14.09.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– प्राण बचाउने प्राणेश्वर बाबा आउनुभएको छ , तिमी बच्चाहरूलाई ज्ञानको मीठो मुरली सुनाएर तिमीहरूको प्राण बचाउन।”

प्रश्न:–
कुन निश्चय तकदिरवान बच्चाहरूलाई मात्र हुन्छ?

उत्तर:–
हाम्रो तकदिर श्रेष्ठ बनाउन स्वयं बाबा आउनुभएको छ। बाबाबाट हामीलाई भक्तिको फल मिलिरहेको छ। मायाले जुन पखेटा काटिदिएको छ, त्यो पखेटा फेरि दिन र आफूसँगै फर्काएर लैजानको लागि बाबा आउनुभएको छ। यो निश्चय तकदिरवान बच्चाहरूलाई मात्र हुन्छ।

गीत:–
यह कौन आज आया सवेरे...

ओम् शान्ति ।
सवेरै सवेरै यो को आएर मुरली बजाउनुहुन्छ? दुनियाँ त एकदमै घोर अन्धकारमा छ। तिमीले अहिले मुरली सुनिरहेका छौ– ज्ञान सागर, पतितपावन प्राणेश्वर बाबाबाट। प्राण बचाउने उहाँ ईश्वर हुनुहुन्छ। भन्छन् नि, हे ईश्वर यो दुःखबाट बचाउनुहोस्! उनीहरूले हदको मदत माग्छन्। अहिले तिमी बच्चाहरूलाई मिल्छ– बेहदको मदत किनकि उहाँ बेहदको बाबा हुनुहुन्छ नि! तिमीलाई थाहा छ, आत्मा गुप्त छ, बाबा पनि गुप्त हुनुहुन्छ। तिमी बच्चाहरूको शरीर प्रत्यक्ष हुँदा बाबा पनि प्रत्यक्ष हुनुहुन्छ। आत्मा गुप्त छ, त्यसैले बाबा पनि गुप्त हुनुहुन्छ। तिमीलाई थाहा छ, बाबा आउनुभएको छ, हामीलाई बेहदको वर्सा दिन। उहाँको श्रीमत हुन्छ। सर्व शास्त्रमयी शिरोमणि गीता प्रसिद्ध छ, केवल त्यसमा नाम परिवर्तन गरिदिएका छन्। अब तिमीलाई थाहा छ, श्रीमत भगवानुवाच हो नि! यो पनि तिमीले बुझेका छौ– भ्रष्टाचारीलाई श्रेष्ठाचारी बनाउने एक बाबा मात्र हुनुहुन्छ। उहाँले नै नरबाट नारायण बनाउनुहुन्छ। कथा पनि सत्यनारायणको हुन्छ। भनिन्छ अमर कथा, अमरपुरीको मालिक बन्ने अथवा नरबाट नारायण बन्ने कथा हो। कुरा एउटै हो। यो मृत्युलोक हो। भारतवर्ष नै अमरपुरी थियो– यो कुरा कसैलाई पनि थाहा छैन। यहाँ पनि अमर बाबाले तिमीहरूलाई मुरली सुनाउनुभएको छ। एक पार्वती वा एक द्रौपदी मात्र होइनन्। यो त तिमी धेरै बच्चाहरूले सुनिरहेका छौ। शिवबाबाले सुनाउनुहुन्छ ब्रह्माद्वारा। बाबा भन्नुहुन्छ– मैले ब्रह्माद्वारा मीठा-प्यारा रुहहरूलाई सम्झाउँछु। बाबाले सम्झाउनुभएको छ, प्यारा बच्चाहरू! आत्म अभिमानी अवश्य बन्नु छ। बाबाले नै आत्म अभिमानी बनाउन सक्नुहुन्छ। दुनियाँमा एक जना मानिस मात्र पनि छैन जसलाई आत्माको ज्ञान छ। आत्माको नै ज्ञान छैन भने परमपिता परमात्माको ज्ञान कसरी हुन सक्छ। भनिदिन्छन् आत्मा सो परमात्मा। सारा दुनियाँ कति ठुलो भूलमा फसेको छ। यतिबेला मानिसहरूको बुद्धि कुनै कामको छैन। आफ्नै विनाशको लागि तयारी गरिरहेका छन्। तिमी बच्चाहरूको लागि यो कुनै नयाँ कुरा होइन। तिमीलाई थाहा छ, ड्रामा अनुसार उनीहरूको पनि पार्ट छ। सबै ड्रामाको बन्धनमा बाँधिएका छन्।

