो आवाज
फैलियोस् जुन गीत गाउँछौ हाम्रो बाबा आउनुभयो। अब बापदादा यो रिजल्ट हेर्न
चाहनुहुन्छ। परिवर्तन भएको छ, सेवाबाट लाभ भएको छ, मेहनतको फल मिलेको छ तर अझै
बाबासम्म पुगेका छैनन्, यसको कुनै प्लान बनाऊ। बाबाको प्रत्यक्षता कसरी हुन्छ?
राजधानीमा राज्य गर्नेहरू पनि निर्विघ्न बनेका छन्? अब परिवर्तनको बटन ड्रामाले
दबाउँछ, एभर रेडी छौ? एभर रेडी छौ? बटन दबाऊँ? के सम्झन्छौ, बटन दबाऊँ? एभर रेडी
छौ? किनकि सबै तयार हुनुपर्छ, राज्य अधिकारी पनि, राजपरिवार (रोयल फ्यामिली) पनि,
रोयल प्रजा पनि र साधारण प्रजा त कुनै ठुलो कुरा होइन। त्यसैले बापदादाले आज
बच्चाहरूसँग रिजल्ट सोध्नुहुन्छ। के सम्झन्छौ? बापदादालाई बटन दबाउन त समय
लाग्नेछैन। त्यसोभए पहिलो लाइनका आत्माहरूले के सम्झन्छौ? शक्तिहरूले के सम्झन्छौ?
पाण्डवहरूले के सम्झन्छौ? जवाफ देऊ। हो पाण्डवहरूले जवाफ देऊ। दबाऊँ बटन? एभर रेडी
छौ? (बाबा हजुर मालिक हुनुहुन्छ, हजुरलाई बटन दबाऊँ भन्ने सङ्कल्प आउँछ भने
दबाइदिनुहोस्) बापदादाले बच्चाहरूसँग सोध्नुहुन्छ किन? किनकि बाबा त राज्यमा आउनु
छैन। ब्रह्माबाबा आउनु छ। (यहाँ बापदादासँग मिलिरहेका छौ, यो कुरा तिमीहरूलाई धेरै
राम्रो लाग्छ) यो कुरा त राम्रो हो तर बाबासमान बनेर बाबाको साथमा जीवनको अनुभव गरौँ
भन्ने भाव पनि हुनुपर्छ नि! त्यो अनुभव छ? त्यसको लागि तयार छौ? केवल तिमी होइनौ,
राजधानी छ। तिमीले राज्य कोमाथि गर्छौ? राजधानी त चाहिन्छ नि! (सबै साथी हौ) सबै
तयार छौ? (एकदम तयार छौँ) सम्पन्न बन्न तयार छौ? अच्छा सबैले सोचिरहेका छौ, केही
कुरा छैन।
बापदादाले
जान्नुहुन्छ, अहिलेसम्म रेडी छौ, अब एभर रेडी बन्नुपर्छ। बापदादाले जुन दुई कुरा
भन्नुभएको थियो, बच्चाहरू सेकेन्डमा फुलस्टप लगाउन सक्ने हुनुपर्छ। व्यर्थ
सङ्कल्पहरूको नामनिसान नरहोस्। जसलाई पनि सन्देश दिन्छौ, उनीहरू सन्देश सुनेर
परिवर्तन गर्ने उमङ्ग-उत्साहमा आउन्। अब बापदादा यो रिजल्ट चाहनुहुन्छ। यसको लागि
बापदादा बच्चाहरूलाई राय दिनुहुन्छ, आज्ञा पनि गर्नुहुन्छ– सेवा गर्छौ तर जोसुकैको
पनि सेवा गर्दा, एउटै समयमा तीन रूप र तीन रीतिले सेवा गर। तीन रूप प्रेमस्वरूप,
शक्तिस्वरूप र प्रेमस्वरूप– यी तीनै रूपले सेवा गर र तीनै रीतिले सेवा गर, ती तीन
रीति हुन् मनसा-वाचा-कर्मणा एउटै समयमा केवल वाणीद्वारा सेवा होइन तर वाणीको साथै
