20.08.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
मीठे बच्चे–
श्रीमतमा चलेर सबैलाई मुक्ति-जीवनमुक्ति पाउने बाटो देखा ऊ , सारा दिन यही कामधन्दा
गरिर ाख ।”
प्रश्न:–
बाबाले कुन
सूक्ष्म कुराहरू सुनाउनुभएको छ, जुन धेरै बुझ्नुपर्ने छन्?
उत्तर:–
१. सत्ययुग
अमरलोक हो, त्यहाँ आत्माले एउटा चोला फेरेर अर्को लिन्छ तर त्यहाँ मृत्युको नाम
हुँदैन, त्यसैले त्यसलाई मृत्युलोक भनिँदैन। २. शिवबाबाको रचना बेहदको छ, ब्रह्माको
रचना यस समयमा केवल तिमी ब्राह्मण हौ। त्रिमूर्ति शिव भनिन्छ, त्रिमूर्ति ब्रह्मा
होइन। यी सबै धेरै सूक्ष्म कुरा बाबाले सुनाउनुभएको छ। यस्ता यस्ता कुरामा विचार
गरेर बुद्धिको लागि स्वयं नै भोजन तयार गर्नुछ।
ओम् शान्ति ।
त्रिमूर्ति
शिव भगवानुवाच। तर उनीहरूले त्रिमूर्ति ब्रह्मा भन्छन्। बाबा भन्नुहुन्छ– त्रिमूर्ति
शिव भगवानुवाच। त्रिमूर्ति ब्रह्मा भगवानुवाच भनिदैन। तिमीले त्रिमूर्ति शिव
भगवानुवाच भन्न सक्छौ। उनीहरूले त शिव-शङ्कर भनेर मिसाइदिन्छन्। यो त सिधा कुरा हो।
त्रिमूर्ति ब्रह्माको सट्टा त्रिमूर्ति शिव भगवानुवाच। मनुष्यले त भनिदिन्छन्–
शङ्करले आँखा खोल्नुभयो भने विनाश हुन्छ। यसमा सबै बुद्धिले काम लिइन्छ। तीनको नै
मुख्य पार्ट छ। ब्रह्मा र विष्णुको त ठुलो पार्ट छ ८४ जन्मको। विष्णुको र प्रजापिता
ब्रह्माको अर्थ पनि बुझेका छौ, पार्ट छ यी तीनको। ब्रह्माको त नाम गायन गरिएको छ,
आदि देव, एडम। प्रजापिताको मन्दिर पनि छ। यो हो विष्णुको वा श्रीकृष्णको अन्तिम ८४
औँ जन्म। जसको नाम ब्रह्मा राखिएको छ। सिद्ध त गर्नु नै छ विष्णु र ब्रह्मा। तर
ब्रह्मालाई एडप्ट गरिएको भनिन्छ। यी दुवै शिवका बच्चा हुन्। वास्तवमा बच्चा एक हुन्।
हिसाब गर्यो भने ब्रह्मा शिवको बच्चा हुन्। बाबा र दादा। विष्णुको नाम नै आउँदैन।
प्रजापिता ब्रह्माद्वारा शिवबाबाले स्थापना गरिरहनुभएको छ। विष्णुद्वारा स्थापना
गराउनुहुन्न। शिवका पनि बच्चा छन्, ब्रह्माका पनि बच्चा छन्। विष्णुका बच्चा भन्न
सकिँदैन। न लक्ष्मी-नारायणकै धेरै बच्चा हुन सक्छन्। यो बुद्धिको लागि भोजन हो।
भोजन आफैले बनाउनुपर्छ। सबैभन्दा बढी पार्ट विष्णुको भनिन्छ। ८४ जन्मको विराट रूप
पनि विष्णुको देखाउँछन्, न कि ब्रह्माको। विराट रूप विष्णुको नै बनाउँछन् किनकि
सबैभन्दा पहिला प्रजापिता ब्रह्माको नाम राख्छन्। ब्रह्माको त धेरै थोरै पार्ट छ,
त्यसैले विराट रूप विष्णुको देखाउँछन्। चतुर्भुज पनि विष्णुको बनाइदिन्छन्। वास्तवमा
यी अलङ्कार त तिम्रा हुन्। यो पनि राम्ररी बुझ्नुपर्ने कुरा हो। कुनै मनुष्यले
सम्झाउन सक्दैनन्। बाबाले नयाँ नयाँ तरिकाले सम्झाइरहनुहुन्छ। बाबा भन्नुहुन्छ–
त्रिमूर्ति शिव भगवानुवाच सही हो नि। विष्णु, ब्रह्मा र शिव। यसमा पनि प्रजापिता
