20.05.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– आफूले आफैलाई सोध– म कति समय बाबाको यादमा रहन्छु , मेरो देहीअभिमानी स्थिति कति समय रहन्छ ?”

प्रश्न:–
तकदिरवान बच्चाहरूले नै बाबाको कुन डाइरेक्सनको पालना गर्छन्?

उत्तर:–
बाबाको डाइरेक्सन छ– प्यारा बच्चाहरू! आत्म अभिमानी भव। तिमी सबै आत्माहरू पुरुष हौ, महिला होइनौ। तिमी आत्मामा नै सारा पार्ट भरिएको छ। अब यही मेहनत वा अभ्यास गर– हामी कसरी देहीअभिमानी बनौँ। यही उच्च मञ्जिल हो।

गीत:–
तकदीर जगाकर आई हूँ...

ओम् शान्ति ।
मीठा-प्यारा रुहानी बच्चाहरूले गीत सुन्यौ। रुहानी बच्चा अर्थात् जीवका आत्माहरूले भने– हामी नयाँ दुनियाँको तकदिर अर्थात् स्वर्गको तकदिर बनाएर रुहानी बाबाको साथमा बसेका छौँ। अब तिमी बच्चाहरू रुहानी अभिमानी अर्थात् आत्म अभिमानी बन्नुछ। सबैभन्दा धेरै मेहनत यसैमा छ। आफूलाई आत्मा सम्झ अनि यस्तो सम्झ– म आत्माले ८४ जन्म लिएको छु। कहिले वकिल, कहिले के, कहिले के बनेको छु। आत्मा पुरुष हो, सबै भाइ भाइ हुन्, न कि दिदीबहिनी। आत्माले भन्छ– यो मेरो शरीर हो, त्यसैले त्यो हिसाबले आत्मा पुरुष, यो शरीर महिला भयो। हरेक कुरालाई राम्रोसँग बुझ्नुपर्छ। बाबाले धेरै विशाल, महिन बुद्धि बनाउनुहुन्छ। अब तिमीलाई थाहा भएको छ– म आत्माले ८४ जन्म लिएको छु। संस्कार राम्रा वा नराम्रा आत्मामा नै हुन्छन्। ती संस्कार अनुसार शरीर पनि त्यस्तै मिल्छ। सारा आत्मामा आधारित छ। यो धेरै ठुलो मेहनत हो। जन्मजन्मान्तर लौकिक पितालाई याद गरेका छौ, अब पारलौकिक बाबालाई याद गर्नुछ। आफूलाई घरी घरी आत्मा सम्झनु छ। हामी आत्माले यो शरीर लिन्छौँ। अहिले हामी आत्माहरूलाई बाबाले पढाउनुहुन्छ। यो हो रुहानी ज्ञान, जुन रुहानी बाबाले दिनुहुन्छ। सबैभन्दा पहिलो मुख्य कुरा हो तिमी बच्चाहरू देहीअभिमानी भइरहनु छ। देहीअभिमानी भइरहनु, यो धेरै उच्च मञ्जिल हो। ज्ञान उच्च होइन। ज्ञानमा मेहनत छैन। सृष्टि चक्रलाई जान्नु– यो हो इतिहास भूगोल। उच्चभन्दा उच्च बाबा हुनुहुन्छ, फेरि हुन्छन् सूक्ष्मवतनमा देवताहरू। विश्वको इतिहास भूगोल त मनुष्य सृष्टिमा हुन्छ। मूलवतन, सूक्ष्मवतनमा कुनै इतिहास भूगोल हुँदैन। त्यो हो नै शान्तिधाम। सत्ययुग हो सुखधाम, कलियुग हो दुःखधाम। यहाँ रावण राज्यमा कसैलाई शान्ति मिल्न सक्दैन।

