18.07.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– यस पुरानो दुनियाँमा मानिसले जुन प्रकारका आशाहरू राख्छन् ती आशाहरू तिमीले राख्नुहुँदैन, किनकि यो दुनियाँ विनाश हुनुछ।”

प्रश्न:–
सङ्गमयुगमा कुन आशा राख्यौ भने सबै आशाहरू सदाको लागि पूरा हुन्छन्?

उत्तर:–
हामी पावन बनेर, बाबालाई याद गरेर उहाँबाट पूरा वर्सा लिनुछ– केवल यही आशा होस्। यसै आशाले सदाको लागि सबै आशाहरू पूरा हुन्छन्। आयुष्मान् भव, पुत्रवान् भव, धनवान् भव..... सबै वरदान मिल्छन्। सत्ययुगमा सबै कामनाहरू पूरा हुन्छन्।

गीत:–
तुम्हीं हो माता, तुम्हीं पिता हो...

ओम् शान्ति ।
मीठा-प्यारा रुहानी बच्चाहरू अर्थात् आत्माहरूप्रति परमपिता परमात्माले यो कुरा सम्झाइरहनुभएको छ। तिमीहरूलाई थाहा छ बेहदको बाबाले हामीलाई वरदान दिइरहनुभएको छ। उनीहरूले आशीर्वाद दिन्छन्– पुत्रवान् भव, आयुष्मान् भव, धनवान् भव। अब बाबाले तिमीलाई वरदान दिनुहुन्छ– आयुष्मान् भव। तिम्रो आयु धेरै लामो हुन्छ। त्यहाँ पुत्र पनि हुन्छ र त्यो पुत्र पनि सुखदायक हुन्छ। यहाँ जति पनि बच्चाहरू छन्, ती सबैले दुःख दिन्छन्। सत्ययुगमा जति बच्चाहरू हुन्छन्, ती सबैले सुख दिन्छन्। अहिले तिमी बच्चाहरूलाई थाहा छ बेहदको बाबाले बेहद सुखको वर्सा दिइरहनुभएको छ। अवश्य हामी आयुष्मान्, धनवान् पनि बन्छौँ। अब दिलमा कुनै पनि कामना राख्नुहुँदैन। तिम्रा सबै कामनाहरू सत्ययुगमा पूरा हुनेछन्। यस नर्कमा कुनै पनि कामना राख्नुहुँदैन। धनको पनि कामना नराख। धेरै धन होस्, ठुलो जागिर मिलोस्– यसमा पनि धेरै चाहना राख्नुहुँदैन। पेटले त एक पाउ पिठोको रोटी खान्छ, धेरै लोभ गर्नुहुँदैन। धेरै धन भयो भने त्यो पनि खतम हुनुछ। तिमी बच्चाहरूलाई थाहा छ बाबाले हामीलाई स्वर्गको मालिक बनाउनुहुन्छ। अब बाबा भन्नुहुन्छ– दे दान तो छूटे ग्रहण। कुन दान दिने? यी ५ विकार छन् नि! यी विकार दानमा दिनुछ अनि ग्रहदशा छुट्छ र तिमी १६ कला सम्पूर्ण बन्छौ। तिमीलाई थाहा छ हामी सर्वगुण सम्पन्न, १६ कला सम्पूर्ण... यहीँ बन्नुछ। ५ विकारहरूको दान पनि दिनुपर्छ। तिमी बच्चाहरूलाई बाबा भन्नुहुन्छ– मीठा-प्यारा बच्चाहरू! बेहदको बाबाबाट बेहदको वर्सा लिने बाहेक अरू कुनै पनि आशा नराख। बाँकी थोरै समय छ, गायन गरिन्छ पनि– बहुत गई थोडी रही। विनाश हुनमा बाँकी थोरै समय छ त्यसैले यस पुरानो दुनियाँमा कुनै आशा नराख। केवल बाबालाई याद गरिरहनुछ। यादद्वारा तिमी बच्चाहरू सतोप्रधान बन्नुछ। यस दुनियाँमा मानिसहरूले जुन आशा राख्छन् तिमीले त्यो कुनै पनि नराख। आशा केवल राख्नुछ एक शिवबाबाबाट हामीले आफ्नो स्वर्गको वर्सा लिऊँ। कसैलाई पनि कहिल्यै दुःख दिनुहुँदैन। एकअर्कामाथि काम कटारी चलाउनु– यो सबैभन्दा ठुलो दुःख हो त्यसैले संन्यासीहरू स्त्रीबाट छुट्टिन्छन्। भन्छन् यिनले छोडिदिए। यस समयमा रावण राज्यमा सबै पतित, पाप आत्माहरू छन्।

