16.07.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– यो
पुरुषोत्तम बन्ने सङ्गमयुग हो, यसमा कुनै पनि पाप कर्म गर्नुहुँदैन।”
प्रश्न:–
सङ्गममा तिमी
बच्चाहरूले कुन सबैभन्दा ठुलो पुण्य गर्छौ?
उत्तर:–
स्वयंलाई
बाबाको जिम्मा लगाउनु अर्थात् सम्पूर्ण स्वाहा हुनु, यो हो सबैभन्दा ठुलो पुण्य।
अहिले तिमीले ममत्व मेटाउँछौ। बालबच्चा, घरबार सबैलाई भुल्छौ, यही तिम्रो व्रत हो।
आप मुये मर गई दुनिया। अहिले तिमी विकारी सम्बन्धहरूबाट मुक्त हुन्छौ।
गीत:–
जले न क्यों
परवाना...
ओम् शान्ति ।
यो सबै
भक्तिमार्गमा बाबाको महिमा गरेका हुन्। यो हो परवानाहरूद्वारा शमा (ज्योति) को लागि
गरिएको महिमा, यतिबेला बाबा आउनुभएको छ भने किन हामी जीवनछँदै उहाँको नबन्ने।
जीवनछँदै बाबाको बन्ने भनिन्छ नै उनीहरूलाई, जसलाई एडप्ट गरिन्छ। पहिला तिमी आसुरी
परिवारका थियौ, अब तिमी ईश्वरीय परिवारका बनेका छौ। जीवनछँदै ईश्वरले आएर तिमीलाई
एडप्ट गर्नुभएको छ, जसलाई फेरि शरणागति भनिन्छ। गाउँछन् नि– शरण पडी मैं तेरे....
तर उहाँ बाबा आउनुहुन्छ, आएर आफ्नो तागत देखाउनुहुन्छ, प्रभाव देखाउनुहुन्छ तब नै
प्रभु बाबाको शरण पर्न सक्छन्। उहाँ नै सर्वशक्तिमान हुनुहुन्छ नि! अवश्य उहाँमा
आकर्षण पनि छ नि! बाबाले सबैथोक छुटाउनुहुन्छ। अवश्य जो बाबाका बच्चा र बच्चीहरू
बन्छन् उनीहरू आसुरी सम्प्रदायको सम्बन्धबाट हैरान भएका हुन्छन्। भन्छन्– बाबा कहिले
यी सम्बन्धहरू छुट्छन्। यहाँ यो पुरानो सम्बन्ध भुल्नुपर्छ। आत्मा देहबाट छुट्टिएपछि
नै बन्धन खतम हुन्छन्। यतिबेला तिमीले जान्दछौ सबैको मृत्यु हुन्छ र यी जुन बन्धन
छन् यी सबै विकारी हुन्। अब बच्चाहरूले निर्विकारी सम्बन्ध चाहन्छन्। हामी आत्माहरू
निर्विकारी सम्बन्धमा थियौँ फेरि विकारी सम्बन्धमा फस्यौँ, अब फेरि हाम्रो सम्बन्ध
निर्विकारी हुन्छ। यी कुराहरू अरू कसैको बुद्धिमा हुँदैनन्। तिमी बच्चाहरूलाई थाहा
छ तिमीले आसुरी बन्धनबाट मुक्त हुने पुरुषार्थ गरिरहेका छौ। एक बाबासँग नै योग
राखिन्छ। त्यतातिर विकारको प्रतीक एक रावण छ भने यतातिर एक परम पवित्र राम
हुनुहुन्छ। यी कुरा दुनियाँले जान्दैन। भन्छन् पनि रामराज्य हुनुपर्छ तर सारा दुनियाँ
