19.11.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे–
भित्र-बाहिर सफा बन , कुनै पनि फोहोरी बानी अब तिमीमा हुनु हुँदैन।”
प्रश्न:–
ब्राह्मण
बच्चाहरूले बाबाबाट पूरा-पूरा वर्सा लिनको लागि कुन-कुन धारणाहरूमा ध्यान राख्नु छ?
उत्तर:–
१– यस जन्ममा
बाबाको बनेर यस्तो कुनै पाप कर्म नहोस् जसको सयगुणा सजाय भोग्नु परोस्। २– बाबा जो
अति मीठा हुनुहुन्छ, उहाँले तिमीलाई आफू समान मीठो बनाउनुहुन्छ, त्यसैले मुखबाट कुनै
टर्रो बोली ननिस्कियोस् जसले गर्दा अरूलाई दुःख होस्। ३– दुःखहर्ता सुखकर्ताका बच्चा
बनेर सबैका दुःख हर्नु छ। मन्सा-वाचा-कर्मणा सुख दिनु छ। ४– स्तुति-निन्दामा समान
रहनु छ।
ओम् शान्ति ।
सद्गुरुवारलाई
वृक्षपति दिन पनि भनिन्छ। वृक्षपति दिन अर्थात् बाबाको दिन। औँसीको दिन अँध्यारो
रात पूरा हुन्छ, फेरि दिन सुरु हुन्छ। चन्द्रमा उदय हुन सुरु हुन्छ। र, आजभोलि जसको
पितृ हुन्छ, उसलाई खुवाएर-पिलाएर पूरा गर्छन्, फेरि बोलाउनु पर्दैन। सबैलाई तृप्त
गरिन्छ। दिनमा गए, फेरि राति फर्किएर आउने आवश्यकता नै के छ? असल काइदा यो हो– १२
महिनाको समय जब पूरा हुन्छ तब उनीहरूलाई खुवाएर समाप्त गरिदिनुपर्ने हुन्छ। फेरि
अँध्यारो रातमा किन बोलाइन्छ? तर ब्राह्मणहरूले यो पनि रीतिरिवाज बनाइदिएका छन्,
त्यो चलिआएको छ। दक्षिणा आदि मिलिरहन्छ। त्यो हो हदको औँसी। अब बाबा बेहदको औँसीमा
आउनुभएको छ। बाबा आउनुहुन्छ, तब आधाकल्पको अन्धकार पूरा हुन्छ। फेरि सत्ययुगमा
उज्यालै-उज्यालो हुन्छ। त्यहाँ कहिल्यै कसैले पितृ आदि खुवाउँदैनन्। यो फेरि हो
बेहदको औँसी। ब्रह्माको रात सो ब्राह्मणहरूको रात पूरा भएर दिन आउँछ। फेरि कसैले
पितृ आदि खुवाउँदैनन्, त्यहाँ ब्राह्मण नै हुँदैनन्। कोही मर्दैनन् भन्ने होइन तर
यो रीतिरिवाज हुँदैन। यहाँ त अनेक प्रकारका ब्राह्मण पनि छन्। अब एक विश्व होस्, एक
राष्ट्र होस् भनी चाहन्छन्। अब यति सबैको एक राष्ट्र त हुन सक्दैन। हो, जब सत्ययुग
थियो, तब एक राज्य, एक रीतिरिवाज थियो। त्यो त बाबा नै आएर स्थापना गर्नुहुन्छ।
त्यहाँ सबै एकदम मीठा हुन्छन्, दुःखको कुरा हुँदैन। कहिल्यै टर्रो बोल्दैनन्, पाप
गर्दैनन्। अब जसले जति पुरुषार्थ गर्छन्, नम्बरवार त्यति पद पाउनेछन्। त्यहाँ कसैले
चोरी आदि गर्छन् भन्ने होइन। होइन। भित्र-बाहिर सफा रहन्छ। यहाँ भित्र एक, बाहिर
अर्को हुन्छन्। एक-अर्कालाई कति नोक्सान पुर्याउँछन्। यो सबै हो रावण राज्यको फोहोरी
चञ्चलता। बाबाले अब यसलाई एकदम खत्तम गराइदिनुहुन्छ। सबैको एकदम झट्टै फोहोरी
बानीहरू त खत्तम हुँदैनन्। टाइम लाग्छ, जति-जति योगमा रहन्छन्, पाइला-पाइलामा
हेरिरहनेछन्– म योगमा रहन्छु? कुनै पाप कर्म त गर्दिनँ? स्वयं मीठो बनेर फेरि
