16.09.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– आपसमा
एकअर्कालाई बाबाको यादमा रहने इसारा दिँदै , सावधान गर्दै उन्नति गरिराख।”
प्रश्न:–
बाबासमान
ज्ञानस्वरूप (नलेजफुल) बन्ने बच्चाहरूको जीवनको मुख्य धारणा सुनाऊ?
उत्तर:–
उनीहरू सदैव
मुस्कुराइरहन्छन्, कहिल्यै पनि कुनै कुरामा उनीहरू रुँदैनन्। जेसुकै भएपनि नयाँ केही
पनि होइन (नथिङ न्यु)। यसरी जो अहिले ज्ञानस्वरूप अर्थात् रुवाइ प्रुफ बन्छन्,
कहिल्यै कुनै कुरामा अशान्त हुँदैनन्, उनीहरूलाई नै स्वर्गको बादसाही मिल्छ। जसले
रोयो उसले गुमायो, रुनेहरूले आफ्नो पद गुमाउँछन्।
गीत:–
तुम्हें पाके
हमने...
ओम् शान्ति ।
मीठा-प्यारा
बच्चाहरूले आफूहरूले नै गाएको गीत सुन्यौ। तिमी बच्चाहरूलाई थाहा छ, हामी बेहदको
बाबाको सामुन्ने बसेका छौँ, त्यसैले तिमी बच्चाहरूले भन्छौ, बाबा हजुरबाट जुन
विश्वको बादसाही पाएका थियौँ, त्यो बादसाही अब फेरि पाइरहेका छौँ। सत्ययुगमा त यसरी
गाउँदैनन्। यो सङ्गमयुगमा नै तिमीले गाउन सक्छौ। घरमा बस्दा अथवा नोकरी गर्दा पनि
तिमीहरूलाई थाहा हुन्छ, हामीले बेहदको बाबाबाट फेरि बेहदको वर्सा लिइरहेका छौँ।
सेन्टरहरूमा पनि सावधानी मिल्छ, बाबालाई याद गर अनि हामी विश्वको मालिक बनिरहेका
छौँ, यो पनि याद राख। यो कुनै नयाँ कुरा होइन। हामीले कल्प कल्प बाबाबाट विश्वको
बादसाही लिन्छौँ। नयाँ कसैले सुन्यो भने यिनलाई (ब्रह्मालाई) शिवबाबा भन्छन् भन्ने
सम्झन्छ। तर उहाँ त निराकार आत्माहरूको बाबा हुनुहुन्छ। आत्मा निराकार छ भने
परमात्मा बाबा पनि निराकार हुनुहुन्छ। आत्माले साकारी रूप नलिएसम्म निराकार भनिन्छ।
त्यसैले तिमी बच्चाहरूले थाहा पाएका छौ, हामीले बेहदको बाबाबाट यो ज्ञान सुनिरहेका
छौँ। रुहानी टिचरले पढाइरहनुभएको छ, एकअर्कालाई सावधानी दिनको लागि। पहिला यो रुहानी
सावधानी मिल्छ। बेहदको बाबाको यादमा नै सबै रहन्छन् र इसारा दिन्छन्– बाबाको यादमा
रहनुछ र बुद्धि अन्त कतै जानुहुँदैन, त्यसैले भनिन्छ– आत्म अभिमानी भव र बाबालाई
याद गर। उहाँ पतितपावन बाबा हुनुहुन्छ। अब उहाँ सामुन्ने बसेर भन्नुहुन्छ, मलाई याद
गर। कति सहज युक्ति छ– मनमनाभव शब्द पनि छ, तर कसैले बुझे त हो नि! यादको यात्रा
सिकाउने एक मात्र बाबा हुनुहुन्छ। तिमी बच्चाहरूलाई नै थाहा छ, हामी रुहानी यात्रामा
