20.07.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे–
भिखारीबाट राजकुमार बन्ने आधार पवित्रता हो, पवित्र बनेपछि नै पवित्र दुनियाँको
राज्य भाग्य मिल्छ।”
प्रश्न:–
यस पाठशालाको
कुन पाठले तिमीलाई मनुष्यबाट देवता बनाइदिन्छ?
उत्तर:–
तिमीले यस
पाठशालामा दिनहुँ यही पाठ पढ्छौ– हामी शरीर होइनौँ, आत्मा हौँ। आत्म-अभिमानी बनेपछि
नै तिमी मनुष्यबाट देवता, नरबाट नारायण बन्छौ। यतिबेला सबै मनुष्य मात्र पुजारी
अर्थात् पतित देह अभिमानी छन्, त्यसैले पतितपावन बाबालाई पुकारिरहन्छन्।
गीत:–
छोड भी दे
आकाश सिंहासन...
ओम् शान्ति ।
तिमी
बच्चाहरूलाई थाहा छ– यो ओम् शान्ति कसले भन्नुभयो? कुन बच्चाहरूलाई भन्नुभयो? तिमी
आत्माहरूलाई थाहा छ– ओम् शान्ति कुन आत्माले भन्नुभयो? परमपिता परमात्माले भन्नुभयो।
तिमी बच्चाहरूलाई थाहा छ, मनुष्यको आत्माले भनेको होइन, यो परमपिता परमात्मा शिवले
भन्नुभएको हो। उहाँ सबैका पिता उच्चभन्दा उच्च हुनुहुन्छ। अब गीतमा सुन्यौ,
दुनियाँमा धेरै नै मायाको छाया परेको छ। धेरै पतित बनेका छन्, त्यसैले पुकार्छन्–
हे पतितपावन फेरि आउनुहोस्, पावन बनाउन! आत्माले नै आफ्नो पितालाई बोलाउँछ, जसलाई
भगवान भनिन्छ। भन्छन्, उहाँ नै पतितपावन हुनुहुन्छ। एकको नै महिमा हुन्छ। उहाँ सबै
आत्माहरूका बेहदका पिता हुनुहुन्छ। यहाँ सबै आत्माहरू पतित बनेका छन्, त्यसैले
पुकार्छन्– हे परमपिता परमात्मा! उहाँ नै ज्ञानको सागर पनि हुनुहुन्छ, पतितपावन पनि
हुनुहुन्छ। उहाँ पिता पनि हुनुहुन्छ भने शिक्षक पनि हुनुहुन्छ किनकि ज्ञान सागर पनि
हुनुहुन्छ, सर्वोच्च विश्व अधिकारी पनि हुनुहुन्छ। सबै वेद, शास्त्र, ग्रन्थहरूलाई
पनि जान्नुहुन्छ। उहाँलाई भनिन्छ नै नलेजफुल, ज्ञानका सागर। यतिबेला सबैले पारलौकिक
पितालाई पुकार्छन् किनकि सबै दुःखी छन्। भन्छन्– परमपिता परमात्मा (गड फादर)। उहाँको
नाम पनि हुनुपर्छ नि! उहाँको नाम शिवबाबा भनेर गायन गरिएको छ। उहाँ नै उच्चभन्दा
उच्च ज्ञानको सागर, सुखको सागर, शान्तिको सागर हुनुहुन्छ। यसरी मनुष्यको आत्माले
आफ्नो पिताको महिमा गर्छ। उच्चभन्दा उच्च आत्मा कसको हुन्छ? परमपिता परमात्माको। उहाँ
हुनुहुन्छ परम, पतित मनुष्यहरूले उहाँलाई याद गर्छन्। सत्ययुगमा भारतवर्ष पावन हुँदा
देवीदेवताहरूको राज्य थियो, त्यतिबेला कोही पतित थिएन। यो तमोप्रधान दुनियाँ हो
