19.11.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिमी
सदा यादको फाँसीमा चढिरहनुपर्छ , यादले नै आत्मा सच्चा सुन बन्छ।”
प्रश्न:–
कुन बलले
विकारी आँखाहरूलाई तुरुन्तै परिवर्तन गरिदिन्छ?
उत्तर:–
ज्ञानको तेस्रो
नेत्रको बल आत्मामा आइसकेपछि विकारीपन समाप्त हुन्छ। बाबाको श्रीमत छ– प्यारा
बच्चाहरू! तिमीहरू सबै आपसमा भाइ भाइ हौ, भाइ-बहिनी हौ, तिम्रो आँखा कहिल्यै पनि
विकारी हुन सक्दैन। तिमी सदा यादको मस्तीमा रहने गर। वाह तकदिर वाह! हामीलाई भगवानले
पढाउनुहुन्छ। यस्तो विचार गरेमा मस्ती चढिरहनेछ।
ओम् शान्ति ।
मीठा-प्यारा
रुहानी बच्चाहरूप्रति रुहानी बाबाले सम्झाइरहनुभएको छ। बच्चाहरूलाई थाहा छ–रुहानी
बाबा पनि आत्मा नै हुनुहुन्छ, उहाँ पर्फेक्ट हुनुहुन्छ, उहाँमा कुनै पनि खिया (कट)
लागेको हुँदैन। शिवबाबाले भन्नुहुन्छ– ममा खिया लागेको छ? बिल्कुल छैन। यी दादामा त
पुरै खिया थियो। यिनमा बाबाले प्रवेश गर्नुभएको छ, त्यसैले मदत पनि मिल्छ। मूल कुरा
हो– ५ विकारहरूको कारण आत्मामा खिया चढेर अपवित्र भएको छ। त्यसैले जति जति बाबालाई
याद गर्छौ, त्यति खिया उत्रँदै जानेछ। भक्तिमार्गका कथाहरू त जन्मजन्मान्तर सुन्दै
आएका छौ। यो त कुरा नै निराला छ। तिमीलाई अहिले ज्ञान सागरबाट ज्ञान मिलिरहेको छ।
तिम्रो बुद्धिमा लक्ष्य उद्देश्य छ, अरू कुनै पनि सतसङ्ग आदिमा लक्ष्य उद्देश्य
हुँदैन। ईश्वर सर्वव्यापी भनेर मेरो ग्लानि गरिरहन्छन्, ड्रामा योजना अनुसार।
मनुष्यले यो पनि बुझ्दैनन्– यो ड्रामा हो। यसमा रचयिता, डाइरेक्टर बाबा पनि ड्रामाको
वशमा हुनुहुन्छ। हुन त बाबालाई सर्वशक्तिमान् भनेर गायन गरिन्छ तर तिमीलाई थाहा छ–
उहाँ पनि ड्रामाको पटरीमा चलिरहनुभएको छ। बाबा जसले स्वयं आएर बच्चाहरूलाई
सम्झाउनुहुन्छ, भन्नुहुन्छ– मेरो आत्मामा सदा अविनाशी पार्ट निश्चित छ, त्यसै
अनुसार पढाउँछु। जे जति सम्झाउँछु, ड्रामामा पहिल्यै निश्चित छ। अहिले यो
पुरुषोत्तम सङ्गमयुगमा तिमी पुरुषोत्तम बन्नुछ। भगवानुवाच हो नि। बाबा भन्नुहुन्छ–
तिमी बच्चाहरू पुरुषार्थ गरेर यी लक्ष्मी-नारायण बन्नुछ। यस्तो अरू कुनै मनुष्यले
भन्न सक्दैनन्– तिमी विश्वको मालिक बन्नुछ। तिमीलाई थाहा छ– हामी आएकै हौँ विश्वको
मालिक, नरबाट नारायण बन्न। भक्तिमार्गमा त जन्मजन्मान्तर कथाहरू सुन्दै आएका थियौ,