छौँ। त्यो जिस्मानी यात्रा हो, अब हामी जिस्मानी यात्री होइनौँ। हामी रुहानी यात्री
हौँ। यो यादबाट नै विकर्म विनाश हुन्छन्। तिमी विकर्माजित बन्छौ। अरू कुनै उपाय छैन
जसबाट तिमी विकर्माजित बन्छौ। एउटा हुन्छ विकर्माजित संवत्, अर्को हुन्छ विक्रम
संवत्, फेरि विकर्म सुरु हुन्छ। रावण राज्य सुरु भयो अनि विकार सुरु भए। अहिले
तिमीले विकर्माजित बन्ने पुरुषार्थ गरिरहेका छौ। त्यहाँ कुनै विकर्म हुँदैन, त्यहाँ
रावण नै हुँदैन। दुनियाँमा यो कुरा कसैलाई थाहा छैन। तिमीले बाबाबाट सबै कुरा थाहा
पाएका छौ। बाबालाई नै नलेजफुल भनिन्छ, त्यसैले बाबाले बच्चाहरूलाई नै ज्ञान (नलेज)
दिनुहुन्छ नि! परमपिता परमात्माको (गड फादर) को नाम पनि हुनुपर्छ। उहाँ नाम रूपबाट
कहाँ न्यारा हुनुहुन्छ र! उहाँको पूजा गर्छन्, उहाँको नाम शिव हो। उहाँ नै पतितपावन,
ज्ञानको सागर हुनुहुन्छ। आत्माले याद गर्छ, उहाँ परमपिता परमात्मा बाबालाई। आत्माले
बाबाको महिमा गर्छ। उहाँ सुखशान्तिको सागर हुनुहुन्छ। बाबाले त अवश्य बच्चाहरूलाई
नै वर्सा दिनुहुन्छ। जो यहाँ आएर जान्छन्, उनीहरूको यादगार बनाउँछन्। एक शिवबाबा नै
हुनुहुन्छ जसको गायन पनि हुन्छ र पूजन पनि हुन्छ। अवश्य उहाँले शरीरद्वारा कर्तव्य
गर्नुहुन्छ त्यसैले त उहाँको गायन छ। उहाँ सदा पावन (एभर-प्योर) हुनुहुन्छ। बाबा
कहिल्यै पुजारी बन्नुहुन्न, उहाँ सदैव पूज्य हुनुहुन्छ। बाबा भन्नुहुन्छ– म कहिल्यै
पुजारी बन्दिनँ। म पुजिन्छु। पुजारीहरूले मेरो पूजा गर्छन्। सत्ययुगमा त मेरो पूजा
गर्दैनौ। भक्तिमार्गमा म पतितपावन बाबालाई याद गर्छौ। पहिला सुरुमा उहाँ एकको नै
अव्यभिचारी भक्ति हुन्छ, फेरि व्यभिचारी भक्ति हुन्छ। ब्रह्मा-सरस्वतीलाई पनि उहाँ
शिवबाबाले विश्वको मालिक बनाउनुहुन्छ। भक्तिको कति विस्तार छ। बीजको कुनै विस्तार
हुँदैन।
बाबा भन्नुहुन्छ–
मलाई याद गर र वर्सालाई याद गर। बस्, जसरी वृक्षको विस्तार हुन्छ त्यसरी नै भक्तिको
पनि धेरै विस्तार छ। ज्ञान बीज हो। तिमीलाई ज्ञान मिलेपछि सद्गति पाउँछौ। तिमीले
कुनै मेहनत गर्नु पर्दैन। ज्ञान र भक्ति हुन्छ नि! सत्ययुग-त्रेतामा भक्तिको वृक्ष
हुँदैन। आधाकल्प यो भक्तिको वृक्ष चल्छ। सबै धर्मका मानिसहरूको आआफ्नो रीतरिवाज छ।
भक्ति त कति धेरै हुन्छ। ज्ञान त सबैको लागि एउटै छ– बस् मनमनाभव। अल्फ बाबालाई याद
