14.08.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– बाबासँग इमानदार ह ोऊ , आफ्नो सच्चा सच्चा चार्ट राख , कसैलाई पनि दुःख नदेऊ , एक बाबाको श्रेष्ठ मतमा चलिराख । ”

प्रश्न:–
जसले पूरा ८४ जन्म लिन्छन्, उनीहरूको पुरुषार्थ के हुन्छ?

उत्तर:–
उनीहरूको विशेष पुरुषार्थ नरबाट नारायण बन्ने हुन्छ। आफ्ना कर्मेन्द्रियहरूमाथि उनीहरूको पूरा नियन्त्रण हुन्छ। उनीहरूका आँखा विकारी हुँदैनन्। यदि अहिलेसम्म पनि कसैलाई देख्दा विकारी सङ्कल्प आउँछ, विकारी दृष्टि जान्छ भने बुझ– पूरा ८४ जन्म लिने आत्मा होइन।

गीत:–
इस पाप की दुनिया से........

ओम् शान्ति ।
मीठा-प्यारा रुहानी बच्चाहरूलाई थाहा छ– यो पापको दुनियाँ हो। पुण्यको दुनियाँलाई पनि मानिसहरूले जान्दछन्। मुक्ति र जीवनमुक्ति पुण्यको दुनियाँलाई भनिन्छ। त्यहाँ पाप हुँदैन। पाप हुन्छ दुःखधाम रावण राज्यमा। दुःख दिने रावणलाई पनि देखेका छन्, रावण कुनै चीज होइन, तैपनि पुत्ला जलाउँछन्। बच्चाहरूलाई थाहा छ, हामी यस समयमा रावण राज्यमा छौँ, तर किनारा गरेका छौँ। हामी अहिले पुरुषोत्तम सङ्गमयुगमा छौँ। बच्चाहरू यहाँ आउँदा बुद्धिमा यो कुरा हुन्छ– हामी उहाँ बाबाको पासमा जान्छौं जसले हामीलाई मनुष्यबाट देवता बनाउनुहुन्छ। सुखधामको मालिक बनाउनुहुन्छ। सुखधामको मालिक बनाउने कुनै ब्रह्मा होइनन्, कुनै पनि देहधारी होइनन्। उहाँ हुनुहुन्छ नै शिवबाबा, जसको देह छैन। देह तिम्रो पनि थिएन, तर तिमी फेरि देह लिएर जन्ममरणमा आउँछौ, अनि तिमीले बुझ्छौ– हामी बेहदका बाबाको पासमा जान्छौं। उहाँले हामीलाई श्रेष्ठ मत दिनुहुन्छ। तिमीले यस्तो पुरुषार्थ गरेर स्वर्गको मालिक बन्न सक्नेछौ। स्वर्गलाई त सबैले याद गर्छन्। जान्दछन्– नयाँ दुनियाँ अवश्य हुन्छ। त्यो पनि अवश्य कसैले स्थापना गर्नुहुनेछ। नर्क पनि कसैले स्थापना गर्छ। तिमीहरूको सुखधामको पार्ट कहिले पूरा हुन्छ, त्यो पनि तिमीलाई थाहा छ। फेरि रावण राज्यमा तिमी दुःखी हुन लाग्छौ। यस समयमा यो हो दुःखधाम। भलै जतिसुकै करोडपति, पदमपति होऊन् तर यसलाई पतित दुनियाँ त अवश्य भनिन्छ नि। यो कङ्गाल दुनियाँ, दुःखी दुनियाँ हो। छन त जतिसुकै ठुला ठुला भवन छन्, सुखका सबै साधन छन् तैपनि यसलाई पतित पुरानो दुनियाँ भनिन्छ। विषय वैतरणी नदीमा गोता खाइरहन्छन्। यो पनि बुझ्दैनन्– विकारमा जानु पाप हो। भन्छन्– यसबिना सृष्टिको वृद्धि कसरी हुन्छ। बोलाउँछन् पनि– हे भगवान, हे पतित-पावन आएर यो पतित दुनियाँलाई पावन बनाउनुहोस्! आत्माले भन्छ शरीरद्वारा। आत्मा नै पतित बनेको छ, त्यसैले त पुकार्छ। स्वर्गमा एक जना पनि पतित हुँदैन।