मनसा सेवा पनि सँगसँगै होस्। मन शक्तिशाली (पावरफुल माइन्ड) होस्। त्यसैले अहिले
आवश्यकता छ, एउटै समय मनसा पावरफुल होस्, जसबाट आत्माहरूको मनसा पनि परिवर्तन हुन्छ।
वाणीद्वारा सारा ज्ञान स्पष्ट होस् र कर्मणाद्वारा, कर्मद्वारा सेवाबाट ती
आत्माहरूले अनुभव गरून् साँच्चिकै हामी आफ्नो परिवारमा आइपुगेका छौँ। परिवारको
फिलिङ आयो भने नजिकका साथी बन्छन्। त्यसैले बापदादा अब एउटै समयमा तीन रूपको सेवा
सँगसँगै चाहनुहुन्छ। हुन सक्छ? हुन सक्छ? हात उठाऊ, हुन सक्छ? अहिले बापदादाले
रिजल्टमा देख्नुभयो, वाणीद्वारा ज्ञानस्वरूप बन्छन् तर परिवारको साथी बन्नमा अझै
टाइम लाग्छ। त्यसैले बापदादाले देख्नुभयो, समयको चुनौतीको साथसाथै अब सेवामा यस्तो
सेवा गर जसले एउटै समयमा तीनै सेवाद्वारा प्राप्तिको अनुभव गर्छन्। सबै बच्चाहरू
बाबासँग मिल्नको लागि उमङ्ग-उत्साहले आइपुगेका छौ, त्यसैले बापदादा बच्चाहरूको
उमङ्ग देखेर खुसी हुनुहुन्छ। सम्पन्न र सम्पूर्ण बन्नमा अब अटेन्सन दिनु छ, किनकि
कम्तीमा १०८ को माला तयार गर्न सकियोस्, माला तयार गर्न सक्छौ? १०८ को माला तयार छ?
तयार छ? किनकि राजधानीमा राज्य अधिकारी त यिनीहरू नै बन्नेछन् नि! त्यसोभए १०८
रत्नहरूको लिस्ट अहिल्यै निकाल्न सक्छौ? हस् हजुर निकाल्न सक्छौँ भन्दैनौ? १०८
राज्य अधिकारी, फेरि १६, १०८ राज्य अधिकारीका साथी। फेरि त्यसपछि हुन्छन् नम्बरवार।
त्यसैले बापदादा अब समय अनुसार, समयलाई समीप ल्याउने बच्चाहरूसँग यही चाहनुहुन्छ–
१०८ को माला एभर रेडी होस्, बाबा समान होस्। त्यसोभए पहिलो लाइनका आत्माहरूले १०८
नाम निकाल्न सक्छ? सक्छौ वा सक्दैनौ भन न! साकारमा ब्रह्माबाबा भएको बेलामा धेरै
पटक परीक्षण (ट्रायल) गर्नुभयो तर फाइनल हुन सकेन, अब त ७५ वर्ष पूरा भइरहेको छ,
त्यसैले यस ७५ वर्षको जुबलीमा कुनै नवीनता त गर्छौ नि! त्यसैले नवीनता यही गर,
हरेकले आफूलाई १०८ को मालाको दाना बनाऊ, जो गन्तीमा आउन्, हो १०८ को माला त बन्यो
किनकि पहिला राज्य अधिकारी बनेपछि राज्यको सम्पर्कवाला आत्मा बन्छन्। तिनीहरूलाई पनि
त ठाउँ चाहिन्छ नि! त्यसैले बापदादाको भनाइको सार यही हो - अब हरेकले आफै तीव्र
पुरुषार्थ गरेर दृढ सङ्कल्प गर्नु छ– म बाबासमान बन्नु नै छ किनकि बापदादाले
सुनाइदिनुभएको छ, परिवर्तन अचानक हुनु छ। त्यसभन्दा पहिला कम्तीमा जो सेवाको
