15.01.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– तिम्रो
मुखबाट कहिल्यै पनि हे ईश्वर ! हे बाबा ! शब्द निस्कनुहुँदैन , यो त भक्ति मार्ग को
प्रा क्टिस हो।”
प्रश्न:–
तिमी
बच्चाहरूले सेतो ड्रेस किन मन पराउँछौ? यो कुन कुराको प्रतीक हो?
उत्तर:–
अहिले तिमी यो
पुरानो दुनियाबाट जीवन छँदै मरिसकेका छौ, त्यसैले तिमीलाई सेतो ड्रेस मन पर्छ। यो
सेतो ड्रेसले मृत्युलाई सिद्ध गर्छ। कोही मरेछ भने त्यसको शरीरमाथि पनि सेतो कपडाले
ढाकिदिन्छन्, तिमी बच्चाहरू पनि अहिले मरजीवा बनेका छौ।
ओम् शान्ति ।
रुहानी बाबा
बसेर रुहानी बच्चाहरूलाई सम्झाउनुहुन्छ, रुहानी शब्द नभनेर केवल बाबा भन्यौ भने पनि
ठीक छ। बाबा बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ। सबैले आफूलाई भाइ भाइ त भन्छौ नै।
त्यसैले त बाबा बसेर सम्झाउनुहुन्छ बच्चाहरूलाई। सबैलाई त सम्झाउनुहुन्न होला। सबैले
आफूलाई भाइ भाइ भन्छौ नै। गीतामा लेखिएको छ– भगवानुवाच। अब भगवानुवाच कसप्रति? सबै
भगवानका बच्चाहरू हुन्। उहाँ बाबा हुनुहुन्छ भने भगवानका बच्चाहरू सबै भाइ भाइ हुन्।
भगवानले नै सम्झाउनुभयो होला, राजयोग सिकाउनुभयो होला। अहिले तिम्रो बुद्धिको ताला
खुलेको छ। दुनियामा अरू कसैको पनि यस्तो विचार चल्न सक्दैन। जसजसलाई सन्देश मिल्दै
जान्छ, उनीहरू स्कुलमा आउँदै जानेछन्, पढ्दै जानेछन्। बुझ्नेछन्– प्रदर्शनी त हेरियो,
अब गएर केही धेरै सुनौँ। पहिलो मुख्य कुरा हो– ज्ञानका सागर, पतितपावन गीता
ज्ञानदाता शिव भगवानुवाच। सबैभन्दा पहिला उनीहरूलाई यो थाहा हुनुपर्छ– यिनीहरूलाई
सिकाउने अथवा सम्झाउने को हुनुहुन्छ! उहाँ सुप्रिम सोल ज्ञानका सागर निराकार
हुनुहुन्छ। उहाँ त हुनुहुन्छ नै सत्य। उहाँले सत्य नै बताउनुहुनेछ। फेरि त्यसमा अरू
कुनै प्रश्न उठ्न सक्दैन। पहिला सुरुमा त यसैमा सम्झाउनुछ, हामीलाई परमपिता
परमात्माले ब्रह्माद्वारा राजयोग सिकाउनुहुन्छ। यो राजकीय पद हो। जसलाई निश्चय
हुनेछ– जो सबैका बाबा हुनुहुन्छ, उहाँ पारलौकिक बाबा बसेर सम्झाउनुहुन्छ, उहाँ नै
सबैभन्दा ठुलो अथोरिटी हुनुहुन्छ त्यसपछि फेरि अर्को कुनै प्रश्न उठ्नै सक्दैन। उहाँ
पतितपावन हुनुहुन्छ र जुनबेला उहाँ यहाँ आउनुहुन्छ त्यतिबेला अवश्य आफ्नो समयमा
आउनुहुन्छ होला। तिमीले देख्छौ पनि– यो त्यही महाभारत लडाइँ हो। विनाशपछि फेरि
निर्विकारी दुनिया हुनुछ। यो हो विकारी दुनिया। यो कुरा मानिसहरूले जान्दैनन्–
भारतवर्ष नै निर्विकारी थियो। केही पनि बुद्धि चल्दैन। गोदरेजको ताला लागेको छ।
त्यसको चाबी एक बाबासँग मात्रै छ, त्यसैले उहाँलाई नै ज्ञानदाता, दिव्य चक्षु विधाता
भनिन्छ। बाबाले ज्ञानको तेस्रो नेत्र दिनुहुन्छ। यो कसैलाई थाहा छैन– तिमीलाई पढाउने
को हुनुहुन्छ। दादालाई सम्झन्छन्, त्यसैले टीका टिप्पणी गर्छन्। केही न केही भन्छन्–
