19.07.26    Avyakt Bapdada     Nepali Murli    18.01.2011     Om Shanti     Madhuban


ब्रह्मा बाबा समान जीवनमुक्त स्थितिको मजा लेऊ, मनजित, जगतजित बनेर स्नेहको सौगात देऊ


आजको दिन विशेष ब्रह्माबाबाको अव्यक्त भएको स्मृतिको दिन हो। सबै बच्चाहरूको नयनमा ब्रह्माबाबाको स्नेह समाहित छ। आज ४ बज्नुभन्दा पहिला नै बच्चाहरूको स्नेह वतनमा आइपुगेको थियो। ब्रह्माबाबासँग मिलन मनाउन र स्नेहका, आफ्नो दिलको स्नेहका निसानीहरू, मालाहरू ब्रह्माबाबा समक्ष पुगे। हरेक मालाको सुगन्धमा बच्चाहरूको स्नेह समाहित थियो। हरेक बच्चाको नयन र मुस्कानले, दिलका कुराहरू बोलिरहेका थिए। ब्रह्माबाबाले पनि हरेकलाई स्नेहको रिटर्न दिइरहनुभएको थियो। बापदादाले देखिरहनुभएको छ– अहिले पनि हरेक बच्चाले नयनको भाषामा आफ्नो दिलको स्नेह व्यक्त गरिरहेका छन् किनकि यो परमात्म स्नेहले हरेक बच्चालाई सहजै बाबाको बनाउँछ। यो अलौकिक स्नेहले “मेरो बाबा” को अनुभवबाट आफ्नो बनाउँछ। यस स्नेहले बाबाका खजानाहरूको मालिक बनाउँछ किनकि बच्चाहरूले भने मेरो बाबा, त्यसैले मेरो बाबा भन्नु र सर्व खजानाहरूको मालिक बन्नु। यो स्नेहले देहको भान सेकेन्डमा बिर्साइदिएर देहीअभिमानी बनाइदिन्छ। बाबाबाहेक अरू केहीले पनि आत्मालाई आकर्षित गर्दैन। यस दिनको धेरै ठुलो महत्त्व छ। यो केवल स्मृति दिवस होइन तर सामर्थ्य दिवस पनि हो किनकि यस दिनमा बाबाले बच्चाहरूलाई विश्व सेवाको लागि स्वयं करावनहार (गराउने) बनेर बच्चाहरूलाई करनहार (निमित्त बनेर कार्य गर्ने) बनाउने तिलक दिनुभयो। पुत्रले पिताको प्रत्यक्षता गर्छ (सन शोज फादर) को करनहार निमित्त बनाउनुभयो। सेवामा सफलताको उपाय स्वयं करावनहार बन्नुभयो र बच्चाहरूलाई करनहार बनाउनुभयो किनकि सेवामा सफलताको साधन म करनहार हुँ, करावनहारले गराइरहनुभएको छ, यो स्मृति वा यो स्थिति धेरै आवश्यक छ किनकि ६३ जन्मको स्मृतिले मैँपन, देह अभिमानमा ल्याउँछ। करावनहारले गराइरहनुभएको छ, म निमित्त करनहार हुँ, यस स्मृतिले नै आफूलाई निमित्त सम्झेमा देह अभिमान समाप्त हुन्छ। त्यसैले बच्चाहरूलाई यसैकारण करनहार बनाउनुभयो, स्वयं करावनहार बन्नुभयो। करनहार बनेपछि स्वतः नै निमित्त बन्छन्, निर्माण बन्छन्। अहिले पनि बापदादाले देख्नुभयो– बच्चाहरूले निमित्त बनेर सेवा गरे भने, त्यसरी निमित्त बनेर सेवा गर्ने जुन सेवाधारी बच्चाहरू छन् उनीहरूको मस्तकमा सेवाको फल सितारा चम्किरहेको हुन्छ। धेरैजसो बच्चाहरूको सेवालाई देखेर बापदादा खुसी हुनुहुन्छ त्यसैले यस्ता बच्चाहरूलाई विशेष ब्रह्माबाबाले वाह बच्चाहरू वाह! भनेर बधाई दिइरहनुभएको छ।