अर्थात् यस दुनियाँमा जति पनि मनुष्य रहन्छन् ती सबै पाप आत्मा हुन्। यही भारतवर्ष
पावन थियो, यही भारतवर्ष पतित भएको छ। यहाँ कलियुगमा सबै पतित छन्। तिमीलाई थाहा छ,
ज्ञानको सागर, पतितपावन परमपिता परमात्मा परमधामबाट आएर हामीलाई ब्रह्माद्वारा
पढाउनुहुन्छ। अवश्य उहाँलाई शरीर त चाहियो नि! यी कुराहरू कुनै शास्त्रमा छैनन्।
ज्ञानको सागर बाबा जो ज्ञानको अथोरिटी पनि हुनुहुन्छ, उहाँले नै सबै कुरा
जान्नुहुन्छ। यहाँ चित्र पनि देखाउँछन्, विष्णुको नाभिबाट ब्रह्मा निस्किए, उनको
हातमा शास्त्र देखाइदिन्छन्। अहिले विष्णुले सबै शास्त्रहरूको सार सुनाउँदैनन्।
परमपिता परमात्मा ज्ञानको सागरले ब्रह्माद्वारा सबै शास्त्रहरूको सार सम्झाउनुहुन्छ।
ब्रह्मा, विष्णु, शङ्करको पनि उहाँ रचयिता हुनुहुन्छ। ब्रह्मालाई वा विष्णुलाई
ज्ञानको सागर भनिँदैन। शङ्करको त कुरै छोडिदेऊ। अब ज्ञानको सागर को हुनुहुन्छ?
निराकार उच्चभन्दा उच्च परमात्मा नै पतितपावन हुनुहुन्छ। यो महिमा हो उहाँ परमपिता
परमात्माको। यहाँ पनि आत्माको नै महिमा हुन्छ। आत्माले नै शरीरद्वारा भन्छ– म
राष्ट्रपति हुँ, म अधिवक्ता हुँ, म फलानो मन्त्री हुँ। आत्माले नै पद लिन्छ।
शरीरद्वारा आत्माले भन्छ, म एक शरीर छोडेर अर्को लिन्छु। यतिबेला बाबा आउनुहुन्छ र
भन्नुहुन्छ– प्यारा बच्चाहरू आत्म-अभिमानी बन! म तिम्रो पिता आएको छु– तिमीलाई यही
पाठ पढाउन। यो पाठशाला हो– मनुष्यबाट देवता, नरबाट नारायण, नारीबाट लक्ष्मी बन्ने।
बाबालाई सबै आत्माहरूले बोलाउँछन्– हे परमपिता परमात्मा... अब निराकारी दुनियाँबाट
साकारी दुनियाँमा आउनुहोस्, रूप परिवर्तन गर्नुहोस्! तिमी निराकारी आत्माहरू त
शरीरमा आएपछि मात्र गर्भमा आउँछौ, पुनर्जन्म लिन्छौ। बाबा सम्झाउनुहुन्छ– तिमीले
गर्भबाट ८४ जन्म लिएका छौ। एक शरीर छोडेर फेरि अर्को गर्भमा जान्छौ, यसरी ८४ जन्म
लिन्छौ। म त गर्भमा आउँदिनँ। तिमीहरू वास्तवमा देवीदेवता धर्मका थियौ। फेरि सिँढी
तल ओर्लिंदै आयौ, क्षत्रिय वर्णमा फेरि वैश्य, शूद्र वर्णमा कलाहरू कम हुँदै जान्छन्।
भारतवर्ष १६ कला सम्पूर्ण थियो, फेरि १४ कला बन्यो। दुनियाँका मानिसहरूले आफ्नो
जन्मको विषयमा जान्दैनन्। ८४ जन्म तिमीहरूले नै लिन्छौ। अरू कुनै धर्मका आत्माहरूले
८४ जन्म लिँदैनन्। तिमी स्वदर्शन चक्रधारी बनेका छौ, यो ज्ञानको कुरा हो। स्वदर्शन
