20.09.26 Avyakt Bapdada Nepali Murli 30.11.2011 Om Shanti Madhuban
अमृतवेला विशेष सर्व
शक्तिहरूको अनुभवीस्वरूप बनेर वायुमण्डलमा योगको सकाश फैलाऊ , मनलाई सदा व्यस्त राख
, समयको पुकार हो– तीव्र पुरुषार्थी भव
आज बापदादाले
चारैतिरका बच्चाहरूका मस्तकमा चम्किरहेका भाग्यका सितारा देखिरहनुभएको छ। पहिलो
जन्मको, दोस्रो सम्बन्धको र तेस्रो प्राप्तिहरूको। तीनै भाग्यलाई देखेर बापदादा
हर्षित भइरहनुभएको छ। जन्मको भाग्य त तिमीलाई थाहा छ, तिमी सबैलाई यो दिव्य जन्म,
ब्राह्मण जन्म दिने स्वयं भाग्यविधाता हुनुहुन्छ। त्यसैले सोच, यो कति ठुलो भाग्य
हो! साथसाथै सम्बन्ध, यसको विशेषता तिमीलाई थाहा छ, तीनै सम्बन्ध बाबा, शिक्षक,
सद्गुरु तीनै सम्बन्ध एक बाबासँग छन्। एकमा नै तीन सम्बन्ध छन्। प्राप्तिहरूलाई पनि
जान्दछौ, जहाँ बाबा हुनुहुन्छ त्यहाँ त सर्वप्राप्तिहरू र बेहदका प्राप्तिहरू
हुन्छन्। एकमा तीनै सम्बन्ध छन्। त्यसो त जीवनमा यी तीन सम्बन्ध आवश्यक छन् तर
दुनियाँका मानिसहरूको हरेक सम्बन्ध छुट्टाछुट्टै हुन्छ र तिम्रो तीनै सम्बन्ध एकमा
छ। एकमा तीनै सम्बन्ध हुने भएकाले याद पनि, अनुभव पनि सहज हुन्छ। तिमीहरू सबै तीनै
सम्बन्धका अनुभवी छौ नि! बाबाद्वारा के मिल्छ? वर्सा। वर्सा पनि कति उच्च मिल्छ र
यो वर्सा कति समय चल्छ किनकि वर्सा परमात्मा बाबाद्वारा प्राप्त हुन्छ। दोस्रो
सम्बन्ध शिक्षकको हो, शिक्षालाई भनिन्छ आम्दानीको स्रोत (सोर्स अफ इन्कम)। त्यसैले
तिमी सबैलाई शिक्षकद्वारा कति उच्च प्राप्ति भएको छ, जान्दछौ नि! यस्तो उच्च
प्राप्ति परमात्मा पिताबाहेक अरू कसैबाट प्राप्त हुन सक्दैन। शिक्षाबाट पदको
प्राप्ति हुन्छ र तिमी सबैलाई सबैभन्दा श्रेष्ठ प्राप्ति भएको छ, दुनियाँमा पनि
श्रेष्ठ प्राप्ति राजकीय पदलाई भनिन्छ। त्यसैले तिमीलाई पनि शिक्षकद्वारा राजकीय पद
प्राप्ति भएको छ। अहिले पनि तिमीहरू स्वराज्यका राजा हौ, किन? आत्मा राजयोगी भएको
हुनाले स्वराज्य अधिकारी बन्छ। स्वमाथि राज्य गर्छ। कर्मेन्द्रियहरूको वशीभूत
हुँदैन, आत्मा मालिक भएर यी कर्मेन्द्रियहरूको राजा बन्छ। अहिलेको स्वराज्य र
भविष्यमा पनि राज्य-भाग्य प्राप्त हुन्छ। त्यसैले अहिले पनि र भविष्यमा पनि डबल