त्यसैले सबैभन्दा पहिलो कुरा यो नै सम्झाऊ। यसमा लेखिएको पनि छ– शिव भगवानुवाच। उहाँ
त हुनुहुन्छ नै सत्य।
बाबाले बुझ्नुहुन्छ–
म पतितपावन शिव हुँ। म परमधामबाट आएको हुँ, यी सालिग्रामहरूलाई पढाउन। बाबा
हुनुहुन्छ नै नलेजफुल। सृष्टिको आदि-मध्य-अन्त्यको रहस्य सम्झाउनुहुन्छ। यो शिक्षा
अहिले तिमीलाई नै बेहदका बाबाबाट मिलिरहेको छ। उहाँ नै सृष्टिका रचयिता हुनुहुन्छ।
बाबा पतित सृष्टिलाई पावन बनाउनेवाला हुनुहुन्छ। बोलाउँछन् पनि– हे पतितपावन
आउनुहोस्! त्यसले सबैभन्दा पहिला उहाँकै परिचय दिनुछ। उहाँ परमपिता परमात्मासँग
तपाईंको के सम्बन्ध छ? उहाँ हुनुहुन्छ नै सत्य। नरबाट नारायण बन्ने सत्य ज्ञान
दिनुहुन्छ। बच्चाहरूलाई थाहा छ– बाबा सत्य हुनुहुन्छ, बाबाले नै सचखण्ड बनाउनुहुन्छ।
तिमी नरबाट नारायण बन्न यहाँ आउँछौ। ब्यारिस्टर पास भयौ भने बुझ्छौ– हामी
ब्यारिस्टर बन्न आएका हौँ। अहिले तिमीलाई निश्चय छ– हामीलाई भगवानले पढाउनुहुन्छ।
कतिले निश्चय पनि गर्छन् र फेरि संशयबुद्धि हुन्छन्, त्यसपछि उनीहरूलाई सबै
मानिसहरूले भन्छन्– तिमीले त भन्थ्यौ, भगवानले पढाउनुहुन्छ, फेरि भगवानलाई छोडेर
किन आयौ? संशय आएपछि नै भागन्ती हुन्छन्। कुनै न कुनै विकर्म गर्छन्। भगवानुवाच–
काम महाशत्रु हो, यसमाथि विजय प्राप्त गरेमा नै तिमी जगतजित बन्नेछौ। जो पावन बन्छन्,
उनीहरू नै पावन दुनियामा जानेछन्। यहाँ छ नै राजयोगको कुरा। तिमीले गएर त्यहाँ
राज्य गर्नेछौ। बाँकी जति पनि आत्माहरू छन्, तिनीहरू आफ्नो हिसाबकिताब चुक्ता गरेर
फर्केर आफ्नो घर जानेछन्। यो कयामतको समय हो। अब यो बुद्धिले भन्छ– सत्ययुगको
स्थापना अवश्य हुनुछ। पावन दुनिया सत्ययुगलाई भनिन्छ। बाँकी सबै मुक्तिधाममा जानेछन्।
उनीहरूले फेरि आफ्नो पार्ट रिपीट गर्नुछ। तिमीले पनि आफ्नो पुरुषार्थ गरिरहन्छौ।
पावन बनेर पावन दुनियाको मालिक बन्नको लागि। मालिक त सबैले आफूलाई सम्झन्छौ नि।
प्रजा पनि मालिक हो। अहिले प्रजाले पनि भन्छन् नि– हाम्रो भारतवर्ष। ठुलाभन्दा ठुला
मानिसहरू, संन्यासी आदिले पनि भन्छन्– हाम्रो भारतवर्ष। तिमीले बुझेका छौ– यस समयमा
भारतवर्षमा सबै नर्कवासी छन्। अहिले हामीले स्वर्गवासी बन्नको लागि यो राजयोग
सिकिरहेका छौँ। सबै त स्वर्गवासी बन्दैनन्। अहिले यसको ज्ञान भएको छ। उनीहरूले जे
सुनाउँछन् त्यो सबै शास्त्र सुनाउँछन्। उनीहरू शास्त्रका अथोरिटी हुन्। बाबा
भन्नुहुन्छ– यी भक्तिमार्गका वेद शास्त्र आदि सबै पढ्नाले सिँढी तल ओर्लंदै जान्छन्।
यो सबै हो भक्तिमार्ग। बाबा भन्नुहुन्छ– भक्तिमार्ग पूरा भइसकेपछि मात्रै म आउँछु।
मैले नै आएर सबै भक्तहरूलाई भक्तिको फल दिनुछ। अधिक सङ्ख्या त भक्तहरूको छ। सबैले
पुकारिरहन्छन् नि– हे गड फादर! भक्तहरूको मुखबाट ओ गड फादर! हे भगवान! अवश्य
निस्कन्छ। तर भक्ति र ज्ञानमा त फरक छ। तिम्रो मुखबाट कहिल्यै हे ईश्वर! हे भगवान!
