14.12.25    Avyakt Bapdada     Nepali Murli    18.02.2008     Om Shanti     Madhuban


विश्व परिवर्तनको लागि शान्तिको शक्तिको प्रयोग गर


आज बापदादा चारैतिर आफ्ना विश्व परिवर्तक बाबाका आशाका दीपक बच्चाहरूलाई देखेर हर्षित भइरहनुभएको छ। बापदादालाई थाहा छ– बच्चाहरूको बापदादाप्रति अति अति अति प्यार छ र बापदादाको पनि हरेक बच्चासँग पदमगुणाभन्दा पनि धेरै प्यार छ र यो प्यार त सदैव यस सङ्गमयुगमा नै मिल्नु नै छ। बापदादालाई थाहा छ– जति जति समय समीप आइरहेको छ, त्यसै अनुसार हरेक बच्चाको दिलमा यो सङ्कल्प, यो उमङ्ग-उत्साह छ– अब केही गर्नु नै छ किनकि देखिरहेका छौ– आजका तीनवटै सत्ताहरू अति हलचलमा छन्। चाहे धर्मसत्ता, चाहे राज्यसत्ता, चाहे साइन्स वा विज्ञानसत्ता, साइन्सले पनि अहिले प्रकृतिलाई यथार्थ रूपमा चलाउन सक्दैन। यही भन्छन्, हुनु नै छ किनकि साइन्सको सत्ताले प्रकृतिद्वारा कार्य गर्छ। त्यसैले साइन्सका साधन भएर पनि, प्रयत्न गरे पनि अहिले प्रकृति नियन्त्रणमा छैन र पछि गएर यो प्रकृतिको खेल अझै बढ्दै जानेछ किनकि प्रकृतिमा पनि अहिले आदि समयमाको शक्ति रहेको छैन। यस्तो समयमामा अब सोच्नुछ, अहिले कुन सत्ताले परिवर्तन गर्न सक्छ? यो साइलेन्सको शक्तिले नै विश्व परिवर्तन गर्छ। त्यसोभए चारैतिरको हलचल मेटाउने को हुन्? थाहा छ नि! यो कार्य परमात्म पालनाका अधिकारी आत्माहरू सिवाय अरू कसैले गर्न सक्दैन। त्यसैले तिमीहरू सबैलाई यो उमङ्ग-उत्साह छ– हामी ब्राह्मण आत्माहरू नै बापदादाको साथमा पनि छौँ र परिवर्तनको कार्यका साथी पनि हौँ।

बापदादाले विशेष अमृतवेला तथा सारा दिनमा हिँड्दा पनि देख्नुभयो– जति दुनियाँमा तीनवटै सत्ताहरूको हलचल छ, त्यति तिमी शान्तिका देवीहरू, शान्तिका देवहरूले जुन शक्तिशाली शान्तिको शक्तिको प्रयोग गर्नुपर्छ, त्यसमा अझै कमी छ। त्यसैले बापदादा अहिले सबै बच्चाहरूलाई यो उमङ्ग दिलाइरहनुभएको छ। सेवाको क्षेत्रमा त आवाज राम्रो फैलाइरहेका छौ, तर साइलेन्सको शक्तिलाई चारैतिर फैलाऊ। (आज बारम्बार खोकी आइरहेको छ) बाजा बिग्रेको छ, फेरि पनि बापदादा बच्चाहरूसँग नमिली त रहन सक्नुहुन्न र बच्चाहरू पनि रहन सक्दैनन्। त्यसैले बापदादाले यो विशेष इसारा दिइरहनुभएको छ– अब शान्तिको शक्तिको भाइब्रेसन चारैतिर फैलाऊ।