ब्रह्माबाबा विशेष खुसी पनि भइरहनुभएको छ र पछि पनि सेवाको निमित्त बनेर अगाडि बढाउनको लागि बधाई दिइरहनुभएको छ। अहिले पनि ब्रह्माबाबाले तिमी बच्चाहरूलाई आफूसमान फरिस्ता स्थितिमा स्थित हुनको लागि इसारा गरिरहनुभएको छ। बापदादाले देख्नुभएको छ– बच्चाहरूको अटेन्सन छ, जसरी ब्रह्माबाबा सदा जीवनमुक्त हुनुहुन्थ्यो, यति जिम्मेवारी हुँदाहुँदै पनि यति ठुलो परिवारलाई सम्हाल्नु, सबैलाई योगी जीवन बनाउनु, यति सेवाको जिम्मेवारी सम्हाल्नु, सेवामा सदा अगाडि बढाउनु, सबैथोक जिम्मेवारी हुँदाहुँदै पनि जीवनमुक्तको मजामा रहनुभयो, त्यसैले भक्तिमार्गमा ब्रह्माको आसन कमल आसन देखाउँछन्। ब्रह्माबाबा जीवनमुक्त बनेर जीवनमुक्तको मजा लिनुभयो र तिमी सबै बच्चाहरूलाई पनि त्यस्तै बनाउनुभयो। अहिले पनि तिमी बच्चाहरूलाई फरिस्ता बन्ने भिन्न भिन्न युक्तिहरू बताएर आफूसमान बनाउन चाहनुहुन्छ।

बापदादाले देख्नुभयो– लक्ष्य हरेक बच्चाको राम्रो छ, कसैलाई पनि तिम्रो लक्ष्य के हो भनेर सोधियो भने के भन्छौ? याद छ के भन्छौ? बाबासमान बन्नु नै छ। त्यसोभए बाबासमान कसरी बन्छौ? यसै जीवनमा जीवनमुक्त जीवनको नमुना बन्छौ। बापदादाले देख्नुभएको छ जुन होमवर्क दिनुहुन्छ, त्यसमा अटेन्सन त दिन्छन्, अनुभव पनि गर्छन्, तर सदा गर्दैनन्। अहिले पनि जुन काम दिनुभएको थियो, त्यसको रिपोर्ट कति बच्चाहरूले पुरुषार्थ गरेर एक एक महिना अटेन्सन दिएका छन्। कति जोनको एक महिनाको रिजल्टको रिपोर्ट राम्रो पनि आएको छ। जसले रिपोर्ट पठाएका छन्, जुन जोनहरूबाट पठाएका छन्, उनीहरूलाई बापदादाले वाह बच्चाहरू वाह! भनेर बधाई दिइरहनुभएको छ तर बापदादा अब के चाहनुहुन्छ? अब बापदादा हरेक बच्चाबाट यही चाहनुहुन्छ– अहिले कहिलेकाहीँ ठिक रहन्छन्, तर बाबा सदा ठिक रहेको हेर्न चाहनुहुन्छ। योगी पनि राम्रा बनेका छन् तर सदा योगी बनाउन चाहनुहुन्छ। आजकालका लागि बापदादाले बच्चाहरूलाई काम पनि दिनुभएको थियो, सदा योगी रहनको लागि हर घण्टा आफैले कुनै न कुनै युक्ति रच, जसले गर्दा कहिलेकाहीँलाई परिवर्तन गरेर सदा शब्द आओस्। अब बापदादा यही चाहनुहुन्छ जसरी उखान छ मनजित जगतजित, मनलाई जुन सङ्कल्प दिन्छौ मनले त्यही सङ्कल्प गरोस्। किन? जसरी अरू कर्मेन्द्रियहरूले जहिले चाहन्छौ जसरी चाहन्छौ त्यसरी नै कर्म गर्छन् नि! त्यसरी नै मनले पनि तिमीले जुन अर्डर गर्छौ त्यही सङ्कल्प गरोस्। अभ्यास त गर्छौ तर कहिलेकाहीँ गर्दैनौ पनि। बापदादा अब यही चाहनुहुन्छ– मनलाई शक्तिहरूको लगामले जसरी चलाउन चाहन्छौ त्यसरी चलाऊ। जुन गायन छ, मनजित जगतजित, त्यो कसको गायन हो? तिमी बच्चाहरूको नै त गायन हो। हरेक कल्प यसरी नै गरेका छौ त्यसैले नै गायन छ किनकि जसरी अरू कर्मेन्द्रियहरूलाई मेरो भन्छौ त्यसरी नै मनलाई पनि मेरो भन्छौ। मेरो भन्नु अर्थात् मालिक बन्नु। मनमा जुन सङ्कल्प गर्न चाहन्छौ, जति समय त्यो सङ्कल्प गर्न चाहन्छौ त्यसमा तिम्रो मन बाँधिएको छ किनकि मन तिम्रो हो। त्यसैले बापदादा यस स्नेहको दिनमा यही होमवर्क दिन चाहनुहुन्छ– जुन सङ्कल्प गर्न चाहन्छौ त्यही चलोस्, तिमी शुद्ध सङ्कल्प गर्न चाहन्छौ भने त्यो शुद्ध सङ्कल्पले व्यर्थ सङ्कल्पलाई खतम गरिदेओस्। चाहन्छौ योग लगाउन र संस्कारको कारण व्यर्थ सङ्कल्प चलुन्, वा योगको सिद्धि नमिलोस्, यसमा कन्ट्रोल हुनुपर्छ। एक घण्टा योग लगाउन चाहन्छौ भने मनले डिस्टर्ब नगरोस्। आत्मा मालिक हो, मन मालिक होइन, मन त आत्माको साथी हो। त्यसैले साथीलाई प्यारले अर्डर गर, मनजित बन किनकि बापदादाकहाँ धेरै बच्चाहरूका समाचार आउँछन्– समय समयमा व्यर्थ सङ्कल्प आउँछन्। चाहँदैनौ तैपनि आउँछन्। त्यसोभए के यसलाई मालिक भनिन्छ! ब्रह्माबाबासँग स्नेह छ नि, त्यसैले बाबाले आज स्नेहमा आफ्नो दिलको चाहना सुनाइरहनुभएको छ– अब मनजित जगतजित बन्नु नै छ। त्यसोभए ब्रह्माबाबालाई यो स्नेहको सौगात दिन्छौ नि! स्नेहमा के दिइन्छ? सौगात दिइन्छ नि! आज ब्रह्माबाबाले तिमी बच्चाहरूलाई यही सौगात दिनको लागि भनिरहनुभएको छ। तयार छौ? तयार छौ? हात उठाऊ। त्यसैले अहिले जहिले पनि अर्डर गर्दा आजको दिनदेखि व्यर्थ सङ्कल्प आउन नदिनु, यसरी सङ्कल्प गर्न सक्छौ? आज दुई घण्टा, चार घण्टा योगको स्टेजमा कर्म पनि गर, योग पनि लगाऊ, गर्न सक्छौ? गर्न सक्छौ, गर्छौ? अहिले जे बित्यो त्यो कुरा बित्यो तर अब अर्डर गर– आजको दिनदेखि व्यर्थ सङ्कल्पलाई फुलस्टप लगाऊ, त्यसोभए गर्नुपर्छ नि।

