19.09.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– तिमी ईश्वरीय विद्यार्थी हौ , तिमी सच्चा सच्चा रूप-बसन्त बनेर आफ्नो मुखबाट सदैव ज्ञान रत्न नै निकाल्नु छ।”

प्रश्न:–
बाबाले बच्चाहरूलाई जगाउनको लागि कुन सञ्जीवनी बुटी दिनुहुन्छ?

उत्तर:–
मनमनाभव अर्थात् बाबालाई याद गर। नसा रहोस्– परमात्माद्वारा हामी देवता बन्नको लागि अथवा राज्य पद पाउनको लागि यो पढाइ पढिरहेका छौँ। यो स्मृति नै सञ्जीवनी बुटी हो, जसले जगाइदिन्छ। उनीहरूको अवस्थामा कहिल्यै निराशा आउन सक्दैन। उनीहरूले सदा आफ्नो जाँच गर्दै अरूलाई पनि सावधान गरिरहन्छन्।

ओम् शान्ति ।
यो कलेज हो नि। जसरी स्कुलमा विद्यार्थीहरू बस्दा हामी टिचरको अगाडि बसेका छौँ भन्ने सम्झन्छन्। कुन परीक्षा (इम्तिहान) पास गर्न बसेका छौँ, त्यो पनि बुद्धिमा हुन्छ। सतसङ्ग आदिमा जहाँ वेद-शास्त्र आदि सुनाउँछन्, त्यहाँ कुनै लक्ष्य (एम) हुँदैन। ती शास्त्र आदि तिम्रो बुद्धिबाट निस्किसकेका छन्। तिमीलाई थाहा छ, हामी मानिसबाट देवता बनिरहेका छौँ, भविष्य २१ जन्मको लागि। विद्यार्थी घरमा बसेको होस् अथवा जहाँसुकै गएको होस्, उसको बुद्धिमा यो कुरा हुन्छ मैले फलानो परीक्षा पास गर्नेछु। तिमी बच्चाहरू पनि क्लासमा बस्दा यो जान्दछौ, हामी देवता बनिरहेका छौँ। तिमीले पनि आफूलाई विद्यार्थी त सम्झन्छौ नि! हामी रुह हौँ, यो शरीरद्वारा हामीले पढिरहेका छौँ। रुहलाई थाहा हुन्छ, यो शरीर छोडेर भविष्यमा हामीले नयाँ शरीर लिनेछौँ, त्यतिबेला तिमीहरूलाई देवता भनिन्छ। यो त विकारी पतित शरीर हो, हामीलाई फेरि नयाँ शरीर मिल्नेछ। तिमीहरूलाई अहिले यो समझ मिलेको छ। म आत्माले पढिरहेको छु, ज्ञान सागरले पढाइरहनुभएको छ। यहाँ तिमीलाई गृहस्थ व्यवहारको चिन्ता (ओना) छैन। बुद्धिमा यही हुन्छ, हामी भविष्यको लागि मानिसबाट देवता बनिरहेका छौँ। देवताहरू हुन्छन् स्वर्गमा। यो कुरा घरी घरी चिन्तन गरिरहेमा तिमी बच्चाहरूलाई खुसी हुनेछ र पुरुषार्थ पनि गर्नेछौ। मनसा-वाचा-कर्मणा पवित्र पनि रहनेछौ। सबैलाई खुसीको सन्देश सुनाइरहनेछौ। ब्रह्माकुमार त धेरै छन् नि! सबै विद्यार्थी जीवनमा (स्टुडेन्ट लाइफमा) छन्। यस्तो होइन, कामधन्दामा जाँदा त्यो जीवन भुलिन्छ। जस्तै ऊ मिठाई पसले हो, उसले पनि सम्झन्छ नि म विद्यार्थी हुँ। विद्यार्थीले कहिल्यै मिठाई बनाउनुपर्छ र? यहाँ त तिम्रो कुरा नै भिन्नै छ। शरीर निर्वाहको लागि कामधन्दा पनि गर्नु छ। साथसाथै बुद्धिमा यो पनि याद राख्नुछ, मैले परमपिता परमात्माबाट पढिरहेको छु। तिम्रो बुद्धिमा हुन्छ, यतिबेला सारा दुनियाँ नर्कवासी छ। तर यी कुरा कसैले बुझ्दैनन्, हामी भारतवर्षवासी नर्कवासी छौँ, हामी भारतवर्षवासी नै स्वर्गवासी थियौँ। तिमी बच्चाहरूलाई पनि सारा दिन यो नसा रहँदैन। घरीघरी भुल्छौ। हुन त तिमी बीके हौ, टिचरहरू हौ, तिमीहरूले शिक्षा दिन्छौ, मानिसलाई देवता, नर्कवासीलाई स्वर्गवासी बनाइरहेका छौ, तैपनि भुल्छौ। तिमीलाई थाहा छ, यतिबेला सारा दुनियाँमा आसुरी सम्प्रदाय छ। आत्मा पनि पतित छ भने शरीर पनि पतित छ। अब तिमी बच्चाहरूलाई यी विकारहरूदेखि ग्लानि आउँछ। काम, क्रोध आदि सबै ग्लानिका कुरा हुन्। सबैभन्दा ग्लानिको कुरा विकार हो। संन्यासीहरूमा पनि अलिकति क्रोध हुन्छ किनकि जस्तो अन्न उस्तै मन हुन्छ, उनीहरूले गृहस्थीहरूकै खान्छन्। कसैले अनाज खाँदैनन् तर पैसा त लिन्छन् नि! त्यसमाथि पतितहरूको प्रभाव त हुन्छ नि! पतितको अन्नले पतित नै बनाउँछ। पवित्रतामाथि तिमीले विशेष जोड दिन्छौ। तिम्रो यस ज्ञानको प्रचार बढ्दै जानेछ। सबैले चाहनेछन् हामी पवित्र बनौँ, यो कुरा दिलमा लाग्नेछ किनकि पवित्र नबनीकन त स्वर्गको मालिक बन्न सक्दैनन्। बिस्तारै-बिस्तारै सबैको बुद्धिमा आउँदै जानेछ, जो स्वर्गवासी बन्नेवाला छन् उनीहरू नै बन्नेछन्। उनीहरूले भन्नेछन्, हामी त पवित्र बनेर अवश्य पवित्र दुनियाँको मालिक बन्नेछौँ। यो कल्याणकारी सङ्गमयुग हो, यतिबेला पतित दुनियाँ पावन हुन्छ, त्यसैले यसलाई पुरुषोत्तम युग भनिन्छ। यो कल्याणकारी युग हो। यस युगमा मनुष्य सृष्टिको कल्याण हुन्छ। बाबा कल्याणकारी हुनुहुन्छ त्यसैले बच्चाहरूलाई पनि कल्याणकारी बनाउनुहुन्छ। आएर योग सिकाएर मानिसबाट देवता बनाउनुहुन्छ।