गर। बाबालाई याद गरेमा वर्सा अवश्य याद आउँछ। वर्साको विस्तार हुन्छ नि! त्यो हदको
जायदात हो। यहाँ तिमीलाई बेहदको जायदात याद आउँछ। बेहदको बाबा आएर सारा विश्वलाई
बेहदको वर्सा दिनुहुन्छ। जन्म पनि उहाँको यहाँ नै हुन्छ भनिन्छ। यो कुरा यस ड्रामामा
अनादि पहिल्यै निश्चित छ। जसरी भगवान उच्चभन्दा उच्च हुनुहुन्छ, त्यसरी नै भारतखण्ड
पनि उच्चभन्दा उच्च छ, जहाँ बाबा आएर सारा दुनियाँको सद्गति गर्नुहुन्छ। त्यसैले
भारतखण्ड सबैभन्दा ठुलो तीर्थ भयो नि! भन्छन्, हे परमपिता परमात्मा हामीलाई आफ्नो
घर लैजानुहोस्। भारतखण्डमा सबैको प्रेम छ। बाबा पनि भारतभूमिमा नै आउनुहुन्छ। अहिले
तिमीले मेहनत गरिरहेका छौ। तिमीहरू गोपीवल्लभका गोपगोपीहरू हौ। सत्ययुगमा
गोपगोपीहरूको कुरा हुँदैन। त्यहाँ त मर्यादाअनुसार राज्य चल्छ। चरित्र श्रीकृष्णको
होइन, चरित्र एक बाबाको हुन्छ। उहाँको चरित्र कति महान् छ। सारा पतित सृष्टिलाई
पावन बनाउनुहुन्छ। यो कति चतुराइ हो। यतिबेला सबै मानिस अजामिलजस्ता पापी छन्।
मानिसहरूले सम्झन्छन्, यी साधु आदि श्रेष्ठाचारी हुन्। बाबा भन्नुहुन्छ– यिनीहरूको
उद्धार पनि मैले गर्नु पर्छ। जसरी तिमी नाटकका पात्रहरू हौ, त्यसरी नै बाबा पनि
नाटकका पात्र हुनुहुन्छ नि! तिमीले ८४ जन्म लिएर पार्ट खेल्छौ। उहाँ बाबा पनि रचयिता
(क्रिएटर), निर्देशक (डाइरेक्टर) नाटकका मुख्य पात्र (एक्टर) हुनुहुन्छ, गर्नेगराउने
(करनकरावनहार) हुनुहुन्छ नि! के गर्नुहुन्छ? पतितहरूलाई पावन बनाउनुहुन्छ। बाबा
भन्नुहुन्छ– तिमीहरूले आएर हामीलाई पावन बनाउनुहोस् भनेर मलाई बोलाउँछौ। म पनि यो
पार्टमा बाँधिएको छु। यसरी कसैले भन्न सक्दैन। यो ड्रामा किन बन्यो? कहिले बन्यो?
यो त अनादि बनिबनाउ ड्रामा हो। यसको आदि-मध्य-अन्त्य छैन, प्रलय हुँदैन। आत्मा
अविनाशी छ, कहिल्यै विनाश हुन सक्दैन। यसलाई पार्ट पनि अविनाशी मिलेको छ। यो बेहदको
ड्रामा हो नि! बाबा बसेर यो ड्रामाको पार्ट कसरी चल्छ भन्ने कुरा सङ्क्षेपमा
सम्झाउनुहुन्छ। बाँकी यस्तो होइन, परमात्मा हुनुहुन्छ त्यसैले मुर्दालाई ब्युँताउन
सक्नुहुन्छ। यो अन्धश्रद्धाको, रिद्धिसिद्धिको कुरा यहाँ छैन। मलाई त पुकार्छन् नै,
हे पतितपावन आउनुहोस्, आएर हामीलाई पतितबाट पावन बनाउनुहोस्! त्यसैले त अवश्य आउँछु।
