16.08.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिम्रो
लक्ष्य-उद्देश्य हो आश्चर्यजनक रङ्गीविरङ्गी दुनियाँ (स्वर्ग) को मालिक बन्नु ,
त्यसैले सदैव यही खुसीमा हर्षित रहने गर , न िराश नहो ऊ।”
प्रश्न:–
तकदिरवान
बच्चाहरूलाई सदैव कुन उमङ्ग रहिरहनेछ?
उत्तर:–
हामीलाई बेहदका
बाबाले नयाँ दुनियाँका राजकुमार-राजकुमारी बनाउनको लागि पढाइरहनुभएको छ। तिमीले यही
उमङ्गले सबैलाई सम्झाउन सक्छौ– यो लडाइँमा स्वर्ग समाहित भएको छ। यो लडाइँपछि
स्वर्गको द्वार खुल्नेछ– यही खुसीमा रहनुछ र खुसी खुसीले अरूलाई पनि सम्झाउनुछ।
गीत:–
दुनिया रंग
रंगीली बाबा..
ओम् शान्ति ।
यो कसले भने
बाबालाई– दुनियाँ रङ्गीविरङ्गी छ? अब यसको अर्थ अरू कसैले बुझ्न सक्दैन। बाबाले
सम्झाउनुभएको छ– यो खेल रङ्गीविरङ्गी छ। कुनै पनि बाइसकोप आदि रहेछ भने त्यसमा धेरै
रङ्गीविरङ्गी दृश्य-दृश्यावली आदि हुन्छन् नि। तर यो बेहदको दुनियाँलाई कसैले
जान्दैनन्। तिमीहरूमा पनि नम्बरवार पुरुषार्थ अनुसार सारा विश्वको आदि-मध्य-अन्त्यको
ज्ञान छ। तिमीले बुझेका छौ– स्वर्ग कति रङ्गीविरङ्गी छ, सुन्दर छ, जसलाई कसैले पनि
जान्दैनन्। कसैको बुद्धिमा छैन, त्यो हो आश्चर्यजनक रङ्गीविरङ्गी दुनियाँ। गायन
गरिन्छ– विश्वको आश्चर्य– यसलाई केवल तिमीले जान्दछौ। तिमीले नै विश्वको आश्चर्यको
लागि आआफ्नो तकदिर अनुसार पुरुषार्थ गरिरहेका छौ। लक्ष्य-उद्देश्य त छ। त्यो हो
विश्वको आश्चर्य, ठुलो रङ्गीविरङ्गी दुनियाँ छ, जहाँ हिरा-जुहारतका महल हुन्छन्।
तिमी एक सेकेन्डमा आश्चर्यजनक वैकुण्ठमा गइहाल्छौ। खेल्छौ, रासविलास आदि गर्छौ।
अवश्य आश्चर्यजनक दुनियाँ छ नि। यहाँ छ मायाको राज्य। यो पनि कति आश्चर्यजनक छ।
मानिसहरूले के के गरिरहन्छन्। दुनियाँमा यो कसैले पनि बुझ्दैनन्– हामीले नाटकमा खेल
खेलिरहेका छौँ। यदि नाटक बुझियो भने नाटकको आदि-मध्य-अन्त्यको पनि ज्ञान हुनुपर्छ।
तिमी बच्चाहरूलाई थाहा छ– बाबा पनि कति साधारण हुनुहुन्छ। मायाले बिल्कुलै
बिर्साइदिन्छ। नाकबाट समात्यो, यो बिर्सायो। भर्खरै को भर्खरै यादमा छन्, धेरै
हर्षित हुन्छन्। ओहो! म विश्वको आश्चर्य स्वर्गको मालिक बनिरहेको छु, फेरि
बिर्सिन्छन् अनि निराश हुन्छन्। यस्तो निरास हुन्छन् कि भिल्ल पनि त्यस्तो निराश
