13.10.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– अब यो
मृत्युलोकको अन्त्य हुन्छ , अमरलोकको स्थापना भइरहेको छ , त्यसैले तिमीले
मृत्युलोकका मानिसहरूलाई याद गर्नुहुँदैन।”
प्रश्न:–
बाबाले आफ्ना
गरिब बच्चाहरूलाई कुन स्मृति दिलाउनुहुन्छ?
उत्तर:–
प्यारा
बच्चाहरू! तिमी निर्विकारी (पवित्र) भएकोबेलामा धेरै सुखी थियौ। तिमीजस्तो धनवान्
अरू कोही थिएन, तिमी अपार सुखी थियौ। धरती, आकाश सबै तिम्रो हातमा थियो। अब फेरि
बाबा तिमीलाई धनवान् बनाउन आउनुभएको छ।
गीत:–
नयन हीन को
राह दिखाओ प्रभु...
ओम् शान्ति ।
मीठा-प्यारा
रुहानी बच्चाहरू! तिमी आत्माहरूले गीत सुन्यौ। कसले भन्नुभयो? आत्माहरूका रुहानी
बाबाले। रुहानी बाबालाई रुहानी बच्चाहरूले भन्यौ– बाबा! उहाँलाई ईश्वर पनि भनिन्छ,
पिता पनि भनिन्छ। कुन पिता? परमपिता। पिता दुई हुनुहुन्छ। एक लौकिक, अर्का पारलौकिक।
लौकिक पिताका बच्चाहरूले पारलौकिक बाबालाई हे बाबा भनेर पुकार्छन्। बाबाको नाम के
हो? शिव। उहाँ शिव निराकारको पूजा हुन्छ। उहाँलाई परमपिता भनिन्छ। लौकिक पितालाई
परमपिता भनिँदैन। उच्चभन्दा उच्च सबै आत्माहरूका पिता एउटै हुनुहुन्छ। सबै
जीवात्माहरूले उहाँ बाबालाई याद गर्छन्। आत्माहरूले यो भुलेका छन्, हाम्रो बाबा को
हुनुहुन्छ? पुकार्छन्– हे परमपिता, हामी नयनहीनलाई नयन दिनुहोस्! अनि हामीले आफ्नो
बाबालाई चिन्छौँ। भक्तिमार्गमा हामी अन्धा बनेर ठक्कर खाइरहन्छौँ, अब यी
ठक्करहरूबाट छुटाउनुहोस्। बाबाले नै कल्प कल्प आएर विश्वलाई स्वर्ग बनाउनुहुन्छ।
अहिले कलियुग हो, सत्ययुग आउँदै छ। कलियुग र सत्ययुगको बीचलाई सङ्गम भनिन्छ। यो
पुरुषोत्तम सङ्गमयुग हो। यसमा बेहदको बाबाले आएर जो भ्रष्टाचारी बनेका छन्,
उनीहरूलाई श्रेष्ठाचारी, पुरुषोत्तम बनाउनुहुन्छ। लक्ष्मीनारायण पुरुषोत्तम थिए।
लक्ष्मीनारायणको राजवंशको राज्य थियो। यो कुरा बाबा आएर स्मृति दिलाउनुहुन्छ।
तिमीहरू आजभन्दा ५ हजार वर्ष पहिला स्वर्गवासी थियौ, अहिले नर्कवासी छौ। आजभन्दा ५
हजार वर्ष पहिला प्राचीन भारतवर्ष स्वर्ग थियो, भारतवर्षको धेरै महिमा थियो।
सुन-हीराका महलहरू थिए। अहिले केही छैन। त्यस समयमा अरू कुनै धर्म थिएन, केवल
सूर्यवंशी थिए। चन्द्रवंशी पछि आउँछन्। बाबा सम्झाउनुहुन्छ– तिमी नै सूर्यवंशी थियौ।
अहिलेसम्म लक्ष्मीनारायणका मन्दिरहरू बनाइरहन्छन्। तर लक्ष्मीनारायणको राज्य कहिले
थियो? तिनीहरूले कसरी राज्य पाए? यो कसैलाई थाहा छैन, पूजा गर्छन् तर जान्दैनन्,
त्यसैले यो अन्धविश्वास भयो नि! शिवको, लक्ष्मीनारायणको पूजा गर्छन्, उहाँहरूको
जीवनी कसैले जान्दैनन्। यहाँका मानिसहरूले स्वयं भन्छन्, हामी पतित छौँ। हे
पतितपावन बाबा आउनुहोस्, आएर हामीलाई दुःखहरूबाट, रावण राज्यबाट मुक्त गर्नुहोस्!