तिमीलाई थाहा छ, यो हाम्रो सबैभन्दा महान् स्कुल हो। यहाँ कसैको पनि कुनै उल्टो कामधन्दा छैन। हामी विद्यार्थी हौँ, हामी नर्कवासीबाट स्वर्गवासी बनिरहेका छौँ, बाहिर जाँदा कामधन्दामा लागेको बेलामा यी कुरा याद हुँदैन। फुर्सत भएपछि मात्रै यी विचारहरू बुद्धिमा चल्छन्, कोसिस गरेर टाइम निकाल्नुपर्छ। बुद्धिमा याद हुनुपर्छ, हामी तमोप्रधानबाट सतोप्रधान बनिरहेका छौँ। एक बाबालाई नै याद गर्नु छ। कामधन्दामा पनि फ्री टाइम मिल्छ। कोसिस गरेर बुद्धिमा यो याद ल्याउनुपर्छ, हामी ईश्वरीय विद्यार्थी हौँ। जीविकाको लागि यो कामधन्दा आदि गर्छौँ। त्यो मायावी कामधन्दा हो, यो पनि तिम्रो जीविका हो, भविष्यको लागि सच्चा कमाइ त यो हो, यसमा धेरै राम्रो बुद्धि चाहिन्छ। आफूलाई आत्मा सम्झेर परमपिता परमात्मालाई याद गर्नु छ। सम्झाउनु छ, अब हामी आत्माहरू जानु छ घर। बाबा हामीलाई लिनको लागि आउनुभएको छ। सारा दिन बुद्धिमा विचार सागर मन्थन चल्नुपर्छ। जसरी गाईले खाएको कुरा उग्राउँछ, त्यसरी नै उग्राउनु छ। तिमी बच्चाहरूलाई अविनाशी खजाना मिल्छ। यो आत्माहरूको लागि भोजन हो। यो याद आउनुपर्छ, हामीले परमपिता परमात्मासँग पढिरहेका छौँ– देवता बन्नको लागि वा राज्य पद पाउनको लागि, यो याद गर्नु छ। तिमी बच्चाहरूले घरी घरी भुल्छौ फेरि खुसीको सट्टा तिमी निराश हुन्छौ। यो सञ्जीवनी बुटी हो जुन अरूलाई जगाउनको लागि आफूसँगै राख्नु छ र अरूलाई पनि दिनु छ। शास्त्रहरूमा त लम्बाचौडा कथाहरू लेखिदिएका छन्। बाबा बसेर यी सबै कुराको रहस्य बताउनुहुन्छ। मनमनाभव अर्थात् बाबालाई याद गरेमा तिमी स्वर्गको मालिक बन्नेछौ। आफ्नो दिललाई सोधिराख, जाँच गरिराख, एकअर्कालाई सावधान गरिराख। कुनै झगडा (खिटपिट) भयो भने बुद्धि त्यसमा लाग्ने भएकाले कसैको भनाइ राम्रो लाग्दैन। मायातिर बुद्धि लागेमा फेरि त्यही फिक्री हुनेछ। तिमी बच्चाहरू त खुसी हुनुपर्छ। बाबालाई याद गर, तर आफ्नै उल्झनमा छौ भने त्यो औषधि लाग्दैन, गोता खाइरहन्छौ। यस्तो गर्नुहुँदैन। विद्यार्थीहरूले कहाँ पढाइ छोड्छन् र! तिमी बच्चाहरूलाई थाहा छ, यो हाम्रो पढाइ भविष्यको लागि हो, यसमा नै हाम्रो कल्याण छ। कामधन्दा आदि गर्दागर्दै पनि कोर्स गर्नु छ। यो सृष्टिको चक्र कसरी घुम्छ। यो ज्ञान पनि बुद्धिमा राख्नु छ। याद सञ्जीवनी बुटी हो। एकअर्कालाई