निमित्त बनेका छौ, जोन हेडहरूका साथै सेन्टर इन्चार्ज, साथै तिनीहरूका नजिकका साथी
पाण्डव, तिनीहरू सेन्टर हेड बन्दैनन् तर कुनै न कुनै विशेष कार्यको निमित्त बनेका
जसलाई सबैले विशेष आत्माको नजरले हेर्छन्, तिमी पाण्डवहरूले पनि अहिले तीव्र
पुरुषार्थ गरेर स्व-परिवर्तनको झलक बाहिर स्टेजमा ल्याउनुपर्नेछ, यसको लागि एभर रेडी
छौ? जसले सम्झन्छौ, यो कार्य त गर्नु नै छ, आफूलाई बाबासमान, ब्रह्माबाबासमान फलो
फादर गर्नु नै छ, गर्नु छ भने हात उठाऊ। हात त यति उठाउँछौ, खुसी पारिदिन्छौ। राम्रो
गरेका छौ। तर हात उठाउनुका साथै दृढ सङ्कल्प पनि गर। दृढताको शक्तिले धेरै सहयोग
दिन्छ।
त्यसैले बापदादा खुसी
हुनुहुन्छ, हात उठाउनमा सबै होसियार छौ तर अब दृढतालाई यथार्थमा (प्राक्टिकलमा)
ल्याउनेछौ। होसियार छौ नि बच्चाहरू, दृढता देखाउँछौ पनि तर फेरि दृढता भिन्न भिन्न
रूपमा परिवर्तन हुन्छ, यो भयो, यो भयो। यो हुँदैनथ्यो भने त्यो हुँदैनथ्यो। यो बहाना
बनाउनमा धेरै होसियार छौ। त्यसोभए अहिले बापदादा के चाहनुहुन्छ? अहिले हरेक बच्चा
बाबासमान बन्नु छ, मनसा-वाचा-कर्मणा, सम्बन्ध-सम्पर्कमा तिमीलाई जसले पनि देख्छ, जो
पनि मिल्छ उसले यही भनोस् वाह परिवर्तन वाह! बापदादालाई पनि राम्रो लाग्छ, जुन
बच्चाहरू निमित्त बनेका छन् उनीहरूलाई देखेर पनि खुसी हुन्छ र मिलनमा पनि धेरै खुसी
हुन्छ। त्यसोभए आज के सङ्कल्प गरेका छौ? बन्नु नै छ। ब्रह्माबाबा समान बन्नु नै छ।
बन्नु छ होइन, बन्नु नै छ। कुनै पनि कुरा आए पनि कुराको सट्टा बाबालाई अगाडि राख।
त्यसैले सबै टाढा बसेका बच्चाहरू, नजिक सामुन्ने बसेका बच्चाहरू दुवैलाई देखेर
बापदादा हर्षित भइरहनुभएको छ। सबै बच्चाहरूले धेरै राम्रा प्लान बनाउँछन्, अमृतवेला
सबैले धेरै मीठा मीठा कुरा गर्छन्। धेरैजसोले (मेजोरिटीले) यति मीठा कुरा गर्छन्,
जुन कुराहरू सुनेर बाबाले पनि कुर्बान हुनुहुन्छ। तर थाहा छ फेरि के हुन्छ? कर्मको
क्षेत्रमा आउँछौ, सम्बन्धमा आउँछौ, सेवामा आउँछौ अनि जुन कुराहरू आउँछन् त्यसमा
अलिअलि परिवर्तन हुन्छ। अमृतवेलाको जुन उमङ्ग-उत्साह छ, त्यसमा कर्म गर्दा,
सम्बन्धमा आउँदा अलिअलि परिवर्तन हुन्छ।
अहिले बापदादाले एउटा
कार्य दिनुहुन्छ, त्यो कार्य गर्नको लागि तयार छौ नि! शिर हल्लाऊ। हात उठाऊ।
बापदादाको सङ्कल्प छ– एक महिनाको लागि आफूलाई दृढ सङ्कल्पको आधारबाट बाबासमान
