15.11.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– आफ्नो चरित्र सुधार्नको लागि यादको यात्रामा रहन ुछ , बाबाको यादले नै तिमीलाई सदा सौभाग्यशाली बनाउँछ।”

प्रश्न:–
अवस्थाको परख कुन समयमा हुन्छ? राम्रो अवस्था कसको भनिन्छ?

उत्तर:–
अवस्थाको परख बिमारीको समयमा हुन्छ। बिमारीमा पनि खुसी लागिरहोस् र हँसिलो अनुहारले सबैलाई बाबाको याद दिलाइराख, यही हो राम्रो अवस्था। यदि आफै रोयौ, उदास भयौ भने अरूलाई हँसिलो कसरी बनाउँछौ? जेसुकै होस्– रुनुहुँदैन।

ओम् शान्ति ।
दुई शब्द गायन गरिन्छ– दुर्भाग्यशाली र सौभाग्यशाली। सौभाग्य गयो भने दुर्भाग्य भनिन्छ। स्त्रीको पति मरेमा त्यो पनि दुर्भाग्य भनिन्छ। विधवा हुन्छिन्। अहिले तिमीलाई थाहा छ– हामी सदाको लागि सौभाग्यशाली बन्छौँ। त्यहाँ दु:खको कुरा हुँदैन। मृत्युको नाम हुँदैन। विधवा नाम नै हुँदैन। विधवालाई दु:ख हुन्छ, रोइरहन्छन्। साधुसन्त भए पनि, यस्तो होइन– उनीहरूलाई कुनै दु:ख हुँदैन। कोही पागल बन्छन्, बिरामी रोगी पनि हुन्छन्। यो हो नै रोगी दुनियाँ। सत्ययुग हो निरोगी दुनियाँ। तिमी बच्चाहरूले बुझेका छौ– हामीले विश्वलाई फेरि श्रीमतमा निरोगी बनाउँछौँ। यस समयमा मानिसहरूको चरित्र धेरै नराम्रो छ। तर चरित्र सुधार्ने पनि अवश्य विभाग हुन्छ। स्कुलहरूमा पनि विद्यार्थीहरूको रजिस्टर राखिन्छ। उनीहरूको चरित्रको विषयमा थाहा हुन्छ त्यसैले बाबाले पनि रजिस्टर राख्न लगाउनुभएको थियो। हरेकले आफ्नो रजिस्टर राख। चरित्र हेर्नुछ– हामीले कुनै भुल त गर्दैनौँ। पहिलो कुरा त बाबालाई याद गर्नुछ। उहाँबाट नै तिम्रो चरित्र सुध्रिन्छ। आयु पनि लामो हुन्छ एकको यादबाट। यी त हुन् ज्ञान रत्न। यादलाई रत्न भनिँदैन। यादबाट नै तिम्रो चरित्र सुध्रिन्छ। यो ८४ जन्मको चक्र तिमी सिवाय अरू कसैले सम्झाउन सक्दैन। यसमा नै सम्झाउनुछ– विष्णु र ब्रह्मा। शङ्करको त चरित्र भनिँदैन। तिमी बच्चाहरूलाई थाहा छ– ब्रह्मा र विष्णुको आपसमा के कनेक्सन छ। विष्णुका दुई रूप छन् यी लक्ष्मी-नारायण। उनीहरूले नै फेरि ८४ जन्म लिन्छन्। ८४ जन्ममा आफै पूज्य र आफै पुजारी बन्छन्। प्रजापिता ब्रह्मा त अवश्य यहाँ नै हुनुपर्छ नि। साधारण तन चाहिन्छ। धेरैजसो यसमा नै अल्मलिन्छन्। ब्रह्मा त हुनुहुन्छ नै पतितपावन बाबाको रथ। भनिन्छ पनि– दूरदेश का रहने वाला आया देश पराये... पावन दुनियाँ बनाउनेवाला पतितपावन बाबा पतित दुनियाँमा आउनुभयो। पतित दुनियाँमा एकजना पनि पावन हुन सक्दैन। अहिले तिमी बच्चाहरूले बुझेका छौ– हामीले कसरी ८४ जन्म लिन्छौँ। कसैले त