16.01.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– तिमीले
ज ुनसुकै कर्म गर े पनि त्यसको फल अवश्य मिल्छ , निष्काम सेवा त केवल एक बाबाले
मात्रै गर्नुहुन्छ।”
प्रश्न:–
यो क्लास धेरै
आश्चर्यजनक छ, कसरी? यहाँ मुख्य मेहनत कुनचाहिँ गर्नुपर्छ?
उत्तर:–
यही एउटा
क्लास हो जसमा साना बच्चाहरू पनि बसेका छन् भने वृद्धहरू पनि बसेका छन्। यो क्लास
यस्तो आश्चर्यजनक छ, जसमा अहिल्याहरू, कुब्जाहरू, साधुहरू पनि आएर एक दिन यहाँ
बस्नेछन्। यहाँ छ नै मुख्य यादको मेहनत। यादबाट नै आत्मा र शरीरको प्राकृतिक उपचार
हुन्छ तर यादको लागि पनि ज्ञान चाहिन्छ।
गीत:–
रात के राही........
ओम् शान्ति ।
मीठा-प्यारा
रुहानी बच्चाहरूले गीत सुन्यौ। रुहानी बाबाले बच्चाहरूलाई यसको अर्थ पनि
सम्झाउनुहुन्छ। आश्चर्य त यो छ– गीता अथवा शास्त्र आदि बनाउनेहरूले यसको अर्थ
जान्दैनन्। हरेक कुराको अनर्थ नै निकाल्छन्। रुहानी बाबा जो ज्ञानका सागर पतितपावन
हुनुहुन्छ, उहाँ बसेर यसको अर्थ बताउनुहुन्छ। राजयोग पनि बाबाले नै सिकाउनुहुन्छ।
तिमी बच्चाहरूलाई थाहा छ– अहिले फेरि हामी राजाहरूको राजा बनिरहेका छौँ। अरू
स्कुलहरूमा यस्तो कहाँ भन्छन् र– हामी फेरि ब्यारिस्टर बन्छौँ। फेरि, यो शब्द
कसैलाई भन्न आउँदैन। तिमीले भन्छौ– हामीले ५ हजार वर्ष पहिलाजस्तै फेरि बेहदका
बाबाबाट पढ्छौँ। यो विनाश पनि फेरि अवश्य हुनुछ। कति ठुला ठुला बमहरू बनाइरहन्छन्।
धेरै पावरफुल बनाउँछन्। राख्नको लागि त बनाउँदैनन् नि। यो विनाश पनि शुभकार्यको लागि
हो नि। तिमी बच्चाहरू डराउनुपर्ने आवश्यकता छैन। यो हो कल्याणकारी लडाइँ। बाबा
आउनुहुन्छ नै कल्याणको लागि। भन्छन् पनि– बाबा आएर ब्रह्माद्वारा स्थापना,
शङ्करद्वारा विनाशको कर्तव्य गराउनुहुन्छ। त्यसैले यी बम आदि हुन्छन् नै विनाशको
लागि। यी भन्दा ठुलो अरू कुनै चीज त छैन। साथसाथै प्राकृतिक प्रकोप पनि हुन्छ।
त्यसलाई कुनै ईश्वरीय प्रकोप भनिँदैन। यी प्राकृतिक प्रकोपहरू ड्रामामा पहिल्यै
निश्चित छन्। यो कुनै नयाँ कुरा होइन। कति ठुला ठुला बमहरू बनाइरहन्छन्। भन्छन्–
हामीले सहरका सहर समाप्त गरिदिन्छौँ। तर जापानको लडाइँमा जुन बम चलाए– ती त धेरै
साना थिए। अहिले त ठुला ठुला बम बनाएका छन्। जुनबेला धेरै सङ्कट पर्छन्, सहन गर्न
सक्दैनन् त्यसपछि फेरि बम हान्न सुरु गर्छन्। कति नोक्सान होला। उनीहरूले पनि
परीक्षण गरेर हेरिरहेका छन्। अरबौँ रुपैयाँ खर्च गर्छन्। यी बम बनाउनेहरूको तलब पनि
धेरै हुन्छ। त्यसैले तिमी बच्चाहरूलाई खुसी हुनुपर्छ। पुरानो दुनियाको नै विनाश