रावण राज्यमा छ, यो कुरा कसैले बुझ्दैनन्। रामराज्यमा त पवित्रता सुखशान्ति थियो।
त्यो अब छैन। तर जसले भन्छन् तिनीहरूले त्यसलाई महसुस गर्दैनन्। गायन पनि गरिन्छ यी
आत्माहरू सबै सीता हुन्। एक सीताको कुरा होइन। न एक अर्जुनको, न एक द्रौपदीको कुरा
हो। यो त अनेकौँको कुरा हो। दृष्टान्त एकको दिइन्छ। तिमीलाई पनि भनिन्छ तिमी सबै
अर्जुनजस्तै हौ। तिमीले भन्छौ अर्जुन त यी भगीरथ भए। बाबा भन्नुहुन्छ– मैले साधारण
वृद्ध तनको यो रथ लिन्छु। उनीहरूले फेरि चित्रहरूमा घोडागाडी देखाएका छन्, यसलाई
अज्ञान भनिन्छ। तिमी बच्चाहरूले बुझेका छौ यी जति पनि शास्त्र आदि छन् ती सबै
भक्तिमार्गका सामग्री हुन्। ७ दिनको कोर्स नलिएसम्म यी कुराहरू कसैले बुझ्न सक्दैनन्।
भक्ति छुट्टै हो। ज्ञान, भक्ति र वैराग्य भन्छन्। वास्तवमा संन्यासीहरूको वैराग्य
कुनै सच्चा होइन, उनीहरू त जङ्गलमा गएर फेरि आएर सहरमा बसेर ठुलाठुला भवन आदि
बनाउँछन्। केवल भन्छन् हामीले घरबार छोडेका छौँ। तिम्रो हो सारा पुरानो दुनियाँसँग
वैराग्य। यथार्थ कुरा यो हो, त्यो हो हदको कुरा त्यसैले त्यसलाई हठयोग, हदको
वैराग्य भनिन्छ।
तिमी बच्चाहरूलाई थाहा
छ यो पुरानो दुनियाँ अब खतम हुनुछ त्यसैले अवश्य यससँग वैराग्य आउनुपर्छ। बुद्धिले
पनि भन्छ, नयाँ घर बनाइयो भने पुरानोलाई भत्काइन्छ। तिमीलाई थाहा छ अहिले तयारी
भइरहेको छ। कलियुगपछि फेरि सत्ययुग अवश्य आउँछ। अहिले यो हो पुरुषोत्तम सङ्गमयुग।
पुरुषोत्तम महिना पनि हुन्छ। तिम्रो हो पुरुषोत्तमयुग। पुरुषोत्तम महिनामा दानपुण्य
आदि गर्छन्। तिमीले यस पुरुषोत्तमयुगमा सर्वस्व स्वाहा गर्छौ। तिमीले जान्दछौ– यो
सारा दुनियाँ नै स्वाहा हुनुछ। त्यसैले सारा दुनियाँको सर्वस्व स्वाहा हुनुभन्दा
पहिला हामीले आफूलाई किन स्वाहा नगरौँ। यसरी स्वाहा गरेपछि तिमीलाई कति धेरै पुण्य
मिल्छ। त्यो हो हदको पुरुषोत्तम महिना, यो त बेहदको कुरा हो। पुरुषोत्तम महिनामा
धेरै कथाहरू सुन्छन्, व्रत नियम पालना गर्छन्। तिम्रो त धेरै ठुलो व्रत हो। हुन त
तिम्रा बालबच्चा, घरबार आदि सबै छन् तर दिलबाट तिनमा ममत्व मेटिएको छ। आप मुये मर
