17.07.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– यो
भारतवर्ष निराकार बाबाको जन्मभूमि हो, यहाँ नै बाबा आउनुहुन्छ तिमीलाई राजयोग
सिकाएर राज्य भाग्य दिन, तिम्रो सेवा गर्न।”
प्रश्न:–
शिवबाबाले
आफ्नो हरेक बच्चालाई कुन प्रतिज्ञा गराउनुहुन्छ?
उत्तर:–
प्यारा
बच्चाहरू! प्रतिज्ञा गर– बाबा हामीले कुनै पनि विकर्म गर्दैनौँ। हामीले ५ विकारहरूको
दान दिन्छौँ। मनमा डर हुनुपर्छ– हामीले दान दिएर फेरि फिर्ता लियौँ भने धेरै पाप
हुन्छ, जसको कडा सजाय खानुपर्ने हुन्छ। हरिश्चन्द्रको कहानी पनि यसैमा बनेको हो।
ओम् शान्ति ।
यो बच्चाहरूको
ईश्वरीय विद्यार्थी जीवन (गडली स्टुडेन्ट लाइफ) हो। तिमी बच्चाहरूलाई थाहा छ– हामी
उहाँ बाबाको पासमा आएका छौँ। उहाँ नै आएर कल्प कल्प तिमी बच्चाहरूलाई राज्य भाग्य
दिनुहुन्छ। बाबा यहाँ नै आउनुहुन्छ नि! यो तिम्रो भूमि हो। आफ्नो भूमिमाथि धेरै
प्यार र सम्मान हुन्छ। जसरी कुनै बेलायतको ठुलो मानिस यहाँ मरेछ भने उसको शवलाई
बेलायत लैजान्छन् अथवा यहाँको कुनै ठुलो मानिस बेलायतमा मरेछ भने उसको शवलाई यहीँ
ल्याउँछन्। आफ्नो भूमिको मान राख्छन्। यस भूमिलाई भनिन्छ भगवानको जन्मभूमि। यो पनि
तिमीलाई थाहा छ जसलाई भगवान अथवा अल्लाह, परमात्मा भन्छन्, अहिले तिमी उहाँको
सामुन्ने बसेका छौ। नाम त अवश्य हुनुपर्छ नि! अल्लाह भन्छन् तैपनि लिङ्गको पूजा
गर्छन्। ईश्वर अथवा खुदा भन्छन् भने अवश्य उहाँको निसानी हुनुपर्छ नि! लिङ्गलाई
सबैतिर पुज्छन्। चित्रहरूमा पनि आजकाल देवताहरूको अगाडि परमपिता परमात्माको चित्र
लिङ्ग नै देखाउँछन्। उहाँ हुनुहुन्छ सबैभन्दा उच्च, उहाँको आफ्नो शरीर छैन, त्यसैले
उहाँलाई निराकार भनिन्छ। उहाँ साकार हुनुहुन्न। अहिले तिमी बच्चाहरूलाई थाहा छ हामी
उहाँको सामुन्ने कल्प कल्प हाजिर हुन्छौँ– शिक्षा लिनको लागि। भगवानुवाच हो त्यसैले
अवश्य राजयोग सिकाउनुहुन्छ होला। विद्यार्थीलाई राजयोग सिकाउनुभएको थियो र उनीहरू
राजारानी बनेका थिए। लडाइँ आदिको त कुरै छैन। यी लक्ष्मीनारायण आदिले लडाइँबाट कहाँ
बादसाही पाएका हुन् र! बिल्कुलै होइन। दुनियाँलाई बिल्कुलै थाहा छैन– यिनीहरूले
सत्ययुगमा कसरी राज्य पाए। अहिले तिमी बच्चाहरूले बुझेका छौ हामीले बाबाबाट राज्य
लिइरहेका छौँ। हामी उहाँको सामुन्ने बसेका छौँ। उहाँ नै बाबा हुनुहुन्छ, श्रीकृष्ण
