18.11.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमी मन्सा-वाचा-कर्मणा एक्युरेट बन्नु छ किनकि तिमी देवताहरूभन्दा पनि उच्च ब्राह्मण चोटी हौ।”

प्रश्न:–
सबैभन्दा गुप्त र सूक्ष्म कुरा कुनचाहिँ हो जुन बच्चाहरूले पनि मुस्किलले बुझ्न सक्छन्?

उत्तर:–
शिवबाबा र ब्रह्मा बाबाको भेद बुझ्नु– यो सबैभन्दा गुप्त र सूक्ष्म कुरा हो। यसमा कैयौँ बच्चाहरू अल्मलिन्छन्। यो रहस्य स्वयं बाबा बताउनुहुन्छ– म बिहान सबेरै यस तनद्वारा तिमी बच्चाहरूलाई पढाउँछु, बाँकी मैले सारा दिन यिनमा कहाँ सवारी गर्छु र।

ओम् शान्ति ।
रुहानी बाबाले रुहानी बच्चाहरूलाई सम्झाउनुहुन्छ। बच्चाहरू को हुन्? ब्राह्मण। म ब्राह्मण हुँ, देवता बन्दै छु भन्ने कुरा कहिल्यै नभुल। वर्णहरूलाई पनि याद गर्नुपर्ने हुन्छ। यहाँ तिमीहरू आपसमा ब्राह्मण नै ब्राह्मण छौ। ब्राह्मणहरूलाई बेहदका बाबाले पढाउनुहुन्छ। ब्रह्माले पढाउँदैनन्। शिवबाबाले पढाउनुहुन्छ। ब्रह्माद्वारा ब्राह्मणहरूलाई नै पढाउनुहुन्छ। शूद्रबाट ब्राह्मण नबनी देवता बन्न सकिँदैन। वर्सा त शिवबाबाबाट मिल्छ। शिवबाबा त सबैका पिता हुनुहुन्छ। यी ब्रह्मालाई पितामह भनिन्छ। लौकिक पिता त सबैका छँदै छन्। पारलौकिक बाबालाई भक्तिमार्गमा याद गर्छन्। अब तिमी बच्चाहरूले बुझेका छौ– यी अलौकिक पिता हुन्, जसलाई कसैले चिन्दैनन्। चाहे ब्रह्माको मन्दिर छ। यहाँ पनि प्रजापिता आदिदेवको मन्दिर छ। त्यसलाई महावीर पनि भन्छन्, कसैले दिलवाला पनि भन्छन्। तर वास्तवमा दिल लिने हुनुहुन्छ शिवबाबा, ब्रह्मा होइनन्। सबै आत्माहरूलाई सदा सुखी बनाउने, खुसी दिने एक मात्र बाबा हुनुहुन्छ। यो पनि केवल तिमी बच्चाहरूले नै जान्दछौ। दुनियाँमा त मानिसहरूले केही पनि जान्दैनन्। हामी ब्राह्मणहरूले नै शिवबाबाबाट वर्सा लिइरहेका छौँ। तिमीले पनि घरि-घरि भुल्छौ। याद छ धेरै सहज। योग शब्द संन्यासीहरूले राखेका हुन्। तिमीले त बाबालाई याद गर्छौ। योग त