14.07.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– यादको यात्रामा कहिल्यै नथाक्नु, देह अभिमानका तुफानहरूले थकाउँछन्, देहीअभिमानी बन्यौ भने थकाइ हटेर जान्छ।”

प्रश्न:–
कुन संस्कारले २१ जन्मको श्रेष्ठ तकदिर बिगार्छ?

उत्तर:–
कसैमा रिसाउने (वा नाराज हुने) संस्कार हुन्छ। बाबासँग वा पढाइसँग रिसाए भने तिनीहरूको २१ जन्म तकदिर बिग्रिन्छ त्यसैले बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! देह अभिमानवश कहिल्यै पनि यो उल्टो नसा चढ्नुहुँदैन– मैले यति धेरैलाई सम्झाएँ, यति मदत गरेँ। हेर, बाबा कति ठुलो अधिकारी हुनुहुन्छ तैपनि कति निरहङ्कारी हुनुहुन्छ त्यसैले बाबालाई हेर (सी फादर)।

गीत:–
रात के राही थक मत जाना...

ओम् शान्ति ।
मीठा-प्यारा सिकीलधे बच्चाहरूले गीत सुन्यौ र जो योगयुक्त सेवाधारी बच्चाहरू छौ, तिमीहरूले यसको अर्थ तुरून्तै बुझ्छौ। हामी रातका यात्री हौँ अर्थात् ब्राह्मणहरूको अब रात पूरा भएको छ। भक्तिमार्गलाई रात भनिन्छ। आधाकल्पको रात पूरा हुन्छ। हदको पनि दिन र रात हुन्छ। यहाँ फेरि ब्राह्मणहरूको आधाकल्प दिन र आधाकल्प रात हुन्छ। यस समय, जुन बेला बाबा आउनुहुन्छ त्यतिबेला यहाँ अँध्यारो हुन्छ। यो प्रभातको पहिलो प्रहर हो, अब उज्यालो हुँदैछ। बच्चाहरूलाई थाहा छ, अब बाबा भन्नुहुन्छ– मीठा-प्यारा बच्चाहरू! यादको यात्रामा नथाक। जसरी जिस्मानी यात्रा हुन्छ। पहिला पैदल जान्थे। धेरै बिस्तारै बिस्तारै, बीच बीचमा मञ्जिल (धर्मशाला) बनेका हुन्छन्। यात्रीहरूलाई थाहा हुन्छ, हामी फलानो फलानो मञ्जिलमा रोकिनुछ। पहिला धेरै श्रद्धाले पैदल जान्थे, त्यसमा धेरै मेहनत हुन्छ। अब यो त धेरै सहज भएको छ। यसलाई भनिन्छ सहज याद वा योग। केवल बाबालाई याद गर्नुछ, थाक्नुको अर्थ नै हो देह अभिमानी बन्नु। हो, यसमा कुनै शङ्का छैन, मायाका विघ्नहरू पर्छन्। तर यसमा थाक्नुहुँदैन। थाकेपछि देह अभिमान आउँछ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! शरीर निर्वाहको लागि काम त गर्नुछ, त्यसको लागि छुट छ। ८ घण्टा शरीर निर्वाह, ८ घण्टा आराम, बाँकी ८ घण्टा यस ईश्वरीय सेवामा समय देऊ। अहिले त पूरा ८ घण्टा समय कसैले दिँदैनन्। अन्त्यमा ८ घण्टासम्म ईश्वरीय सेवामा रहनेछन्। चार्टलाई बढाउँदै लैजाऊ। यहाँ आएर बस्दा तिमीहरूलाई बाबाको याद गराइन्छ, जसलाई तिमीले नेष्ठा भन्छौ। बाबाको यादमा आएर बस्छौ। यसको अर्थ यो होइन– केवल यहाँ आएर यादमा बस्नुछ। यस्ता धेरै छन्– उनीहरूले