याद दिलाउनुपर्छ। स्त्रीपुरुषले एकअर्कालाई याद गराइराख्नुछ। शिवबाबाले ब्रह्माद्वारा यो पढाइरहनुभएको छ। शिवबाबाको रथको शृङ्गार गरिरहेका छौ भने शिवबाबाको याद हुनुपर्छ। सारा दिन याद रहन त मुस्किल छ। त्यो अवस्था त अन्त्यमा नै हुनेछ। कर्मातीत अवस्था नहुँदासम्म पहलमानसँग माया लडिरहन्छ। भनिएको पनि छ, एकअर्कालाई सावधान गरेर उन्नति गर। अफिसरहरूले आफ्ना सहयोगीहरूलाई पनि भनिदिन्छन्, हामीलाई यी कुराहरू याद गराउनु। तिमीले पनि एकअर्कालाई याद गराऊ। मञ्जिल धेरै उच्च छ। बाबा भन्नुहुन्छ, मलाई याद गरेमा पावन बन्नेछौ। उहाँ बाबाले कुनै नयाँ कुरा सुनाउनुहुन्न। तिमीले लाखौँ-करोडौँ पटक यो ज्ञान सुनेका छौ, फेरि पनि यो सुन्नेछौ। हामीले कल्प-कल्प यो ज्ञान सुनेका छौँ, यसरी भन्ने कुनै सतसङ्गमा कोही पनि हुँदैन। अब सुनिरहेका छौँ फेरि सुन्नेछौँ। कल्प-कल्प सुन्दै आएका छौँ, यसरी कसैले भन्न सक्दैन। बाबा सम्झाउनुहुन्छ, तिमीले आधाकल्प भक्ति गरेका छौ। अब फेरि तिमीलाई ज्ञान मिलेको छ, जसबाट सद्गति हुन्छ। बाबालाई याद गरेमा पाप काटिनेछ। यो त बुझ्ने कुरा हो नि! पुरुषार्थ गर्नु छ। न्यायाधीश (जज) वा ठुला मानिसको बच्चाले कुनै उल्टो काम गरेछ भने नाम बदनाम हुन्छ। यहाँ तिमीहरू पनि बाबाका बनेका छौ त्यसैले यस्तो कुनै कर्म गर्नु छैन, नत्र बाबाको निन्दा गराउनेछौ। सद्गुरुका निन्दकले ठाउँ पाउँदैनन् अर्थात् उच्च पद पाउन सक्दैनन्। ईश्वरको सन्तान भएर आसुरी कर्मदेखि डराउनुपर्छ। श्रीमतमा चल्नुपर्छ। आफ्नो मतमा चलेमा धोका खानेछौ, पद भ्रष्ट हुनेछ। सोध्न पनि सक्छौ, हजुरको मतमा ठिकै चलिरहेका छौँ। बाबाको सबैभन्दा पहिलो मत हो बाबालाई याद गर। कुनै विकर्म नगर। बाबा मैले कुन विकर्म गरेछु र हजुरलाई केही थाहा छ भने बताउनुहोस्। थाहा भयो भने बाबाले बताइदिनुहुन्छ। तिमीबाट यी यी भूलहरू भएका छन्, तिनलाई विकर्म भनिन्छ। सबैभन्दा ठुलो विकर्म काम विकारको हो, बढी झगडा त्यसमै चल्छ। तिमी बच्चाहरूलाई हिम्मत आउनुपर्छ, विचार गर्नुपर्छ। कुमारीहरूको समुह हुनुपर्छ, जसले भन्नुछ हामीले विवाह गर्नु नै छैन। अहिले कल्पको सङ्गमयुग हो, जसमा पुरुषोत्तम बन्नु छ। यी लक्ष्मीनारायणलाई पुरुषोत्तम भनिन्छ। विकारीलाई कहाँ पुरुषोत्तम भनिन्छ र! अब तिमी पुरुषोत्तम बनिरहेका छौ। सबैलाई पुरुषोत्तम