19.05.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– आत्म
अभिमानी भव , हिँड्दा डुल्द ा , उठ्दाबस्दा यही अभ्यास गरिराख ्यौ भने तिम्रो धेरै
उन्नति भइरहन्छ।”
प्रश्न:–
बाबाको यथार्थ
याद कुन बच्चाहरूको बुद्धिमा रहन्छ?
उत्तर:–
जुन बच्चाहरूले
बाबालाई यथार्थ रूपमा चिनेका छन्। कति बच्चाहरूले भन्छन्– आखिरमा बिन्दुलाई कसरी
याद गरौँ। भक्तिमा त अखण्ड ज्योति सम्झेर याद गर्दै आए, अहिले बिन्दु भनेर
अलमलिन्छन् त्यसैले पहिला सुरुमा यसमा निश्चय हुनु छ– बाबा अखण्ड ज्योति हुनुहुन्न,
उहाँ त अति सूक्ष्म बिन्दु हुनुहुन्छ त्यसपछि यथार्थ रूपमा याद रहन सक्छ।
ओम् शान्ति ।
सबै बच्चाहरू
यादमा बसेका छौ। मनमनाभव। वास्तवमा यो संस्कृत शब्दमा होइन। बाबाले सहज राजयोग
सिकाउँदा यो संस्कृत शब्द भन्नुभएको छैन। यिनले त संस्कृत जान्दै जान्दैनन्। बाबाले
त हिन्दीमा नै सम्झाउनुहुन्छ। हुन त यो रथले हिन्दी, सिन्धी तथा इङ्ग्लिस जान्दछ तर
बाबाले हिन्दीमा नै सम्झाउनुहुन्छ। जो जुन धर्मको छ उसको आफ्नै भाषा हुन्छ। यहाँ
भारतमा हिन्दी भाषा नै चल्छ, यो भाषा बुझ्न सहज छ र यो स्कुल पनि आश्चर्यजनक छ। यसमा
कुनै पनि कागज, पेन्सिल, पन्ना आदिको आवश्यकता हुँदैन। यहाँ त केवल यिनै शब्दलाई
याद गर्नुछ अर्थात् बाबालाई याद गर। गड अथवा ईश्वर अथवा परमपिता परमात्मालाई कसैले
याद नगरुन्– यो मुस्किल छ, याद सबैले गर्छन् तर उहाँको पहिचान हुँदैन। बाबाले नै
आएर आफ्नो पहिचान दिनुहुन्छ। शास्त्रहरूमा जुन कल्पको अवधि यति लामो लेखिदिएका छन्,
त्यसमा बाबा आएर सम्झाउनुहुन्छ। धेरै ठुलो कुरा पनि होइन। अहिल्याहरू, वृद्ध
माताहरूले के बुझ्छन्। यो त धेरै नै सहज छ। कुनै साना बच्चाहरूले पनि बुझ्न सक्छन्।
बाबा शब्द कुनै नयाँ होइन। शिवको मन्दिरमा जान्छन् अनि बुद्धिमा आउँछ– उहाँ शिवबाबा
हुनुहुन्छ, उहाँ निराकार हुनुहुन्छ। सबै मानिस मात्रले बाबा भन्छन्। हामी सर्व
आत्माहरूका पिता एक हुनुहुन्छ। सबै जीवका आत्माहरू, जो शरीरमा रहन्छन्, तिनले
बाबालाई याद गर्छन्। सबै जे जति धर्मका छन्, सबैले परमपिता परमात्मालाई याद अवश्य
गर्छन्। उहाँ हुनुहुन्छ परमधाम निवासी पिता। हामी पनि त्यहीँ रहन्छौँ। अब केवल
बाबालाई याद गर्नुछ। चाहन्छन् पनि हामी पावन बनौँ। बोलाउँछन् पनि– हे पतितहरूलाई
पावन बनाउने बाबा आउनुहोस्! नयाँ दुनियाँ पावन थियो, अब फेरि पुरानो भएको छ, यसलाई
कसैले नयाँ भन्दैनन्। सबैलाई थाहा छ– नयाँ भारतवर्षमा देवीदेवताले राज्य गर्थे। नयाँ
भारतवर्षभन्दा पहिला के थियो? सङ्गम। यसभन्दा पनि सहजै भन्नुपर्छ। नयाँभन्दा पहिला