बाबा आएर सबैलाई मुक्त गर्नुहुन्छ। तिमी बच्चाहरूलाई थाहा छ, सत्ययुगमा एउटै राज्य
थियो। कांग्रेसीहरू अथवा बापुजीले पनि यही माग्थे– हामीलाई फेरि रामराज्य चाहिन्छ।
हामी स्वर्गवासी बन्न चाहन्छौँ। अहिले नर्कवासीहरूको के हाल छ, देखिरहेका छौ? यसलाई
भनिन्छ नर्क, आसुरी दुनियाँ। यही भारतवर्ष देवीदेवताहरूको दुनियाँ थियो। अहिले आसुरी
दुनियाँ बनेको छ।
बाबा सम्झाउनुहुन्छ–
तिमीले ८४ जन्म लिएका छौ, न कि ८४ लाख। यो त शास्त्रहरूमा गफ लगाइदिएका छन्। आजभन्दा
५ हजार वर्ष पहिला सद्गतिमार्ग थियो। त्यहाँ न भक्ति, न दुःखको नामनिसान थियो,
त्यसलाई सुखधाम भनिन्छ। बाबा सम्झाउनुहुन्छ– तिमी वास्तवमा शान्तिधाम निवासी हौ।
तिमी यहाँ पार्ट खेल्न आएका हौ। पुनर्जन्म ८४ हुन्छन्, न कि ८४ लाख। अब बेहदको बाबा
आउनुभएको छ, तिमी बच्चाहरूलाई बेहदको वर्सा दिन। बाबाले तिमी आत्माहरूसँग कुरा
गर्नुहुन्छ। अरू सत्सङ्गहरूमा मानिसले मानिसलाई भक्तिका कुरा सुनाउँछन्। आधाकल्प
भारतवर्ष स्वर्ग हुँदा एक जना पनि पतित थिएन। अहिले एक जना पनि पावन छैन। यो पतित
दुनियाँ हो। बाबा सम्झाउनुहुन्छ– गीतामा श्रीकृष्ण भगवानुवाच लेखिदिएका छन्।
श्रीकृष्ण भगवान होइनन्, न त उनले गीता सुनाएका हुन्। यी मानिसहरूले आफ्नो
धर्मशास्त्रलाई पनि जान्दैनन्। आफ्नो धर्मलाई नै भुलेका छन्। धर्म मुख्य ४ छन्,
पहिला आदि सनातन देवीदेवता धर्म सूर्यवंशी, पछि चन्द्रवंशी, दुवैलाई मिलाएर
देवीदेवता धर्म भनिन्छ। त्यहाँ दुःखको नाम थिएन। २१ जन्म तिमी सुखधाममा थियौ। फेरि
रावण राज्य, भक्तिमार्ग सुरु हुन्छ। शिवबाबा कहिले आउनुहुन्छ? रात परेपछि। दुनियाँका
मानिसहरू घोर अन्धकारमा आउँछन्, त्यसपछि बाबा आउनुहुन्छ। पुतलीहरूको पूजा गरिरहन्छन्।
एक जनाको पनि जीवनी जान्दैनन्। भक्तिमार्गमा अनेक ठक्कर खान्छन्, तीर्थहरूमा जान्छन्,
घुमफिर गरेर आउँछन्। कुनै प्राप्ति हुँदैन। बाबा भन्नुहुन्छ– म आएर तिमीलाई
ब्रह्माद्वारा यथार्थ ज्ञान सुनाउँछु। पुकार्छन्– हामीलाई सुखधाम र शान्तिधामको
मार्ग बताउनुहोस्!