अहिले विशेष ब्रह्माबाबा र जगदम्बालाई देख्यौ– स्वयं आदि देव हुँदा शान्तिको शक्तिको कति गुप्त पुरुषार्थ गर्नुभयो। तिम्री दादीले कर्मातीत बन्नको लागि यही कुरालाई कति पक्का गर्नुभयो। जिम्मेवारी भएपनि, सेवाको योजना बनाउँदा शान्तिको शक्ति जम्मा गर्नुभयो। (खोकी बारम्बार आइरहेको छ) बाजा जति नै बिग्रिए पनि बापदादाको प्यार छ! त्यसैले सेवाको जिम्मेवारी जतिसुकै ठुलो भए पनि शान्तिको शक्तिबिना सेवाको सफलताको प्रत्यक्ष फल जति चाहन्छौ त्यति निस्कन सक्दैन र सारा कल्पको लागि आफ्नो प्रारब्धलाई पनि साइलेन्सको शक्तिबाट नै बनाउन सक्छौ। यसको लागि अहिले हरेकले स्वप्रति, सारा कल्प राज्यको र पूज्यको प्रारब्ध सँगसँगै प्राप्त गर्नको लागि अझै समय छ किनकि समय नाजुक आउनु नै छ। यस्तो समयमामा शान्तिको शक्तिद्वारा टचिङ पावर, क्याचिङ पावर (ग्रहण शक्ति) हुनु धेरै आवश्यक हुन्छ। यस्तो समय आउनेछ, जुनबेला यी साधनले केही गर्न सक्दैनन्, केवल आध्यात्मिक बल र बापदादाको निर्देशनको टचिङले कार्य गराउन सक्नेछ। त्यसैले आफैमा चेक गर–यस्तो समयमामा मन र बुद्धिमा बापदादाको टचिङ हुन सक्नेछ? यसमा बहुतकालको अभ्यास चाहिन्छ, यसको साधन हो मन बुद्धि सदैव कहिलेकाहीँ होइन, सदैव स्वच्छ र स्पष्ट हुनुपर्छ। अब रिहर्सल बढ्दै जानेछ र सेकेन्डमा रियल अर्थात् यथार्थमा हुनेछ। अलिकति पनि मन र बुद्धिमा कुनै पनि आत्माप्रति वा कुनै पनि कार्यप्रति, कुनै पनि साथी सहयोगीप्रति अलिकति पनि नेगेटिभ भाव छ भने त्यसलाई स्वच्छ र स्पष्ट भनिँदैन, त्यसैले बापदादाले यसमा ध्यान खिचिरहनुभएको छ। सारा दिनमा चेक गर– कति साइलेन्स पावर जम्मा गरेका छौ? सेवा गर्दा पनि साइलेन्सको शक्ति वाणीमा छैन भने जति सफलताको प्रत्यक्ष फल चाहन्छौ, त्यति हुँदैन। मेहनत धेरै हुन्छ, फल कम। सेवा गर तर शान्तिको शक्ति सम्पन्न सेवा गर। त्यसमा जति रिजल्ट चाहन्छौ, त्यसभन्दा अधिक मिल्छ। बारम्बार चेक गर। बाँकी बापदादालाई खुसी छ– दिनप्रतिदिन जति पनि जहाँ पनि सेवा गरिरहेका छौ, त्यो राम्रो गरिरहेका छौ तर स्वप्रति शान्तिको शक्ति जम्मा गर्ने, परिवर्तन गर्ने कुरामा अझै अटेन्सन देऊ।

अहिले सारा दुनियाँले खोजिरहेको छ– आखिर विश्व परिवर्तक निमित्त को बन्छ! किनकि दिनप्रतिदिन दुःख र अशान्ति बढिरहेको छ र बढ्नु नै छ। त्यसैले भक्तहरूले आफ्ना इष्टलाई याद गरिरहेका छन्, कोही अतिमा गएर हैरानीले बाँचिरहेका छन्। धर्म गुरुहरूतिर नजर घुमाइरहेका छन् र साइन्टिस्टहरूले पनि अहिले यही सोचिरहेका छन्– कसरी गर्ने, कहिलेसम्म हुन्छ! त्यसोभए यिनीहरू सबैलाई जवाफ दिने कसले? सबैको दिलमा यही पुकार छ– आखिर सुनौलो बिहानी कहिले आउँछ। त्यसोभए तिमीहरू सबै सुनौलो बिहानी ल्याउनेवाला हौ नि! हौ? हात उठाऊ, जसले सम्झन्छौ– हामी निमित्त हौँ? निमित्त हौ? (सबैले हात उठाए) अच्छा। यति धेरै निमित्त छौ भने कति समयमा हुनुपर्छ! तिमीहरू सबै पनि खुसी हुन्छौ र बापदादा पनि खुसी हुनुहुन्छ। हेर, यो गोल्डेन चान्स हरेकलाई यही गोल्डेन समय अनुसार प्राप्त भएको छ।

