17.09.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– अहिले यो दुनियाँको स्थिति निराशाजनक छ , सबै मर्नेछन् त्यसैले यसबाट ममत्व मेटाऊ , म एकलाई याद गर।”

प्रश्न:–
सेवामा उछाल (उमङ्ग) नआउनुको कारण के हो?

उत्तर:–
१- लक्षण ठिक छैनन्, बाबालाई याद गर्दैनौ भने सेवाको उछाल आउन सक्दैन। कुनै न कुनै उल्टो कर्म भइरहन्छन्, त्यसैले सेवा गर्न सक्दैनौ। २- बाबाको जुन पहिलो निर्देशन छ, आफू मरे दुनियाँ पनि मर्छ, यसलाई व्यवहारमा ल्याउँदैनौ। बुद्धि देह र देहका सम्बन्धहरूमा फसेको छ भने सेवा गर्न सक्दैनौ।

गीत:–
ओम् नम: शिवाय...

ओम् शान्ति ।
यो भक्तिमार्गको गीत सुन्यौ। शिवाय नमः भन्छन्। शिवको नाम घरी घरी लिन्छन्। दिनहुँ शिवको मन्दिरमा जान्छन् र जुन चाडपर्व छन् ती वर्ष वर्ष मनाउँछन्। पुरुषोत्तम महिना पनि हुन्छ, पुरुषोत्तम वर्ष पनि हुन्छ। शिवाय नमः त दिनहुँ भनिरहन्छन्। शिवका पुजारी धेरै छन्। रचयिता उच्चभन्दा उच्च शिव भगवान हुनुहुन्छ। भन्छन् पनि– पतितपावन परमपिता परमात्मा शिव हुनुहुन्छ। दिनहुँ पूजा पनि गर्छन्। तिमी बच्चाहरूलाई थाहा छ, यो सङ्गमयुग हो– पुरुषोत्तम बन्ने युग। जसरी जिस्मानी पढाइबाट कसैले न कसैले उच्च पद पाउँछन् नि! यी लक्ष्मीनारायणले यो पद कसरी पाए, विश्वको मालिक कसरी बने। यो कुरा कसैलाई पनि थाहा छैन। शिवाय नमः पनि भन्छन्। तिमी मातापिता...भन्दै दिनहुँ महिमा गाउँछन् तर यो जान्दैनन्, उहाँ कहिले आएर मातापिता बनेर वर्सा दिनुहुन्छ। तिमीलाई थाहा छ, दुनियाँका मानिसहरूलाई त केही पनि थाहा छैन। भक्तिमार्गमा कति हन्डर खान्छन्। अमरनाथमा कति हुलका हुल जान्छन्। कति हन्डर खान्छन्। कसैलाई यस्तो भन्यौ भने रिसाउँछन्। तिमी बच्चाहरू थोरै छौ जसको मनमा धेरै खुसी छ। लेखिरहन्छौ पनि, बाबा जहिलेदेखि हजुरलाई चिन्यौँ, बस् अब त हाम्रो खुसीको लेखाजोखा (पारावार) नै छैन। केही तकलिफ आदि भए पनि खुसीमा रहनुपर्छ। हामी बाबाका बनेका छौँ, यो कुरा कहिल्यै भुल्नुहुँदैन। तिमी बच्चाहरूलाई यतिबेला थाहा छ, हामीले शिवबाबालाई पाएका छौँ, त्यसैले खुसीको पारा चढेको हुनुपर्छ। मायाले घरीघरी भुलाइदिन्छ। हुन त लेख्छन्, हामीलाई निश्चय छ, बाबालाई हामीले चिनेका छौँ, तैपनि ज्ञानमा चल्दाचल्दै सेलाउँछन्। ६-८ महिना, २-३ वर्ष आएनन् भने बाबाले बुझ्नुहुन्छ, पूरा निश्चयबुद्धि छैनन्। पूरा नसा चढेको छैन। यस्तो बेहदको बाबा, जसबाट २१ जन्मको वर्सा मिल्छ। यसमा निश्चय भयो भने धेरै खुसीको नसा हुनुपर्छ। मानौँ कसैको बच्चालाई राजाले गोद लिन चाहन्छन्। बच्चालाई थाहा हुन्छ, मेरो लागि यस्तो कुराकानी भइरहेको छ, राजाले चाहन्छन् यो बच्चालाई मैले वारिस बनाउँ। त्यसपछि त्यो बच्चालाई धेरै खुसी हुन्छ नि! म राजाको बच्चा बन्छु। गरिबको बच्चालाई धनवानले गोदमा लिएपछि उसलाई धेरै खुसी हुन्छ नि! उसले पनि थाहा पाउँछ, मलाई फलानाले गोद लिन्छन् अनि उसले गरिबीलाई दुःख भुल्छ। त्यो त फेरि पनि एक जन्मको कुरा हो। २१ जन्म वर्सा लिने कुरामा यहाँ बच्चाहरूलाई खुसी