15.07.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– योगबलले नै आत्माको खिया निस्कन्छ, त्यसैले योगमा कहिल्यै पनि लापर्बाही नगर।”

प्रश्न:–
बाबाले बच्चाहरूलाई बेहदको वर्सा लिनको लागि कुन युक्ति बताउनुभएको छ जसमा मायाले चारैतिर विघ्न पार्छ?

उत्तर:–
बाबाले युक्ति बताउनुभएको छ– प्यारा बच्चाहरू! तिमी ब्रह्माकुमार-कुमारीहरू एक बाबाका बच्चाहरू आपसमा भाइबहिनी हौ, तिमीले कहिल्यै विकारी कुकर्म गर्न सक्दैनौ। भाइबहिनी विकारमा जान सक्दैनौ, तिमी शिवबाबाको मतमा चलेर बेहदको वर्सा लिनुछ। तर माया कम छैन, चारैतिर यसमा नै विघ्न पारिरहन्छ। हामी भाइबहिनी हौँ, एक बाबाबाट वर्सा लिन्छौँ, यो भुल्छौ।

गीत:–
तुम्हें पाके हमने...

ओम् शान्ति ।
गीतको एउटा शब्द नै काफी छ। तिमी बच्चाहरूलाई थाहा छ, बेहदको बाबाबाट बेहदको वर्सा मिल्छ र यो वर्सा कल्प कल्प मिल्छ। यो पनि तिमी बच्चाहरूलाई थाहा छ, बेहदको वर्सा अवश्य भारतवर्ष नै मिलेको थियो। अब त्यो वर्सा छैन फेरि मिलिरहेको छ। तिमीले देख्छौ– अहिले त स्वर्गको वर्सा छैन, रावणद्वारा नर्कको श्राप मिलिरहेको छ। श्रापले मानिस दुःखी हुन्छौ। वर अर्थात् वर्साले सुखी हुन्छौ। अब ब्राह्मण बच्चाहरूलाई थाहा भएको छ, उहाँ बेहदको निराकार बाबा हुनुहुन्छ र प्रजापिता ब्रह्मा बेहदको साकार बाबा हुनुहुन्छ। बेहदको साकार बाबा प्रजापिता ब्रह्मा बाहेक अरू कोही हुँदैन। भन्न त गान्धीलाई बापुजी भन्थे तर नियमअनुसार सारा मनुष्य सृष्टिको बापुजी त उनी हुन सक्दैनन्। सारा निराकारी विश्वको बापुजी शिवबाबा हुनुहुन्छ। अहिले तिमी बच्चाहरूलाई थाहा छ, हामी शिवबाबाका बनेका छौँ। शिवबाबा आएर हामीलाई आफ्नो बनाउनुभएको छ– वर्सा दिनको लागि। बच्चाहरू मधुबन आउँछन् केको लागि? शिवबाबासँग मिल्नको लागि, तर उहाँ त निराकार हुनुहुन्छ। केवल शिवबाबा भनेर मात्र बुझ्दैनन् त्यसैले भनिन्छ बापदादा। शिवबाबा र ब्रह्मा दादा। दादाको नाम भिन्नै छ, बाबाको नाम भिन्नै छ। उहाँ निराकार बाबा सबैका पिता पनि हुनुहुन्छ, सबैका दादा पनि हुनुहुन्छ। सबै बच्चाहरूलाई अवश्य बापदादाबाट वर्सा मिल्छ। बेहदको बाबाबाट सबैलाई वर्सा मिल्छ। उहाँ बाबा नै सबैको दुःखहर्ता सुखकर्ता हुनुहुन्छ। सत्ययुगमा कुनै पनि मानिस दुःखी हुन सक्दैन। नाम नै हो स्वर्ग, उहाँ हुनुहुन्छ स्वर्ग स्थापन गर्ने परमपिता परमात्मा। भारतवर्ष सबैभन्दा पुरानो भूमि हो भने अवश्य सबैभन्दा नयाँ पनि थियो त्यसैले त अहिले सबैभन्दा पुरानो भएको छ। सत्ययुग, कलियुग भारतवर्षलाई नै भनिन्छ। अवश्य भारतवर्ष स्वर्ग थियो। यी लक्ष्मीनारायणले राज्य गर्थे। यो कुरा तिम्रो बुद्धिमा छ। अहिले तिमी लक्ष्मीनारायणको मन्दिरमा गयौ भने तुरुन्तै बुद्धिमा आउँछ– यिनीहरूलाई यो वर्सा कसरी मिल्यो! यिनीहरू पूज्य कसरी बने! कहिले राज्य गरे? कोद्वारा राज्य पाए? यो सबै कुरा बुद्धिमा आउँछ। पहिला यी बाबा पनि लक्ष्मीनारायणको मन्दिरमा जान्थे, माला जप्थे। यी लक्ष्मीनारायणको कर्तव्यको विषयमा यिनलाई केही पनि थाहा थिएन। अहिले केवल तिम्रो बुद्धिमा छ त्यो पनि नम्बरवार। तिमी अहिले लक्ष्मीनारायणको मन्दिरमा गएर उभियौ भने हर्षित हुनेछौ। तिम्रो बुद्धिमा छ यिनीहरूले यो प्रारब्ध कसरी पाएका थिए। सङ्गमयुगमा नै पाए किनकि सङ्गममा नै पुरानो दुनियाँ परिवर्तन हुन्छ। सङ्गममा नै बाबा आएर राजयोग सिकाउनुभएको थियो। यो पनि तिमी बच्चाहरूलाई थाहा छ, धेरै जन्महरूको अन्त्यको जन्ममा अवश्य यिनी ब्रह्मा नै थिए। ब्रह्माद्वारा विष्णुपुरीको स्थापना हुन्छ। यी लक्ष्मीनारायण नै अर्को जन्ममा अवश्य ब्रह्मा-सरस्वती थिए। ब्रह्माको साथमा ब्राह्मण ब्राह्मणीहरू पनि हुन्छन्। सत्ययुगमा लक्ष्मीनारायणको राजधानी थियो नि! अवश्य प्रजापिता पनि हुन्छन्। तिमीलाई थाहा छ, हामीले पुरुषार्थ गरिरहेका छौँ, जसले कल्प पहिला पुरुषार्थ गरेका छन् उनीहरूलाई हामीले साक्षी भएर हेर्छौँ। एउटा हुन्छ राजघराना, अर्को हुन्छ प्रजाघराना। त्यसमा पनि कोही धेरै धनवान हुन्छन् कोही साधारण। राजाहरूमा पनि कोही धेरै धनवान, कोही कम धनवान हुन्छन्। तिमीले लक्ष्मीनारायणको मन्दिरमा जसलाई पनि सम्झाउन सक्छौ– यिनीहरूले यो राज्य कसरी पाए। अब फेरि त्यही आफ्नो राज्य भाग्य लिइरहेका छन्, राजधानी स्थापन भइरहेको छ। कति सहज छ। अम्बा को हुन्– यो पनि जान्दैनन्। तिमीले भन्छौ यिनी त जगदम्बा हुन्। कल्प पहिला पनि जगदम्बा-जगतपिता थिए। हामी उनीहरूका बच्चा थियौँ। सङ्गममा बाबाले राजयोग सिकाइरहनुभएको छ। जगदम्बाका पनि धेरै बच्चाहरू छन्। तर यति सबैलाई त यहीँ बसाउन सकिन्न।

