20.11.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– बाबा आ
उनुभ एक ो छ तिमी बच्चाहरूलाई शान्ति र सुखको वर्सा दिन , तिम्रो स्वधर्म नै शान्त
ि हो , त्यसैले तिमी शान्तिको लागि भट्किँदैनौ।”
प्रश्न:–
अहिले तिमी
बच्चाहरू २१ जन्मको लागि अटुट खजानामा तौलिन योग्य बन्छौ– किन?
उत्तर:–
किनकि बाबाले
नयाँ सृष्टि रच्ने बेलामा तिमी बच्चाहरू उहाँको मदतगार बन्छौ। आफ्नो सबै कुरा उहाँको
कार्यमा सफल गर्छौ, त्यसैले बाबाले त्यसको रिटर्नमा २१ जन्मको लागि तिमीलाई अटुट
खजानामा यस्तो तौलिदिनुहुन्छ, जसले गर्दा कहिल्यै पनि धन सकिँदैन, दुःख पनि पर्दैन,
अकालमा मृत्यु पनि हुँदैन।
गीत:–
मुझको सहारा
देने वाले...
ओम् शान्ति ।
मीठा-प्यारा
रुहानी बच्चाहरूलाई ओम् को अर्थ त सुनाइएको छ। कसै कसैले केवल ओम् भन्छन्, तर
भन्नुपर्छ ओम् शान्ति। केवल ओम् को अर्थ निस्किन्छ– ओम् आत्मा। ओम् शान्तिको अर्थ
हो– म आत्मा शान्तस्वरूप हुँ। म आत्मा हुँ, यो मेरो शरीर हो। पहिला हुन्छ आत्मा, पछि
हुन्छ शरीर। आत्मा शान्तस्वरूप हो, आत्माको निवासस्थान हो शान्तिधाम। बाँकी कुनै
जङ्गलमा जाँदैमा सच्चा शान्ति मिल्दैन। हामी घर गएपछि मात्रै सच्चा शान्ति मिल्छ।
कहीँ अशान्ति भएपछि शान्ति चाहन्छन्। यो अशान्तिको दुःखधाम विनाश हुनेछ, फेरि शान्ति
हुनेछ। तिमी बच्चाहरूलाई शान्तिको वर्सा मिल्नेछ। त्यहाँ न घरमा, न बाहिर राजधानीमा
अशान्ति हुन्छ। त्यसलाई भनिन्छ शान्तिको राज्य, यहाँ हुन्छ अशान्तिको राज्य किनकि
यो रावण राज्य हो। त्यो हो ईश्वरले स्थापना गर्नुभएको राज्य। फेरि द्वापरपछि आसुरी
राज्य हुन्छ, असुरहरूलाई कहिल्यै शान्ति हुँदैन। घरमा, पसलमा जहाँतहीँ अशान्ति नै
अशान्ति हुन्छ। ५ विकाररूपी रावणले अशान्ति फैलाउँछन्। रावण के चीज हो, यो कुनै पनि
विद्वान् पण्डित आदिले जान्दैनन्। बुझ्दैनन्– हामीले वर्ष वर्ष रावणलाई किन मार्छौं।
सत्ययुग-त्रेतामा यो रावण नै हुँदैन । त्यो हो नै दैवी राज्य। ईश्वर बाबाले दैवी
राज्यको स्थापना गर्नुहुन्छ तिमीद्वारा। एक्लै त गर्नुहुन्न। तिमी मीठा-प्यारा
बच्चाहरू ईश्वरका मदतगार हौ। पहिला थियौ रावणका मदतगार। अब ईश्वर आएर सर्वको सदगति
गरिरहनुभएको छ। पवित्रता, सुख, शान्तिको स्थापना गर्नुहुन्छ। अब तिमी बच्चाहरूलाई
