14.01.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– कदम कदम मा बाबाको श्रीमत अनुसार चलिराख , एक बाबा को कुरा मात्रै सुन्यौ भने मायाको आक्रमण हुनेछैन।”

प्रश्न:–
उच्च पद प्राप्त गर्ने आधार के हो?

उत्तर:–
उच्च पद प्राप्त गर्नको लागि बाबाको हरेक डाइरेक्सनमा चलिराख। बाबाको डाइरेक्सन मिल्यो र बच्चाहरूले मान्यौ। अर्को कुनै सङ्कल्पसम्म पनि नआओस्। २- यो रुहानी सेवामा लाग। तिमीलाई अरू कसैको याद आउनुहुँदैन। आफू मरेपछि संसार पनि सकियो त्यसपछि उच्च पद मिल्न सक्छ।

गीत:–
तुम्हें पाके हमने........

ओम् शान्ति ।
मीठा-प्यारा रुहानी बच्चाहरूले यो गीत सुन्यौ। त्यो हो भक्तिमार्गमा गाइएको गीत। यस समयमा बाबाले यसको रहस्य सम्झाउनुहुन्छ। बच्चाहरूले पनि बुझेका छौ– अहिले हामीले बाबाबाट बेहदको वर्सा पाइरहेका छौँ। त्यो हाम्रो राज्य कसैले छिन्न सक्दैन। भारतवर्षको राज्य धेरैले छिनेका छन् नि। मुसलमानहरूले छिने, अङ्ग्रेजहरूले छिने। वास्तवमा पहिला त रावणले छिनेको हो, आसुरी मतमा। यो जुन बाँदरहरूको चित्र बनाउँछन्– हियर नो इभिल, सी नो इभिल... यसको पनि कुनै रहस्य होला नि। बाबा सम्झाउनुहुन्छ– एकातर्फ छ रावणको आसुरी सम्प्रदाय, जसले बाबालाई चिन्दैनन्। अर्कातर्फ छौ तिमी बच्चाहरू। तिमीले पनि पहिला जान्दैनथ्यौ। बाबा यिनको लागि पनि सुनाउनुहुन्छ– यिनले पनि धेरै भक्ति गरेका छन्, यिनको यो धेरै जन्मको पनि अन्त्यको जन्म हो। यिनै पहिला पावन थिए, अहिले पतित बनेका छन्। यिनलाई मैले जान्दछु। अहिले तिमीले अरू कसैको मत नसुन। बाबा भन्नुहुन्छ, मैले तिमी बच्चाहरूसँग कुरा गर्छु। हो, कहिलेकाहीँ कुनै मित्र-सम्बन्धी आदिलाई लिएर आयौ भने केही कुरा गरिदिन्छु। पहिलो कुरा त हो– पवित्र बन्नुछ, त्यसपछि मात्रै बुद्धिमा धारणा हुन्छ। यहाँका नियमहरू निकै कडा छन्। पहिले भनिन्थ्यो– सात दिनसम्म भट्टीमा बस्नुपर्छ, जहाँ न कसैको सम्झना आओस्, न त पत्र नै लेख्न पाइयोस्। चाहे तिमी जहाँसुकै बस, तर दिनभरि भट्टीमै बस्नुपर्ने बाध्यता छ। तर सारा दिन भट्टीमा बस्नुपर्छ। अहिले त तिमी भट्टीमा बसेर फेरि बाहिर निस्कन्छौ। कोही त आश्चर्यवत् सुनन्ती, कथन्ती, अहो माया फेरि भागन्ती भए। यो हो धेरै ठुलो लक्ष्य। बाबाले भनेको मान्दैनन्। बाबा भन्नुहुन्छ– तिमी त वानप्रस्थी हौ। तिमी किन सित्तैमा फस्यौ। तिमी यो रुहानी सेवामा त लाग। तिमीलाई अरू कसैको याद आउनुहुँदैन। आफू मरेपछि संसार पनि सकियो त्यसपछि उच्च पद मिल्न सक्छ। तिम्रो पुरुषार्थ नै हो– नरबाट नारायण बन्ने। कदम कदममा बाबाको डाइरेक्सनमा चल्नुपर्छ। तर यसमा पनि हिम्मत चाहिन्छ। केवल भन्ने कुरा होइन। मोहको अंश कम छैन, नष्टोमोहा हुनुछ। मेरो त एक शिवबाबा, दोस्रो न कोही। मैले त बाबाको शरण लिन्छु। मैले विष कहिल्यै दिनेछैन। तिमी ईश्वरतिर लाग्यौ भने मायाले पनि तिमीलाई छोड्नेछैन, खुब पछार्नेछ। जस्तै वैद्यहरूले भन्छन्– यो औषधिले पहिला सारा बिमारी बाहिर निस्कन्छ। डराउनुहुँदैन। यो पनि त्यस्तै हो। मायाले खुब सताउनेछ, वानप्रस्थ अवस्थामा पनि विकारको सङ्कल्प ल्याइदिनेछ। मोह उत्पन्न हुनेछ। बाबाले पहिलादेखि नै बताइदिनुहुन्छ– यो सबै हुनेछ। तिमी जीवित रहेसम्म यो मायाको बक्सिङ चलिरहनेछ। पहलमान बनेर मायाले पनि तिमीलाई छोड्नेछैन। यो कुरा ड्रामामा पहिल्यै निश्चित छ। मैले कहाँ मायालाई विकल्प नल्याऊ भन्छु र! धेरैले लेख्छन्– बाबा कृपा गर्नुहोस्! मैले कहाँ कसैमाथि कृपा गर्छु र! यहाँ त तिमी श्रीमतमा चल्नुछ। कृपा गरेँ भने त सबै महाराजा बन्नेछन्। यो कुरा