18.05.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे – हामी
ईश्वरीय परिवार का हौँ , हामी ले आफ्नो गुप्त दैवी राजधानी स्थापन गरिरहेका छौँ ,
यही रुहानी नसामा रह नु छ ”
प्रश्न:–
तिमी
बच्चाहरूमा कुन बानी पक्का भयो भने सारा दिन खुसी भइरहन्छौ?
उत्तर:–
यदि सबेरै
सबेरै उठेर विचार सागर मन्थन गर्ने बानी बसेको छ भने सारा दिन अपार खुसी हुन्छ।
बाबाको श्रीमत छ– प्यारा बच्चाहरू! अमृतवेला उठेर आफ्नो बाबासँग मीठा मीठा कुरा गर।
विचार गर– हामी अहिले कुन परिवारका हौँ। हाम्रो कर्तव्य के हो, हाम्रो यो ईश्वरीय
परिवार हो, हामीले आफ्नो नयाँ राजधानी स्थापन गरिरहेका छौँ– यो कुरा बुद्धिमा रह्यो
भने सारा दिन खुसी भइरहन्छ।
ओम् शान्ति ।
तिमी
बच्चाहरूलाई थाहा छ, यो रुहानी परिवार हो, ती सबै जिस्मानी परिवार हुन्। यो रुहानी
परिवार हो। रुहानी बाबाको यो रुहानी परिवार हो, जसरी लौकिक घरमा मातापिता, बच्चाहरू
हुन्छन्, त्यो भयो हदको परिवार। तिमी अहिले बेहदको परिवार हौ। बच्चाहरूले गाउँछन्
पनि तिमी मात-पिता... त्यसैले परिवारजस्तै भयौ। रचियताका रचना हौ। हुन त बच्चाहरू
उहाँका रचना हुन्, तर यो कुरा जान्दैनन्। तिमी बच्चाहरूलाई अहिले थाहा भएको छ,
अवश्य यो बेहदका बाबाको परिवार हो। ईश्वरीय विश्व विद्यालय हो। यसको लागि गायन
गरिएको छ विनाशकाले प्रीत बुद्धि विजयन्ती। यस्तो परिवारको कहिल्यै गीतामा गायन
गरिएको छैन। तिमी ईश्वरीय परिवार हौ, तिमीहरूले गुप्त दैवी राजधानी स्थापन गरिरहेका
छौ। यो कुरा कसैलाई पनि थाहा हुँदैन। तिमीलाई नसा छ, जसजसले बाबालाई याद गर्छन्,
उनीहरूलाई नसा हुन्छ। देह अभिमानमा आएपछि त्यो नसा उत्रिन्छ। यो ईश्वरीय परिवार हो।
हामी घर जानु छ फेरि दैवी राजधानीमा आउनेछौँ। त्यहाँ स्वर्गमा दैवी परिवार हुनेछ।
त्यो आसुरी परिवार हो, यो तिम्रो ईश्वरीय परिवार हो। रुहानी बापदादाका बच्चाहरू
दिदीभाइ हुन्। बस्, यो रुहानी प्रवृत्तिमार्ग हो। सत्ययुगमा ईश्वरीय परिवार भनिँदैन।
त्यहाँ दैवी परिवार हुनेछ। यो ईश्वरीय परिवार धेरै उत्कृष्ट छ। तिमीलाई थाहा छ अहिले
हामीले ईश्वरीय परिवार, दैवी राज्य स्थापन गरिरहेका छौँ। यस प्रकार आफैसँग कुरा
गर्दै, विचार सागर मन्थन गर्नुपर्छ। सबेरै उठेर यादमा बस्यौ भने विचार सागर मन्थन
गर्ने बानी बस्छ। उमङ्गमा आउँदै जान्छौ। जुनबेला अरू सबै मानिसहरू निद्रामा
सुतिरहेका हुन्छन्, तिमी त्यस समयमा जाग्छौ। तिमीले सबेरै सबेरै उठेर यस्ता प्रकारका