ज्ञानको तेस्रो नेत्र मिलेको छ। सत्ययुग-त्रेतामा दुःखको कुरा हुँदैन। कसैले गाली
आदि गर्दैनन्, अशुद्ध खानेकुरा खाँदैनन्। यहाँ त हेर, कति अशुद्ध खानेकुरा खान्छन्।
देखाउँछन्– श्रीकृष्णलाई गाईहरू धेरै प्यारा लाग्थे। यस्तो होइन– श्रीकृष्ण कुनै
ग्वाला हुनुहुन्थ्यो, गाईको पालना गर्नुहुन्थ्यो। होइन, त्यहाँका गाई र यहाँका गाईमा
धेरै धेरै फरक हुन्छ। त्यहाँका गाईहरू सतोप्रधान धेरै सुन्दर हुन्छन्। जस्ता सुन्दर
देवताहरू, त्यस्तै गाईहरू। देख्नेबित्तिकै मन प्रसन्न हुन्छ। त्यो हो नै स्वर्ग। यो
हो नर्क। सबैले स्वर्गलाई याद गर्छन्। स्वर्ग र नर्कमा रातदिनको फरक छ। रात हुन्छ
अँध्यारो, दिनमा हुन्छ उज्यालो। ब्रह्माको दिन अर्थात् ब्रह्मावंशीहरूको पनि दिन
हुन्छ। पहिला तिमी पनि घोर अन्धकार रातमा थियौ। यस समयमा भक्तिको कति जोडबल छ,
महात्मा आदिलाई सुनमा तौलिइरहन्छन् किनकि शास्त्रका विद्वान् धेरै छन्। उनीहरूको
प्रभाव यति किन छ? यो पनि बाबाले सम्झाउनुभएको छ। वृक्षमा नयाँ नयाँ पात निस्किँदा
सतोप्रधान हुन्छन्। त्यसैले माथिबाट नयाँ आत्मा आयो भने अवश्य अल्पकालको लागि उसको
प्रभाव हुन्छ नि। सुन अथवा हीरामा तौलिन्छन्, तर यो त सबै खतम हुनुछ। मानिसहरूका कति
लाखौँका भवन छन्। सम्झन्छन्– हामी त धेरै धनवान छौँ। तिमी बच्चाहरूलाई थाहा छ– यो
समृद्धि बाँकी थोरै समयको लागि हो। यी सबै माटोमा मिल्नेछन्। किनकी दबी रही धूल
में... बाबाले स्वर्गको स्थापना गर्नुहुन्छ, त्यसमा जसले लगाउँछन्, उनीहरूलाई २१
जन्मको लागि हीरा जुहारतका महल मिल्नेछन्। यहाँ त एक जन्मको लागि मिल्छ। त्यहाँ
तिम्रो समृद्धि २१ जन्म चल्नेछ। यी आँखाहरूले जे जति देख्छौ, त्यो शरीरसहित सबै
भस्म हुनुछ। तिमी बच्चाहरूलाई दिव्य दृष्टिद्वारा साक्षात्कार पनि हुन्छ। विनाश
हुनेछ, फेरि यी लक्ष्मी-नारायणको राज्य हुनेछ। तिमीलाई थाहा छ– हामीले आफ्नो
राज्य-भाग्य फेरि स्थापना गरिरहेका छौँ। २१ पिँढी राज्य गरेपछि फेरि रावणको राज्य
चल्यो। अब फेरि बाबा आउनुभएको छ। भक्तिमार्गमा सबैले बाबालाई नै याद गर्छन्। गायन
पनि छ– दु:ख में सिमरण सब करें...। बाबाले सुखको वर्सा दिनुहुन्छ, फेरि याद गर्ने
आवश्यकता हुँदैन। यी मातापिता त हुन्छन् आफ्ना बच्चाहरूका। यो हो पारलौकिक