आजकाल दुनियाँमा धेरै हङ्गामा छ। अहिले तिमी बच्चाहरू छौ विनाश काले प्रीत बुद्धि, जो बाबासँग विपरीत बुद्धि छन्, उनीहरूको लागि विनश्यन्ति भनिएको छ। अब यो दुनियाँलाई परिवर्तन गर्नु छ। यो कुरा पनि तिमीहरूलाई थाहा छ, अवश्य महाभारत लडाइँ भएको थियो, बाबाले राजयोग सिकाउनुभएको थियो। शास्त्रहरूमा त सम्पूर्ण (टोटल) विनाश लेखिदिएका छन्। तर सम्पूर्ण विनाश त हुनु छैन, नत्र त प्रलय हुन्छ। मानिस कोही पनि रहनेछैनन्, केवल ५ तत्त्व रहिरहनेछ। यस्तो त हुन सक्दैन। प्रलय भयो भने फेरि मानिस कहाँबाट आउँछन्। देखाउँछन् श्रीकृष्ण औँला चुस्दै, सागरमा पिपलको पातमाथि आए। बालक यसरी कसरी आउन सक्छ। शास्त्रहरूमा यस्ता यस्ता कुराहरू लेखिदिएका छन्, जुन कुरै नसोध। अहिले तिमी कुमारीहरूद्वारा यी विद्वानहरू, भीष्म पितामह आदिलाई पनि ज्ञान बाण लाग्नु छ। पछि गएर उनीहरू पनि आउनेछन्। जति जति तिमीले सेवामा बल भर्छौ, बाबाको परिचय सबैलाई दिइरहन्छौ, त्यति तिम्रो प्रभाव पर्छ। हो, विघ्न पनि पर्छन्। यो पनि भनिएको छ, आसुरी सम्प्रदायको यो ज्ञान यज्ञमा धेरै विघ्न पर्छन्। तिमीले सिकाउन सक्दैनौ। ज्ञान र योग बाबाले नै सिकाइरहनुभएको छ। सद्गतिदाता एक बाबा मात्र हुनुहुन्छ। उहाँले नै पतितहरूलाई पावन बनाउनुहुन्छ, त्यसैले अवश्य पतितहरूलाई नै ज्ञान दिनुहुन्छ नि! बाबालाई कहिल्यै सर्वव्यापी मान्न सकिन्छ र! तिमी बच्चाहरूले सम्झन्छौ, हामी पारसबुद्धि बनेर पारसनाथ बन्छौँ। मानिसहरूले कति धेरै मन्दिर बनाएका छन्। तर तिनीहरू को हुन्, के गरेर गएका हुन्, त्यसको अर्थ जान्दैनन्। पारसनाथका पनि मन्दिर छन्। भारतवर्ष पारसपुरी थियो। सुन, हिरा, जुहारतका महल थिए। हिजोको कुरा हो। उनीहरूले त केवल एक सत्ययुगका लाखौँ वर्ष हुन्छन् भनिदिन्छन्। तर बाबा भन्नुहुन्छ– सारा ड्रामा नै ५ हजार वर्षको हो, त्यसैले भनिन्छ आजको भारतवर्ष के छ, हिजोको भारतवर्ष के थियो। लाखौँ वर्षको कुरा त कसैलाई स्मृति रहन सक्दैन। तिमी बच्चाहरूलाई अहिले स्मृति मिलेको छ। तिमीलाई थाहा छ, ५ हजार वर्षको कुरा हो। बाबा भन्नुहुन्छ– योगमा बस। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। यो ज्ञान भयो नि! उनीहरू त हठयोगी हुन्। खुट्टामाथि खुट्टा चढाएर बस्छन्। के के गर्छन्। तिमी माताहरूले त यस्तो गर्न सक्दैनौ। त्यसरी बस्न पनि सक्दैनौ।

भक्तिमार्गका कति धेरै चित्र छन्। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमीले यो केही गर्न आवश्यक छैन। स्कुलमा त विद्यार्थीहरू अनुशासित भएर क्रमशः बस्छन्। बाबाले त्यो पनि भन्नुहुन्न। जसरी चाहन्छौ त्यसरी बस। बस्दा थाक्यौ भने बरु पल्ट। बाबा कुनै कुरामा मनाही गर्नुहुन्न। यो त एकदमै सहजै बुझ्ने कुरा हो, यसमा कुनै तकलिफको कुरा छैन। चाहे जतिसुकै रोगी होऊ, हुनसक्छ सुन्दासुन्दै शिवबाबाको यादमा रहँदा रहँदै प्राण तनबाट निस्कियोस्। भनिन्छ नि– गङ्गाजल मुखमा होस्... अनि प्राण तनबाट निस्कियोस्। ती त सबै भक्तिमार्गका कुरा हुन्। वास्तवमा यी ज्ञान अमृतका कुरा हुन्। तिमीलाई थाहा छ, साँच्चै यसरी नै प्राण तनबाट निस्कनु छ।