यी शब्द निस्कँदैनन्। मानिसहरूलाई त यसमा आधाकल्पको प्र्याक्टिस भएको छ। तिमीलाई
थाहा छ– उहाँ त हाम्रो बाबा हुनुहुन्छ, तिमीले कहाँ हे बाबा भन्नुछ र! बाबाबाट त
तिमीलाई वर्सा लिनुछ। पहिला त तिमीलाई यो निश्चय भएको छ– हामीले बाबाबाट वर्सा
लिन्छौँ। बाबाले बच्चाहरूलाई वर्सा लिने अधिकारी बनाउनुहुन्छ। उहाँ त सत्य बाबा
हुनुहुन्छ नि। बाबालाई थाहा छ– यिनीहरू मेरा बच्चाहरू हुन्, जसलाई मैले ज्ञान अमृत
पिलाएर, ज्ञान चितामा बसाएर घोर निद्राबाट जगाएर स्वर्गमा लैजान्छु। बाबाले
सम्झाउनुभएको छ– आत्माहरू त्यहाँ शान्तिधाम र सुखधाममा रहन्छन्। सुखधामलाई भनिन्छ
निर्विकारी दुनिया। सम्पूर्ण निर्विकारी देवताहरू हुन्छन् नि। र त्यो हो स्वीट होम।
तिमीले जानेका छौ– हाम्रो घर त्यहीँ हो, हामी कलाकारहरू त्यही शान्तिधामबाट आउँछौँ–
यहाँ पार्ट खेल्न। हामी आत्माहरू यहाँका निवासी होइनौँ। ती कलाकारहरू यहाँका निवासी
हुन्छन्। केवल घरबाट आएर ड्रेस परिवर्तन गरेर पार्ट खेल्छन्। तिमीले त बुझेकाछौ–
हाम्रो घर शान्तिधाम हो, फेरि हामी त्यहाँ फर्केर जान्छौँ। सबै कलाकारहरू स्टेजमा
आइसकेपछि फेरि बाबा आएर सबैलाई लैजानुहुनेछ, त्यसैले उहाँलाई मुक्तिदाता, गाइड पनि
भनिन्छ। बाबा दुःखहर्ता सुखकर्ता हुनुहुन्छ भने यति धेरै मानिसहरू कहाँ जानेछन्।
विचार गर– पतितपावनलाई बोलाउँछन्। केको लागि? आफ्नो मृत्युको लागि, दुःखको दुनियामा
बस्न चाहँदैनन्, त्यसैले भन्छन्– घर जाऊँ। ती सबै मुक्तिलाई नै मान्नेहरू हुन्।
भारतवर्षको प्राचीन राजयोग पनि कति प्रसिद्ध छ। बेलायतमा पनि जान्छन् प्राचीन
राजयोग सिकाउन। वास्तवमा हठयोगीहरूले त राजयोग जान्दैनन् नै। उनीहरूको योग नै गलत
छ, त्यसैले तिमीले गएर सत्य राजयोग सिकाउनुछ। मानिसहरूले संन्यासीहरूको गेरुवा
वस्त्र देखेर उनीहरूलाई कति मान दिन्छन्। बौद्ध धर्ममा पनि संन्यासीहरूले गेरुवा
वस्त्र लगाएको देखेर उनीहरूलाई मान्छन्। संन्यासी त पछि हुन्छन्। बौद्ध धर्ममा पनि
सुरुमा कुनै संन्यासी हुँदैनन्। पाप बढ्दै गएपछि संन्यास धर्म स्थापना हुन्छ। सुरुमा
त ती आत्माहरू माथिबाट आउँछन्। उनीहरू केही संख्यामा आउँछन्। सुरुमा संन्यास सिकाएर
के गर्ने, संन्यास हुन्छ पछि। यो पनि यहाँबाटै नक्कल गर्छन्। इसाईहरूमा पनि धेरै छन्
जसले संन्यासीहरूको मान राख्छन्। गेरुवा वस्त्रको जुन पहिरन छ, त्यो हठयोगीहरूको