स्थितिमा स्थित हुन सक्छौ? एक महिना गर्न सक्छौ कि धेरै हुन्छ? जसले सम्झन्छौ एक
महिना दृढताले, दृढतालाई साथी बनाउनु बाबालाई सदा सामुन्ने राख्नु, ब्रह्माबाबालाई
नयनमा समाहित राख्नु र ब्रह्माबाबाले के गर्नुभयो, मनसा-वाचा-कर्मणा त्यही गर्नु छ।
हुन त कसैले यथार्थमा (प्राक्टिकलमा) देख्यो वा देखेन तर ज्ञान त छ नि! कुनै पनि
कर्म गर्नुभन्दा पहिला यो चेक गर्नु छ, ब्रह्माबाबाको यो सङ्कल्प रह्यो, यो बोली
रह्यो, यो कर्म रह्यो, यो सम्बन्ध रह्यो, यो सम्पर्क रह्यो? पहिला सोच त्यसपछि गर।
हुन सक्छ? यसमा हात उठाऊ। हुन सक्छ भने पूरा हात उठाऊ। माताहरूले यहाँ एक्सरसाइज
गर्छौ नि, त्यसैले पूरा हात उठाऊ। अगाडि बस्नेहरूले पनि उठाउँछौ नि? सबै मधुबन
निवासीहरू यसमा नम्बरवन आउनु। अगाडि-अगाडि मधुबन निवासीहरू बसेका छौ नि! मधुबनमा
केवल शान्तिवन होइन, जति पनि आएका छौ सबै एक महिना निर्विघ्न, हरेक सेन्टर पनि
निर्विघ्न, गुजरातका टिचरहरूले हात उठाऊ। गुजरातका टिचरहरूले सम्झन्छौ हुन सक्छ,
यसमा पूरा हात उठाऊ। यताउता नगर लामो उठाऊ। हुन सक्छ? अच्छा। शान्तिवन निवासीहरूले
हात उठाऊ, थोरै छौ। जति पनि बसेका छौ, पछाडि पनि बसेका छौ। त्यसोभए मधुबनका ४-५
स्थान जति पनि छौ तिमीहरूले गर्छौ? गर्छौ भने हात उठाऊ? मधुबन निवासीहरूले दुबै हात
उठाऊ। गुजरात निवासीहरू जिज्ञासु पनि, निमित्त टिचरहरू पनि, निमित्त भाइहरू पनि
सबैले हात उठाऊ, गर्छौ। पूरा हात उठाऊ। पछाडि बसेका सबैको हात देखिँदैन, अच्छा,
गुजरातवासीहरू खडा होऊ। गुजरातबाट त धेरै आएका छौ। आधा हल त गुजरात छ। (गुजरातका १५
हजार छन्, बाँकी ३ हजार छन्) गुजरात निवासीहरूलाई बापदादा र परिवारको तर्फबाट धेरै
धेरै बधाई छ, बधाई छ। जसरी अहिले ताली बजायौ नि, त्यसैगरी एक महिनापछि रिजल्टमा
गुजरात नम्बरवन आउनेछ! राम्रो छ। सङ्ख्या त धेरै राम्रो छ। बापदादा खुसी हुनुहुन्छ
बच्चाहरूलाई बाबासँग र मधुबनसँग दिलको प्यार छ। धेरै राम्रो छ, अब गुजरातले कमाल
गरेर देखाउनुछ। यस एक महिनाको रिजल्टमा नम्बरवनमा आएर देखाउनुछ। हुन त नम्बरवनमा सबै
आउनु छ। मधुबनवासीहरू नम्बरवनमा आउनेछौ नि, हात उठाऊ। जेसुकै होस्, जस्तोसुकै
परिस्थिति होस्, परिस्थिति आउनेछ, मायाले सुनिरहेको छ नि, त्यसैले मायाले त आफ्नो
रूप देखाउनेछ तर मायाको काम हो आउनु र तिम्रो काम हो विजय पाउनु। यो नभन्नु, यो भयो,