अहिले तिमीलाई ज्ञानको तेस्रो नेत्र मिलेको छ। बाबा ज्ञानको सागर हुनुहुन्छ त्यसैले अवश्य तिमी बच्चाहरूलाई नै ज्ञान दिनुहुन्छ। उहाँलाई न मनुष्य, न देवता भनिन्छ। उहाँलाई परमात्मा नै भनिन्छ। तिमी जसको मन्दिरमा गयौ भने पनि तिनीहरूको जीवनी बताउन सक्छौ। रामको जीवनी पनि तिमीले सम्झाउन सक्छौ। चन्द्रवंशी घराना अहिले स्थापन भइरहेको छ। ब्रह्माद्वारा ब्राह्मणहरूको धर्म पनि स्थापन हुन्छ। ब्रह्माको नाम कति प्रसिद्ध छ। ब्रह्माद्वारा बाबाले ब्राह्मणहरूलाई रच्नुहुन्छ। तिमी ब्रह्माकुमार-कुमारीहरू भएको कारण जान्दछौ– हामी एक बाबाका बच्चाहरू आपसमा भाइबहिनी हौँ। फेरि हामीले विकारी कुकर्म गर्न सक्दैनौँ। भाइबहिनी विकारमा जान सक्दैनौ। बाबाले यो युक्ति रच्नुभएको छ– ड्रामा अनुसार तिमी पनि ब्रह्माकुमार हामी पनि ब्रह्माकुमारी। वास्तवमा सारा दुनियाँ बी.के. हुन्। तर यो जान्दैनन्। हामीले शिवबाबाको मतबाट बेहदको वर्सा लिइरहेका छौँ। माया पनि कम छैन। चारैतिर विघ्न पारिरहन्छ। हामी भाइबहिनी हौँ, एक बाबाबाट वर्सा लिन्छौँ, यो कुरा भुल्छन्। यो त राम्रोसँग बुझेका छौ, सत्ययुगमा एउटै धर्म हुन्छ। बाँकी सबै धर्म खतम हुनुछ। यो पनि तिमी बच्चाहरूलाई थाहा छ, यो कुनै नयाँ कुरा होइन। हर ५ हजार वर्षपछि फेरि यो चक्र घुम्छ। तिथि मिति पनि लेखिएको छ। यो पनि बुद्धिमा रहनुपर्छ– हामीले शिवबाबाबाट यस युक्तिले वर्सा लिन्छौँ। लक्ष्य त मिलेको छ नि! बाबालाई याद गरेर बाबाबाट वर्सा लिनुछ। याद अर्थात् योगबलले नै खिया निस्कन्छ। यसमा कुनै लापर्बाही गर्नुहुँदैन, त्यसैले मुरलीहरू मिल्छन्। निश्चयबुद्धि पक्का छ भने जहाँ जाँदा पनि मुरली मिलिरहन्छ। मानौँ मुरली मिलेन तैपनि बुद्धिमा त छ नि– म बाबाको बनेँ। बाबाले सम्झाउनुभएको छ, तिम्रो आत्मा तमोप्रधान बनेको छ, अब तिमीले बाबालाई याद गर्छौ भने तमोप्रधानबाट सतोप्रधान बन्छौ। यो महामन्त्र एक बाबाले नै बताउनुहुन्छ अरू कसैले बताउन सक्दैन। बाबाले नै भन्नुहुन्छ– मीठा-प्यारा बच्चाहरू! यादको बलले नै तिमी तमोप्रधानबाट सतोप्रधान बन्नुछ। यी शब्दहरू छन् तर यो कुरा कसैको बुद्धिमा आउँदैन। अब तिमी बच्चाहरूले बुझेका छौ अवश्य कल्प पहिला पनि बाबाले यी शब्द भन्नुभएको थियो– देहका सबै धर्महरूलाई छोडेर आफूलाई आत्मा सम्झ। यी सबै देहका धर्म हुन् नि! सबैका पिता एउटै हुनुहुन्छ। सबै आत्माहरूले उहाँ एक पितालाई पुकार्छन्। पोपले पनि भगवानलाई याद गर्छन्। भन्छन्– ओ गड फादर रहम गर्नुहोस्! यी