चक्रधारी बनेपछि तिमी स्वर्गको चक्रवर्ती महाराजा बन्छौ। तिमीलाई राम्रोसँग थाहा छ,
हामी यहाँ आएका छौँ पतितबाट पावन बन्न। यो हो नै पतित दुनियाँ। पतितपावन, सबैको
सद्गतिदाता त एउटै बाबा हुनुहुन्छ। सबैले उहाँलाई नै पुकार्छन्। बाबालाई याद गर्छन्,
श्रीकृष्णलाई होइन। श्रीकृष्णले गीता सुनाएका होइनन्। गीता सर्वशास्त्रमयी शिरोमणि
हो। भारतवर्षको गीता कुन धर्मको शास्त्र हो? आदि सनातन देवीदेवता धर्मको। कसले गीता
गाउनुभयो? राजयोग कसले सिकाउनुभयो? परमपिता परमात्मा पतितपावन बाबाले। तिम्रो आत्मा
जुन निराकार थियो, त्यसले अहिले यो साकार शरीर धारण गरेको छ। साकार मनुष्यलाई
कहिल्यै भगवान भनिँदैन। हुन त सत्ययुगमा लक्ष्मीनारायण हुन्छन्, तैपनि भगवान
भनिँदैन। यो त केवल उपाधि (टाइटल) दिइएको हो। काइदा अनुसार भगवान एक हुनुहुन्छ।
सृष्टिकर्ता एक हुनुहुन्छ (क्रिएटर इज वन)। बाँकी उनीहरू देवता हुन्। ५ हजार वर्षको
कुरा हो। यी लक्ष्मीनारायणको राज्य थियो, यिनीहरूलाई महाराजा महारानी भनिन्थ्यो।
भगवान शिवबाबा महाराजा बन्नुहुन्न। उहाँ त त्यही बाबा नै हुनुहुन्छ जसले आएर
तिमीहरूलाई यस्ता देवीदेवता बनाउनुहुन्छ। अहिले त कोही पनि देवीदेवता धर्मको छैन।
यिनीहरूलाई भनिन्छ रावण सम्प्रदाय किनकि अहिले रावण राज्य छ। रावणलाई हरेक वर्ष
जलाइरहन्छन् किनकि यो पुरानो दुस्मन हो तर यसलाई यहाँका मानिसहरूले चिन्दैनन्। रावण
के हो, शास्त्रहरूमा पनि यसको वर्णन छैन। रावणलाई १० शिर भएको किन देखाइएको हो? यी
कुराहरूलाई राम्रोसँग बुझ्नु छ। मनुष्य त एकदम पत्थरबुद्धि छन्। पारसबुद्धि यी
लक्ष्मीनारायण आदिलाई भनिन्छ। पारसनाथ, पारसनाथिनीको राज्य थियो। जस्ता राजारानी
त्यस्तै प्रजा। भारतखण्ड जस्तो सुखधाम अरू कुनै खण्ड हुँदैन। जुनबेला भारतवर्षमा
स्वर्ग थियो, त्यतिबेला कुनै रोग, दुःख, बिमारी थिएन। सम्पूर्ण सुख थियो। गायन
गरिन्छ– ईश्वरको महिमा अपरम्पार छ। त्यसैगरी भारतवर्षको महिमा पनि अपरम्पार छ। सारा
कुरा पवित्रतामा आधारित छ। पुकार्छन् पनि यसरी नै, सबै पतित छन्। यहाँ शान्ति छैन,
समृद्धि पनि छैन। अहिले तिमीले बुझेका छौ– हामी सूर्यवंशी देवीदेवता थियौँ, फेरि
बिस्तारै बिस्तारै पतित बनेका हौँ। यसलाई भनिन्छ मृत्युलोक। यसमा आगो लाग्नेछ। यो
शिव ज्ञान यज्ञ हो, रुद्र ज्ञान यज्ञ पनि भन्छन्। मनुष्यले नाम त धेरै राखिदिन्छन्।
जहाँ पनि शिवका मूर्ति देख्छन्, त्यहाँ अनेक भिन्न भिन्न नाम राखिदिन्छन्। एक