ड्रामामा पनि छैन। सबै धर्मका आउँछन्। जो अरू अरू धर्ममा ट्रान्सफर भएका होलान्, तिनीहरू निस्केर आउनेछन्। यहाँ कलमी लगाइन्छ, यसमा धेरै मेहनत छ। नयाँ जो आउँछन्, उनीहरूलाई केवल भन्नुछ– बाबालाई याद गर। शिव भगवानुवाच, श्रीकृष्ण त ८४ जन्ममा आउनुहुन्छ। अनेक मत, अनेक कुरा छन्। यो कुरा बुद्धिमा पूरा धारण गर्नुछ। हामी पतित थियौँ। अब बाबा भन्नुहुन्छ– तिमी पावन कसरी बन्छौ। कल्प पहिला पनि भनेको थिएँ– म एकलाई याद गर। आफूलाई आत्मा सम्झेर देहका सबै धर्म छोडेर जीवन छँदै मर। म एक बाबालाई नै याद गर। म सबैको सदगति गर्न आएको हुँ। यहाँका मानिसहरू नै उच्च बन्छन्, फेरि ८४ जन्म लिएर तल ओर्लन्छन्। भन, तिमीहरूले नै यी देवीदेवताहरूको पूजा गर्छौ। यिनीहरू को हुन्? यिनीहरू स्वर्गका मालिक थिए नि। अहिले कहाँ छन्? ८४ जन्म कसले लिन्छन्? सत्ययुगमा त यिनै देवीदेवता थिए। अहिले फेरि यो महाभारत लडाइँद्वारा सबैको विनाश हुनुछ। अहिले सबै पतित तमोप्रधान छन्। म पनि यिनको धेरै जन्महरूको अन्त्यमा नै आएर प्रवेश गर्छु। यिनी पूरा भक्त थिए। नारायणको पूजा गर्थे। यिनमा नै प्रवेश गरेर फेरि यिनैलाई नारायण बनाउँछु। अब तिमीले पनि पुरुषार्थ गर्नुछ। यहाँ देवीदेवताको राजधानी स्थापना भइरहेको छ। माला बन्छ नि। माथि हुनुहुन्छ निराकार फूल, फेरि मेरु युगल। शिवबाबाको मुनी एकदम यिनीहरू उभिएका छन्। जगतपिता ब्रह्मा र जगत अम्बा सरस्वती। अहिले तिमी यो पुरुषार्थबाट विष्णुपुरीको मालिक बन्छौ। प्रजाले पनि त भन्छन् नि– भारतवर्ष हाम्रो हो। तिमीले पनि बुझेका छौ– हामी विश्वका मालिक हौँ। हामीले राज्य गर्नेछौँ, अरू कुनै धर्म हुनेछैन। यस्तो भनिँदैन– यो हाम्रो राज्य हो, अरू कुनै राज्य हुँदैन। यहाँ धेरै छन्, त्यसैले तेरोमेरो भन्ने चल्छ। त्यहाँ यी कुरा नै हुँदैनन्। त्यसैले अब बाबा सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! अरू सबै कुरा छोडेर म एकलाई याद गरेमा विकर्म विनाश हुनेछन्। यस्तो होइन– कोही अगाडि बसेर निष्ठा (योग) गराओस्, दृष्टि देओस्। बाबा त भन्नुहुन्छ– हिँड्दा डुल्दा बाबालाई याद गर्नुछ। आफ्नो चार्ट राख– सारा दिनमा कति याद गरेँ? बिहान उठेर कति समय बाबासँग कुरा गरेँ? आज बाबाको यादमा बसेँ? यसप्रकार आफैले मेहनत गर्नुछ। ज्ञान त बुद्धिमा छ, फेरि अरूलाई पनि सम्झाउनुछ। यो कसैको बुद्धिमा आउँदैन– काम महाशत्रु हो। २-४ वर्ष बसेर फेरि जोडले मायाको थप्पड लाग्यो भने गिर्छन्। फेरि लेख्छन्– बाबा, मैले कालो मुख पारेँ। बाबाले लेखिदिनुहुन्छ– कालो मुख पार्ने १२ महिना यहाँ आउन आवश्यक छैन। तिमीले बाबासँग प्रतिज्ञा गरेर फेरि पनि विकारमा गिरेकाले मेरो पासमा कहिल्यै नआउनु। लक्ष्य ठुलो छ। बाबा आउनुभएको नै हो पतितबाट पावन बनाउन। धेरै बच्चाहरू विवाह गरेर पनि पवित्र रहन्छन्। हो, कुनै बच्चीमाथि मार परेछ भने उसलाई बचाउनको लागि गन्धर्व विवाह गरेर पवित्र रहन्छन्। त्यसमा पनि कोही कोहीलाई त नाकबाट मायाले समात्छ। हार खान्छन्। स्त्रीहरूले पनि धेरै हार खान्छन्। बाबा भन्नुहुन्छ– तिमी त सुपनखा हौ, यी सबै नाम यस समयका नै हुन्। यहाँ त बाबाले कुनै पनि विकारीलाई बस्न दिनुहुन्न। कदम कदममा बाबासँग राय लिनुपर्छ। सरेन्डर भयौ भने फेरि बाबाले भन्नुहुन्छ– अब ट्रस्टी बन। रायमा चलिराख। तिमीले चार्ट देखायौ भने मात्र म आफ्नो राय दिनेछु। यी कुराहरू निकै गहिरा र बुझ्नुपर्ने खालका छन्। चाहे तिमीले भोग नै किन नलगाऊ, म त्यो खान्नँ। किनकि म त दाता हुँ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।)

