21.05.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे–
श्रीमतमा चलेर सबैलाई सुख देऊ , आसुरी मतमा दुःख दिँदै आयौ , अब सुख देऊ , सुख लेऊ।”
प्रश्न:–
बुद्धिमान
बच्चाहरूले कुन रहस्यलाई बुझेका हुनाले उच्च पद पाउनको लागि पुरुषार्थ गर्छन्?
उत्तर:–
उनीहरूले
बुझेका छन्, यो दुःख र सुख, हार र जितको खेल हो। अब आधाकल्प सुखको खेल चल्नेछ। त्यहाँ
स्वर्गमा कुनै पनि प्रकारको दुःख हुँदैन। अब नयाँ राजधानी आउनेछ, त्यसको लागि बाबा
आफ्नो परमधाम छोडेर हामी बच्चाहरूलाई पढाउन आउनुभएको छ, अब पुरुषार्थ गरेर उच्च पद
लिनु नै छ।
गीत:–
बदल जाये
दुनिया न बदलेंगे हम...
ओम् शान्ति ।
मीठा-प्यारा
बच्चाहरूले अर्थ बुझ्यौ। यहाँ कुनै शपथ खानुपर्दैन। यहाँ त आत्मामा समझ हुनुपर्छ।
आत्मा तमोप्रधान भएका हुनाले बिल्कुलै बेसमझ भएको छ। बच्चाहरूलाई थाहा छ– हामी कति
बेसमझ थियौँ। अब कति समझदार बनेका छौँ। अरू सतसङ्ग आदिमा यी कुराहरू हुँदैनन्।
उनीहरूले शास्त्र, रामायण आदि पढ्छन्। एक कानले सुन्यो, अर्को कानले उडिहाल्छ। कुनै
प्राप्ति हुँदैन। यज्ञ, तप, दानपुण्य आदि धेरै गर्छन्, ठक्कर खाइरहन्छन्। प्राप्ति
केही पनि हुँदैन। यस दुनियाँमा कसैलाई सुख हुँदैन। अब बाबाले सम्पूर्ण समझ
दिनुहुन्छ। सबैलाई सुखशान्ति दिने एउटै बाबा हुनुहुन्छ। मानिसहरू त बिल्कुलै घोर
अन्धकारमा छन्। भक्तिमार्गका मानिसहरूले पनि हे दुःखहर्ता, सुखकर्ता, सद्गतिदाता
भनेर याद गरिरहन्छन्। हेर, दुनियाँमा के भइरहेको छ। सबैलाई दुःख लागिरहन्छ। जति पनि
मनुष्य मात्र छन्, कसैलाई पनि यो थाहा छैन, बाबा को हुनुहुन्छ? बाबाबाट के वर्सा
मिल्छ? बेहदको बाबालाई चिन्दै चिन्दैनन्। शान्तिको लागि ठक्कर खाइरहन्छन्। अब यो
कसले भन्यो, मनलाई शान्ति चाहिन्छ? आत्माले भन्छ, यो कुरा पनि मानिसहरूलाई थाहा छैन।
देह अभिमान छ नि। साधुसन्त आदि सबै दुःखी छन्, सबैले शान्ति चाहन्छन्। बिमारी आदि त
साधुसन्तहरूलाई पनि हुन्छ। दुर्घटना हुन्छ। दुनियाँमा दुःख बाहेक अरू केही पनि छैन।
अहिले तिमी बुद्धिमान बनेका छौ। बाबाले सम्झाउनुभएको छ– ड्रामाभित्र नयाँ दुनियाँ र
पुरानो दुनियाँ, सुख र दुःखको खेल बनेको छ। बाबाले तिम्रो बुद्धिको ताला खोल्नुभएको
छ अरू सबै मानिसहरूको बुद्धिमा गोदरेजको ताला लागेको छ, बिल्कुलै तमोप्रधान बुद्धि
छ। तिमी बच्चाहरूले नम्बरवार पुरुषार्थ अनुसार बुझेका छौ। अवश्य बेहदको बाबा
मिल्नुभएको छ, उहाँले हामीलाई सृष्टिको आदि-मध्य-अन्त्यको रहस्य सुनाउनुहुन्छ, यो
खेल कसरी बनेको छ। सुख हुँदा दुःखको नाम हुँदैन। तिमी बच्चाहरूको बुद्धिमा छ– हामीले
बाबाबाट सुख-शान्ति-सम्पत्तिको वर्सा लिइरहेका छौँ। सत्ययुगदेखि लिएर त्रेताको
अन्त्यसम्म कुनै दुःख हुँदैन। अब तिमी उज्यालोमा छौ। आफ्नो राजधानीमा एकअर्काभन्दा
उच्च पद पाऊँ भनेर तिमीले पुरुषार्थ गरिरहेका छौ। यो बेहदको स्कुल हो। यहाँ बेहदको