मानिसहरूको क्रोधी बुद्धिलाई परिवर्तन गरिदिनुहोस् जसले गर्दा यिनीहरू आपसमा नलडुन्। याद त बाबालाई नै गर्छन् नि! अरू कसैलाई याद गर्दैनन्। शिवबाबालाई नै पुकार्छन्– आएर पतितहरूलाई पावन बनाउनुहोस्! पावन बन्छन् त्यसपछि त यस फोहोरी रावणको दुनियाँमा रहन सक्दैनन् फेरि अवश्य नयाँ दुनियाँ हुनुपर्छ। कलियुग परिवर्तन भएर सत्ययुग त हुन्छ नै। तर यति पनि बुझ्दैनन्। एक डाक्टर आएका थिए– उनले भन्थे कलियुग त कलियुग नै भइरहन्छ। अरे, सदैव कलियुग नै कसरी चल्छ! कलियुग कहाँ कुनै राम्रो छ र! कहाँ बुझ्छन् र केवल भावना छ अरूलाई लिएर आउँछन्। उनीहरूलाई तीर लाग्दैन र कुनै आउनेलाई तीर लाग्यो भने पनि केही न केही दलाली मिल्छ। स्वर्गमा त आउँछन्। आएर बाबाबाट अलिकति मात्रै सुने भने पनि स्वर्गमा अवश्य जान्छन्। तैपनि स्वर्ग स्थापक परमपिता परमात्माको सामुन्ने आएर बसेका छन्। बाबा सम्झाउनुहुन्छ– म सबैको पिता हुँ नि! कसैले मान्दैनन्– शिवबाबा कसरी आउनुहुन्छ। अरे आत्मा आउन सक्छ भने म किन आउँन्न। आत्मा एक शरीर छोडेर अर्कोमा जान सक्छ भने म आउन सक्दिनँ र! नत्र म कसरी आऊँ! पुकार्छन् पनि– हे पतितपावन बाबा आएर पतितबाट पावन बनाउनुहोस्! बाबा भन्नुहुन्छ– म आउँछु नै भारतवर्षमा। कल्पकल्पको सङ्गममा एकैपटक आउँछु। तिमीले ८४ जन्म पूरा गरेपछि मात्र म आउँछु। तिमी बच्चाहरूलाई यसमा निश्चय छ, बाबा आउनुभएको छ फेरि वर्सा दिन। बाबा भन्नुहुन्छ– मेरो काम नै हो– पुरानो दुनियाँलाई परिवर्तन गरेर नयाँ दुनियाँ स्थापन गर्नु त्यसैले गायन गरिएको छ नयाँ दुनियाँको स्थापना, पुरानो दुनियाँको विनाश फेरि तिमीले पालना गर्छौ। ज्ञानको उज्यालो मिलेको छ नि! कालीको मन्दिर देख्यौ भने तिमीले ठान्छौ यो झुटो चित्र (मूर्ति) हो। काली अवश्य जगदम्बा हुन्। तर उनको यस्तो भयानक रूप हुँदैन। बङ्गालमा कालीको सामुन्ने बलि चढाउँछन्, तर केही पनि जान्दैनन्। जगदम्बाको मन्दिरमा लाखौँ आउँछन्। सदैव मेला जस्तै लाग्छ। सानो मूर्ति राखेका हुन्छन् नि! नाम राखिदिएका छन् जगदम्बा। अब जगदम्बा त एक हुनुपर्छ। सिन्धमा कालीको मन्दिर कस्तो बनाएका थिए। एकपटक किल्लामा बम पड्कियो अनि एक फकिरले भने– काली माता रिसाएकी छिन्, बस् उनले गएर त्यहाँ कालीको मन्दिर बनाइदिए। तर काली को हुन्! यो कुरा केही पनि जान्दैनन्। तिमीलाई अब ज्ञान मिलेको छ, यस्तो कुनै कुरा छैन जसलाई तिमीले जानेका छैनौ। बुझेका छौ हामीले बाबाबाट वर्सा लिइरहेका छौँ त्यसैले पूरा पुरुषार्थ गर्नुपर्छ नि!