सम्झन्छन् ५-१० मिनेट योग गरेर उठौँ। तर बाबा त भन्नुहुन्छ– कामधन्दा गर्दा, कहीँ आउँदाजाँदा पनि तिमी योगमा रहनुछ। कहीँ गङ्गास्नान आदि गर्न जाँदा राम राम जप्छन् नि! यहाँ तिमीले केही जप्नुछैन, केवल बाबालाई याद गर्नुछ। उहाँ बाबाले बच्चाहरूसँग नै कुरा गरिरहनुभएको छ। तिम्रो कल्याण नै यादको यात्रामा छ, यसमा थाक्नुहुँदैन। यसमा तुफानहरू धेरै आउँछन्। तुफान कुनै धुलो माटो आदिको होइन। मायाको तुफान आएपछि बुद्धिको योग टुट्छ। फेरि देह अभिमानमा आएपछि कामधन्दा, बच्चाहरू याद आउँछन्। बाबा भन्नुहुन्छ– अब त यी कामधन्दा आदि सबै खतम हुन्छन्। तिम्रा बच्चाहरू वारिस बन्दै बन्दैनन्। सबै खतम हुन्छन्। अहिले त तिम्रो वारिस बेहदको बाबाका सामुन्ने हुनुहुन्छ। हदको वर्सा मुर्दावाद हुनुछ। धनवान मानिसहरूले सम्झन्छन्– अब बच्चा ठुलो हुन्छ, विवाह गर्छ फेरि यो हुन्छ। बाबा भन्नुहुन्छ– अब त्यति समय छैन त्यसैले दुनियाँबाट बिल्कुल मोह हटाइदेऊ। यो त मसानघाट हो। कामधन्दा, बच्चाहरू आदिको चिन्तन गर्छौ भने सित्तैमा आफ्नो बर्बादी गर्छौ। शिवबाबालाई याद गरेमा धेरै उन्नति हुन्छ। देह अभिमानमा आएपछि बर्बादी हुन्छ। देहीअभिमानी बनेमा उन्नति हुन्छ। जति याद गर्छौ त्यति भविष्यमा २१ जन्म वर्सा पाउँछौ। याद गरेनौ भने धेरै घाटा पर्छ। त्यो फेरि कल्पकल्पान्तरको लागि हुन्छ। यति ठुलो घाटाको कुरा छ। ख्याल गर्नुपर्छ– हामीले पूरा वर्सा कसरी पाउँछौँ। धनको पनि धेरै लालच राख्नुहुँदैन। अति धेरै (टु मच) मा जानुहुँदैन। कोही टाट पल्टिए भने उनीहरूलाई धेरै फिक्र हुन्छ। शिवबाबालाई बिल्कुलै भुल्छन्। फेरि दोष देखाउँछन्– ज्ञानमा आएपछि टाट पल्टियौँ, बिरामी भयौँ। यस्तो कहिल्यै सम्झनुहुँदैन। रोग आदि लाग्छ, यो त कर्मभोग हो। यो त राम्रो हो यसबाट विकर्म विनाश हुन्छ। धर्मराजको डन्डा खानुभन्दा त बिरामी पर्नु राम्रो हो नि! कर्मभोग चुक्ता गर्नुछ। यो त महारोगी शरीर हो। यसको कति सम्हाल गरिन्छ। हिँड्दाहिँड्दै ठहरै हुन्छन्। हर्टफेल हुन्छ। यस्तो पुरानो दुनियाँलाई त बुद्धिबाट एकदमै भुल्नुपर्छ। बच्चाहरूले पिताले नयाँ घर बनाइरहनुभएको छ भन्ने देखे भने बच्चाहरूको दिल पुरानो घरबाट एकदमै हट्छ। भन्छन्– बाबा घर छिटो बनाउनुहोस्! पुरानो घरमा धेरै तकलिफ छ। तिमीलाई पनि थाहा छ– यो पुरानो दुनियाँ त धेरै नै विकारी छ। यो तिम्रो बेहदको संन्यास हो। उनीहरूले घरबारको संन्यास गर्छन्। त्यसलाई हदको संन्यास भनिन्छ। तिमीले संन्यास गर्छौ– विकारहरूको।

