15.12.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमी ले अहिले रुहानी बाबाद्वारा रुहानी ड्रिल सिकिरहेका छौ , यही ड्रिलबाट तिमी मुक्तिधाम , शान्तिधाममा जा नेछौ ।”

प्रश्न:–
बाबाले बच्चाहरूलाई पुरुषार्थ गराइरहनुहुन्छ तर बच्चाहरू कुन कुरामा धेरै कडा अनुशासनमा रहनुपर्छ?

उत्तर:–
पुरानो दुनियामा आगो लाग्नुभन्दा पहिला तयार भएर, आफूलाई आत्मा सम्झेर बाबाको यादमा रहेर बाबाबाट पूरा पूरा वर्सा लिनमा धेरै कडा अनुशासनमा रहनुछ। फेल हुनुहुँदैन, जसरी ती विद्यार्थीहरू फेल भए भने पछुताउँछन्, सम्झन्छन्– मेरो वर्ष व्यर्थमा गयो। कसैले त भन्छन्– नपढे पनि के भयो त! तर तिमी धेरै कडा अनुशासनमा रहनुछ। टिचरले टु लेट भन्न नपरोस्।

ओम् शान्ति ।
रुहानी बाबाले रुहानी बच्चाहरूलाई यस रुहानी पाठशालामा निर्देशन दिनुहुन्छ वा यसो भनौँ– बच्चाहरूलाई ड्रिल सिकाउनुहुन्छ। जसरी टिचरहरूले निर्देशन दिन्छन् वा ड्रिल सिकाउँछन् नि! उहाँ रुहानी बाबाले पनि बच्चाहरूलाई डाइरेक्ट भन्नुहुन्छ। के भन्नुहुन्छ? मनमनाभव। जसरी उनीहरूले भन्छन्– अटेन्सन प्लिज (कृपया सावधान रहनुहोस्!) । बाबा भन्नुहुन्छ– मनमनाभव। यो मानौँ हरेकले आफूमाथि कृपा गर्छन्। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! म एकलाई याद गर, अशरीरी बन। यो रुहानी ड्रिल आत्माहरूलाई रुहानी बाबाले मात्र सिकाउनुहुन्छ। उहाँ हुनुहुन्छ सुप्रिम टिचर । तिमी हौ सहायक टिचर। तिमीले पनि सबैलाई भन्छौ– आफूलाई आत्मा सम्झ, बाबालाई याद गर, देहीअभिमानी भव। मनमनाभवको अर्थ पनि यही हो। बच्चाहरूको कल्याणको लागि निर्देशन दिनुहुन्छ। स्वयं कसैबाट सिक्नुभएको छैन। अरू सबै टिचरहरूले त स्वयं सिकेर फेरि सिकाउँछन्। उहाँले त कहीँ स्कुल आदिमा पढेर सिक्नुभएको छैन। उहाँले केवल सिकाउनु मात्र हुन्छ। भन्नुहुन्छ– मैले तिमी आत्माहरूलाई रुहानी ड्रिल सिकाउँछु। उनीहरूले सबै जिस्मानी बच्चाहरूलाई जिस्मानी ड्रिल सिकाउँछन्। उनीहरूले ड्रिल आदि पनि शरीरले नै गर्नुपर्छ। यसमा त शरीरको कुनै कुरा नै छैन। बाबा भन्नुहुन्छ– मेरो कुनै शरीर छैन। मैले त ड्रिल सिकाउँछु, निर्देशन दिन्छु। ड्रामा योजना अनुसार उहाँमा ड्रिल सिकाउने पार्ट भरिएको छ। सेवा भरिएको छ। आउनु नै हुन्छ ड्रिल सिकाउन। तिमी तमोप्रधानबाट सतोप्रधान बन्नुछ। यो त धेरै सहज छ। सिँढी बुद्धिमा छ। कसरी ८४ को चक्कर लगाएर तल ओर्लिएका छौ। अब बाबा भन्नुहुन्छ– तिमी फर्केर जानुछ। यसरी अरू कसैले पनि आफ्ना अनुयायीहरूलाई वा विद्यार्थीलाई भन्ने छैनन्– हे रुहानी बच्चाहरू! अब फर्केर जानुछ। रुहानी बाबा सिवाय अरू कसैले सम्झाउन सक्दैन। बच्चाहरूले जान्दछौ– अब हामी फर्केर जानुछ। यो दुनियाँ नै अहिले तमोप्रधान छ। हामी सतोप्रधान दुनियाका मालिक थियौँ, फेरि ८४ को चक्कर लगाएर तमोप्रधान दुनियाँका मालिक बनेका छौँ। यहाँ दुःखैदुःख छ। बाबालाई भन्छन्– दुःखहर्ता सुखकर्ता अर्थात् तमोप्रधानबाट सतोप्रधान बनाउने एक बाबा मात्र हुनुहुन्छ। तिमी बच्चाहरूले जानेका छौ– हामीले धेरै सुख देखेका छौँ। कसरी राज्य गरेका हौँ, त्यो याद छैन तर लक्ष्य उद्देश्य सामुन्ने छ। त्यो हो नै फूलहरूको बगैँचा। अहिले हामी काँडाबाट फूल बनिरहेका छौँ।