तिमी बच्चाहरूलाई थाहा छ– सङ्गमयुगमा जो राम्रा पुरुषार्थी छन् उनीहरूले नै बुझ्छन्– हामीले ८४ जन्म लियौँ, फेरि यी लक्ष्मी-नारायणसँगै हामीले सत्ययुगमा राज्य गर्नेछौँ। एक जनाले त ८४ जन्म लिएको होइन नि। राजासँग प्रजा पनि हुनुपर्छ। तिमी ब्राह्मणहरूमा पनि नम्बरवार छौ। कोही राजा-रानी बन्छन्, कोही प्रजा। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! अहिले नै तिमीले दैवीगुण धारण गर्नुछ। यी आँखा विकारी छन्, कसैलाई देख्दा विकारको दृष्टि जान्छ भने उनीहरूका ८४ जन्म हुँदैनन्। उनीहरू नरबाट नारायण बन्न सक्दैनन्। यी आँखाहरूमाथि विजय प्राप्त गरिसकेपछि मात्र कर्मातित अवस्था हुन्छ। सारा कुरा आँखामा आधारित छ, आँखाले नै धोका दिन्छ। आत्माले यी झ्यालहरूबाट देख्छ, यसमा त डबल आत्मा छन्। बाबाले पनि यी झ्यालहरूबाट हेरिरहनुभएको छ। हाम्रो दृष्टि पनि आत्मामा जान्छ। बाबाले आत्मालाई नै सम्झाउनुहुन्छ। भन्नुहुन्छ– मैले पनि शरीर लिएको छु, त्यसैले त बोल्न सक्छु। तिमीलाई थाहा छ, बाबाले हामीलाई सुखको दुनियाँमा लैजानुहुन्छ। यो हो रावण राज्य। तिमीले यो पतित दुनियाँबाट किनारा गरिसकेका छौ। कोही धेरै अगाडि बढे, कोही पछाडि हटे। हरेकले भन्छन् पनि– पार लगाउनुहोस्। तर पार त जानेछन् सत्ययुगमा। तर त्यहाँ उच्च पद पाउनुछ भने पवित्र बन्नुछ। मेहनत गर्नुछ। मुख्य कुरा हो– बाबालाई याद गर्नुछ जसबाट विकर्म विनाश हुन्छन्। यो हो पहिलो विषय।

तिमीलाई अहिले थाहा भएको छ, हामी आत्मा कलाकार हौं। पहिला सुरुमा हामी सुखधाममा आयौं, फेरि अब दुःखधाममा आएका छौं। अब फेरि बाबा सुखधाममा लैजान आउनुभएको छ। भन्नुहुन्छ– मलाई याद गर र पवित्र बन। कसैलाई पनि दुःख नदेऊ। एकअर्कालाई धेरै दुःख दिइरहन्छन्। कसैमा कामको भूत आयो, कसैमा क्रोध आयो, हात चलायो। बाबाले भन्नुहुनेछ– यो त दुःख दिने पाप आत्मा हो। पुण्य आत्मा कसरी बन्छौ। अहिलेसम्म पाप गरिरहन्छन्। यिनीहरूले त नाम बदनाम गर्छन्। सबैले के भन्छन्! भन्छन्– हामीलाई भगवानले पढाउनुहुन्छ! हामी मनुष्यबाट देवता विश्वको मालिक बन्छौं! तिनीहरूले फेरि यस्तो काम गर्छन् र! त्यसैले बाबा भन्नुहुन्छ– दिनहुँ रातमा आफूलाई हेर। यदि सपुत बच्चा हौ भने चार्ट पठाऊ। हुन त कसैले चार्ट लेख्छन्, तर साथमा यो लेख्दैनन्– हामीले कसैलाई दुःख दियौँ वा यो भुल गर्यौँ। याद गरिरहने र कर्म उल्टो गरिरहने, यो पनि ठीक होइन। देह अभिमानी बनेपछि उल्टो कर्म गर्छन्।