बाबा भन्नुहुन्छ– देहसहित देहका जति पनि तिम्रा सम्बन्ध छन्, ती सबै सम्बन्ध लाई तोडेर म एकलाई याद गर। यो दुनियाँ जुन यी आँखाले देख्छौ, यसलाई भुल। अहिले तिमीहरूको बुद्धिमा दीव्य ज्ञान छ, हामीले स्वर्गको राजधानीको लागि पुरुषार्थ गरिरहेका छौँ। हामीलाई ज्ञानको तेस्रो नेत्र मिलेको छ। यो सबै मसानघाट हुनुछ, यससँग प्रेम राख्नुहुँदैन। आजकाल मानिसहरूको धन सम्पत्ति बढेको छ त्यसैले विकार पनि तीव्र रूपमा बढेको छ। काम विकार कति तीव्र भएको छ। काम विकारबिना रहन सक्दैनन्। ४-५ वर्ष पवित्र रहेर पनि फेरि लेख्छन्– बाबा आज यिनलाई भूत लाग्यो, कालो मुख पारे। कति धक्का खाए। एकदम ५ तलाबाट गिरे। सबैभन्दा पहिलो विकार देह अभिमान हो। माथिबाट गिरेर चकनाचुर भए। खतम, बिल्कुलै शरीरको हड्डी नै भाँचिन्छ। फेरि पुरुषार्थ गर्नमा समय लाग्छ। यो सबैभन्दा ठुलो चोट हो त्यसैले बाबा भन्नुहुन्छ– काम महाशत्रु हो। विकारलाई नै पतितपन भनिन्छ। भन्छन्– बाबा हामीलाई पतितबाट पावन बनाउनुहोस्! यहाँ नै सम्पूर्ण निर्विकारी थिए नि! यही भूमि नै निर्विकारी थियो। अब यो भूमि विकारी भएको छ। सम्पूर्ण निर्विकारी, सूर्यवंशीलाई भनिन्छ। हुन त रामचन्द्रको राज्यमा पनि विकारको कुरा रहँदैन। तर त्यहाँ कला त कम हुन्छ नि! १२५० वर्ष बितेपछि त्यो सत्ययुगी दुनियाँको तागत त कम भयो नि त्यसैले तिनीहरूलाई सतोप्रधानबाट फेरि सतो भनिन्छ। तिमीले चाहन्छौ हामी मम्मा-बाबालाई फलो गरेर सूर्यवंशी महाराजा-महारानी बनौँ, यसमा तकलिफ वा खर्च आदिको त कुरै छैन, यसमा मुखबाट केही बोल्नु पनि छैन। केवल याद गर्नुछ, यसलाई नै सहज योग भनिन्छ, यसमा धेरै मेहनत चाहिन्छ। बाबाको अगाडि त सबै महारथीहरू बसेका छन्, यसमा पूरा योग चाहिन्छ त्यसपछि केही तीर लाग्छ। योगबल हो नि! सबैको योगमा धेरै कमी छ। विघ्न पनि योगमा नै धेरै पर्छन्।

बेहदको बाबा बसेर मीठा-प्यारा बच्चाहरूलाई सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! बाबासँग वा पढाइसँग कहिल्यै नरिसाऊ। रिसायौ भने २१ जन्मको भाग्यसँग रिसाउनेछौ। धेरै राम्रा राम्रा बच्चाहरू पनि रिसाउँछन्। देह अभिमानको नसा चढ्छ। मैले यति धेरैलाई सम्झाएको छु। देह अहङ्कार आएपछि गिर्छन्। यसमा अहङ्कार आउनुहुँदैन। शिवबाबालाई कुनै अहङ्कार छ? बाबा कति निरहङ्कारी हुनुहुन्छ, अनि हुनुहुन्छ कति ठुलो अधिकारी। बाबाले भन्नु हुन्छ पनि– म साधारण तनमा, साधारण घरमा आउँछु। धनवानको घरमा कहाँ आउँछु र! त्यसैले अब बच्चाहरू जाग्नुछ। बाबाले त धेरै राम्रा युक्तिहरू बताइरहनुहुन्छ। तिमी बच्चाहरूले नै ढिलो गर्छौ। ड्रामा अनुसार अझै अवस्थाहरू जटिल भएका छैनन्। पछि गएर जटिल हुनेछन्। हामीले सरकारलाई जानकारी दिन्छौँ– यति यति वर्षमा स्वर्गको स्थापना हुन्छ। यो कुरा मानिसहरूले अखबार आदिमा पढे भने आएर तिमीलाई सोध्नेछन्। थोरै वर्षभित्र स्वर्गको स्थापना हुन्छ भने विनाश पनि अवश्य हुन्छ। धेरै आउनेछन्। यो सम्पत्ति आदि केही समयको लागि हो। यस सम्पत्तिलाई तिमीले कुनै सम्पत्ति कहाँ मान्छौ र! तिमीलाई थाहा छ, यो त केही दिनको लागि हो। यी घर आदि बस्नको लागि बनाएका हुन् किनकि मधुबनमा धेरै बच्चाहरू रिफ्रेस हुन आउँछन्। हेड अफिस मधुबन हो। आज तिमीले के गर्छौ, भोलि के गर्नेछौ। यहाँ तपस्या गर्छौ फेरि दिल्ली वृन्दावन आदिमा गएर राज्य गर्नेछौ। हाम्रो यादगार कसरी सामुन्ने छ, यो राम्रोसँग देखाउनुछ। जुन काम हामीले अहिले गरिरहेका छौँ, त्यही काम ५ हजार वर्ष पहिला पनि गरेका थियौँ। पहिला सुरुमा शिवबाबाका मन्दिर बनाउँछन्। बाँकी देलवाडा मन्दिर आदि त पछि बनेका हुन्। बुद्धिले काम लिनुपर्छ। देलवाडा मन्दिरको पनि हिसाब निकालियो भने निस्कन सक्छ। यो मन्दिर पूरा हाम्रो यादगार हो। तिमीलाई थाहा छ, यो स्थापनाको यादगार हो।