मातापिताको कुरा। अहिले तिमीले यी लक्ष्मी-नारायण बन्नको लागि पढ्छौ। स्कुलमा
बच्चाहरू राम्ररी पास भए भने फेरि टिचरलाई सौगात दिन्छन्। अब तिमीले उहाँलाई के
सौगात दिन्छौ! तिमीले त उहाँलाई आफ्नो बच्चा बनाइदिन्छौ, जादुगरीले। देखाउँछन्–
श्रीकृष्णको मुखमा उहाँकी आमाले मखनको डल्लो देख्नुभयो। तर श्रीकृष्णले त जन्म
लिनुभयो सत्ययुगमा। उहाँले त मखन आदि खानुहुन्न। उहाँ त हुनुहुन्छ विश्वको मालिक।
त्यसोभए यो कुन समयको कुरा हो? यो हो अहिले सङ्गमको कुरा। तिमीलाई थाहा छ– हामी यो
शरीर छोडेर गएर बच्चा बन्नेछौँ। विश्वको मालिक बन्नेछौँ। दुवै क्रिस्चियन आपसमा
लड्छन् र मखन मिल्छ तिमी बच्चाहरूलाई। राज्य भाग्य मिल्छ नि। जसरी उनीहरूले
भारतवर्षलाई लडाएर मखन आफैले खाए। क्रिस्चियनको राजधानी विश्वको पौने खण्डमा थियो।
पछि बिस्तारै बिस्तारै छुट्दै गएको छ। सारा विश्वमा तिमी सिवाय अरू कसैले राज्य
गर्न सक्दैनन्। तिमी अहिले ईश्वरीय सन्तान बनेका छौ। अहिले तिमी ब्रह्माण्डको मालिक
र विश्वको मालिक बन्छौ। विश्वमा ब्रह्माण्ड आउँदैन। सूक्ष्मवतनमा पनि राज्य भाग्य
हुँदैन। सत्ययुग-त्रेता... यो चक्र यहाँ स्थूल वतनमा हुन्छ। सत्ययुग त्रेतामा आत्मा
कहीँ ध्यानमा जाँदैन। आत्मा निस्कियो भने शरीर खतम हुन्छ। यी सबै हुन् साक्षात्कार,
रिद्धि-सिद्धिद्वारा यस्ता पनि साक्षात्कार हुन्छन्, जसबाट यहाँ बसेर बेलायतको
पार्लियामेन्ट आदि देख्न सक्छन्। बाबाको हातमा फेरि छ दिव्य दृष्टिको चाबी। तिमी यहाँ
बसेर लन्डन देख्न सक्छौ। औजार आदि केही छैन जुन त्यसको लागि खरिद गर्नुपर्छ। ड्रामा
अनुसार त्यो समयमा त्यो साक्षात्कार हुन्छ, जुन ड्रामामा पहिलादेखि नै निश्चित छ।
जसरी देखाइन्छ– भगवानले अर्जुनलाई साक्षात्कार गराउनुभयो। ड्रामा अनुसार उनलाई
साक्षात्कार हुनुथियो। यो पनि पहिल्यै निश्चित छ। कसैको बढाइँ छैन। यो सबै ड्रामा
अनुसार हुन्छ। श्रीकृष्ण विश्वको राजकुमार बन्नुहुन्छ, अर्थात् उहाँलाई मखन मिल्छ।
यो पनि कसैले जान्दैनन्– विश्व केलाई, ब्रह्माण्ड केलाई भनिन्छ। ब्रह्माण्डमा तिमी
आत्माहरू निवास गर्छौ। सूक्ष्मवतनमा आउनु जानु, साक्षात्कार आदि यही समयमा हुन्छ,
फेरि ५ हजार वर्ष सूक्ष्मवतनको नाम हुँदैन। भनिन्छ– ब्रह्मा देवताय नमः, फेरि
भनिन्छ– शिव परमात्माय नमः, त्यसैले उहाँ सबैभन्दा उच्च हुनुभयो नि। उहाँलाई भनिन्छ