सामान्य शब्द हो, यसलाई योगाश्रम पनि भनिँदैन। बच्चाहरू र बाबा बसेका छन्। बच्चाहरूको कर्तव्य हो– बेहदका बाबालाई याद गर्नु। म ब्राह्मण हुँ, ब्रह्माद्वारा हजुरबुवाबाट वर्सा लिन्छु, त्यसैले शिवबाबा भन्नुहुन्छ– जति सकिन्छ याद गरिराख। चित्र पनि चाहे याद राख। म ब्राह्मण हुँ, बाबाबाट वर्सा लिन्छु भन्ने याद त रहनेछ। ब्राह्मणले कहिल्यै आफ्नो जातलाई भुल्छन् र? तिमीले शूद्रहरूको सङ्गमा आउनाले ब्राह्मणपन भुल्छौ। ब्राह्मण त देवताहरूभन्दा पनि उच्च हुन् किनकि तिमी ब्राह्मण नलेजफुल हौ। भगवानलाई जानी-जाननहार भन्छन् नि। यसको अर्थ सबैको दिलमा के छ– उहाँले बसेर हेर्नुहुन्छ भन्ने होइन। होइन, उहाँलाई सृष्टिको आदि-मध्य-अन्तको ज्ञान छ। उहाँ बीजरूप हुनुहुन्छ। बीजले वृक्षको आदि-मध्य-अन्त जान्नुहुन्छ। त्यसैले यस्ता बाबालाई धेरै याद गर्नु छ। यिनको आत्माले पनि ती बाबालाई याद गर्छ। ती बाबा भन्नुहुन्छ– यिनी (ब्रह्मा) ले पनि मलाई याद गर्नेछन् तब यो पद पाउनेछन्। तिमीले पनि याद गर्यौ भने पद पाउनेछौ। पहिला सुरुमा तिमी बिनाशरीर (अशरीरी) आएका थियौ। फेरि अशरीरी बनेर फिर्ता जानु छ। अरू सबै देहका सम्बन्धीहरू तिमीलाई दुःख दिने हुन्, उनीहरूलाई किन याद गर्छौ? जबकि म तिमीलाई मिलेको छु। म तिमीलाई नयाँ दुनियाँमा लैजान आएको छु। त्यहाँ कुनै दुःख हुँदैन। त्यो हो दैवी सम्बन्ध। यहाँ पहिला दुःख हुन्छ– स्त्री र पुरुषको सम्बन्धमा किनकि विकारी बन्छन्। तिमीलाई म अब त्यस दुनियाँको योग्य बनाउँछु, जहाँ विकारको कुरै रहँदैन। यो काम महाशत्रु गाइएको छ, जसले आदि-मध्य-अन्त दुःख दिन्छ। क्रोधको लागि यसले आदि-मध्य-अन्त दुःख दिन्छ भनिँदैन। होइन, कामलाई जित्नु छ, त्यसैले नै आदि-मध्य-अन्त दुःख दिन्छ। पतित बनाउँछ। पतित शब्द विकारमा पर्छ। यस दुस्मनमाथि जित पाउनु छ। तिमीलाई थाहा छ– म सत्ययुगको देवी-देवता बनिरहेको छु। जबसम्म यो निश्चय हुँदैन तबसम्म केही पाउन सक्नेछैनौ।