पुरानो थियो। सङ्गमलाई मानिसहरूले यति सहजै बुझ्न सक्दैनन्। नयाँ विश्व, पुरानो
विश्व, यसको बीचलाई फेरि सङ्गम भनिन्छ। बाबाको लागि नै भन्छन्– हे पतितपावन आउनुहोस्,
आएर हामीलाई पावन बनाउनुहोस्! हामी पतित बनेका छौँ। नयाँ दुनियाँमा कसैले
पुकार्दैनन्। अहिले तिम्रो समझमा आएको छ– यो भारतवर्ष पावन थियो। हे पतितपावन
आउनुहोस्! यसरी त धेरै समयदेखि बोलाउँदै आएका छन्। उनीहरूलाई यो थाहा छैन, पतित
दुनियाँ कहिले सकिनेछ। भन्छन्– शास्त्रहरूमा यस्तो लेखिएको छ, अब ४० हजार वर्ष अझै
कलियुग (पतित दुनियाँ) चल्नेछ। मानिसहरू बिल्कुलै घोर अन्धकारमा छन्। अहिले तिमी
रोसनीमा छौ। अब बाबाले तिमीलाई रोसनीमा ल्याउनुभएको छ। यो ५ हजार वर्षमा सृष्टिको
चक्र पूरा हुन्छ। हिजोको कुरा हो। तिमीले राज्य गर्थ्यौ, अवश्य यी लक्ष्मीनारायणको
राज्य थियो, स्वर्ग थियो। पावन दुनियाँमा कुनै उपद्रव आदि हुन सक्दैन। उपद्रव हुन्छ
नै रावण राज्यमा। यहाँ तिमीलाई बाबाले सम्झाउनुहुन्छ, तिमीले सम्मुख बसेर कानले
सुन्छौ। कसले सुन्छ? आत्माले। आत्मालाई धेरै खुसी हुन्छ, बाबा आएर फेरि हामीसँग
मिल्नुभएको छ। पहिला पनि हामीले बाबाबाट वर्सा लिएका थियौँ, अब बाबा भन्नुहुन्छ–
मलाई याद गर। यसमा कुनै लेख्नेपढ्ने कुरा छैन। कोही आए भने सोधिन्छ– तपाईं किन
आउनुभएको हो? अनि भन्छन् यहाँका महात्मासँग भेट्न? किन? तपाईंलाई के चाहिन्छ?
बताउनुहोस् कुनै भिक्षा चाहिन्छ? संन्यासी हुनुहुन्छ भने रोटी चाहिएको हो? संन्यासी
कसैकहाँ गए वा बाटोमा भेटिए भने धार्मिक मानिसहरूले सम्झन्छन् यिनीहरू फेरि पनि
पवित्र मानिस हुन्, यिनीहरूलाई भोजन खुवाउनु राम्रो हो। अहिले त पवित्रता पनि रहेको
छैन। यो बिल्कुलै तमोप्रधान दुनियाँ हो, यसमा धेरै विकार छ। मानिसहरू कति हैरान
हुन्छन्। यहाँ त हैरान हुने कुनै कुरा छैन। बाबा भन्नुहुन्छ– लेख्नुपर्ने कुरा पनि
छैन। यी प्वइन्ट आदि पनि धारणा गर्नको लागि लेख्छन्। जस्तै डाक्टरहरूसँग पनि कति
धेरै औषधिहरू हुन्छन्, ती डाक्टरहरूलाई त्यति सबै औषधिहरू याद हुन्छन्। वकिलको
बुद्धिमा कानुनका कति कुराहरू याद हुन्छन्। तिमीले के याद गर्नुछ एउटा कुरा, त्यो
पनि धेरै सहज छ। तिमीले भन्छौ एक शिवबाबालाई याद गर। उनीहरूले भन्छन् शिवबाबा कसरी
आउनुहुन्छ। यो पनि तिमी बाहेक अरू कसैलाई थाहा छैन। ईश्वर कहाँ हुनुहुन्छ? उनीहरूले
त भन्छन् नाम-रूपबाट न्यारा हुनुहुन्छ वा फेरि भनिदिन्छन् सर्वव्यापी हुनुहुन्छ।
दुवै भनाइमा रातदिनको फरक हुन्छ। नाम-रूपबाट न्यारा त कुनै चीज हुँदैन। फेरि
भनिदिन्छन्– कुकुर, बिरालो सबैमा परमात्मा हुनुहुन्छ। दुवै परस्पर नमिल्दा कुराहरू