त्यो भयो, यस्तो नभन्नु। आउनेछ, हुनेछ, यो त बापदादाले पहिला नै सुनाइदिनुहुन्छ
किनकि मायाले सुनिरहेको छ, ऊ धेरै चतुरो छ तर तिमी, माया जतिसुकै चतुर होस् तिमी त
सर्वशक्तिमान्को साथी हौ, मायाले के गर्छ। बापदादाले हेरिरहनुभएको छ, टिभीमा
हेरिरहनुभएको छ, त्यसैले सबैले नम्बरवन ल्याउनुछ। कोही दोश्रो नम्बर नबन्नु, नम्बर
वन बन्नुछ। अच्छा।
बापदादा अहिले सबै
बच्चाहरूलाई एउटै श्रेष्ठ सङ्कल्प सुनाउन चाहनुहुन्छ अहिले स्वयं पनि निर्विघ्न होऊ
र आफ्ना साथीहरूलाई, सम्बन्धमा आउनेहरूलाई पनि निर्विघ्न बनाऊ। समयलाई समीप ल्याऊ।
बापदादाले बच्चाहरूको दुःख र अशान्ति देख्न सक्नुहुन्न। अहिले आफ्नो राज्य छिटोभन्दा
छिटो धरतीमा ल्याऊ। बापदादालाई हरेक बच्चा प्यारो छ, जो लास्ट नम्बर बच्चा छ ऊ पनि
प्यारो छ किनकि कमजोर छ नि! त्यसैले कमजोरमाथि झन् धेरै रहम आउँछ। तिमी सबै पनि
जस्तोसुकै स्थितिका, स्वभावका होऊ तर मेरा हौ भन, जसरी बाबा हाम्रो हुनुहुन्छ,
त्यसैगरी परिवार पनि हाम्रो हो, त्यसैले उसको स्वभाव-संस्कार नहेरी उसलाई झन् सहयोग
देऊ, सद्भावना देऊ, शुभभावना देऊ। अच्छा, सामुन्ने बसेका बच्चाहरूलाई वा टाढा बसेर
हेर्ने बच्चाहरूलाई बापदादाले एक एक बच्चालाई आफ्नो सामुन्ने देखेर दृष्टि पनि
दिइरहनुभएको छ र बधाई पनि दिइरहनुभएको छ। अच्छा।
वरदान:–
वाचाद्वारा
ज्ञान रत्नहरूको दान गर्ने मास्टर नलेजफुल भव
जसले वाचाद्वारा
ज्ञान रत्नहरूको दान गर्छन्, उनीहरूलाई मास्टर नलेजफुलको वरदान प्राप्त हुन्छ।
उनीहरूका एक एक शब्दको धेरै महत्व हुन्छ। उनीहरूको एक एक वचन सुन्नको लागि अनेक
आत्माहरू तिर्खाएका हुन्छन्। उनीहरूको हरेक शब्दमा सेन्स (सार) भरिएको हुन्छ।
उनीहरूलाई विशेष खुसीको प्राप्ति हुन्छ। उनीहरूसँग खजाना भरपुर हुन्छ, त्यसैले
उनीहरू सदा सन्तुष्ट र हर्षित रहन्छन्। उनीहरूको बोली प्रभावशाली हुँदै जान्छ।
वाणीको दान गरेमा वाणीमा धेरै गुण आउँछन्।
स्लोगन:–
स्वराज्यको
मालिक बन्यौ भने सम्पूर्ण वर्साको अधिकार मिल्नेछ।
अव्यक्त इसारा:– अब
आफ्नो दाता स्वरूपलाई प्रत्यक्ष गर
तिमी मास्टर दाता
प्राप्तिस्वरूप बच्चाहरूलाई विश्वका आत्माहरूप्रति रहम वा उमङ्ग आउनुपर्छ - हाम्रा
भाइहरू अल्पकालको इच्छामा कति भौँतारिरहेका छन्, दाताका बच्चाहरू आफ्ना भाइहरूमाथि
दया र रहमको दृष्टि देऊ। महादानी, वरदानी बन। चम्किरहेको सन्तुष्ट मणि बनेर सबैलाई
सन्तोष देऊ।