आज योगमा यही लक्ष्य राख त्यही अनुसार सारा दिनको पुरुषार्थ गर्नुपर्छ नि! बाबासँगको स्नेहमा जुन बाबाले भन्नुहुन्छ त्यो गर्नुछ। सङ्कल्पमा व्यर्थ बन्द गर, यसको युक्ति हो ब्रह्माबाबाको स्नेहलाई दिलबाट याद गर। साकारमा देख्यौ वा देखेनौ तर बुद्धिबलद्वारा त सबैले देखेका छौ नि! देखेका छौ वा देखेका छैनौ? जसले भन्छौ मैले बाबाको प्यार अनुभव गरेँ, मैले ब्रह्माबाबाको पालना देखेँ त्यसोभए के त्यसैअनुसार चलिरहेको छौ... तिमीहरूले हात उठाऊ। अच्छा। हात उठाएर त खुसी बनायौ। बापदादालाई खुसी छ, हिम्मत त राखेका छौ नि! तर जहिले पनि कुनै तागत कम हुन्छ नि त्यतिबेला सदा बाबाको सम्बन्ध, कति सम्बन्ध छन् कहिले पिता, कहिले बच्चा पनि बन्नुहुन्छ। कहिले पिता त कहिले सखा पनि बन्नुहुन्छ त्यसैले कि सम्बन्ध याद गर, कि प्राप्तिहरू याद गर, प्राप्तिहरू र सम्बन्ध। जसरी आज दिलबाट याद गरिरहेका छौ नि! यसरी याद गरेमा ब्रह्मा बाबाप्रति प्यार पैदा हुन्छ। आज पनि सबैको दिलमा ब्रह्माबाबाको प्यार आइरहेको छ नि! त्यसैले केही तलमाथि भयो भने ती सम्बन्ध र प्राप्तिहरू याद गर्नुछ। बाबा हरेक बच्चाको साथमा सहयोगी हुनुहुन्छ, केवल तिमीले याद गर्नुछ। त्यसैले बुझ्यौ आज के गर्नुछ? मनजित जगतजित जुन गायन छ, त्यो स्वरूप धारण गर्नुछ। मनलाई तिम्रो आदेशमा चलाऊ। अहिले अलिकति स्वतन्त्र छोडिदिएका छौ नि त्यसैले त्यसले आफ्नो काम गर्छ। अब अटेन्सन देऊ। मन तिम्रो आदेशमा चलोस् न कि तिमी मनको आदेशमा चल्नुछ। चाहन्छौ ज्ञानका कुराहरूको रमण गरौँ अनि आउँछन् व्यर्थ कुराहरू। त्यसोभए के भयो त? मन मालिक बन्यो वा तिमी मालिक बन्यौ? त्यसैले सबैले यो गृहकार्य बुझ्यौ! मनजित बन्नुछ। जे आदेश गर्छौ, त्यसले अवश्य मान्छ, यसमा अटेन्सन दिनुपर्छ बस्। माताहरू वा टिचरहरू, हुन सक्छ? हुन सक्छ? टिचरहरूले हात उठाऊ। टिचरहरूले हात उठाइरहेका छन्। यदि हुन सक्छ भन्ने सम्झन्छौ भने हात हल्लाऊ। पहिलो लाइनका आत्माहरूले त हल्लाऊ। भाइहरूले हात हल्लाऊ। वाह! त्यसो भए त ब्रह्माबाबालाई स्नेहको सौगात दियौ, यसकोलागि तिमी बच्चाहरूलाई बधाई छ, बधाई छ।