शिवबाबाकै अनेक नामले मन्दिर बनाउँछन्। त्यसैले बाबा बसेर सम्झाउनुहुन्छ– ज्ञान,
भक्ति, वैराग्य। अब भक्ति पूरा हुन्छ, तिमीलाई भक्तिबाट वैराग्य आउँछ अर्थात् यस
पुरानो दुनियाँबाट वैराग्य हुन्छ। यो पुरानो दुनियाँ विनाश हुनु छ।
तिमी बच्चाहरूले
सोध्छौ– बाबा हामी पतितबाट पावन कसरी बनौँ? कोही नयाँ आए भने उनीहरूलाई यहाँ आउने
अनुमति दिइँदैन। जस्तै कलेजमा कोही नयाँ गएर बस्यो भने केही पनि बुझ्न सक्दैन
त्यस्तै तिनीहरू कसैलाई पनि थाहा नै छैन, मनुष्यबाट देवता कसरी बनिरहेका छन्।
मनुष्य जो पतित छन् तिनीहरू नै पावन बन्छन्। यतिबेला दुनियाँ पनि भिखारी छ।
सत्ययुगमा भारतवर्ष राजकुमार थियो। श्रीकृष्ण सत्ययुगका पहिलो नम्बरको राजकुमार थिए।
उनमा सबै गुण हुन्छन्। राज्य लक्ष्मीनारायणको भनिन्छ। श्रीकृष्ण त राजकुमार थिए,
राधा राजकुमारी थिइन्। श्रीकृष्ण राजकुमारको नै महिमा गायन गरिन्छ– सर्वगुण सम्पन्न,
१६ कला सम्पूर्ण...। उनले कुनै गीता सुनाएका होइनन्। उनी त सत्ययुगका राजकुमार थिए।
उनले पतित मनुष्यहरूलाई पावन बनाउनको लागि गीता पाठ सुनाउने– यो कुरा हुन सक्दैन।
यी सबै शास्त्र भक्तिमार्गका हुन्। शास्त्रहरूको कति महिमा छ। सत्ययुगमा
भक्तिमार्गका कुनै शास्त्र, चित्र आदि हुँदैहुँदैनन्। त्यहाँ त ज्ञानको प्रारब्ध
हुन्छ– २१ जन्मको लागि। तिमी बच्चाहरूले फेरि सत्ययुगको राज्यभाग्य लिइरहेका छौ। ५
हजार वर्ष पहिला सत्ययुगमा तिमीहरू विश्वका मालिक थियौ त्यतिबेला कुनै पनि विभाजन
आदि थिएन। ५ हजार वर्षको कुरा हो। अहिले कलियुगको अन्त्य हो नि! विनाश सामुन्ने
उपस्थित छ। भगवानले यो ज्ञान यज्ञ रच्नुभएको छ, पतित कलियुगलाई पावन सत्ययुग बनाउन,
त्यसैले अवश्य पतित दुनियाँको विनाश हुन्छ। गायन गरिएको पनि छ ब्रह्माद्वारा आदि
सनातन देवीदेवता धर्मको स्थापना, त्यो स्थापना अहिले शिवबाबाले ब्रह्माद्वारा
गराइरहनुभएको छ। तिमी अहिले मनुष्यबाट देवता बनिरहेका छौ। भन्छन् पनि परमपिता
परमात्माले ब्रह्माद्वारा स्थापना गराउनुहुन्छ। उनी त भए प्रजापिता, सबै उनका
सन्तान हुन्। अवश्य ब्रह्माद्वारा नै स्वर्गको स्थापना भएको थियो। आजभन्दा ५ हजार
वर्ष पहिला पनि म सङ्गममा आएको थिएँ– तिमीलाई यो राजयोग सिकाउन। श्रीकृष्ण होइनन्,
म आएको थिएँ। श्रीकृष्ण पतित दुनियाँमा आउन सक्दैनन्। बाबा नै आउनुहुन्छ। उहाँ नै
