17.08.25    Avyakt Bapdada     Nepali Murli    16.11.2006     Om Shanti     Madhuban


आफ्नो स्वमानको सा नमा बस र समयको महत्त्वलाई जानेर एभररेडी बन


आज बापदादाले चारैतिरका आफ्ना परमात्म प्यारका पात्र, स्वमानको सिटमा सेट बच्चाहरूलाई देखिरहनुभएको छ। सिटमा सेट त सबै बच्चाहरू छन् तर कैयौँ बच्चाहरू एकाग्र स्थितिमा सेट छन् र कोही बच्चाहरू सङ्कल्पमा अलिअलि विचलित छन्। बापदादाले वर्तमान समय अनुसार हरेक बच्चालाई एकाग्रताको रूपमा स्वमानधारी स्वरूपमा सदैव देख्न चाहनुहुन्छ। सबै बच्चाहरू पनि एकाग्रताको स्थितिमा स्थित हुन चाहन्छन्। आफ्ना भिन्न भिन्न प्रकारका स्वमान पनि जान्दछन्, सोच्छन् पनि तर स्वस्थितिले एकाग्रतालाई हलचलमा ल्याइदिन्छ। सदैव एकरस स्थिति कम हुन्छ। अनुभव हुन्छ र यो स्थिति चाहन्छन् पनि तर कहिलेकाहीँ किन यस्तो हुन्छ, कारण के होला! सदैव अटेन्सनको कमी। यदि स्वमानको सूची निकाल्यौ भने कति ठुलो छ। सबैभन्दा पहिलो स्वमान हो– जुन बाबालाई याद गरिरह्यौ, उहाँको प्रत्यक्ष बच्चा बनेका छौ, नम्बर वन सन्तान हौ। बापदादाले तिमी करोडौँमध्ये कोही कोही बच्चाहरूलाई कहाँ कहाँबाट चुनेर आफ्नो बनाउनुभयो। ५ वटै खण्डबाट बाबाले आफ्ना बच्चाहरूलाई आफ्नो बनाउनुभयो। कति ठुलो स्वमान छ। सृष्टिका रचयिताको पहिलो रचना तिमी हौ। जान्दछौ नि यो स्वमानलाई! बापदादाले आफू सँगसँगै तिमी बच्चाहरूलाई सारा विश्वका आत्माहरूका पूर्वज बनाउनुभएको छ। विश्वका पूर्वज हौ, पूज्य हौ। बापदादाले हरेक बच्चालाई विश्वको आधारमूर्त, उदाहरणमूर्त बनाउनुभएको छ। नशा छ? अलिअलि कहिलेकाहीँ कम हुन्छ। सोच, सबैभन्दा अमूल्य जुन सारा कल्पमा यस्तो अमूल्य तख्त कसैलाई प्राप्त हुँदैन, त्यो परमात्म तख्त, लाइटको ताज, स्मृतिको तिलक दिनुभयो। स्मृति आइरहेको छ नि– म को हुँ! मेरो स्वमान के हो! नशा चढिरहेको छ नि! सारा कल्पमा सत्ययुगी अमूल्य तख्त जति नै भए पनि परमात्म दिलतख्त तिमी बच्चाहरूलाई मात्रै प्राप्त हुन्छ।

बापदादाले सदैव अन्तिम नम्बरको बच्चालाई पनि फरिस्ता अनि देवता स्वरूपमा देख्नुहुन्छ। अहिले भर्खरै ब्राह्मण छौ, ब्राह्मणबाट फरिस्ता, फरिस्ताबाट देवता बन्नु नै छ। जान्दछौ आफ्नो स्वमानलाई? किनकि बापदादालाई थाहा छ– स्वमानलाई भुलेमा नै देहभान, देह अभिमान आउँछ। हैरान पनि हुन्छन्, बापदादाले देख्नुहुन्छ देह अभिमान वा देहभान आउँछ अनि कति हैरान हुन्छन्। सबै अनुभवी छौ नि! स्वमानको सानमा रहनु र यो सानभन्दा पर परेसान रहनु, दुवै स्थितिलाई जान्दछौ। बापदादाले देख्नुहुन्छ– सबै बच्चाहरू धेरैजसो त नलेजफुल राम्रा बनेका छन्, तर पावरमा फुल, पावरफुल छैनन्। पर्सेन्टेजमा छन्।