पहिलो नम्बरको दुःख कुमार-कुमारीहरूले विवाह गरिसकेपछि नै सुरु हुन्छ। तिमीलाई त विवाह गर्ने कहिल्यै पनि ख्याल आउनुहुँदैन। अब बाबा भन्नुहुन्छ– यो रावण राज्य खतम हुनुछ। यो हो विकारी गृहस्थ व्यवहार। देवीदेवताहरूको लागि गायन गरिरहन्छन्। यो कुरा कसैलाई थाहा छैन– यी देवताहरूलाई निर्विकारी बनाउने को हुनुहुन्छ! सत्ययुग हो सम्पूर्ण निर्विकारी दुनियाँ। शास्त्रहरूमा फेरि देखाइदिएका छन्– त्यहाँ पनि विकार थिए। तर त्यो त हो नै निर्विकारी दुनियाँ (भाइसलेस वर्ल्ड), विकारी दुनियाँ र निर्विकारी दुनियाँमा कति फरक छ। यी कुराहरू अरू कसैको बुद्धिमा छैन। तिमीलाई थाहा छ, यी लक्ष्मीनारायणको राज्य हुँदा कति थोरै मानिस थिए। एउटै धर्म थियो फेरि वृद्धि भएको हो। चक्कर पनि पूरा लगाउनुपर्छ अनि भनिन्छ पूरै पृथ्वीमा चक्कर लगायो। समुद्रको त चक्कर लगाउन सक्दैनन्। सत्ययुगमा थोरै छन् त्यसैले कति थोरै जमिन लेलान्। अब मनुष्य सृष्टिको हद पूरा हुनुछ। माथि जुन थोरै आत्माहरू छन्– उनीहरू पनि आइरहन्छन्। मानिस बढिरहन्छन्। त्यहाँबाट आत्माहरू आउन पनि पूरा हुन्छ अनि तिमीले कर्मातीत अवस्था पाउँछौ फेरि आत्माहरूले शरीर छोडेर जानुछ। उनीहरू आउने तिमीहरू जाने हुन्छ। थोरै थोरै आइरहन्छन्। यो त बुझ्ने कुरा हो नि! हामी पहिला सुरुमा गएर त्यहाँ बस्छौँ। हामी हुँदा त्यहाँ कोही हुनुहुँदैन। यी विस्तारका कुरा हुन्। बाबाले प्यारा बच्चाहरूलाई फेरि पनि भन्नुहुन्छ– अच्छा आफ्ना प्यारा बबुल (शिवबाबा) लाई याद गर। बाबालाई याद गरेमा तिमीलाई फाइदा छ। यो इतिहास भूगोल त मानिसहरूले धेरै पढ्छन्। धेरै टाढा टाढा जान्छन्। चन्द्रमामा पनि जान्छन्। यो हो साइन्सको घमण्ड। अतिमा जान्छन्। चन्द्रमामा कहाँ केही छ र! तिमी त सूर्य चन्द्रमाभन्दा पनि पार जान्छौ। अहिले तिम्रो बुद्धिमा यो ज्ञान छ। तिमीले बुझेका छौ ड्रामा प्लान अनुसार बाबाले यी सबै कुरा बताउनुहुन्छ। बाबाले नै भन्नुहुन्छ– मैले तिमीहरूलाई पतितबाट पावन बनाउँछु। यो मेरो पार्ट हो। भक्तिमार्गमा पनि यो मेरै पार्ट हो। हो त ड्रामा नि! जसरी तिमी पार्टधारी हौ, त्यसरी नै म पनि पार्टधारी हुँ। मेरो काम हो तिमीहरूलाई पतितबाट पावन बनाउनु। जे जति गर्छन् त्यसको उनीहरूको महिमा हुन्छ नि! यी लक्ष्मीनारायणको कति महिमा छ। तर उनीहरूलाई यस्तो लायक कसले बनाउनुभयो। यिनीहरू सुखधामका मालिक थिए। अहिले त कति अनेक प्रकारका दुःख छन्। आज कोही मर्छ, झगडा भयो भने कसैसँग लाख करोड पदम छ, तर यदि कुनै रोग आदि आयो भने के गर्छन्! बिडलासँग कति पैसा छ! यो एक जन्ममा पैसा देखिन्छ, तर यस्तो कोही छैन जसलाई कुनै दुःख छैन। कुनै न कुनै प्रकारको दुःख सबैलाई हुन्छ। अब त यो पैसा आदि सबै माटोमा मिल्नुछ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) कर्मातीत अवस्था प्राप्त गरेर फर्केर घर जानुछ तर तिमीहरू जानेछौ आत्माहरू आउन बन्द भएपछि मात्र। यस विस्तारलाई बुद्धिमा राखेर एक मीठा शिवबाबालाई प्यारले याद गर्नुछ।