राजकीय पदको प्राप्ति हुन्छ। तेस्रो सम्बन्ध सद्गुरुको हो। तीनै सम्बन्ध प्राप्त
भएका छन् नि! प्राप्त भएका छन्? बाबाको, शिक्षकको र तेस्रो हो सद्गुरुको सम्बन्ध।
सद्गुरुद्वारा गुरुको श्रीमत मिल्छ। तिमीहरूलाई कति श्रेष्ठ मत मिलेको छ? त्यसैले
आफूलाई चेक गर, सदा श्रीमतमा चल्छौ वा कहिल्यै मनमत, परमततिर त बुद्धि जाँदैन? चेक
गरेका छौ? जसले सम्झन्छौ सदैव सद्गुरुद्वारा सदा प्राप्त श्रीमत, श्रेष्ठ मतमा चल्छौँ,
मनमत परमतमा कहिल्यै पनि स्वप्नमा पनि जाँदैनौ, तिमीहरूले हात उठाऊ, जो सदा श्रीमतमा
मात्रै चल्छौ, परमत मनमतमा चल्दैनौ, तिमीहरूले हात उठाऊ।
हेर, माताहरूले हात
उठाए! बिस्तारै बिस्तारै हात उठाइरहेका छन्। कहिलेकाहीँ बुद्धि गइहाल्छ र परमत
मनमतले धोका दिन्छ। विशेष श्रीमत के हो? आफूलाई आत्मा सम्झेर म बाबालाई याद गर।
त्यसोभए यसरी याद गर्न सहज छ कि मुस्किल छ? कहिलेकाहीँ मुस्किल हुन्छ! तर बाबा यही
चाहनुहुन्छ, सदा यी तीन सम्बन्धहरूबाट हरेक बच्चा अगाडि-अगाडि उड्दै जाउन्। त्यसैले
बापदादा सोध्नुहुन्छ, जसले हात उठाएनौ तिमीहरूले अबदेखि मनमत, परमतको त्याग गर्न
सक्छौ? परमतको त्याग गर्न सक्छौ? तिमीहरूले हात उठाऊ। अच्छा! किनकि बापदादाले समयको
इसारा दिनुभएको छ। अहिलेको यो सङ्गमको समय अति मूल्यवान् छ र बापदादाले यो इसारा पनि
दिनुभएको छ, वर्तमान समय अनुसार सबै अचानक हुनु छ त्यसैले सदा एभर रेडी बन्नु छ नि!
सबै सँगसँगै जान्छौ नि कि पछि पछि आउँछौ? बापदादासँगै आफ्नो घर जानु छ नि! तयार छौ
नि! साथै जानको लागि तयार छौ? सदा तयार (एभर रेडी)। तयार मात्र पनि होइन, सदा तयार।
बापदादाले समयको इसारा दिइरहनुभएको छ। यो एक जन्ममा २१ जन्मको प्रारब्ध बनाउनु छ।
त्यसैले सोच कति अटेन्सन दिनु छ। बाबाको हरेक बच्चासँग प्यार छ, बाबा यही
चाहनुहुन्छ, हरेक बच्चा बाबा सँगसँगै जाओस् र सँगसँगै राज्य अधिकारी बनोस्।
त्यसोभए तिमी बाबासँगै
जानको लागि बाबासमान सम्पूर्ण र सम्पन्न बन्छौ अनि मात्र सँगसँगै जान्छौ नि! यतिबेला
यो छोटो जन्ममा २१ जन्मको प्राप्ति निश्चित छ। त्यसैले सोच सङ्गमको छोटो जन्मको एक
एक मिनेट कति महान् छ! हिसाब निकाल, यो जन्ममा २१ जन्मको राज्य-भाग्य लिनु छ भने
सङ्गमको एक मिनेट पनि कति मूल्यवान् छ। त्यसैले यो महत्त्वलाई जानेर के गर्नुपर्छ?