अब समय धेरै कम छ, तिमी बाबाको श्रीमतमा चलेनौ भने श्रेष्ठ बन्दैनौ। तिमी बच्चाहरू उच्चभन्दा उच्च बन्नुछ त्यसैले ५ विकारहरूको दान दिनुछ अनि यो ग्रहदशा छुट्छ। सबैमाथि ग्रहदशा छ, बिल्कुलै काला बनेका छन्। बाबा भन्नुहुन्छ– मबाट वर्सा लिनुछ भने पावन बन। द्वापरदेखि तिमी पतित बन्दा बन्दा सतोप्रधानबाट तमोप्रधान बनेका छौ, त्यसैले त गाउँछौ पतितपावन आउनुहोस्, आएर हामीलाई पावन बनाउनुहोस्! त्यसैले बाबा आदेश दिनुहुन्छ– प्यारा बच्चाहरू! अब पतित नबन, काम महाशत्रुलाई जित, यसैबाट तिमीले आदि-मध्य-अन्त्य दुःख पाएका हौ। बाबा भन्नुहुन्छ– तिमी स्वर्गमा बिल्कुल पवित्र थियौ। अब रावणको मतमा तिमी पतित बनेका छौ, त्यसैले त देवताहरूको अगाडि गएर उनीहरूको महिमा गाउँछौ– हजुर सर्वगुण सम्पन्न, सम्पूर्ण निर्विकारी र हामी विकारी छौँ। निर्विकारी भएपछि सुख नै सुख हुन्छ। बाबा भन्नुहुन्छ– अब म आएको छु, तिमी बच्चाहरूलाई निर्विकारी बनाउन। अब तिमी बच्चाहरूले सबै इच्छाहरू छोड्नुछ। गर्न त आफ्नो कामधन्दा गर। एकअर्कालाई ज्ञान अमृत पिलाऊ। गायन गरिन्छ पनि– अमृत छोड विष काहे को खाए। बाबा भन्नुहुन्छ कुनै पनि कामना नराख। हामी यादको यात्राबाट पूरा सतोप्रधान बन्छौँ। ६३ जन्म जुन पाप गरेका छौ, त्यो पाप यादले नै खतम हुन्छ। अब निर्विकारी बन्नुछ। आउन त मायाका तुफानहरू आउँछन् तर पतित बन्नुहुँदैन। मानिसबाट देवता बन्नुछ। तिमी नै सतोप्रधान पूज्य देवता थियौ फेरि तिमी नै पूज्यबाट पुजारी बन्छौ। हामी निरोगी थियौँ फेरि रोगी बन्छौँ अब फेरि निरोगी बनिरहेका छौँ। जुनबेला निरोगी थियौँ त्यतिबेला आयु लामो थियो। अहिले त हेर बस्दाबस्दै मानिस मर्छन्। त्यसैले कुनै पनि आशा राख्नुहुँदैन। यी सबै विकारी आशाहरू हुन्। काँडाबाट फूल बन्नको लागि त एउटै फस्टक्लास आशा छ– बाबा भन्नुहुन्छ मलाई याद गर्छौ भने पुण्य आत्मा बन्छौ। यस समयमा सबैमाथि राहुको ग्रहदशा छ। सारा विश्वमाथि राहुको ग्रहदशा छ। फेरि हुनुपर्छ– बृहस्पतिको दशा। तिमीलाई थाहा छ अब हामीमाथि बृहस्पतिको दशा बसेको छ। भारतखण्ड स्वर्ग थियो नि! सत्ययुगमा तिमीमाथि बृहस्पतिको दशा थियो। यस समयमा राहुको दशा छ। अब फेरि बेहदको बाबाबाट बृहस्पतिको दशा मिल्छ। बृहस्पतिको दशामा २१ जन्मको सुख हुन्छ। त्रेतामा हुन्छ शुक्रको दशा। जति जसले याद गर्छन् त्यति पाउँछन्, धेरै याद गरे भने बृहस्पतिको दशा हुन्छ। यो पनि सम्झाइएको छ अब सबै फर्केर घर जानुछ त्यसैले बाबालाई याद गरिरहनुछ अनि विकर्म विनाश हुन्छ र तिमी उड्नलायक बन्छौ। मायाले तिम्रा पङ्ख काटिदिएको छ।