अरूलाई मीठो बनाउँछु? स्वयं नै टर्रो छ भने अरूलाई कसरी मीठो बनाउँछ? यहाँ यस्ताहरू
झट्टै प्रत्यक्ष हुन्छन्, लुक्न सक्दैनन्। बाबा भन्नुहुन्छ– मेरो बच्चा बनेर अरू
कुनै उल्टो-सुल्टो काम गर्यौ भने धेरै कडा सजाय खानेछौ। पद पनि भ्रष्ट हुनेछ। भगवान
स्वयं बसेर पढाउनुहुन्छ देवता बनाउनको लागि, देवताहरूको महिमा गाउँछन्– सर्वगुण
सम्पन्न... अहिंसा परमो धर्म। हिंसा दुई प्रकारको हुन्छ– एक त काम कटारीको हिंसाले
मानिसहरूले आदि-मध्य-अन्त दुःख पाउँछन्। दोस्रो फेरि क्रोधमा आएर एक-अर्कालाई
कुट्छन्, दुःख दिन्छन्, दुःखी हुन्छन्। यहाँ त बच्चाहरूलाई भनिन्छ–
मन्सा-वाचा-कर्मणा यस्तो कुनै काम गर्नु छैन। कसैलाई दुःख दिनु छैन। हामी हौँ नै
दुःखहर्ता सुखकर्ताको बच्चा। त्यसैले सबैलाई यही युक्ति बताउनु छ– कसरी दुःख हरेर
सुख दिने? गरिएका कर्महरूको हिसाब-किताब चुक्ता हुन्छ। यहाँ बाबा सम्झाउनुहुन्छ– यस
जन्ममा जे-जति पाप कर्म गरेका छौ, बताउनाले आधा कट्नेछन्। तर अनेक जन्मका गरिएका
पाप कर्म त शिरमा धेरै छन् नि। अहिले बाबा सम्झाउनुहुन्छ– यस जन्ममा पनि यस्तो कर्म
गर्नु हुँदैन जसको पाप बनोस् र फेरि योगबलद्वारा अनेक जन्मका पाप कर्म भस्म गर्नु
छ। यस जन्ममा बाबाको बनेर कुनै पनि पाप कर्म गर्नु हुँदैन। ब्राह्मण नबनी वर्सा
मिल्न सक्दैन। यहाँ बापदादा हुनुहुन्छ नि। वर्सा तिमीलाई उहाँबाट मिल्छ, यिनीबाट
होइन। यिनले आफूलाई केही भनाउँदैनन्। यो त केवल रथ हो, यिनीबाट तिमीलाई केही
मिल्दैन। रथ पनि त गाइन्छ। हुसैनको रथ निकाल्छन् नि। घोडालाई कति सजाउँछन्। यो त
पतित तन हो नि। यो पनि अहिले सजिइरहेको छ। आफ्नो पुरुषार्थले नै सजिन्छन्। यिनको
बाबाले पक्ष लिनुहुन्न। यो त बाबाले कहिलेकाहीँ ठट्टा गर्नुहुन्छ– भाडा त मिल्छ नि।
तर जसरी तिमीले पुरुषार्थ गर्नु छ, त्यसरी नै यिनले गर्नुपर्ने हुन्छ। मलाई भाडा
दिनुहुनेछ भन्ने लोभ रहँदैन। यो त बाबाले ठट्टा गर्नुहुन्छ। आत्मा योगबलले नै
सतोप्रधान बन्नु छ। जति योग हुन्छ, त्यति पावन बन्नेछौ र फेरि आफू समान पनि बनाउनु
छ। तिमी बच्चाहरूलाई थाहा छ– जो राम्रा-राम्रा सर्भिस गर्नेहरू छन्, उनीहरू
प्रसिद्ध छन्। बाबाले सर्भिसमा पठाइदिनुहुन्छ। धेरै मीठो बोल्नुपर्ने हुन्छ। कसैसँग
लड्नु-झगडा गर्नु छैन। ब्राह्मणले यदि टर्रो बोल्छन् भने यिनमा त क्रोधको भूत छ
भन्नेछन्। स्तुति-निन्दामा समान रहनुपर्छ। धेरैमा क्रोधको भूत छ, त्यसबाट धेरै
नाराज हुन्छन्। सबै क्रोधमुक्त बनिसकेका छैनन्। जबसम्म सम्पूर्ण बन्ने समय आउँछ
तबसम्म बिस्तारै-बिस्तारै खोट निस्किरहनेछ। ममा क्रोध छैन भनी कसैले भन्न सक्दैन।
कसैमा धेरै, कसैमा कम हुन्छ। कोही-कोहीको आवाज नै लडाइँ गरे जस्तो हुन्छ। बच्चाहरू