बापदादाले हरेक बच्चालाई आफ्ना सर्व खजानाको बालक सो मालिक बनाउनुभयो, सबैलाई सर्व खजाना दिनुभएकोछ, घटी बढी दिनुभएको छैन किनकि बाबासँग अनगिन्ती खजाना छ, बेहदको खजाना छ, त्यसैले हरेक बच्चालाई बेहदको बालक सो मालिक बनाउनुभएको छ। बेहदका बाबा हुनुहुन्छ, बेहदको खजाना छ, अब आफूलाई चेक गर– तिमीसँग पनि बेहद छ? सदैव छ कि कहिलेकाहीँ केही चोरी हुन्छ? गुम हुन्छ? बाबाले किन अटेन्सन दिलाइरहनुभएको छ? हैरान नहोऊ, स्वमानको सिटमा सेट होऊ, विचलित नहोऊ। ६३ जन्म त विचलित भएको अनुभव गर्यौ नि! अब अझै गर्न चाहन्छौ? थाकेनौ? अब स्वमानमा रहनु अर्थात् आफ्नो उच्चभन्दा उच्च सानमा रहनु। किन? कति समय बित्यो। ७०औँ वर्ष मनाइरहेका छौ नि! त्यसैले स्वयंको पहिचान अर्थात् स्वमानको पहिचान, स्वमानमा स्थित रहनु। समय अनुसार अब सदैव शब्दलाई यथार्थ जीवनमा ल्याऊ, शब्दलाई अन्डरलाइन नगर तर यथार्थ जीवनमा अन्डरलाइन गर। “रहनुछ, रहन्छौँ, गरि त रहेका छौँ, गरिहाल्छौँ नि...।” यो बेहदका बालक र मालिकको बोली होइन। अब त हरेकको दिलबाट यो अनहद शब्द निस्कियोस्– पाउनु थियो त्यो पाइसकेँ। पाइरहेका छौँ... यो बोली बेहदका खजानाका बेहद बाबाका बच्चाहरूले बोल्न सक्दैनन्। पाइसकेँ, बापदादालाई पाइयो, मेरो बाबा भनियो, मानियो, जानियो पनि, मानियो पनि, त्यसपछि पनि यो अनहद शब्द पाइसकेँ... किनकि बापदादालाई थाहा छ– बच्चाहरू स्वमानमा कहिलेकाहीँ मात्र रहने हुनाले समयको महत्त्वलाई पनि स्मृतिमा कम राख्छन्। एक हो स्वयंको स्वमान, अर्को हो समयको महत्त्व। तिमी साधारण होइनौ, पूर्वज हौ, तिमी एक एकको पछाडि विश्वका आत्माहरू आधारित छन्। सोच, यदि तिमी हलचलमा आयौ भने विश्वका आत्माहरूको के हालत होला! यस्तो नठान– जो महारथी भनिन्छन्, उनीहरूको पछाडि मात्र विश्व आधारित छ, यदि नयाँ नयाँ भएपनि , किनकि आज नयाँ पनि धेरै आएका होलान्। (पहिलो पटक आउनेहरूले हात उठाए) नयाँ भएपनि, जसले दिलैदेखि मान्यो “मेरो बाबा”। मानेका छौ? जो नयाँ नयाँ आएका छौ उनीहरूले मान्छौ? चिन्दैनौ, “मेरो बाबा” मान्छौ, तिमीहरूले हात उठाऊ। पूरै उठाऊ। नयाँ नयाँले हात उठाइरहेका छन्। पुराना त पक्का नै छन् नि, जसले दिलैदेखि माने मेरो बाबा र बाबाले पनि मान्नुभयो मेरो बच्चा, उनीहरू सबै जिम्मेवार छन्। किन? जहिलेदेखि तिमीले भन्यौ म ब्रह्माकुमार, ब्रह्माकुमारी हुँ, ब्रह्माकुमार र