गई दुनिया। तिमीलाई थाहा छ यी सबै खतम हुन्छन्। हामी बाबाका बनेका छौँ– पुरुषोत्तम
बन्नको लागि। सर्व पुरुषहरूमा अर्थात् मानिसहरूमा उत्तम पुरुष यी लक्ष्मीनारायण
सामुन्ने छन्। यिनीहरूभन्दा उत्तम कुनै पनि मानिस हुन सक्दैन। लक्ष्मीनारायण विश्वका
मालिक थिए। तिमी आएका छौ यस्तै पुरुषोत्तम बन्न। सबै मनुष्य मात्रले सद्गति पाउँछन्।
मानिसहरूको आत्मा पुरुषोत्तम बनेपछि फेरि उनीहरूको निवासस्थान पनि त्यस्तै उत्तम
हुनुपर्छ। जसरी राष्ट्रपति सबैभन्दा उच्च पदमा हुन्छन् त्यसैले उनको निवासको लागि
राष्ट्रपति भवन मिल्छ। कति ठुलो महल, बगैँचा आदि हुन्छ। यो भयो यहाँको कुरा।
रामराज्यको विषयमा त तिमीलाई थाहा छ। तिमी सत्ययुगी पुरुषोत्तम बन्छौ फेरि यी
कलियुगी पुरुषोत्तम रहँदैनन्। तिमीले सत्ययुगी पुरुषोत्तम बन्नको लागि पुरुषार्थ
गरिरहेका छौ। तिमीलाई थाहा छ हाम्रा महलहरू कस्ता बनेका हुन्छन्। भोलि रामराज्य
हुनेछ। तिमी रामराज्यमा पुरुषोत्तम हुनेछौ। तिमीले चुनौती दिन्छौ– हामीले रावण
राज्यलाई परिवर्तन गरेर रामराज्य स्थापन गर्छौँ। अहिले तिमीहरूले चुनौती दिएका छौ
भने एकअर्कालाई पुरुषोत्तम बनाउनुछ– भविष्य २१ जन्मको लागि। देवताहरूको महिमा गायन
गर्छन् सर्वगुण सम्पन्न.... अहिंसा परमो देवीदेवता धर्म। यो कुरा तिमीलाई थाहा छ अरू
कुनै मानिसलाई थाहा छैन। तिमी अर्को जन्ममा पुरुषोत्तम बन्छौ फेरि यस रावण राज्यको
कोही पनि रहँदैन। अहिले तिमीलाई सारा ज्ञान छ। अब रावण राज्य नै खतम हुनुछ।
आजकाल त समयको पनि
कुनै भरोसा छैन, अकालमै मृत्यु हुन्छ अथवा कसैको दुस्मनी भयो भने समाप्त गरिदिन्छन्।
तिमीलाई त कसैले समाप्त गर्न सक्दैन। तिमी अविनाशी पुरुषोत्तम हौ, यिनीहरू हुन्
विनाशी, त्यो पनि रावण राज्यमा। उनीहरूलाई तिम्रो दैवीराज्यको विषयमा थाहै छैन।
तिमीलाई थाहा छ– हामीले आफ्नो दैवी स्वराज्य स्थापन गरिरहेका छौँ, श्रीमतमा। जसको
पूजा हुन्छ उनीहरूले अवश्य राम्रो कर्तव्य गरेर गएका हुन्छन्। यो कुरा तिमीलाई थाहा
छ। हेर जगदम्बाको कति पूजा हुन्छ। अहिले यिनी हुन् ज्ञानज्ञानेश्वरी। तिमी जगदम्बाका
बच्चीहरू हौ ज्ञानज्ञानेश्वरी र राजराजेश्वरी। दुवैमा उत्तम को हुन्?