हुन्छ। बेहदको बाबालाई याद गर्नु छ र फेरि अरूलाई बाटो बताउनु छ। पतितपावन शिवबाबा आउनुभएको छ। बाबाले सम्झाउनुहुन्छ, तिम्रो म पिता हुँ। यसरी कुनै मानिसले भन्न सक्दैनन्, म तिम्रो बेहदको पिता हुँ। बाबाले नै ज्ञान दिनुहुन्छ, म ५ हजार वर्ष पहिला आएको थिएँ। तिमीलाई यिनै शब्द भनेको थिएँ, म एकलाई याद गर। म पतितपावन बाबालाई याद गरेमा नै तिमी पतितबाट पावन बन्नेछौ, पतितबाट पावन बन्ने अरू कुनै पनि उपाय छैन। पतितपावन एक बाबा नै हुनुहुन्छ। गीताको भगवान एक पतितपावन पुनर्जन्म रहित हुनुहुन्छ। सबैभन्दा पहिलो कुरा यो लेखाऊ। ठुला ठुला मानिसहरूले लेखेको देखे भने सम्झन्छन् यो ठिक रहेछ। कुनै साधारण मानिसले लेखेको देखे भने भन्छन्, ब्रह्माकुमारीहरूले यिनलाई जादु लगाएछन् अनि लेखेका हुन्, ठुला मानिसको लागि यस्तो भन्दैनन्। तिमीले जेसुकै भनेछौ भने पनि सम्झन्छन्, सानो मुख ठुलो कुरा गर्छन्, भगवान आउनुभएको छ भनेर। यसरी तिमी बच्चाहरूले केवल भन्नु छैन, भगवान आउनुभएको छ, यसबाट त कसैले बुझ्दैनन्, झन् हाँसोमा उडाउँछन्। यो कुरा त सम्झाउनु छ, दुई बाबा हुनुहुन्छ। पहिलादेखि नै तुरून्तै सिधै भगवान आउनुभएको छ भन्नुहुँदैन किनकि आजकाल दुनियाँमा भगवान कहलाउनेहरू पनि धेरै भएका छन्। सबैले आफूलाई भगवानको अवतार सम्झन्छन्, त्यसैले युक्तिले दुई बाबाको रहस्य सम्झाउनुपर्छ। एक हुन् हदको पिता, अर्का हुनुहुन्छ बेहदको बाबा। बाबाको नाम शिव हो। उहाँ सबै आत्माहरूको बाबा हुनुहुन्छ त्यसैले अवश्य बच्चाहरूलाई वर्सा दिनुहुन्छ होला। शिवजयन्ती पनि मनाउँछन्। उहाँ नै आएर स्वर्गको स्थापना गर्नुहुन्छ, त्यसैले अवश्य नर्कको विनाश हुनु छ। त्यसको निसानी पनि यो महाभारत लडाइँ हो। बाँकी केवल भगवान आउनुभएको छ, यो कुरा भनेर मात्रै कसैले बुझ्दैनन्। ढोल पिटिरहन्छन्। यस किसिमले उल्टो सेवा गरेमा झन् फेरि सेवामा अझै शिथिलता आउँछ। एकातिर भन्छन् भगवान आउनुभएको छ, भगवानले पढाउनुहुन्छ, फेरि गएर विवाह गर्छन्। अनि मानिसहरूले भन्छन्, तिमीलाई फेरि के भयो। तिमीले त भन्थ्यौ, भगवानले पढाउनुहुन्छ। भन्छन्, हामीले जे सुनेका थियौँ त्यही भनिदियौँ। आफ्नै बच्चाहरूबाट अनेक प्रकारका विघ्न पनि पर्छन्, जसरी हिन्दु धर्मका आत्माहरू आफैले आफूलाई चड्कन हानेका छन् नि! वास्तवमा देवीदेवता धर्मका हुन् तर भनिदिन्छन् हामी हिन्दु हौँ। आफूलाई चड्कन हानेका छन् नि! अहिले तिमीलाई थाहा छ, हामी नै पूज्य थियौँ त्यतिबेला श्रेष्ठ कर्म, श्रेष्ठ धर्म थियो। आसुरी मतमा धर्म भ्रष्ट, कर्म भ्रष्ट बनेका छन्। हामीले नै मायाको आसुरी मतले आफ्नो धर्मको ग्लानि सुरु गर्छौँ, त्यसैले बाबाले स्वयं भन्नुभएको छ– त्यो आसुरी सम्प्रदाय हो। यो दैवी सम्प्रदाय हो, जसलाई मैले राजयोग सिकाउँछु। अहिले कलियुग हो। जसले आएर यो ज्ञान सुन्छन्, उनीहरू असुरबाट परिवर्तन भएर देवता बन्छन्। यो ज्ञान देवता बन्नको लागि नै हो। ५ विकारहरूमाथि विजय प्राप्त गरेपछि देवता बन्छन्, बाँकी असुरहरू र देवताहरूको कुनै लडाइँ भएको थिएन। यो