लिन्छन् होला नि। जो पहिला सुरुमा आउँछन् उनीहरूको नै ८४ जन्म हुन्छ। सत्ययुगमा देवीदेवता नै आउँछन्। मानिसहरूको अलिकति पनि ख्याल चल्दैन, ८४ जन्म कसले लिन्छन्। समझको कुरा हो। पुनर्जन्म त सबैले मान्छन्। ८४ पुनर्जन्म हुन्छन् भन्ने कुरा बडो युक्तिले सम्झाउनुछ। ८4 जन्म त सबैले लिँदैनन् नि। कहाँ सबै सँगै आउँछन् र शरीर पनि सँगै छोड्छन्। भगवानुवाच पनि छ– तिमीले आफ्ना जन्महरूलाई जान्दैनौ, भगवानले नै बसेर सम्झाउनुहुन्छ। तिमी आत्माहरूले ८४ जन्म लिन्छौ। यो ८४ को कहानी बाबा बसेर तिमी बच्चाहरूलाई सुनाउनुहुन्छ। यो पनि एक पढाइ हो। ८४ को चक्र जान्न त धेरै सहज छ। अरू धर्मकाहरूले यी कुरालाई बुझ्दैनन्। तिमीहरूमा पनि कुनै सबैले ८४ जन्म लिँदैनन्। सबैका ८४ जन्म हुनेभए त सबै सँगै आउँथे। यो पनि हुँदैन। सारा कुरा पढाइ र यादमा आधारित छ। त्यसमा पनि नम्बरवन हो याद। मुस्किल विषयमा नम्बर धेरै मिल्छ। त्यसको प्रभाव पनि हुन्छ। उत्तम, मध्यम, कनिष्ठ विषय हुन्छन् नि। यिनमा छन् दुई मुख्य विषय। बाबा भन्नुहुन्छ– मलाई याद गरेमा सम्पूर्ण निर्विकारी बन्छौ र फेरि विजय मालामा उनिन्छौ। यो हो दौड। पहिला त आफूलाई हेर्नुछ– मैले कहाँसम्म धारणा गरेकोछु? कति याद गर्छु? मेरो चरित्र कस्तो छ? यदि ममा नै रुने बानी छ भने अरूको हर्षितमुख कसरी बनाउन सक्छु? बाबा भन्नुहुन्छ– जो रुन्छन् उनीहरूले गुमाउँछन्। जेसुकै होस् तर रुने आवश्यकता छैन। बिमारीमा पनि खुसीले यति त भन्न सक्छौ– आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। बिमारी अवस्थामा नै अवस्थाको परख हुन्छ। तकलिफमा अलिकति आवाज निस्किन्छ तर आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नुछ। बाबाले सन्देश दिनुभएको छ। पैगम्बर-मेसेन्जर एक शिवबाबा हुनुहुन्छ, अरू कोही छैन। बाँकी जति पनि सुनाउँछन्, ती सारा भक्ति मार्गका कुरा हुन्। यस दुनियाँका जति पनि चीजहरू छन् ती सबै विनाशी छन्, अहिले तिमीलाई त्यहाँ लैजानुहुन्छ जहाँ टुटफुट हुँदैन। त्यहाँ त चीजहरू नै यस्ता राम्रा बन्छन् जसको टुट्ने नाम नै हुँदैन। यहाँ साइन्सबाट कति चीजहरू बन्छन्, त्यहाँ पनि त साइन्स अवश्य हुन्छ किनकि तिम्रो लागि धेरै सुख हुनुपर्छ। बाबा भन्नुहुन्छ– तिमी बच्चाहरूलाई केही पनि थाहा थिएन। भक्तिमार्ग कहिले सुरुभयो, तिमीले कति दु:ख देख्यौ– यी सबै कुरा अहिले तिम्रो बुद्धिमा छन्। देवताहरूलाई भनिन्छ नै– सर्वगुण सम्पन्न... फेरि ती कलाहरू कसरी कम भए? अहिले त कुनै कला रहेको छैन। चन्द्रमाको पनि बिस्तारै बिस्तारै कला कम हुन्छ नि।