धेरै मीठो बन्नु छ। यहीँ सर्वगुण सम्पन्न बन्नु छ। विकार त अनेक प्रकारका छन् नि।
क्रोध गर्नु, झुट बोल्नु यी सबै विकार हुन्।
बाबा भन्नुहुन्छ–
प्यारा बच्चाहरू! अहिले कुनै विकर्म गर्यौ भने धेरै सजाय खानुपर्नेछ। त्यहाँ त मेरो
साथमा दण्ड दिने धर्मराज हुनुहुन्छ। यहाँ सजाय मिल्छ प्रत्यक्ष, धर्मराजको सजाय
मिल्छ गुप्त, गर्भ जेलमा पनि सजाय भोग्छन्। कसैलाई रोग आदि लाग्छ– त्यो पनि कर्मभोग
हो। धर्मराजद्वारा दण्ड मिल्छ। पहिलाको पनि अहिले मिल्छ। अहिलेको अहिले पनि मिल्न
सक्छ। फेरि गर्भ जेलमा पनि मिल्छ। त्यो हो गुप्त, धर्मराजले त्यहाँ त सजाय
दिनुहुन्न नि। यहाँ फेरि शरीरद्वारा भोग्नुपर्छ। अब बाबाले हामीलाई यसबाट छुटाउँदै
हुनुहुन्छ। परमपिता परमात्मा र धर्मराज दुवै हाजिर हुनुहुन्छ। अहिले सबैको कयामतको
समय हो। हरेकको फैसला हुन्छ। यो पनि ड्रामामा निश्चित छ। जब तिमी बच्चाहरूले
सम्पूर्ण बन्नु छ भनी बुझेका छौ, तब कुनै पनि पाप कर्म नगर। आफ्नो कल्याणको लागि जति
सकिन्छ त्यति पूरा पुरुषार्थ गर्नुपर्छ। कल्प-कल्पान्तरको कुरा हो। त्यो पढाइ एक
जन्मको लागि हुन्छ। अर्को जन्ममा फेरि अर्को पढाइ, यो हो २१ जन्मको। अविनाशी बाबाले
अविनाशी पढाइ पढाउनुहुन्छ, जसबाट २१ जन्मको लागि अविनाशी पद पनि मिल्छ। बाबाबाट २१
जन्मको लागि वर्सा मिल्छ। तिमी बच्चाहरूलाई थाहा छ– यो पुरानो दुनियाँ हो, नयाँ
दुनियाँमा भारतवर्ष एक्लै थियो। अब फेरि यो चक्र घुम्नु छ। नयाँ सृष्टि स्थापना भएर
पुरानोको विनाश हुनेछ। परमपिता परमात्मा ब्रह्माद्वारा आएर नयाँ दुनियाँ स्थापना
गर्नुहुन्छ भनेर गाइएको छ। ब्राह्मण त अवश्य चाहिन्छ। त्यसैले अवश्य पवित्र पनि
बनेका होलान्, राजयोग पनि सिकेका होलान्। हामी ब्रह्माकुमार-कुमारीहरू त पवित्र
बनिरहेका छौँ। बाबाले घरबार छोड भन्नुहुन्न। गृहस्थ व्यवहारमा रहँदा कमल फूल समान
रहने गर। यो बापदादा नाम धेरै राम्रो छ। हजुरबुवाबाट वर्सा मिल्छ। उहाँ हुनुहुन्छ
उच्चभन्दा उच्च। ब्रह्मा त पतित थिए नि। यिनी पहिला सुरुमा श्रेष्ठाचारी पूज्य
महाराजा थिए। अब अन्तमा आएर पतित बने। यो हो यिनको अन्तिम जन्म। यस दुनियाँमा कोही
पावन छ नै कहाँ र? पावन दुनियाँमा कसैले याद गर्दैनन्। गाइएको पनि छ– आत्मा परमात्मा
अलग रहे बहुकाल... यसको हिसाब पनि तिमीले बुझ्यौ। जो सूर्यवंशी हुन्, उनीहरू पहिला
सुरुमा आफ्नो वर्सा लिन आउनेछन्। अब आत्मा शरीर छोडेर गयो। स्वर्ग जानुभयो भन्छन्।
फेरि उसलाई नर्कमा बोलाउने आवश्यकता नै के छ? केही पनि बुझ्दैनन्। साधु-सन्त आदि पनि
मर्छन्, उनीहरूको पनि वार्षिकी मनाउँछन्, भोग लगाउँछन्। जब ज्योति ज्योत समायो
भन्छन्, फेरि भोग किन लगाउँछन्? वार्षिकी किन मनाउँछन्? शरीर त समाप्त भयो– आत्मा