पनि भूल गरिदिएका छन्, फेरि देखाउँछन्, जतातिर साक्षात् भगवान हुनुहुन्छ उनीहरूको विजय भयो, त्यसमा नाम श्रीकृष्णको भनिदिएका छन्। वास्तवमा तिम्रो युद्ध मायासँग हुन्छ। बाबा बसेर बच्चाहरूलाई कति कुराहरू सम्झाउनुहुन्छ तर तमोप्रधान आत्माहरू यस्ता छन् जसले एकदमै बुझ्दै बुझ्दैनन्। बाबालाई याद गर्न सक्दैनन्। सम्झन्छन् पनि, मेरो बुद्धि यस्तो तमोप्रधान छ जसले गर्दा याद नै टिक्दैन, त्यसैले उल्टो काम गरिरहन्छु। राम्रा राम्रा बच्चाहरूले पनि पटक्कै याद गर्दैनन्। लक्षण सुधार्दै सुधार्दैनन्, त्यसैले सेवाको उछाल आउँदैन। बाबा भन्नुहुन्छ– देहसहित देहका जेजति सम्बन्ध छन्, तिनलाई मार अथवा भुल। अब मार शब्द वास्तवमा भन्ने होइन। भन्छन्, आफू मरे दुनियाँ मर्छ। यो कुरा बाबा बसेर सम्झाउनुहुन्छ। सबैकुरा बुद्धिबाट भुल्नु छ, तिमीहरू मेरा बनेका छौ भने यी सबैलाई भुल, एक बाबालाई याद गर। जसरी कुनै रोगीको स्थिति निराशाजनक भयो भने फेरि त्यसबाट ममत्व मेटाउनुपर्छ। फेरि उनीहरूलाई भन्छन् राम राम भन, बाबा पनि भन्नुहुन्छ, यो दुनियाँको स्थिति धेरै निराशाजनक (होपलेस) छ। यो खतम हुनु नै छ, सबै मर्नेछन्, त्यसैले यिनीहरूबाट ममत्व मेटाऊ। उनीहरूले त राम रामको धुन लगाउँछन्। यहाँ त एकको कुरा होइन। सारा दुनियाँ विनाश हुनु छ, त्यसैले तिमीहरूलाई एउटै मन्त्र दिन्छु, म एकलाई याद गर। भिन्न भिन्न तरिकाले कति ज्ञान दिइरहनुहुन्छ। अब पुरुषोत्तम महिना आयो त्यसैले पुरुषोत्तम युगको विषयमा पनि ज्ञान दिइरहनुहुन्छ। सम्झाउन धेरै होसियार हुनुपर्छ। धारणा राम्रो हुनुपर्छ। कुनै पाप कर्म गर्नुहुँदैन। नसोधी कुनै चीज लिनु, खानु यो पनि धेरै गुप्त पाप हो। यहाँ नियम धेरै कडा छन्, पाप गर्छन् तैपनि बताएनन् भने फेरि पाप वृद्धि हुँदै जान्छ। यहाँ त तिमी बच्चाहरू पुण्य आत्मा बन्नु छ। मेरो पुण्य आत्मासँग स्नेह छ, पाप आत्मासँग असहमति छ। भक्तिमार्गमा पनि यो कुरा जान्दछन्, राम्रो कर्म गरेमा राम्रो फल मिल्छ, त्यसैले दानपुण्य आदि राम्रो कर्म गर्छन् नि! यो ड्रामा हो, तैपनि भन्छन् भगवानले राम्रा कर्महरूको फल राम्रो दिनुहुन्छ। बाबा भन्नुहुन्छ– म केवल बसेर कहाँ यो धन्दा गर्छु र! यो त सारा ड्रामामा पहिल्यै निश्चित छ। ड्रामा अनुसार बाबा अवश्य आउनुहुन्छ। बाबा भन्नुहुन्छ– म आएर सबैलाई बाटो बताउनु छ। बाँकी यसमा कृपा आदिको कुनै कुरै छैन। कोही कोहीले लेख्छन्, बाबा हजुरको कृपा भयो भने हामीले हजुरलाई कहिल्यै भुल्नेछैनौँ। बाबा भन्नुहुन्छ– मैले कहिल्यै कृपा आदि गर्दिन, यी त भक्तिमार्गका कुरा हुन्। तिमीले आफैमाथि कृपा गर्नु छ। बाबालाई याद गरेमा विकर्म विनाश हुनेछन्। भक्तिमार्गका कुरा ज्ञानमार्गमा हुँदैनन्। ज्ञानमार्ग हो नै पढाइ। टिचरले कसैमाथि कृपा कहाँ गर्छन् र! हरेकले पढ्नु छ। बाबाले श्रीमत दिनुहुन्छ, त्यसमा चल्नुपर्छ नि! तर आफ्नो मतमा चल्ने भएका हुनाले केही पनि सेवा गर्दैनन्। प्यारा बच्चाहरू! एकदम पुण्य आत्मा बन्नु छ। अलिकति पनि कुनै पाप हुनुहुँदैन। कतिपय बच्चाहरूले