अहिले आपसमा जसरी सेवाको लागि बैठक गर्छौ, समस्या समाधान गर्नको लागि पनि बैठक गर्छौ नि। त्यसैगरी यो बैठक गर, यो योजना बनाऊ। याद र सेवा। यादको अर्थ हो शान्तिको शक्ति र त्यो प्राप्त हुन्छ, जब तिमी सर्वोच्चताको स्टेजमा हुन्छौ। जसरी कुनै सर्वोच्च स्थान हुन्छ नि, तिमी त्यहाँ उभियौ भने कति धेरै स्पष्ट देखिन्छ। त्यसैगरी तिम्रो सर्वोच्चताको स्टेज, सबैभन्दा उच्च अवस्था कुन हो? परमधाम। बापदादा भन्नुहुन्छ– सेवा गरेपछि फेरि सर्वोच्च स्टेजमा बाबाको साथमा आएर बसिहाल। जसरी कहिलेकाहीँ थाक्यौ भने त्यतिबेला ५ मिनेट मात्रै भए पनि कतै शान्तसँग बस्यौ भने फरक पर्छ नि। त्यसैगरी बीच बीचमा बाबाको साथमा आएर बस्नेगर । अर्को सर्वोच्चताको स्थान हो सृष्टि चक्रलाई हेर, सृष्टि चक्रमा सर्वोच्च स्थान कुन हो? सङ्गममा आएर सुइ सर्वोच्च स्थानमा देखाउँछौ नि। त्यसपछि तल आऊ, सेवा गर फेरि सर्वोच्च स्थानमा गइहाल। अब बुझ्यौ के गर्नुछ? समयले तिमीहरूलाई बोलाइरहेको छ वा तिमीहरूले समयमालाई समीप ल्याइरहेका छौ? रचयिता को हुनुहुन्छ? अब आपसमा यस्ता यस्ता योजना बनाऊ। अच्छा।

बच्चाहरूले भने– आउनु नै छ र बाबाले भन्नुभयो– हुन्छ। त्यसैगरी एकअर्काको कुरालाई, स्वभावलाई, वृत्तिलाई बुझ्दै, हुन्छ भइहाल्छ, हुन्छ भइहाल्छ भनेमा सङ्गठनको शक्तिले साइलेन्सको ज्वाला प्रकट गर्नेछ। ज्वालामुखी देखेका छौ नि। अब यो सङ्गठनको शक्तिले शान्तिको ज्वाला प्रकट गर्नेछ। अच्छा।

महाराष्ट्र , आन्ध्र प्रदेश , मुम्बईको सेवाको पालो :– नाम नै महाराष्ट्र छ। महाराष्ट्रलाई विशेष ड्रामा अनुसार सुनौलो गिफ्ट प्राप्त भएको छ। कुन गिफ्ट प्राप्त भएको छ? ब्रह्माबाबा र मम्माको पालना महाराष्ट्रलाई डाइरेक्ट मिलेको छ। दिल्ली र यु.पी.लाई पनि मिलेको छ तर महाराष्ट्रलाई धेरै मिलेको छ। अहिले महाराष्ट्र, महा त हौ नै। अब के गर्नुछ! महाराष्ट्र मिलेर यस्तो योजना बनाऊ, यस्तो बैठक गर, जसमा सबैको एउटै स्वभाव, एउटै संस्कार, एउटै सेवाको लक्ष्य, शान्तिको शक्ति कसरी फैलाउने, त्यसको योजना बनाऊ। बनाउँछौ नि! बनाउँछौ? अच्छा, बापदादालाई एक महिनापछि रिपोर्ट दिन्छौ– के योजना बनायौ! तिम्रो यस रुहरिहानबाट अझै थप हुनेछ। भिन्न भिन्न जोन छन् नि, त्यसमा तिनीहरूले पनि थप गर्छन्, त्यसमा घाट (आधार) तिमीले बनाऊ र हीरा उनीहरूले जोड्नेछन्। छ हिम्मत। टिचरहरू, हिम्मत छ! पहिलो लाइनवालाहरू, हिम्मत छ? संस्कार मिलन, यो रास कुन जोनले गर्नेछ? कुनै जोनले शुभवृत्ति, शुभदृष्टि र शुभकृति यो कसरी हुन्छ, एक जोनले यो उठाऊ। अर्को जोनले– कुनै आत्माले स्वयं संस्कार परिवर्तन गर्न सक्दैन, चाहेर पनि तर गर्न सक्दैन भने उनीहरूप्रति रहमदिल बनेर, क्षमा, सहयोग, स्नेह दिएर कसरी आफ्नो ब्राह्मण परिवारलाई शक्तिशाली बनाउने– यसको योजना बनाऊ। यो हुन सक्छ? हुन सक्छ? पहिलो लाइनकाले बताऊ, हुन सक्छ? हात उठाऊ, हुन सक्छ। किनकि पहिलो लाइनमा सबै महारथी बसेका छौ। अहिले बापदादा नाम सुनाउनुहुन्न, हरेक जोनलाई जे राम्रो लाग्छ, त्यो रुहरिहान गरेर फेरि शिवरात्रिपछि पनि एक महिनामा रिजल्ट सुनाऊ। महाराष्ट्र हो नि र राम्रो छ। उन्नति त सबै ठाउँमा भइरहेको छ, त्यसमा बापदादाले बधाई दिनुहुन्छ, बधाई दिइरहनुभएको छ। अहिले जे गरेका छौ, त्यसको त बधाई छ तर अब क्वालिटीको वृद्धि गर। क्वालिटीको अर्थ यो होइन– धनवान होस्, क्वालिटीको मतलब हो यादलाई नियम अनुसार जीवनमा सबुत बनेर देखाओस्। बाँकी माइक र वारिस, त्यो त थाहा छँदै छ। निश्चयबुद्धि र निश्चित हुन्। अच्छा।