बाबा होइनन्। श्रीकृष्ण त साना बच्चा हुन्, उनी हुन् रचना। अहिले अवश्य श्रीकृष्णले
आफ्नो पद लिइरहेका छन् जो फेरि भविष्यमा श्रीकृष्ण कहलाउनेछन्। यो हो सारा पढाइको
कुरा।
तिमीलाई थाहा भएको छ
बाबाले हामीलाई राजयोग सिकाउनुहुन्छ। जसरी मानिसले, मानिसलाई अधिवक्ता, इन्जिनियर
आदि बनाउँछन्। हुन् त मानिस नि! तिमीले बुझेका छौ हामी पनि मानिस हौँ, तर हामी पतित
छौँ। अहिले बाबाले पावन पनि बनाउनुहुन्छ र हामीलाई वर्सा पनि दिनुहुन्छ। पावन दुनियाँ
त नयाँ दुनियाँ नै हुन्छ। नयाँ दुनियाँमा हुन्छ नै स्वर्गको राज्य भाग्य। अहिले तिमी
बाबाको सामुन्ने बसेका छौ। जसरी लौकिक पिताले बच्चाहरूलाई प्यारले बसेर
सम्झाउनुहुन्छ, उहाँ हुनुहुन्छ पारलौकिक विचित्र बाबा। जसको लागि तिमीले गाउँदै आएका
छौ त्वमेव माताश्च पिता.. यस समयमा तिमीलाई थाहा छ उहाँले आफ्नो पार्ट खेल्नुहुन्छ,
जुन भक्तिमार्गमा तिमीले गायन गर्छौ। तिमीले भन्छौ हामी शिवबाबाको पासमा आएका छौँ।
चिठी पनि लेख्छौ– शिवबाबा केयर अफ ब्रह्मा। कसैलाई तिमीले पोस्ट देखायौ भने बडो
अचम्म मान्नेछन्– शिवबाबा केयर अफ ब्रह्मा यस्तो त कहिल्यै सुनिएको थिएन। शिवबाबा
ब्रह्मामा आएर विष्णुपुरीको स्थापना गरिरहनुभएको छ, उहाँ बाबा सामुन्ने हुनुहुन्छ।
माथि हुनुहुन्छ शिवबाबा। शिवबाबाले ब्रह्माद्वारा स्थापना गर्नुभएको थियो, अब फेरि
गरिरहनुभएको छ। यो हो प्रवृत्तिमार्ग। राजविद्यामा पनि वकालत पढाउँदा मेल फिमेल
दुवैले पढ्छन्। फिमेल पनि न्यायाधीश, वकिल, डाक्टर आदि बन्छन्। यो पनि
प्रवृत्तिमार्ग हो। संन्यासीहरूको हो निवृत्तिमार्ग, त्यो भिन्नै हो। यो कुरा पनि
बाबाले सम्झाउनुभएको छ– शङ्कराचार्य नआएको भए पवित्रताको अंश रहँदैनथ्यो। भारतवर्ष
बिल्कुलै जलेर खरानी हुने थियो। यो पहिल्यै निश्चित छ– विश्वलाई जोगाउनको लागि। यो
भूमि धेरै पवित्र थियो फेरि अपवित्र बनेको छ। अहिले भारत कति कङ्गाल छ। भन्छन् सुनको
लङ्का समुद्रमुनि गयो। अब लङ्का त सुनको हुन सक्दैन। बसेर यी सबै कहानीहरू लेखेका
छन् जसबाट फाइदा केही पनि छैन।
तिमी बच्चाहरूलाई थाहा
छ अवश्य बाबाले हामीलाई बिल्कुलै सहज यादको बलले कति उच्च बनाउनुहुन्छ। बाबा
प्रतिज्ञा गर्नुहुन्छ, निरन्तर याद गर्ने पुरुषार्थ गर्छौ भने विकर्म विनाश हुन्छ।
भक्तिमार्गमा पनि याद गर्ने पुरुषार्थ गरेका छौ नि! याद किन गर्छन्? हामीलाई