केही पनि समझ थिएन। अहिले जान्दछौ– अवश्य स्वर्गमा यी लक्ष्मी-नारायणको राज्य थियो,
अहिले छैन। त्रिमूर्तिको लागि पनि बच्चाहरूलाई सम्झाउनुभएको छ। ब्रह्माद्वारा आदि
सनातन देवीदेवता धर्मको स्थापना हुन्छ। सत्ययुगमा यो एउटै धर्म थियो, अरू कुनै धर्म
थिएनन्। अहिले त्यो धर्म छैन, फेरि स्थापना भइरहेको छ। बाबा भन्नुहुन्छ– म कल्प
कल्पको सङ्गमयुगमा आएर तिमी बच्चाहरूलाई पढाउँछु। यो पाठशाला हो नि। यहाँ बच्चाहरूले
चालचलन पनि सुधार्नुछ। ५ विकारहरूलाई निकाल्नुछ। तिमीले नै देवताहरूको अगाडि गएर
गाउँथ्यौ– तपाईं सर्वगुण सम्पन्न... हामी पापी छौँ। भारतवर्ष निवासीहरू नै देवता
थिए। सत्ययुगमा यी लक्ष्मी-नारायण पूज्य थिए, फेरि कलियुगमा पुजारी बने। आत्माहरू
पूज्य सतोप्रधान थिए अब फेरि पूज्य बनिरहेका छन्। उनीहरूको शरीर पनि सतोप्रधान थियो।
जस्तो आत्मा, त्यस्तै गहना। सुनमा खाद मिसाइयो भने त्यसको भाउ कति कम हुन्छ। तिम्रो
भाउ पनि धेरै बढी थियो। अहिले भाउ कति कम भएको छ। तिमी पूज्य थियौ, अब पुजारी बनेका
छौ। अब जति योगमा बस्छौ, त्यति खिया उत्रनेछ र बाबासँग लभ हुँदैजानेछ, खुसी पनि
हुनेछ। बाबाले स्पष्ट भन्नुहुन्छ– प्यारा बच्चाहरू! चार्ट राख– सारा दिनमा हामीले
कति समय याद गर्छौं? यादको यात्रा, यो शब्द सही छ। याद गर्दागर्दै खिया निस्कँदा
निस्कँदा अन्त मति सो गति हुनेछ। ती पण्डाहरूले त यात्रामा लैजान्छन्। यहाँ त आत्मा
स्वयंले यात्रा गर्छ। आफ्नो परमधाम जानुछ किनकि ड्रामाको चक्र अब पूरा हुन्छ। यो पनि
तिमीलाई थाहा छ– यो धेरै गन्दा दुनियाँ हो। परमात्मालाई त कसैले पनि चिन्दैनन्, न
चिन्नेछन्, त्यसैले भनिन्छ– विनाश काले विपरीत बुद्धि। उनीहरूको लागि त यो नर्क नै
स्वर्गसमान छ। उनीहरूको बुद्धिमा यी कुरा बस्न सक्दैनन्। तिमी बच्चाहरूलाई यी सबै
विचार सागर मन्थन गर्नको लागि धेरै एकान्त चाहिन्छ। यहाँ त एकान्त धेरै राम्रो छ,
त्यसैले मधुबनको महिमा छ। बच्चाहरूलाई धेरै खुसी हुनुपर्छ। हामी जीव आत्माहरूलाई
परमात्माले पढाइरहनुभएको छ। कल्प पहिला पनि यसरी पढाउनुभएको थियो। श्रीकृष्णको कुरा
होइन। उहाँ त सानो बच्चा हुनुहुन्थ्यो। उहाँ आत्मा, यहाँ परम आत्मा। पहिलो नम्बरको
आत्मा श्रीकृष्ण, सो फेरि लास्ट नम्बरमा आउनुभएको छ। त्यसपछि नाम पनि अर्कै भयो।