तिमी मीठा-प्यारा रुहानी बच्चाहरूलाई धेरै खुसी हुनुपर्छ। यी सबै सेवा बढाउने युक्तिहरू निकाल्नुछ। राम गयो रावण गयो... जसको ठुलो परिवार छ। रावणको हेर कति ठुलो परिवार छ। रामको कति सानो परिवार छ, यो गायन सही छ। तर यो कुरा कसैले बुझ्न सक्दैनन्। बाबाले बसेर सम्झाउनुहुन्छ तैपनि निश्चय हुँदैन। शरीर निर्वाह अर्थ पनि तिमीले कर्म त अवश्य गर्नुछ। हो, जो सेवाधारी पाण्डव बच्चाहरू छन्, उनीहरूले त सरकारबाट पालना लिन सक्छन्। उनीहरूको सम्पूर्ण सम्हाल हामीले गर्नुपर्छ। तिमी बच्चाहरूको अवस्था यस्तो हुनुपर्छ, जसबाट बाबाको यादमा यस दुनियाँको सबैथोक भुल्नुछ। यादको यात्रामा जो पक्का मस्त रहन्छन् उनीहरूको अवस्था पनि धेरै मजबुत हुन्छ। मानौँ शिवबाबाको यादमा रहेर तिमीले शरीर छोड्छौ। संन्यासीले ब्रह्मको यादमा शरीर छोडे भने पनि वायुमण्डलमा बिल्कुल सन्नाटा हुन्छ। बाबालाई अनुभव छ। मानिस मरे भने घरमा सन्नाटा हुन्छ नि, यसमा पनि यस्तै हुन्छ। अन्त्यमा मानौँ सबैथोक भुल्छन्। अब हामी फर्केर घर जानुछ। यसबाट देह अभिमान छुट्दै जान्छ। अन्त्यमा शरीर हर्षितमुख भएर खुशीले छोड्नुपर्छ। बस्। हामी कहीँ गइरहेका छौँ, यस्तो अवस्था भइसकेपछि विजयमालामा उनिन लायक बन्छौ। तिमीमा शान्तिको करेन्ट छ। जोसुकै आए भने पनि भन्छन्– यहाँ धेरै शान्ति छ। यो हो वास्तविक शान्ति। आत्मा शरीरबाट डिट्याच (अलग) हुन्छ। तिमीलाई थाहा छ– हामी आत्मा शान्तस्वरूप हौँ। हामी आफ्नो स्वधर्ममा बस्छौँ। कर्मबिना त कुनै मानिस रहन सक्दैनन्। उनीहरूले हठयोगबाट के के गर्दैनन्। अब तिमीहरूले बुझेका छौ हाम्रो स्वधर्म नै शान्ति हो। यहाँ हामी आएका छौँ पार्ट खेल्न। अब फर्केर घर जानुछ। बाबा भन्नुहुन्छ– मलाई याद गर र घरलाई पनि याद गर। बाबालाई याद गरेमा वर्सा मिल्छ। बाबा भन्नुहुन्छ– मलाई पनि घरमा याद गर। यहाँ त म अस्थायी रूपमा आउँछु। तिम्रो बुद्धि शान्तिधाममा टिक्नुपर्छ– बाबाको यादमा। घरको पनि वर्सा लिनुछ नि! त्यो हो आत्माहरूको घर। यो हो जीव आत्माहरूको घर। आफ्नो घरलाई पनि नभुल। बाबालाई पनि नभुल। बाबालाई याद गरेमा नै पवित्र बनेर घर जानेछौ। ज्ञान धारण गरेपछि फेरि राज्य गर्न आउनेछौ नयाँ दुनियाँमा। जति सकिन्छ अरूलाई मार्ग बताउँदै जाऊ। सदा बाबालाई हेर। तिमीलाई थाहा छ बाबाले के गर्नुभयो! सबैथोक माताहरूलाई दिनुभयो। उहाँले नै निर्देशन दिनुभयो– सबैथोक माताहरूको सेवामा लगाऊ। एक बाबालाई देखेर अरूले पनि फलो गरे। स्वाहा भए। तर फेरि टिक्न सकेभने त हो नि! ड्रामा अनुसार भट्ठी पनि बन्नु थियो। पाकिस्तान-हिन्दुस्तान विभाजन भयो। तिम्रो भट्ठी पहिला सुरु भयो नै पाकिस्तानमा। तिमीले नदी पार गर्छौ– शास्त्रहरूमा त के के कुरा लेखिदिएका छन्। यथार्थमा त अहिले तिमीले सुन्छौ नि! फेरि कल्पपछि तिमीले नै सुन्नेछौ। अब बाबा भन्नुहुन्छ– नराम्रो नसुन (हियर नो इभिल), गर्न त कामधन्दा आदि गर, तर नराम्रो नसुन। बाबा भन्नुहुन्छ– हरेक कुरामा श्रीमत लेऊ। बाबा यस हालतमा मैले के गरौँ भनेर सोध्यौ भने बाबाले सबै बताइदिनुहुन्छ। कुनै पनि कुरा सोध्नुछ भने तिमी बाबाको पासमा आऊ। तिमी डराउँछौ किन। पाइला पाइलामा सोध्नुछ। श्रीमतमा चलेमा पाइला पाइलामा पदम मिल्छ। तिम्रो सेकेन्ड सेकेन्ड जुन पास हुन्छ त्यसमा पदम मिल्छ। त्यसैले कति कमाइ भइरहेको छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) विजयमालामा उनिनको लागि यस शरीरबाट न्यारा हुने पूरा पूरा पुरुषार्थ गर्नुछ। देह अभिमानलाई छोड्दै जानुछ। यस दुनियाँलाई बुद्धिबाट भुल्नुछ।