तिमीले यसो भन्नेछैनौ– कसरी निश्चय गरौँ। यदि संशय छ भने विनश्यन्ती। स्कुलबाट खुट्टा झिक्यौ भने पढाइ बन्द हुन्छ। पद पनि विनशन्ती हुन्छ। धेरै घाटा पर्छ। प्रजामा पनि सानो पद हुन्छ। मूल कुरा नै हो सतोप्रधान पूज्य देवीदेवता बन्नु। अहिले त देवता होइनौ नि! तिमी ब्राह्मणहरूलाई यसको समझ आएको छ। ब्राह्मणले नै आएर बाबाबाट यो ड्रिल सिक्छन्। दिलभित्र पनि खुसी हुन्छ। यो पढाइ राम्रो लाग्छ नि! भगवानुवाच हो, हुन त उनीहरूले श्रीकृष्णको नाम जोडिदिएका छन् तर तिमीले बुझेका छौ– श्रीकृष्णले यो ड्रिल सिकाउनुभएको होइन, यो ड्रिल त बाबाले सिकाउनुहुन्छ। श्रीकृष्णको आत्मा जसले भिन्न नाम रूप धारण गरेर तमोप्रधान बनेको छ, त्यसलाई पनि सिकाउनुहुन्छ। स्वयं सिक्नुहुन्न, अरू सबैले कोही न कोहीबाट अवश्य सिक्छन्। उहाँ हुनुहुन्छ नै सिकाउने रुहानी बाबा। तिमीलाई सिकाउनुहुन्छ, तिमीले फेरि अरूलाई सिकाउँछौ। तिमी ८४ जन्म लिएर पतित बनेका छौ, अब फेरि पावन बन्नुछ। त्यसको लागि रुहानी बाबालाई याद गर। अहिले पनि तिमीले जहाँसुकै गएर हेर, हे पतितपावन! भन्दै भक्तिमार्गमा तिमीले गाउँदै आएका छौ। तिमी राजऋषि हौ नि! जहाँसुकै पनि घुमफिर गर्न सक्छौ। तिमीलाई कुनै बन्धन छैन। तिमी बच्चाहरूलाई यो निश्चय छ– बेहदका बाबा सेवामा आउनुभएको छ। बाबाले बच्चाहरूबाट पढाइको शुल्क कसरी लिनुहुन्छ र! टिचरकै बच्चा छ भने त निःशुल्क पढाउँछन् नि! उहाँले पनि निःशुल्क पढाउनुहुन्छ। यस्तो नसम्झ– हामीले केही दिन्छौँ। यो शुल्क होइन। तिमीले केही दिँदैनौ, यसको रिटर्नमा त धेरै लिन्छौ। मानिसहरूले दानपुण्य गर्छन्, सम्झन्छन्– रिटर्नमा हामीलाई अर्को जन्ममा मिल्छ। त्यहाँ अल्पकाल क्षणभङ्गुर सुख मिल्छ। अर्को जन्ममा मिल्छ तर त्यो तल ओर्लिने जन्ममा मिल्छ। सिँढी ओर्लिँदै आउँछौ नि! अहिले तिमीले जे गर्छौ त्यो हो चढ्तीकलामा जानको लागि। कर्मको फल भन्छन् नि! आत्मालाई कर्मको फल मिल्छ। यी लक्ष्मी-नारायणलाई पनि कर्मकै फल मिलेको हो नि! बेहदका बाबाबाट बेहदको फल मिल्छ। त्यो मिल्छ इन्डाइरेक्ट। ड्रामामा पहिल्यै निश्चित छ। यो ड्रामा पनि बनिबनाउ छ। तिमीलाई थाहा छ– कल्पपछि आएर हामीले बाबाबाट बेहदको वर्सा लिन्छौँ। बाबा बसेर हाम्रा लागि स्कुल बनाउनुहुन्छ। ती सरकारका हुन् जिस्मानी स्कुल। जहाँ भिन्न भिन्न प्रकारले आधाकल्प पढ्दै आयौ। अब बाबाले २१ जन्मको लागि सबै दुःख