डबल विदेशीहरूमा , युगल र कुमारीहरूको विशेष रिट्रिट चलेको छ:– यसको निसानी लगाएर आएका छन्। राम्रो लाग्छ। कुमारीहरू, यसरी घुम्नजाऊ, जसले गर्दा अरूले देखुन्, चक्कर लगाऊ। राम्रो छ। सबै भाग्यमानी छन् तर कुमारीहरू डबल भाग्यमानी छन्। किन? त्यसो त कुमार पनि भाग्यमानी छन् तर कुमारीहरू कुमारी जीवनमा अमर रहन सके भने बापदादाको, गुरुभाइको तख्त मिल्छ। दिलतख्त त छँदै छ। त्यो त सबैलाई छ तर गुरुको तख्त हो, जहाँ बसेर मुरली सुनाउँछन्। टिचर बनेर पढाउँछौ, त्यसैले बापदादा भन्नुहुन्छ– कुमारीहरू डबल भाग्यमानी छन्। कुमारीहरूको लागि गायन छ– २१ परिवारको उद्धार गर्नेवाला हुन्। त्यसोभए तिमीहरूले आफ्नो २१ जन्मको त उद्धार गरिसक्यौ तर अरू जसको निमित्त बन्छौ, उनीहरूको पनि २१ जन्मको लागि उद्धार हुन्छ। त्यसोभए यस्ता कुमारीहरू हौ नि। यस्ता हौ? पक्का। जो केही कच्चा छौ, उनले हात उठाऊ। पक्का छन्। दादीहरूले देख्यौ (दादीहरूसँग) कुमारीहरू पक्का छन्? पक्का छन्! मोहिनी बहिनी (न्युयोर्क) बताउनुहोस्, पक्का छन्? कुमारीहरूको ग्रुप पक्का छ? यिनीहरूको टिचर को हुन्! (मीरा बहिनी) पक्का छन् भने ताली बजाऊ। बापदादालाई पनि खुसी छ। अच्छा। (यो कुमारीहरूको आठौँ रिट्रिट हो– यिनीहरूको विषय थियो आफ्नोपनको अनुभव, ३० देशका ८० कुमारीहरू आएका छन्, सबैले आफ्नोपनको धेरै राम्रो अनुभव गरेका छन्) बधाई छ। यी त कुमारीहरू भए, तिमीहरू सबै को हौ? भन– यी त कुमारीहरू हुन्, हामी ब्रह्माकुमार र ब्रह्माकुमारीहरू हौँ। तिमी पनि कम छैनौ। यो कुमारहरूको ग्रुप हो, मिल्दोजुल्दो ग्रुप हो। राम्रो छ। युगलहरूलाई कुन नसा छ? एक्स्ट्रा नसा, थाहा छ! जहिलदेखि प्रवृत्तिवालाहरूले यस ज्ञानलाई धारण गर्न लागेका छन्, त्यसपछि अहिले धेरैजसो मानिसहरूमा हामीले पनि गर्न सक्छौँ भन्ने हिम्मत आएको छ। पहिला सम्झन्थे– ब्रह्माकुमारी बन्नु अर्थात् सबै कुरा छोड्नु तर अहिले सम्झन्छन्– ब्रह्माकुमार कुमारी बनेर परिवार, व्यवहार सबै चल्न सक्छ। युगलहरूको अझ एउटा विशेषता छ, उनीहरूले महात्माहरूलाई पनि चुनौती दिएका छन्– हामी सँगै रहेरै, व्यवहार गरेर, हाम्रो परमार्थ श्रेष्ठ बनेको छ। विजयी हौ। त्यसोभए विजयको हिम्मत दिलाउनु, यो युगलहरूको काम हो, त्यसैले बापदादाले युगलहरूलाई पनि बधाई दिनुहुन्छ। ठीक छ नि। चुनौती दिनेवाला हौ नि, पक्का। कोही आएर सिआइडी गरे भने गर्न देऊ। भन– गर्न देऊ। छ तागत? छ? हात उठाऊ। अच्छा।