बाबा भन्नुहुन्छ–
आजभन्दा ५ हजार वर्ष पहिला मैले तिमीलाई धेरै धनवान् बनाएको थिएँ। यति धन दिएँ, फेरि
कहाँ गुमायौ? तिमी कति धनवान् थियौ। भारतवर्ष के कहलाउँथ्यो। भारतखण्ड नै सबैभन्दा
उच्चभन्दा उच्च खण्ड थियो। वास्तवमा यो खण्ड सबैको तीर्थ हो किनकि पतितपावन बाबाको
जन्मभूमि हो। जुनसुकै धर्मका आत्माहरू हुन्, बाबा आएर सबैलाई सद्गति दिनुहुन्छ।
अहिले सारा सृष्टिमा रावणको राज्य छ, केवल लङ्कामा होइन। सूर्यवंशी राज्य हुँदा यी
विकारहरू थिएनन्। भारतवर्ष निर्विकारी थियो, अहिले विकारी छ। सबै नर्कवासी छन्।
सत्ययुगमा जो दैवी सम्प्रदाय थिए, उनीहरू फेरि ८४ जन्म भोगेर आसुरी सम्प्रदाय बनेका
छन्, फेरि दैवी सम्प्रदाय बन्नु छ। भारतवर्ष धेरै धनवान् थियो। अहिले गरिब बनेको छ,
त्यसैले भिख मागिरहेका छन्। बाबा तिमी गरिब बच्चाहरूलाई स्मृति दिलाउनुहुन्छ– प्यारा
बच्चाहरू! तिमी कति सुखी थियौ। तिमीलाईजस्तो सुख अरू कसैलाई मिल्न सक्दैन। धरती,
आकाश सबै तिम्रो हातमा थियो। शास्त्रहरूमा कल्पको अवधि लामो हुन्छ भनेर सबैलाई
कुम्भकर्णको आसुरी निद्रामा सुताइदिएका छन्। यो भारतभूमि शिवबाबाले स्थापना
गर्नुभएको शिवालय थियो। त्यहाँ पवित्रता थियो, त्यो नयाँ दुनियाँमा देवीदेवताहरूले
राज्य गर्थे। मानिसहरूलाई त यो कुरा पनि थाहा छैन, राधेकृष्णको आपसमा के सम्बन्ध छ।
दुवै छुट्टाछुट्टै राजधानीका थिए, फेरि स्वयंवरपछि लक्ष्मीनारायण बनेका हुन्। यो
ज्ञान कुनै पनि मानिसमा छैन। रुहानी ज्ञान केवल एक बाबाले नै दिनुहुन्छ। अब बाबा
भन्नुहुन्छ– आत्म अभिमानी बन। म तिम्रो परमपितालाई याद गर। यादबाट तिमी
तमोप्रधानबाट सतोप्रधान बन्छौ। तिमी यहाँ आउँछौ मनुष्यबाट देवता अथवा पतितबाट पावन
बन्न। अहिले यो रावण राज्य हो। भक्तिमा रावण राज्य सुरु हुन्छ। सबै भक्ति गर्नेहरू
रावणको पञ्जामा छन्। सारा दुनियाँ ५ विकाररूपी रावणको कैदमा छ, शोक वाटिकामा छ। बाबा
आएर सबैलाई मुक्त गरेर गाइड बनेर साथमा लैजानुहुन्छ। त्यसको लागि यो महाभारत लडाइँ
हुन्छ, जुन ५ हजार वर्ष पहिला भएको थियो, अब बाबाले फेरि स्वर्ग बनाइरहनुभएको छ।
यस्तो होइन, जोसँग धन धेरै छ, उनीहरू स्वर्गमा छन्। अहिले त हो नै नर्क। पतितपावन
बाबालाई भनिन्छ, न कि नदीलाई। यो सबै भक्तिमार्ग हो। यी कुराहरू बाबा नै आएर
सम्झाउनुहुन्छ। अब यो त जान्दछौ, एक हुन्छन् लौकिक पिता, अर्को हुनुहुन्छ पारलौकिक
पिता, अनि अर्का हुनुहुन्छ अलौकिक पिता। अब पारलौकिक पिता शिवबाबाले ब्रह्माद्वारा
ब्राह्मण धर्म स्थापना गर्नुहुन्छ। ब्राह्मणहरूलाई देवता बनाउनको लागि राजयोग
सिकाउनुहुन्छ। आत्माले नै पुनर्जन्म लिन्छ। आत्माले नै भन्छ– मैले एक शरीर छोडेर
अर्को लिन्छु। बाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर म बाबालाई याद गर, अनि तिमी
पावन बन्छौ। कुनै पनि देहधारीलाई याद नगर। अब मृत्युलोकको अन्त्य हुन्छ, अमरलोकको
स्थापना भइरहेको छ। बाँकी सबै अनेक धर्महरू समाप्त हुनेछन्। सत्ययुगमा एउटै
