15.09.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– तिमीले
भविष्य नयाँ दुनियाँको लागि आफ्नो तकदिर बनाइरहेका छौ , यो तिम्रो राजयोग नयाँ
दुनियाँको लागि नै हो।”
प्रश्न:–
तकदिरवान
बच्चाहरूका मुख्य निसानीहरू के हुन्छन्?
उत्तर:–
१. तकदिरवान
बच्चाहरू मर्यादा अनुसार श्रीमतमा चल्छन्। मर्यादा विरुद्ध कुनै पनि कार्य गरेर
आफूलाई वा बाबालाई ठग्दैनन्। २. उनीहरूलाई पढाइको पूरा पूरा सोख हुन्छ। सम्झाउने पनि
सोख हुन्छ। ३. सम्मानसहित उत्तीर्ण बनेर छात्रवृत्ति (स्कलरसिप) लिने पुरुषार्थ
गर्छन्। ४. कहिल्यै कसैलाई दुःख दिँदैनन्। कहिल्यै कुनै उल्टो कर्म गर्दैनन्।
गीत:–
तकदीर जगाकर
आई हूँ...
ओम् शान्ति ।
मीठा-प्यारा
रुहानी बच्चाहरूले गीत सुन्यौ। नयाँले पनि सुन्यौ, पुरानाले पनि सुन्यौ, कुमारीहरूले
पनि सुन्यौ। यो पाठशाला हो। पाठशालामा कोही न कोही तकदिर बनाउन जान्छन्। त्यहाँ त
अनेक प्रकारको तकदिर हुन्छ, कसैले सर्जन बन्ने, कसैले वकिल बन्ने तकदिर बनाउँछन्।
तकदिरलाई लक्ष्य उद्देश्य (एम अब्जेक्ट) भनिन्छ। तकदिर नबना पाठशालामा के पढ्छन् र!
तर यहाँ तिमी बच्चाहरूलाई थाहा छ, हामीहरू पनि तकदिर बनाउन आएका छौँ– नयाँ दुनियाँको
लागि आफ्नो राज्य भाग्य लिन। यो राजयोग नयाँ दुनियाँको लागि हो। उनीहरू पुरानो
दुनियाँको लागि वकिल, इन्जिनियर, सर्जन आदि बन्छन्। तिनीहरू बन्दाबन्दै, अहिले
पुरानो दुनियाँको टाइम धेरै कम रहेको छ, त्यो त खतम हुनेछ। त्यो तकदिर यस
मृत्युलोकको लागि हो, यस जन्मको लागि हो। तिम्रो पढाइ हो नयाँ दुनियाँको लागि।
तिमीहरू नयाँ दुनियाँको लागि तकदिर बनाउन आएका छौ। नयाँ दुनियाँमा तिमीहरूलाई
राज्य-भाग्य मिल्छ। तिमीहरूलाई कसले पढाउनुहुन्छ? बेहदको बाबाले, जसबाट नै वर्सा
पाउनु छ। जसरी डाक्टरहरूलाई आफ्नो पढाइको डाक्टरी वर्सा मिल्छ। अच्छा, मानिस वृद्ध
भएपछि मात्र गुरुको समीप जान्छन्। उनीहरूले के चाहन्छन्? भन्छन्, हामीलाई शान्तिधाम
जाने शिक्षा दिनुहोस्, हामीलाई सद्गति दिनुहोस्! यहाँबाट निकालेर शान्तिधाम
लैजानुहोस्! बाबाबाट पनि वर्सा मिल्छ– यो जन्मको लागि। बाँकी गुरुबाट त केही पनि
मिल्दैन। टिचरबाट केही न केही वर्सा पाउँछन् किनकि जीविका त चाहिन्छ नि! बाबाको
वर्सा हुँदाहुँदै पनि हामीले पनि आफ्नो कमाइ गरौँ भनेर पढ्छन्। गुरुबाट केही कमाइ
भएन। हो, कोही कोहीले गीता आदि राम्रोसँग पढेर फेरि गीतामाथि भाषण आदि गर्छन्। यो