२) टु मच धनको लालचमा जानुहुँदैन। बाबाको याद बाहेक अरू कुनै चिन्तन गर्नुछैन। कहिल्यै पनि बाबासँग वा पढाइसँग रुष्ट हुनुछैन।

वरदान:–
मालिकपनको स्मृतिद्वारा सर्वोच्च सत्ता को अनुभव गर्ने कम्बाइन्ड स्वरूपधारी भव

पहिला आफ्नो शरीर र आत्माको कम्बाइन्ड रूपलाई स्मृतिमा राख। शरीर रचना हो, आत्मा रचयिता हो। यसबाट मालिकपन स्वतः स्मृतिमा रहन्छ। मालिकपनको स्मृतिले स्वयंलाई सर्वोच्च सत्ता अनुभव गर्नेछौ। शरीरलाई चलाउनेवाला बन्नेछौ। अनि बाबा र बच्चा (शिवशक्ति) को कम्बाइन्ड स्वरूपको स्मृतिले मायाका विघ्नहरूलाई अधिकारले पार गर्नेछौ।

स्लोगन:–
विस्तारलाई सेकेन्डमा समाहित गरेर ज्ञानको सारको अनुभव गर र गराऊ।

अव्यक्त इसारा:– ज्वालास्वरूप स्थितिमा स्थित भएर शक्तिशाली यादको अनुभव गर

तिमी पाप कटेश्वर वा पापहर्ता तिम्रो याद ज्वालास्वरूप भएपछि मात्र बन्न सक्छौ। यही यादद्वारा अनेक आत्माहरूको निर्बलता हट्नेछ , यसको लागि हर पल , हर श्वास बाबा र तिमी कम्बाइन्ड भएर रहनुछ। कुनै पनि समय साधारण याद नहोस्। स्नेह र शक्ति दुवै रूप कम्बाइन्ड होस्।