पनि गयो, फेरि आत्मालाई बोलाउने के आवश्यकता छ? ज्योतिमा लीन भयो, फेरि कसरी आउन
सक्छ? अनेकानेक मत छन्। मानिसले मोक्ष पाउँछ, फेरि आउँदैन पनि भन्छन्। मोक्ष पायो
भने त झन् खुसी मनाउनुपर्छ, पार्ट खेल्नबाट छुट्यो। फेरि त उसलाई याद पनि गर्नु
हुँदैन। यो पनि तिमीलाई थाहा छ। सबै मनुष्य मात्रले एक बाबालाई याद अवश्य गर्छन्।
सबै भाइ-भाइ हुन्, यो पनि मान्छन्। त्यसैले भाइहरूलाई बाबाबाट वर्सा अवश्य
मिल्नुपर्छ। सर्व आत्माहरूका सद्गति दाता एक हुनुहुन्छ। सबै आत्माहरूलाई फिर्ता जानु
छ। मानिसले मानिसलाई सद्गति कसरी दिन सक्छ र? त्यसैले एक मात्र सर्वका सद्गति दाताको
नाम प्रख्यात छ। उहाँ नै ज्ञानका सागर, पतित-पावन हुनुहुन्छ। उहाँ बाबा आएर राजयोग
सिकाउनुहुन्छ। सबैलाई रावणराज्यबाट छुटाउनुहुन्छ, यसलाई बेहदको औँसी भनिन्छ।
आधाकल्प हो बेहदको रात, फेरि आधाकल्प हो बेहदको दिन। यो खेल हो। जब धार्मिक सम्मेलन
गर्नेहरूले शान्ति कसरी हुन्छ भनी बोलाउँछन्, तब त्यहाँ बताउनुपर्छ– एक धर्म, एक मत
सत्ययुगमा नै हुन्छ। त्यो ५ हजार वर्ष भयो। त्यहाँ सुख-शान्ति सबै थियो, बाँकी सबै
आत्माहरू शान्तिधाममा थिए। नयाँ दुनियाँमा एउटै धर्म थियो। पुरानो दुनियाँमा वृक्ष
कति बढ्छ। अनेक धर्म छन्। अब अनेक धर्महरूको विनाश र एक धर्मको स्थापना, यो बाबाकै
काम हो। शिवबाबा भन्नुहुन्छ– यो मेरो काम हो। म कल्प-कल्प आएर यो काम गर्छु।
सत्ययुगी राजधानीको लागि राजयोग अवश्य सङ्गममा नै सिकाउनुहुन्छ। सबै पतितहरूलाई
पावन बनाउनुहुन्छ। भन्नुहुन्छ– म धेरै जन्महरूको अन्तको जन्मको अन्तमा आउँछु। जसले
पूरा ८४ जन्म लिएका छन्, उनको रथमा नै आएर सम्झाउँछु। नयाँ दुनियाँ त छँदै छैन।
पुरानो दुनियाँमा नै आएर नयाँ दुनियाँ बनाउँछु। पतित दुनियाँलाई पावन बनाउँछु। मेरो
नाम नै हो दुःखहर्ता, सुखकर्ता। सुखमा मलाई कसैले याद गर्दैनन्, दुःखमा मलाई याद
गर्छन्। अवश्य सुख मिलेको थियो।
बाबा भन्नुहुन्छ– म
पढाउन आएको छु। अब पढ्नु तिम्रो काम हो। मानिसहरू त घोर अन्धकारमा छन्, तिमीले पनि
केही जान्दैनथ्यौ। यस समयमा सारा दुनियाँको बेडा डुबेको छ, कति दुःखी छन्। तिमीले
सबैको बेडा पार गर्छौ, सबै शान्तिधाममा जानेछन्। यी कुरा तिम्रो बुद्धिमा छन्, त्यो
पनि नम्बरवार। जो लाइट हाउस बनेका हुन्छन्, उनीहरूले अरूलाई पनि बाटो बताइरहनेछन्।
उनीहरूको काम नै बाटो बताउनु हो। बच्चाहरूलाई बाबाले कसरी पढाउनुहुन्छ, यो त स्थायी
खुसी रहनुपर्छ। यहाँ आएर धेरै रिफ्रेस हुन्छन्, बाहिर जाँदा नसा नै गुम हुन्छ।
बाबाबाट पूरा-पूरा वर्सा लिने चाहना राख्नुपर्छ। पाइला-पाइलामा बाबासँग सल्लाह
लिइरहनु छ। पहिला तीर्थहरूमा पैदल जान्थे, धेरै होसियारीपूर्वक जान्थे। यस समयमा त