सबै अल्पकालको सुखको लागि हो। अब यो त मृत्युलोकको अन्त्य हुन्छ। तिमीलाई थाहा छ,
हामी नयाँ दुनियाँको तकदिर बनाउन आएका छौँ। यो पुरानो दुनियाँ खतम हुनु छ। बाबाको
वा आफ्नो सम्पत्ति पनि सबै भस्म हुनेछ। हात फेरि पनि खाली जानेछ। अब त नयाँ
दुनियाँको लागि कमाइ चाहिन्छ। पुरानो दुनियाँका मानिसहरूले त त्यो कमाइ गर्न
सक्दैनन्। नयाँ दुनियाँको कमाइ गराउने शिवबाबा नै हुनुहुन्छ। यहाँ तिमी नयाँ
दुनियाँको लागि तकदिर बनाउन आएका छौ। उहाँ बाबा नै तिम्रो बाबा पनि हुनुहुन्छ, टिचर
पनि हुनुहुन्छ, गुरु पनि हुनुहुन्छ। उहाँ आउनु नै हुन्छ सङ्गममा, भविष्यको लागि
कमाइ गर्न सिकाउन। अब यो पुरानो दुनियाँका त थोरै दिन छन्। यो कुरा दुनियाँका
मानिसहरूलाई थाहा छैन।
तिमी बच्चाहरूलाई थाहा
छ, नयाँ दुनियाँको लागि उहाँ हाम्रो बाबा, टिचर, सद्गुरु हुनुहुन्छ। बाबा आउनु
हुन्छ नै शान्तिधाम, सुखधाममा लैजान। अरू कसैले तकदिर बनाउँदैनन्, अर्थात् केही पनि
बुझ्दैनन्। एउटै घरमा स्त्रीले पढ्छिन्, पुरुषले पढ्दैनन्, बच्चाहरूले पढ्छन्
मातापिताले पढ्दैनन्। यस्तो भइरहन्छ। यस ज्ञानमा सुरुमा परिवारका परिवार आए। तर
मायाको तुफान लागेपछि आश्चर्यवत् सुन्ने, सुनाउनेले पनि बाबालाई छोडेर गए। भनिएको
पनि छ आश्चर्यवत् सुन्ने, सुनाउने, बाबाको बन्ने, पढाइ पढाउने तैपनि... हाय कुदरत,
ड्रामाको। ड्रामाकै कुरा भयो नि! बाबा स्वयं भन्नुहुन्छ अहो ड्रामा, अहो माया।
कसलाई छोडपत्र दिए! स्त्री-पुरुषले एकअर्कालाई सम्बन्धविच्छेद (डाइभोर्स) गर्छन्।
बच्चाहरूले बाबालाई छोडपत्र दिन्छन्। यहाँ त त्यो छैन। यहाँ त सम्बन्धविच्छेद गर्न
सक्दैनन्। बाबा त आउनुभएको छ बच्चाहरूलाई सच्चा कमाइ गराउन। बाबाले कहाँ कसैलाई
खाल्डोमा खसाल्नुहुन्छ र! बाबा त हुनुहुन्छ नै पतितपावन, रहमदिल। बाबाले आएर
दुःखबाट मुक्त (लिबरेट) गर्नुहुन्छ र मार्गदर्शक (गाइड) बनेर साथै लैजानुहुन्छ। यसरी
कुनै लौकिक गुरुले मैले तिमीलाई साथै लैजान्छु भनेर भन्दैनन्। शास्त्रहरूमा छ
भगवानुवाच– मैले तिमीहरू सबैलाई लैजान्छु। लामखुट्टेजस्तै सबै जानु छ। तिमी
बच्चाहरूलाई राम्रोसँग थाहा छ, अब हामी घर जानु छ। यो शरीर छोड्नु छ। आफू मरे दुनियाँ
पनि मर्छ। आफूलाई केवल आत्मा सम्झेर बाबालाई याद गर्नु छ। यो पुरानो चोला त फोहोरी
छ। यो दुनियाँ पनि पुरानो छ। मानौँ पुरानो घरमा बसेका छन्, सामुन्ने नयाँ घर