ज्ञानज्ञानेश्वरी समक्ष गएर अनेक प्रकारका मनोकामनाहरू सुनाउँछन्। अनेक चीजहरू
माग्छन्। जगदम्बाको मन्दिर र लक्ष्मीनारायणको मन्दिरमा धेरै फरक छ। जगदम्बाको
मन्दिर धेरै सानो हुन्छ। साँघुरो ठाउँमा पनि मानिसहरूले भिड नै मन पराउँछन्।
श्रीनाथको मन्दिरमा पनि धेरै भिड हुन्छ, भीड हटाउनको लागि कपडाको लठ्ठीले
हानिरहन्छन्। कलकत्तामा कालीको मन्दिर कति सानो छ, भित्र धेरै तेल र पानी हुन्छ।
भित्र बडो सावधानीपूर्वक जानुपर्छ। धेरै भिड हुन्छ। लक्ष्मीनारायणको मन्दिर त धेरै
ठुलो हुन्छ। जगदम्बाको किन सानो हुन्छ? मम्मा गरिब थिइन् नि! त्यसैले उनको मन्दिर
पनि साधारण र सानो छ। उनीहरू धनवान छन्, त्यसैले मन्दिरमा कहिल्यै मेला लाग्दैन।
जगदम्बाको मन्दिरमा धेरै मेला लाग्छन्। बाहिरबाट धेरै मानिसहरू आउँछन्। महालक्ष्मीको
मन्दिर पनि छ, यो पनि तिमीलाई थाहा छ यसमा लक्ष्मी पनि छिन् अनि नारायण पनि छन्।
उनीहरूसँग केवल धन माग्छन् किनकि उनीहरू धनवान बनेका छन् नि। यहाँ त छन् अविनाशी
ज्ञान रत्न। धनको लागि लक्ष्मीसँग जान्छन्, बाँकी अनेक आशाहरू राखेर जगदम्बासँग
जान्छन्। तिमी जगदम्बाका बच्चाहरू हौ। तिमीहरूले २१ जन्मका लागि सबैका मनोकामनाहरू
पूरा गर्छौ। एउटै महामन्त्रले २१ जन्मको लागि सबै मनोकामनाहरू पूरा भइरहेका छन्। अरू
जति पनि मन्त्र आदि जप्छन्, तिनमा केही अर्थ छैन। बाबा सम्झाउनुहुन्छ यो मन्त्र पनि
तिमीलाई किन दिन्छु, किनकि तिमी पतित छौ नि! म एकलाई याद गर्छौ अनि मात्रै पावन
बन्छौ। आत्माहरूलाई यो कुरा बाबाबाहेक, अरू कसैले भन्न सक्दैन। यसबाट सिद्ध हुन्छ,
यो सहज राजयोग एक बाबाले मात्रै सिकाउनुहुन्छ। मन्त्र पनि उहाँले नै दिनुहुन्छ।
पाँच हजार वर्ष पहिला पनि मन्त्र दिनुभएको थियो। अहिले यो स्मृति आएको छ। अहिले तिमी
बाबाको सामुन्ने बसेका छौ। क्राइस्टले यहाँ केही गरेर गएका थिए त्यसपछि फेरि उनको
बाइबल पढिरहन्छन्। उनले के गरेर गए? धर्मको स्थापना गरेर गए। तिमीलाई थाहा छ
शिवबाबाले के गरेर जानुभयो। श्रीकृष्णले के गरेर गए! श्रीकृष्ण त सत्ययुगका
राजकुमार थिए, उनै फेरि नारायण बने फेरि पुनर्जन्म लिँदै आएका छन्। शिवबाबाले पनि
केही गरेर जानुभएको छ त्यसैले त उहाँको यति पूजा आदि हुन्छ। अहिले तिमीलाई थाहा छ
राजयोग सिकाएर जानुभएको थियो, यस विश्वलाई स्वर्ग बनाएर जानुभएको थियो, जुन स्वर्गको
पहिलो नम्बर मालिक स्वयं बन्नुभएन, त्यो पहिलो नम्बरको मालिक त श्रीकृष्ण बने।