बन्ने हक छ। पुरुषोत्तम महिनामा तिमीले कति सेवा गर्न सक्छौ। धेरै धूमधाम मच्चाउनुपर्छ। यो पुरुषोत्तम युग नै उत्तम युग हो, यसैबेला मानिसहरू नर्कवासीबाट स्वर्गवासी बन्छन्। यो साधारण कुरा हो। तिमी बच्चाहरूले राम्रोसँग सम्झाउनु छ। पुरुषोत्तम हुन्छन् सत्ययुगमा। कलियुगमा कोही उत्तम पुरुष हुँदैहुँदैनन्। यो त पतित दुनियाँ हो। त्यहाँ त पवित्र नै पवित्र हुन्छन्। यी सबै कुराहरू बाबाले बच्चाहरूलाई सम्झाउनुहुन्छ, अरूलाई सम्झाउनको लागि। मौका हेरेर सम्झाउनुपर्छ। तिमी यहाँ बसेका छौ, तिमीहरूले हामीलाई निराकार बाबा परमपिता परमात्माले राजयोग सिकाइरहनुभएको छ, हामी विद्यार्थी हौँ भन्ने जान्दछौ। यो पढाइबाट स्वर्गका देवीदेवता बनिरहेका छौँ। सबै परीक्षाभन्दा ठुलो परीक्षा यो राज्य भाग्य प्राप्त गर्ने परीक्षा हो, जुन परमात्माबाहेक अरू कसैले पढाउन सक्दैन। बाबा स्वयं परोपकारी हुनुहुन्छ, तर स्वयं स्वर्गको मालिक बन्नुहुन्न। स्वर्गको राजकुमार श्रीकृष्ण नै बन्छन्। निष्काम सेवा बाबाले गर्नुहुन्छ। बाबा भन्नुहुन्छ, म राजा बन्दिनँ। तिमीलाई राजाहरूको राजा बनाउँछु। यी कुराहरू कसैका बुद्धिमा छैनन्। यस्ता धेरै छन्, हुन त यहाँ धनवान् छन्, त्यहाँ गरिब बन्छन् र जो अहिले गरिब छन्, उनीहरू धेरै धनवान् त्यहाँ बन्छन्। विश्वको मालिक बन्नु- यो बेहदको कुरा हो नि! बाबाले भन्नुभएको पनि छ– मैले तिमीहरूलाई राजाहरूको राजा बनाउँछु। बाबाले नै स्वर्गको मालिकले बनाउनुहुन्छ। तिमीलाई थाहा छ, हामी स्वर्गको मालिक बनिरहेका छौँ त्यसैले तिमीलाई कति नसा हुनुपर्छ। हामीलाई पढाउने परमपिता परमात्मा हुनुहुन्छ। हामी अब नर्कवासीबाट स्वर्गवासी देवता बन्छौँ, यो कुरा याद रहेमा पनि खुसीको पारा चढिरहनेछ। विद्यार्थी जीवन सबैभन्दा उत्तम जीवन हो (स्टुडेन्ट लाइफ इज दी बेस्ट)। पुरुषार्थ गरेर त राजारानी बन्नुपर्छ नि! यसरी बताउनुहुँदैन, हामी राजा बनेर फेरि रङ्क बन्नेछौँ। यो बताउनुहुँदैन। सोध्नु छ के बन्न चाहन्छौ? सबैले भन्नेछन् हामी विश्वको मालिक बन्नेछौँ। त्यो त भगवान बाबाले नै बनाउन सक्नुहुन्छ। बाबा भन्नुहुन्छ म एकलाई याद गरेमा तमोप्रधानबाट सतोप्रधान बन्नेछौ, कति सहज कुरा छ। कोही पनि बन्न सक्छ। चाहे जतिसुकै गरिब होस्, यसमा पैसाको कुरा छैन त्यसैले बाबालाई भन्छन्- गरिब निवाज।