भगवान। ती देवताहरू हुन् मनुष्य, तर दैवीगुण भएका। बाँकी ४-८ भुजा भएका मनुष्य
हुँदैनन्। त्यहाँ पनि २ भुजा भएका नै मनुष्य हुन्छन्, तर सम्पूर्ण पवित्र,
अपवित्रताको कुरा हुँदैन। कहिल्यै अकालमा मृत्यु हुँदैन। त्यसैले तिमी बच्चाहरूलाई
धेरै खुसी हुनुपर्छ। म आत्माले यो शरीरद्वारा बाबालाई त देखुँ। शरीरलाई देखिन्छ,
परमात्मा अथवा आत्मालाई त देख्न सकिँदैन। आत्मा र परमात्मालाई जान्नुपर्ने हुन्छ।
देख्नको लागि फेरि दिव्य दृष्टि मिल्छ। अरू सबै चीज दिव्य दृष्टिबाट राम्ररी
देखिन्छ। राजधानी राम्ररी देखिन्छ। आत्मा त हो नै बिन्दु। बिन्दुलाई देख्दा तिमीले
केही पनि बुझ्दैनौ। आत्मा त धेरै सूक्ष्म छ। धेरै डाक्टर आदिले कोसिस गरेका छन्
आत्मालाई समात्ने, तर कसैलाई थाहा हुँदैन। उनीहरूले त सुन-हीरामा तौलिन्छन्। तिमी
जन्मजन्मान्तर पदमपति बन्छौ। तिम्रो बाहिरको सो अलिकति पनि छैन। साधारण रीतिले यो
रथमा बसेर पढाउनुहुन्छ। उहाँ ब्रह्माको नाम हो भागीरथ। यो हो पतित पुरानो रथ, जसमा
बाबा आएर सर्वोच्च सेवा गर्नुहुन्छ। बाबा भन्नुहुन्छ– मेरो त आफ्नो शरीर छैन। म जो
ज्ञानको सागर, प्रेमको सागर... हुँ, त्यसैले मैले तिमीलाई वर्सा कसरी दिऊँ! माथिबाट
त दिन्नँ। के प्रेरणाबाट पढाउँछु? अवश्य आउनुपर्छ नि। भक्तिमार्गमा मलाई पुज्छन्,
सबैको प्यारो छु। गान्धी, नेहरुका चित्र प्यारा लाग्छन्, उनीहरूको शरीरलाई याद
गर्छन्। आत्मा जो अविनाशी छ, त्यसले त गएर अर्को जन्म लिन्छ। बाँकी विनाशी चित्रलाई
याद गर्छन्। त्यो भूत पूजा भयो नि। समाधि बनाएर बसेर त्यसमाथि फूल आदि चढाउँछन्। यो
हो यादगार। शिवका कति मन्दिर छन्, सबैभन्दा ठुलो यादगार शिवको हुन्छ नि। सोमनाथ
मन्दिरको गायन छ। मुहम्मद गजनवीले आएर लुटेको थियो। तिमीसँग यति धन हुन्थ्यो। बाबाले
तिमी बच्चाहरूलाई रत्नहरूमा तौलिदिनुहुन्छ। स्वयं आफूलाई तौलिन्नुहुन्न। म त्यति
धनवान बन्दिनँ, तिमीलाई बनाउँछु। उनीहरूलाई त आज तौलियो, भोलि मर्नेछन्। त्यो धन
कुनै काममा आउँदैन। तिमीलाई त बाबाले अटुट खजानामा यस्तो तौलिदिनुहुन्छ, जुन २१
जन्म तिमीसँगै रहनेछ। यदि श्रीमतमा चल्यौ भने त्यहाँ दुःखको नाम हुँदैन, कहिल्यै
अकालमा मृत्यु हुँदैन। मृत्युसँग डराउनेछैनौ। यहाँ कति डराउँछन्, रुन्छन्। त्यहाँ