हो। तिमीले त घरबार छोड्नुछैन। न कुनै सेतो कपडाको बन्धन छ तर सेतो राम्रो हो। तिमी
भट्टीमा बसेका छौ त्यसैले ड्रेस पनि यही भएको छ। आजकाल सेतो धेरैले मन पराउँछन्।
मानिसहरू मरे भने पनि त्यस शरीरलाई सेतो कपडाले ढाक्छन्न्। तिमी पनि अहिले मरजीवा
बनेका छौ त्यसैले सेतो ड्रेस राम्रो हो।
त्यसैले पहिला कसैलाई
पनि बाबाको परिचय दिनुछ। दुई बाबा हुनुहुन्छ, यी कुरा बुझ्नमा समय लिन्छन्।
प्रदर्शनीमा त्यति सम्झाउन सक्दैनन्। सत्ययुगमा हुन्छन् एक बाबा। यस समयमा तिम्रा ३
बाबा हुनुहुन्छ किनकि भगवान आउनुहुन्छ प्रजापिता ब्रह्माको तनमा, उहाँ पनि त बाबा
हुनुहुन्छ सबैको। लौकिक पिता पनि छन्। अच्छा, अब तीनै बाबाबाट उच्च वर्सा कसको?
निराकार बाबाले वर्सा कसरी दिनुहुन्छ। उहाँले फेरि दिनुहुन्छ ब्रह्माद्वारा। यो
चित्रमा तिमीले धेरै राम्रोसँग सम्झाउन सक्छौ। शिवबाबा निराकार हुनुहुन्छ र यिनी
हुन् प्रजापिता ब्रह्मा आदि देव, ग्रेट-ग्रेट ग्र्यान्ड फादर। बाबा भन्नुहुन्छ– म
शिवलाई तिमीले ग्रेट-ग्रेट ग्र्यान्ड फादर भन्दैनौ। म सबैको बाबा हुँ। यिनी हुन्
प्रजापिता ब्रह्मा। तिमी भयौ सबै दिदीभाइ। हुन त स्त्री पुरुष हुन् तर बुद्धिले
जान्दछन्– हामी भाइबहिनी हौँ। बाबाबाट वर्सा लिन्छौँ। भाइबहिनीले आपसमा पाप कर्म
गर्न सक्दैनन्। यदि दुवैको आपसमा विकारी दृष्टि तानियो भने फेरि गिर्छन्। बाबालाई
भुल्छन्। बाबा भन्नुहुन्छ– तिमी मेरो बच्चा बनेर फेरि मुख कालो पार्छौ। बेहदका
बाबाले बच्चाहरूलाई बसेर सम्झाउनुहुन्छ। तिमीलाई यो नसा चढेको छ। जान्दछौ– गृहस्थ
व्यवहारमा पनि बस्नुछ। लौकिक सम्बन्धीहरूसँग पनि व्यवहार गर्नुछ, सम्बन्ध निर्वाह
गर्नुछ। लौकिक पितालाई त तिमीले बुबा भन्छौ नि। उनलाई त तिमीले भाइ भन्न सक्दैनौ।
साधारण तरिकाले पितालाई बुबा नै भन्छौ। बुद्धिमा छ– यिनी मेरा लौकिक पिता हुन्।
ज्ञान त छ नि। यो ज्ञान धेरै विचित्र छ। आजकाल नाम पनि लिन्छन् तर कुनै आगन्तुक आदि
बाहिरको मानिसको अगाडि भाइ भनिदियौ भने उनीहरूले सम्झन्छन्– यिनको बुद्धि बिग्रेको
छ। यसमा धेरै युक्ति चाहिन्छ। तिम्रो ज्ञान गुप्त छ, गुप्त सम्बन्ध छ। यसमा धेरै
युक्तिले चल्नुछ। तर एकअर्कालाई आदर गर्नु राम्रो हो। लौकिकसँग पनि कर्तव्य निर्वाह
गर्नुछ। बुद्धि जानुपर्छ माथि। हामीले बाबाबाट वर्सा लिइरहेका छौँ। बाँकी काकालाई