बाबालाई याद गरेर पापहरूको घडा खाली बनाउनु छ, जति जसले मेहनत गर्छन् त्यति पाउँछन्। सिँढीमा देख्छौ कति माथि चढ्छन्। चढे त चाखे राज्य भाग्यको रस, गिरे त चकनाचुर। बाबा भन्नुहुन्छ विकारमा गिरे, छोडपत्र दिए भने एकदम तल गिर्छन्। सपुत बच्चाहरूले त पुरुषार्थ गरेर आफ्नो जन्म हिराजस्तो बनाउनेछन्। तिमी बच्चाहरूले धेरै पुरुषार्थ गर्नु छ। अब जसले गर्छ... सबैलाई भन्छन् मातापितालाई फलो गर, आफूसमान बनाऊ। जति जति रहमदिल बन्छौ त्यति तिमीलाई नै फाइदा छ। समय गुमाउनु (टाइम वेस्ट गर्नु) छैन, अरूलाई युक्ति बताइरहनु छ। नत्र त्यति उच्च पद पाउन सक्दैनौ। अन्त्यमा तिमीलाई धेरै साक्षात्कार हुनेछ फेरि त्यसबेला तिमीले केही गर्न सक्नेछैनौ। परीक्षामा फेल भयो भने भयो। यस्तो नहोस् जसले गर्दा पछाडि पछुताउनु पर्छ। त्यसपछि त पुरुषार्थ गर्न सक्नेछैनौ त्यसैले जति आफ्नो र अरूको कल्याण गर्नु छ, त्यति गर। अन्धाहरूको लट्ठी बन। कल्पकल्पान्तर स्वर्गको स्थापना गरेका छौ, अवश्य गर्नेछौ। सबै कुरा ड्रामामा पहिल्यै निश्चित छ, अब जसले गर्छ उसले पाउँछ। बाबाका प्रिय बच्चाहरू (लाल) लुकेर रहन सक्दैनन्। रूप बसन्तजस्तै मुखबाट रत्न नै निस्कुन्। धूर्त बन्नु छैन, अरूको नोक्सान पार्नु छैन। तिमीलाई कसैले उल्टोसुल्टो सुनायो भने सम्झ त्यो धूर्त हो, यस्तो आत्माबाट सम्हालिएर रहनु छ। बाबाबाट आफ्नो बेहदको वर्सा लिन पूरा तत्पर होऊ। अच्छा।