कुमारी हौ वा शिवकुमार शिवकुमारी हौ, वा दुवैका हौ? त्यसो हो भने त बाँधियौ। जिम्मेवारीको ताज आइपर्यो। आइपर्यो नि? पाण्डवहरू बताऊ जिम्मेवारीको ताज आइपर्यो? भारी त लागिरहेको छैन? हल्का छ नि! छ नै लाइटको। लाइट कति हलुङ्गो हुन्छ। त्यसैले समयको महत्त्व पनि अटेन्सनमा राख। समयले सोधेर आउँदैन। कैयौँ बच्चाहरूले अहिले पनि भन्छन्, सोच्छन्, अलिकति अन्दाज थाहा हुनुपर्छ। ठीकै छ २० वर्ष बाँकी छ, १० वर्ष बाँकी छ, अलिकति त थाहा होस्। तर बापदादाले भन्नुहुन्छ– समयलाई, फाइनल विनाशलाई छोड, तिमीलाई आफ्नो शरीरको विनाशको विषयमा थाहा छ? कोही छ जसलाई थाहा छ– मैले फलानो मितिमा शरीर छोड्छु, थाहा छ? र आजकाल त ब्राह्मणहरूले जाने बेलाको भनेर धेरै भोग लगाउँछन् । कुनै भरोसा छैन त्यसैले समयको महत्त्वलाई जान। यो सानो युग अवधिमा सानो छ, तर ठुलोभन्दा ठुलो प्राप्तिको युग हो किनकि ठुलाभन्दा ठुला बाबा यो सानो युगमा नै आउनुहुन्छ र ठुला युगहरूमा आउनुहुन्न। यही सानो युग हो जसमा सारा कल्पको प्राप्तिको बीउ रोप्ने समय हो। चाहे विश्वको राज्य प्राप्त गर, चाहे पूज्य बन, सारा कल्पको बीउ रोप्ने समय यही हो र यो डबल फल प्राप्त गर्ने समय हो। भक्तिको फल पनि अहिले मिल्छ र प्रत्यक्षफल पनि अहिले मिल्छ। अहिले भर्खरै गर्यौ, अहिले भर्खरै प्रत्यक्ष फल मिल्छ र भविष्य पनि बन्छ। सारा कल्पमा हेर, यस्तो कुनै युग छ? किनकि यस समयमा नै बाबाले हरेक बच्चाको हत्केलामा ठुलोभन्दा ठुलो सौगात दिनुभएकोछ, आफ्नो सौगात याद छ? स्वर्गको राज-भाग्य। नयाँ दुनियाँको स्वर्गको गिफ्ट, हरेक बच्चाको हत्केलामा दिनुभएकोछ। यति ठुलो गिफ्ट कसैले दिँदैन र कहिल्यै दिन सक्दैन। अहिले मिल्छ। अहिले तिमी मास्टर सर्वशक्तिमान् बन्छौ र अरू कुनै युगमा मास्टर सर्वशक्तिमानको पद मिल्दैन। त्यसैले स्वयंको स्वमानमा पनि एकाग्र रहने गर र समयको महत्त्वलाई पनि जान। स्वयं र समय, स्वयंको स्वमान छ, समयको महत्त्व छ। लापरबाह नबन। ७० वर्ष बितिसक्यो, अब यदि लापरबाह बन्यौ भने आफ्नो धेरै प्राप्ति घटाइदिन्छौ किनकि जति अगाडि बढ्दै जान्छौ नि त्यति एउटा लापरबाही आउँछ, धेरै राम्रा छौँ, धेरै राम्रो चलिरहेका छौँ, पुगिहाल्छौँ, हेर्नु पछाडि रहने छैनौँ, भइहाल्छ... यो लापरबाही र अर्को रोयल आलस्य आउँछ। लापरबाही र आलस्य। कहिले शब्द हो आलस्य, अब शब्द हो तुरुन्त दान महापुण्य।