गीता सर्वशास्त्रमयी शिरोमणि हो। भगवानले नै गीता सुनाउनुभएको हो। अच्छा, बाबाले
सहज राजयोग कहिले सिकाउनुभयो? यो कुरा पनि तिमीलाई थाहा छ। बाबा आउनु हुन्छ नै
कल्पको सङ्गमयुगमा। जुनबेलामा आएर पावन दुनियाँ नयाँ राजधानी स्थापन गर्नुहुन्छ।
सत्ययुगमा त स्थापन गर्नुहुन्न नि! त्यहाँ त दुनियाँ नै पावन हुन्छ। कल्पको
सङ्गमयुगमा नै कुम्भको मेला लाग्छ। त्यो कुम्भको मेला १२ वर्षपछि लाग्छ। यो ठुलो
कुम्भको मेला ५ हजार वर्षपछि लाग्छ। यो आत्माहरू र परमात्माको मेला हो। यतिबेला नै
परमपिता परमात्मा आएर सबै आत्माहरूलाई पावन बनाएर लैजानुहुन्छ। कल्पको अवधि लामो
भनिदिएका हुनाले नै मानिसहरू अल्मलिएका छन्। अहिले तिमीले जान्दछौ। जुन तिम्रो
पत्रिका (म्यागेजिन) निस्कन्छ त्यसलाई पनि तिमी बच्चाहरूले पढ्न बुझ्न सक्छौ, अरू
कसैले बुझ्न सक्दैनन्। बाबाले भन्नुभयो, लेखिदेऊ जे जति भयो ५ हजार वर्ष पहिलाजस्तै,
नयाँ केही पनि छैन। जे ५ हजार वर्ष पहिला भएको थियो अहिले त्यही रिपिट हुन्छ।
कसैलाई पनि यो कुरा बुझ्नु छ भने आएर बुझे हुन्छ। यस्ता यस्ता युक्तिहरू
निकाल्नुपर्छ। हामीले अखबारहरूमा के छपाऊँ! यो पनि तिमीले लेख्न सक्छौ– यो महाभारत
लडाइँले कसरी पावन दुनियाँको गेट खोल्छ। कल्प पहिलाजस्तै सत्ययुगको स्थापना कसरी
हुन्छ, कसरी देवीदेवताहरूको राजधानी स्थापन भइरहेको छ, आएर बुझ्नुहोस्! परमपिता
परमात्माबाट जन्मसिद्ध अधिकार (बर्थ राइट) लिनु छ भने आएर लिनुहोस्! यसरी विचार
सागर मन्थन गर्नुपर्छ। उनीहरूले कथा (स्टोरी) आदि बनाउँछन्, त्यो पनि ड्रामामा
पहिल्यै निश्चित छ, जुन पार्ट खेल्छन्। व्यासले पनि ड्रामा प्लान अनुसार शास्त्र आदि
बनाएका हुन्। उनलाई पार्ट नै यस्तो मिलेको छ। अहिले तिमीले ड्रामाको विषयमा जान्दछौ,
फेरि त्यही ड्रामा रिपिट हुनेछ। अहिले तिमी आएका छौ, फेरि ज्ञान सुन्छौ। तिमीलाई
थाहा छ, फेरि यिनै लक्ष्मीनारायणको राज्य हुनेछ। बाँकी सबै धर्म समाप्त हुनेछन्।
अहिले तिमी
ज्ञानस्वरूप (नलेजफुल) बनिरहेका छौ। बाबाले तिमीलाई आफूसमान ज्ञानस्वरूप
बनाउनुहुन्छ। तिमीलाई थाहा छ, आधाकल्प हामी शान्तस्वरूप (पिसफुल) रहन्छौँ। कुनै
प्रकारको अशान्ति हुँदैन। त्यहाँ बच्चाहरू आदि कहिल्यै रुँदैनन्, सदैव
मुस्कुराइरहन्छन्। यहाँ पनि तिमी रुनु छैन। गायन पनि छ, आमा मरे पनि हलुवा खाऊ...