अब तिमीलाई मिल्छ ईश्वरीय मत, जसबाट तिमी सदा सुखी बन्छौ। ईश्वरीय मतमा तिमी स्वर्गको मालिक बन्छौ। तिमीले विश्वको बादसाही लिइरहेका छौ। ईश्वरीय मत मिल्छ– बाबालाई याद गरेमा अन्त मती सो गति हुन्छ। यादले नै विकर्म विनाश हुन्छ, पवित्र बन्छौ। पवित्र आत्मा नै स्वर्गको लायक बन्छ। त्यहाँ तिम्रो शरीर पनि निरोगी हुन्छ, आयु पनि लामो हुन्छ। धन पनि धेरै हुन्छ। त्यहाँ कहिल्यै धर्मपुत्र बनाउँदैनन्। बाबा भन्नुहुन्छ– आयुष्मान् भव, सम्पत्तिवान् भव। पुत्र पनि एउटा अवश्य हुन्छ। यस समयमा बाबाले सबैलाई धर्मका बच्चा बनाउनुहुन्छ। तर फेरि सत्ययुगमा कोही धर्मका बच्चा हुँदैनन्। एक बच्चा एक बच्ची हुन्छ योगबलद्वारा। सोध्छन् त्यहाँ बच्चाहरू कसरी पैदा हुन्छन्, त्यहाँ हुन्छ नै योगबल। त्यो कुरा ड्रामामा पहिल्यै निश्चित हुन्छ। सत्ययुगमा सबै योगी हुन्छन्। श्रीकृष्णलाई योगेश्वर भनिन्छ। यस्तो होइन श्रीकृष्ण योगमा रहन्छन्। उनी त पूरा पवित्र योगी हुन्छन्। ईश्वरले सबैलाई योगेश्वर बनाउनुभएको छ त्यसैले सबै भविष्यमा योगी हुन्छन्। बाबाले योगी बनाउनुभएको छ। योगीहरूको आयु लामो हुन्छ। भोगीको आयु छोटो हुन्छ। ईश्वरले बच्चाहरूलाई पवित्र बनाएर योग सिकाएर देवता बनाउनुभएको छ, यिनलाई भनिन्छ योगी। योगी अथवा ऋषि पवित्र हुन्छन्। तिमीलाई सम्झाइएको छ– तिमी हौ राजऋषि। तिमीहरूले राजयोग सिकिरहेका छौ, राजाई पद पाउनको लागि। यस समयमा बाबालाई याद गर्नुछ, यहाँ बच्चा पैदा होस् भन्नेजस्ता कुनै उल्टो आशा राख्नुहुँदैन। फेरि पनि विकारमा जानुपर्छ नि, काम कटारी चलाउनुपर्छ। देह अभिमानीले काम कटारी चलाउँछन्। देहीअभिमानीले काम कटारी चलाउँदैनन्। बाबा सम्झाउनुहुन्छ पवित्र बन। आत्माहरूसँग कुरा गर्नुहुन्छ, अब यो काम कटारी नचलाऊ। पवित्र बन्यौ भने तिम्रा सबै दुःख हट्छन्। बाबाले तिमीलाई स्वर्गको मालिक बनाउनुहुन्छ। बाबाले कति सुख दिनुहुन्छ। बाबाबाट त पूरा वर्सा लिनुपर्छ।