विचार गर्नुपर्छ फेरि हेर तिमीलाई कति खुसी हुन्छ। जुन पनि श्रीमत मिल्छ त्यसमा
चल्नुछ फेरि तिमीलाई धेरै खुसी हुन्छ, ईश्वरीय परिवारको याद आउँछ। आसुरी परिवारबाट
दिल हट्छ। नयाँ घर बिल्कुल तयार भएपछि फेरि पुरानो घरबाट आसक्ति निस्कन्छ। नयाँ घर
नबनेसम्म केही न केही मर्मत आदि गरिरहन्छन्। फेरि त्यस पुरानो घरबाट दिल हट्छ। यो
पुरानो दुनियाँ पनि यस्तै हो।
अहिले तिमीलाई थाहा
भएको छ यो पुरानो घर हो, हामी नयाँ घरमा जानेछौँ। फेरि नयाँ चोला पहिरिनेछौँ। यो
देह पनि पुरानो छ। अहिले तिमीले भविष्य २१ जन्मको लागि राज्य भाग्य लिइरहेका छौ। यहाँ
राज्य गर्नुछैन। यहाँ स्थापना हुन्छ। यी कुराहरू केवल तिमीलाई मात्रै थाहा छ। यो पनि
गीता हो, राजयोग हो नि! यसलाई भनिन्छ सहज राजयोग। अनेक पटक तिमीले यो राजयोग
अभ्यासद्वारा दैवी राज्य स्थापन गर्छौ। त्यहाँ यी कुराहरू याद रहँदैनन्। त्यहाँ यी
कुराहरू याद रहे भने फेरि सुख नै महसुस हुँदैन। चिन्ता हुनेछ। यस समयमा तिमीलाई
गुप्त नसा छ। यो उच्चभन्दा उच्च बाबाको परिवार हो। यसलाई भनिन्छ ईश्वरीय गुप्त
प्रकारको परिवार। यसलाई ईश्वरीय विश्व विद्यालय, ईश्वरीय यज्ञ पनि भन्छन्। परिवार
हो, त्यसैले हामी धेरै प्यारा बन्नुछ। भविष्यमा तिमी धेरै प्यारा बन्नेछौ। तिमी हौ
रूप-वसन्त। आत्मा रूप पनि हो, वसन्त पनि हो। यति सानो आत्माले अविनाशी पार्ट खेल्छ।
यस समयमा तिमी रूप-वसन्त बनेका छौ। बाबा ज्ञानको सागर हुनुहुन्छ। अवश्य यो शरीरमा
आएपछि मात्र ज्ञान दिनुहुन्छ। तिमीलाई थाहा छ– उहाँले ज्ञानको वर्षा बर्साउनुहुन्छ।
एक एक रत्न लाखौँ रुपैयाँको छ। अहिले तिमी आत्माहरूलाई बाबाको परिचय मिलेको छ।
बाबाले स्मृति दिलाउनुभएको छ। तिम्रो बुद्धिमा छ– यो ८४ को चक्र कसरी घुम्छ त्यसैले
तिम्रो नाम नै हो– स्वदर्शन चक्रधारी। विष्णु वा लक्ष्मीनारायण स्वदर्शन चक्रधारी
थिएनन्, उनीहरूमा यो ज्ञान हुँदैन। सृष्टिको चक्र कसरी घुम्छ, अहिले आत्मालाई यो
ज्ञान मिल्छ। भन्न त त्रिमूर्ति भन्छन् तैपनि शिवलाई देखाउँदैनन्। त्रिमूर्तिका
चित्रहरू धेरै देखेका हौला। साकारमा प्रजापिता ब्रह्मा त यहाँ छन् नि। यिनी भए धेरै
पुराना, ग्रेट-ग्रेट ग्र्यान्ड फादर, आदि पिता। त्यसैले यो भयो प्रजापिता ब्रह्माको
वंशवृक्ष। बाबाले सृष्टि रच्नुहुन्छ, ब्रह्माद्वारा। त्यसैले ब्रह्मा ठुला भए नि।
देखाउँछन् पनि ब्रह्मा वृद्ध छन्। उनले यो ८४ जन्मको चक्कर लगाएका छन्। अहिले तिमीले