काका, बाबालाई बाबा भन्नुपर्छ। जो बी. के. बनेका छैनन्, उनीहरूले भाइबहिनी भनेको
बुझ्दैनन्। जो ब्रह्माकुमार कुमारी बनेका छन्, उनीहरूले नै यी कुरा बुझ्नेछन्।
बाहिरकाले त पहिला सुनेर चकित पर्छन्। यसमा बुझ्नको लागि धेरै राम्रो बुद्धि
चाहिन्छ। बाबाले तिमी बच्चाहरूको विशालबुद्धि बनाउनुहुन्छ। तिमी पहिला हदको बुद्धिमा
थियौ। अब बुद्धि जान्छ बेहदमा। उहाँ हाम्रो बेहदका बाबा हुनुहुन्छ। यिनीहरू सबै
हाम्रा भाइबहिनी हुन्। बाँकी सम्बन्धमा त बुहारीलाई बुहारी, सासुलाई सासु नै भन्छौ,
बहिनी कहाँ भन्छौ र। आउँछन् त दुवै। घरमा बस्दा पनि धेरै युक्तिले चल्नुपर्छ। लोक
कल्याणकलाई पनि हेर्नुपर्छ। नत्र उनीहरूले भन्छन्– यिनीहरूले पतिलाई भाइ, सासुलाई
बहिनी भन्छन्, यिनीहरूले के सिक्छन्। यी ज्ञानका कुरा त तिमीले नै जान्दछौ र नजाने
कोही। भन्छन् नि– तिम्रो गति मति तिमीले नै जान। अब तिमी उहाँका बच्चा बनेका छौ
त्यसैले तिम्रो गति मत तिमीले नै जान्नुछ। धेरै सम्हालिएर चल्नुपर्छ। कतै कोही
नअलमलिउन्। प्रदर्शनीमा पनि तिमी बच्चाहरूले पहिला सुरुमा यही सम्झाउनुछ– हामीलाई
पढाउने भगवान हुनुहुन्छ। अब बताऊ उहाँ को हुनुहुन्छ? निराकार शिव वा श्रीकृष्ण।
शिवजयन्तीपछि फेरि आउँछ श्रीकृष्णजयन्ती किनकि बाबाले राजयोग सिकाउनुहुन्छ।
बच्चाहरूको बुद्धिमा आयो नि। शिव परमात्मा नआएसम्म, शिवजयन्ती मनाउन सकिँदैन।
जबसम्म शिव आएर कृष्णपुरी स्थापना नगर्दासम्म श्रीकृष्ण जयन्ती पनि कसरी मनाइन्छ।
श्रीकृष्णको जन्म त मनाउँछन् तर कहाँ बुझ्छन् र। श्रीकृष्ण प्रिन्स हुनुहुन्थ्यो भने
अवश्य सत्ययुगमा प्रिन्स हुनुहुन्थ्यो होलान् नि। देवी देवताहरूको राजधानी थियो होला।
केवल एक श्रीकृष्णलाई त बादसाही मिलेको थिएन होला। अवश्य कृष्णपुरी थियो होला नि।
भन्छन् पनि कृष्णपुरी र यो हो कंसपुरी। कंसपुरी समाप्त भयो फेरि कृष्णपुरी स्थापना
भयो नि। हुन्छ भारतवर्षमा नै। नयाँ दुनियामा कहाँ यी कंस आदि हुन सक्छन् र। कंसपुरी
भनिन्छ कलियुगलाई। यहाँ त हेर कति मानिसहरू छन्। सत्ययुगमा थोरै मानिसहरू हुन्छन्।
देवताहरूले कुनै लडाइँ गरेनन्। कृष्णपुरी भन अथवा विष्णुपुरी भन, दैवी सम्प्रदाय भन,
आसुरी सम्प्रदाय यहाँ छ। बाँकी न देवता र असुरहरूको लडाइँ भयो, न कौरव पाण्डवहरूको
भएको हो। तिमीले रावणमाथि विजय पाउँछौ। बाबा भन्नुहुन्छ– यी ५ विकारमाथि विजयी भयौ