हुँदैन। जस्तो कि अलिकति पनि बुझ्दै बुझ्दैनन्– हामी स्वर्गमा जानेछौँ। हामीलाई
बेहदका बाबाले पढाइरहनुभएको छ। जस्तो कि एकदम मुर्दा बन्छन्। त्यो खुसी, नशा रहँदैन।
अहिले विश्वको आश्चर्यको स्थापना भइरहेको छ। श्रीकृष्ण विश्वको आश्चर्यका राजकुमार
हुनुहुन्छ। यो पनि तिमीलाई थाहा छ। श्रीकृष्ण जन्माष्टमीमा पनि जो ज्ञानमा होसियार
छन्, उनीहरूले सम्झाउँछन् होला। श्रीकृष्ण विश्वको आश्चर्यका राजकुमार थिए। त्यो
सत्ययुग फेरि कहाँ गयो! सत्ययुगदेखि लिएर सिँढी कसरी ओर्लियौ। सत्ययुगबाट कलियुग
कसरी भयो? उतरतीकला कसरी भयो? तिमी बच्चाहरूको बुद्धिमा नै आउँछ। त्यो खुसीले
सम्झाउनुपर्छ। श्रीकृष्ण आइरहनुभएको छ। श्रीकृष्णको राज्य फेरि स्थापना भइरहेको छ।
यो सुनेर भारतवर्षका मानिसहरूलाई पनि खुसी हुनुपर्छ। तर यो उमङ्ग तिनीहरूलाई आउँछ
जो तकदिरवान हुन्छन्। दुनियाँका मानिसहरूले त रत्नलाई पनि पत्थर सम्झेर
फ्याँकिदिन्छन्। यी अविनाशी ज्ञान रत्न हुन् नि। यी ज्ञान रत्नका सागर हुनुहुन्छ
बाबा। यी रत्नहरूको धेरै मूल्य छ। यी ज्ञान रत्न धारण गर्नुछ। अहिले तिमीले
ज्ञानसागरबाट प्रत्यक्ष सुन्छौ, अनि फेरि अरू केही पनि सुन्ने आवश्यकता नै रहँदैन।
सत्ययुगमा यी हुँदैनन्। न त्यहाँ एल. एल. बी.(कानुन) पढेका, न सर्जन
बन्नुपर्नेहुन्छ। त्यहाँ यो ज्ञान नै हुँदैन। त्यहाँ त तिमीले प्रारब्ध भोग्छौ।
त्यसैले जन्माष्टमीमा बच्चाहरूले राम्रोसँग सम्झाउनुछ। यसमा अनेक पटक मुरली पनि
चलेको छ। बच्चाहरूले विचार सागर मन्थन गर्नुछ, अनि मात्रै प्वाइन्टहरू निस्किन्छन्।
भाषण गर्नुछ भने सबेरै उठेर लेख्नुपर्छ, फेरि पढ्नुपर्छ। बिर्सिएका प्वाइन्टहरू फेरि
थप्नुपर्छ। यसबाट राम्रो धारणा हुन्छ, फेरि पनि लिखत अनुसार सबै बोल्न सक्दैनौ। केही
न केही प्वाइन्टहरू बिर्सिन्छन्। त्यसैले सम्झाउनु हुन्छ– श्रीकृष्ण को हुनुहुन्छ,
उहाँ त विश्वको आश्चर्यका मालिक हुनुहुन्थ्यो। भारतवर्ष नै प्याराडाइज स्वर्ग थियो।
त्यो प्याराडाइजका मालिक श्रीकृष्ण हुनुहुन्थ्यो। हामीले तपाईलाई सन्देश सुनाउँछौँ–
श्रीकृष्ण आइरहनुभएको छ। राजयोग भगवानले नै सिकाउनुभएको हो। अहिले पनि सिकाइरहनुभएको
छ। पवित्रताको लागि पनि पुरुषार्थ गराइरहनुभएको छ, डबल सिरताज देवता बनाउनको लागि।
यी सबै कुरा बच्चाहरूको स्मृतिमा आउनुपर्छ। जसको अभ्यास हुन्छ, उसले राम्रोसँग