जसले रोयो उसले गुमायो। पद पनि भ्रष्ट हुनेछ। तिमीलाई पतिहरूको पति मिल्नुभएको छ
जसले स्वर्गको बादसाही दिनुहुन्छ। उहाँ त कहिल्यै पनि मर्नु हुन्न, फेरि रुने के
आवश्यकता छ, जो रुवाइ प्रुफ बन्छन् उनीहरूले नै बादसाही लिन्छन्। बाँकी त प्रजामा
जानेछन्। बाबासँग कसैले यो हालतमा हामी के बन्छौँ भनेर सोध्यो भने बाबाले
बताइदिनुहुन्छ। अन्त्यमा बच्चाहरूलाई सबै साक्षात्कार हुनेछ। जसरी स्कुलमा सबैलाई
थाहा हुन्छ नि! कुन आत्मा रुद्र माला बन्छ– त्यो कुरा अन्त्यमा तिमीहरूलाई थाहा
हुनेछ। अन्तिम दिन आएपछि धेरै पुरुषार्थ गर्छन्। सम्झन्छन्, हामी फलानो विषय (सब्जेक्ट)
मा फेल हुन्छौँ। तिमीलाई पनि थाहा हुनेछ। धेरैले भन्छन्, हाम्रो बच्चाहरूमा मोह छ।
त्यो त निकाल्नु नै पर्नेछ। मोह राख्नु छ एकमा, बाँकी ट्रस्टी भएर सम्हाल्नु छ।
भन्छन् पनि नि– यो सबै कुरा बाबाले दिनुभएको हो, त्यसैले ट्रस्टी भएर हिँड। ममत्व
निकालिदेऊ। बाबा स्वयं आएर भन्नुहुन्छ, यिनीहरूबाट ममत्व निकालिदेऊ। सम्झ यो सबै
उहाँको हो, उहाँको मतमा नै चल। उहाँको कार्यमा नै लाग। अविनाशी ज्ञान रत्नको दान
गरिराख। उहाँ बाबाले कन्याहरूलाई सबैभन्दा बढी सम्मान (रिगार्ड) गर्नुहुन्छ।
कन्याहरू कर्मबन्धनबाट फ्री हुन्छन्। बच्चाहरूलाई त लौकिक पिताको वर्साको नसा हुन्छ।
कन्याले लौकिक पिताको वर्सा पाउँदिनन्। यहाँ बाबाले मेल-फिमेल (स्त्रीपुरुष) को भेद
गर्नुहुन्न। बाबा बसेर आत्माहरूलाई सम्झाउनुहुन्छ। तिमीलाई थाहा छ, हामी सबै भाइ
भाइ हौँ, हामीले बाबाबाट वर्सा लिइरहेका छौँ। आत्माले पढ्छ, बाबाबाट वर्सा लिन्छ।
जति बढी वर्सा लिन्छौ त्यति उच्च पद पाउँछौ। बाबा आएर सबै कुरा सम्झाउनुहुन्छ।
शिवबाबा निराकार हुनुहुन्छ, उहाँको पूजा पनि गर्छन्। सोमनाथको मन्दिर बनाएका छन्।
यो पनि अहिले तिमीलाई थाहा छ, शिवबाबा आएर के गर्नुभयो! किन उहाँका यादगार मन्दिर
बनाएका छन्? यो कुरा पनि तिमीले जान्दछौ। कल्प कल्प यस्तै हुनेछ। ड्रामामा पहिल्यै
निश्चित छ, त्यही रिपिट भइरहेको छ। बाबालाई आउनु नै पर्छ। पुरानो दुनियाँको विनाश
हुनु छ। कुनै अफसोसको कुरा छैन। यो अनाहकमा रगतको खेल हो। यसमा अनाहकमा सबैको रगत
बग्छ। नत्रभने कसैले कसैको रगत बगायो भने त उसलाई फाँसीको सजाय मिल्छ। अब कसलाई
पक्डिन सकिन्छ। यो प्राकृतिक प्रकोप (नेचुरल क्यालेमिटीज) त हुनु नै छ। विनाश त हुनु
नै छ। अमरलोक, मृत्युलोकको अर्थ पनि कसैलाई थाहा छैन। तिमीलाई थाहा छ, आज हामी
मृत्युलोकमा छौँ, भोलि हामी अमरलोकमा हुनेछौँ, त्यसैले हामीले पढ्छौँ। मानिस त घोर
अन्धकारमा छन्। तिमीले ज्ञान अमृत पिलाउँछौ, हो हो भनेर फेरि निद्रामा सुत्छन्।
सुन्छन् पनि, बेहदको बाबाले वर्सा दिइरहनुभएको छ। यो त्यही महाभारतको लडाइँ हो
जसबाट स्वर्गको गेट खुल्छन्। लेख्छन् पनि, धेरै राम्रो छ, यो ज्ञान कसैले दिन
सक्दैनन्। हामीले मान्छौँ, बस्। आफैले कुनै पनि ज्ञान धारणा गर्दैनन् फेरि सुत्छन्,
यसलाई भनिन्छ कुम्भकर्ण। तिमीले भन्न सक्छौ, लेखेर त दिन्छौ तर यस्तो होइन फेरि जाऊ
अनि घरमा गएर सुत। यसरी नसुत भनेर उनीहरूलाई कुम्भकर्णको चित्रको अगाडि लैजानुपर्छ।
सम्झाउने धेरै युक्ति चाहिन्छ नि!