राम्रो छ, बापदादाप्रतिको स्नेहले धेरै सहयोग दिन्छ। मेरो बाबा दिलबाट भन्यौ, त्यसोभए मेरो बाबा भन्यौ भने म को हुँ? बाबाका सिकीलधे बच्चा हौ। सबैले कतिपटक भन्छौ मेरो बाबा, मेरो बाबा, कति पटक भन्छौ? बाबाले सुन्नुहुन्छ नि, सबै नोट गर्नुहुन्छ। डबल विदेशीहरूले पनि सुनिरहेका छौ नि! बापदादाले देख्नुभयो– फुल सिजनमा डबल विदेशीहरू उपस्थित भएका छन्। मधुबनमा हर पल हाजिर रहेका छन्। अहिले पनि ३५० आत्माहरू छन्। आफ्नो पालोमा पनि आउँछन् तर हरेक पल्ट पनि केही केही कहीँ न कहीँबाट आउँछौ। त्यसैले अहिले यो रिजल्ट बापदादाले पनि हेरिरहनुहुनेछ र तिमी सबैले पनि साक्षी भएर आफ्नो रिजल्ट हेरिरहनुछ। यही याद राख्नुछ– बापदादालाई मालिक बन्ने वाचा गरेका छौ। बापदादाले अहिले बच्चाहरूलाई कम्तीमा एक एक जोनलाई त यो कार्य दिन सक्नुहुन्छ– यस जोनले यस हप्ता वा १५ दिनको रिजल्ट देओस्, व्यर्थ सङ्कल्प गर्दैनौ तर जुन विषय मनलाई दियौ त्यसै अनुसार सङ्कल्प गरेका छौ वा गरेका छैनौ? टिचरहरू, यो कुरा मन्जुर छ? मन्जुर छ? जोनलाई कार्य दिऊँ? हात उठाऊ टिचरहरू।

महाराष्ट्र छ नि। त्यसैले महाराष्ट्रलाई त महान् काम दिइन्छ नि! बापदादाको हरेक जोन प्रति प्यार छ र सदा यो निश्चय राख्नुहुन्छ– यी बच्चाहरू, बाबाले भन्नुभयो र बच्चाहरूले गरे। यस्तै हो? महाराष्ट्र, जुन बाबाले भन्नुभयो त्यो गर्छौ, यस्तै हो? महाराष्ट्रका आत्माहरूले हात उठाऊ। धेरै छन्। पौने क्लास छ। त्यसैले हरेक जोन बाबाका आज्ञाकारी छन्, शिर हल्लाइरहेका छन् सबैले। बाबालाई पनि निश्चय छ– यी मेरा बच्चाहरू छन् नै निश्चयबुद्धि।