सम्झाउन सक्छ। श्रीकृष्णको चित्रमा पनि लिखत ठुलो फस्टक्लास छ। यो लडाइँपछि स्वर्गको
द्वार खुल्नेछ। यो लडाइँमा जस्तो कि स्वर्ग समाहित भएको छ। बच्चाहरू पनि धेरै खुसीमा
रहनुपर्छ, जन्माष्टमीमा मानिसहरूले कपडा आदि नयाँ लगाउँछन्। तर तिमीलाई थाहा छ– अब
हामीले यो पुरानो शरीर छोडेर नयाँ कञ्चन शरीर लिनेछौँ। कञ्चन काया भनिन्छ नि कञ्चन
अर्थात् सुनको काया। आत्मा पनि पवित्र, शरीर पनि पवित्र। अहिले कञ्चन छैन। नम्बरवार
बनिरहेको छ। कञ्चन बनिन्छ नै यादको यात्राबाट। बाबालाई थाहा छ– धेरै छन् जसलाई याद
गर्ने अक्कल पनि छैन। यादको मेहनत गर्दा नै वाणीमा जौहर (शक्ति) आउँछ। अहिले त्यो
तागत कहाँ छ। योगै छैन। लक्ष्मी-नारायण बन्ने अनुहार पनि चाहिन्छ नि। पढाइ चाहिन्छ।
श्रीकृष्ण जन्माष्टमीमा सम्झाउन धेरै सहज छ। श्रीकृष्णको लागि भनिन्छ श्याम-सुन्दर।
श्रीकृष्णलाई पनि कालो, नारायणलाई पनि कालो, रामलाई पनि कालो बनाएका छन्। बाबा स्वयं
भन्नुहुन्छ– मेरा बच्चाहरू जो पहिला ज्ञान चितामा बसेर स्वर्गका मालिक बने, फेरि कहाँ
गए। काम चितामा बसेर नम्बरवार गिर्दै आए। सृष्टि पनि सतोप्रधान, सतो, रजो, तमो बन्छ।
अनि मानिसहरूको अवस्था पनि त्यस्तै हुन्छ। काम चितामा बसेर सबै श्याम अर्थात् काला
बनेका छन्। अब म आएको छु सुन्दर बनाउन। आत्मालाई सुन्दर बनाइन्छ। बाबाले हरेकको
चालचलनबाट बुझ्नुहुन्छ– मनसा, वाचा, कर्मणामा कसरी चल्छन्। कर्म कसरी गर्छन्,
त्यसबाट थाहा हुन्छ। बच्चाहरूको चालचलन त बडो फस्टक्लास हुनुपर्छ। मुखबाट सदैव रत्न
निस्कनुपर्छ। श्रीकृष्ण जयन्तीमा सम्झाउन धेरै राम्रो हुन्छ। श्याम र सुन्दरको टपिक
होस्। श्रीकृष्णलाई पनि कालो भने नारायणलाई पनि कालो फेरि राधेलाई पनि काली किन
बनाउँछन्? शिवलिङ्ग पनि कालो पत्थरबाट बनाउँछन्। अब उहाँ शिवबाबा कुनै कालो कहाँ
हुनुहुन्छ र। शिव हुनुहुन्छ के, र चिज के बनाउँछन्। यी कुरा तिमी बच्चाहरूलाई थाहा
छ। कालो किन बनाउँछन्– तिमीले यसमा सम्झाउन सक्छौ। अब हेरौँ बच्चाहरूले के सेवा
गर्छन्। बाबा त भन्नुहुन्छ– यो ज्ञान सबै धर्मका मानिसहरूका लागि हो। उनीहरूलाई पनि
भन्नुछ– बाबा भन्नुहुन्छ म एकलाई याद गर, तपाईहरूका जन्मजन्मान्तरका पाप काटिन्छन्।
पवित्र बन्नुछ। कसैलाई पनि तिमीले राखी बाँध्न सक्छौ। युरोपियनलाई पनि बाँध्न सक्छौ।