हुनुछ। तिमी बच्चाहरूले नयाँ दुनियाको लागि पुरुषार्थ गरिरहेका छौ। विवेकले पनि
भन्छ– पुरानो दुनिया अवश्य समाप्त हुनुछ। बच्चाहरूले जान्दछौ– कलियुगमा के छ,
सत्ययुगमा के हुनेछ। तिमी अहिले सङ्गममा उभिएका छौ। थाहा छ– सत्ययुगमा यति धेरै
मानिसहरू हुनेछैनन्, त्यसपछि यिनीहरू सबैको विनाश हुनेछ। यी प्राकृतिक प्रकोपहरू
कल्प पहिला पनि भएका थिए। पुरानो दुनिया समाप्त हुनु नै छ। यस्ता प्रकोपहरू त धेरै
हुँदै आएका छन्। तर ती हुन्छन् थोरै अन्दाजमा। अहिले त यो पुरानो दुनिया सारा
समाप्त हुनुछ। तिमी बच्चाहरूलाई त धेरै खुसी हुनुपर्छ। हामी रुहानी बच्चाहरूलाई
परमपिता परमात्मा बाबा बसेर सम्झाउनुहुन्छ, यो विनाश तिम्रो लागि भइरहेको छ। यो पनि
गायन छ– रुद्र ज्ञान यज्ञबाट विनाश ज्वाला प्रज्वलित भयो। कैयौँ कुरा गीतामा छन्
जसको अर्थ धेरै राम्रो छ, तर कसले कहाँ बुझ्छन् र। उनीहरूले शान्ति मागिरहन्छन्।
तिमीले भन्छौ– छिट्टै विनाश होस् त्यसपछि हामी गएर सुखी हुन्छौँ। बाबा भन्नुहुन्छ–
सुखी त सतोप्रधान भइसकेपछि मात्रै हुन्छौ। बाबाले अनेक प्रकारका प्वाइन्टहरू
दिनुहुन्छ, फेरि कसैको बुद्धिमा राम्रोसँग बस्छ, कसैको बुद्धिमा बस्दैन। वृद्ध
आमाहरूले बुझ्छन्– शिवबाबालाई याद गर्नुछ, बस्। उनीहरूको लागि सम्झाइन्छ– आफूलाई
आत्मा सम्झेर बाबालाई याद गर। फेरि पनि वर्सा त पाइहाल्छन्। साथैमा रहन्छन्।
प्रदर्शनीमा सबै आउनेछन्। अजामिलजस्ता पाप आत्माहरू, गणिकाहरू आदिको सबैको उद्धार
हुनेछ। कुचीकार पनि राम्रो कपडा लगाएर आउँछन्। गान्धीजीले अछुतहरूलाई स्वतन्त्र
गरिदिनुभयो। सँगै बसेर पनि खान्छन्। बाबाले त झन् मनाही गर्नुहुन्न। बुझ्नुभएको छ–
यिनीहरूको पनि उद्धार गर्नु नै छ। कामसँग कुनै कनेक्सन छैन। यसमा सारा कुरा बाबासँग
बुद्धियोग लगाउनुमा आधारित छ। बाबालाई याद गर्नुछ। आत्माले भन्छ– म अछुत छु। तर
हामीले बुझेका छौँ– हामी सतोप्रधान देवीदेवता थियौँ। फेरि पुनर्जन्म लिँदै लिँदै
अन्त्यमा आएर पतित बनेका छौँ। अब फेरि हामी आत्माहरू पावन बन्नुछ। तिमीलाई थाहा छ–
सिन्धमा एक भिलनी आउँथिन्, ध्यानमा जान्थिन्। दौडेर आएर मिल्थिन्। सम्झाइन्थ्यो–
यिनमा पनि आत्मा त छ नि। आत्माको हक छ, आफ्नो बाबाबाट वर्सा लिने। उनको घरकालाई
भनियो– यिनलाई ज्ञान लिन देऊ। भने– हाम्रो वंशमा हङ्गामा हुनेछ। डरको कारणले उनलाई
लगे। तिम्रो पासमा पनि आउँछन्, तिमीले कसैलाई मनाही गर्न सक्दैनौ। गाइएको छ– अबलाहरू,
गणिकाहरू, भिल्लिनीहरू, साधुहरू आदिको सबैको उद्धार गर्नुहुन्छ। साधुहरूदेखि लिएर
भिलनीसम्म।
तिमी बच्चाहरूले अहिले