बनिरहेको छ भने बाबाले पनि सम्झनुहुन्छ हाम्रो लागि नयाँ घर बनिरहेको छ, बच्चाहरूले
पनि सम्झन्छन् हाम्रो लागि नयाँ घर बनिरहेको छ। बुद्धि नयाँ घरतिर जान्छ। यसमा यो
बनाऊ, यसरी गर भनेर बुद्धि चल्छ। बुद्धि त्यसमै लागिरहन्छ, फेरि पुरानो घर
भत्काइदिन्छन्। पुरानोसँगको सारा ममत्व मेटिएर नयाँसँग जोडिन्छ। यो बेहद दुनियाँको
कुरा हो। पुरानो दुनियाँबाट ममत्व मेटाउनु छ र नयाँ दुनियाँसँग लगाउनु छ। तिमीलाई
थाहा छ, यो पुरानो दुनियाँ समाप्त हुनु छ। नयाँ दुनियाँ स्वर्ग हो। त्यसमा हामीले
राजकीय पद पाउँछौँ। जति योगमा रहन्छौ, ज्ञानको धारणा गर्छौ, अरूलाई सम्झाउँछौ, त्यति
खुसीको पारा चढ्छ। यो धेरै ठुलो परीक्षा हो। हामीले २१ जन्मको लागि वर्सा पाइरहेका
छौँ। धनवान् बन्नु त राम्रो हो नि! लामो आयु मिल्यो भने राम्रो हो नि! जति सृष्टि
चक्रलाई याद गर्छौ, जतिलाई आफूसमान बनाउँछौ त्यति फाइदा छ। राजा बन्नु छ भने प्रजा
पनि बनाउनु पर्छ। प्रदर्शनीमा यति धेरै आउँछन्, ती सबै प्रजा बन्दै जानेछन् किनकि
यो अविनाशी ज्ञानको विनाश हुँदैन। बुद्धिमा आउँछ– पवित्र बनेर पवित्र दुनियाँको
मालिक बन्नु छ। रामराज्यको स्थापना भइरहेको छ, रावण राज्यको विनाश हुनेछ। सत्ययुगमा
त देवताहरू नै हुनेछन्।
बाबाले सम्झाउनुभएको
थियो– जुन लक्ष्मीनारायणको चित्र बनाउँछौ, त्यसमा लेख्नुपर्छ, पूर्व (पास्ट) जन्ममा
यिनीहरू तमोप्रधान दुनियाँमा थिए, फेरि यो पुरुषार्थद्वारा तमोप्रधान दुनियाँबाट
सतोप्रधान विश्वको मालिक बन्छन्। मालिक राजा-प्रजा सबै हुन्छन् नि! प्रजाले पनि
भन्छन्, हाम्रो देश सबैभन्दा महान् छ। अवश्य भारतवर्ष नै सबैभन्दा महान् थियो। अहिले
छैन, थियो पक्कै। अहिले त एकदम गरिब भएको छ। प्राचीन भारतवर्ष सबैभन्दा धनवान् थियो।
हामीहरू सबैभन्दा उच्च कुलका देवता थियौँ। अरू कसैलाई देवीदेवता भनिँदैन। अब तिमी
बच्चीहरूले पनि पढ्छौ, फेरि अरूलाई सम्झाउनु छ नि! बाबाले निर्देशन (डाइरेक्सन)
दिनुभएको छ नि! कसरी प्रदर्शनी आदिमा तार पठाउने, त्यो लेखेर आऊ। तिमीहरूसँग चित्र
पनि छन्, तिमीहरूले सिद्ध गरेर बताउन सक्छौ, उनीहरूले यो पद कसरी पाए। अब फेरि यो
पद पाइरहेका छन् शिवबाबाबाट। उहाँको चित्र पनि छ। शिव परमपिता परमात्मा हुनुहुन्छ।
ब्रह्मा, विष्णु, शङ्करका पनि चित्र छन्। परमपिता परमात्माले ब्रह्माद्वारा स्थापना
गरिरहनुभएको छ। विष्णुपुरी सामुन्ने उभिएको छ। विष्णुद्वारा नयाँ दुनियाँको पालना।