जोसुकै भए पनि, उनलाई भन्नु छ– भगवानुवाच, अवश्य कुनै तनबाट भन्नुहुन्छ नि।
भन्नुहुन्छ– म एकलाई याद गर। देहका सबै धर्म छोडेर आफूलाई आत्मा सम्झ। बाबाले कति
सम्झाउनुहुन्छ, तैपनि बुझ्दैनन् भने बाबाले बुझ्नुहुन्छ– यिनीहरूको तकदिरमा छैन। यो
त बुझ्दा हुन्– शिवबाबाले पढाउनुहुन्छ। रथबिना त पढाउन सक्नुहुन्न, इसारा दिनु नै
पर्याप्त हुन्छ। कुनै कुनै बच्चाहरूलाई सम्झाउने अभ्यास राम्रो छ। बाबा-मम्माको लागि
त जान्दछौ छौ– यिनीहरूले उच्च पद पाउनेछन्। मम्माले पनि सेवा गर्नुहुन्थ्यो नि। यी
कुराहरू पनि सम्झाउनुपर्ने हुन्छ। मायाका पनि अनेक प्रकारका रूप हुन्छन्। धेरैले
भन्छन्– हामीमा मम्मा आउनुहुन्छ, शिवबाबा आउनुहुन्छ तर नयाँ नयाँ प्वाइन्टहरू त
मुकरर गरिएको तनद्वारा नै सुनाउनुहुन्छ कि अरू कसैद्वारा सुनाउनुहुन्छ। यो हुन
सक्दैन। त्यसरी त बच्चाहरूले पनि धेरै प्रकारका आफ्ना प्वाइन्टहरू पनि सुनाउँछन्।
पत्रिकामा कति कुरा आउँछन्। यस्तो होइन– मम्मा-बाबा उनीहरूमा आउनुहुन्छ, उहाँहरूले
लेखाउनुहुन्छ। होइन, बाबा त यहाँ प्रत्यक्ष आउनुहुन्छ, त्यसैले त यहाँ सुन्नको लागि
आउँछौ। यदि मम्मा-बाबा कसैमा आउनुहुन्छ भने फेरि त्यहीँ बसेर उनीहरूबाट पढे हुन्छ।
होइन, सबैलाई यहाँ आउने आकर्षण हुन्छ। टाढा रहनेहरूलाई झन् धेरै आकर्षण हुन्छ।
त्यसैले बच्चाहरूले जन्माष्टमीमा पनि धेरै सेवा गर्न सक्छन्। श्रीकृष्णको जन्म कहिले
भयो, यो पनि कसैलाई थाहा छैन। तिम्रो अब झोली भरिँदैछ, त्यसैले खुसी हुनुपर्छ। तर
बाबाले देख्नुहुन्छ–कोही कोहीमा बिल्कुल खुसी हुँदैन। मानौँ श्रीमतमा नचल्ने त कसम
खाएका छन्। सेवाधारी बच्चाहरूलाई त केवल सेवा नै सेवा ध्यानमा आइरहन्छ। बुझ्छन्–
बाबाको सेवा गरिएन, कसैलाई मार्ग देखाइएन भने अर्थात् हामी अन्धै रह्यौँ। यो बुझ्ने
कुरा हो नि। ब्याजमा पनि श्रीकृष्णको चित्र छ, यसमा पनि तिमीले सम्झाउन सक्छौ।
जोसुकैलाई पनि सोध– उहाँलाई कालो किन देखाइएको हो, बताउन सक्दैनन्। शास्त्रहरूमा
लेखिदिएका छन्– रामकी स्त्री चोरिइन्। तर त्यहाँ यस्तो कुनै कुरा हुँदैन।
तिमी भारतवर्षका
मानिसहरू नै परिस्तानी थियौ, अहिले कब्रिस्तानी बनेका छौ, फेरि ज्ञान चितामा बसेर
दैवी गुण धारण गरेर परिस्तानी बन्छौ। सेवा त बच्चाहरूले गर्नुछ। सबैलाई सन्देश