बाबाले पढाउनुहुन्छ। तिमीलाई थाहा छ– उहाँ हाम्रो परमप्रिय बाबा हुनुहुन्छ, जसको
महिमा अपम्पार छ। उहाँ उच्चभन्दा उच्च बाबाले श्रीमत दिनुहुन्छ। बाँकी सबै मनुष्य
मात्रले आसुरी मतमा एकअर्कालाई दुःख नै दिन्छन्। तिमीले श्रीमतमा सबैलाई सुख दिनु
छ। यस ड्रामामा हामी कलाकार हौँ, यो कसैलाई पनि थाहा छैन। तिमी बच्चाहरूले अहिले
बुझेका छौ– यस ड्रामामा भारतवर्षका मानिसको नै अलराउन्ड पार्ट छ। पहिला त तिमीलाई
केही पनि थाहा थिएन। अब त मूलवतनदेखि लिएर सूक्ष्मवतन, स्थूलवतन सबैलाई तिमीले
जानिसक्यौ। तिमीलाई सच्चा ज्ञान छ। परमपिता परमात्माले हामीलाई यिनीद्वारा
पढाइरहनुभएको छ। बाबाले हामीलाई त्रिलोकको सम्पूर्ण ज्ञान दिइरहनुभएको छ। यो त हो
नै काँडाहरूको जङ्गल। बच्चाहरूलाई थाहा छ– अब हामी काँडाबाट फूल अर्थात् मानिसबाट
देवता बन्नेछौँ। यहाँ त सानाठुला सबैले दुःख दिन्छन्। गर्भमा आमालाई बच्चाहरूले
दुःख दिन्छन्। यो धेरै नै फोहोरी पुरानो दुनियाँ हो। यस सृष्टिचक्रलाई कसैले पनि
जान्दैनन्। हामी कहाँबाट आयौँ, कति जन्म लियौँ, फेरि कहाँ जानु छ?... केही पनि
जान्दैनन्। बेहदको बाबा अर्थात् सबै सीताहरूको एक राम उहाँ निराकार हुनुहुन्छ। तिमी
सबै सीताहरू हौ। बाबा बेहुला हुनुहुन्छ। एक साजनका सबै सजिनाहरू, भक्तहरू हुन्। जति
पनि सीताहरू छन्, सबै रावणको जेलमा फसेर शोकवाटिकामा आएका छन्। सारा दुनियाँका सबै
मानिसहरूले एक भगवानलाई नै याद गर्छन्। भक्तहरूको रक्षक भगवानलाई भन्छन्। तिमी सबै
अहिले ब्रह्मामुख वंशावली ब्राह्मण हौ। तिमी ब्राह्मणहरूलाई थाहा छ– हामीलाई
शिवबाबाले पढाइरहनुभएको छ। बाबाबाट वर्सा अवश्य मिल्छ। शिवबाबा स्वर्गको रचयिता
हुनुहुन्छ। स्वर्ग भन वा दैवी राजधानी भन– यो स्वर्गको राजधानी हो नि।
लक्ष्मीनारायण स्वर्गका मालिक हुन्। यो कुरा पनि अहिले तिमीले बुझेका छौ। यहाँ
सत्ययुग हुँदा लक्ष्मीनारायणको राज्य थियो। अहिले कलियुग छ। मानिस बिचराहरू त घोर
अन्धकारमा भएका हुनाले अहिले कलियुगको अन्त्य हो भन्ने केही जान्दैनन्। विनाश
सामुन्ने उभिएको छ। तिमी सबै सीताहरूको सद्गतिदाता एक राम हुनुहुन्छ। सीताहरू सबै
दुर्गतिमा छन्, तर यो कसैले कहाँ बुझेका छन् र? हामी दुर्गतिमा छौँ। आफ्नो
सम्पत्तिको नै नसा छ। हाम्रा यति घर छन्, यति धन छ, यति महल छन्, कसैलाई थाहा छैन,
दुःखको दुनियाँ अब परिवर्तन हुनेछ। मृत्यु सामुन्ने उभिएको छ। सबै माटोमा मिल्नेछन्।
यो जे जति पुरानो दुनियाँमा देख्छौ, त्यो सबै विनाश हुनेछ। विनाशको लागि पूरा तयारी
भइरहेका छन्। यो त्यही महाभारत लडाइँ हो। उही गीताका भगवान हुनुहुन्छ। तर बाबाको
जीवनीमा बच्चाको नाम राखिदिएका छन्। अब शिवबाबाले तिमीलाई राजयोग सिकाइरहनुभएको छ।
ठुलोभन्दा ठुलो भूल नै यो हो– जसले भगवानको नाम गुम गरिदिएका छन्।
तिमी बच्चाहरूलाई थाहा
छ– हामीलाई कुनै मनुष्य, साधुसन्त आदिले पढाउँदैनन्, शिवबाबाले हामीलाई पढाउनुहुन्छ।