अहिले तिमी बच्चाहरूलाई ज्ञान मिलेको छ– हामी आत्मा हौँ नै शान्तिधाम निवासी। यी इन्द्रियहरू कर्म गर्नको लागि हुन्। चाहे कर्म गरौँ वा नगरौँ। हामी त आत्मा हौँ, हाम्रो स्वधर्म शान्ती हो। कर्मयोगी हौँ नि। कर्म पनि अवश्य गर्नुछ। कर्मसंन्यासी कहिल्यै हुन सक्दैनन्। यो पनि यी संन्यासीहरूको पार्ट हो। घरबार छोडेर जान्छन्, खाना पकाउँदैनन्, गृहस्थीहरूसँग भिक्षा माग्छन् फेरि पनि तिनीहरूले गृहस्थीहरूबाट ल्याएर खान्छन् नि। घरबार छोडेर पनि कर्म त फेरि पनि गर्छन्। कर्मसंन्यास त हुन सक्दैन। कर्मसंन्यास त आत्मा शान्तिधाममा रहँदा मात्र हुन्छ। त्यहाँ कर्मेन्द्रियहरू नै हुँदैनन् भने कर्म कसरी गर्छन्– यसलाई कर्मक्षेत्र भनिन्छ। कर्मक्षेत्रमा सबै आउनुपर्छ। त्यो हो शान्तिधाम अथवा मूलवतन। यस्तो होइन, ब्रह्ममा आत्मा लीन हुन्छ। आत्माहरू शान्तिधाममा रहन्छन्, फेरि यहाँ कर्मक्षेत्रमा पार्ट खेल्न आउँछन्। यी हुन् विस्तारका कुराहरू। संक्षेपमा त भनिन्छ– आफूलाई आत्मा निश्चय गरेर बाबालाई याद गरेमा विकर्म विनाश हुन्छन्। यसलाई नै भारतवर्षको प्राचीन योग भनिन्छ। वास्तवमा यसलाई योग पनि होइन, याद भन्नुपर्छ, यसमा मेहनत छ। योगी धेरै कम बन्छन्। योगको शिक्षा पहिला हुनुपर्छ, पछि ज्ञान। सबैभन्दा पहिला हुनुपर्छ बाबाको याद।

बाबा भन्नुहुन्छ– देहीअभिमानी बन, यो हो रुहानी यादको यात्रा। यो ज्ञानको यात्रा होइन, यसमा धेरै मेहनत गर्नुपर्छ। हुन कोही त बी. के. कहलाउँछन् तर बाबालाई याद गर्दैनन्। बाबा आएर ब्रह्माद्वारा तिमी बच्चाहरूलाई देहीअभिमानी बनाउनुहुन्छ। यी ब्रह्मा पनि देह अभिमानी थिए। यिनको अहिले देहीअभिमानी बन्ने पुरुषार्थ चलिरहेको छ। ब्रह्मा कुनै भगवान होइनन्। यहाँ त सबै मानुष्य मात्र पतित छन्। पावन श्रेष्ठाचारी एक जना पनि छैनन्। आत्माको लागि नै भनिन्छ– पुण्य आत्मा, पाप आत्मा। मानिसहरूले पनि भन्छन्– मेरो आत्मालाई हैरान नपार। तर बुझ्दैनन्– म को हुँ? सोधिन्छ– हे जीवको आत्मा, तिमीले के काम गर्छौ? भन्छन्– म आत्माले यो शरीरद्वारा फलानो काम गर्छु। त्यसैले पहिला सुरुमा यो निश्चय गरेर बाबालाई याद गर। यो रुहानी ज्ञान बाबा बाहेक अरू कसैले दिन सक्दैन। बाबा आएर देहीअभिमानी बनाउनुहुन्छ। यस्तो होइन, ज्ञानमा कोही तीक्ष्ण रहेछन् भने उनीहरू अवश्य देहीअभिमानी बनेका हुन्छन्। जो देहीअभिमानी छन् उनीहरूले राम्रोसँग ज्ञानको धारणा गर्छन्। अरू त धेरै छन् जसले राम्रोसँग ज्ञान बुझ्छन्, तर शिवबाबालाई याद गर्न बिर्सन्छन्। घरी घरी आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नुछ, यसमा जिन्नजस्तै बन्नुछ। जिन्नको कथा छ नि। बाबाले पनि यो काम दिनुहुन्छ– मलाई याद गर, नत्र मायाले तिमीलाई खानेछ। माया हो जिन्न। जति बाबालाई याद गर्नेछौ त्यति विकर्म विनाश हुनेछन् र तिमीलाई बाबासँग धेरै आकर्षण हुनेछ। मायाले उल्टो बनाएर तिमीलाई धेरै तुफानमा ल्याउँछ। बुद्धिमा यही याद रहोस्– हामी आत्मा बाबाका बच्चाहरू हौँ। बस् यसै खुसीमा रहनु छ।