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) आफ्नो र अरूको कल्याण गर्नु छ। अन्धाहरूको लट्ठी बन्नु छ। कहिल्यै कसैले उल्टो कुरा सुनाए भने उनीहरूबाट सावधान रहनु छ।

२) मनसा-वाचा-कर्मणा पवित्र बन्नु छ। हामी विद्यार्थी हौँ, भगवानले हामीलाई देवता बन्ने पढाइ पढाइरहनुभएको छ, यही खुसीमा रहनु छ।

वरदान:–
साथी र साक्षीपनको स्मृतिद्वारा सबै बन्धनहरूबाट मुक्त हुने सर्व शक्तिसम्पन्न भव

सर्व शक्तिहरूबाट सम्पन्न बनेर अधीनताबाट पर हुनको लागि दुई शब्द सदा याद राख्नुछ– एक साक्षी अर्को साथी। यसबाट छिट्टै बन्धनमुक्त अवस्था बन्नेछ। सर्वशक्तिमान् बाबाको साथ छ भने सर्व शक्तिहरू स्वतः प्राप्त हुन्छन् र साक्षी बनेर चलेमा कुनै पनि बन्धनमा फस्नेछैनौ। निमित्त मात्र यो शरीरमा रहेर कर्तव्य गरेका छौ र साक्षी भएका छौ भने यसको विशेष अभ्यास बढाऊ।

स्लोगन:–
अशुद्धता र शुद्धता दुवैको युद्ध छ भने ब्राह्मणको सट्टा क्षत्रिय हौ।

अव्यक्त इसारा- अब आफ्नो दाता स्वरूपलाई प्रत्यक्ष गर

तड्पिरहेका वा भिखारी प्यासी आत्माहरूको प्यास मेटाउनको लागि आफूलाई अतीन्द्रिय सुख वा सर्व शक्तिहरूबाट भरपुर गर। जति सर्व शक्तिहरूको खजाना, अतीन्द्रिय सुखको खजाना जम्मा हुन्छ त्यति तिम्रो स्थिति कायम रहनेछ र अन्य आत्माहरूलाई पनि सम्पन्न बनाउन सक्नेछौ। तिमी सबैको झोली भर्ने दाताका बच्चाहरू हौ, सबैलाई दिनु छ। यो दिने दृश्य धेरै छिटो सामुन्ने आउनेछ।