बाबा सम्झाउनुहुन्छ– बच्चाहरू मन्सा-वाचा-कर्मणा एक्युरेट बन्नु छ। मेहनत छ। दुनियाँमा तिमीले विश्वलाई स्वर्ग बनाउँछौ भन्ने कसैलाई पनि थाहा छैन। पछि गएर बुझ्नेछन्, चाहन्छन् पनि– एक विश्व, एक राज्य, एक धर्म, एक भाषा होस्। तिमीले सम्झाउन सक्छौ– आजभन्दा ५ हजार वर्ष पहिला एक राज्य, एक धर्म थियो, जसलाई स्वर्ग भनिन्छ। रामराज्य, रावणराज्यलाई पनि कसैले जान्दैनन्। तिमीले पनि जान्दैनथ्यौ। अब तिमी नम्बरवार पुरुषार्थ अनुसार स्वच्छ बुद्धि बनेका छौ। बाबाले बसेर तिमीलाई सम्झाउनुहुन्छ, त्यसैले अवश्य बाबाको मतमा चल। बाबा भन्नुहुन्छ– पुरानो दुनियाँमा रहँदा कमल फूल समान पवित्र रहने गर। मलाई याद पनि गरिराख। बाबाले आत्माहरूलाई सम्झाउनुहुन्छ। यी अङ्गहरूद्वारा आत्माहरूलाई नै पढाउन आएको हुँ। यो त पुरानो फोहोरी दुनियाँ, फोहोरी शरीर हो। तिमी ब्राह्मणहरू पूजाको योग्य छैनौ, गायन योग्य छौ। पूजन योग्य देवताहरू हुन्। तिमीले श्रीमतमा विश्वलाई स्वर्ग बनाउँछौ, त्यसैले तिम्रो गायन छ, पूजा हुन सक्दैन। गायन अवश्य तिमी ब्राह्मणहरूको हो, देवताहरूको होइन। बाबाले तिमीलाई नै शूद्रबाट ब्राह्मण बनाउनुहुन्छ। देवताहरूको आत्मा र शरीर दुवै पवित्र हुन्छन्। अब तिम्रो आत्मा पवित्र हुँदै जान्छ। शरीर पवित्र छैन। अब तिमीले ईश्वरको मतमा विश्वलाई स्वर्ग बनाइरहेका छौ। तिमी पनि स्वर्गको योग्य बनिरहेका छौ। सतोप्रधान अवश्य बन्नु छ। केवल तिमी ब्राह्मणहरू नै हौ जसलाई बाबाले बसेर पढाउनुहुन्छ। ब्राह्मणहरूको वृक्ष वृद्धि हुँदै जानेछ। जो पक्का ब्राह्मण बन्नेछन्, उनीहरू नै गएर देवता बन्नेछन्। यो नयाँ वृक्ष हो, मायाका तुफान पनि लाग्छन्। सत्ययुगमा कुनै तुफान लाग्दैन। यहाँ मायाले बाबाको यादमा रहन दिँदैन। मलाई थाहा छ, बाबाको यादले नै तमोप्रधानबाट सतोप्रधान बनेको हुँ। सारा आधार यादमा छ। भारतवर्षको प्राचीन योग पनि प्रख्यात छ नि। विदेशका मानिसहरू चाहन्छन्– प्राचीन योग आएर कसैले सिकाओस्।