भए। त्यसैले बाबाले आफ्नो परिचय दिएर भन्नुहुन्छ– म बाबालाई याद गर। भनिन्छ पनि–
सहज राजयोग। बाबा भन्नुहुन्छ– योग शब्द निकालिदेऊ, याद गर। जसरी सानो बच्चा आफ्ना
आमाबुबालाई देख्ने बित्तिकै तुरुन्तै काखमा जान्छ। पहिला सोच्छ र हाम्रा आमाबुबा
हुन् वा होइनन्? होइन, यसमा सोच्नुपर्ने कुरा नै छैन। तिमीले पनि केवल शिवबाबालाई
याद गर्नुछ। भक्तिमार्गमा पनि तिमीले शिवमाथि फूल चढाउँदै आएका छौ। सोमनाथको मन्दिर
कति विशाल बनाइएको छ, जुन पछि लुटेका थिए। भारतमा सोमनाथको मन्दिर नामीग्रामी छ।
सबैभन्दा पहिला त शिवको पूजा हुनुपर्छ। यो सबै ज्ञान अहिले बच्चाहरूको बुद्धिमा आएको
छ। आउनु त पूजा आदि गर्दै आएका छौ तर तिमीलाई यो थाहा नै थिएन, यी जड चित्र हुन्।
अवश्य चैतन्यमा आउनुभएको होला त्यसैले त वर्ष वर्ष शिवजयन्ती पनि मनाउँछन्। यो पनि
भन्छन्– शिव परमात्मा निराकार हुनुहुन्छ। आत्मालाई थाहा भएको छ हामी पनि निराकार
हौँ। अहिले तिमी आत्म अभिमानी बन्छौ, यो कुरा धेरै सहज छ। उहाँ त हाम्रो बाबा
हुनुहुन्छ। ज्ञानको सागर, सुखको सागर, पतितपावन हुनुहुन्छ। उहाँको धेरै महिमा छ।
ब्रह्मा, विष्णु, शङ्करको यति महिमा छैन। एकको नै महिमा गर्छन्।
अब तिमी बच्चाहरूलाई
थाहा भएको छ– बाबा आएर हामीलाई वर्सा दिइरहनुभएको छ। जस्तै लौकिक पिताले बच्चाहरूको
लालनपालन गर्छन्, पढाउँदैनन्। पढाइको लागि स्कुलमा जान्छन् फेरि वानप्रस्थमा गुरु
बनाइन्छ। आजकाल त सानाठुला सबैलाई गुरु बनाइदिन्छन्। यहाँ त तिमी बच्चाहरूलाई
भनिन्छ– शिवबाबालाई याद गर, यसमा सबैको हक छ। सबै मेरा बच्चाहरू हुन्। तिमीहरूमा पनि
कोही छन् जसले राम्रोसँग याद गर्छन्। कतिले त भन्छन्– बाबा, कसलाई याद गरौँ?
बिन्दुलाई कसरी याद गरौँ? ठुलो चीजलाई याद गरिन्छ। अच्छा परमात्मा, जसलाई तिमीले
याद गर्छौ, उहाँ के चीज हुनुहुन्छ? अनी भनिदिन्छन् अखण्ड ज्योतिस्वरूप हुनुहुन्छ।
तर यस्तो होइन। अखण्ड ज्योतिलाई याद गर्नु गलत हुन्छ। याद त यथार्थ हुनुपर्छ। पहिला
यथार्थ रूपमा चिन्नुपर्छ। बाबाले नै आएर आफ्नो परिचय दिनुहुन्छ र फेरि बच्चाहरूलाई
सारा सृष्टिको आदि-मध्य-अन्त्यको समाचार पनि सुनाउनुहुन्छ। विस्तारमा पनि र
संक्षेपमा पनि। अब बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमी पावन बन्ने हो भने त्यसको
लागि एउटै उपाय छ– मलाई याद गर, मलाई भन्छौ नै पतितपावन। आत्मालाई पावन बनाउनु छ।
तिमी आत्माहरूले नै भन्छौ हामी पतित बनेका छौँ। हामी पावन थियौँ, अहिले पतित छौँ।
सबै तमोप्रधान छन्। हरेक चीज पहिला सतोप्रधान फेरि तमोप्रधान हुन्छ। आत्मा आफैले