कति खुसी हुन्छ– गएर राजकुमार बन्नेछौँ। जादुगर, सौदागर, रत्नागर, यो सबै शिव
परमात्मालाई भनिन्छ। तिमीलाई पनि साक्षात्कार गराउनुहुन्छ। यस्तो राजकुमार बन्नेछौ।
आजकाल बाबाले साक्षात्कारको पार्ट बन्द गरिदिनुभएको छ। नोक्सान हुन जान्छ। अहिले
बाबाले ज्ञानबाट तिम्रो सदगति गर्नुहुन्छ। तिमी पहिला जानेछौ सुखधाम। अहिले त हो
दुःखधाम। तिमीलाई थाहा छ– आत्माले नै ज्ञान धारण गर्छ, त्यसैले बाबा भन्नुहुन्छ–
आफूलाई आत्मा सम्झ। आत्मामा नै राम्रो वा नराम्रो संस्कार हुन्छ। शरीरमा हुन्थ्यो
भने शरीरसँगै संस्कार भस्म हुन्थ्यो। तिमीले भन्छौ– शिवबाबा, हामी आत्माहरूले पढ्छौँ
यो शरीरद्वारा। नयाँ कुरा हो नि। हामी आत्माहरूलाई शिवबाबाले पढाउनुहुन्छ। यो त
पक्का पक्का याद गर। हामी सबै आत्माहरूका उहाँ बाबा पनि हुनुहुन्छ, टिचर पनि
हुनुहुन्छ। बाबा स्वयं भन्नुहुन्छ– मेरो आफ्नो शरीर छैन। म पनि हुँ आत्मा, तर मलाई
परमात्मा भनिन्छ। आत्माले नै सबै कुरा गर्छ। बाँकी शरीरका नाम परिवर्तन हुन्छन् ।
आत्मा त आत्मा नै हो। म परम आत्माले तिमीले जस्तो पुनर्जन्म लिन्नँ। मेरो ड्रामामा
पार्ट नै यस्तो छ, जस अनुसार म यिनमा प्रवेश गरेर तिमीलाई सुनाइरहेको छु, त्यसैले
यिनलाई भाग्यशाली रथ भनिन्छ। यिनलाई पुरानो जुत्ता पनि भनिन्छ। शिवबाबाले पनि पुरानो
लङ बुट लगाउनुभएको छ। बाबा भन्नुहुन्छ– मैले यिनमा धेरै जन्मको अन्त्यमा प्रवेश
गरेको छु। पहिला सुरुमा यिनी बन्छन् तत् त्वम्। बाबा भन्नुहुन्छ– तिमी त जवान छौ।
मैलेभन्दा धेरै पढेर उच्च पद पाउनुपर्छ, तर मेरो साथमा बाबा हुनुहुन्छ त्यसैले मलाई
घरी घरी उहाँको याद आउँछ। बाबा मेरो साथमा सुत्नु पनि हुन्छ, तर बाबाले मलाई
अङ्कमाल गर्न सक्नुहुन्न। तिमीलाई अङ्कमाल गर्नुहुन्छ। तिमी भाग्यमानी छौ नि।
शिवबाबाले जुन शरीर लोन लिनुभएको छ, तिमीले त्यस शरीरलाई अङ्कमाल गर्न सक्छौ। मैले
कसरी अङकमाल गरूँ! मेरो त यो भाग्य पनि छैन, त्यसैले तिमी भाग्यमानी सितारा गायन
गरिएका छौ। बच्चाहरू सदैव भाग्यमानी हुन्छन्। बाबाले बच्चाहरूलाई पैसा दिनुहुन्छ,
त्यसैले तिमी भाग्यमानी सितारा भयौ नि। शिवबाबाले पनि भन्नुहुन्छ– तिमी मभन्दा पनि
भाग्यमानी छौ, तिमीलाई पढाएर विश्वको मालिक बनाउँछु, म कहाँ बन्छु र। तिमी