देह अभिमानमा आएपछि मायाले थप्पड लगाउँछ। हातमताईको खेल पनि देखाउँछन्। मुखमा मुहलरा राखेमा समस्या गुम हुन्छन्। बाबाको यादमा रह्यौ भने तिमीलाई पनि मायाले हैरान पार्दैन। यसमा नै युद्ध चल्छ। तिमीले याद गर्ने पुरुषार्थ गर्छौ तर मायाले यसरी नाकबाट समात्छ जसले याद गर्न दिँदैन, तिमी हैरान भएर सुत्छौ। मायासँग यति युद्ध चल्छ। बाँकी विश्वको इतिहास भूगोल त धेरै सिम्पल छ। तिमीहरूलाई घरी घरी भनिन्छ– सदैव सम्झ, हाम्रा ८४ जन्म पूरा भए, अब हामी जान्छौँ बाबासँग मिल्न। यो याद रहन नै मुस्किल छ। बाँकी कसैलाई सम्झाउन कुनै मुस्किल छैन। यस्तो होइन, हामीले त धेरै राम्रो सम्झाउँछौँ। होइन, पहिलो मुख्य कुरा नै हो यादको। प्रदर्शनीमा धेरै आउँछन्। पहिला सुरुमा यो पाठ सिकाउनु छ– आफूलाई आत्मा निश्चय गरेर बाबालाई याद गर अनि तमोप्रधानबाट सतोप्रधान बन्नेछौ। यही पहिलो पाठ दिनु छ। भारतवर्षको प्राचीन योग अरू कसैले सिकाउन सक्दैनन्। बाबा आएर सिकाउनुहुन्छ तब सिक्न सक्छन्। मानिसले, मानिसलाई राजयोग सिकाउन सक्दैनन्, असम्भव छ। सत्ययुगमा त हुन्छन् नै पावन, त्यहाँ त प्रारब्ध भोग्छन्। त्यहाँ ज्ञान अज्ञानको कुरा नै हुँदैन। भक्तिमार्गमा आएर नै दुःख हर्नुहोस्, सुख दिनुहोस् भनेर बाबालाई पुकार्छन्। सत्ययुग त्रेतामा कुनै गुरु गोसाईँ हुँदैनन्। त्यहाँ त सबैले सद्गति पाएका हुन्छन्। तिमीले २१ जन्मको लागि सद्गतिको वर्सा पाउन सक्छौ। २१ पिँढी, भन्छन्– ब्रह्माकुमारी उनै हुन् जसले २१ पिँढीको उद्धार गर्छन्। यो कुरा भारतवर्षमा नै भनिन्छ। यहाँ नै तिमीलाई २१ पिँढीको वर्सा मिल्छ। त्यहाँ स्वर्गमा तिमी एउटै देवीदेवता धर्मका मात्रै हुन्छौ, अर्को कुनै धर्म हुँदैन। बाबा आएर तिमीलाई मानिसबाट देवता बनाउनुहुन्छ। पवित्र नभईकन हामी कसरी फर्केर जान सक्छौँ। यहाँ त सबै विकारी पतित छन्। जो जो धर्म स्थापक हुन्, उनीहरूले फेरि पालना पनि गर्छन्, उनीहरूको धर्मको वृद्धि हुँदै जान्छ। फर्केर कोही पनि जान सक्दैन। एक जना कलाकार पनि फर्केर जान सक्दैन। सबै सतोप्रधान, सतो-रजो-तमोमा आउनु नै छ। ब्रह्माको लागि पनि भन्छन्– ब्रह्माको दिन, ब्रह्माको रात। त्यसैले के सृष्टिमा एक्लै ब्रह्मा हुन्छन् र? अहिले तिमी ब्राह्मणकुलका बनिरहेका छौ। तिमी रातमा थियौ, अब दिनमा गइरहेका छौ।