भन्छ म पतित बनेको छु, मलाई पावन बनाउनुहोस्! शान्तिधाममा पतित हुँदैनन्। यहाँ पतित
छन् त्यसैले दुःखी छन्। पावन हुँदा सुखी थिए। त्यसैले आत्माले नै भन्छ– हामीलाई
पावन बनाउनुहोस् त्यसपछि हामी दुःखबाट छुट्छौँ। तिमीले बुझेका छौ आत्माले नै सबै
थोक गर्छ। आत्मा नै न्यायाधीश, वकिल आदि बन्छ। आत्माले नै भन्छ– म राजा हुँ, म फलानो
हुँ। अहिले यो शरीर छोडेर अर्को लिनु छ। यसलाई भनिन्छ आत्म अभिमानी। देह हुँदाहुँदै
आत्म अभिमानी। रावणको राज्यमा देह अभिमानी हुन्छन्। आत्म अभिमानी बाबाले अहिले नै
बनाउनुहुन्छ। यस समयमा आत्मा पतित दुःखी छ त्यसैले पुकार्छ हे बाबा आउनुहोस्! यो पनि
तिमीलाई थाहा छ ड्रामा प्लान अनुसार पतितबाट पावन, पावनबाट पतित बन्दै आएका छौँ।
चक्र घुमिरहन्छ। अहिले तिम्रो बुद्धिमा बसेको छ, कसरी हाम्रा ८४ जन्म भएका छन्। अब
यो कुरा नबिर्स। स्वदर्शन चक्रधारी भइराख। उठ्दाबस्दा, हिँड्दा डुल्दा यो कुरा
नबिर्स बुद्धिमा हामीलाई सारा ज्ञान छ। तिमीले बुझेका छौ बेहदको बाबाबाट हामी बेहदको
वर्सा लिइरहेका छौँ। बाबाले बच्चाहरूलाई सम्झाउनुहुन्छ– तिमीले एक बाबालाई नै याद
गर्नुछ। बाबालाई याद गर्नु, रोटी खानु छ। बस्।
मीठे-मीठे सिकिलधे
बच्चाहरूलाई बाबा घरी घरी भन्नुहुन्छ– प्यारा बच्चाहरू! पेटको लागि केवल रोटी खानु
छ। पेटले कुनै धेरै खाँदैन। एक पाउ पिठोको खान्छ। दालरोटी बस्, १० रुपैयाँमा पनि
मानिसले पेट भर्छ भने १० हजारमा पनि पेट पाल्छन्। गरिब मानिसहरूले खान्छन् पनि के!
फेरि पनि हट्टाकट्टा हुन्छन्। मानिसहरूले विभिन्न चीजहरू खान्छन् त्यसैले झन् बिरामी
पर्छन्। डाक्टरहरूले पनि भन्छन्– एकै किसिमको खाना खायौ भने बिरामी हुँदैनौ। त्यसैले
बाबाले पनि सम्झाउनुहुन्छ– रोटी खाऊ। जे मिल्छ त्यसमा खुसी रहनु छ। दालरोटीजस्तो अरू
कुनै चीज हुँदैन। धेरै लालच पनि हुनुहुँदैन। संन्यासीहरूले के गर्छन्? घरबार छोडेर
जङ्गलमा जान्छन्। तत्वलाई परमात्मा सम्झेर याद गर्छन्, सम्झन्छन् ब्रह्ममा लीन
हुन्छौँ। तर यस्तो त होइन। आत्मा त अमर छ। लीन हुने कुरा छैन। बाँकी आत्मा पवित्र,
अपवित्र बन्छ। तिमीलाई कति राम्रो ज्ञान मिलेको छ। तिमीले नै प्रारब्ध भोग्छौ फेरि
यो ज्ञान भुलिन्छ। फेरि सिँढी ओर्लनुपर्छ। अब तिम्रो बुद्धिमा सारा ज्ञान बसेको छ।
हामीले ८४ जन्म कसरी भोग्छौँ। यो पार्ट कहिल्यै कसैको पनि बन्द हुँदैन। यो बनिबनाउ
ड्रामा हो जुन घुमिरहन्छ। यो कसैले भन्न सक्दैनन्– भगवानले कहिले, कसरी, कहाँ बसेर
बनाउनुभयो? होइन। यो त चल्दै आएको छ। विश्वको इतिहास भूगोल दोहोरिइरहन्छ। यी
कुराहरूलाई कसैले बुझ्दै बुझ्दैनन्। तिमीलाई थाहा छ– हामी ड्रामा प्लान अनुसार आएका