हटाउनको लागि पढाउनुहुन्छ। त्यहाँ त हुन्छ राज्य भाग्य। त्यसमा नम्बरवार त आउँछन् नै। जसरी यहाँ पनि राजारानी, मन्त्री, प्रजा आदि सबै नम्बरवार छन्। यो हुन्छ पुरानो दुनियामा, नयाँ दुनियामा त धेरै कम मनुष्य हुन्छन्। त्यहाँ धेरै सुख हुन्छ, तिमी विश्वको मालिक बन्छौ। राजा-महाराजा यहीँ थिए अहिले छैननन्। तिनीहरूले कति खुसी मनाउँछन्। तर बाबा भन्नुहुन्छ– तिनीहरूलाई त फेरि तल गिर्नु नै छ। गिर्छन् त सबै नि! देवताहरूका पनि बिस्तारै बिस्तारै कला घट्दै जान्छन्। तर त्यहाँ रावणराज्य नै हुँदैन त्यसैले सुखै सुख हुन्छ। यहाँ छ रावण राज्य। तिमी जसरी चढ्छौ त्यसरी गिर्छौ पनि। आत्माहरू पनि नाम-रूप धारण गर्दागर्दा तल ओर्लिएका छन्। ड्रामा योजना अनुसार कल्प पहिलाजस्तै गिरेर तमोप्रधान बनेका छन्। काम चितामा चढेपछि नै दुःख सुरुहुन्छ। अहिले छ अति दुःख। त्यहाँ फेरि धेरै नै सुख हुन्छ। तिमी राजऋषि हौ। उनीहरूको हो नै हठयोग। तिमीले जोसुकैलाई पनि सोध– रचयिता र रचनाको आदि-मध्य-अन्त्यलाई जान्नुहुन्छ? उनीहरूले जान्दैनौँ भनिदिन्छन्। त्यसैले सोध्छ जो जानेको हुन्छ। स्वयंले नै जान्दैन भने कसरी सोध्न सक्छ। तिमीलाई थाहा छ– ऋषिमुनि आदि कोही पनि त्रिकालदर्शी थिएनन्। बाबाले हामीलाई त्रिकालदर्शी बनाइरहनुभएको छ। यी बाबा जो विश्वका मालिक थिए, यिनलाई पनि ज्ञान थिएन। यो जन्ममा पनि ६० वर्षसम्म ज्ञान थिएन। बाबा आइसकेपछि मात्र बिस्तारै बिस्तारै यी सबै कुरा सुनाउँदै जानुहुन्छ। बच्चाहरू निश्चयबुद्धि हुन्छन् फेरि पनि मायाले धेरैलाई गिराइरहन्छ। नाम सुनाउन सकिँदैन, नत्र निराश हुन्छन्। समाचार त आउँछ नि! नराम्रो सङ्गत भयो, नयाँ विवाह गरेकाको सङ्गत भयो, त्यसपछि विचलित भयो। भन्छन्– हामी विवाह नगरी बस्न सक्दैनौँ। दिनहुँ आउने, असल महारथी, यहाँ पनि कैयौँ पटक आएर गएको छ, उसलाई समेत मायारूपी गोहीले आएर समातेको छ। यस्ता धेरै केस भइरहन्छन्। अहिले विवाह गरेको हुँदैन। मायाले मुखमा हालेर निलिरहेको हुन्छ। स्त्रीरूपी मायाले तानिरहन्छ। आएर गोहीको मुखमा परेका छन्, फेरि बिस्तारै बिस्तारै निलिदिन्छ। कसैले लापरबाही गरे वा अरूलाई देखे भने विचलित हुन्छन्। सम्झन्छन्– म माथिबाट एकदमै तल खाडलमा खसेँ। भन्छन्– बच्चा धेरै राम्रो थियो। अब बिचरा गयो। मगनी भयो, त्यो मरेकै भयो। बाबाले त बच्चाहरूलाई सदैव लेख्नुहुन्छ– बाँचिरहनुछ। कतै मायाको प्रहार