तिमी बच्चाहरू आफ्नो घरबाट आउने बेलामा मलाई परमधाममा छोडेर आउँछौ। बाबा भन्नुहुन्छ– मैले त तिमी बच्चाहरूलाई साथै लैजान्छु। म आएको हुँ नै तिमी बच्चाहरूलाई घर लैजानको लागि। तिमीलाई न आफ्नो घरको विषयमा थाहा छ, न आत्माको विषयमा थाहा छ। मायाले एकदमै पखेटा काटिदिएको छ, त्यसैले आत्मा उड्न सक्दैन किनकि आत्मा तमोप्रधान छ। सतोप्रधान नबन्दासम्म शान्तिधाममा कसरी जान सक्छ। यो कुरा पनि तिमीलाई थाहा छ– ड्रामा प्लान अनुसार सबै तमोप्रधान बन्नु नै छ। यतिबेला सारा वृक्ष जीर्ण भएको छ। यहाँ कसैको सतोप्रधान अवस्था हुन सक्दैन। यहाँ आत्मा पवित्र बन्यो भने फेरि यहाँ टिक्दैन, एकदम गइहाल्छ। सबैले भक्ति गर्छन् नै मुक्तिको लागि। तर कोही पनि फर्केर जान सक्दैनन्। नियमले भन्दैन। बाबा बसेर यी सबै रहस्य धारण गर्नको लागि सम्झाउनुहुन्छ। फेरि पनि मुख्य कुरा हो बाबालाई याद गर्नु, स्वदर्शन चक्रधारी बन्नु। बीजलाई याद गरेमा सारा वृक्ष बुद्धिमा आउँछ। तिमीले एक सेकेन्डमा सबै थाहा पाउँछौ। मनुष्य सृष्टिको बीजरूप सबैको एक बाबा हुनुहुन्छ भन्ने कुरा दुनियाँमा कसैलाई पनि थाहा छैन। श्रीकृष्ण भगवान होइनन्। श्रीकृष्णलाई नै श्याम सुन्दर भनिन्छ। यस्तो होइन, उनलाई कुनै तक्षक नागले डस्यो अनि काला भए। यो त काम चितामा चढेपछि मानिस कालो हुन्छ। रामलाई पनि कालै देखाउँछन्, उनलाई नि केले डस्यो! केही पनि बुझ्दैनन्। तैपनि जसको तकदिरमा छ र उनीहरूलाई निश्चय छ भने अवश्य बाबाबाट वर्सा लिन्छन्। निश्चय छैन भने कहिल्यै पनि बुझ्दैनन्। तकदिरमा नै छैन भने के पुरुषार्थ (तदबिर) गर्छन् र! तकदिरमा छैन भने फेरि उनीहरू बस्छन् नै यसरी, मानौँ केही पनि बुझ्दैनन्। यति पनि निश्चय हुँदैन, बाबा आउनुभएको छ बेहदको वर्सा दिन। जसरी मानौँ कुनै नयाँ मानिस मेडिकल कलेजमा गएर बस्यो भने के बुझ्छ, केही पनि बुझ्दैन। यहाँ पनि यसरी नै आएर बस्छन्। यो अविनाशी ज्ञानको विनाश हुँदैन। उनीहरू फेरि आएर के गर्छन्। राजधानी स्थापन हुन्छ, त्यसैले नोकरचाकर, प्रजा, प्रजाका पनि नोकरचाकर सबै हुनुपर्छ नि! पछि गएर केही पढ्ने कोसिस गर्छन् तर मुस्किल हुन्छ किनकि त्यसबेला धेरै हङ्गामा हुन्छ। दिनप्रतिदिन तुफान बढ्दै जान्छन्। यति धेरै सेन्टरहरू छन्, कतिपयले आएर राम्रोसँग बुझ्छन् पनि। यो पनि लेखिएको छ– ब्रह्माद्वारा स्थापना। विनाश पनि सामुन्ने उभिएको छ। विनाश त हुनु नै छ। भन्छन् जनसङ्ख्या (जन्म) कम होस्। तर वृक्षको वृद्धि त हुनु नै छ। जबसम्म बाबा हुनुहुन्छ, तबसम्म सबै धर्मका आत्माहरू यहाँ आउनु नै छ। जाने समय भइसकेपछि आत्माहरू आउन बन्द हुन्छ। अहिले त सबै आउनु नै छ, तर यी कुराहरू कसैले बुझ्दैनन्। भन्छन् पनि, भक्तहरूको रक्षक भगवान। त्यसैले अवश्य भक्तहरूमाथि विपत्ति आउँछ। रावण राज्यमा एकदमै सबै पाप आत्मा बनेका छन्। रावण राज्य कलियुगको अन्त्यमा छ, रामराज्य सत्ययुगको आदिमा हुन्छ। यतिबेला सबै आसुरी रावण सम्प्रदाय छन् नि! भन्छन् फलानो स्वर्गवासी भयो, यसको मतलब यो नर्क हो नि! कोही स्वर्गवासी भयो, यो त राम्रो नाम हो। यहाँ त्यतिबेला के थियो, अवश्य नर्कवासी थियो। यो पनि बुझ्दैनन्, हामी नर्कवासी हौँ। अहिले तिमीले बुझेका छौ, बाबा नै आएर स्वर्गवासी बनाउनुहुन्छ। बाबालाई भनिन्छ पनि, स्वर्ग रच्ने परमपिता परमात्मा (हेभेन्ली गड फादर)। उहाँ नै आएर स्वर्ग स्थापन गर्नुहुन्छ। सबैले गाइरहन्छन् पतितपावन सीताराम। हामी पतित छौँ, पावन बनाउने हजुर हुनुहुन्छ। ती सबै भक्तिमार्गका सीताहरू हुन्। बाबा राम हुनुहुन्छ। कसैलाई सिधा भन्यौ भने मान्दैनन्। रामलाई बोलाउँछन्। अहिले तिमी बच्चाहरूलाई बाबाले तेस्रो नेत्र दिनुभएको छ। तिमी मानौँ छुट्टै दुनियाँका भएका छौ।