देवीदेवता धर्म थियो, फेरि चन्द्रवंशी रामसीता त्रेतामा थिए। तिमी बच्चाहरूलाई सारा
चक्रको याद दिलाउनुहुन्छ। शान्तिधाम र सुखधामको स्थापना बाबाले नै गर्नुहुन्छ।
मानिसले मानिसलाई सद्गति दिन सक्दैनन्। ती सबै भक्तिमार्गका गुरु हुन्। अहिले तिमी
ईश्वरीय सन्तान हौ। बाबाबाट राज्य भाग्य लिइरहेका छौ। यो राजधानी स्थापना भइरहेको
छ। प्रजा त धेरै बन्नु छ। करोडौँमा कोही राजा बन्छन्। सत्ययुगलाई भनिन्छ फूलहरूको
बगैँचा। अहिले काँडाहरूको जङ्गल छ। रावण राज्य परिवर्तन भइरहेको छ। विनाश हुनु छ।
यो ज्ञान अहिले तिमीलाई मिलिरहेको छ। लक्ष्मीनारायणलाई यो ज्ञान हुँदैन। प्रायः लोप
हुन्छ। भक्तिमार्गमा बाबालाई कसैले पनि यथार्थ रूपमा चिन्दैनन्। बाबा रचयिता
हुनुहुन्छ। ब्रह्मा, विष्णु, शङ्कर पनि रचना हुन्। सर्वव्यापी भन्नाले वर्साको हक
समाप्त हुन्छ। बाबा आएर सबैलाई वर्सा दिनुहुन्छ। ८४ जन्म उनीहरूले नै लिन्छन्, जो
सुरु सुरुमा सत्ययुगमा आउँछन्। क्रिश्चियनहरूले बढीमा ४० जन्म लिँन्छन् होला। एक
भगवानलाई खोज्नको लागि कति ठक्कर खान्छन्। अब तिमीले ठक्कर खाँदैनौ। एक बाबालाई याद
गर, अनि तमोप्रधानबाट सतोप्रधान बन्छौ। यो यात्रा हो। यो ईश्वरीय विश्व विद्यालय
हो। तिम्रो आत्माले पढ्छ। साधुसन्तहरूले भनिदिन्छन्– आत्मा निर्लेप छ। तर आत्माले
नै कर्मअनुसार अर्को जन्म लिन्छ। आत्माले नै राम्रो वा नराम्रो कर्म गर्छ। यस समयमा
(कलियुगमा) तिम्रा कर्म विकर्म हुन्छन्, सत्ययुगमा तिम्रा कर्म अकर्म हुन्छन्। त्यहाँ
विकर्म हुँदैन। त्यो पुण्य आत्माहरूको दुनियाँ हो। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) एक बाबाबाट बेहदको वर्सा लिनु छ। श्रेष्ठ कर्म गर्नु छ। बाबा मिल्नुभएको छ
त्यसैले कुनै पनि प्रकारको ठक्कर खानु छैन।
२) बाबाले जुन स्मृति
दिलाउनुभएको छ, त्यसलाई स्मृतिमा राखेर अपार खुसीमा रहनु छ। कुनै पनि देहधारीलाई
याद गर्नु छैन।
वरदान:–
स्नेहको पछाडि
सर्व कमजोरीहरूलाई कुर्बान गर्ने सामर्थ्यस्वरूप भव
स्नेहको निसानी हो
कुर्बानी। स्नेहको पछाडि कुर्बान गर्दा कुनै मुस्किल वा असम्भव कुरा पनि सम्भव र
सहज अनुभव हुन्छ। त्यसैले सामर्थ्यस्वरूपको वरदानद्वारा सर्व कमजोरीहरूलाई बाध्यताले
होइन, दिलबाट कुर्बान गरिदेऊ किनकि सत्य बाबाको समीपमा सत्य नै स्वीकार हुन्छ।
त्यसैले केवल बाबाको स्नेहको गीत नगाऊ तर स्वयं बाबासमान अव्यक्त स्थितिस्वरूप बन,
जसले गर्दा सबैले तिम्रो गीत गाउनेछन्।
स्लोगन:–
सङ्कल्प वा
स्वप्नमा पनि एक दिलारामको याद रह्यो भने भनिन्छ सच्चा तपस्वी।
मातेश्वरीजीका अनमोल
महावाक्य:–
मानिसको लक्ष्य के हो
? त्यसलाई प्राप्त गर्ने यथार्थ तरिका
हरेक मानिसले यो
सोच्न जरुरी छ, आफ्नो जीवन राम्रो बनाउनको लागि के गर्न उचित हुन्छ? मानिसको जीवन
केको लागि हो, त्यसमा के गर्नु छ? अब आफ्नो दिललाई सोध– के मेरो जीवनमा परिवर्तन