जोडले नलागोस्। शास्त्रहरूमा पनि यी कुरा केही मात्रामा छन् नि! अहिलेका यी कुरा पछि गायन गरिन्छ। त्यसैले तिमीले पुरुषार्थ गराउँछौ। यस्तो नहोस् कतै मायारूपी गोहीले निलिदेओस्। किसिम किसिमले मायाले समात्छ। मूल हो काम महाशत्रु, यसबाट धेरै सम्हाल गर्नुपर्छ। पतित दुनियाबाट पावन दुनिया कसरी बनिरहेको छ, त्यो तिमीले देखिरहेका छौ। अलमलिनुपर्ने कुरा नै छैन। केवल आफूलाई आत्मा सम्झेर बाबालाई याद गरेमा सबै दुःख हट्छन्। बाबा मात्रै पतितपावन हुनुहुन्छ। यो हो योगबल। भारतवर्षको प्राचीन राजयोग धेरै प्रसिद्ध छ। जान्दछौ– क्राइस्टभन्दा ३ हजार वर्ष पहिला स्वर्ग थियो। त्यतिबेला अवश्य अरू कुनै धर्म थिएन होला। कति सहज कुरा छ। तर बुझ्दैनन्। अहिले तिमीले बुझेका छौ– त्यो राज्य फेरि स्थापना गर्नको लागि बाबा आउनुभएको छ। ५ हजार वर्ष पहिला पनि शिवबाबा आउनुभएको थियो। अवश्य यही ज्ञान दिनुभयो होला, जसरी अहिले दिइरहनुभएको छ। बाबा स्वयं भन्नुहुन्छ– म कल्प कल्प सङ्गममा साधारण तनमा आएर राजयोग सिकाउँछु। तिमी राजऋषि हौ। पहिला थिएनौ। बाबा आउनुभएको छ त्यतिबेलादेखि बाबासँगै बसेका छौ। पढ्छौ पनि, स्थूल सेवा र सूक्ष्म सेवा पनि गर्छौ। भक्तिमार्गमा पनि सेवा गर्छन् फेरि घरबार पनि सम्हाल्छन्। बाबा भन्नुहुन्छ– अब भक्ति पूरा भयो, ज्ञान सुरुहुन्छ। म आउँछु, ज्ञानबाट सदगति दिन। तिम्रो बुद्धिमा छ– बाबाले हामीलाई पावन बनाइरहनुभएको छ। बाबा भन्नुहुन्छ– ड्रामा अनुसार तिमीलाई मार्ग बताउन आएको छु। टिचरले पढाउनुहुन्छ, लक्ष्य उद्देश्य सामुन्ने छ। यो हो उच्चभन्दा उच्च पढाइ। जसरी कल्प पहिला पनि सम्झाउनुभएको थियो, त्यही सम्झाइरहनुहुन्छ। ड्रामाको टिक टिक चलिरहन्छ। सेकेन्ड बाइ सेकेन्ड जे बित्यो त्यो फेरि ५ हजार वर्षपछि दोहोरिन्छ। दिन बित्दै जान्छन्। यो ख्याल अरू कसैको बुद्धिमा हुँदैन। सत्ययुग, त्रेता, द्वापर, कलियुग बित्यो, त्यो दोहोरिन्छ। बित्छ पनि त्यही जुन कल्प पहिला बितेको थियो। बाँकी थोरै दिन छन्। उनीहरूले लाखौँ वर्ष भनिदिन्छन्, त्यसको तुलनामा तिमीले भन्छौ– बाँकी केही घण्टा छन्। यो पनि ड्रामामा निश्चित छ। आगो लागिसकेपछि मात्र जाग्छन्। फेरि त टु लेट अर्थात् धेरै ढीलो हुन्छन्। त्यसैले बाबाले पुरुषार्थ गराइरहनुहुन्छ। तयार भएर बस। टिचरले यसो भन्न नपरोस् कि टु लेट, फेल हुनेहरू धेरै पछुताउँछन्। सम्झन्छन्– हाम्रो वर्षदिन