यो चक्र कसरी घुम्छ– यो त धेरै सहज छ। एक दिनमा पनि टिचर बन्न सक्छन्। बाबाले तिमीलाई ८४ को रहस्य सम्झाउनुहुन्छ, पढाउनुहुन्छ। फेरि गएर त्यसमाथि मनन गर्नुछ। हामीले ८४ जन्म कसरी लियौँ? त्यो सिकाउने टिचरले भन्दा पनि धेरै दैवीगुण धारण गर्छन्। बाबाले सिद्ध गरेर बताउन सक्नुहुन्छ। देखाउँछन्– बाबा हाम्रो चार्ट हेर्नुहोस्। हामीले अलिकति पनि कसैलाई दुःख दिएका छैनौँ। बाबाले भन्नुहुनेछ– यो बच्चा त धेरै मीठो छ। राम्रो सुगन्ध निकालिरहेको छ। टिचर बन्नु त सेकेन्डको काम हो। टिचरभन्दा पनि विद्यार्थी यादको यात्रामा तीक्ष्ण निस्कन्छन्। त्यसैले त टिचरभन्दा पनि उच्च पद पाउनेछन्। बाबा त सोध्नुहुन्छ, कसलाई पढाउँछौ? दिनहुँ शिवको मन्दिरमा गएर पढाऊ। शिवबाबाले कसरी आएर स्वर्गको स्थापना गर्नुहुन्छ? स्वर्गको मालिक बनाउनुहुन्छ। सम्झाउन धेरै नै सहज छ। बाबालाई चार्ट पठाइदिन्छन्– बाबा हाम्रो अवस्था यस्तो छ। बाबा सोध्नुहुन्छ– प्यारा बच्चाहरू! कुनै विकर्म त गरेनौ? विकारी दृष्टिले उल्टोसुल्टो काम त गराउँदैन? आफ्नो आचरण, चरित्र हेर्नुछ। चालचलनको सारा आधार आँखामा छ। आँखाले अनेक प्रकारले धोका दिन्छ। अलिकति पनि नसोधी कुनै चीज लिएर खायौ भने त्यो पनि पाप हुन्छ किनकि अनुमति बिना लियौ नि। यहाँ काइदा धेरै छन्। शिवबाबाको यज्ञ हो नि। इन्चार्जलाई नसोधी कुनै चीज खान सक्दैनौ। एक जनाले खायो भने अरूले पनि त्यस्तै गर्न थाल्छन्। वास्तवमा यहाँ कुनै चीज ताल्चा लगाएर राख्नुपर्ने आवश्यकता छैन। कानुनले भन्छ– यो घरभित्र, भान्साको अगाडि कुनै पनि अपवित्र आउनुहुँदैन। बाहिर त अपवित्र-पवित्रको सवाल नै छैन। तर पतित त आफूलाई भन्छन् नि। सबै पतित छन्। कसैले पनि वल्लभाचारी वा शंकराचार्यलाई छुन सक्दैनन् किनकि उनीहरूले सम्झन्छन्– हामी पावन, यिनीहरू पतित हुन्। हुन त यहाँ सबैका शरीर पतित छन्, तैपनि पुरुषार्थ अनुसार विकारहरूको संन्यास गर्छन्। त्यसैले निर्विकारीको अगाडि विकारी मनुष्यले ढोग्छन्। भन्छन्– यी ठुला स्वच्छ धर्मात्मा मनुष्य हुन्। सत्ययुगमा त म्लेच्छ हुँदैनन्। हो नै पवित्र दुनियाँ। एउटै दिव्य श्रेणीका आत्मा हुन्छन्। तिमीले यो सारा रहस्यलाई जानेका छौ। सुरुदेखि लिएर सृष्टिको आदि-मध्य-अन्त्यको रहस्य बुद्धिमा हुनुपर्छ। हामीले सबै कुरा जान्दछौं। बाँकी केही पनि जान्नुपर्ने बाँकी रहँदैन। रचयिता बाबालाई चिन्यौ, सूक्ष्मवतनलाई जान्यौ, भविष्यको पदलाई जान्यौ, जसको लागि नै पुरुषार्थ गर्छौ, फेरि यदि चालचलन त्यस्तो विकारी हुन्छ भने उच्च पद पाउन सक्दैनौ। कसैलाई दुःख दिन्छौ, विकारमा जान्छौ वा नराम्रो दृष्टि राख्छौ भने यो पनि पाप हो। दृष्टि परिवर्तन गर्न धेरै मेहनत छ। दृष्टि धेरै राम्रो चाहिन्छ। आँखाले देख्छ– यिनले क्रोध गर्छन्, अनि आफू पनि लड्न थाल्छन्। शिवबाबामा अलिकति पनि प्रेम छैन, याद नै गर्दैनन्। बलिहारी शिवबाबाको हो। बलिहारी गुरु हजुरको... बलिहारी उहाँ सद्गुरुको जसले गोविन्द श्रीकृष्णको साक्षात्कार गराउनुभयो। गुरुद्वारा तिमी गोविन्द बन्छौ। साक्षात्कारले केवल मुख गुलियो हुँदैन। मीराको मुख गुलियो भयो र? साँच्चै स्वर्गमा त गइनन्। त्यो हो भक्तिमार्ग, त्यसलाई स्वर्गको सुख भनिँदैन। गोविन्दलाई केवल हेर्नुछैन, त्यस्तै बन्नुछ। तिमी यहाँ आएका हौ नै त्यस्तै बन्न। यो नशा हुनुपर्छ– हामी उहाँको पासमा जान्छौं जसले हामीलाई यस्तो बनाउनुहुन्छ। त्यसैले बाबाले सबैलाई यो राय दिनुहुन्छ– चार्टमा यो पनि लेख– आँखाले धोका त दिएन? पाप त गरिनँ? आँखाले कुनै न कुनै कुरामा धोका अवश्य दिन्छ। आँखा बिल्कुल शीतल हुनुपर्छ। आफूलाई अशरीरी सम्झ। यो कर्मातित अवस्था अन्त्यमा हुन्छ, त्यो पनि जब बाबालाई आफ्नो चार्ट पठाइदिन्छौ। हुन त धर्मराजको रजिस्टरमा स्वचालित रूपमा सबै जम्मा हुन्छ। तर बाबा साकारमा आउनुभएको छ भने भन्नुहुन्छ– साकारलाई थाहा हुनुपर्छ। अनि होसियार गराउनुहुनेछ। विकारी दृष्टि वा देह अभिमानी छ भने वायुमण्डललाई अशुद्ध पारिदिन्छ। यहाँ बसेर पनि बुद्धियोग बाहिर जान्छ। मायाले धेरै धोका दिन्छ। मन धेरै तुफानी छ। कति मेहनत गर्नुपर्छ– यस्तो बन्नको लागि। बाबाको पासमा आउँछन्, बाबाले ज्ञानको शृङ्गार गराउनुहुन्छ आत्मालाई। जान्दछौ– हामी आत्मा ज्ञानले पवित्र हुनेछौं। फेरि शरीर पनि पवित्र मिल्नेछ। आत्मा र शरीर दुवै पवित्र सत्ययुगमा हुन्छन्, आधाकल्प पछि फेरि रावणराज्य हुन्छ। मानिसहरूले भन्छन्– भगवानले यस्तो किन गर्नुभयो? यो ड्रामा अनादि बनेको छ। भगवानले कहीँ केही गर्नुभएको होइन। सत्ययुगमा हुन्छ नै एक देवी-देवता धर्म। कसै कसैले भन्छन्– यस्ता भगवानलाई हामीले किन याद गर्ने। तर तिमीहरूको अरू धर्मसँग कुनै मतलब छैन। जो काँडा बनेका छन् उनीहरू नै आएर फूल बन्नेछन्। मानिसहरूले भन्छन्– के भगवानले केवल भारतवर्षकालाई मात्र स्वर्गमा लैजानुहुन्छ, हामीले मान्दैनौँ, भगवानका पनि दुई आँखा छन् र! तर ड्रामा नै यस्तो बनेको छ। सबै स्वर्गमा आए भने फेरि अनेक धर्महरूको पार्ट कसरी चल्छ? स्वर्गमा यति धेरै करोड हुँदैनन्। सबैभन्दा पहिलो मुख्य कुरा हो भगवान को हुनुहुन्छ, उहाँलाई त चिन। यो जानेका छैनन् भने अनेक प्रश्न गरिरहन्छन्। आफूलाई आत्मा सम्झे भने भन्नेछन्– यो कुरा त ठीक हो। हामी पतितबाट पावन अवश्य बन्नुछ। याद गर्नुछ उहाँ एकलाई। सबै धर्ममा भगवानलाई याद गर्छन्।