राधाकृष्ण विष्णुका दुई रूप हुन्। अब गीताको भगवान को ठहरिनुभयो? पहिला यो त लेख,
गीताको भगवान निराकार शिव हुनुहुन्छ, न कि श्रीकृष्ण। ब्रह्मा सो विष्णु, विष्णु सो
ब्रह्मा कसरी बन्छन्। एउटै चित्रमा सम्झाउन कति टाइम लाग्छ। त्यो कुरा बुद्धिमा
बस्न समय लाग्छ। पहिला सुरुमा त यो कुरा सम्झाएर फेरि लेखाउनुपर्छ।
बाबा भन्नुहुन्छ–
ब्रह्माद्वारा तिमीलाई योगबलबाट २१ जन्मको अधिकार मिल्छ। शिवबाबाले ब्रह्माद्वारा
वर्सा दिइरहनुभएको छ। सबैभन्दा पहिला यिनको आत्माले सुन्छ। आत्माले नै धारण गर्छ।
मूल कुरा नै यो हो। चित्र त शिवको देखाउँछन्। उहाँ परमपिता परमात्मा शिव हुनुहुन्छ,
फेरि प्रजापिता ब्रह्मा त अवश्य चाहिन्छ। यहाँ प्रजापिता ब्रह्माका
ब्रह्माकुमार-कुमारीहरू धेरैभन्दा धेरै छन्। ब्रह्माको बच्चा नबनेसम्म, ब्राह्मण
नबनेसम्म शिवबाबाबाट वर्सा कसरी लिन्छन्! कोखको जन्म त हुन सक्दैन। यो पनि भनिन्छ
मुख वंशावली। तिमीले भन्छौ, हामी प्रजापिता ब्रह्माका मुख वंशावली हौँ। ती गुरुहरूका
चेला अथवा अनुयायी (फलोअर) हरू हुन्छन्। यहाँ तिमीले एकलाई नै बाबा, टिचर, सद्गुरु
भन्छौ। त्यो पनि उहाँलाई भन्छौ जो निराकार शिवबाबा ज्ञानको सागर, नलेजफुल हुनुहुन्छ।
उहाँले सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान दिनुहुन्छ। उहाँ टिचर पनि हुनुहुन्छ।
निराकार, आएर साकारद्वारा सुनाउनुहुन्छ। आत्मा नै बोल्छ नि!। आत्माले भन्छ, मेरो
शरीरलाई हैरान नपार। आत्मा दुःखी हुन्छ। यतिबेला आत्मा पतित छ। परमपिता परमात्माले
पतितहरूलाई पावन बनाउनुहुन्छ। आत्माले बोलाउँछ, हे पतित-पावन, हे परमपिता परमात्मा
(गड फादर)! तर फादर, पिता त एउटै बसिरहनुभएको छ, तैपनि याद कसलाई गर्छन्। आत्माले
भन्छ, उहाँ हामी आत्माको पिता हुनुहुन्छ। उनी शरीरका पिता हुन्। सम्झाइन्छ, अब
आत्माहरूको बाबा जो निराकार हुनुहुन्छ, उहाँ ठुला हुनुहुन्छ कि शरीरको रचयिता साकार
पिता ठुला हुन्, को ठुला हुनुहुन्छ? साकारले त निराकारलाई याद गर्छन्। अब सबैलाई
ज्ञान दिइन्छ, यतिबेला विनाश सामुन्ने उभिएको छ। पारलौकिक बाबा आउनुहुन्छ नै
अन्त्यमा, सबैलाई फर्काएर लैजान। बाँकी जेजति छ त्यो विनाश हुनु छ, यसलाई भनिन्छ नै
मृत्युलोक। कोही मर्दा भन्छन्, फलानो परलोक गयो, शान्तिधाम गयो। मानिसहरूलाई थाहा
छैन, परलोक सत्ययुगलाई भनिन्छ कि शान्तिधामलाई? सत्ययुग त यहाँ नै हुन्छ। परलोक,