ब्रह्मा नै बच्चा हुन्। विष्णुलाई बच्चा भनिँदैन। हुन त रचना भनिन्छ तर रचना त
ब्रह्माको हुन्छ नि। जसबाट फेरि भिन्न नाम-रूप लिन्छन्। मुख्य पार्ट त उनको हो।
ब्रह्माको पार्ट पनि धेरै थोरै छ, यस समयको। विष्णुको कति समय राज्य हुन्छ! सारा
वृक्षको बीजरूप शिवबाबा हुनुहुन्छ। उहाँको रचनालाई शालिग्राम भनिन्छ। ब्रह्माको
रचनालाई ब्राह्मण-ब्राह्मणी भनिन्छ। तर जति शिवको रचना छ, त्यति ब्रह्माको छैन।
शिवको रचना त धेरै छ। सबै आत्माहरू उहाँका सन्तान हुन्। ब्रह्माको रचना त केवल तिमी
ब्राह्मण मात्रै बन्छौ। हदमा आयौ नि। शिवबाबाको रचना बेहदको छ– सबै आत्माहरू।
शिवबाबाले बेहदका आत्माहरूको कल्याण गर्नुहुन्छ। ब्रह्माद्वारा स्वर्गको स्थापना
गर्नुहुन्छ। तिमी ब्राह्मण नै गएर स्वर्गवासी बन्नेछौ। अरूलाई त स्वर्गवासी भनिँदैन,
निर्वाणधामवासी अथवा शान्तिधामवासी त सबै बन्छन्। सबैभन्दा उच्च सेवा शिवबाबाको
हुन्छ। सबै आत्माहरूलाई लैजानुहुन्छ। सबैको पार्ट अलग अलग छ। शिवबाबा पनि
भन्नुहुन्छ– मेरो पार्ट अलग छ। सबैको हिसाबकिताब चुक्ता गराएर तिमीलाई पतितबाट पावन
बनाएर लैजान्छु। तिमीले यहाँ मेहनत गरिरहेका छौ पावन बन्नको लागि। अरू सबै कयामतको
समयमा हिसाबकिताब चुक्ता गरेर जानेछन्। फेरि मुक्तिधाममा बसिरहनेछन्। सृष्टिको चक्र
त घुम्नु नै छ।
तिमी बच्चाहरू
ब्रह्माद्वारा ब्राह्मण बनेर फेरि देवता बन्छौ। तिमी ब्राह्मणहरूले श्रीमतमा सेवा
गर्छौ। केवल मनुष्यलाई बाटो देखाउँछौ– मुक्ति र जीवनमुक्ति पाउनुछ भने यसरी पाउन
सक्छौ। दुवै चाबी हातमा छन्। यो पनि थाहा छ– को को मुक्तिमा, को को जीवनमुक्तिमा
जानेछन्। तिम्रो सारा दिन यही कामधन्दा हो। कसैले अन्न आदिको कामधन्दा गर्छन् भने
बुद्धिमा सारा दिन त्यही कामधन्दा रहन्छ। तिम्रो कामधन्दा हो रचनाको
आदि-मध्य-अन्त्यलाई जान्नु र कसैलाई मुक्ति-जीवनमुक्तिको बाटो देखाउनु। जो यस धर्मका
हुनेछन्, उनीहरू निस्केर आउनेछन्। यस्ता धेरै धर्मका छन् जो परिवर्तन हुन सक्दैनन्।
जस्तै एंग्लो-क्रिस्चियन (अङ्ग्रेज मुलका इसाइ) काला हुन्छन्। रूप त परिवर्तन
हुँदैन। केवल त्यसै परिवर्तन गरिदिन्छन्। यस्तो होइन कि आकृति परिवर्तन हुन्छ। केवल
धर्मलाई मानिदिन्छन्। कयौँले बौद्ध धर्मलाई मान्छन् किनकि देवी-देवता धर्म त प्रायः
लोप हुन्छ नि। एक जना पनि यस्तो छैन जसले भन्छ– हामी आदि सनातन देवी-देवता धर्मका
हौँ। देवताहरूको चित्र काममा आउँछ, आत्मा त अविनाशी छ, त्यो कहिल्यै मर्दैन। एउटा
शरीर छोडेर फेरि अर्को लिएर पार्ट खेल्छ। त्यसलाई मृत्युलोक भनिँदैन। त्यो हो नै
अमरलोक। केवल चोला फेर्छ। यी कुरा धेरै सूक्ष्ममा बुझ्नुपर्ने छन्। थोकमा (होलसेल)