अब योग दुई प्रकारको हुन्छ– एक हुन् हठयोगी, अर्का हुन् राजयोगी। तिमी हौ राजयोगी। ती त धेरै दिनदेखि चलिआएका छन्। राजयोगको बारेमा अब तिमीलाई थाहा भएको छ। संन्यासीले राजयोगको बारेमा के जानून्? बाबाले आएर बताउनुभएको छ– राजयोग म नै आएर सिकाउँछु, श्रीकृष्णले त सिकाउन सक्दैनन्। यो भारतवर्षकै प्राचीन योग हो, केवल गीतामा मेरो बदलामा श्रीकृष्णको नाम राखिदिएका छन्। कति फरक भएको छ। शिवजयन्ती हुन्छ, तब तिम्रो वैकुण्ठको पनि जयन्ती हुन्छ, जसमा श्रीकृष्णको राज्य हुन्छ। तिमीलाई थाहा छ– शिवबाबाको जयन्ती हो भने गीताको पनि जयन्ती हो, वैकुण्ठको पनि जयन्ती भइरहेको छ। तिमी पवित्र बन्नेछौ, कल्प पहिला अनुसार स्थापना भइरहेको छ, त्यसैले शिवबाबाको जयन्ती सो स्वर्गको जयन्ती, बाबा नै आएर स्वर्गको स्थापना गर्नुहुन्छ। अब बाबा भन्नुहुन्छ– मलाई याद गर। याद नगर्नाले मायाले केही न केही विकर्म गराइदिन्छ। याद गरेन र लाग्यो थप्पड। यादमा रहनाले थप्पड खाँदैनौ। यो मुक्काबाजी हुन्छ। तिमीलाई थाहा छ– मेरो दुस्मन कुनै मानिस होइन, रावण दुस्मन हो। विवाह गरेपछि कुमार-कुमारी पनि पतित बन्नाले एक-अर्काका दुस्मन बन्छन्। विवाहमा लाखौँ रुपियाँ खर्च गर्छन्। बाबा भन्नुहुन्छ– विवाह हो बर्बादी। अब पारलौकिक बाबाले आदेश निकाल्नुभएको छ– प्यारा बच्चाहरू, यो काम महाशत्रु हो, यसमाथि जित पाऊ र पवित्रताको प्रतिज्ञा गर। कोही पनि पतित नबनोस्। जन्म-जन्मान्तर तिमी यस विकारबाट पतित बनेका छौ, त्यसैले काम महाशत्रु भनिन्छ। बाबाले त धेरै राम्रोसँग सम्झाउनुहुन्छ– तिमीले ८४ जन्म कसरी लिएका छौ। अब फिर्ता जानु छ। तिमीलाई त धेरै शुद्ध अहङ्कार हुनुपर्छ। हामी आत्माहरूले बाबाको मतमा चलेर विश्वलाई स्वर्ग बनाइरहेका छौँ। हामीले नै फेरि स्वर्गमा राज्य गर्नेछौँ। जति मेहनत गर्छौ, त्यति पद पाउनेछौ। चाहे राजा-रानी बन, चाहे प्रजा बन। राजा-रानी कसरी बन्छन्, त्यो पनि देखिरहेका छौ। पिताको अनुसरण गर भनी गाइन्छ। त्यो अहिलेको कुरा हो। लौकिक सम्बन्धको लागि भनिँदैन। यी बाबाले मत दिनुहुन्छ– म एकलाई याद गर्यौ भने विकर्म विनाश हुन्छ। तिमीले बुझेका छौ– म राम्रो मतमा चल्छु, बहुतको सेवा गर्छु। बच्चाहरू बाबाको पासमा आउँछन्, तब शिवबाबाले पनि रिफ्रेस गर्नुहुन्छ र यिनले पनि रिफ्रेस गर्छन्। यिनले पनि त सिक्छन् नि। शिवबाबा भन्नुहुन्छ– म बिहान आउँछु। अच्छा, फेरि कोही भेट्न आउँछन् भने के यी ब्रह्माले सम्झाउँदैनन् र? बाबा हजुर आएर सम्झाउनुहोस्, म सम्झाउँदिनँ भन्छन् र? यी बडो गुप्त गुह्य कुरा हुन् नि। म त सबैभन्दा राम्रो सम्झाउन सक्छु। शिवबाबाले नै सम्झाउनुहुन्छ, यिनले सम्झाउँदैनन् होला– तिमीले किन यस्तो सम्झन्छौ? यो पनि तिमीलाई थाहा छ– कल्प पहिला यिनले सम्झाएका छन् तब त यो पद पाएका छन्। मम्माले पनि सम्झाउँथिन् नि। उनले पनि उच्च पद पाउँछिन्। त्यहाँ बाबालाई सूक्ष्मवतनमा देख्छन्, त्यसैले बच्चाहरूले अनुसरण गर्नु छ। समर्पित हुने पनि गरिब नै हुन्। धनवान त समर्पित हुन सक्दैनन्। गरिबले नै भन्छन्– बाबा यो सबैथोक हजुरको हो। शिवबाबा त दाता हुनुहुन्छ, उहाँले कहिल्यै लिनुहुन्न। बच्चाहरूलाई भन्नुहुन्छ– यो सबैथोक तिम्रो हो। आफ्नो लागि महल यहाँ वा त्यहाँ बनाउँदिनँ। तिमीलाई नै स्वर्गको मालिक बनाउँछु। अब यी ज्ञान रत्नहरूले झोली भर्नु छ। मन्दिरमा गएर भन्छन्– झोली भरिदिनुहोस्। तर कुन प्रकारको, कुन चिजको झोली भरिदिने? अब झोली भर्ने त लक्ष्मी हुन् जसले पैसा दिन्छिन्। शिवको पासमा त जाँदैनन्। श्रीकृष्णको लागि गीता सुनाए भन्छन्। तर श्रीकृष्णको लागि झोली भरिदिनुहोस् भन्दैनन्। शङ्करको पासमा गएर भन्छन्। शिव र शङ्कर एक सम्झन्छन्। शङ्कर त झोली खाली गर्ने हुन्, हाम्रो झोली त कसैले खाली गर्न सक्दैन। विनाश त हुनु नै छ। गाइएको पनि छ– रुद्र ज्ञान यज्ञबाट विनाश ज्वाला निस्कियो। तर यसरी कसैले बुझ्छन् र?