आफ्नो पाप कहिल्यै बताउँदैनन्। बाबा पनि भन्नुहुन्छ, उनीहरूले कहिल्यै उच्च पद पाउँदैनन्। भनिएको पनि छ, चढे त चाखे... बच्चाहरूलाई थाहा छ, पद धेरै उच्च छ। गिरे भने कुनै कामका रहँदैनन्। अशुद्ध अहङ्कार पहिलो नम्बर हो, फेरि काम, क्रोध, लोभ पनि कम छैन। लोभ, मोहले पनि सत्यानाश गरिदिन्छन्। बच्चाहरू आदिमा मोह भयो भने उनीहरू याद आइरहन्छन्। आत्माले त भन्छ, मेरो त एक शिवबाबा, दोस्रो न कोही, अरू कोही पनि याद नआओस्– यस्तो पुरुषार्थ गर्नु छ। यो त सबै खतम हुनु छ। विनाश सामुन्ने उभिएको छ, वर्सा त लिन सक्दैनन्। यिनीहरूमा के मोह राख्नु छ। यस प्रकारले आफैसँग कुरा गर्नु छ। सारा दुनियाँलाई बुद्धिबाट भुल्नु छ। यो त सबै खतम हुनु नै छ। तुफान यस्ता आउँछन् जसले गर्दा एकदम खतम गरिदिनेछ। कहीँ आगो लाग्यो र जोडले हावा आयो भने तुरून्तै एकदम खलास गरिदिन्छ। आधा घण्टामा १००-१५० झुपडीहरूलाई खतम गरिदिन्छ। तिमीलाई थाहा छ, यो सृष्टिलाई आगो लाग्नु नै छ, नत्र यति सबै मानिस कसरी मर्छन्! जुन राम्रा बच्चाहरू छन्, जसका लक्षण पनि राम्रा छन् तिनीहरूले सेवा पनि राम्रो गर्छन्। तिमी बच्चाहरूलाई नसा हुनुपर्छ। कर्मातीत अवस्था भएपछि मात्र अन्त्यमा पूरा नसा हुनेछ, तैपनि पुरुषार्थ गरिरहन्छन्। बनारसमा शिवका मन्दिरमा त धेरै जान्छन् किनकि उहाँ उच्चभन्दा उच्च भगवान हुनुहुन्छ। त्यहाँ शिवको भक्ति धेरै हुन्छ। बाबा त भनिरहनुहुन्छ, त्यहाँ उनीहरूलाई गएर सम्झाऊ। उहाँ शिव भगवानले यी लक्ष्मीनारायणलाई यो वर्सा दिनुहुन्छ। सङ्गममा नै यो वर्सा उहाँबाट मिलेको हो। यो कुरा सम्झाएमा फेरि ब्रह्मा-सरस्वतीको पनि ज्ञान आउँछ। चित्रहरूमा धेरै स्पष्ट सम्झाउन सक्छौ। यिनीहरूलाई यो राज्य कसरी मिल्यो। यी लक्ष्मीनारायणको राज्यमा भक्तिमार्ग थिएन। भन्छन्, भक्ति त अनादि भइ नै रहन्छ। अहिले तिमीलाई कति ज्ञान मिलेको छ त्यसैले नसा चढ्नुपर्छ नि! हामीलाई भगवानले पढाइरहनुभएको छ, २१ जन्मको राज्य भाग्य दिनको लागि। तिमी विद्यार्थी हौ नि! जसलाई निश्चय हुन्छ– यी ब्रह्माकुमारीहरू जसद्वारा सुनेर हामीलाई निश्चय बसाउँछौ, उहाँ स्वयं के हुनुहुन्छ होला! यस्तो बाबासँग त पहिल्यै भेटौँ । पूरा निश्चय नहुँदासम्म निश्चय बढ्दैन। निश्चय भएका आत्माहरू नै तुरून्तै दौडेर आउँछन्। यस्तो बाबाको समीप हामी गएर भेट्छौँ, छोड्दैनौँ। बस् बाबा, हामी त हजुरका बन्यौँ, हामी जाँदैनौँ। गीत पनि छ नि, चाहे प्यार गर चाहे तिरस्कार गर, यो दिवानाले तिम्रो ढोका छोड्नेछैन। तैपनि बसाउन त सकिँदैन। सेवामा पठाउनुपर्छ। गृहस्थ व्यवहारमा रहेर कमल फूलसमान बन्नु छ। यसरी लेखेर पनि दिन्छन्, फेरि बाहिर जाँदा मायाको चक्करमा आउँछन्। माया यति प्रबल छ। मायाका धेरै विघ्न पर्छन्। सानो दियोलाई कति मायाका तुफान आउँछन्। यी गीतहरूको सार पनि बाबा आएर सम्झाउनुहुन्छ। तिम्रो पुरुषोत्तम युग चलिरहेको छ। भक्तहरूको पुरुषोत्तम महिना गयो। बाबा भन्नुहुन्छ– यो सङ्गमयुगमा नै म आउँछु, पतितहरूलाई पावन बनाउन। ज्ञान कति राम्रो छ।