यज्ञको सेवा गरेमा यो सेवाबाट धेरै प्राप्ति हुन्छ। धेरैको कल्याण हुन्छ।
दिनप्रतिदिन प्रदर्शनी सेवाको धेरै वृद्धि हुनेछ। बाबाले ब्याजहरू पनि
बनाइरहनुहुन्छ। जहाँसुकै जाऊ, यस ब्याजमा सम्झाउनुछ। यहाँ बाबा, यिनी दादा, यो
बाबाको वर्सा। अब बाबा भन्नुहुन्छ– मलाई याद गरेमा तिमी पावन बन्छौ। गीतामा पनि छ–
म एकलाई याद गर। केवल त्यसमा मेरो नाम हटाएर बच्चाको नाम राखिदिएका छन्। यहाँका
मानिसहरूलाई पनि यो कुरा थाहा छैन– राधे-कृष्णको आपसमा के सम्बन्ध छ। उनीहरूको
विवाह आदिको इतिहास केही पनि बताउँदैनन्। दुवै छुट्टाछुट्टै राजधानीका हुन्। यी कुरा
बाबा बसेर सम्झाउनुहुन्छ। यो कुरा यदि बुझे र शिव भगवानुवाच भनिदिए भने सबैले
उनीहरूलाई भगाइदिन्छन्। भन्छन्– तिमीले यो फेरि कहाँबाट सिक्यौ? त्यो कुन गुरु हो?
भन्यो– बी. के. हौँ, अनि सबै रिसाउँछन्। यी गुरुहरूको राज्य नै चट हुन्छ। यस्ता धेरै
आउँछन्। लेखेर पनि दिन्छन्, फेरि गुम हुन्छन्।
बाबाले बच्चाहरूलाई
कुनै पनि तकलिफ दिनुहुन्न। धेरै सहज युक्ति बताउनुहुन्छ। कसैको बच्चा भएन भने
भगवानलाई भन्छन्– बच्चा दिनुहोस्। फेरि जन्मियो भने त्यसको धेरै राम्रो पालनपोषण
गर्छन्। पढाउँछन्। फेरि ठुलो भएपछि भन्छन्– अब आफ्नो कामधन्दा गर। बाबाले बच्चाको
पालनपोषण गरेर उसलाई लायक बनाउँछन् भने बच्चाको सेवक ठहरिए नि। यहाँ बाबा त
बच्चाहरूको सेवा गरेर साथमा लैजानुहुन्छ। ती लौकिक पिताले सम्झन्छन्– बच्चा ठुलो
भएर आफ्नो कामधन्दामा लागोस्, फेरि हामी वृद्ध हुँदा हाम्रो सेवा गर्नेछ। यहाँ
बाबाले त सेवा खोज्नुहुन्न। उहाँ हुनुहुन्छ नै निष्काम। लौकिक पिताले सम्झन्छन्–
जीवित भएसम्म बच्चाहरूको कर्तव्य हो हाम्रो सम्हाल गर्नु। यो कामना राख्छन्। यहाँ
बाबा त भन्नुहुन्छ– मैले निष्काम सेवा गर्छु। मैले राज्य गर्दिनँ। म कति निष्काम
छु। जे जति पनि गर्छन्, त्यसको फल उनीहरूलाई अवश्य मिल्छ। उहाँ त हुनुहुन्छ सबैका
बाबा। भन्नुहुन्छ– मैले तिमी बच्चाहरूलाई स्वर्गको राज्य भाग्य दिन्छु। तिमीले कति
उच्च पद प्राप्त गर्छौ। म त केवल ब्रह्माण्डको मालिक हुँ, त्यो त तिमी पनि हौ तर
तिमीले राज्य भाग्य लिन्छौ र गुमाउँछौ। मैले न राज्य लिन्छु, न गुमाउँछु। ड्रामामा
मेरो यो पार्ट छ। तिमी बच्चाहरूले सुखको वर्सा पाउने पुरुषार्थ गर्छौ। बाँकी सबैले
केवल शान्ति माग्छन्। ती गुरुहरूले भन्छन्– सुख काग विष्टासमान हो, त्यसैले उनीहरूले
शान्ति नै चाहन्छन्। उनीहरूले यो ज्ञान लिन सक्दैनन्। उनीहरूलाई सुखको विषयमा थाहै
हुँदैन। बाबा सम्झाउनुहुन्छ– शान्ति र सुखको वर्सा दिने एक म मात्रै हुँ।