सबैको सद्गतिदाता हुनुहुन्छ। मनुष्यले मनुष्यलाई सद्गति दिन सक्दैनन्। याद पनि सबैले
एक बाबालाई नै गर्छन्। परमपिता परमात्मा कहाँ निवास गर्नुहुन्छ? तिमी बच्चाहरूलाई
थाहा छ, बाबा परमधाममा निवास गर्नुहुन्छ। त्यो ब्रह्म महतत्त्व हो। त्यहाँ आत्माहरू
महात्माजस्तै पवित्र हुन्छन्। यहाँ पनि महान् आत्मा, पतित आत्मा भन्छन् नि! वास्तवमा
यहाँ महान् आत्मा एउटा पनि छैन। आत्मा नै पावन सतोप्रधान बन्नु छ, ज्ञान र योगले न
कि पानीले। आत्मा नै पतित बनेको छ। आत्मामा नै खाद पर्छ। आत्मा नै सुन, चाँदी, तामा,
फलाम (गोल्डन, सिल्भर, कपर, आइरन) बन्छ। अहिले आत्माहरू जुन पतित छन् उनीहरूलाई
पावन कसले बनाउनुहुन्छ! परमपिता परमात्मा बाहेक अरू कसैले आत्माहरूलाई पावन बनाउन
सक्दैन। बाबा नै बसेर सम्झाउनुहुन्छ– म एकलाई याद गरेमा तिम्रा पाप भस्म हुन्छन्।
जति याद गर्छौ त्यति पतितबाट पावन बन्छौ। मेहनत यसैमा छ। ज्ञान त सारा बुद्धिमा छ।
यो चक्र कसरी घुम्छ, हामीले कसरी ८४ जन्म लिन्छौँ। सत्ययुगमा कति समय राज्य चल्छ,
फेरि रावण कसरी आउँछ! रावण के हो! यो पनि कसैलाई थाहा छैन। कहिलेदेखि रावणलाई
जलाउँदै आएका हुन्। यो पनि कसैलाई थाहा छैन। हरेक वर्ष जलाउँछन्। सत्ययुगमा त
जलाउँदैनन्। अहिले छ नै रावण राज्य। रामराज्य त कसैले स्थापना गर्न सक्दैन। यो त
बाबाकै काम हो। पतित मनुष्यले त रामराज्य स्थापना गर्न सक्दैनन्। तिनीहरू त सबै
विनाश हुन्छन्। पतित दुनियाँ नै विनाश हुनु छ। सत्ययुगमा एक जनाले पनि यस्तो
भन्दैनन्– हे पतितपावन आउनुहोस्, त्यो त पावन दुनियाँ हो नि! तिमीलाई अहिले थाहा छ,
यी लक्ष्मीनारायणलाई यस्ता स्वर्गका मालिक कसले बनाउनुभयो। फेरि यिनीहरूले ८४ जन्म
कसरी लिए। आदि सनातन देवीदेवता धर्मका आत्माहरूले नै ८४ जन्म लिन्छन्। तिमीहरू नै
यतिबेला शूद्र वंशी बनेका छौ। अब फेरि ब्राह्मण वंशी बन्छौ। अहिले तिमी ब्राह्मण
चोटी हौ। यो उच्चभन्दा उच्च चोटी हो। ब्रह्मामुख वंशावली ब्राह्मण कुलभूषण। अहिले
तिमी शिवबाबाका बच्चा पनि हौ। नातिनातिना पनि हौ। तिमी शिववंशीहरू फेरि
ब्रह्माकुमार-कुमारी हौ। वर्सा मिल्छ हजुरबुबाबाट। बाबा भन्नुहुन्छ– मलाई निरन्तर
याद गर। पावन बन्यौ भने तिमी मसित मुक्तिधाममा आउँछौ। यी कुराहरूलाई तिनैले बुझ्छन्
जसले कल्प पहिला बुझेका छन्। उनीहरू त हजारौँ छन्। कसैले सोध्छन्, बी. के. कति छन्?