बाबा त गरिब निवाज हुनुहुन्छ। गायन गरिन्छ पनि सुदामाले दुई मुठी चामल दिए अनि महल मिल्यो। बाबाले २१ जन्मको लागि वर्सा दिनुहुन्छ। यो पनि बुझेका छौ– अब सबै फर्केर जानुछ। शिवबाबाको स्थापनाको कार्यमा जति जसले मदत गर्छ, त्यति पाउँछ। घरमा विश्व विद्यालय वा हस्पिटल खोल। बोर्डमा लेखिदेऊ, दिदीबहिनी तथा दाजुभाइहरू, २१ जन्मको लागि, सदा स्वस्थ र सम्पन्न बन्नुछ भने आएर बुझ्नुहोस्! हामीले एक सेकेन्डमा सदा स्वस्थ र सम्पन्न बन्ने बाटो बताउँछौँ। तिमी सर्जन हौ नि! सर्जनले बोर्ड त अवश्य राख्छन्, नत्र मानिसहरूलाई कसरी थाहा हुन्छ। तिमीले पनि आफ्नो घरको बाहिर बोर्ड टाँगिदेऊ। जोसुकै आए भने पनि उनलाई दुई पिताको रहस्य सम्झाऊ। हदको पिताबाट हदको वर्सा लिँदै आएका छौ। बेहदको बाबा भन्नुहुन्छ– म एकलाई याद गरेमा बेहदको वर्सा मिल्छ। प्रोजेक्टर, प्रदर्शनीमा पहिला यही कुरा सम्झाऊ। यस पुरुषार्थबाट तिमी यो बन्छौ। अहिले यो हो सङ्गम। कलियुगबाट सत्ययुग बन्नुछ। तिमीहरू सतोप्रधान थियौ, अहिले तमोप्रधान बनेका छौ। अब बाबा भन्नुहुन्छ– मलाई याद गरेमा तिमी स्वर्गको मालिक बन्छौ। शब्द नै दुई छन्। अल्फलाई याद गरेमा बे बादसाही तिम्रो। यस यादले खुसी हुनेछौ, यस फोहोरी दुनियाँमा कुनै पनि प्रकारको आशा नराख। यहाँ तिमीले पुरुषार्थ गर्छौ– जीवनछँदै मर्नको लागि। उनीहरूले त मरेपछि भन्छन् स्वर्गवासी भयो। तिमीले सबैलाई भन्छौ स्वर्गवासी बन्नको लागि हामीले बाबालाई याद गर्छौँ। त्यसबाट बेहदको सुख मिल्छ। बाबालाई याद गरेमा तिमी कहिल्यै रुनेकराउने छैनौ। मायाका तुफान आउँछन्, त्यसको ख्याल नगर। मायाका तुफान त आउँछन्। यो हो युद्ध। सङ्कल्प विकल्प आउँछन्, अनि सित्तैमा टाइम जान्छ। तुफान त पार हुन्छ, सदैव कहाँ रहन्छ र! सबेरै उठेर बाबालाई याद गर्नुछ, बाबाबाट वर्सा लिनुछ। मनभित्र यो धुन लागिरहोस्। बाबाले अरू कुनै मेहनत दिनुहुन्न। केवल बाबालाई याद गर्नुछ। अरू सबैलाई भुल, यी सबै मरेका छन्। आपसमा यही कुरा गरिरहनुछ। बाबा अब त केवल हजुरलाई नै याद गर्छौँ। हजुरबाट स्वर्गको वर्सा लिन्छौँ। टाइम राखिदेऊ– हामी अवश्य ३-४ बजे उठेर बाबालाई याद गर्छौँ। चक्र पनि याद राख्नुछ। बाबाले हामीलाई रचयिता र रचनाको ज्ञान दिनुभएको छ। हामीले यस मनुष्य सृष्टि वृक्षलाई जानेका छौँ। हामीले २१ जन्म कसरी लिन्छौँ– यो कुरा हाम्रो बुद्धिमा छ। अहिले फेरि हामी जान्छौँ, स्वर्गमा फेरि आएर पार्ट खेल्नेछौँ। हामी आत्मा हौँ, आत्मालाई नै राज्य मिल्छ। बाबालाई याद गरेमा वर्साको हकदार बन्छौँ। यो राजयोग हो। बाबालाई याद गर्छौँ। बेहदको बाबाद्वारा अनेकौँपटक विश्वको मालिक बनेका छौँ, फेरि नर्कवासी बनेका छौँ। अब फेरि स्वर्गवासी बन्छौँ– एक बाबाको यादद्वारा। बाबाको यादले नै पाप भस्म हुन्छ त्यसैले यसलाई योग अग्नि भनिन्छ।