साक्षात्कार होस् भनेर। यसरी याद गर्दैनन्– कृष्णपुरीमा हामीलाई बादसाही मिलोस् वा
हामी नरबाट नारायण बनौँ, होइन। तिमीलाई पनि यो आशा थिएन– हामी मानिसबाट देवता बन्छौँ।
गाउँछन् पनि मानिसबाट देवता बनाए... तिमीले देख्छौ अवश्य कलियुगपछि सत्ययुग आउँछ।
कलियुगमा यति धेरै मानिस छन्। सत्ययुगमा एउटै धर्म हुन्छ। अहिले तिमीलाई आत्मा र
परमात्माको पनि ज्ञान मिलेको छ, दुनियाँमा एउटा पनि मानिस छैन जसलाई आत्माको ज्ञान
छ। आत्मामा ८४ जन्मको पार्ट कसरी पहिल्यै निश्चित छ, यो कसैलाई थाहा छैन। यी शब्दहरू
पनि कहिल्यै कसैबाट सुनेका थिएनौ। बाबा त हुनुहुन्छ ज्ञानको सागर, पतितपावन,
निराकार। तिमीलाई थाहा छ म आत्मा अब पाप आत्माबाट पुण्य आत्मा बनिरहेको छु।
सत्ययुगमा त सबै पुण्य आत्माहरू हुन्छन्। यहाँ छन् पाप आत्माहरू। यस्तो होइन– धेरै
दानपुण्य गर्नेहरूलाई पुण्य आत्मा भनिन्छ। होइन। पुण्य आत्मा हुन्छन् नै सत्ययुगमा।
यहाँ जुन मानिसले दानपुण्य गर्छन्, उनीहरूलाई पुण्य आत्मा सम्झन्छन्। त्यहाँ
तिमीलाई दानपुण्य आदि गर्ने आवश्यकता हुँदैन। त्यहाँ गरिब कोही हुँदै हुँदैनन्। तिमी
त्यहाँ सदैवको लागि पुण्य आत्मा नै हुन्छौ। तिमीले तन-मन-धन सबै बेहदको बाबाको लागि
दिन्छौ, जसलाई बलिहार जानु भनिन्छ। बाबा भन्नुहुन्छ– पहिला म बलिहार जान्छु वा तिमी?
बाबा भन्नुहुन्छ– पहिला तिमी बलिहार जान्छौ अनि फेरि २१ जन्मको लागि बलिहारी मिल्छ।
यी कुराहरू अहिले तिमीले राम्रोसँग बुझेका छौ, तिमीहरूले बाबाबाट प्रत्यक्ष सुन्छौ।
घरमा बसिरह्यौ भने त्यहाँ पनि मुरली आउँछ। टाढैबाट सुन्छौ। अहिले त बाबाको सामुन्ने
बसेका छौ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! म तिम्रो पिता पनि हुँ। यहाँ
अन्धश्रद्धाको कुनै कुरा छैन। बाबा हाम्रो पिता पनि हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ।
बाबाको बनेपछि उहाँले शिक्षा दिनुहुन्छ, तिम्रो बुद्धिमा अब सारा ज्ञान छ। ८४ को
चक्र विषयमा पनि तिमीलाई सम्झाइन्छ। जसले ८४ जन्म लिँदैनन् उनीहरूले बुझ्दैनन्।
तिमीले बुझेका छौ अवश्य हामी ८४ को चक्कर लगाएर अब फिर्ता जान्छौँ। बाबा भन्नुहुन्छ–
तिमी आत्मा अशरीरी आएका थियौ फेरि अशरीरी भएर फर्केर जानुछ। तिमी आत्माहरू पवित्र
भएर जान्छौ। पवित्र बन्नको लागि तिमीले पुरुषार्थ गरिरहेका छौ। योगबल अर्थात्