भन, हजारौँको अन्दाजमा छन्। यस दैवी वृक्षको वृद्धि हुँदै जान्छ। अब फेरि– आदि
सनातन देवीदेवता धर्मको कलमी लागिरहेको छ किनकि देवता धर्म छैन। सबैले आफूलाई हिन्दु
भनिरहन्छन्। अरू धर्महरूमा परिवर्तन भएका छन्। फेरि सबै निस्केर आउँछन्, आएर
बाबाबाट वर्सा लिन्छन्। तिमी आएका छौ बेहदका बाबाबाट बेहदको सुखको वर्सा लिन अर्थात्
मनुष्यबाट देवता बन्न। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) पतितबाट पावन बन्नको लागि ज्ञान र योगमा मजबुत हुनु छ। आत्मामा जुन खाद परेको छ
त्यसलाई यादको मेहनतले निकाल्नु छ।
२) हामी ब्रह्मामुख
वंशावली ब्राह्मण चोटी हौँ, यस नसामा रहनु छ। ब्राह्मण नै वर्साका अधिकारी हुन्छन्
किनकि ब्राह्मणहरू शिवबाबाका नाति हुन्।
वरदान:–
आफ्नो पावरफुल
वृत्तिद्वारा पतित वायुमण्डललाई परिवर्तन गर्ने मास्टर पतितपावनी भव
जस्तोसुकै वायुमण्डल
होस् तर स्वयंको शक्तिशाली वृत्तिले वायुमण्डललाई परिवर्तन गर्न सक्छौ। वायुमण्डल
विकारी भए पनि स्वयंको वृत्ति निर्विकारी बनाउनुछ। जसले पतितहरूलाई पावन बनाउँछन्
उनीहरू पतित वायुमण्डलको वशीभूत हुन सक्दैनन्। मास्टर पतितपावनी बनेर स्वयंको
पावरफुल वृत्तिले अपवित्र वा कमजोर वायुमण्डललाई मेटाऊ, त्यसको वर्णन गरेर
वायुमण्डल नबिगार। कमजोर वा पतित वायुमण्डलको वर्णन गर्नु पनि पाप हो।
स्लोगन:–
अब धरतीमा
परमात्म पहिचानको बीज रोप्यौ भने प्रत्यक्षता हुन्छ।
अव्यक्त इसारा:–
ज्वालास्वरूप स्थितिमा स्थित भएर शक्तिशाली यादको अनुभव गर
योग अर्थात् शान्तिको
शक्ति। यो शान्तिको शक्तिले धेरै सहजै स्वयंलाई र अरूलाई पनि परिवर्तन गर्छ, यसबाट
व्यक्ति पनि परिवर्तन हुन्छन् भने प्रकृति पनि परिवर्तन हुन्छ। व्यक्तिहरूलाई त
मुखबाट कोर्स गराउँछौ तर प्रकृतिलाई परिवर्तन गर्नको लागि शान्तिको शक्ति अर्थात्
योगबल नै चाहिन्छ। योगमा अरू सबै सङ्कल्प शान्त हुन्छन् र एउटै सङ्कल्प “बाबा र म”
मात्र रह्यो भने यसलाई नै पावरफुल योग भनिन्छ। बाबाको मिलनको अनुभूति बाहेक अरू सबै
सङ्कल्प समाहित भए भने भनिन्छ ज्वाला रूपको याद, जसबाट परिवर्तन हुन्छ।