तिमी बच्चाहरूलाई अहिले यो ज्ञान मिलिरहेको छ। तिमीले जानेका छौ– यो सृष्टि चक्र कसरी घुम्छ। तिमीले कति प्रदर्शनीमा पनि सम्झाउँछौ। निस्कन्छन् बिल्कुल थोरै। तर यस्तो कहाँ भनिन्छ र– त्यसैले यो प्रदर्शनी गर्नुहुँदैन। ड्रामामा थियो, गरियो, प्रदर्शनीबाट कतै निस्कन्छन् पनि कतै निस्कँदैनन्। पछि गएर आउनेछन्, उच्च पद पाउने पुरुषार्थ गर्नेछन्। कसैले सानो पद पाउने रहेछन् भने त्यति पुरुषार्थ गर्दैनन्। बाबाले बच्चाहरूलाई फेरि पनि सम्झाउनुहुन्छ, कुनै विकर्म नगर। यो पनि नोट गर– हामीले कसैलाई दुःख त दिएनौँ? कसैसँग लडाइँझगडा त गरेनौँ? उल्टोसुल्टो त बोलेनँ? कुनै गर्न नहुने कर्म त गरेनौं? बाबा भन्नुहुन्छ– जुन विकर्म गरेका छौ, त्यो लेख। यो त थाहा छ– द्वापरदेखि लिएर विकर्म गर्दै अहिले धेरै विकर्मी बनेका छौ। बाबालाई लेखेर दिएमा बोझ हलुङ्गो हुनेछ। लेख्छन्– हामीले कसैलाई दुःख दिँदैनौँ। बाबाले भन्नुहुनेछ– अच्छा, चार्ट लिएर आऊ अनि हेर्नेछु। बाबाले बोलाउनु पनि हुनेछ– यस्तो राम्रो बच्चालाई मैले पनि हेरूँ न। सपुत बच्चालाई बाबाले धेरै प्यार गर्नुहुन्छ। बाबालाई थाहा छ– अहिले कोही पनि सम्पूर्ण बनेको छैन। बाबाले हरेकलाई हेर्नुहुन्छ, कसरी पुरुषार्थ गर्छन्। बच्चाहरूले चार्ट लेख्दैनन् भने अवश्य केही कमी कमजोरीहरू छन्, जुन कुरा बाबाबाट लुकाउँछन्। सच्चा इमानदार बच्चा उसैलाई सम्झन्छु जसले चार्ट लेख्छ। चार्टसँगै फेरि आचरण पनि राम्रो हुनुपर्छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) आफ्नो बोझ हल्का बनाउनको लागि जुन पनि विकर्म भएका छन्, त्यो बाबालाई लेखेर दिनुछ। अब कसैलाई पनि दुःख दिनुछैन। सपुत बनेर रहनुछ।