बापदादा यही चाहनुहुन्छ– जुन दिनहुँ महावाक्य सुन्छौ त्यो होमवर्क हो। दिनहुँको मुरली जुन बाबाले भन्नुभयो र बच्चाहरूले त्यसै अनुसार गरे भने त्यसलाई भनिन्छ बाबाका सिकीलधे बच्चाहरू, आज्ञाकारी बच्चाहरू। के गर्नुछ, त्यो दिनहुँको मुरली पढ किनकि बापदादाले देख्नुभएको छ धेरैजसो बच्चाहरूले मुरलीसँग प्यार गर्छन्। कसैले राख्दैन भने पनि, बापदादालाई कुनै बच्चाले भनोस् बाबा हजुरसँग मेरो धेरै प्यार छ, तर बाबाको प्यार केसँग छ? मुरलीसँग। मुरलीको लागि कति टाढाबाट आउँछौ। कुनै टिचर यस्ता छन् होला जो यति टाढाबाट पढाइ पढाउन आउँछन्? त्यसैले बाबाको प्यार मुरलीसँग छ भने, जसले मेरो बाबा भन्छ, उसको पहिलो प्यार बाबाको साथै बाबाको मुरलीसँग हुनुपर्छ। हेर, ब्रह्माबाबाले एक दिन पनि मुरली मिस गर्नुभएन। मुम्बई पनि गइरहनुभयो, कारण अकारण, तर मुरली लेख्नुहुन्थ्यो र मातेश्वरीले त्यो मुरली सुनाउनुहुन्थ्यो। अन्तिम दिन १८ जनवरी स्वास्थ्य अलि कमजोर थियो, बिहानको क्लास गराउनुभएन तर बेलुका क्लास गराएपछि अव्यक्त हुनुभयो। त्यसोभए ब्रह्माबाबाको प्यार केसँग भयो? मुरलीसँग। जो जसले सम्झन्छौ– मेरो बाबासँग प्यार छ भने बाबाको जेसँग प्यार रह्यो, बच्चाको त्यसैसँग प्यार हुनुपर्छ नि! त्यसैले मुरली दिनहुँ क्लासमा पढ्नु वा सुन्नुछ। बाध्यता छ, बहाना होइन, सही कारण छ भने कसैबाट सुन्न सक्छौ। जसले सम्झन्छौ– मुरलीको यति महत्त्व राख्छु तिमीहरूले हात उठाऊ। अच्छा, यहाँ त सबै देखिइरहेको छ, बाबाले तिमी पछाडि बसेका आत्माहरूलाई पनि देखिरहनुभएको छ। अच्छा, धेरै राम्रो। बाबाले बीच बीचमा परीक्षा लिनुहुनेछ– आज कसले मुरली सुनेन, त्यो टिचरले लेखेर पठाउनुछ। राम्रो लाग्यो नि! अच्छा। आज ब्रह्माबाबाले हरेक बच्चासँग मिलेर, धेरै धेरै स्नेहले हरेक बच्चालाई नयनद्वारा स्नेह दिइरहनुभएको छ। अच्छा।

डबल विदेशी भाइबहिनीहरूसँग:– विदेशी बच्चाहरूको सेवाको उमङ्ग-उत्साह राम्रो छ। बापदादा सबै बच्चाहरूलाई यही भन्नुहुन्छ– खुब सेवा गर किनकि समय जहिले पनि परिवर्तन हुन सक्छ। जुन सेवा गर्न चाहन्छौ तर गर्न सक्दैनौ, यस्तो समय पनि आउँदैछ त्यसैले जे गर्नुछ त्यो अहिल्यै गर। कहिले होइन, अहिल्यै। बापदादा सदैव भन्नुहुन्छ– भोलि भनेर नछोड। आज पनि होइन, किनकि यतिबेला अब पाँचै तत्त्व बाबाकहाँ आउँछन्, र भन्छन् हामीलाई बताउनुहोस् कहिलेसम्म दुःख चल्छ! स्वयं दुःखी भइरहेका छौ भने के गर्छौ? मनुष्यले आत्माहरूलाई पनि दुःखी बनाउँछन् नि त्यसैले जति पनि आएका छौ तिमीहरूले सङ्कल्प गर्नुछ– जसरी ब्राह्मण जीवन आवश्यक छ त्यसरी नै अहिलेको समय अनुसार हरेकलाई सेवा पनि आवश्यक छ। सेवा गर वा गराऊ। बाँकी बापदादाले जुन होमवर्क दिनुभयो, मनजित जगतजित बन्नु नै छ। तिम्रै गायन हो, त्यसको रिपिट गर्नुछ। अच्छा।