बापदादाले पहिला पनि
सुनाउनुभएको छ, दुई कुरामा विशेष अटेन्सन देऊ। दुई कुरा कुन हुन्? याद छ नि! एक समय
र अर्को सङ्कल्प। सङ्कल्प पनि व्यर्थ नजाओस्, समय पनि व्यर्थ नजाओस्। एक एक सेकेन्ड
सफल होस्। त्यसो भए भन यति अटेन्सन दिनुपर्छ नि! बापदादाको त सबै बच्चाहरूसँग प्यार
छ। बापदादा यही चाहनुहुन्छ, एक बच्चा पनि साथबाट नछुटोस्। साथै छौँ, साथै जान्छौँ,
साथै राज्य अधिकारी बनेर सदा जीवनमा सुखशान्तिको अनुभव गर्छौँ। त्यसैले भन, साथमा
जान्छौ नि! जान्छौ? छुट्न त छुट्दैनौ? हेर, तीन भाग्य त हरेकको मस्तकमा चम्किरहेका
छन्। आफ्नो मस्तकमा यी तीनै भाग्य देखापर्छन् नि! सङ्गमयुग नै भाग्यवान् युग हो।
जसले जति भाग्य बनाउन चाहन्छौ त्यति बनाउन सक्छौ। तर यसमा धेरै समयको अटेन्सन
चाहिन्छ। त्यसैले सबै बच्चाहरूले आआफ्नो पुरुषार्थमा अब तीव्रता ल्याऊ। पुरुषार्थी
हौ, बापदादाले देख्नुहुन्छ पुरुषार्थ गर्छौ तर अब सबैको तीव्र पुरुषार्थ हुनुपर्छ।
बापदादा हरेक बच्चालाई बालक सो मालिक देख्न चाहनुहुन्छ। केको मालिक? सर्व खजानाहरूको
मालिक। कहिलेकाहीँ कुनै बच्चाहरूले बापदादालाई भन्छन्, बाबा हजुरले त सर्वशक्तिहरू
दिनुभएको छ र हामीले पनि आफूलाई मास्टर सर्वशक्तिमान् मान्छौँ तर कतिपय बच्चाहरूले
गुनासो गर्छन्, कहिलेकाहीँ जुन समय जुन शक्तिको आवश्यकता हुन्छ, त्यो समयमा त्यो
शक्ति आउँदैन। यसको कारण के हो? बाबाले हरेकलाई सर्व शक्तिहरू दिनुभएको छ। सबैलाई
दिनुभएको छ कि कसैलाई कम दिनुभएको छ कसैलाई बढी? सर्वशक्तिहरू मिलेका छन्, हात उठाऊ।
सबैलाई मिलेका छन् तर समयमा किन काममा आउँदैनन्? यसको कारण के हो? कारणलाई पनि
जान्दछौ तर त्यतिबेला भुल्छौ। हरेक बच्चालाई सर्वशक्तिहरूका खजाना वर्सामा मिलेका
छन्। बाबाले सबैलाई सर्वशक्तिहरूको वर्सा दिनुभएको छ, कसैलाई कम कसैलाई बढी दिनुभएको
छैन। सर्वशक्तिहरू दिनुभएको छ तर समयमा किन काममा आउँदैनन्! तिमीले सोच कोही पनि
आफ्नो स्वमानको सिटमा रहँदैन भने उसको अर्डर कसैले मान्छ? त्यसैले जुन समयमा शक्ति
आउँदैन, त्यसको कारण हो, तिमी आफ्नो मास्टर सर्वशक्तिमानको सिटमा सेट हुँदैनौ
त्यसैकारण सिटबिनाको अर्डर कसैले मान्दैन। त्यसैले सदा आफ्नो सिटमा सेट होऊ। कहिले
व्यर्थ सङ्कल्प चल्छन् वा कहिले टेन्सन आउँछ भने त्यसबाट नै स्वमानको सिट छुट्छ।
बापदादाले हरेक बच्चालाई कति स्वमान दिनुभएको छ। कति ठुलो स्वमानको लिस्ट छ! गन्ती
गर, बाबाले कति स्वमान दिनुभएको छ? स्वमानमा सेट हुँदैनौ भने जहाँ स्वमान छैन त्यहाँ
के हुन्छ? जान्दछौ नि! देह अभिमान आउँछ। कि त स्वमान छ कि त देहभान छ। त्यसैले
देहभानको सिटबाट अर्डर गर्दा शक्तिले मान्दैन। नत्र त मास्टर सर्वशक्तिमानले भनेको
शक्तिले नमान्ने यो हुन सक्दैन। तिमीहरू सिटमा सेट होऊ, सदा यसको अभ्यास गर। चेक गर
चाहे कर्मयोगमा होऊ, चाहे सेवामा होऊ, चाहे आफ्नो मनन-मन्थनमा होऊ तर सिटमा सेट छौ
भने सर्वशक्तिहरू हाजिर हुन्छन्।
आज बापदादाले