सत्ययुग-त्रेतामा गुरु हुँदैनन्, त्यहाँ रावण नै हुँदैन। त्यो हो नै ईश्वरीय राज्य।
ड्रामा यस्तो बनेको छ। यी कुरा अरू कसैको बुद्धिमा बस्दैनन्। त्यसैले बच्चाहरूले
राम्रोसँग धारण गरेर उच्च पद पाउनुछ। अहिले तिमी छौ सङ्गममा। जान्दछौ– नयाँ दुनियाको
राजधानी स्थापना भइरहेको छ। त्यसैले तिमी छौ नै सङ्गमयुगमा। बाँकी सबै छन् कलियुगमा।
उनीहरूले त कल्पको अवधि नै लाखौँ वर्ष भनिदिन्छन्। घोर अन्धकारमा छन् नि। गाइएको पनि
छ– कुम्भकर्णको निद्रामा सुतेका छन्। विजय त पाण्डवहरूको हुन्छ भनिएको छ।
तिमी हौ ब्राह्मण।
यज्ञ ब्राह्मणले नै रच्छन्। यो त हो सबैभन्दा ठुलो बेहदको महान् ईश्वरीय रुद्र यज्ञ।
ती हदका यज्ञ अनेक प्रकारका हुन्छन्। यो रुद्र यज्ञ एक पटक मात्र हुन्छ। सत्ययुग
त्रेतामा फेरि कुनै यज्ञ हुँदैन किनकि त्यहाँ कुनै आपद आदिको कुरा हुँदैन। ती हुन्
सबै हदका यज्ञ। यो हो बेहदको। यो बेहद बाबाबाट रचिएको यज्ञ हो, जसमा बेहदको आहुति
पर्नुछ। फेरि आधाकल्प कुनै यज्ञ हुनेछैन। त्यहाँ रावण राज्य नै हुँदैन। रावण राज्य
सुरु भएपछि फेरि यी सबै यज्ञ सुरु हुन्छन्। बेहदको यज्ञ एक पटक मात्र हुन्छ, यसमा
यो सारा पुरानो सृष्टि स्वाहा हुन्छ। यो हो बेहदको रुद्र ज्ञान यज्ञ। यसमा मुख्य हो
ज्ञान र योगको कुरा। योग अर्थात् याद। याद शब्द धेरै मीठो छ। योग शब्द साधारण भएको
छ। योगको अर्थ कसैले बुझ्दैनन्। तिमीले सम्झाउन सक्छौ– योग अर्थात् बाबालाई याद
गर्नु। बाबा, हजुरले त हामीलाई बेहदको वर्सा दिनुहुन्छ। आत्माले कुरा गर्छ– बाबा,
हजुर फेरि आउनुभएको छ। हामीले त हजुरलाई भुलेका थियौँ। हजुरले हामीलाई बादसाही
दिनुभएको थियो। अब फेरि आएर मिल्नुभएको छ। अवश्य हामी हजुरको श्रीमतमा चल्नेछौँ।
यसप्रकार भित्र आफूसँग कुरा गर्नुछ। बाबा, हजुरले त हामीलाई धेरै राम्रोमार्ग
बताउनुहुन्छ। हामीले कल्प कल्प भुल्छौँ। अहिले बाबाले फेरि सम्झाउनुहुन्छ, त्यसैले
अब बाबालाई नै याद गर्नुछ। यादबाट नै वर्सा मिल्नेछ। म सम्मुख आएपछि मात्रै तिमीलाई
सम्झाउँछु। त्यतिबेलासम्म गाइरहन्छन्– हजुर दुःखहर्ता सुखकर्ता हुनुहुन्छ। महिमा
गाउँछन् तर न आत्मालाई, न परमात्मालाई चिन्दछन्। अहिले तिमीले बुझेका छौ– यति सानो
बिन्दुमा अविनाशी पार्ट पहिल्यै निश्चित छ। यो पनि बाबाले सम्झाउनुहुन्छ। उहाँलाई
भनिन्छ परमपिता परमात्मा अर्थात् परम आत्मा। बाँकी म कुनै हजारौँ सूर्यजस्तो ठुलो
छैन। मैले त टिचरलेजस्तै पढाइरहन्छु। कति धेरै बच्चाहरू छन्। यो क्लास त हेर कति
आश्चर्यजनक छ। यसमा कस कसले पढ्छन्? अबलाहरू, कुब्जाहरू, साधुहरू पनि एक दिन आएर