धेरै जन्मको अन्त्यको जन्ममा नाम त अर्कै हुन्छ नि। भनिन्छ– यी त दादा लेखराज हुन्।
यो हो नै धेरै जन्मको अन्त्यको जन्म। बाबा भन्नुहुन्छ– म यिनमा प्रवेश गरेर तिमीलाई
राजयोग सिकाइरहेको छु। बाबा कसैमा त आउनुहुन्छ नि। शास्त्रहरूमा यी कुरा छैनन्।
बाबाले तिमी बच्चाहरूलाई पढाउनुहुन्छ, तिमीले नै पढ्छौ। फेरि सत्ययुगमा यो ज्ञान
हुनेछैन। त्यहाँ हुन्छ प्रारब्ध। बाबा सङ्गममा आएर यो ज्ञान सुनाउनुहुन्छ, फेरि
तिमीले पद पाउँछौ। यो टाइम नै हो बेहदका बाबाबाट बेहदको वर्सा पाउने, त्यसैले
बच्चाहरूले लापरबाही गर्नुहुँदैन। मायाले धेरै लापरवाही गराउँछ, फेरि बुझिन्छ– यिनको
तकदिरमा छैन। बाबाले त तदबिर (पुरुषार्थ) गराउनुहुन्छ। तकदिरमा कति फरक पर्छ। कोही
पास, कोही फेल हुन्छन्। डबल ताजधारी बन्नको लागि पुरुषार्थ गर्नुपर्छ।
बाबा भन्नुहुन्छ–
गृहस्थ व्यवहारमै बस। लौकिक पिताको ऋण पनि बच्चाहरूले तिर्नुछ। कानुन अनुसार चल्नुछ।
यहाँ त सबै बेकाइदा हुन्छन्। तिमीलाई थाहा छ– हामी नै यति उच्च पवित्र थियौँ, फेरि
गिर्दै आयौँ। अब फेरि पवित्र बन्नुछ। प्रजापिता ब्रह्माका बच्चाहरू सबै बी.के. हौ
त्यसैले विकारी दृष्टि हुन सक्दैन किनकि तिमी भाइ-बहिनी भयौ नि। बाबाले यो युक्ति
बताउनुहुन्छ। तिमी सबैले बाबा! बाबा! भनिरहन्छौ त्यसैले भाइ-बहिनी भयौ। भगवानलाई
सबैले बाबा भन्छन् नि। आत्माहरूले भन्छन्– हामी शिवबाबाका बच्चाहरू हौँ। फेरि शरीरमा
आएपछि भाइ-बहिनी भयौँ। फेरि हाम्रो विकारी आँखा किन जान्छ। तिमीले ठुला ठुला सभामा
यो सम्झाउन सक्छौ। तिमीहरू सबै भाइ भाइ हौ, फेरि प्रजापिता ब्रह्माद्वारा रचना रचियो,
त्यसपछि भाइ-बहिनी भयौ, अरू कुनै सम्बन्ध छैन। हामी सबै एक बाबाका बच्चाहरू हौँ। एक
बाबाका बच्चाहरू फेरि विकारमा कसरी जान सक्छन्। भाइ भाइ पनि हौँ भने भाइ-बहिनी पनि
हौँ। बाबाले सम्झाउनुभएको छ– यी आँखाहरूले धेरै धोका दिन्छन्। आँखाले नै राम्रो चीज
देखेपछि दिल हुन्छ। यदि आँखाले देखेका छैनन् भने तृष्णा पनि उठ्दैन। यी विकारी
आँखाहरूलाई परिवर्तन गर्नुपर्छ। भाइ-बहिनी विकारमा त जान सक्दैनन्। त्यो विकारी
दृष्टि निस्किनुपर्छ। ज्ञानको तेस्रो नेत्रको बल चाहिन्छ। आधाकल्प यी आँखाहरूबाट
काम गरेका छौ, अब बाबा भन्नुहुन्छ– यो सारा खिया कसरी निस्किन्छ? हामी आत्मा जो