देख्नुभयो, अमृतवेला चक्कर लगाउनुभयो। चारैतिरको चक्कर लगाउनुभयो, चाहे विदेश चाहे
देश। बापदादालाई चक्कर लगाउन समय लाग्दैन। त्यसोभए के देख्नुभयो? बताऊँ। प्राय: सबै
बसेका त थिए, उठेर आ-आफ्नो स्थानहरूमा बसेका थिए, सारा समय सर्व अनुभवीमूर्त भएर बसौँ
भनेर पुरुषार्थ पनि गरिरहेका थिए, तर के देख्नुभयो? अनुभवीमूर्त कोहीकोही थिए, किनकि
सबैभन्दा ठुलो शक्ति अनुभवको हो। अनुभवीस्वरूप, सर्वशक्तिहरूको अनुभवीस्वरूप,
मास्टर नलेजफुल, मास्टर सर्वशक्तिस्वरूप, त्यसैले अनुभवीस्वरूप बन्नमा केही कमी
देखियो। पुरुषार्थ गरेर आउँछन्, धेरैजसो बस्छन्, बापदादाले तिनीहरूलाई पनि बधाई
दिनुभयो तर बापदादा यही चाहनुहुन्छ– लाइट माइट स्वरूपको अनुभवीमूर्त बनेर बसुन्
किनकि यो अमृतवेलाको योगको सकाश सारा वायुमण्डलमा फैलिन्छ। यो अनुभवलाई अझ अगाडि
बढाऊ। जसरी ब्रह्माबाबालाई देख्यौ, उहाँको स्थिति कति पावरफुल फरिस्तास्वरूप रह्यो।
यसरी नै यो अमृतवेलालाई अब आआफ्नो रूपबाट अथक भएर अटेन्सन देऊ। बापदादाले देख्नुभयो
कतिपय बच्चाहरू लाइट माइटरूपमा पनि बस्छन्, हुन्न भन्दैनन्, हुन्छ पनि भन्छन् तर
यतिबेलाको पुरुषार्थलाई अझै अटेन्सन दिनुपर्छ र बापदादाले पहिला पनि इसारा दिनुभएको
छ, आफ्नो मनलाई सदा व्यस्त राख। चाहे मनसा सेवाबाट, चाहे वाचाबाट, चाहे मनन शक्तिमा
व्यस्त राख। मनन गर। मनन शक्तिले मनलाई एकाग्र बनाइदिन्छ। कुनै कुनै बच्चाहरूले मनन
पनि राम्रो गर्छन् तर मनन शक्तिलाई सारा दिनमा पनि बढाऊ किनकि बापदादालाई लास्ट
बच्चासँग पनि प्यार छ। लास्ट बच्चालाई पनि बापदादा यही चाहनुहुन्छ, सँगसँगै जाओस्,
नछुटोस्। पछि पछि नहोस्। त्यसोभए के गर्छौ? अटेन्सन।
आज बापदादाले यो
सभालाई देखेर जान्नुहुन्छ, बच्चाहरूको वृद्धि हुनु नै छ। ७५ वर्षको महोत्सव (जुबली)
मनायौ। त्यसको लागि त बापदादाले बच्चाहरूलाई बधाई दिइरहनुभएको छ। बापदादाले सेवाको
लगन पनि देख्नुभयो, हरेक स्थानका बच्चाहरूलाई उमङ्ग छ र सेवाको फल र सेवाको बल त्यो
पनि देखा परिरहेको छ। विशेष बापदादाले देख्नुभयो, जहाँसुकै पनि बच्चाहरूले सेवा
गरेका छन् त्यहाँ यसपटक सरकारको निमित्त बनेका आत्माहरू धेरै आएका छन् र रिजल्टमा
मान्छन् पनि, अहिलेको समय अनुसार यतिबेला दुःख र अशान्ति बढिरहेको छ भने यो जुन
विषय राखिएको छ त्यो आवश्यक छ किनकि जति शान्ति चाहन्छन् त्यति अशान्ति बढिरहेको छ।
कुनै न कुनै अशान्तिको कुरा आइहाल्छ। चारैतिर टेन्सन बढिरहेको छ र यसको लागि सरकारले
पनि चाहन्छ, भारतवर्ष टेन्सन फ्री होस्। त्यसैले सबैले, जुन बच्चाहरूले सेवा गरेका
छन् ती सबै बच्चाहरूलाई बापदादाले बधाई दिइरहनुभएको छ र जसले पछि गर्नेछन्
तिनीहरूलाई पनि पहिल्यै (एडभान्स) बधाई दिइरहनुभएको छ।
बापदादा अहिले यही
चाहनुहुन्छ, एक एक बच्चा फलो फादर गर्दै बाबासमान सम्पन्न अवश्य बनुन्। बापदादाले
देख्नुभयो, पुरुषार्थ पनि सबै बच्चाहरूले गर्छन्। पुरुषार्थको लगन पनि छ, तर श्रीमत
विपरित गर्दैनौँ, अब गर्दैनौँ... आफैसँग धेरै वाचा पनि गर्छन्, तर कारण के हुन्छ?