अवश्य श्रीकृष्णको आत्मालाई पढाउनुभयो, यो कुरा तिमीले बुझेका छौ। तिमीहरू
श्रीकृष्णका वंशावली यहाँ बसेका छौ। राजारानीलाई माता-पिता अन्नदाता भन्छन्। सबै
ठाउँमा पनि राजालाई अन्नदाता भनिन्छ। राजाहरूको कति मान्यता हुन्छ। पहिला सबै
गुनासाहरू राजा समक्ष आउँथे, दरबार लाग्थ्यो। कसैले भुल गरेका रहेछन् भने धेरै
पछुताउँथे। आजकाल त बारम्बार जेल जाने अपराधीहरू (जेल बर्ड्स) धेरै छन्। घरी घरी
जेलमा जान्छन्। अब तिमी बच्चाहरू गर्भजेलमा जानुछैन। तिमी त गर्भ महलमा आउनुछ,
त्यसैले बाबालाई याद गरेमा विकर्म विनाश हुन्छन् फेरि कहिल्यै गर्भजेलमा जाँदैनौ।
त्यहाँ पाप हुँदैन। सबै गर्भ महलमा हुन्छन्, केवल थोरै पुरुषार्थ गरेका हुनाले सानो
पद पाउँछन्। उच्च पद पाउनेहरूलाई सुख पनि धेरै हुन्छ। यहाँ त केवल ५ वर्षको लागि
प्रदेश प्रमुख, राष्ट्रपति आदि नियुक्त गर्छन्। तिमीले सम्झाउन सक्छौ– भारतवर्ष नै
दैवी राजस्थान बन्यो। अहिले त न राजस्थान छ न राजारानी छन्। पहिला कसैले सरकारलाई
पैसा दिए भने महाराजा-महारानीको पदवी मिल्थ्यो। यहाँ त तिम्रो पढाइ हुन्छ। राजारानी
कहिल्यै पढाइबाट बन्दैनन्। तिम्रो लक्ष्य उद्देश्य हो, यस पढाइबाट तिमी विश्वका
महाराजा-महारानी बन्छौ। राजारानी पनि होइन। राजारानीको पदवी त्रेताबाट सुरु हुन्छ।
तिमीहरू अहिले
ज्ञानज्ञानेश्वरी बन्छौ फेरि राजराजेश्वरी बन्छौ। कसले बनाउनुहुन्छ? ईश्वरले। कसरी?
राजयोग र ज्ञानले। राज्य भाग्यको लागि बाबालाई याद गर्नुछ। बाबाले तिमीलाई स्वर्गको
मालिक बनाउनुहुन्छ, यो त धेरै सहज छ नि। स्वर्ग स्थापन गर्ने परमपिता परमात्मा नै
हुनुहुन्छ। स्वर्गमा त स्वर्गको स्थापना गर्नुहुन्न। अवश्य उनीहरूलाई सङ्गममा पद
मिल्छ, त्यसैले यसलाई मनोहर कल्याणकारी सङ्गमयुग भनिन्छ। बाबाले बच्चाहरूको कति
कल्याण गर्नुहुन्छ, जसले स्वर्गको मालिक बनाउनुहुन्छ। भन्छन् पनि परमपिता परमात्माले
नयाँ दुनियाँ रच्नुहुन्छ, तर त्यस दुनियाँमा कसले राज्य गर्छन्, यो कुरा कसैलाई थाहा
छैन। तिमीले बुझेका छौ रामराज्य केलाई भनिन्छ। उनीहरूले त रामराज्यलाई लाखौँ वर्ष
लामो हुन्छ भनिदिएका छन्। कलियुग ४० हजार वर्ष बाँकी छ भनिदिएका छन्। बाबा
भन्नुहुन्छ– म आउँछु नै सङ्गममा। आएर ब्रह्माद्वारा विष्णुपुरीको स्थापना गर्छु।
सत्यनारायणको कथा पनि यही हो। सत्ययुगमा तिमी लक्ष्मीनारायण सर्वगुण सम्पन्न...