शान्तिधामलाई भनिन्छ। सम्झाउने धेरै युक्ति चाहिन्छ। मन्दिरहरूमा गएर सम्झाउनुपर्छ।
यो उहाँ शिवबाबाको यादगार हो, जुन शिवबाबाले हामीलाई पढाइरहनुभएको छ। शिवबाबा
वास्तवमा बिन्दु हुनुहुन्छ। तर बिन्दुको पूजा कसरी गर्ने, फलफूल आदि कसरी चढाउने,
त्यसैले ठुलो रूप बनाएका हुन्। यति ठुलो रूप कसैको हुँदैन। भनिन्छ पनि, भृकुटीको
बीचमा चम्किन्छ अजब सितारा... ठुलो चीज भयो भने साइन्टिस्टहरूले तुरून्तै त्यसलाई
पक्डिहाल्छन्। बाबा सम्झाउनुहुन्छ– उनीहरूलाई परमपिता परमात्माको पूरा परिचय मिलेको
छैन। तकदिर नखुल्दासम्म परिचय मिल्दैन, अहिले तकदिर नै खुलेको छैन। बाबालाई
नचिनेसम्म, यो बुझ्दैनन्, हामी आत्मा बिन्दुसमान छौँ। शिवबाबा पनि बिन्दु हुनुहुन्छ,
हामीले बिन्दुलाई याद गर्छौँ। यसरी बुझेर याद गरे भने विकर्म विनाश हुन्छ। बाँकी यो
देखिन्छ, त्यो देखिन्छ... यसलाई मायाको विघ्न भनिन्छ। अहिले त खुसी छ, हामीलाई
परमात्मा मिल्नुभएको छ, तर ज्ञान पनि चाहिन्छ नि! कसैलाई श्रीकृष्णको साक्षात्कार
भयो भने खुसी हुन्छन्। बाबा भन्नुहुन्छ– श्रीकृष्णको साक्षात्कार गरेर धेरै खुसीमा
डान्स आदि गर्छन् तर त्यसबाट कुनै सद्गति हुँदैन। यो साक्षात्कार त अनायास नै हुन्छ।
राम्रोसँग पढेनौ भने प्रजामा जानेछौ। थोरै सुने भने पनि कृष्णपुरीमा गएर साधारण
प्रजा आदि बन्छन्। अहिले तिमी बच्चाहरूलाई थाहा छ, शिवबाबाले हामीलाई यो नलेज
सुनाइरहनुभएको छ। उहाँ नै नलेजफुल, ज्ञानको सागर हुनुहुन्छ।
बाबाको आदेश (फरमान)
छ, पवित्र अवश्य बन्नु छ। तर कोही पनि पवित्र रहन सक्दैनन्। कहिलेकाहीँ पतित पनि यहाँ
लुकेर आउँछन्। उनीहरूले आफ्नै नोक्सान पार्छन्। आफैलाई ठग्छन्। बाबालाई ठग्ने कुरै
छैन। बाबासँग ठगी गरेर कुनै पैसा लिनु छ र! शिवबाबाको श्रीमतमा मर्यादाअनुसार चलेनौ
भने के हाल हुन्छ। धेरै सजाय खानुपर्नेछ, फेरि पद पनि भ्रष्ट हुनेछ। मर्यादा
विरुद्ध कुनै पनि काम गर्नुहुँदैन। बाबाले त सम्झाउनुहुन्छ नि– तिम्रो चालचलन ठिक
छैन। बाबाले त कमाइ गर्ने बाटो बताउनुहुन्छ, फेरि कसैले कमाइ गर्छन् वा गर्दैनन्
उनीहरूको तकदिर। सजाय खाएर शान्तिधाममा फर्केर त जानु नै छ, पद भ्रष्ट भयो भने केही
पनि मिल्दैन। आउन त धेरै आउँछन्, तर यहाँ बाबाबाट वर्सा लिने कुरा छ। बच्चाहरूले
भन्छन्, बाबाबाट हामीले त स्वर्गको सूर्यवंशी राजकीय पद पाउँछौँ। यो राजयोग हो नि!