कारण हो पुरुषार्थमा दृढता कम छ। बीच बीचमा आलस्य आउँछ। भइहाल्छौँ, बनिहाल्छौँ...
यो अलबेलापनले पुरुषार्थमा अल्छी बनाइदिन्छ। त्यसोभए अब के गर्छौ? अब विशेष यही
अटेन्सन देऊ, आफै आफ्नो प्रोग्राम बनाऊ, जसमा सारा दिन मनलाई व्यस्त राख। आफ्नो
प्रोग्राम आफै बनाऊ। मनलाई व्यस्त राख्न आफ्नो टाइमटेबल आफै बनाऊ। चाहे मनन गर, चाहे
सेवा गर, चाहे एकअर्कालाई ध्यान दिलाऊ तर मनलाई व्यस्त राख। शरीरबाट व्यस्त त हुन्छौ
तर मनबाट व्यस्त बन। मन व्यस्त राख्ने कुरामा नम्बरवन व्यापारी बन। यो काम गर्न
सक्छौ? गर्छौ? गर्छौ? किनकि तिमीलाई थाहा छ, कहिले समयलाई समीप ल्याउँछौ भनेर
ब्रह्माबाबाले पनि तिम्रो प्रतीक्षा गरिरहनुभएको छ र तिम्रो एडभान्स पार्टीले पनि
तिम्रो प्रतीक्षा गरिरहेको छ, किनकि समयलाई समीप ल्याउन तिमी जिम्मेवार छौ। आफूलाई
सम्पन्न बनाउनु अर्थात् समयलाई समीप ल्याउनु। त्यसैले बापदादाले विशेष एक महिना
दिइसक्नुभएको छ। यो एक महिनामा हरेक बच्चा तीव्र पुरुषार्थी बनेर, पुरुषार्थी होइन
तीव्र पुरुषार्थी बन्नु नै छ। मन्जुर छ? छ मन्जुर? हात उठाऊ। अच्छा, बधाई छ। अब
हरेकले दृढ सङ्कल्प गरेर दिनहुँ बापदादालाई आफ्नो सारा दिनको कस्तो रिजल्ट दिनु छ?
तीव्र पुरुषार्थको। पुरुषार्थ होइन तीव्र पुरुषार्थ। यसको लागि तयार छौ? छौ तयार?
दुबै हात उठाऊ। धेरै राम्रो। अब बापदादाले अचानक नै बीचमा रिजल्ट मगाउनुहुन्छ। मिति
बताउनुहुन्न। अचानक नै एक महिनाभित्र कुनै पनि मितिमा रिजल्ट मगाउनुहुन्छ। गर्नु नै
छ। आफैसँग यो वाचा गर। बापदादाले गराउनुहुनेछ, त्यो त गराउनु नै हुन्छ तर आफैसँग यो
सङ्कल्प गर र यथार्थमा गरेर देखाऊ। गर्नु नै छ। गर्नेछौँ, गर्नेछौँ गर्नेछौँ होइन...