तिमीलाई सम्झाइएको छ– कति समय पूज्यपनमा रहन्छौ, कति जन्म पुजारी बन्छौ। बाबा नआउँदासम्म कोही भ्रष्टाचारीबाट श्रेष्ठाचारी बन्न सक्दैन। भ्रष्टाचारी उनीहरूलाई भनिन्छ– जो विकारबाट पैदा हुन्छन्, त्यसैले यसलाई नर्क भनिन्छ। नर्क र स्वर्ग दुवैमा यदि दुःख हुन्छ भने त फेरि त्यसलाई स्वर्ग नै भनिँदैन। पूरा नबुझ्दासम्म उल्टासुल्टा प्रश्न गर्छन्। तिमीले सम्झाउनु छ– भारतवर्ष धेरै उच्च थियो। जसरी ईश्वरको महिमा अपरम्पार छ, त्यसरी नै भारतवर्षको महिमा पनि अपरम्पार छ। भारतवर्ष के थियो, यस्तो कसले बनाउनुभयो? बाबाले, जसको महिमा गाउँछन्। बाबाले नै आएर तिमी बच्चाहरूलाई विश्वको मालिक बनाउनुहुन्छ। मनुष्य मात्रलाई दुर्गतिबाट सद्गतिमा लैजानुहुन्छ। शान्तिधाममा लैजानुहुन्छ, जसको लागि नै मानिसहरूले पुरुषार्थ गर्छन्। त्यसलाई अटल सुख, अटल शान्ति, अटल पवित्रता भनिन्छ। त्यहाँ तिमी सुखमा पनि हुन्छौ, शान्तिमा पनि हुन्छौ र बाँकी आत्माहरू शान्तिमा हुन्छन्। सबैभन्दा धेरै जन्म तिमीले लिन्छौ। बाँकी थोरै जन्म लिनेहरू अटल शान्तिमा रहन्छन्। उनीहरू लामखुट्टेजस्तै आए, एक आध जन्म पार्ट खेले, त्यो के हो र? तिनको कुनै महत्त्व छैन। लामखुट्टेको के महत्त्व छ। राति जन्मन्छन्, राति नै मर्छन्। यस समयमा धेरैजसोले शान्ति नै चाहन्छन् किनकि यस समयमाका गुरुहरू हुन् नै शान्तिमा जानेहरू।

तिमी यहाँ आएका छौ– स्वर्गवासी बन्नको लागि। स्वर्गवासीलाई शान्तिवासी भनिँदैन। शान्तिवासी निराकारी दुनियाँमा बस्नेहरूलाई भनिन्छ। मुक्ति शब्द गुरुहरूबाट सिक्छन्। माताहरूले व्रत नियम पालना गर्छन्– बैकुण्ठ पुरीमा जानको लागि। कोही मरेछ भने पनि भन्छन्– स्वर्गवासी भयो। कोही स्वर्गवासी हुँदैन तर यहाँ भारतवर्षका सबैले स्वर्गलाई नै मान्छन्। सम्झन्छन्– भारतवर्ष प्याराडाइज, स्वर्ग थियो। शिवबाबा यहाँ नै आएर स्वर्गको रचना रच्नुहुन्छ त्यसैले अवश्य यहाँ नै रच्नुहुन्छ। स्वर्गमा त आउनुहुन्न। भन्नुहुन्छ– म आउँछु स्वर्ग र नर्कको सङ्गममा। कल्प कल्पको सङ्गममा आउँछु। उनीहरूले फेरि युग युगमा आउँछु भनेर लेखिदिएका छन्। कल्प शब्द भुलेका छन्। खेल यस्तो पनि बनेको छ, फेरि त्यही दोहोरिनेछ। यो अन्तिम जन्ममा तिमीले बाबालाई र सृष्टि चक्रलाई जान्दछौ। कसरी स्थापना हुन्छ त्यो अब तिमीलाई नम्बरवार थाहा छ। यो सारा खेल तिमीहरूमा नै आधारित छ। अहिले तिमीले बाबाद्वारा राजयोग सिक्छौ। बाबाको यादले नै राज्य पाउँछौ। चित्र पनि यहीँ सामुन्ने छन् नि। यी सबै चित्र कसले बनाए! यिनीहरूका कुनै गुरु गोसाईँ त छैनन्। कुनै गुरु हुन्थे भने पनि गुरुको एक जना शिष्य कहाँ हुन्छ र। अनेक हुन्छन् नि। यो ज्ञान एक बाबा बाहेक अरू कसैले जान्न सक्दैन। धेरै मानिसहरूले सोध्छन्– यी चित्र तिम्रो दादाले बनाएका हुन्? यो त बाबाले दिव्य दृष्टिबाट साक्षात्कार गराउनुभएको हो। बैकुण्ठको पनि साक्षात्कार गराउनुभएको छ। त्यहाँ स्कुलमा कसरी पढाइ हुन्छ, के भाषा हुन्छ, सबै साक्षात्कार गरेका छन्। बच्चाहरू भट्ठीमा थिए त्यसैले बाबाले बच्चाहरूलाई बहलाउनुहुन्थ्यो। कराँचीमा केवल तिमीहरू मात्रै अलग्गै बसेका थियौ, आफ्नो राज्यजस्तै थियो। आफ्नो लगन, आफ्नो कुरा.... अरू कसैले बुझ्न सक्दैन। सम्झन्थे– यो खुदाप्रस्त (ईश्वरको राजधानी) हो। बाबाले सम्झाउनुभएको छ– तिमी हौ ननहरू (इसाइ योगिनीहरू)। नन बट वन । एक बाबा बाहेक अरू कसैलाई याद गर्नुहुँदैन। ती ननहरूले क्राइस्टलाई नै चिन्छन्, उनी बाहेक कसैलाई चिन्दैनन्।