अहिले आज पहिलो टर्न हो नि! त्यसैले बापदादाले ध्यान खिचाइरहनुभएको छ। यो सिजनमा न स्वमानबाट ओर्लनुछ, न समयको महत्त्वलाई भुल्नुछ। अलर्ट, होसियार, खबरदार। प्यारा छौ नि! जोसँग प्यार हुन्छ नि उसको अलिकति पनि कमी कमजोरी देख्न सकिँदैन। सुनाउनुभयो नि– बापदादाको अन्तिम बच्चा रहेछ भने पनि उसँग पनि अति प्यार छ। बच्चा त हो नि। त्यसैले अब यो चलिरहेको सिजनमा, सिजन हुन त भारतवर्ष निवासीहरूको हो तर डबल विदेशी पनि कम छैनन्, बापदादाले देख्नुभएको छ, कुनै पनि पालो यस्तो हुँदैन जसमा डबल विदेशी हुँदैनन्। यो उनीहरूको कमाल हो। अब हात उठाऊ डबल विदेशीहरूले। हेर कति छन्! स्पेसल सिजन बितिसक्यो, फेरि पनि हेर कति छन्! बधाई छ। आयौ स्वागत छ, धेरै धेरै बधाई छ।

त्यसैले सुन्यौ अब के गर्नुछ? यो सिजनमा के के गर्नुछ, त्यो होमवर्क दिनुभयो। स्वयंलाई रियलाइज (अनुभूति) गर, स्वयंलाई मात्रै गर, अर्कोलाई होइन र रियल गोल्ड (सक्कली सुन) बन किनकि बापदादाले बुझ्नुहुन्छ– जसले मेरो बाबा भन्यो, ऊ अवश्य सँगै जान्छ। जन्ती भएर जानुछैन। बापदादाको साथै श्रीमतको हात समातेर सँगै हिँड्नुछ र फेरि ब्रह्माबाबाको साथमा पहिलो राज्यमा आउनुछ। मजा त पहिला नयाँ घरमा हुन्छ नि। एक महिनापछि पनि भन्छन् एक महिना पुरानो भयो। नयाँ घर, नयाँ दुनियाँ, नयाँ चालचलन, नयाँ रसमरिवाज र ब्रह्माबाबाको साथमा राज्यमा आउनु। सबैले भन्छन् नि– ब्रह्माबाबासँग हाम्रो धेरै प्यार छ। प्यारको निसानी के हुन्छ? साथै रहनु, साथै हिँड्नु, साथै आउनु। यो हो प्यारको सबुत। यो कुरा राम्रो लाग्यो? साथै रहनु, साथै जानु, साथै आउनु, राम्रो लाग्यो? राम्रो लाग्यो? जुन चीज राम्रो लाग्छ त्यसलाई कहाँ छोडिन्छ र! त्यसैले बाबाको हरेक बच्चासँग प्रीतको रीत यही हो– साथै जाउन्, पछि पछि होइन। यदि केही रह्यो भने धर्मराजको सजायको लागि रोकिनुपर्छ। हातमा हात हुँदैन, पछि पछि आउनेछन्। मजा केमा छ? साथमा छ नि! पक्का प्रतिज्ञा छ नि– साथै जानुछ? वा पछि पछि आउनुछ? हेर हात त धेरै राम्रो उठाउँछन्। हात देखेर त बापदादा खुसी हुनुहुन्छ तर श्रीमतको हात उठाउनु। शिवबाबाको त हात हुँदैन, ब्रह्माबाबा, आत्माको पनि हात हुँदैन, तिम्रो पनि यो स्थुल हात हुँदैन, श्रीमतको हात समातेर साथै जानु। जान्छौ नि! शिर त हल्लाऊ। हात राम्ररी हल्लाइरहेका छन्। बापदादा यही चाहनुहुन्छ– एउटै बच्चा पनि पछाडि नरहोस्, सबै साथसाथै जाउन्। एभररेडी रहनुपर्छ। अच्छा।

अब बापदादाले चारैतिरका बच्चाहरूको रजिस्टर देखिरहनुहुनेछ। प्रतिज्ञा गर्यौ अर्थात् फाइदा उठायौ। केवल प्रतिज्ञा गर्ने होइन, फाइदा उठाउनु। अच्छा। अब सबैले दृढ सङ्कल्प गर्नेछौ! दृढ सङ्कल्पको स्थितिमा स्थित भएर बस, गर्नु नै छ, जानु नै छ। साथै जानुछ। अब यो दृढ सङ्कल्प आफैसँग गर, यो स्थितिमा बसिहाल। गर्नेछु, गरिहाल्नेछु नभन, गर्नु नै छ। अच्छा!