अब गर्नेछौँ गर्नेछौँ भन्नु राम्रो होइन। समय अगाडि बढिरहेको छ, अतिमा गइरहेको छ,
त्यसैले समयलाई परिवर्तन गर्ने तिमी पूर्वजहरूलाई आफ्नो दुःखी परिवारमाथि दया, रहम
आउँदैन? रहमदिल बन। दुःखीहरूलाई सुखको बाटो बताऊ, चाहे मनसाबाट, चाहे वाचाबाट, चाहे
सम्बन्ध-सम्पर्कबाट। आफ्नो परिवार हो नि! त्यसैले परिवारको दुःख मेटाउनु छ। रहमदिल
बन। अच्छा।
अहिले जोसुकै जहाँसुकै
पनि बसेका छौ तिमीहरू सबैलाई, चाहे टिभीमा हेरिरहेका छौ, चाहे यहाँ भिन्न भिन्न
स्थानमा बसेका छौ तिमीहरूले पनि टिभीमा हेरिरहेका छौ, एक एक बच्चालाई बापदादाले आज
तीव्र पुरुषार्थीको टाइटल दिइरहनुभएको छ। अब यही टाइटललाई सदा याद राख्नुछ। कसैले
तिमी को हौ? भनेर सोध्यो भने यही भन्नु तीव्र पुरुषार्थी हुँ। ठिक छ सबैलाई मन्जुर
छ। मन्जुर छ? अब सुस्त पुरुषार्थ चल्नेछैन, समय अगाडि दौडिरहेको छ त्यसैले अब तीव्र
पुरुषार्थी बन्नु नै छ, समयको पुकार हो– तीव्र पुरुषार्थी भव। त्यसैले सबै
बच्चाहरूलाई बापदादाले धेरै धेरै याद-प्यार र तीव्र पुरुषार्थको सौगात दिइरहनुभएको
छ। अच्छा, ओम् शान्ति।
वरदान:–
मायाको
ज्ञानबाट अनजान (इनोसेन्ट) र ज्ञानमा सन्त बन्ने सम्पूर्ण पवित्र भव
जसरी सत्ययुगी
आत्माहरू विकारका कुराहरूको ज्ञानबाट अनजान हुन्छन्, त्यही संस्कार स्पष्ट स्मृतिमा
रह्यो भने मायाको ज्ञानबाट अनजान बन्छौ। तर भविष्यका संस्कार स्मृतिमा स्पष्ट
त्यतिबेला रहन्छन् जुनबेला आत्मिक स्वरूपको स्मृति सदाकाल र स्पष्ट हुन्छ। जसरी देह
स्पष्ट देखा पर्छ त्यसरी नै आफ्नो आत्माको स्वरूप स्पष्ट देखा परोस् अर्थात् अनुभवमा
आओस् अनि भनिन्छ मायाबाट अनजान र ज्ञानमा सन्त अर्थात् सम्पूर्ण पवित्र।
स्लोगन:–
भित्रको
अशुद्धिले नै सम्पूर्ण शुद्ध बन्नमा विघ्न पार्छ।
अव्यक्त इसारा:– अब
आफ्नो दातास्वरूपलाई प्रत्यक्ष गर
तिमी ईश्वरीय सेवाधारी
सेवा गर्नेहरू हौ न कि सेवा लिने। सेवा लिने बन्यौ भने नाम अनुसार कर्तव्य भएन।
ईश्वरीय सेवाधारीले सेवा लिँदैनन्, सेवा दिन्छन् किनकि दाताका बच्चाहरू हौ। जसरी
बाबाले केही लिनुहुन्न, उहाँले त सदा दिनुहुन्छ, त्यसरी नै तिमी पनि दिने दाता बन।
कहिल्यै समस्यारूप बन्यौ भने पनि सेवा लियौ। कुनै पनि प्रकारको अतिरिक्त सेवा
लिनेहरूलाई कहिल्यै यो नसा हुँदैन, हामी दाता, वरदाताका बच्चाहरू हौँ।
विशेष सूचना:– महिनाको
तेस्रो आइतबारको योग अभ्यास
आज महिनाको तेस्रो
आइतबार हो, सबै भाइबहिनीहरू सङ्गठित रूपमा एकत्रित भएर बेलुका ६:३० देखि ७:३०
बजेसम्म संगठित रूपमा योग अभ्यास गर्नु हुनेछ। सही बाटो देखाउने वा त्यसमा चल्ने
शक्ति हरेक आत्मासम्म पुगोस् भनेर यस्ता शुभ सङ्कल्पहरूद्वारा विश्वकल्याणको सेवा
गर्नुहुनेछ।