ब्रह्माण्डको पनि मालिक बन्छौ। बाँकी मसँग बढी दिव्य दृष्टिको चाबी छ। म ज्ञानको
सागर हुँ। तिमीलाई पनि मास्टर ज्ञान सागर बनाउँछु। तिमी यो सारा चक्रलाई जानेर
चक्रवर्ती महाराजा-महारानी बन्छौ। म कहाँ बन्छु र। वृद्ध भएपछि भने फेरि
बच्चाहरूलाई इच्छापत्र लेखेर आफै स्वयं वानप्रस्थमा जान्छन्। पहिला यस्तो हुन्थ्यो।
आजकाल त बच्चाहरूमा मोह बढ्दै गएको छ। पारलौकिक बाबा भन्नुहुन्छ– म यिनमा प्रवेश
गरेर तिमी बच्चाहरूलाई काँडाबाट फूल, विश्वको मालिक बनाएर, आधाकल्पको लागि सदा सुखी
बनाएर म वानप्रस्थमा बस्छु। यी सबै कुरा शास्त्रहरूमा कहाँ छन् र। संन्यासी,
उदासीहरूले शास्त्रका कुरा सुनाउँछन्। बाबा त ज्ञानको सागर हुनुहुन्छ। स्ययं
भन्नुहुन्छ– यी वेदशास्त्र आदि सबै भक्तिमार्गका सामग्री हुन्। ज्ञान सागर त म नै
हुँ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) यी आँखाहरूद्वारा शरीरसहित जे जति देखिन्छ, यो सबै भस्म हुनुछ, त्यसैले आफ्नो सबै
कुरा सफल गर्नुछ।
२) बाबाबाट पूरा वर्सा
लिनको लागि पढाइ पढ्नुछ। सदा आफ्नो भाग्यलाई स्मृतिमा राखेर ब्रह्माण्ड वा विश्वको
मालिक बन्नुछ।
वरदान:–
वाह ड्रामा
वाहको स्मृतिले अनेकौ ँ को सेवा गर्ने सदा प्रसन्न भव
यो ड्रामाको कुनै पनि
सिन देखेर पनि वाह ड्रामा वाहको स्मृति रह्यो भने कहिल्यै पनि आत्तिनेछैनौ किनकि
ड्रामाको ज्ञान मिल्यो– वर्तमान समय कल्याणकारी युग हो, यसमा जुन पनि दृश्य अगाडि
आउँछ, त्यसमा कल्याण भरिएको छ। वर्तमानमा कल्याण नदेखिए पनि भविष्यमा समाहित कल्याण
प्रत्यक्ष हुनेछ, त्यसपछि वाह ड्रामा वाहको स्मृतिले सदा प्रसन्न रहनेछौ,
पुरुषार्थमा कहिल्यै पनि उदासी आउनेछैन। स्वतः नै तिमीद्वारा अनेकौँको सेवा भइरहनेछ।
स्लोगन:–
शान्तिको शक्ति
नै मनसा सेवाको सहज साधन हो। जहाँ शान्तिको शक्ति छ, त्यहाँ सन्तुष्टता हुन्छ।
अव्यक्त इसारा:–
अशरीरी वा विदेही स्थितिको अभ्यास बढाऊ
जति अव्यक्त लाइटरूपमा
स्थित हुन्छौ, त्यति शरीरबाट परको अभ्यास हुने भएकाले यदि दुई-चार मिनेट पनि अशरीरी
बन्यौ भने, मानौँ चार घण्टा आराम गर्छौ। यस्तो समय आउनेछ, जुन समयमा निद्राको सट्टा
चार-पाँच मिनेट अशरीरी बन्नेछौ र शरीरलाई आराम मिल्नेछ। लाइटस्वरूपको स्मृतिलाई
मजबुत बनाउनाले हिसाबकिताब चुक्ता गर्नमा पनि लाइटरूप हुनेछौ।