भइरहेको छ? मनुष्य जीवनमा पहिला त ज्ञान हुनुपर्छ, फेरि यो जीवनको लक्ष्य उद्देश्य
के हो? यो त अवश्य मान्छन्, यो जीवनलाई सर्वदा सुख र शान्ति चाहिन्छ। के अहिले त्यो
मिलिरहेको छ? यो घोर कलियुगमा त दुःख अशान्तिबाहेक अरू केही छँदै छैन, अब सोच्नु छ
सुखशान्ति कसरी मिल्छ? सुख र शान्ति यी जुन दुई शब्द निस्किएका छन्, ती अवश्य यही
दुनियाँमा कहिल्यै यथार्थमा भएका थिए होलान्, त्यसैले त यी कुराहरूको माग गर्छन्।
कुनै मानिसले मैले यस्तो दुनियाँ देखेका नै छैन भन्छ भने फेरि त्यो दुनियाँलाई
तिमीले कसरी मान्छौ? यसमा सम्झाइन्छ, यी दिन र रात जुन दुई शब्द छन्, अवश्य रात र
दिन हुँदो हो। यस्तो कसैले भन्न सक्दैन– हामीले देखेको नै रात हो भने दिनलाई कसरी
मानौँ? तर जब दुई नाम छन् भने तिनीहरूको पनि पार्ट होला। त्यस्तै हामीले पनि सुनेका
छौँ, यो कलियुगभन्दा कुनै उच्च अवस्था पनि थियो जसलाई सत्ययुग भनिन्छ! यस्तै समय
चलिरहने हो भने फेरि त्यो समयलाई सत्ययुग नाम किन दिइयो! यो सृष्टिले आफ्नो अवस्था
परिवर्तन गरिरहन्छ, जसरी किशोर, बाल, युवा, वृद्ध... अवस्था परिवर्तन भइरहन्छन्,
त्यसैगरी सृष्टि पनि परिवर्तन भइरहन्छ। आजको जीवन र त्यो जीवनमा कति फरक छ। त्यसैले
त्यो श्रेष्ठ जीवन बनाउने प्रयत्न गर्नु छ।
निराकारी दुनियाँ ,
आकारी दुनियाँ र साकारी दुनियाँको विस्तार
यो पूरै
ब्रह्माण्डभित्र तीन दुनियाँ छन्– एक हो निराकारी दुनियाँ, अर्को हो आकारी, तेस्रो
हो साकारी। अब यो त थाहा पायौ, निराकार सृष्टिमा त आत्माहरूले निवास गर्छन् र साकार
सृष्टिमा साकार मनुष्य सम्प्रदायले निवास गर्छन्। बाँकी छ आकारी सूक्ष्म सृष्टि, अब
विचार चल्छ– के यो आकारी सृष्टि सदा नै रहन्छ वा यसको पार्ट केही समय चल्छ?
दुनियाँका मानिसहरूले त सम्झन्छन्, सूक्ष्म दुनियाँ कुनै माथि छ, त्यहाँ फरिस्ताहरू
रहन्छन्, त्यसलाई नै स्वर्ग भन्छन्। त्यहाँ गएर सुख भोग्नेछन् तर अब यो त स्पष्ट छ,
स्वर्ग र नर्क यही सृष्टिमा नै हुन्छ। बाँकी यो जुन सूक्ष्म आकारी सृष्टि छ, जहाँ
शुद्ध आत्माहरूको साक्षात्कार हुन्छ, त्यो त द्वापरदेखि लिएर सुरु भएको हो। जब
भक्तिमार्ग सुरु हुन्छ, यसबाट सिद्ध छ निराकार सृष्टि र साकार सृष्टि सदा रहिरहन्छ।
बाँकी सूक्ष्म दुनियाँ त सदा हुन्छ भनिँदैन, त्यसमा पनि विशेष ब्रह्मा, विष्णु,
शङ्करको साक्षात्कार हामीलाई यसै समयमा हुन्छ किनकि यसै समयमा परमात्माले तीन
कर्तव्य गर्नको लागि तीन रूप रच्नुहुन्छ। अच्छा, ओम् शान्ति।
अव्यक्त इसारा:–
परोपकारको भावनाले सम्पन्न बनेर अपकारीमाथि पनि उपकार गर
बापदादा सदा श्रीमत दिनुहुन्छ– मनमा हरेक आत्माप्रति शुभभावना र शुभकामना राख,
अपकारीमाथि पनि उपकारको वृत्ति राख, सङ्कल्प सदा सबैप्रति श्रेष्ठ होस्, निःस्वार्थ
होस्, सदा दातापनको भावना होस्। सदा स्वपरिवर्तन अथवा स्वका श्रेष्ठ कर्महरूद्वारा
अरूलाई श्रेष्ठ कर्मको लागि प्रेरणा दिने खालका कर्म भए भने भनिन्छ परोपकारी।