रात्रि क्लास – १५-६-६८

जे बितेर गयो, त्यसलाई रिभाइज गरेमा जसको दिल कमजोर छ, उनीहरूको दिलको कमजोरी पनि रिभाइज हुन्छ, त्यसैले बच्चाहरूलाई ड्रामाको पट्टामा राखिएको छ। मुख्य फाइदा छ नै यादबाट। यादबाट नै आयु लामो हुनेछ। ड्रामालाई बच्चाहरूले बुझे भने बितेर गएको कुराको कहिल्यै ख्याल हुँदैन। ड्रामामा यस समयमा ज्ञान सिक्ने र सिकाउने पार्ट चलिरहेको छ। फेरि यो पार्ट बन्द हुनेछ। न बाबाको, न हाम्रो पार्ट रहनेछ। न उहाँको दिने पार्ट, न हाम्रो लिने पार्ट हुनेछ। त्यसपछि एक हुनेछौँ नि। हाम्रो पार्ट नयाँ दुनियामा हुनेछ। बाबाको पार्ट शान्तिधाममा हुनेछ। पार्टको रिल भरिएको छ नि, हाम्रो प्रारब्धको पार्ट, बाबाको शान्तिधामको पार्ट। दिने र लिने पार्ट पूरा भयो भने ड्रामा नै पूरा भयो। फेरि हामी राज्य गर्न आउनेछौँ, त्यो पार्ट परिवर्तन हुनेछ। ज्ञान बन्द हुनेछ, हामी देवता बन्नेछौँ। पार्ट नै पूरा भएपछि बाँकी फरक रहनेछैन। बच्चा र बाबाको पनि पार्ट रहनेछैन। यिनले पनि ज्ञानलाई पूरा लिन्छन्। उहाँको पासमा पनि केही रहँदैन। न दिनेवालाको पासमा रह्यो, न लिनेवालामा कमी रह्यो भने दुवै एकअर्का समान भए। यसमा विचार सागर मन्थन गर्ने बुद्धि चाहिन्छ। खास पुरुषार्थ हो यादको यात्राको। बाबा बसेर सम्झाउनुहुन्छ। सुनाउँदा त मोटो कुरा हुन्छ, बुद्धिमा त सूक्ष्म छ नि। मनले जान्दछन्– शिवबाबाको रूप के हो। सम्झाउँदा मोटो रूप हुन्छ। भक्तिमार्गमा ठुलो लिङ्ग बनाइदिन्छन्। आत्मा त सानो छ नि। यो हो कुदरत। कहाँसम्म अन्त्य पाउनेछन्? फेरि अन्त्यमा बेहद भनिदिन्छन्। बाबाले सम्झाउनुभएको छ– सारा पार्ट आत्मामा भरिएको छ। यो कुदरत हो। अन्त्य पाउन सकिँदैन। सृष्टिचक्रको अन्त्य त पाउँछन्। रचयिता र रचनाको आदि मध्य अन्त्यलाई तिमीले नै जान्दछौ। बाबा नलेजफुल हुनुहुन्छ। फेरि हामी पनि फुल हुनेछौँ। पाउनको लागि केही रहनेछैन। बाबा यसमा प्रवेश गरेर पढाउनुहुन्छ। उहाँ बिन्दु हुनुहुन्छ। आत्मा वा परमात्माको साक्षात्कार भएर मात्रै कहाँ खुसी हुन्छ र! मेहनत गरेर बाबालाई याद गर्नुछ त्यसबाट विकर्म विनाश हुनेछन्। बाबा भन्नुहुन्छ– ममा ज्ञान बन्द भयो भने तिमीमा पनि बन्द हुनेछ। ज्ञान लिएर उच्च बन्छन्। सबैकुरा लिन्छन्, फेरि पनि बाबा त बाबा नै हुनुहुन्छ नि। तिमी आत्माहरू आत्मा नै रहनेछौ, बाबा भएर त रहनेछैनौ। यो त ज्ञान हो। बाबा बाबा हुनुहुन्छ, बच्चाहरू बच्चा हुन्। यी सबै विचार सागर मन्थन गरेर गहिराइमा जाने कुरा हुन्। यो पनि थाहा छ– जानु त सबैलाई छ। सबै जानेछन्। बाँकी गएर आत्मा रहनेछ। सारा दुनिया नै समाप्त हुनुछ। यसमा निडर रहनुपर्छ। पुरुषार्थ गर्नुछ निडर भएर रहने। शरीर आदिको कुनै पनि भान नआओस्। त्यही अवस्थामा जानुछ। बाबाले आफूसमान बनाउनुहुन्छ, तिमी बच्चाहरूले पनि आफूसमान बनाइरहन्छौ। एक बाबाको नै याद रहोस्, यस्तो पुरुषार्थ गर्नुछ। अझै समय बाँकी छ। यो रिहर्सल तीक्ष्ण बनाउनुपर्छ। प्राक्टिस भएन भने रोकिन्छन्। खुट्टा काम्न थाल्नेछन् र अचानक हृदयघात भइरहनेछ। तमोप्रधान शरीरलाई हृदयघात हुन कहाँ समय लाग्छ र। जति अशरीरी हुँदै जान्छौ, बाबालाई याद गरिरहन्छौ त्यति नजिक आउँदै जानेछौ। योगमा रहनेहरू नै निडर रहनेछन्। योगबाट शक्ति मिल्छ, ज्ञानबाट धन मिल्छ। बच्चाहरूलाई चाहिन्छ शक्ति। त्यसैले शक्ति पाउनको लागि बाबालाई याद गरिराख। बाबा हुनुहुन्छ अविनाशी सर्जन। उहाँ कहिल्यै बिरामी बन्न सक्नुहुन्न। अब बाबा भन्नुहुन्छ– तिमीले आफ्नो अविनाशी औषधि गरिराख। मैले यस्तो सञ्जीवनी बुटी दिन्छु, जसबाट कहिल्यै कोही बिरामी पर्दैन। केवल पतितपावन बाबालाई याद गरिराखेमा पावन बन्नेछौ। देवताहरू सदा निरोगी पावन छन् नि। बच्चाहरूलाई त यो निश्चय भएको छ– हामीले कल्प कल्प वर्सा लिन्छौँ। जसरी अहिले आउनुभएको छ त्यसरी नै बाबा अनगिन्ती पटक आउनुभएको छ। बाबाले जे सिकाउनुहुन्छ, सम्झाउनुहुन्छ, यही राजयोग हो। ती गीता आदि सबै भक्तिमार्गका हुन्। यो ज्ञानमार्गको कुरा बाबाले नै बताउनुहुन्छ। बाबाले नै आएर तलबाट माथि उठाउनुहुन्छ। जो पक्का निश्चयबुद्धि छन्, उनीहरू नै मालाका दाना बन्छन्। बच्चाहरूले जान्दछौ– भक्ति गर्दागर्दै हामी तल गिर्दै आएका छौँ। अहिले बाबा आएर सत्य कमाइ गराउनुहुन्छ। लौकिक पिताले यति कमाइ गराउँदैनन् जति पारलौकिक बाबाले गराउनुहुन्छ। अच्छा बच्चाहरूलाई गुड नाइट एवं नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) माया पहलमान बनेर सामुन्ने आउनेछ, त्यसबाट डराउनुछैन। मायाजित बन्नुछ। कदम कदममा श्रीमत अनुसार चलेर आफूमाथि आफैले कृपा गर्नुछ।