यादबलले तिमी पवित्र बन्छौ। योग शब्द शास्त्रहरूको हो। सही शब्द हो याद। स्त्रीलाई
पतिको अथवा पुरुषलाई पत्नीको याद हुन्छ नि! योगको अर्थ नै हो याद। बाबा पनि
भन्नुहुन्छ– म एकलाई याद गर अनि अरूसँग बुद्धियोग तोडेर म तिम्रो बाबासँग बुद्धियोग
जोड। याद गर। जति याद गर्छौ त्यति तिम्रा विकर्म विनाश हुन्छन्। अवश्य तिमीहरूलाई
कल्प-कल्प वर्सा मिल्छ। शिवजयन्ती पनि प्रसिद्ध छ। जसरी बुद्ध, क्राइस्ट आदिको
जयन्ती हुन्छ त्यसरी नै निराकार शिवको पनि जयन्ती हुन्छ। उहाँ उच्चभन्दा उच्च
हुनुभयो। कृष्णजयन्ती पनि प्रसिद्ध छ। तर उनी आएर के गर्छन्, यो कुरा कसैलाई पनि
थाहा छैन। श्रीकृष्ण सत्ययुगका राजकुमार थिए। अवश्य उनलाई कसैले यस्तो कर्म सिकाएको
हुनुपर्छ, जसले गर्दा सत्ययुगका राजकुमार बनेका हुन्। सानो बच्चा त पवित्र नै हुन्छ।
त्यहाँ विकारको कुरा हुँदैन। बच्चा शुद्ध हुन्छ। भगवान त एउटै निराकार हुनुहुन्छ,
भगवान एक हुनुहुन्छ (गड इज वन)। बाँकी सबै हुन् रचना। रचनाबाट कहिल्यै रचनालाई वर्सा
मिल्न सक्दैन। वर्सा बाबाबाट मिल्छ। भाइलाई भाइबाट वर्सा मिल्न सक्दैन। तिमी सबै
भाइ भाइ हौ। भाइचारा (ब्रदरहुड) भन्छन् नि। पिता त एउटै हुनुहुन्छ, वर्सा बाबाबाट
मिल्छ। सबै भाइहरूको सद्गतिदाता एक बाबा हुनुहुन्छ। सबै आत्माहरूलाई बाबाबाट वर्सा
मिलिरहेको छ। बाबा भन्नुहुन्छ– म आएर आत्माहरूलाई पढाउँछु, आत्माहरूलाई सद्गति
दिन्छु। बाबा बसेर राजयोग सिकाउनुहुन्छ। यस पढाइको आधारमा तिमीले यहाँ पद पाउँदैनौ।
ती वकिल आदि यस जन्ममा बन्छन्, फेरि अर्को जन्म लिएर फेरि पढ्नेछन्।
तिमीलाई थाहा छ यस
पढाइबाट तिमीले २१ जन्मको लागि प्रारब्ध पाउँछौ। त्यहाँ सत्ययुगमा डाक्टर आदि कोही
हुँदैनन्। त्यहाँ रोग नै लाग्दैन। त्यहाँ तिमी गर्भमहलमा रहन्छौ। यहाँ गर्भजेलमा
रहन्छौ जहाँ धेरै सजाय मिल्छ, अनि पुकार्छन् हामीलाई यस जेलबाट बाहिर निकाल्नुहोस्,
हामीले फेरि कुनै भुल गर्दैनौँ! धर्मराजसँग प्रतिज्ञा गर्छन्। यहाँ तिमीले
शिवबाबासँग प्रतिज्ञा गर्नुछ। बाबा हामीले कहिल्यै विकर्म गर्दैनौँ। ५ विकार हामीले
हजुरलाई दिन्छौँ। यो पनि बाबालाई थाहा छ– विकार कुनै यति तुरुन्तै छुट्दैनन्।
मनभित्र डर हुनुपर्छ, हामीले विकारहरूको दान दिएर फेरि लियौँ भने ठुलो पाप हुन्छ।