सबैतिरका डबल सेवाधारी बच्चाहरूलाई, चारैतिरका सदैव एकाग्र स्वमानको सिटमा सेट रहने बापदादाका मस्तकमणिहरूलाई, चारैतिरका समयको महत्त्वलाई जानेर तीव्र पुरुषार्थको सबुत दिने सपुत बच्चाहरूलाई, चारैतिरका उमङ्ग-उत्साहका पङ्खले सदैव उड्ने, उडाउने डबल लाइट फरिस्ता बच्चाहरूलाई बापदादाको यादप्यार एवं नमस्ते।

दादीहरूसँग: – सबै दादीहरूले साथ दिँदै चलिरहेका छौ– यसमा बापदादालाई खुसी छ, हरेकले आफ्नो विशेषताको औँला दिइरहेका छौ। (दादीजीसँग) सबैलाई आदि रत्न देखेर खुसी हुन्छ नि। आदिदेखि सेवामा आफ्नो हड्डी लगाउनुभएको छ। हड्डी सेवा गर्नुभएको छ, धेरै राम्रो छ। हेर जेसुकै होस् तर एउटा कुरा हेर, चाहे बेडमा छन्, चाहे जहाँसुकै छन् तर बाबालाई भुलेका हुँदैनन्। बाबा दिलमा समाहित हुनुभएको छ। यस्तै छ नि। हेर कति राम्रो मुस्कुराइरहेकी छन्। बाँकी आयु लामो छ र धर्मराजपुरीलाई बिदा गरेर जानुछ, सजाय खानुछैन, धर्मराजले पनि शिर झुकाउनुपर्छ। स्वागत गर्नुपर्छ नि। बिदा गर्नुपर्छ, त्यसैले यहाँ धेरथोर बाबाको यादमा हिसाब पूरा गरिरहेका छन्। बाँकी कष्ट छैन, बिमारी हुन त छ तर दुःखको मात्रा छैन। (परदादीसँग) यिनी धेरै मुस्कुराइरहेकी छन्। सबैलाई दृष्टि देऊ। अच्छा।

वरदान:–
ब हिर् मुखी चतुऱ्याइँबाट मुक्त रहने बाबालाई मन पर्ने सच्चा सौदागर भव

बापदादालाई दुनियाँको बहिर्मुखी चतुऱ्याइँ मन पर्दैन। भनिन्छ पनि भोलों का भगवान। चतुर सुजान (बुद्धिमान) लाई भोला बच्चाहरू नै मन पर्छन्। परमात्म डाइरेक्टरीमा भोला बच्चाहरू नै विशेष भी.आई.पी. हुन्। जसमा दुनियाँकाहरूको आँखा जाँदैन– उनीहरू नै बाबासँग सौदा गरेर परमात्म नयनका सितारा बने। भोला बच्चाहरूले नै दिलबाट भन्छन् “मेरो बाबा”, यही एक सेकेन्डको एक बोलीबाट अनगिन्ती खजानाको सौदा गर्ने सच्चा सौदागर बने।

स्लोगन:–
सबैको स्नेह प्राप्त गर्नुछ भने मुखबाट सदैव मीठो बोली बोल।

अव्यक्त इसा रा: – सहजयोगी बन्नुछ भने परमात्म प्यारको अनुभवी बन

जो सदैव बाबाको यादमा लवलीन अर्थात् समाहित भएका छन्। यस्ता आत्माहरूको नयनमा र मुखको हरेक बोलीमा बाबा समाहित हुनुभएको हुनाले शक्तिस्वरूपको सट्टा सर्वशक्तिमान् नजर आउनेछन्। जस्तै आदि स्थापनामा ब्रह्मा रूपमा सदैव श्रीकृष्ण देखिन्थ्यो, त्यस्तै तिमी बच्चाहरूद्वारा सर्वशक्तिमान् देखियोस् ।

सूचना:– आज अन्तर्राषट्रिय योग दिवस हो। सबै राजयोगी तपस्वी भाइ बहिनीहरूले साँझ ६:३० देखि ७:३० बजेसम्म, विशेष योग अभ्यासको समयमा आफ्नो पूर्वजपनको स्वमानमा स्थित भएर, कल्पवृक्षको जरामा बसेर पुरै वृक्षलाई शक्तिशाली योगको दान दिँदै, आफ्नो वंशावलीको दिव्य पालना गर्नुहुनेछ।