यी कुराहरू बुझेका छौ। तिमीले यो पनि जान्दछौ, सबै त बाबाका बच्चाहरू हुन्।
आत्माहरूलाई बाबाको परिचय दिनु छ। अहिले विश्वको धेरै ठुलो कल्याण भइरहेको छ। सबै
आत्माहरू पवित्र भएर मुक्तिधाममा जानेछन्। तिमी छौ नै विश्वको सेवामा। खासगरी
भारतवर्ष र सारा दुनियाँको सेवा। तिमी अहिले थोरै छौ, जसले यी कुराहरू बुझ्छौ फेरि
संक्षेपमा सम्झाइन्छ, प्यारा बच्चाहरू! मनमनाभव। एकान्तमा पनि सम्झाइन्छ, जे जति छ
त्यो सबै दैवी राजधानी स्थापन गर्नमा लगाऊ। बापु गान्धीले के गर्थे! उनले पनि
रामराज्य चाहन्थे। यो खेल कती आश्चर्यजनक छ नि! अहिले तिमीले साक्षी भएर खेल हेर्छौ।
तिमीलाई हाँसो उठ्छ। कहाँका कुराहरू कहाँ लैजान्छन्।
बाबा भन्नुहुन्छ–
ड्रामा अनुसार दुनियाँको गति बिग्रिएको छ फेरि बाबा आएर सद्गति गर्नुहुन्छ। तिमी
बच्चाहरूलाई नसा चढेको छ। उहाँ हुनुहुन्छ सारा विश्वका निराकार बापुजी। यी ब्रह्मा
पनि कसका बच्चा हुन्? शिवबाबाका। उहाँ कसको बच्चा हुनुहुन्छ? यी माताहरूले भन्छन्–
शिवबाबा हाम्रो बच्चा हुनुहुन्छ। यो शिवबाबाको खेलपाल हो। बाँकी ध्यान,
साक्षात्कारमा त माया धेरै प्रवेश हुन्छ। यो जुन भन्छन्– हामीमा शिवबाबा आउनुहुन्छ।
शिवबाबाले यो भन्नुहुन्छ। यो सबै भूतको प्रवेशता हो। तिमी बच्चाहरू होसियार
रहनुपर्छ। यो भूतको बिमारी यस्तो छ जसले दुवै जहानबाट उडाइदिन्छ। यो कहिल्यै पनि
विचार आउनुहुँदैन– हामीले साक्षात्कार गरौँ। यी सबै भक्तिका विचारहरू हुन्।
ज्ञानमार्गलाई राम्रोसँग बुझ्नुपर्छ। मायाले अनेक प्रकारले धोका दिन्छ। साक्षात्कार
आदिबाट कुनै फाइदा छैन। उहाँ बाबा भन्नुहुन्छ– यिनीद्वारा मगनी गराउँछु। बाबाको
आदेश छ– तिमीले कुनै पनि देहधारीलाई याद गर्नुहुँदैन। तिमीले आफूलाई आत्मा सम्झेर
बाबालाई याद गर। आफ्नो कल्याणको लागि बाबालाई याद गर्नुछ। यो त धेरै समझको कुरा हो।
बाबालाई कुनै पनि समाचार लेख्न सक्छौ। कति बच्चाहरूलाई त यति पनि अक्कल छैन, बेहदको
बाबालाई चिठीमा आफ्नो कुशल समाचार लेखौँ। लौकिक पितालाई चिठी नलेखे त आराम नै
हराउँछ। उहाँ पनि बेहदको बाबा हुनुहुन्छ। हेर्नुहुन्छ डेढ महिनासम्म चिठी आएन भने
सम्झनुहुन्छ, यिनीहरूलाई सायद मायाले खाइदियो, जसले यस्ता पारलौकिक बाबालाई चिठी
लेख्दैनन्। यति त लेख्नुपर्छ– बाबा, हामी सदैव नारायणी नसामा रहन्छौँ। हजुरले
दिनुभएको युक्तिमा नै हामी तत्पर छौँ। अनि बाबाले सम्झनुहुन्छ राजीखुसी रहेछन्। चिठी
लेखेनन् भने सम्झनुहुन्छ बिरामी रहेछन्। यादमा नै रहँदैनन्। नत्र बाबालाई समाचार