तिमीलाई थाहा छ– यो दुनियाँ पनि पहिला नयाँ हुँदा त्यहाँ हरेक चीज सतोप्रधान फस्टक्लास हुन्छ। फेरि पुरानो हुँदै जाँदा कलाहरू कम हुँदै जान्छन्। सर्वगुण सम्पन्न यी लक्ष्मी-नारायण हुन् नि। अहिले बाबाले तिमीलाई सच्चा सच्चा सत्य नारायणको कथा सुनाइरहनुभएको छ। अहिले रात छ फेरि दिन हुन्छ। तिमी सम्पूर्ण बनेपछि तिम्रो लागि फेरि सृष्टि पनि त्यस्तै नै चाहिन्छ। ५ तत्त्व पनि सतोप्रधान (१६ कला सम्पूर्ण) बन्छन् त्यसैले शरीर पनि तिम्रो स्वाभाविक सुन्दर हुन्छन्। सतोप्रधान हुन्छन्। यो सारा दुनियाँ १६ कला सम्पूर्ण बन्छ। अहिले त कुनै कला छैन, जति पनि ठुलाबडा मानिसहरू छन् अथवा महात्मा आदि छन्, यो बाबाको ज्ञान तिनीहरूको तकदिरमा नै हुँदैन। उनीहरूलाई आफ्नै घमण्ड छ। धेरैजसो हुन्छ नै गरिबहरूको तकदिरमा। कसैले भन्छन्– यति उच्च बाबा हुनुहुन्छ, उहाँ त कुनै ठुला राजा अथवा पवित्र ऋषि आदिको तनमा आउनुपर्छ। पवित्र हुन्छन् नै संन्यासी। बाबाले बसेर सम्झाउनुहुन्छ– म कसको तनमा आउँछु। म आउँछु नै त्यसमा जसले पूरा ८४ जन्म लिन्छन्। एक दिन पनि कम हुँदैन। श्रीकृष्ण जन्मदा त्यसै बेलादेखि नै १६ कला सम्पूर्ण हुनुहुन्थ्यो। फेरि सतो, रजो, तमोमा आउनुहुन्छ। हरेक चीज पहिला सतोप्रधान फेरि सतो, रजो, तमोमा आउँछ। सत्ययुगमा पनि यस्तै हुन्छ। बच्चा सतोप्रधान हुन्छ फेरि ठुलो भएपछि भन्छ– अब म यो शरीर छोडेर सतोप्रधान बच्चा बन्छु। तिमी बच्चाहरूलाई त्यति नसा छैन। खुसीको पारा चढ्दैन। जसले राम्रो मेहनत गर्छन्, उनीहरूको खुसीको पारा चढिरहन्छ। अनुहार पनि हँसिलो हुन्छ। पछि गएर तिमीलाई साक्षात्कार भइरहन्छन्। जसरी घरको नजिक आइपुगेपछि फेरि त्यो घरबार भवन आदि याद आउँछ नि। यो पनि त्यस्तै हो। पुरुषार्थ गर्दागर्दै तिम्रो प्रारब्ध नजिक हुन थालेपछि फेरि धेरै साक्षात्कार भइरहन्छन्। खुसी हुन्छौ। जो फेल हुन्छन्, उनीहरू लाजले डुबेर मर्छन्। तिमीलाई पनि बाबाले बताइदिनुहुन्छ फेरि धेरै पछुताउनुपर्छ। आफ्नो भविष्यको साक्षात्कार गर्नेछौ, तिमी के बन्नेछौ? बाबाले देखाउनुहुन्छ– यी यी विकर्म आदि गरेका छौ। पूरा पढेनौ, विश्वासघाती बन्यौ, त्यसैले यो सजाय मिल्छ। सबै साक्षात्कार हुन्छ। बिना साक्षात्कार सजाय कसरी दिनुहुन्छ? अदालतमा पनि बताउँछन्– तिमीले यो यो गरेका छौ, यो त्यसैको सजाय हो। कर्मातित अवस्था नभएसम्म केही न केही निसानी रहन्छ। आत्मा पवित्र हुन्छ फेरि पनि शरीर त छोड्नुपर्छ। यहाँ रहन सक्दैन। त्यो अवस्था तिमीले धारण गर्नुछ। अहिले तिमी फर्किएर गएर फेरि नयाँ दुनियाँमा आउनको लागि तयारी गर्छौ। तिम्रो पुरुषार्थ नै यो हो– हामी छिटो छिटो जाऔँ, फेरि छिटो छिटो आऔँ। जसरी बच्चाहरूको खेलमा दौडाउँछन् नि। निसानासम्म गएर फेरि फर्केर आउनुछ। तिमी पनि छिटो छिटो जानुछ, फेरि पहिलो नम्बरमा नयाँ दुनियाँमा आउनुछ। त्यसैले तिम्रो डौड हो यो। स्कुलमा पनि दौड गराउँछन् नि। तिम्रो हो यो प्रवृत्तिमार्ग। पहिला सुरुमा तिम्रो पवित्र गृहस्थ धर्म थियो। अहिले छ विकारी फेरि निर्विकारी संसार बन्छ। यी कुरालाई तिमीले स्मरण गरिरह्यौ भने पनि धेरै खुसी रहन्छ। हामीले नै राज्य लिन्छौँ फेरि गुमाउँछौँ। हिरो-हिरोइन भनिन्छ नि। हीराजस्तो जन्म लिएर फेरि कौडीजस्तो जन्ममा आउँछौँ।