होइन। जस्तै विवाह हुँदा भने कसैलाई खुद्रा (रिटेल), कसैलाई थोकमा दिन्छन्। कसैले
सबै देखाएर दिन्छन्, कसैले बन्द पेटी नै दिन्छन्। किसिम किसिमका हुन्छन्। तिमीलाई त
वर्सा मिल्छ थोकमा, किनकि तिमी सबै दुलही हौ। बाबा दुलहा हुनुहुन्छ। तिमी
बच्चाहरूलाई श्रृङ्गार गरेर विश्वको बादसाही थोकमा दिनुहुन्छ। विश्वको मालिक तिमी
बन्छौ। मुख्य कुरा हो यादको। ज्ञान त धेरै सहज छ। हुन त केवल अल्फलाई याद गर्नुछ।
तर विचार गरिन्छ– याद नै तुरुन्तै चिप्लिन्छ। धेरैजसोले भन्छन्– बाबा, याद गर्दा
भुलिन्छ। तिमीले कसैलाई पनि सम्झायौ भने सदैव याद शब्द भन। योग शब्द गलत छ।
शिक्षकलाई विद्यार्थीको याद हुन्छ। पिता सर्वोच्च आत्मा हुनुहुन्छ। तिमी आत्मा
सर्वोच्च होइनौ। तिमी पतित हौ। अब बाबालाई याद गर। शिक्षकलाई, पितालाई, गुरुलाई याद
गरिन्छ। गुरुहरू बसेर शास्त्र सुनाउँछन्, मन्त्र दिन्छन्। बाबाको मन्त्र एउटै छ–
मनमनाभव। फेरि के हुन्छ? मध्याजी भव। तिमी विष्णुपुरीमा जानेछौ। तिमी सबै त
राजा-रानी बन्दैनौ। राजा-रानी र प्रजा हुन्छन्। त्यसैले मुख्य हो त्रिमूर्ति।
शिवबाबापछि हुनुहुन्छ ब्रह्मा, जसले फेरि मनुष्य सृष्टि अर्थात् ब्राह्मण
रच्नुहुन्छ। ब्राह्मणहरूलाई बसेर फेरि पढाउनुहुन्छ। यो नयाँ कुरा हो नि। तिमी
ब्राह्मण-ब्राह्मणी दाजु-बहिनी भयौ। वृद्धले पनि भन्नेछन्– हामी दाजु-बहिनी हौँ। यो
भित्र मनले बुझ्नुछ। कसैलाई फाल्तु यस्तो कुरा भन्नुछैन। भगवानले प्रजापिता
ब्रह्माद्वारा सृष्टि रच्नुभयो भने दाजु-बहिनी भए नि। जब कि एक प्रजापिता ब्रह्माका
बच्चा हुन्छन्, यो बुझ्नुपर्ने कुरा हो। तिमी बच्चाहरूलाई त ठुलो खुसी हुनुपर्छ–
हामीलाई कसले पढाउनुहुन्छ? शिवबाबाले। त्रिमूर्ति शिवले। ब्रह्माको पनि धेरै थोरै
समयको पार्ट छ। विष्णुको सत्ययुगी राजधानीमा ८ जन्म पार्ट चल्छ। (८ गद्दी चल्छ)
ब्रह्माको पार्ट त एउटै जन्मको छ। विष्णुको पार्ट ठुलो भनिन्छ। त्रिमूर्ति शिव
मुख्य हुनुहुन्छ। फेरि आउँछ ब्रह्माको पार्ट, जसले तिमी बच्चाहरूलाई विष्णुपुरीको
मालिक बनाउनुहुन्छ। ब्रह्माबाट ब्राह्मण सो फेरि देवता बन्छन्। त्यसैले यिनी भए
अलौकिक पिता। थोरै समय यिनी पिता हुन्छन् , जसलाई अब मान्छन्। आदि देव, आदम र बीबी।
यिनीहरू बिना सृष्टि कसरी रच्ने। आदि देव र आदि देवी छन् नि। ब्रह्माको पार्ट पनि
केवल सङ्गम समयको हो। देवताहरूको पार्ट त फेरि पनि धेरै चल्छ। देवताहरू पनि केवल
सत्ययुगमा भनिन्छ। त्रेतामा क्षत्रिय भनिन्छ। यी धेरै गहन गहन प्वाइन्टहरू मिल्छन्।
सबै त एकै समयमा वर्णन गर्न सकिँदैन। उनीहरूले त्रिमूर्ति ब्रह्मा भन्छन्। शिवलाई
उडाइदिएका छन्। हामीले फेरि त्रिमूर्ति शिव भन्छौँ। यी चित्र आदि सबै भक्तिमार्गका