दिनुपर्छ, बाबा हामीले यो सेवा गर्छौँ, यिनीहरूलाई सम्झायौँ, यिनीहरूको बुद्धिमा
पूरा बसेन। त्यसैले फेरि यो पनि सम्झाउनुहुन्छ, यसरी सम्झाऊ।
भक्तिमार्गमा जे जति
भने पनि केही पनि बुझ्दै बुझ्दैनन्। मुख्य कुरा– बाबालाई नै चिन्दैनन्। बाबालाई
चिनेमा भारतवर्षले सद्गति पाउँछ। बाबालाई नचिनेका हुनाले भारतवर्षको बिल्कुल दुर्गति
हुन्छ। अब बाबा तिमी बच्चाहरूलाई सम्झाउनुहुन्छ– मैले तिमीलाई सद्गतिमा लैजान्छु,
बाँकी सबैलाई मुक्तिमा लैजान्छु। भारतवर्ष जीवनमुक्तिमा हुनेछ त्यसैले बाँकी सबै
मुक्तिमा हुनेछन्। यो परिवर्तन बाबा बाहेक अरू कसैले गर्न सक्दैन। सबैको सद्गतिदाता
एउटै बाबा हुनुहुन्छ। सबैको सद्गति अवश्य कल्प कल्प सङ्गममा नै हुन्छ।
तिमीलाई थाहा छ हामी
आत्माहरूको रुहानी बाबा एउटै हुनुहुन्छ। उहाँलाई आत्माले नै याद गर्छ। भक्तिमार्गमा
तिम्रा दुई पिता हुन्छन्। सत्ययुगमा हुन्छन् एक पिता। सङ्गममा हुन्छन् ३ पिता।
प्रजापिता ब्रह्मा पनि त पिता भए नि। शिव पनि बाबा हुनुहुन्छ। उहाँ हुनुहुन्छ सर्व
आत्माहरूका पिता, उहाँबाट नै वर्सा लिनु छ। उहाँलाई याद गरेमा नै विकर्म विनाश
हुन्छ। ब्रह्मालाई याद गरेर विकर्म विनाश हुँदैन, त्यसैले शिवबाबालाई नै याद गर्नुछ।
हामी उहाँका बनेका छौँ, यो हो, रुहानी बाबाको रुहानी बच्चाहरूप्रति सच्चा सच्चा
रियल ज्ञान। बाँकी सबै हुन् देह अभिमानी। देह अभिमानी पतित मानिसहरूले जुन कर्तव्य
गर्छन् त्यो पतित नै गर्छन्। दानपुण्य आदि जति पनि गर्छन्, ती सबैले पतित नै
बनाउँछन्। रावण राज्यमा यो हुन्छ नै। अब बाबा आएर आअदेश निकाल्नुहुन्छ। भन्नुहुन्छ–
प्यारा बच्चाहरू! होसियार, विकारमा नजानु, काममाथि विजय पाउनु छ। तुफान आदि त धेरै
आउँछन्। यसमा निसाश हुनुहुँदैन। मायाका यति विकल्प आउँछन् जुन अज्ञान कालमा पनि आएका
हुँदैनन्, यस्ता पनि विकल्प आउँछन्। भन्छन्– भक्तिमार्गमा त धेरै खुसी हुन्छ। अहिले
हजुरलाई याद गर्न चाहन्छौँ तर गर्न सक्दैनौँ। बिन्दी याद हुँदैन। ठुलो चीज भए याद
गर्ने थियौँ।
बाबा भन्नुहुन्छ–
तिमीले शिवबाबा भनेर याद गर, यो पुरानो दुनियाँलाई भुलिदेऊ। तिमीले शान्तिधाममा याद
गर। केवल शान्तिधामलाई याद गर्नुछैन, बाबाको यादले नै विकर्म विनाश हुन्छ। आत्माको
स्वीट बाबासँग प्यार हुनुपर्छ। बाबा आधाकल्पको प्रेमी हुनुहुन्छ। आत्माले भन्छ– मैले
आधाकल्प हजुरलाई बिर्सें। यहाँ ब्राह्मणीहरूले जसलाई ल्याउँछन्, धेरै होसियारीले