बाबा भन्नुहुन्छ–
प्यारा बच्चाहरू! आफ्ना पसलहरूमा पनि मुख्य मुख्य चित्र राख। जोसुकै आउँछन् उनलाई
सम्झाऊ। त्यो सौदा पनि गराऊ, यो पनि सच्चा सौदा हो। यसबाट तिमीले धेरैको कल्याण
गर्न सक्छौ। यसमा त लाजको कुनै कुरै छैन। कसैले भन्छन्, बीके बनेका छौ। भन, अरे
प्रजापिता ब्रह्माका कुमार-कुमारी त तिमीहरू पनि हौ नि! बाबाले नयाँ सृष्टि रच्दै
हुनुहुन्छ। पुरानोलाई आगो लागिरहेको छ। तिमी पनि बीके नबनेसम्म स्वर्गमा जान सक्दैनौ।
यस प्रकारले पसलहरूमा सेवा गरेमा कति बेहदको सेवा हुन्छ। आपसमा राय सल्लाह गर, पसल
सानो छ भने पनि भित्तामा चित्र झुन्ड्याउन सक्छौ। च्यारिटी बिगिन्स एट होम। पहिला
सुरुमा उनीहरूको कल्याण गर्नु छ। बाबा भन्नुहुन्छ– अब कुनै देहधारीलाई याद नगर।
शिवबाबालाई याद गर, जसबाट वर्सा मिल्छ। बिचरा मानिसहरू त अल्मलिएका छन्। बताउनु छ–
दैवी विश्व स्वराज्य (डिटी वर्ल्ड साभरन्टी) पाउनु छ, नरबाट नारायण बन्नु छ भने आएर
बन। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) एक बाबामा नै शुद्ध सच्चा मोह राख्नु छ, उहाँलाई नै याद गर्नु छ। देहधारीहरूबाट
ममत्व निकालिदिनु छ। ट्रस्टी भएर सम्हाल्नु छ।
२) विकर्माजित बन्नु
छ, त्यसैले कर्मेन्द्रियहरूद्वारा कुनै पनि विकर्म नहोस्, यसको धेरै धेरै ध्यान
राख्नु छ।
वरदान:–
आफ्नो श्रेष्ठ
स्वरूप वा श्रेष्ठ नसामा स्थित रहेर अलौकिकताको अनुभव गराउने अन्तर्मुखी भव
जसरी सिताराहरूको
सङ्गठनमा विशेष सिताराहरूको चमक टाढैबाट न्यारा-प्यारा लाग्छ, त्यसरी नै तिमी सितारा
साधारण आत्माहरूको बीचमा एक विशेष आत्मा देखा पर, साधारण रूपमा भए पनि असाधारण वा
अलौकिक स्थिति होस्, अनि सङ्गठनको बीचमा अल्लाहका मानिसहरू देखा पर्नेछन्। यसको लागि
अन्तर्मुखी बनेर फेरि बहिर्मुखतामा आउने अभ्यास गर्नुछ। सदैव आफ्नो श्रेष्ठस्वरूप
वा नसामा स्थित भएर, नलेजफुलको साथै पावरफुल बनेर नलेज देऊ, अनि अनेक आत्माहरूलाई
अनुभवी बनाउन सक्नेछौ।
स्लोगन:–
रावणको जायदात
साथमा राख्यौ भने दिलमा दिलाराम टिक्न सक्नुहुन्न।
अव्यक्त इसारा:– अब
आफ्नो दाता स्वरूपलाई प्रत्यक्ष गर
तिमी दाताका बच्चाहरू
सबैलाई दिने मास्टर दाता हौ। तिमीले आफ्नो एक सेकेन्डको दृष्टिद्वारा, अमूल्य
बोलीद्वारा प्यासी आत्माहरूको प्यास मेटाऊ। ढोकामा आएको कुनै पनि भोको आत्मा खाली
हात नजाओस्। जसरी साकारमा गरेर देखाउनुभयो, कुनै पनि आत्मा असन्तुष्ट भएर गएन।
त्यसैगरी चाहे कोही जस्तोसुकै आत्मा होस् तर सन्तुष्ट भएर जाओस्।