हुन्। प्रजा रच्छन् ब्रह्माद्वारा, फेरि तिमी देवता बन्छौ। विनाशको समयमा प्राकृतिक
प्रकोपहरू पनि आउँछन्। विनाश त हुनु नै छ, कलियुगपछि फेरि सत्ययुग हुनेछ। यति सबै
शरीरहरूको विनाश त हुनु नै छ। सबै कुरा यथार्थमा चाहिन्छ नि। केवल आँखा खोल्नाले त
हुँदैन नि। जब स्वर्ग गुम हुन्छ, त्यस समयमा पनि भूकम्प आदि हुन्छन्। त्यसोभए के
त्यस समयमा पनि शङ्करले आँखा यसरी चिम्लनुहुन्छ? गाउँछन् नि– द्वारिका अथवा लङ्का
पानीमुनि गयो।
अहिले बाबा
सम्झाउनुहुन्छ– म आएको छु पत्थरबुद्धिहरूलाई पारसबुद्धि बनाउन। मनुष्यले पुकार्छन्–
हे पतित-पावन आउनुहोस्, आएर पावन दुनियाँ बनाउनुहोस्। तर यो बुझ्दैनन्– अहिले
कलियुग हो, यसपछि सत्ययुग आउनेछ। तिमी बच्चाहरू खुसीमा नाच्नुपर्छ। ब्यारिस्टर आदि
परीक्षा पास गरे भने मनमा सङ्कल्प गर्छन् नि– हामीले पैसा कमाउनेछौँ, फेरि घर
बनाउनेछौँ। यो गर्नेछौँ। त्यसैले तिमीले अहिले सच्चा कमाइ गरिरहेका छौ। स्वर्गमा
तिमीलाई सबै कुरा नयाँ माल मिल्नेछन्। विचार गर– सोमनाथको मन्दिर के थियो! एउटा
मन्दिर त थिएन होला। त्यो मन्दिर भएको त २५०० वर्ष भयो। बनाउनमा समय त लाग्यो होला।
पूजा गरे होलान्, त्यसपछि फेरि उनीहरू लुटेर लगे। तुरुन्तै त आएनन् होला। धेरै
मन्दिर थिए होलान्। पूजाको लागि बसेर मन्दिर बनाएका छन्। अहिले तिमीलाई थाहा छ–
बाबालाई याद गर्दागर्दै हामी सत्ययुगमा जानेछौँ। आत्मा पवित्र बन्नेछ। मेहनत
गर्नुपर्छ। मेहनत बिना काम चल्दैन। गायन गरिन्छ पनि– सेकेन्डमा जीवनमुक्ति। तर
यत्तिकै त मिल्दैन, यो बुझिन्छ– बच्चा बन्यौ भने मिल्छ अवश्य। तिमीले अहिले मेहनत
गरिरहेका छौ मुक्तिधाममा जानको लागि। बाबाको यादमा रहनुपर्छ। दिनप्रतिदिन बाबाले
तिमी बच्चाहरूलाई रिफाइन बुद्धि बनाउनुहुन्छ। बाबा भन्नुहुन्छ– मैले तिमीलाई धेरै
धेरै गहन कुरा सुनाउँछु। पहिला त यो सुनाएको थिइनँ– आत्मा पनि बिन्दु हो, परमात्मा
पनि बिन्दु हो। भन्नेछन्– पहिला किन यो बताउनुभएन। ड्रामामा थिएन। पहिला नै तिमीलाई
यो सुनाएको भए तिमीले बुझ्न सक्दैनथ्यो। बिस्तारै बिस्तारै सम्झाउँदै जान्छु। यो
रावण राज्य हो। रावण राज्यमा सबै देह अभिमानी बन्छन्। सत्ययुगमा हुन्छन् आत्म
अभिमानी। आफूलाई आत्मा सम्झन्छन्। हाम्रो शरीर ठुलो भएको छ, अब यसलाई छोडेर फेरि
सानो लिनुछ। आत्माको शरीर पहिला सानो हुन्छ, फेरि ठुलो हुन्छ। यहाँ त कसैको कति आयु,
कसैको कति हुन्छ। कसैको अकालमा मृत्यु हुन्छ। कोही कोहीको आयु १२५ वर्षको पनि हुन्छ।
त्यसैले बाबा सम्झाउनुहुन्छ– तिमीलाई धेरै खुसी हुनुपर्छ– बाबाबाट वर्सा लिने।
गन्धर्व विवाह गर्यौ, यो कुनै खुसीको कुरा होइन, यो त कमजोरी हो। कुमारीले हामी
पवित्र रहन चाहन्छौँ भने भने कसैले कहाँ मार्न सक्छन् र। ज्ञान कम छ भने डराउँछन्।