निश्चयबुद्धि बच्चाहरूलाई नै ल्याउनु छ। यदि यहाँ आएर फेरि गएर कोही पतित बन्यो भने
दण्ड ब्राह्मणीमाथि आउँछ। त्यसैले ब्राह्मणीमाथि धेरै जिम्मेवारी छ। बाबाले यो रथ
लिनुभएको छ। यी ब्रह्मा सबै कुराका अनुभवी छन्। यहाँ त विकारी कुरा हुँदैनन्। आपसमा
हाँस्नु, खेल्नु, कुराकानी गर्नु यसमा कुनै मनाही छैन। बाँकी अलिकति पनि कुनै
आत्मासँग प्रेम राख्यौ भने फेरि धेरै बढ्दै जानेछ। उसैको याद आइरहन्छ। त्यसैले
यसबाट पनि पार जानु छ।
अहिले तिमी घरमा बसेका
छौ वा सत्ययुगमा बसेका छौ? (घरमा) बाबाले बच्चाहरूलाई घरमा पढाउनुहुन्छ। तिमी सबैको
यो घर हो। बाहिर जाँदा यस्तो भन्दैनौ। यहाँ धेरै राम्रो नसा हुन्छ। देहको अभिमान
छोड्नुछ। देहीअभिमानी बन्यौ भने जातपातको भेदभाव सबै निस्कन्छ। पुरानो दुनियाँ
तमोप्रधान छ, तिनीहरूमा भेदभाव झन् बढ्दै जान्छ। पहिला अङ्ग्रेज सरकारको समयमा
भाषाहरूको झगडा थिएन, अब दिनप्रतिदिन फुट बढ्दै जान्छ। फेरि सत्ययुगमा एउटै भाषा
हुनेछ। कुनै भेदभाव हुँदैन। अच्छा।
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) कुनै पनि देहधारीको याद नआओस्, यसको लागि कसैसँग पनि प्रेम गर्नुछैन। यसबाट पनि
पार जानु छ। धेरै होसियारी राख्नुछ। मायाका विकल्पहरूबाट आत्तिनुछैन, विजयी बन्नुछ।
२) ध्यान
साक्षात्काररमा मायाको धेरै प्रवेश हुन्छ, यस भूतको प्रवेशबाट आफूलाई बचाउनु छ।
बाबालाई आफ्नो सच्चा सच्चा समाचार दिनु छ।
वरदान:–
हरेक कुरामा
सारलाई ग्रहण गर ेर अलराउन्डर बन्ने सरल पुरुषार्थी भव
जे जति कुरा देख्छौ,
सुन्छौ– त्यसको सारलाई बुझ र जुन वचन बोल्छौ, जुन कर्म गर्छौ त्यसमा सार भरिएको होस्
त्यसबाट पुरुषार्थ सरल हुनेछ। यस्तो सरल पुरुषार्थी सबै कुरामा अलराउन्डर (बहुमुखी)
हुन्छ। उसमा कुनै पनि कमी देखिँदैन। कुनै पनि कुरामा हिम्मत कम हुँदैन, मुखबाट यस्ता
वचन निस्कँदैनन्– मैले यो काम गर्न सक्दिन। यस्ता सरल पुरुषार्थी स्वयं पनि
सरलचित्त हुन्छन् र अरूलाई सरलचित्त बनाउँछन्।
स्लोगन:–
साधन प्रयोग
गर्दा त्यसको प्रभावबाट न्यारा र बाबाको प्यारा बन।
अव्यक्त इसारा:– सदा
अचल , अडोल , एकरस स्थितिको अनुभव गर
एकरस स्थिति बनाउनको
लागि एक बाबा बाहेक अरू केही देख्दा पनि नदेख। यो जे जति देख्छौ यो कुनै पनि वस्तु
रहनेछैन। त्यसैले कुनै पनि दृश्य देख्दा किन, के को उत्पत्ति हुँदैन भने एकरस,
स्थिर रहन सक्छौ। यही व्यर्थ सङ्कल्पहरूको हलचलको कारण हो। यो किनको समाप्तिपछि नै
सम्पूर्णता आउनेछ।