तिमी बच्चाहरू गृहस्थ व्यवहारमा पनि रहनु छ। धन्दा पनि गर्नु छ। बाबाले हरेकको नाडी हेरेर सल्लाह दिनुहुन्छ किनकि बाबाले बुझ्नुहुन्छ– मैले भनूँ र गर्न नसकून्, त्यस्तो सल्लाह नै किन दिऊँ। नाडी हेरेर नै सल्लाह दिनुहुन्छ। यिनको पासमा त आउनुपर्छ। उहाँले पूरा सल्लाह दिनुहुनेछ। सबैले सोध्नुपर्छ– बाबा यस अवस्थामा मैले के गर्नुपर्छ? अब के गरूँ? बाबाले स्वर्गमा त लैजानुहुन्छ। तिमीलाई थाहा छ– हामी स्वर्गवासी त बन्दै छौँ, अहिले हामी नर्कवासी छौँ। अहिले तिमी न नर्कमा छौ, न स्वर्गमा छौ। जो-जो ब्राह्मण बन्छन्, उनीहरूको लङ्गर यस फोहोरी दुनियाँबाट उठिसक्यो। तिमीले कलियुगी दुनियाँको किनारा अब छोडिसकेका छौ। कोही ब्राह्मण तीक्ष्ण गइरहेको छ, कोही यादको यात्रामा कम। कसैले हात छोडिदिन्छन्, तब गोता खाएर डुबेर मर्छन् अर्थात् फेरि कलियुगमा जान्छन्। तिमीलाई थाहा छ– खिवैयाले अब हामीलाई लगिरहनुभएको छ। ती यात्रा त अनेक प्रकारका हुन्छन्। तिम्रो यात्रा एउटै हो, यो एकदमै अलग यात्रा हो। हो, तुफान आउँछन् जसले यादलाई तोडिदिन्छन्। यस यादको यात्रालाई राम्रोसँग पक्का गर, मेहनत गर। तिमी कर्मयोगी हौ। जति सकिन्छ हथ कार डे, दिल यार डे। आधाकल्पदेखि तिमी आसिक बनेर माशुकलाई याद गर्दै आएका छौ– बाबा मलाई यहाँ धेरै दुःख छ, अब मलाई सुखधामको मालिक बनाउनुहोस्। यादको यात्रामा रह्यौ भने तिम्रा पाप समाप्त हुन्छन्। तिमीले नै स्वर्गको वर्सा पाएका थियौ, अब गुमाएका छौ। भारतवर्ष स्वर्ग थियो त्यसैले प्राचीन भारतवर्ष भन्छन्। भारतवर्षलाई धेरै मान दिन्छन्, सबैभन्दा महान पनि हो, सबैभन्दा पुरानो पनि हो। विनाश सामुन्ने खडा छ भन्ने त तिमीलाई थाहा छ। जसले राम्रोसँग बुझ्छन्, उनीहरूभित्र धेरै खुसी रहन्छ। प्रदर्शनीमा कति आउँछन्। अहमदाबादमा हेर, कति साधु-सन्त आदि हरेक प्रकारका आए। भन्छन्– तपाईहरूले त सत्य भन्नुहुन्छ। तर मैले बाबाबाट वर्सा लिनु छ भन्ने कुरा बुद्धिमा कहाँ बस्छ र? यहाँबाट बाहिर निस्किए, खत्तम। अहिले तिमीलाई थाहा छ– बाबाले हामीलाई स्वर्गमा लैजानुहुन्छ। त्यहाँ न गर्भ जेल, न त्यो जेल हुनेछ। फेरि कहिल्यै जेलको मुख देख्न मिल्नेछैन। दुवै जेल रहनेछैनन्। यहाँ यो सबै मायाको तडकभडक हो। आजभोलि हरेक कुरा छिटो हुन्छ। मृत्यु पनि छिटो भइरहन्छ। सत्ययुगमा यस्ता कुनै उपद्रव हुँदै हुँदैनन्। यहाँ मृत्यु पनि छिटो, दुःख पनि धेरै हुनेछ। सबै समाप्त हुनेछन्। सारा धर्ती नयाँ हुनेछ। सत्ययुगमा देवी-देवताहरूको राजधानी थियो, त्यही अवश्य फेरि हुनेछ। पछि गएर हेर्नु के हुन्छ! धेरै भयानक सिन छ। तिमी बच्चाहरूले साक्षात्कार गरेका छौ। बच्चाहरूको लागि मुख्य हो यादको यात्रा। यो हो चढ्ती कलाको यात्रा। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) सदा यही स्मृतिमा रहनु छ– म ब्राह्मण हुँ। हामी ब्राह्मणहरूलाई नै भगवानले पढाउनुहुन्छ। म अहिले ब्राह्मण सो देवता बनिरहेको छु।