सानी कुमारीलाई पनि यदि कसैले मार्यो, रगत आदि निस्कियो भने प्रहरीमा रिपोर्ट गरेमा
त्यसको पनि सजाय मिल्न सक्छ। जनावरलाई पनि यदि कसैले मारे भने उनीहरूमाथि मुद्दा
चल्छ, दण्ड हुन्छ। तिमी बच्चाहरूलाई पनि कसैले मार्न सक्दैनन्। कुमारलाई पनि मार्न
सक्दैनन्। उनीहरूले त आफै कमाउन सक्छन्। शरीर निर्वाह गर्न सक्छन्। पेटले धेरै
खाँदैन– एक मनुष्यको पेटले ४-५ रुपियाँको, अर्को मनुष्यको पेटले ४००-५०० रुपियाँको
खान्छ। पैसा धेरै छ भने लालच हुन्छ। गरिबहरूसँग पैसा नै छैन भने लालच पनि हुँदैन।
उनीहरू सुक्खा रोटीमा नै खुसी हुन्छन्। बच्चाहरू धेरै खानपानको हङ्गामामा पनि
जानुहुँदैन। खाने सोख हुनुहुँदैन।
तिमीलाई थाहा छ– त्यहाँ
हामीलाई के मिल्दैन! बेहदको बादसाही, बेहदको सुख मिल्छ। त्यहाँ कुनै बिमारी आदि
हुँदैन। स्वास्थ्य, धन, खुसी सबै हुन्छ। बुढेसकाल पनि त्यहाँ धेरै राम्रो हुन्छ।
खुसी हुन्छ। कुनै प्रकारको तकलिफ हुँदैन। प्रजा पनि त्यस्तै बन्छन्। तर यस्तो पनि
होइन– ठिकै छ, प्रजा भए प्रजा नै सही। त्यसोभए त जस्ता यहाँका भिल्ल त्यस्तै हुनेछौ
। सूर्यवंशी लक्ष्मी-नारायण बन्नुछ भने फेरि त्यति नै पुरुषार्थ गर्नुपर्छ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) हामी ब्रह्माका नयाँ रचना आपसमा दाजु-बहिनी हौँ, यो मनले बुझ्नुछ, कसैलाई भन्ने
दरकार छैन। सदा यही खुसीमा रहनुछ– हामीलाई शिवबाबाले पढाउनुहुन्छ।
२) खानपानको हङ्गामामा
धेरै जानुछैन। लालच छोडेर बेहदको बादसाहीको सुखलाई याद गर्नुछ।
वरदान:–
अनेक प्रकारको
प्रवृत्तिबाट निवृत्त हुने नष्टोमोहा स्मृति स्वरूप भव
स्वको प्रवृत्ति, दैवी
परिवारको प्रवृत्ति, सेवाको प्रवृत्ति, हदका प्राप्तिहरूको प्रवृत्ति, यी सबैबाट
नष्टोमोहा अर्थात् न्यारा बन्नको लागि बापदादाको स्नेहरूपलाई सामुन्ने राखेर
स्मृतिस्वरूप बन। स्मृतिस्वरूप बन्नाले नष्टोमोहा स्वतः बन्नेछौ। प्रवृत्तिबाट
निवृत्त हुनु अर्थात् मैपनलाई समाप्त गरेर नष्टोमोहा बन्नु। यस्तो नष्टोमोहा बन्ने
बच्चा धेरै समयको पुरुषार्थबाट धेरै समयको प्रारब्धको प्राप्तिको अधिकारी बन्नेछ।
स्लोगन:–
कमल फूलसमान
न्यारा रह्यौ भने प्रभुको प्यार मिलिरहनेछ।
अव्यक्त इसारा:–
सहजयोगी बन्नुछ भने परमात्म प्यारको अनुभवी बन।
जो नम्बर वन पुतलीहरू
हुन्, उनीहरूलाई स्वयंको अर्थात् यो देह भानको, दिनरातको, भोक र प्यासको, आफ्नो
सुखको साधनको, आरामको, कुनै पनि कुराको आधार हुँदैन। उनीहरू सबै प्रकारको देहको
स्मृतिबाट हराएका अर्थात् निरन्तर शमा (ज्योति बाबा) को प्रेममा लवलीन रहन्छन्। जसरी
शमा ज्योतिस्वरूप हुनुहुन्छ, लाइट माइट रूप हुनुहुन्छ, त्यसैगरी शमा समान स्वयं पनि
लाइट माइटरूप बन्छन्।