जसरी राजा हरिश्चन्द्रको उदाहरण छ। बाबालाई थाहा छ यस्तो होइन– ५ विकार तुरुन्तै
छुट्छन्। होइन, समय (टाइम) लाग्छ। तिम्रो कर्मातीत अवस्था हुन्छ त्यसपछि लडाइँ
लाग्छ। यी ५ विकार हुन् ठुला दुस्मन। त्यसमा पनि मुख्य एउटा हो देह अभिमान। त्यस
देह अभिमानको दान दिन कति मुस्किल छ। बाबा घरी घरी भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर
म तिम्रो बाबालाई याद गर। तर यो याद हुँदैन। देह अभिमानी बनेपछि फेरि कामको चोट
लाग्छ। देह अभिमान सबैभन्दा कडा हुन्छ। देहीअभिमानी बन्नमा मेहनत छ। मुख्यत: देह
अभिमान आएपछि नै पाप भएका छन्। ५ विकार दानमा दिनुपर्छ, यसमा समय लाग्छ। साजनबिना
सजनीहरू त जान सक्दैनन्। पहिला साजन जानुछ फेरि सजनीहरू। साजन आएर सबै आत्माहरूलाई
लैजानुहुन्छ। कर्मातीत अवस्था नहुँदासम्म पुरुषार्थ गर्नुछ। देह अभिमान आएपछि नै
फेरि भुलहरू हुन्छन्। भन्छन् बाबा देह अभिमानमा आएर विकारमा गिरेका छौँ। तुफान त
धेरै आउँछन्। विकारको सङ्कल्प आइहाले पनि कर्मेन्द्रियहरूबाट कहिल्यै कुनै पाप
गर्नुहुँदैन। मायालाई जित्नको लागि कति मेहनत गर्नुपर्छ। बाबा भन्नुहुन्छ– विवाह
भएको छ भने पवित्र रहेर देखाऊ अनि संन्यासीले पनि देख्नेछन्। तिम्रो आम्दानी हेर कति
धेरै हुन्छ। पवित्र रहेर देखायौ भने धेरै उच्च पद पाउँछौ। तिमीमाथि त सबै कुर्बान
हुन्छन्। बाबाले पनि महिमा गर्नुहुन्छ। पवित्र रहे पनि फेरि योग पनि हुनुपर्छ। योगमा
नै घरी घरी विघ्न पर्छन्। यस अभ्यासमा नै देह अभिमान आउँछ। पवित्र रहन्छौ त्यो त
ठिक छ, पवित्रताले नै पवित्र दुनियाँमा वर्सा पाउँछौ। तर फेरि मायाले पनि जोड
लगाउँछ, मायाले धेरै आक्रमण गर्छ। बाबा सम्झाउनुहुन्छ यो सबै हुन्छ। बहादुरी
देखाउँछन् तर साथसाथै निरन्तर याद पनि रहोस् अनि मात्रै विकर्म विनाश हुन्छ। जो
पहलमान बन्छन् उनीहरूलाई मायाले पनि धेरै सताउँछ। उनीहरू यादमा मुस्किलले रहन सक्छन्।
जो यादमा रहन सक्छन् उनीहरूको अनुभव सोध्नुपर्छ। यादमा के बुझ्छन्, कसरी यादमा
रहन्छन्। यादमा रहेमा विकर्म विनाश हुन्छ। यो कुरा नै बिल्कुल न्यारा, नयाँ छ। यहाँ
बसेका छौ त्यसैले नसा चढेको छ। यो पनि बुझेका छौ भगवान एउटै निराकार हुनुहुन्छ, न
कि श्रीकृष्ण। वास्तवमा श्रीकृष्णको लागि शास्त्रहरूमा धेरै कुराहरू लेखिदिएका छन्–
ओखलमा बाँधे, यो गरे... ती कुनै कुराहरू होइनन्। यसबाट पनि उनको ग्लानि गर्छन्,