दिनुछ। यसमा ठुलो समझ चाहिन्छ। यति नशा चाहिन्छ– हामीलाई भगवानले पढाउनुहुन्छ।
भगवानसँगै रहन्छौँ। भगवानका बच्चा पनि हौँ, अनि फेरि हामीले पढ्छौँ पनि। बोर्डिङमा
बस्यौ भने फेरि बाहिरको सङ्ग लाग्दैन। यहाँ यो पनि विद्यालय हो नि। क्रिस्चियनमा
फेरि पनि शिष्टाचार हुन्छ, अहिले त बिल्कुल शिष्टाचारहीन, तमोप्रधान पतित छन्।
देवताहरूको अगाडि गएर ढोग्छन्। उनीहरूको कति महिमा छ। सत्ययुगमा सबैको दैवी चरित्र
थियो, अहिले आसुरी चरित्र छ। यस्ता प्रकारले तिमीले भाषण गरेमा त्यो सुनेर धेरै खुसी
हुन्छन्। सानो मुख कुरा ठुलो– यो श्रीकृष्णको लागि भनिन्छ। अहिले तिमीले कति ठुला
कुरा सुन्छौ, यति ठुलो बन्नको लागि। तिमीले राखी कसैलाई पनि बाँध्न सक्छौ। यो बाबाको
सन्देश त सबैलाई दिनुछ। यो लडाइँले स्वर्गको द्वार खोल्छ। अब पतितबाट पावन बन्नुछ।
बाबालाई याद गर्नुछ। देहधारीलाई याद गर्नुछैन। एउटै बाबाले सबैको सदगति गर्नुहुन्छ।
यो हो नै कलियुगी दुनियाँ। तिमी बच्चाहरूको बुद्धिमा पनि नम्बरवार पुरुषार्थ अनुसार
धारणा हुन्छ, विद्यालयमा पनि छात्रवृत्ति लिनको लागि धेरै मेहनत गर्छन्। यहाँ पनि
कति ठुलो छात्रवृत्ति छ। सेवा धेरै छ। माताहरूले पनि धेरै सेवा गर्न सक्छन्, चित्र
पनि सबै लिएर जाऊ। श्रीकृष्णको कालो, नारायणको कालो, रामचन्द्रको पनि कालो चित्र
देखाऊ, शिवको पनि कालो... फेरि बसेर सम्झाऊ। देवताहरूलाई कालो किन बनाइयो?
श्याम-सुन्दर। श्रीनाथद्वारेमा गयौ भने बिल्कुल कालो चित्र छ। त्यसैले यस्ता यस्ता
चित्रहरू जम्मा गर्नुपर्छ। आफ्नो पनि देखाउनुपर्छ। श्याम-सुन्दरको अर्थ सम्झाएर भन–
तिमी पनि अब राखी बाँधेर, काम चिताबाट ओर्लिएर ज्ञान चितामा बस्यौ भने गोरो बन्छौ।
यहाँ पनि तिमीले सेवा गर्न सक्छौ। भाषण धेरै राम्रोसँग गर्न सक्छौ– उहाँहरूलाई कालो
किन बनाइयो! शिवलिङ्गलाई पनि कालो किन बनाइयो! सुन्दर र श्याम किन भनिन्छ, हामीले
सम्झाउँछौँ। यसमा कोही रिसाउँदैन। सेवा त धेरै सहज छ। बाबाले त सम्झाइरहनुहुन्छ–
प्यारा बच्चाहरू! राम्रो गुण धारण गर, कुलको नाम प्रसिद्ध बनाऊ। तिमीलाई थाहा छ–
अहिले हामी उच्चभन्दा उच्च ब्राह्मण कुलका हौँ। फेरि राखी बन्धनको अर्थ तिमीले
जसलाई पनि सम्झाउन सक्छौ। वेश्याहरूलाई पनि सम्झाएर राखी बाँध्न सक्छौ। चित्र पनि