सित्तैमा जानेछ। कसैले त भन्छन्– नपढे पनि के भयो त! तिमी बच्चाहरू अनुशासनमा कडा हुनुपर्छ। हामीले त बाबाबाट पूरा वर्सा लिन्छौँ, आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नुछ। यसमा कुनै तकलिफ भयो भने बाबासँग सोध्न सक्छौ। यही मुख्य कुरा हो। बाबाले आजभन्दा ५ हजार वर्ष पहिला पनि भन्नुभएको थियो– म एकलाई याद गर। पतितपावन म नै हुँ, सबैको बाबा म हुँ। श्रीकृष्ण त सबैका पिता हुनुहुन्न। तिमीले शिवका, श्रीकृष्णका पुजारीहरूलाई यो ज्ञान सुनाउन सक्छौ। आत्मा पूज्य बनेको छैन भने तिमीले जतिसुकै मेहनत गरे पनि बुझ्दैनन्। अहिले नास्तिक बन्छन्। सायद पछि गएर आस्तिक बन्नेछन्। मानौँ विवाह गरेर गिरेपछि फेरि आएर ज्ञान लियो भने पनि वर्सा धेरथोर पाउँछ किनकि बुद्धिमा अर्काको याद आएर बसेको हुन्छ। त्यो निकाल्न बडो मुस्किल हुन्छ। पहिला स्त्रीको याद फेरि बच्चाको याद आउँछ। बच्चाभन्दा पनि स्त्रीको यादले धेरै सताउँछ किनकि धेरै समयको याद हुन्छ नि! बच्चा त पछि हुन्छ फेरि मित्र सम्बन्धी र पतिको घरको याद आउँछ। पहिला स्त्री जसले धेरै समय साथ दिएकी हुन्छिन्, यो पनि त्यस्तै हो। तिमीले भन्छौ– हामीहरू धेरै समय देवताहरूसँग थियौँ। यसरी त भन्छौ हाम्रो शिवबाबासँग धेरै समयदेखि प्यार छ। जसले ५ हजार वर्ष पहिला पनि हामीलाई पावन बनाउनुभयो। कल्प कल्प आएर हाम्रो रक्षा गर्नुहुन्छ त्यसैले त उहाँलाई दुःखहर्ता, सुखकर्ता भनिन्छ। तिमीले लाइन बडो क्लियर बनाउनुछ। बाबा भन्नुहुन्छ– यी आँखाले तिमीले जे देख्छ त्यो त चिहानमा जानुछ। अहिले तिमी छौ सङ्गममा। अमरलोक आउँदैछ। अहिले हामीले पुरुषोत्तम बन्नको लागि पुरुषार्थ गरिरहेका छौँ। यो हो कल्याणकारी पुरुषोत्तम सङ्गमयुग। दुनियामा देखिरहेका छौ, के के भइरहेको छ। अब बाबा आउनुभएको छ, त्यसैले पुरानो दुनिया पनि खतम हुनेछ। पछि गएर धेरैको ख्यालमा आउनेछ। अवश्य कोही आउनुभएको छ जसले दुनियालाई परिवर्तन गरिरहनुभएको छ। यो त्यही महाभारत लडाइँ हो। तिमी पनि कति समझदार बनेका छौ। यी धेरै मन्थन गर्ने कुरा हुन्। आफ्नो श्वास व्यर्थमा गुमाउनुहुँदैन। तिमीलाई थाहा छ– श्वास सफल हुन्छ ज्ञानबाट। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) मायाबाट बच्नको लागि सङ्गदोषबाट आफ्नो धेरै धेरै सम्हाल गर्नुछ। आफ्नो लाइन क्लियर राख्नुछ। श्वास व्यर्थमा गुमाउनुछैन। ज्ञानबाट सफल गर्नुछ।