२) ज्ञान रत्नहरूले आफ्नो झोली भरेर दान गर्नु छ। यस कलियुगी पतित दुनियाँको किनारा छोडिदिनु छ। मायाका तुफानहरूबाट डराउनु छैन।

वरदान:–
जन्मसिद्ध अधिकारको नसाद्वारा लक्ष्य र लक्षणलाई समान बनाउने श्रेष्ठ तकदिरवान भव

जसरी लौकिक जन्ममा स्थूल सम्पत्ति जन्मसिद्ध अधिकार हुन्छ, त्यसरी नै ब्राह्मण जन्ममा दिव्य गुण रूपी सम्पत्ति, ईश्वरीय सुख र शक्ति जन्मसिद्ध अधिकार हो। जन्मसिद्ध अधिकारको नसा स्वाभाविक रूपमा रह्यो भने मेहनत गर्ने आवश्यकता हुँदैन। यस नसामा रहनाले लक्ष्य र लक्षण समान हुन्छन्। स्वयमलाई जो हुँ, जस्तो हुँ, जुन श्रेष्ठ बाबा र परिवारको हुँ, त्यस्तै जान्दै र मान्दै श्रेष्ठ तकदिरवान बन।

स्लोगन:–
हरेक कर्म स्व-स्थितिमा स्थित भएर गर्यौ भने सहजै सफलताको सितारा बन्नेछौ।

अव्यक्त इसारा:– ब्रह्माबाबा समान सम्पन्न र सम्पूर्ण स्थितिको अनुभव गर

एक सेकेन्डमा आवाजमा आऊ र एक सेकेन्डमा आवाजभन्दा पर होऊ, अहिले आवाजमा, अहिले आवाजभन्दा पर... जब यो अभ्यास सरल र सहज हुनेछ तब सम्झ सम्पूर्णता समीप छ। अब तिम्रो हरेक कर्मेन्द्रिय “जी हजुर” “जी हाजिर” गर्दै चलोस्। यसरी जब तिमी राज्य अधिकारीहरूको यी कर्मेन्द्रियहरूले स्वागत अर्थात् सलाम गर्नेछन् तब सम्पन्न र सम्पूर्ण कर्मातीत बन्न सक्नेछौ।