अहिले बाबा भन्नुहुन्छ– तिमीले कौडीका पछाडि समय व्यर्मा नगुमाऊ। यिनले भन्छन्– मैले पनि समय व्यर्थ गुमाउँथेँ। मलाई पनि भन्नुभयो– अब त तिमी मेरो बनेर यो रुहानी धन्दा गर। त्यसपछि तुरुन्तै सबै कुरा छोडिदिएँ। पैसा कसैले फ्याँक्दैनन्। पैसा त काममा आउँछ। पैसा बिना कुनै भवन आदि कहाँ मिल्न सक्छ र। पछि गएर ठुला ठुला धनवान आउनेछन्। तिमीलाई सहयोग दिइरहनेछन्। एक दिन तिमीले ठुला ठुला कलेज, युनिभर्सिटीमा पनि गएर भाषण गर्नुपर्नेछ – यो सृष्टिको चक्र कसरी घुम्छ। इतिहास दोहोरिन्छ आदिदेखि अन्त्यसम्म। सत्ययुगदेखि कलियुगसम्म सृष्टिको इतिहास-भूगोल हामीले बताउन सक्छौँ। आचरणको विषयमा त तिमीले धेरै सम्झाउन सक्छौ। यी लक्ष्मी-नारायणको महिमा गर। भारतवर्ष कति पावन थियो, दैवी चरित्र थिए। अब त विकारी चरित्र छन्। अवश्य फेरि चक्र दोहोरिन्छ। हामीले विश्वको इतिहास-भूगोल सुनाउन सक्छौँ। त्यहाँ पनि राम्रा राम्रा जानु पर्छ। जस्तै थियोसोफिकल सोसाइटी (धर्म, दर्शन र विज्ञानको विषयमा अध्ययन गर्ने संस्था) छ, त्यहाँ तिमीले भाषण गर। श्रीकृष्ण त देवता हुनुहुन्थ्यो, सत्ययुगमा हुनुहुन्थ्यो। पहिला सुरुमा हुनुहुन्छ श्रीकृष्ण जो फेरि नारायण बन्नुहुन्छ। हामी तपाईंहरूलाई श्रीकृष्णका ८४ जन्मको कहानी सुनाउँछौँ, जुन अरू कसैले सुनाउन सक्दैनन्। यो टपिक कति ठुलो छ। होसियारसँग भाषण गर्नुपर्छ। अहिले तिम्रो मनमा आउँछ, हामी विश्वका मालिक बन्छौँ, कति खुसी हुनुपर्छ। भित्र बसेर यो जाप जप्यौ भने तिमीले यस दुनियाँमा केही देख्दैनौ। यहाँ तिमी आउँछौ नै विश्वको मालिक बन्न– परमपिता परमात्माद्वारा। विश्व त यस दुनियाँलाई नै भनिन्छ। ब्रह्मलोक वा सूक्ष्मवतनलाई विश्व भनिँदैन। बाबा भन्नुहुन्छ– म विश्वको मालिक बन्दिनँ। यस विश्वको मालिक तिमी बच्चाहरूलाई बनाउँछु। कति गुह्य कुरा छन्। तिमीलाई विश्वको मालिक बनाउँछु। फेरि तिमी मायाका दास बन्छौ। यहाँ अगाडि योगमा बसाउँदा पनि याद दिलाउनु पर्छ– आत्म अभिमानी भएर बस, बाबालाई याद गर। ५ मिनेटपछि फेरि भन। तिम्रा योगका प्रोग्राम चल्छन् नि। धेरैको बुद्धि बाहिर जान्छ त्यसैले ५-१० मिनेटपछि फेरि सावधान गर्नुपर्छ। आफूलाई आत्मा सम्झेर बसेका छौ? बाबालाई याद गरेर बसेका छौ? त्यसबाट आफ्नो ध्यान पनि त्यतातीर जान्छ। बाबाले यी सबै युक्तिहरू बताउनुहुन्छ। घरी घरी सावधान गर्नुछ। आफूलाई आत्मा सम्झेर शिवबाबाको यादमा बसेका छौ? त्यसपछि जसको बुद्धियोग भट्किन्छ उनीहरू जाग्छन्। घरी घरी यो याद दिलाउनुपर्छ। बाबाको यादबाट नै तिमी त्यता पारी जान्छौ। गाउँछन् पनि– खिवैया, नईया मेरी पार लगाओ। तर अर्थ बुझ्दैनन्। मुक्तिधाममा जानको लागि आधाकल्प भक्ति गरेका छन्। अब बाबा भन्नुहुन्छ– मलाई याद गरेमा मुक्तिधाममा जान्छौ। तिमी पाप काट्नको लागि नै यादमा बस्छौ भने फेरि पाप गर्न कहाँ हुन्छ र। नत्र फेरि पाप रहन्छन्। नम्बरवन यो पुरुषार्थ हो– आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। यसरी सावधान गरिरहनाले आफ्नो पनि यादमा रहने अटेन्सन हुन्छ। आफूलाई पनि सावधान गर्नुछ। आफै पनि यादमा बसेर अरूलाई बसाऊ। हामी आत्मा हौँ, जान्छौँ आफ्नो घर। फेरि आएर राज्य गर्छौं। आफूलाई शरीर सम्झनु– यो पनि एक कडा बिमारी हो त्यसैले नै सबै रसातलमा गएका छन्। तिनीहरूलाई फेरि बचाउनु छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) आफ्नो टाइम रुहानी धन्दामा सफल गर्नुछ। जीवन हीराजस्तो बनाउनुछ। आफूलाई सावधान गरिरहनुछ। आफूलाई शरीर सम्झने कडा बिमारीबाट बच्ने पुरुषार्थ गर्नुछ।