उहाँ बाबा पनि हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ, सद्गुरु पनि हुनुहुन्छ। सबै थोक
हुनुहुन्छ। यो त भुल्नुहुँदैन नि। बाबा भन्नुहुन्छ– सबै मेरा बच्चाहरू हुन् तर
सबैलाई कहाँ पढाउँछु र! बाबा भन्नुहुन्छ– म यहीँका मनिसहरूलाई फेरि राजयोग सिकाउन
आएको छु। यिनीहरू नै स्वर्गवासी थिए, हिरासमान थिए, अब कौडीसमान बनेका छन्। घरमा कति
अशान्ति छ। भन्छन्– बाबा हामीलाई क्रोध आउँछ, बच्चाहरूलाई पिट्नुपर्छ। डर लाग्छ,
हामीले शिवबाबालाई ५ विकार दान दिइसकेका छौँ, फेरि हामीले यस्तो किन गर्छौं? बाबा
सम्झाउनुहुन्छ– यस समयमा सबैमाथि ५ विकारहरूको ग्रहण लागेको छ। देह अभिमानको भूत
आएपछि फेरि सबै भूत लाग्छन्। अब बाबा भन्नुहुन्छ– देहीअभिमानी बन। अहिले तिमीलाई
समझ मिलेको छ। सत्ययुगमा पनि हामी आत्म अभिमानी थियौँ। सम्झन्छन्– आत्माको यो शरीर
अब पुरानो भएको छ। आयु पूरा भएको छ, त्यसैले यो शरीर छोडेर अब नयाँ लिनु छ। (सर्पको
उदाहरण) सर्पको एउटा काँचुली पुरानो हुन्छ अनि फेरि अर्को नयाँ फेर्छ। यो दृष्टान्त
सत्ययुगको लागि हो। त्यहाँ तिमीले यसरी शरीर छोड्छौ, दुःखको कुनै कुरा हुँदैन। यहाँ
कति दुःख हुन्छ। रुवाबासी आदि हुन्छ। अब तिमी बच्चाहरूलाई थाहा भएको छ– यो पुरानो
शरीर (छाला) हो। यहाँ कुनै नयाँ शरीर मिल्दैन। यो अन्तिम पुरानो जुत्ता हो। अहिले
तिमी यी सबै कुराहरूबाट हैरान भएका छौ। त्यहाँ त खुसीसँग एक शरीर छोडेर अर्को लिनेछौ।
यी कुराहरूलाई पनि तिमीले बुझेका छौ। यहाँ कति नयाँ आउँछन्, तर कहाँ बुझ्छन् र? दुई
चार दिन यहाँबाट बुझेर जान्छन्, फेरि बिर्सन्छन्। हो, राम्रोसँग सुने, खुसी भए भने
प्रजामा आउनेछन्। प्रजा पनि त धेरै बन्नुछ नि। यो ईश्वरको दरबार अथवा घर हो, तिमी
ईश्वरको घरमा बसेका छौ। परमपिता आफ्नो परमधाम छोडेर यहाँ साधारण तनमा आएर बस्नुभएको
छ। त्यहाँ त आत्माहरू बाबाको साथमा रहन्छन्। यहाँ सङ्गममा बाबा स्वयम् आउनुभएको छ–
पतितहरूलाई पावन बनाउन। उहाँलाई शिव निराकार नै भन्छन्। निराकार बाबालाई आत्माहरूले
हे परमपिता परमात्मा भनेर पुकार्छन्। मानिसहरूले नबुझिकनै भनिदिन्छन्– हे परमपिता
परमात्मा! यी लक्ष्मीनारायणलाई पनि युरोपियनहरूले भगवती-भगवान भन्छन्। यिनीहरूलाई
यस्तो कसले बनाउनुभयो? यी देवताहरूलाई भन्छन्– हजुर सर्वगुण सम्पन्न, १६ कला
सम्पूर्ण हुनुहुन्छ अनि आफूलाई के भन्छन्? यो जान्दैनन्– यिनीहरू पनि मानिसै हुन्।
यिनीहरूले नै भारतवर्षमा राज्य गरेर गएका हुन्। उनीहरूको अगाडि गएर महिमा गाउँछन्।
आफूलाई नीच पापी भनिरहन्छन्। श्रीकृष्णको मन्दिरमा गएर पनि महिमा गर्छन्। शिवको त्यो
महिमा गर्दैनन्। उहाँको महिमा भिन्नै छ। प्रायः शिवका मन्दिरमा जान्छन् अनि भन्छन्–
झोली भरिदेऊ! फेरि भनिदिन्छन्– उहाँले भाङ पिउनुहुन्छ, धतुरो खानुहुन्छ। अरे त्यहाँ
भाङ-धतुरो कहाँबाट आउँछ? केही पनि समझ छैन। मागिरहन्छन्– पति चाहियो, यो चाहियो....