बन्छौ। फेरि कला घट्दै जान्छन्। स्थापना भएपछि मात्र नयाँ वृक्ष भनिन्छ। नयाँ घर
बनेपछि नयाँ भनिन्छ। तिमी पनि सत्ययुगमा आयौ भने नयाँ राजधानी हुन्छ फेरि कला घट्दै
जान्छन्। स्थापना यहीँ हुन्छ। यी अदभूत कुराहरू कसैका बुद्धिमा पनि छैनन्। त्यसैले
बाबाले सम्झाउनुभएको छ– सबै आत्माहरूको लागि यो हो पुरुषोत्तम बन्ने युग।
जीवनमुक्तलाई पुरुषोत्तम भनिन्छ। जीवनबन्धलाई पुरुषोत्तम भनिँदैन। यस समयमा सबै
जीवनबन्धमा छन्। बाबा आएर सबैलाई जीवनमुक्त बनाउनुहुन्छ। तिमी आधाकल्प जीवनमुक्त
हुन्छौ फेरि जीवनबन्धमा आउँछौ। यो कुरा तिमीले बुझेका छौ। तिम्रो व्रत नियम के हो?
बाबाले आएर व्रत गर्न लगाउनुभएको छ, खानपानको कुरा होइन। सबैथोक गर केवल एक त
बाबालाई याद गर र पवित्र बन। पुरुषोत्तम महिनामा प्रायः जसो पवित्र पनि रहन्छन् होला।
वास्तवमा यस पुरुषोत्तम युगको महिमा छ त्यसैले तिमीलाई कति खुसी, कति नसा हुनुपर्छ।
अब तिमीबाट कुनै पाप कर्म हुनुहुँदैन किनकि तिमी पुरुषोत्तम बनिरहेका छौ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) यस पुरुषोत्तमयुगमा जीवनमुक्त बन्नको लागि पुण्य कर्म गर्नुछ। पवित्र अवश्य
रहनुछ। घरबार आदि सबै हुँदाहुँदै दिलबाट ममत्व मेटाइदिनुछ।
२) श्रीमतमा आफ्नो
तन-मन-धनले दैवी राज्य स्थापन गर्नुछ। पुरुषोत्तम बनाउने सेवा गर्नुछ।
वरदान:–
सहयोगद्वारा
स्वयंलाई सहज योगी बनाउने निरन्तर योगी भव
सङ्गमयुगमा बाबाको
सहयोगी बन्नु– यही सहज योगी बन्ने विधि हो। जसको हर सङ्कल्प, शब्द र कर्म बाबाको वा
आफ्नो राज्यको स्थापनाको कर्तव्यमा सहयोगी हुन्छ, उसलाई ज्ञानी, योगी, निरन्तर सच्चा
सेवाधारी आत्मा भनिन्छ। मनले भएन भने तनले, तनले भएन भने धनले, धनले पनि भएन भने
जुन सेवामा सहयोगी बन्न सक्छौ त्यस सेवामा सहयोगी बन्यौ भने यो पनि योग हो। तिमीहरू
सबै हौ नै बाबाका भने बाबा र तिमी, तेस्रो कोही नहोस्– यसैबाट निरन्तर योगी बन्नेछौ।
स्लोगन:–
सङ्गममा सहन
गर्नु अर्थात् मर्नु नै स्वर्गको राज्य लिनु हो।
अव्यक्त इसारा:–
ज्वालास्वरूप स्थितिमा स्थित भएर शक्तिशाली यादको अनुभव गर
समय अनुसार रहेका जति
पनि मनका, सम्बन्ध-सम्पर्कका हिसाबकिताब छन् तिनलाई ज्वालास्वरूप यादमा भस्म गर।
तिमी बच्चाहरूमा लगन छ, यो बापदादाले पनि मान्नुहुन्छ तर अब लगनलाई अग्निरूपमा
ल्याऊ। विश्वमा जुन चारैतिर भ्रष्टाचार, अत्याचारको अग्नि बलिरहेको छ त्यो तिमी
बच्चाहरूको योग अग्निले, ज्वाला रूप यादले समाप्त हुनेछ।