विद्यार्थीले छात्रवृत्ति (स्कलरसिप) पनि लिन्छन् नि! पास हुनेहरूलाई छात्रवृत्ति
मिल्छ नि! उनीहरूको माला बनेको हुन्छ– जसले छात्रवृत्ति लिएका हुन्छन्। जति जति जसरी
पास हुन्छन्, त्यसरी नै छात्रवृत्ति मिल्छ, वृद्धि हुँदाहुँदा हजारौँ बन्छन्। यो
राजकीय पद छात्रवृत्ति हो। जसले राम्रोसँग पढाइ पढ्छन्, उनीहरू गुप्त रहन सक्दैनन्।
धेरै नयाँ नयाँ आत्माहरू पनि पुरानाहरूभन्दा अगाडि निस्कन्छन्। हिराजस्तो जीवन
बनाउँछन्। आफैले सच्चा कमाइ गरेर २१ जन्मको लागि वर्सा पाउँछन्, उनीहरूलाई कति खुसी
हुन्छ। तिमीलाई थाहा छ, अहिले यो वर्सा लिएनौ भने फेरि कहिल्यै लिन सक्नेछैनौ।
पढाइको सोख हुन्छ नि! कसैलाई त अरूलाई सम्झाउने अलिकति पनि सोख हुँदैन। ड्रामा
अनुसार तकदिरमा छैन भने भगवानले पनि के गर्नुहुन्छ! अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) कुनै पनि कार्य श्रीमतविरुद्ध गर्नु छैन। पढाइ राम्रोसँग पढेर उच्च तकदिर बनाउनु
छ। कसैलाई पनि दुःख दिनु छैन।
२) यो पुरानो
दुनियाँबाट ममत्व मेटाइदिनु छ। बुद्धियोग नयाँ दुनियाँसँग लगाउनु छ। खुसी हुनको लागि
ज्ञान धारण गरेर अरूलाई धारण गराउनु छ।
वरदान:–
सोचाइ , बोलाइ
र गराइ तीनै कुरालाई समान बनाउने सर्वोत्तम पुरुषार्थी भव
सबै शिक्षाको सार हो–
कुनै पनि कर्मद्वारा देख्दा, उठ्दा, बस्दा, हिँड्दा, सुत्दा फरिस्तापन देखियोस्,
हरेक कर्ममा अलौकिकता होस्। कुनै पनि कर्म वा संस्कारमा लौकिकता नहोस्। सोचाइ, गराइ,
बोलाइ सबै समान होस्। यस्तो नहोस्, सोच्न त यो नगरौँ भनेर सोचेका थियौँ तर गरिहाल्यौँ।
तीनै कुरा समान र बाबासमान भएपछि भनिन्छ श्रेष्ठ वा सर्वोत्तम पुरुषार्थी।
स्लोगन:–
जिम्मेवारी
लिनु अर्थात् अतिरिक्त (एक्स्ट्रा) आशीर्वादको अधिकारी बन्नु।
अव्यक्त इसारा:– अब
आफ्नो दाता स्वरूपलाई प्रत्यक्ष गर
वर्तमान समयमा सबै
आत्माहरूलाई शान्ति र शक्तिको नै आवश्यकता छ। आफ्नो शक्तिशाली शान्त मनसाद्वारा
आत्माहरूलाई मनको शान्तिको अनुभव गराऊ। वाणी र मनसा दुवै सेवाहरू सँगसँगै गर। विश्व
महाराजनलाई विश्वको दाता भनिन्छ। त्यसैले तिमीले अहिले सबैलाई सुख, शान्ति र शक्तिको
दान दियौ भने मात्र सबैले सुखदाता मान्नेछन्।