तिमीलाई थाहा छ– वर्सा एक शिवबाबाबाट मिल्छ। शिवबाबा त हुनुहुन्छ बिन्दु। उहाँले पनि कसैद्वारा नै सम्झाउनुहुन्छ नि। प्रजापिता ब्रह्मा त अवश्य यहाँ हुन्छन्। बाबा भन्नुहुन्छ– यिनको धेरै जन्महरूको अन्त्यको जन्ममा पतित शरीरमा प्रवेश गर्छु। अच्छा।

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) राम्रोसँग ज्ञान धारण गरी देहीअभिमानी बन्नुछ। यही हो मेहनत । यही उच्च मञ्जिल हो। यो मेहनतले आत्मालाई सतोप्रधान बनाउनु छ।

२) जिन्न बनेर यादको यात्रा गर्नुछ। मायाले जतिसुकै विघ्न पारे पनि मुखमा मुहलरा राखिदिनु छ। मायाबाट हैरान हुनुहुँदैन। एकको यादमा रहेर तुफान हटाइदिनु छ।

वरदान:–
साधनहरूलाई प्रयोग गर्द ा साधनालाई आफ्नो आधार बनाउने सिद्धिस्वरूप भव

कुनै पनि पुरानो दुनियाँको आकर्षणमय दृश्य, अल्पकालको सुखको साधन प्रयोग गर्छौ वा देख्छौ भने ती साधनहरूको वशीभूत हुन्छौ। साधनहरूको आधारमा साधना यस्तो हुन्छ जस्तो बालुवाको फाउन्डेसनमा बनेको भवन। त्यसैले कुनै पनि विनाशी साधनको आधारमा अविनाशी साधना गर्नुछैन। साधन निमित्तमात्र हुन् र साधना निर्माणको आधार हो। त्यसैले साधनालाई महत्त्व दियौ भने साधनाले सिद्धि प्राप्त गराउँछ।

स्लोगन:–
कुनै पनि कमजोरीको अंश छ भने वंश पैदा हुन्छ र परवश बनाइदिन्छ।

अव्यक्त इसारा:– सदा अचल , अडोल , एकरस स्थितिको अनुभव गर

बुद्धिलाई एक ठेगानामा टिकाउने जुन युक्ति मिलेको छ, त्यो स्मृतिमा राख। बुद्धिलाई विचलित हुन नदेऊ। देह र देहको दुनियाँबाट न्यारा बनेर मन-बुद्धिको विमानबाट सेकेन्डमा आकारी र निराकारी स्थितिहरूको अनुभव गर। बुद्धिलाई विचलित हुन नदेऊ, नत्र युद्धमा समय धेरै व्यर्थ जान्छ। जसरी तपस्वी सदैव आसनमा बस्छन् त्यसरी नै आफ्नो एकरस स्थितिको आसनमा विराजमान रहेमा भविष्यमा सिंहासन मिल्नेछ।