पवित्र थियौँ, यस आत्मामा खिया लागेको छ। जति बाबालाई याद गर्छौ, त्यति बाबासँग लभ
जुट्नेछ। पढाइबाट होइन, यादबाट लभ जुट्छ। भारतवर्षको हो नै प्राचीन योग, जसबाट आत्मा
पवित्र बनेर आफ्नो धाम जानेछ। सबै भाइहरूलाई आफ्नो बाबाको परिचय दिनुछ। सर्वव्यापीको
ज्ञानबाट त बिल्कुलै जोडले गिरेका छन्। अहिले बाबा भन्नुहुन्छ– तिम्रो पार्ट ड्रामा
अनुसार हुन्छ। राजधानी अवश्य स्थापना हुनुछ। जति कल्प पहिला पुरुषार्थ गरेका छन्,
अवश्य त्यति नै उनीहरूले गर्नेछन् । तिमीले साक्षी भएर हेरिरहन्छौ। यी प्रदर्शनीहरू
आदि त धेरैले हेरिरहनेछन्। यो तिम्रो ईश्वरीय मिसन हो। यो हो निराकार ईश्वरीय मिसन।
त्यो हुन्छ क्रिस्चियन मिसन, बौद्धी मिसन। यो हो निराकार ईश्वरीय मिसन। निराकार त
अवश्य कुनै शरीरमा आउनुहुन्छ नि। तिमी पनि निराकार आत्माहरू मेरो साथमा रहन्थ्यौ
नि। यो ड्रामा कस्तो छ? यो कसैको पनि बुद्धिमा छैन। रावणराज्यमा सबै विपरीत बुद्धि
बनेका छन्। अब बाबासँग प्रीत लगाउनुछ। तिम्रो प्रतिज्ञा छ– मेरो त एक दोस्रो न कोही।
नष्टोमोहा बन्नुछ। यसमा धेरै मेहनत छ। यो त फाँसीमा चढ्नुजस्तै हो। बाबालाई याद
गर्नु अर्थात् फाँसीमा चढ्नु। शरीरलाई भुलेर आत्मा जानुपर्छ बाबाको यादमा। बाबाको
याद धेरै जरुरी छ। नत्र खिया कसरी उत्रन्छ? बच्चाहरू भित्र मनमा खुसी हुनुपर्छ–
शिवबाबाले हामीलाई पढाउनुहुन्छ। कसैले सुने भने भन्छन्– यिनीहरूले के भन्छन्, किनकि
उनीहरूले त श्रीकृष्णलाई भगवान सम्झन्छन्।
तिमी बच्चाहरूलाई त
अहिले धेरै खुसी हुन्छ– अब हामी श्रीकृष्णको राजधानीमा जान्छौँ। हामी पनि
राजकुमार-राजकुमारी बन्न सक्छौँ। उनी हुन् पहिलो राजकुमार। नयाँ भवनमा बस्छन्। पछि
जुन बच्चाहरूले जन्म लिन्छन्, उनीहरू त ढिलो आए नि। जन्म स्वर्गमा नै हुनेछ। तिमी
पनि स्वर्गमा राजकुमार बन्न सक्छौ। सबै त पहिलो नम्बरमा आउँदैनन्। नम्बरवार माला
बन्नेछ नि। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! खुब पुरुषार्थ गर। यहाँ तिमी आएका छौ
नरबाट नारायण बन्न। कथा पनि सत्य नारायणको हो। सत्य लक्ष्मीको कथा भनेको कहिल्यै
सुनेका छैनौ होला। प्यार पनि सबैको श्रीकृष्णमाथि छ। श्रीकृष्णलाई नै झुलामा
झुलाउँछन्। राधेलाई किन झुलाउँदैनन्? ड्रामा योजना अनुसार उनको नाम चल्दै आएको छ।