भने तिमी जगतजित बन्छौ, यसमा कसैले लड्नुछैन। लड्ने नाम लिइयो भने हिंसा हुन्छ।
रावणमाथि विजय प्राप्त गर्नुछ, तर अहिंसाले। केवल बाबालाई याद गरेमा हाम्रो विकर्म
विनाश हुन्छ। लडाइँ आदिको कुनै कुरा छैन। बाबा भन्नुहुन्छ– तिमी तमोप्रधान बनेका
छौ, अब फेरि तिमी सतोप्रधान बन्नुछ। भारतवर्षको प्राचीन राजयोग प्रसिद्ध छ। बाबा
भन्नुहुन्छ– मसँग बुद्धिको योग लगायौ भने तिम्रो पाप भस्म हुनेछ। बाबा पतितपावन
हुनुहुन्छ भने उहाँसँग बुद्धियोग लगाउनुछ, तब तिमी पतितबाट पावन बन्नेछौ। अब
यथार्थमा तिमी उहाँसँग योग लगाइरहेका छौ, यसमा लडाइँको कुनै कुरा छैन। जसले
राम्रोसँग पढ्छन् र बाबासँग योग लगाउँछन्, उनीहरूले नै बाबाबाट वर्सा पाउनेछन्।
अच्छा।
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको यादप्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) भाइ-भाइको दृष्टिको अभ्यास गर्दै लौकिक बन्धनहरूसँग सम्बन्ध निभाउनुछ। धेरै
युक्तिले चल्नुछ। विकारी दृष्टि बिल्कुल जानुछैन। कयामतको समयमा सम्पूर्ण पावन
बन्नुछ।
२) बाबाबाट पूरा वर्सा
लिनको लागि राम्रोसँग पढाइ पढ्नुछ र पतितपावन बाबासँग योग लगाएर पावन बन्नुछ।
वरदान:–
आफ्नो
सम्पूर्णताको आधारमा समयमा लाई समीप ल्याउने मास्टर रचयिता भव
समय तिम्रो रचना हो,
तिमी मास्टर रचयिता हौ। रचयिता रचनाको आधारमा हुँदैनन्। रचयिताले रचनालाई अधीन
पार्छन्, त्यसैले यो कहिल्यै नसोच– समयले आफै सम्पूर्ण बनाइदिनेछ। तिमी सम्पूर्ण
बनेर समयलाई समीप ल्याउनुछ। त्यस्तै कुनै पनि विघ्न आउँछ भने समय अनुसार जानेछ
अवश्य तर समयभन्दा पहिला परिवर्तन शक्तिद्वारा त्यसलाई परिवर्तन गरिदियौ भने त्यसको
प्राप्ति तिमीलाई हुनेछ। समयको आधारमा परिवर्तन गरेमा त्यसको प्राप्ति तिमीलाई
हुनेछैन।
स्लोगन:–
कर्म र योगको
ब्यालेन्स राख्नेहरू नै सच्चा कर्मयोगी हुन्।
अव्यक्त इसारा:– यस
अव्यक्त मासमा बन्धनमुक्त रहेर जीवनमुक्त स्थितिको अनुभव गर
जहिलेसम्म
कर्मेन्द्रियहरूको आधार हुन्छ त्यतिबेलासम्म कर्म त गर्नु नै छ, तर कर्मबन्धन होइन,
कर्मसम्बन्धमा। जीवनमुक्त अवस्था अर्थात् सफलता पनि धेरै र कर्मको बोझ पनि नहोस्।
जो मुक्त छन्, उनीहरू सदैव सफलतामूर्त छन्। जीवनमुक्त आत्माले सदा शुद्ध गर्वले
भन्नेछ– विजय निश्चित छ, सफलता जन्मसिद्ध अधिकार हो।