चारैतिरबाट बच्चाहरूद्वारा सन्देश आएका छन्। चारैतिरका आएका प्यारका मीठा-प्यारा भाव वा भिन्न भिन्न शब्दहरूको याद, चारैतिरबाट भिन्न भिन्न पत्रहरू आएका छन्, सबैलाई बापदादाले जवाफ दिइरहनुभएको छ हरेक बच्चा स्नेहमा बाबाको दिलमा समाहित छ र यो अविनाशी स्नेह सदा बाबाको र बच्चाहरूको अनादि अविनाशी हो र सारा सङ्गमयुगमा यो बाबा बच्चाहरूको मिलन निश्चित नै छ। अच्छा।

अहिले जो बच्चाहरू सामुन्ने छन् वा टाढा बसेर पनि हेरिरहेका छन्, बापदादाले सुन्नुभयो– अहिले त चारैतिर यो कोसिस गरेका छन्– हरेक देशमा सेन्टरमा पनि गएर हेर्छन्, सुन्छन्, रातिको जतिसुकै बजे पनि हेर्छन्, यी साइन्सका साधनहरू पनि तिम्रै लागि निस्केका हुन् र तिमीलाई नै लाभ भइरहेको छ। साइन्सद्वारा विनाश हुन्छ भने पनि तिम्रो राज्यको लागि विनाश गरिरहेका छन्। त्यसैले चारैतिरका स्नेही बच्चाहरूलाई विशेष ब्रह्माबाबाको याद-प्यार, दिलको दुलार, दिलको प्यार स्वीकार होस्।

वरदान:–
सच्चाइ-सफाइको धारणाद्वारा समीपताको अनुभव गर्ने सम्पूर्णमूर्त भव

सबै धारणाहरूमा मुख्य धारणा हो सच्चाइ र सफाइ। एकअर्काप्रति दिलमा बिल्कुलै सफाइ होस्। जसरी सफा चीजमा सबैथोक स्पष्ट देखिन्छ। त्यसरी नै एकअर्काको भावना, भाव, स्वभाव स्पष्ट देखियोस्। जहाँ सच्चाइ सफाइ छ त्यहाँ समीपता हुन्छ। जसरी बापदादाको समीप छौ त्यसरी नै आपसमा पनि दिलको समीपता होस्। स्वभावको भिन्नता समाप्त होस्। यसको लागि मनको भाव र स्वभावलाई मिलाउनुछ। स्वभावमा फरक देखिएन भने भनिन्छ सम्पूर्णमूर्त।

स्लोगन:–
बिग्रेकोलाई सुधार्नु– यो सबैभन्दा ठुलो सेवा हो।

अव्यक्त इसारा:– ज्वालास्वरूप स्थितिमा स्थित भएर शक्तिशाली यादको अनुभव गर

योगलाई ज्वाला रूप बनाउनको लागि सेकेन्डमा बिन्दुस्वरूप बनेर मन-बुद्धिलाई बारम्बार एकाग्र गर्ने अभ्यास गर। स्टप भन्यौ अनि सेकेन्डमा व्यर्थ देह भानबाट हटेर मन बुद्धि बाबामा एकाग्र होस्। सारा दिन यस्तो कन्ट्रोलिङ पावर प्रयोग गर। पावरफुल ब्रेकद्वारा मन बुद्धिलाई कन्ट्रोल गर, जहाँ मन बुद्धिलाई लगाउन चाहन्छौ त्यहाँ सेकेन्डमा लागोस्।

विशेष सूचना:– आज महिनाको तेस्रो आइतबार हो, सबै भाइबहिनीहरूले बेलुकी ६:३० देखि ७:३० बजेसम्म दुःखी अशान्त आत्माहरूलाई सुख-शान्तिका किरणहरूद्वारा परमात्मा बाबाको स्मृति दिलाउने सेवा गर्नुहुनेछ।