बाबा सम्झाउनुहुन्छ– अहिले सबै तमोप्रधान पनि अवश्य बन्नु छ, तब त बाबाले आएर सतोप्रधान बनाउनुहुन्छ। बाबा बसेर कति राम्रोसँग सम्झाउनुहुन्छ। बाबा भन्नुहुन्छ– गर्न त तिमी बच्चाहरूले आफ्नो सेवा पनि गर्छौ, केवल एउटा कुरा याद राख– बाबालाई याद गर। सतोप्रधान बन्ने बाटो अरू कसैले बताउन सक्दैनन्। सबैको रुहानी सर्जन एक मात्र हुनुहुन्छ। उहाँले नै आएर आत्माहरूलाई सुई (इन्जेक्सन) लगाउनुहुन्छ किनकि आत्मा नै तमोप्रधान बनेको छ। बाबालाई अविनाशी सर्जन भनिन्छ। आत्मा अविनाशी छ, परमात्मा बाबा पनि अविनाशी हुनुहुन्छ। अहिले आत्मा सतोप्रधानबाट तमोप्रधान बनेको छ, त्यस आत्मालाई सुई चाहिन्छ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! आफूलाई आत्मा निश्चय गर र आफ्नो बाबालाई याद गर। बुद्धियोग माथि लगायौ भने स्विट होममा जानेछौ। तिम्रो बुद्धिमा छ, अहिले हामी आफ्नो स्विट साइलेन्स होममा जानु छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) ज्ञान र योगद्वारा बुद्धिलाई पारस बनाउनु छ। जतिसुकै रोगी होऊ, तकलिफ होस्, त्यसमा पनि एक बाबाको याद रहोस्।

२) आफ्नो तकदिर उच्च बनाउनको लागि पूरा पूरा निश्चयबुद्धि बन्नु छ। बुद्धियोग आफ्नो स्विट साइलेन्स होममा लगाउनु छ।

वरदान:–
त्रिकालदर्शी बनेर व्यर्थ सङ्कल्प र संस्कारहरूलाई परिवर्तन गर्ने विश्व कल्याणकारी भव

मास्टर त्रिकालदर्शी बनेर सङ्कल्पलाई कर्ममा ल्याएपछि कुनै पनि कर्म व्यर्थ हुँदैन। यो व्यर्थलाई परिवर्तन गरेर समर्थ सङ्कल्प र समर्थ कार्य गर्नु– यसलाई भनिन्छ सम्पूर्ण स्टेज। केवल आफ्ना व्यर्थ सङ्कल्पहरू वा विकर्महरूलाई भस्म गर्नु छैन तर शक्तिरूप बनेर सारा विश्वको विकर्महरूको बोझ हल्का बनाउने र अनेक आत्माहरूको व्यर्थ सङ्कल्पहरूलाई मेटाउने मेसिनरी तीव्र बनायौ भने भनिन्छ विश्व कल्याणकारी।