अच्छा– दिनप्रतिदिन सेवाको वृद्धिको लागि नयाँ नयाँ युक्तिहरू निस्कँदै जानेछन्। राम्रा राम्रा चित्र बन्दै जानेछन्। भन्छन् नि– ढिलो भए पनि काम दुरुस्त हुन्छ। तयारी माल मिल्छ, जसबाट तुरुन्तै कसैले बुझिहाल्छ। सिँढी धेरै राम्रो छ। यतिबेला कसैले यो भन्न सक्दैनन्, हामी पावन छौँ। पावन दुनियाँ सत्ययुगलाई नै भनिन्छ। पावन दुनियाँका मालिक यी लक्ष्मीनारायण हुन्। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) अलिकति पनि कुनै ठुलो अथवा सूक्ष्म पाप नहोस्, यसको लागि धेरै नै ख्याल राख्नु छ। कहिल्यै कुनै चीज लुकाएर लिनुहुँदैन। लोभ, मोहबाट पनि सावधान रहनु छ।

२) अशुद्ध अहङ्कार जसले सत्यानाश गर्छ, त्यसलाई त्यागिदिनु छ। एक बाबाबाहेक अर्को कोही पनि याद नआओस्, यही पुरुषार्थ गर्नु छ।

वरदान:–
देहको भानलाई अर्पण गरेर समर्पण हुने योगयुक्त , बन्धनमुक्त भव

जसले देह अभिमानलाई अर्पण गर्छ उसको हरेक कर्म दर्पण बन्छ। जसरी कुनै चीज अर्पण गरिन्छ भने त्यो अर्पण गरिएको चीज आफ्नो सम्झिँदैन। त्यसैले देहको भानलाई पनि अर्पण गरेमा आफ्नोपन मेटिएपछि लगाव पनि मेटिन्छ। उनीहरूलाई नै सम्पूर्ण समर्पण भनिन्छ। यसरी समर्पण हुनेहरू सदा योगयुक्त र बन्धनमुक्त हुन्छन्। उनीहरूको हर सङ्कल्प, हर कर्म युक्तियुक्त हुन्छ।

स्लोगन:–
सर्वशक्तिमान्लाई साथी बनायौ भने सफलता तिम्रो चरणमा आउनेछ।

अव्यक्त इसारा- अब आफ्नो दाता स्वरूपलाई प्रत्यक्ष गर

आफूलाई सदैव दाता अथवा महादानी सम्झनु छ। महाज्ञानी बनेपछि महादानीको कर्तव्य चल्छ। महाज्ञानीको परख महादानी बनेपछि हुन्छ। अहिले तिम्रो मूर्तिमा यस्तो झलक हुनुपर्छ जसले गर्दा कोही पनि आफ्नो वर्सा लिनबाट वञ्चित नरहोस्। यसरी आफूलाई दाताको बच्चा दाता सम्झनु छ, दिनेहरूमा जुन सान र झलक हुन्छ, अब ती संस्कारहरूलाई इमर्ज गर।