अपमान (इन्सल्ट) गर्छन्। श्रीकृष्णमा त कुनै पनि अवगुण थिएन। चञ्चलता गर्नु यो पनि
एउटा अवगुण हो नि! श्रीकृष्ण त बिल्कुलै मर्यादा पुरुषोत्तम हुन्। उनको महिमा
गाउँछन्– सर्वगुण सम्पन्न... गायन गरिन्छ गुरु ब्रह्मा, गुरु विष्णु... भन हाम्रो त
गुरु हुनुहुन्न। हामी यी ब्रह्मालाई न त गुरु, न ईश्वर मान्छौँ। पतितपावन त एउटै
निराकार हुनुहुन्छ नि! साकार गुरु कोही पतितपावन हुन सक्दैनन्। यस समयमा तिमीलाई
परमपिता परमात्माको सारा जीवन कहानी थाहा छ। ५ हजार वर्षमा शिवबाबाको के पार्ट चल्छ–
यो तिमीले बाबाबाट नै थाहा पाउँछौ। नलेजफुल त बाबा हुनुहुन्छ नि! सुखशान्ति, आनन्दको
सागर.... यो महिमा उहाँको हो। बाबासँग खजाना छ त्यसैले अवश्य बच्चाहरूलाई पनि
दिनुहुन्छ होला नि! अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) कर्मातीत अवस्था प्राप्त गर्नको लागि यी कर्मेन्द्रियहरूबाट कुनै पनि भुल
गर्नुहुँदैन। पवित्र रहनुको साथसाथै यादमा पनि मजबुत हुनुछ।
२) सदा पुण्य आत्मा
बन्नको लागि तन-मन-धनले बाबामाथि बलिहार जानुछ। एकपटक बलिहार जाँदा २१ जन्मको लागि
पुण्य आत्मा बन्छौ।
वरदान:–
सहजयोगलाई
स्वाभाविक स्वभाव बनाउने हरेक सब्जेक्टमा पर्फेक्ट भव
जसरी बाबाका बच्चा
हौ– यसमा कुनै यति प्रतिशत भन्ने छैन, त्यसरी नै निरन्तर सहजयोगी वा योगी बन्ने
स्टेजमा अब प्रतिशत खतम हुनुपर्छ । स्वभाविक स्वभाव हुनुपर्छ। जसरी कसैको विशेष
स्वभाव हुन्छ, त्यस स्वभावको वशमा नचाहँदानचाहँदै पनि चलिरहन्छन्। त्यसरी नै यो पनि
स्वभाव बनोस्। के गरौँ, कसरी योग लगाऊँ– यी कुराहरू खतम हुन् अनि हरेक सब्जेक्टमा
पर्फेक्ट (सम्पूर्ण) बन्नेछौ। पर्फेक्ट अर्थात् इफेक्ट (प्रभाव) र डिफेक्ट (कमी)
बाट पर।
स्लोगन:–
सहन गर्नुछ भने
खुसीले गर, बाध्यताले होइन।
अव्यक्त इसारा:–
ज्वालास्वरूप स्थितिमा स्थित भएर शक्तिशाली यादको अनुभव गर
पावरफुल योग अर्थात्
लगनको अग्नि, ज्वालारूपको यादले नै भ्रष्टाचार, अत्याचारको अग्निलाई समाप्त गर्नेछ
र सर्व आत्माहरूलाई सहयोग दिनेछ, यसबाट नै बेहदको वैराग्य वृत्ति प्रज्वलित हुनेछ।
यादको अग्निले एकातिर त्यस अग्निलाई समाप्त गर्नेछ अर्कातिर आत्माहरूलाई परमात्म
सन्देशको, शीतल स्वरूपको अनुभूति गराउनेछ, यसबाट नै आत्माहरू पापहरूको आगोबाट मुक्त
हुन सक्नेछन्।