बापदादाले सदैव डबल विदेशीहरूलाई हिम्मतवान सम्झनुहुन्छ। किन? बापदादाले देख्नुभएको छ– काममा पनि जान्छन्, क्लास पनि गर्छन्, कतिले क्लास पनि गराउँछन् तर सेन्टरको अलराउन्ड सेवामा पनि मदतगार बन्छन्। त्यसैले बापदादाले टाइटल दिनुहुन्छ, यो हो अलराउन्डर ग्रुप। अच्छा। यसैगरी अगाडि बढिराख र अरूलाई पनि अगाडि बढाइराख। अच्छा।

टिचरहरू सँग:– टिचरहरू ठीक छौ? धेरै छन् टिचरहरू। राम्रो छ, हेर, तिमीहरूको टाइटल पनि बाबासमान छ। बाबा पनि टिचर बनेर आउनुहुन्छ, त्यसैले टिचर अर्थात् स्व-अनुभवको आधारमा अरूलाई पनि अनुभवी बनाउनु। अनुभवको अथोरिटी सबैभन्दा ठुलो हो। यदि एक पटक पनि कुनै कुराको अनुभव गर्छौ भने जीवनभर बिर्सिँदैन। सुनेको कुरा, देखेको कुरा बिर्सिन्छ तर अनुभव गरेको कुरा कहिल्यै पनि बिर्सिँदैन। त्यसैले टिचर अर्थात् अनुभवी बनेर अनुभवी बनाउनु। यही काम गर्छौ नि। राम्रो छ। जति पनि अनुभवमा कमी छ नि, त्यो एक महिनामा भरिदेऊ। फेरि बापदादाले रिजल्ट मगाउनुहुन्छ। अच्छा।

चारैतिरका बापदादाका दिलतख्तनसिन र विश्व राज्यका तख्तनसिन, सदा आफ्नो साइलेन्सको शक्तिलाई अगाडि बढाउँदै र अरूलाई पनि अगाडि बढाउने उमङ्ग-उत्साह दिने, सदा खुसी रहने र सबैलाई खुसीको गिफ्ट दिने चारैतिरका बापदादाका भाग्यमानी र लवली बच्चाहरूलाई बापदादाको यादप्यार, आशीर्वाद एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

वरदान:–
हर कन्डिसनमा सेफ रहने एयरकन्डिसनको टिकटका अधिकारी भव

एयरकन्डिसनको टिकट तिनै बच्चाहरूलाई मिल्छ, जो यहाँ हर कन्डिसनमा सेफ रहन्छन्। कुनै पनि परिस्थिति आओस्, जस्तोसुकै समस्याहरू आऊन् तर हरेक समस्यालाई सेकेन्डमा पार गर्ने सर्टिफिकेट चाहिन्छ। जसरी त्यस टिकटको लागि पैसा दिन्छौ, त्यसैगरी यहाँ “सदा विजयी’ बन्ने मनी (धन) चाहिन्छ– जसबाट टिकट मिल्न सक्छ। यो मनी प्राप्त गर्नको लागि मेहनत गर्ने जरुरत छैन, केवल सदा बाबाको साथमा रह्यौ भने अनगिन्ती कमाइ जम्मा भइरहन्छ।

स्लोगन:–
जस्तोसुकै परिस्थिति होस्, परिस्थिति जाओस् तर खुसी नजाओस्।

अव्यक्त इसारा:– अब सम्पन्न वा कर्मातीत बन्ने धुन लगाऊ

जसरी तिम्रो रचना कछुवाले सेकेन्डमा सबै अङ्ग समेट्छ। समेट्ने शक्ति रचनामा पनि छ। तिमी मास्टर रचयिताले समेट्ने शक्तिको आधारमा सेकेन्डमा सर्व सङ्कल्पहरूलाई समाहित गरेर एक सङ्कल्पमा स्थित होऊ। सर्व कर्मेन्द्रियहरूको कर्मको स्मृतिबाट पर एउटै आत्मिक स्वरूपमा स्थित भएपछि कर्मातीत अवस्थाको अनुभव हुन्छ।