२) आफ्नो दृष्टि धेरै राम्रो बनाउनुछ। आँखाले धोका नदेओस्– यसको सम्भाल गर्नुछ। आफ्नो आचरण धेरै धेरै राम्रो बनाउनुछ। काम-क्रोधको वशमा भएर कुनै पाप गर्नुछैन।

वरदान:–
लक्ष्य र लक्ष्य ण लाई सदैव स्मृतिमा राख ेर तीव्र पुरुषार्थ गर्ने सदा होली र ह्याप्पी भव

ब्राह्मण जीवनको लक्ष्य हो– कुनै हदको आधारबिना सदैव आन्तरिक खुसीमा रहनु। यो लक्ष्य परिवर्तन भएर हदको प्राप्तिको सानो सानो गल्लीमा फस्छौ अनि लक्ष्यबाट टाढा हुन्छौ। त्यसैले जेसुकै होस्, हदको प्राप्तिको त्याग गर्नु परेमा पनि त्यसलाई छोडिदेऊ तर अविनाशी खुसीलाई कहिल्यै नछोड। होली र ह्याप्पी भवको वरदानलाई स्मृतिमा राखेर तीव्र पुरुषार्थद्वारा अविनाशी प्राप्ति गर।

स्लोगन:–
गुणमूर्त बनेर गुणहरूको दान दिँदै जाऊ– यही सबैभन्दा ठुलो सेवा हो।

अव्यक्त इशारा:– सहयोगी बन्नुछ भने परमात्म प्रेमको अनुभवी बन

मास्टर नलेजफुल, मास्टर सर्वशक्तिमानको स्टेजमा स्थित रहेर भिन्न भिन्न प्रकारको लाइनबाट निस्केर, बाबासँग सदैव मिलन मनाउने लगनमा आफ्नो समयलाई लगायौ र लवलीन स्थितिमा रह्यौ भने अरू सबै कुरा सहजै समाप्त हुनेछन्, फेरि तिम्रो अगाडि तिम्रा प्रजा र भक्तहरूको लाइन लाग्नेछ।