२) ज्ञानको उज्यालो मिलेको छ त्यसैले निश्चयबुद्धि बनेर बाबाबाट पूरा वर्सा लिनुछ। जहाँ बसे पनि यादको बलले आत्मालाई तमोप्रधानबाट सतोप्रधान बनाउने पुरुषार्थ गर्नुछ।

वरदान:–
स्वमानमा स्थित भएर विश्वद्वारा सम्मान प्राप्त गर्ने , देह अभिमानमुक्त भव

पढाइको मूल लक्ष्य हो– देह अभिमानबाट न्यारा भएर देहीअभिमानी बन्नु। यस देह अभिमानबाट न्यारा अथवा मुक्त हुने विधि नै हो– सदा स्वमानमा स्थित रहनु। सङ्गमयुगका र भविष्यका जुन अनेक प्रकारका स्वमान छन् तीमध्ये कुनै एउटा पनि स्वमानमा स्थित भएमा देह अभिमान मेटिँदै जान्छ। जो स्वमानमा स्थित हुन्छन् उनीहरूलाई स्वतः मान प्राप्त हुन्छ। सदा स्वमानमा रहनेहरू नै विश्व महाराजा बन्छन् र विश्वले उनीहरूलाई सम्मान दिन्छ।

स्लोगन:–
जस्तो समय त्यसरी नै आफूलाई मोल्ड गर्नुछ– यही नै सक्कली सुन बन्नु हो।

अव्यक्त इसारा:– ज्वालास्वरूप स्थितिमा स्थित भएर शक्तिशाली यादको अनुभव गर

अहिले निर्भय, ज्वालामुखी बनेर प्रकृति र आत्माहरूभित्र जुन तमोगुण छ त्यसलाई भस्म गर। तपस्या अर्थात् ज्वालास्वरूप याद, यस यादद्वारा नै माया वा प्रकृतिको विकराल रूप शीतल हुन्छ। तिम्रो तेस्रो नेत्र, ज्वालामुखी नेत्रले मायालाई शक्तिहीन बनाइदिन्छ।