स्लोगन:–
नष्टोमोहा बन्नु छ भने सेवा अर्थ स्नेह राख, स्वार्थले होइन।

मातेश्वरीजीका अनमोल महावाक्य

“ज्ञान र योगमा भिन्नता”

योग र ज्ञान दुई शब्द छन्, योग भनिन्छ परमात्माको यादलाई। अरू कसैको यादको सम्बन्धमा योग शब्द आउँदैन। गुरुहरूले जुन योग सिकाउँछन्, त्यो पनि परमात्मातिर नै लगाउँछन्, तर उनीहरूलाई केवल परमात्माको पूरा परिचय हुँदैन, त्यसैले योगको पूरा सिद्धि मिल्दैन। योग र ज्ञान दुवै शक्ति हुन्, जुन दुवैको पुरुषार्थबाट शक्ति (माइट) मिल्छ र हामीले विकर्माजित बनेर श्रेष्ठ जीवन बनाउँछौँ। योग शब्द त सबैले भन्छन् तर जोसँग योग लगाइन्छ पहिला उहाँको परिचय हुनुपर्छ। अब यो परमात्माको परिचय पनि हामीलाई परमात्माबाट नै मिल्छ, त्यो परिचयबाट योग लगाएमा पूर्ण सिद्धि मिल्छ। योगद्वारा हामी पहिलाका विकर्महरूको बोझ भस्म गर्छौँ र ज्ञानबाट पनि थाहा हुन्छ, पछाडिको लागि हामीले कुन कर्म गर्नु छ र किन? जीवनको जड संस्कार हो, आत्मा पनि अनादि संस्कारहरूबाट बनेको छ तर कर्मद्वारा ती संस्कारहरू परिवर्तन भइरहन्छन्। योग र ज्ञानद्वारा आत्मामा श्रेष्ठता आउँछ र जीवनमा शक्ति आउँछ, तर यी दुवै कुरा मिल्छन् परमात्माबाट। कर्मबन्धनबाट छुटाउने बाटो पनि हामीलाई परमात्माबाट प्राप्त हुन्छ। हामीले जुन विकर्महरूद्वारा कर्मबन्धन बनाएका छौँ त्यसबाट मुक्ति होस् र अगाडिको लागि हाम्रो कर्म विकर्म नबनोस्, यसमा यी दुवैको लागि चाहिने शक्ति परमात्माबाहेक अरू कसैले दिन सक्दैन। योग र ज्ञान दुवै कुरा परमात्माले ल्याउनुहुन्छ, योग अग्निद्वारा गरिएका विकर्म भस्म गराउनुहुन्छ र ज्ञानद्वारा भविष्यको लागि श्रेष्ठ कर्म सिकाउनुहुन्छ, जसबाट कर्म, अकर्म हुन्छ, त्यसैले त परमात्माले भन्नुभएको छ– यो कर्म-अकर्म-विकर्मको गति धेरै गहन छ। अब त हामी आत्माहरूलाई प्रत्यक्ष परमात्माको शक्ति चाहिन्छ, शास्त्रहरूद्वारा यो योग र ज्ञानको शक्ति मिल्न सक्दैन तर उहाँ सर्वशक्तिमान्, बलवान्बाबाद्वारा नै शक्ति मिल्छ। अब हामीले आफ्नो जीवनको जड (संस्कार) यस्तो बनाउनु छ जसबाट जीवनमा सुख मिल्छ। त्यसैले परमात्मा आएर जीवनको जडमा शुद्ध संस्कारहरूको बीज भर्नुहुन्छ, जुन शुद्ध संस्कारहरूको आधारमा हामी आधाकल्प जीवनमुक्त बन्छौँ। अच्छा, ओम् शान्ति।

अव्यक्त इसारा:– अब आफ्नो दाता स्वरूपलाई प्रत्यक्ष गर

तिमी पूर्वज, पूज्य आत्माहरूलाई अनेक आत्माहरूले शान्तिदाता, शक्तिदाता भनेर याद गरिरहेका छन्। यस्तो समयमा हे शान्तिदाता आत्माहरू, मास्टर शान्तिका सागर, मास्टर शान्तिका सूर्यहरू! आफ्ना शान्तिका किरणहरू, शान्तिका लहरहरू दाताको बच्चा दाता बनेर सबैलाई दिइराख। यस्तो सेवा गर्ने विशेष अभ्यासी बन।