२) बाबालाई आफ्नो सत्य सत्य चार्ट बताउनुछ। ट्रस्टी भएर रहनुछ। हिँड्दा डुल्दा यादको अभ्यास गर्नुछ।

वरदान:–
रुहे गुलाब बनेर टाढा टाढासम्म रुहानी सुगन्ध फैलाउने रुहानी सेवाधारी भव

रुहानी रुहे गुलाबले आफ्नो रुहानी वृत्तिद्वारा रुहानियतको सुगन्ध टाढा टाढासम्म फैलाउँछन्। उनीहरूको दृष्टिमा सदा सुप्रिम रुह समाहित हुनुभएको हुन्छ। उनीहरूले सदा रुहलाई देख्छन्, रुहसँग बोल्छन्। म रुह हुँ, सदा सुप्रिम रुहको छत्रछायामा चलिरहेको छु, म रुहलाई गराउनेवाला सुप्रिम रुह हुनुहुन्छ, यसरी हर सेकेन्ड हजुरलाई हाजिर अनुभव गर्नेहरू सदा रुहानी सुगन्धमा अविनाशी र एकरस रहन्छन्। यही हो रुहानी सेवाधारीको नम्बरवन विशेषता।

स्लोगन:–
निर्विघ्न बनेर सेवामा अगाडि नम्बर लिनु अर्थात् नम्बरवन भाग्यशाली बन्नु।

अव्यक्त इसारा:– यस अव्यक्त मासमा बन्धनमुक्त रहेर जीवनमुक्त स्थितिको अनुभव गर

ब्राह्मण जीवनमा देहको बन्धन, सम्बन्धको बन्धन, साधनहरूको बन्धन– सबै समाप्त भयो नि! कुनै बन्धन छैन। बन्धनले आफ्नो वशमा पार्छ र सम्बन्धले स्नेहको सहयोग दिन्छ। त्यसैले देहका सम्बन्धीहरूसँग देहको नाताको सम्बन्ध होइन आत्मिक सम्बन्ध होस्। यस्ता ब्राह्मण अर्थात् जीवनमुक्त।