तिम्री साथी त राधे हुन्, फेरि पनि प्यार श्रीकृष्णसँग छ। उनको ड्रामामा पार्ट पनि
यस्तै छ। बच्चाहरू सदा प्यारा हुन्छन्। बाबाले बच्चाहरूलाई देखेर कति खुसी
हुनुहुन्छ। बच्चा जन्मियो भने खुसी हुन्छ, बच्ची जन्मिइन् भने दुःखी हुन्छन्। कतिले
त मारि पनि दिन्छन्। रावणको राज्यमा मानिसहरूको आचरणरमा कति फरक हुन्छ। गाउँछन् पनि–
तपाईं सर्वगुण सम्पन्न... हुनुहुन्छ। हामी निर्गुण छौँ। अब बाबा भन्नुहुन्छ– फेरि
त्यस्तै गुणवान बन। अहिले जान्दछौ– हामी अनेक पटक यो विश्वको मालिक बनेका छौँ। अब
फेरि बन्नुछ। बच्चाहरू धेरै खुसी रहनुपर्छ। ओहो! शिवबाबाले हामीलाई पढाउनुहुन्छ।
बसेर यही चिन्तन गर। भगवानले हामीलाई पढाउनुहुन्छ, वाह तकदिर वाह! यस्ता यस्ता
विचार गर्दै ईश्वरीय नसामा मस्ताना हुनुपर्छ। वाह तकदिर वाह! बेहदका बाबा हामीलाई
मिल्नुभएको छ, हामीले बाबालाई नै याद गर्छौं। पवित्रता धारण गर्नुछ। हामी यो बन्छौँ,
दैवीगुण धारण गर्छौं। यो पनि मनमनाभव हो नि। बाबाले हामीलाई यो बनाउनुहुन्छ। यो त
यथार्थ अनुभवको कुरा हो।
बाबाले मीठा-प्यारा
बच्चाहरूलाई राय दिनुहुन्छ– चार्ट लेख र एकान्तमा बसेर यसरी आफैसँग कुरा गर। यो
ब्याज त छातीमा लगाऊ। भगवानको श्रीमतमा हामी यो बनिरहेका छौँ। यसलाई देखेर
उनीहरूलाई प्यार गरिराख। बाबाको यादले हामी यो बन्छौँ। बाबा हजुरको त कमाल छ, बाबा
हामीलाई पहिला कहाँ थाहा थियो र– हजुरले हामीलाई विश्वको मालिक बनाउनुहुन्छ। नौधा
भक्तिमा दर्शनको लागि घाँटी काट्न, प्राण त्याग्न लाग्छन्, त्यसपछि दर्शन हुन्छ।
यस्ता यस्ताको नै भक्तमाला बनेको छ। भक्तहरूको पनि मान छ। कलियुगका भगत त
बादसाहजस्तै हुन्छन्। अहिले तिमी बच्चाहरूको बेहदका बाबासँग प्रीत छ। एक बाबा सिवाय
अरू कोही याद नरहोस्। एकदम लाइन क्लियर हुनुपर्छ। अब हाम्रा ८४ जन्म पूरा भए। अब
हामी बाबाको आदेशमा पुरै चल्नेछौँ। काम महाशत्रु हो, त्यसबाट हार खानुछैन। हार खाएर
फेरि पश्चाताप गरेर के गर्नेछौ? एकदम हड्डी नै टुट्छ। धेरै कडा सजाय मिल्छ। खिया
उत्रनुको सट्टा झन् जोडले चढ्छ। योग लाग्दैन। यादमा रहन धेरै मेहनत हुन्छ। धेरै गफ
पनि लगाउँछन्– हामी त बाबाको यादमा बस्छौँ। बाबालाई थाहा छ, बस्न सक्दैनन्। यसमा