बस, ट्रेनमा जान्छन्। मायाको यस समयमा तडकभडक धेरै छ। सत्ययुगमा रौनक थियो, फेरि
द्वापरदेखि गिर्दै गयो। अब फेरि पछाडि सुरु भएको छ, यसलाई मायाको तडकभडक भनिन्छ।
कसैलाई स्वर्गमा हिँड भन, तब भन्छन्– मलाई यहीँ सबै सुख छ। मोटर, एरोप्लेन आदि सबै
छन्। मेरो लागि स्वर्गयहीं छ। धन, माल, गहना आदि सबै छन्। लक्ष्मी-नारायणलाई पनि
गहना छ नि। मैले पनि लगाउन सक्छु। जतिसुकै सम्झाऊ तैपनि विष नै याद रहन्छ। विष (विकार)
बिना रहन सक्दैनन्। बाबा भन्नुहुन्छ– तिमीले मेरो कुरा मान्दैनौ। पावन बन्दैनौ भने
हे पतित-पावन आउनुहोस् भनी मलाई बोलाउँछौ नै किन? याद राख्नु, अहिले मानेनौ भने
धर्मराजद्वारा सजाय दिलाउनेछु। तर्साउनु पनि हुन्छ। धेरै बच्चाहरू विकारमा गइरहन्छन्,
डर नै छैन। उनीहरूले कति कोर्रा खानेछन्, कुरै नगर। पद पनि भ्रष्ट हुनेछ। पुरुषार्थ
गरेर उच्च पद पाउनुपर्छ नि। सङ्गदोषमा यसरी गिर्न पुग्छन् जसले गर्दा एकदम आफ्नो पद
गुमाउँछन्। तिमीलाई थाहा छ– अहिले हीरा आदिका खानीहरू खाली हुँदै गइरहेका छन्, फेरि
भरिनेछन्। सुन, हीराका पहाड हुन्छन्। हीरा जब खनेर निकाल्छन्, तब पहिला ढुङ्गा
हुन्छन्, फेरि तिनलाई सफा गरेर हीरा बनाउँछन्। तिमीलाई पनि ज्ञानको सानमा
चढाउनुहुन्छ, तब तिमी कति राम्रा बन्छौँ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) अहिले कयामतको समय हो, त्यसैले कुनै पनि पाप कर्म गर्नु छैन। आफ्नो कल्याणको
पुरुषार्थ गर्नु छ, धेरै मीठो बन्नु छ। क्रोधलाई छोडिदिनु छ।
२) बाबाबाट पूरा-पूरा
वर्सा लिने चाहना राख्नु छ। पाइला-पाइलामा बाबाको सल्लाह लिनु छ। बाबा समान
दुःखहर्ता सुखकर्ता बन्नु छ।
वरदान:–
आफ्नो भाग्य र
भाग्यविधाताको स्मृतिद्वारा सर्व उल्झनहरूबाट मुक्त रहने मास्टर रचयिता भव
सदा वाह मेरो भाग्य र
वाह भाग्यविधाता! यस मनको सूक्ष्म आवाजलाई सुनिराख र खुसीमा नाचिराख। जान्नु थियो
त्यो जानेँ, पाउनु थियो त्यो पाएँ– यही अनुभवमा रह्यौ भने सर्व उल्झनहरूबाट मुक्त
हुनेछौ। अब अल्झिएका आत्माहरूलाई निकाल्ने समय हो, त्यसैले मास्टर सर्वशक्तिमान्
हुँ, मास्टर रचयिता हुँ– यस स्मृतिद्वारा बाल्यकालका साना-साना कुराहरूमा समय
नगुमाऊ।
स्लोगन:–
कमल आसनधारी
नै मायाको आकर्षणबाट न्यारा, बाबाको स्नेहमा प्यारा श्रेष्ठ कर्मयोगी हुन्।
अव्यक्त इसारा:–
ब्रह्माबाबा समान सम्पन्न र सम्पूर्ण स्थितिको अनुभव गर
पुरुषार्थमा सरलता,
ब्रह्माबाबा समान उपराम र साक्षी द्रष्टाको संस्कार, यही सम्पूर्ण स्टेजको निसानी र
लक्षण हो। त्यसैले अब यी संस्कारहरूमा समानता ल्याउनु छ। यसबाट नै सर्वको दिलमा
विजयी बन्नेछौ, जो सङ्गममा सर्वको दिलमा विजयी बन्छ उही भविष्यमा विश्व महाराजन
बन्छ।