बस्नेछन्। वृद्ध माताहरू, साना बच्चाहरू आदि सबै बसेका छन्। यस्तो स्कुल कहिल्यै
देख्यौ। यहाँ छ यादको मेहनत। यो यादले नै समयमा लिन्छ। यादको पुरुषार्थ गर्नु यो पनि
ज्ञान हो नि। यादको लागि पनि ज्ञान। चक्र सम्झाउनको लागि पनि ज्ञान। स्वाभाविक सत्य
सत्य प्राकृतिक उपचार यसलाई भनिन्छ। तिम्रो आत्मा बिल्कुल पवित्र हुन्छ। त्यो हो
शरीरको उपचार। यो हो आत्माको उपचार। आत्मामा नै खाद पर्छ। सक्कली सुनको सक्कली गहना
हुन्छ। अहिले यहाँ बच्चाहरूलाई थाहा छ– शिवबाबा सम्मुख आउनुभएको छ। बच्चाहरूले
बाबालाई अवश्य याद गर्नुछ। अब हामी फर्केर जानुछ। यता वारीबाट उता पारी जानुछ।
बाबालाई, वर्सालाई र घरलाई पनि याद गर। त्यो हो स्वीट साइलेन्स होम। दुःख हुन्छ
अशान्तिबाट, सुख हुन्छ शान्तिबाट। सत्ययुगमा सुखशान्ति-सम्पत्ति सबैकुरा छ। त्यहाँ
लडाइँ-झगडाको कुरै हुँदैन। बच्चाहरूलाई यही चिन्ता हुनुपर्छ– हामी सतोप्रधान, सक्कली
सुन बन्नुछ, अनि मात्रै उच्च पद पाउनेछौँ। यो रुहानी भोजन मिल्छ, त्यसलाई फेरि
उग्राउनुपर्छ। आज कुन कुन मुख्य प्वाइन्टहरू सुनियो! यो पनि सम्झाइयो– यात्राहरू
दुई हुन्छन्, रुहानी र जिस्मानी। यो रुहानी यात्रा नै काममा आउनेछ। भगवानुवाच–
मनमनाभव। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) यो विनाश पनि शुभकार्यको लागि हो, त्यसैले डराउनुछैन, कल्याणकारी बाबाले सदा
कल्याणको नै कार्य गराउनुहुन्छ, यो स्मृतिले सदा खुसीमा रहनुछ।
२) सदा एउटै चिन्ता
राख्नुछ– सतोप्रधान सक्कली सुन बनेर उच्च पद पाउनुछ। जुन रुहानी भोजन मिल्छ,
त्यसलाई उग्राउनुछ।
वरदान:–
स्वयंलाई
जिम्मे वार सम्झेर हरेक कर्म यथार्थ विधिले गर्ने सम्पूर्ण सिद्धि स्वरूप भव
यस समयमा तिमी
सङ्गमयुगी श्रेष्ठ आत्माहरूको हर श्रेष्ठ कर्म सारा कल्पको लागि विधान बनिरहेको छ।
त्यसैले स्वयंलाई विधानको रचयिता सम्झेर हर कर्म गर, यसबाट अलबेलापन स्वतः समाप्त
हुनेछ। सङ्गमयुगमा हामी विधानका रचयिता, जिम्मेवार आत्मा हौँ– यो निश्चयले हर कर्म
गरेमा यथार्थ विधिले गरिएको कर्मको सम्पूर्ण सिद्धि अवश्य प्राप्त हुनेछ।
स्लोगन:–
सर्वशक्तिमान्
बाबा साथमा हुनुहुन्छ भने माया कागजको बाघ बन्नेछ।
अव्यक्त इसारा:– यस
अव्यक्त मासमा बन्धनमुक्त रहेर जीवनमुक्त स्थितिको अनुभव गर
सदा जीवनमुक्त रहने
सहज साधन हो– ‘म’ र ‘मेरो बाबा’! किनकि मेरो मेरोको नै बन्धन हुन्छ। मेरो बाबा भन्यौ
भने सबै मेरो समाप्त हुन्छ। ‘एक मेरो’ मा ‘सबै मेरो मेरो’ समाप्त भएपछि बन्धनमुक्त
भयौ। त्यसैले यही याद राख्नुछ– हामी ब्राह्मण जीवनमुक्त आत्मा हौँ।