२) कहिल्यै पनि मायाको दास बन्नुछैन, भित्र बसेर जाप जप्नुछ– म आत्मा हुँ। खुसी रहोस्– हामी भिखारीबाट राजकुमार बनिरहेका छौँ।

वरदान:–
अनुभवहरूको गुह्यताको प्रयोगशालामा रहेर नयाँ अनुसन्धान गर्ने अन्तर्मुखी भव

स्वयंमा पहिला सबै अनुभव प्रत्यक्ष भइसकेपछि मात्र प्रत्यक्षता हुन्छ। यसको लागि अन्तर्मुखी बनेर यादको यात्रा वा हरेक प्राप्तिको गुह्यतामा गएर अनुसन्धान गर, सङ्कल्प धारण गर र फेरि त्यसको परिणाम वा सिद्धि हेर– जुन सङ्कल्प गरियो त्यो सिद्ध भयो वा भएन? यस्तो अनुभवहरूको गुह्यताको प्रयोगशालामा रहने गर जसले गर्दा महसुस होस्– यी सबै कुनै विशेष लगनमा मग्न यस संसारबाट उपराम छन्। कर्म गर्दा योगको पावरफुल स्टेजमा रहने अभ्यास बढाऊ। जसरी वाणीमा आउने अभ्यास छ त्यसैगरी रुहानियतमा रहने अभ्यास गर।

स्लोगन:–
सन्तुष्टताको सिटमा बसेर परिस्थितिहरूको खेल देख्ने नै सन्तुष्टमणि हुन्।

अव्यक्त इसारा:– अशरीरी वा विदेही स्थितिको अभ्यास बढाऊ

जसरी हठयोगीले आफ्नो श्वासलाई जति समय चाहन्छन् त्यति समय रोक्न सक्छन्। तिमी सहजयोगी, स्वतः योगी, सदायोगी, कर्मयोगी, श्रेष्ठयोगीले आफ्नो सङ्कल्पलाई, श्वासलाई प्राणेश्वर बाबाको ज्ञानको आधारमा जुन सङ्कल्प, जस्तो सङ्कल्प जति समय गर्न चाहन्छौ त्यति समय त्यही सङ्कल्पमा स्थित होऊ। अहिले भर्खरै शुद्ध सङ्कल्पमा रमण गर, उत्तिखेरै एउटै लगन अर्थात् एउटै बाबासँग मिलनको, एउटै अशरीरी बन्ने शुद्ध सङ्कल्पमा स्थित होऊ।