साथमा होस्। बाबा भन्नुहुन्छ– म एकलाई याद गर– यो आदेश मान्नाले तिमी गोरो बन्छौ।
धेरै युक्तिहरू छन्। कोही पनि रिसाउँदैन। कुनै पनि मनुष्य मात्रले कसैको सदगति गर्न
सक्दैनन् सिवाय एक बाबा। हुन त राखी बन्धनको दिन नभएपनि जहिले पनि राखी बाँध्न सक्छौ।
यसको त अर्थ बुझ्नुछ। राखी जहिले चाह्यो तब बाँध्न सकिन्छ। तिम्रो कामधन्दा नै यही
हो। भन, बाबासँग प्रतिज्ञा गर। बाबा भन्नुहुन्छ– म एकलाई याद गरेमा पवित्र बन्छौ।
मस्जिदमा पनि गएर तिमीले उनीहरूलाई सम्झाउन सक्छौ। हामी राखी बाँध्नको लागि आएका
हौँ। यो कुरा तपाईलाई पनि बुझ्ने हक छ। बाबा भन्नुहुन्छ– मलाई याद गरेमा पाप
काटिन्छन्, तपाई पावन बनेर पावन दुनियाँको मालिक बन्नुहुन्छ। अहिले त पतित दुनियाँ
हो नि। सत्ययुग थियो अवश्य, अहिले कलियुग हो। तपाई सत्ययुगमा खुदाको पासमा जानुछैन?
यसरी सुनायौ भने तुरून्तै आएर पाउमा पर्छन्। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) ज्ञान रत्नको सागरबाट जुन अविनाशी ज्ञान रत्न प्राप्त भइरहेका छन्, त्यसलाई
महत्व दिनुछ। विचार सागर मन्थन गरेर स्वयंमा ज्ञान रत्न धारण गर्नुछ। मुखबाट सदैव
रत्न निकाल्नुछ।
२) यादको यात्रामा
रहेर वाणीलाई प्रभावशाली बनाउनुछ। यादबाट नै आत्मा कञ्चन बन्छन्, त्यसैले याद गर्ने
बुद्धि सिक्नुछ।
वरदान:–
मैपनको
सूक्ष्म स्वरूपको पनि त्याग गर्ने सदैव निर्भय , बेफिक्र बादसाह भव
आजको दुनियाँमा धन पनि
छ र भय पनि छ। जति धन त्यति नै भयमा खान्छन्, भयमा नै सुत्छन्। जहाँ मैपन छ, त्यहाँ
भय अवश्य हुन्छ। कुनै सुनको हरिण पनि यदि मेरो हो भने भय हुन्छ। तर यदि मेरो एक
शिवबाबा हुनुहुन्छ भने निर्भय बनिन्छ। त्यसैले सूक्ष्मरूपले पनि मेरो मेरोलाई जाँच
गरेर त्यसको त्याग गर, निर्भय, बेफिक्र बादसाह रहने वरदान मिल्नेछ।
स्लोगन:–
अरूको
विचारलाई सम्मान दियौ भने तिमीलाई सम्मान स्वत: प्राप्त हुन्छ।
अव्यक्त इसारा : –
सहजयोगी बन्नुछ भने परमात्म प्यारको अनुभवी बन
एकातिर बेहदको
वैराग्य होस्, अर्कोतिर बाबासमान बाबाको प्रेममा लवलीन होऊ, एक सेकेन्ड र एक
सङ्कल्प पनि यो लवलीन अवस्थाबाट तल नआऊ। यस्ता लवलीन बच्चाहरूको सङ्गठनले नै
बाबालाई प्रत्यक्ष गर्नेछ। तिमी निमित्त आत्माहरूले पवित्र प्रेम र आफ्नो
प्राप्तिद्वारा सबैलाई श्रेष्ठ पालना देऊ, योग्य बनाऊ अर्थात् योगी बनाऊ।