मायाका ठुला तुफान आउँछन्। सपना आदि यस्ता आउँछन्, एकदम हैरान पारिदिन्छन्। ज्ञान त
धेरै सहज छ। साना बच्चाले पनि सम्झाउन सक्छन्। बाँकी यादको यात्रामा नै ठुला विघ्न
पर्छन्। यसमा खुसी हुनुहुँदैन– हामीले धेरै सेवा गर्छौं। यादको गुप्त सेवा गरिराख।
यिनलाई त नसा हुन्छ– म एक्लै शिवबाबाको बच्चा छु। बाबा विश्वको रचयिता हुनुहुन्छ भने
अवश्य हामी पनि स्वर्गको मालिक बन्नेछौँ। राजकुमार बन्नेवाला छु, यो आन्तरिक खुसी
हुनुपर्छ। तर जति तिमी बच्चाहरू यादमा बस्न सक्छौ, त्यति मैले सक्दिनँ। यी बाबाले त
धेरै ख्याल गर्नुपर्छ। बच्चाहरूलाई कहिल्यै ईर्ष्या पनि हुनुहुँदैन– बाबाले ठुला
मानिसहरूको राम्रो पालना किन गर्नुहुन्छ। बाबाले हरेक बच्चाको नाडी हेरेर उनीहरूको
कल्याणको लागि हरेकलाई त्यस अनुसार चलाउनुहुन्छ। टिचरलाई थाहा हुन्छ– हरेक
विद्यार्थीलाई कसरी चलाउनुछ। बच्चाहरूले यसमा संशय ल्याउनुहुँदैन। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) एकान्तमा बसेर आफूले आफैसँग कुरा गर्नुछ। आत्मामा जुन खिया चढेको छ, त्यसलाई
निकाल्नको लागि यादको यात्रामा रहनुछ।
२) कुनै पनि कुरामा
संशय उठाउनुछैन, ईर्ष्या गर्नुछैन। आन्तरिक खुसीमा रहनुछ। आफुले गुप्त सेवा गर्नुछ।
वरदान:–
बेगर टु
प्रिन्सको पार्ट यथार्थमा खेल्ने त्यागी वा श्रेष्ठ भाग्यमानी आत्मा भव
जसरी भविष्यमा विश्व
महाराजन दाता हुनेछौ। त्यसरी नै अहिलेदेखि दातापनको संस्कार इमर्ज गर। कसैबाट कुनै
सैलभेसन (सेवा) लिएर फेरि सैलभेसन दिने– यस्तो सङ्कल्पमा पनि नहोस्– यसैलाई भनिन्छ
बेगर टु प्रिन्स। स्वयं लिने इच्छावाला होइन। यो अल्पकालको इच्छाबाट बेगर। यस्तो
बेगर नै सम्पन्नमूर्त हो। जसले अहिले यथार्थमा बेगर टु प्रिन्सको पार्ट खेल्छन्,
उनीहरूलाई भनिन्छ सदा त्यागी वा श्रेष्ठ भाग्यमानी। त्यागबाट सदाकालको भाग्य स्वतः
बन्छ।
स्लोगन:–
सदा हर्षित
रहनको लागि साक्षीपनको सिटमा द्रष्टा बनेर हरेक खेल हेर।
अव्यक्त इसारा:–
अशरीरी वा विदेही स्थितिको अभ्यास बढाऊ
अशरीरी स्थितिको
अनुभव गर्नको लागि सूक्ष्म सङ्कल्प रूपमा पनि कहीँ लगाव नहोस्, सम्बन्धको रूपमा,
सम्पर्कको रूपमा अथवा आफ्नो कुनै विशेषतातिर पनि लगाव नहोस्। यदि आफ्नो कुनै
विशेषतामा पनि लगाव छ भने त्यो लगावले पनि बन्धनयुक्त गरिदिनेछ र त्यो लगावले अशरीरी
बन्न दिनेछैन।