तिमी ब्राह्मण हौ राजऋषि, ऋषि सधैँ पवित्र हुन्छन्, बाबालाई याद गर्छन् र राज्य भाग्यको वर्सा लिन्छन्। अब पनि कहीँ विकारको लागि आश राख्नुछ र! यो विकारी आश हो। अब त पारलौकिक बाबाबाट वर्सा लिनुछ। बिरामी हुँदा पनि बाबाको याद गर्न सक्छौ। बाबालाई पनि बच्चाहरू प्यारा लाग्छन्। बाबाले कति बच्चाहरूलाई पत्र आदि लेख्नुपर्छ। शिवबाबाले लेखाउनुहुन्छ। तिमीले पनि पत्र लेख्छौ– शिवबाबा केयर अफ ब्रह्मा। हामी सबै शिवबाबाका बच्चाहरू भाइ भाइ हौँ। रुहानी बाबा आएर हामी आत्माहरूलाई पावन बनाउनुहुन्छ, त्यसैले भनिन्छ– पतितपावन। बाबाले सबै आत्माहरूलाई पावन बनाउनुहुन्छ। कसैलाई पनि छोड्दिनँ, प्रकृति पनि पावन बन्छ। तिमीलाई थाहा छ सत्ययुगमा प्रकृति पनि पावन हुन्छ। अहिले शरीर पनि पतित छ त्यसैले त गङ्गामा शरीर पखाल्न जान्छन्, तर आत्मा त पावन हुँदैन। त्यो त हुन्छ– योग अग्निले। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) यस कलियुगी दुनियाँमा कुनै पनि उल्टो आशा राख्नुहुँदैन। सम्पूर्ण सतोप्रधान बन्नको लागि ईश्वरीय मतमा चल्नुछ।

२) पावन बनेर फर्केर घर जानुछ, यही एउटा आशा राख्नुछ। अन्त मती सो गति। मायाका तुफानहरूमा समय गुमाउनुछैन।

वरदान:–
सदा पावरफुल वृत्तिद्वारा बेहदको सेवामा तत्पर रहने हदका कुराहरूबाट मुक्त भव

जसरी साकार बाबालाई सेवाबाहेक अरू केही पनि देखा पर्दैनथ्यो, त्यसरी नै तिमी बच्चाहरू पनि आफ्नो पावरफुल वृत्तिद्वारा बेहदको सेवामा सदा तत्पर रह्यौ भने हदका कुराहरू स्वतः खतम हुन्छन्। हदका कुराहरूमा समय दिनु– यो पनि पुतलीहरूको खेल हो जसमा समय र इनर्जी व्यर्थ जान्छ त्यसैले साना साना कुराहरूमा समय वा जम्मा गरिएका शक्तिहरू व्यर्थ नगुमाऊ।

स्लोगन:–
सेवामा सफलता प्राप्त गर्नुछ भने बोली र चालचलन प्रभावशाली बनाऊ।

अव्यक्त इसारा:– ज्वालास्वरूप स्थितिमा स्थित भएर शक्तिशाली यादको अनुभव गर

समय अनुसार अब सर्व ब्राह्मण आत्माहरूलाई समीप ल्याउँदै ज्वाला स्वरूपको वायुमण्डल बनाउने सेवा गर, त्यसको लागि चाहे भट्ठीहरू गर वा आपसमा सङ्गठित भएर रुहरिहान गर तर ज्वालास्वरूपको अनुभव गर र गराऊ, यस सेवामा लाग्यौ भने साना साना कुराहरू सहजै परिवर्तन हुन्छन्।