छौँ। अब फेरि ड्रामा अनुसार राज्य लिइरहेका छौँ। यी कुराहरू अरू कसैले बुझ्न
सक्दैनन्। सोधिन्छ– ड्रामा सर्वशक्तिमान् हो वा ईश्वर? भन्छन् ईश्वर सर्वशक्तिमान्
हुनुहुन्छ। सम्झन्छन् उहाँले सबैथोक गर्न सक्नुहुन्छ। बाबा भन्नुहुन्छ– म पनि
ड्रामाको बन्धनमा बाँधिएको छु। पतितहरूलाई पावन बनाउन म आउनुपर्छ। तिमी सत्ययुगमा
सुखी बन्छौ। म पनि गएर विश्राममा हुन्छु– परमधाममा। तिमी मेरो काँधमा चढ्छौ। तिम्रो
सिंहमाथि सवारी हुन्छ।
तिमीलाई थाहा छ
सेकेन्ड बाई सेकेन्ड जे जति चल्छ त्यो ड्रामामा पहिल्यै निश्चित छ। तिमी
बच्चाहरूलाई कति राम्रो ज्ञान छ। अब केवल बाबा र वर्सालाई याद गर। बस्। कागज,
पेन्सिल आदिको कुनै आवश्यकता छैन। ब्रह्माबाबाले पनि पढ्छन्, यिनले त केही पनि
राख्दैनन्। केवल बाबालाई याद गर्नुछ अनि वर्सा मिल्छ। कति सहज छ। यादले तिमी सदा
स्वस्थ बन्नेछौ। यो हो धारणाको कुरा। लेखेर के फाइदा हुन्छ, यो त सबै विनाश हुनेछ।
तर कसैले याद राख्नको लागि लेख्छन्। जसरी कुनै कुरा याद गर्नुछ भने गाँठो
बाँधिदिन्छन्। तिमीले पनि गाँठो बाँध, शिवबाबा र वर्सालाई याद गर्नुछ। यो त धेरै
सहज छ– योग अर्थात् याद। भन्छन्– बाबा यादै टिक्दैन। योगमा कसरी बसौँ? अरे लौकिक
पिताको याद उठ्दाबस्दा, हिँड्दा डुल्दा पनि हुन्छ, तिमीले पनि केवल याद गर। बस्,
बेडा पार हुन्छ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) स्वदर्शन चक्रधारी बनेर ८४ को चक्र बुद्धिमा घुमाइरहनु छ। बेहद बाबालाई याद गरेर
बेहदको वर्सा लिनु छ, पावन बन्नुछ।
२) कुनै पनि चीजको
लालच गर्नुहुँदैन, जे मिल्छ त्यसमा खुसी रहनु छ। सानो रोटी खानु छ, बाबाको यादमा
रहनु छ।
वरदान:–
सबैको दिलको
राजलाई चिनेर सबैलाई राजी बनाउने सदा विजयी भव
विजयी बन्नको लागि
हरेकको दिलको रहस्यलाई जान्नुछ। कसैको मुखद्वारा निस्कने आवाजबाट उसको दिलको राजलाई
बुझ्यौ भने विजयी बन्न सक्छौ तर दिलको राजलाई जान्नको लागि अन्तर्मुखता चाहिन्छ। जति
अन्तर्मुखी रहन्छौ त्यति हरेकको दिलको राजलाई चिनेर उसलाई राजी गर्न सक्नेछौ। राजी
बनाउनेहरू नै विजयी बन्छन्।
स्लोगन:–
वैराग्य यस्तो
योग्य धरती हो जसमा जुनसुकै फल रोपे पनि त्यो अवश्य फलीभूत हुन्छ।
अव्यक्त इसारा:– सदा
अचल , अडोल , एकरस स्थितिको अनुभव गर
सदा उमङ्ग-उत्साहमा
एकरस रहनको लागि जो पनि सम्बन्धमा आउँछन्– चाहे विद्यार्थी, चाहे साथी सबैलाई
सन्तुष्ट पार्ने उत्कण्ठा होस्। जसलाई पनि देख्छौ उसबाट हर समय गुण ग्रहण गरिराख।
सबैको गुणहरूको बल मिलेपछि सदाकालको लागि उत्साह एकरस रहनेछ। गुणग्राही बन।
अवगुणहरूलाई देख्दादेख्दै पनि नहेर।