२) जति समय मिल्छ– योगबल जम्मा गर्नको लागि रुहानी ड्रिलको अभ्यास गर्नुछ। अहिले कुनै नयाँ बन्धन बनाउनुछैन।

वरदान:–
बाबाको छत्रछायाको अनुभवद्वारा विघ्नविनाशकको डिग्री लिने अनुभवी मूर्त भव

जहाँ बाबा साथमा हुनुहुन्छ त्यहाँ कसैले पनि केही गर्न सक्दैन। यो साथको अनुभव नै छत्रछाया बन्छ। बापदादाले सदा बच्चाहरूको रक्षा गर्नु नै हुन्छ। परीक्षा आउँछन् तिमीहरूलाई अनुभवी बनाउनको लागि त्यसैले सदैव बुझ्नुपर्छ– यी परीक्षा क्लास चढाउनको लागि आइरहेका छन्। यसबाट नै सदाको लागि विघ्न विनाशकको डिग्री र अनुभवीमूर्त बन्ने वरदान मिल्छ। यदि अहिले कसैले केही होहल्ला गर्छन् वा विघ्न पार्छन् भने पनि बिस्तारै बिस्तारै शान्त हुन्छन्।

स्लोगन:–
जो समयमा सहयोगी बन्छन् उनीहरूलाई एकको पदमगुणा फल मिल्छ।

अव्यक्त इसारा – अब सम्पन्न वा कर्मातीत बन्ने धुन लगाऊ

जसरी हेर्नु, सुन्नु, सुनाउनु– यी विशेष कर्म सहज अभ्यासमा आएका छन्, त्यसरी नै कर्मातीत बन्ने स्टेज अर्थात् कर्मलाई समेट्ने शक्तिबाट अकर्मी अर्थात् कर्मातीत बन। एक हो कर्मको अधीनको स्टेज, अर्को हो कर्मातीत अर्थात् कर्मको अधिकारी स्टेज। त्यसैले चेक गर– म कर्मेन्द्रियजित, स्वराज्यधारी राजाहरूको राज्य कारोबार ठीक चलिरहेको छ?

सूचना:– आज मधुवनमा प्राण प्यारा अव्यक्त बापदादा मिलनको शुभ दिन हो।