दीपावलीमा पनि लक्ष्मीको आह्वान गर्छन्। उनी को हुन्, यो कसैलाई पनि थाहा छैन। ८-१०
हातहरू कहिल्यै कसैका हुन्छन् र? यो चतुर्भुज रूप देखाउँछन्, किनकि प्रवृत्तिमार्ग
हो। उनीहरूको नाम विष्णु राखिदिएका छन्। लक्ष्मीनारायण त सत्ययुगमा रहन्छन्।
मानिसहरूलाई यो थाहा छैन– विष्णुका दुई रूप लक्ष्मीनारायणद्वारा पालना हुन्छ।
चित्रहरूमा लक्ष्मीका ४ हात देखाइदिन्छन्। ४ हात भएकाका बच्चा जन्मिए भने उनीहरूका
पनि ४ हात हुनुपर्छ। केही पनि बुझ्दैनन्। तिमीले अहिले बुझेका छौ– बाबा नआउँदासम्म
हामीले पनि केही जान्दैनथ्यौँ। अहिले सारा विश्वको आदि-मध्य-अन्त्यलाई जानिसक्यौ।
बाबा आएर पतित दुनियाँलाई पावन बनाउनुहुन्छ। बोलाउँछन् पनि– हे पतितपावन आउनुहोस्!
अब परमात्मा कसरी आउनुहुन्छ? कसरी आएर पतितहरूलाई पावन बनाउनुहुन्छ? बाबा
भन्नुहुन्छ– ५ हजार वर्ष पहिला मैले दैवी स्वराज्य बनाएको थिएँ, फेरि तिमीले ८४
जन्म कसरी लियौ? यो समझ पहिला तिम्रो बुद्धिमा बिल्कुलै थिएन। यी ब्रह्मालाई पनि
थाहा थिएन। राधाकृष्ण, लक्ष्मीनारायणको पूजा गरिरहन्थे। तर यो पनि थाहा थिएन,
राधाकृष्ण नै स्वयम्बरपछि लक्ष्मीनारायण बनेका हुन्, त्यसैले राजकुमारी राधा,
राजकुमार श्रीकृष्ण भनिन्छ। स्वयम्बरपछि महाराजा-महारानी बन्नेछन्। यिनी जो आफै
बनिरहेका छन्, यिनीहरूलाई पनि थाहा थिएन। हुन त कसैलाई साक्षात्कार पनि हुन्छ, तर
केही पनि बुझ्दैनन्। तैपनि भक्तहरूको भावना अल्पकालको लागि पूरा गर्न मैले
साक्षात्कार गराउँछु। यहाँ त ध्यान-साक्षात्कारको कुरै छैन। बाबाले त सम्झाउनुहुन्छ–
साक्षात्कारमा मायाले प्रवेश गर्नेछ अनि तिमी पद भ्रष्ट हुनेछौ। धेरै आएर भन्छन्–
हामीलाई शिवबाबाको साक्षात्कार होस्। अरे तिमीलाई सम्झाइन्छ– जुनकिरी कति सानो
हुन्छ, आँखाले देखिन्छ। आत्मा त त्योभन्दा पनि सानो बिन्दु हो। जस्तो आत्मा छ
त्यस्तै परमात्माको रूप छ। साक्षात्कार भयो भने पनि त्यही सानो बिन्दुको हुनेछ। यो
त सानो बिन्दु हो, जुन भृकुटीको बीचमा रहन्छ। आत्माको साक्षात्कार भयो भने पनि केही
बुझ्दैनन्।
तिमी बच्चाहरूलाई थाहा
छ– अहिले हामी शिवबाबाका सन्तान हौँ। सबै ब्रह्माकुमार-कुमारीहरूले शिवबाबाबाट वर्सा
लिइरहेका छौँ। हाम्रो लक्ष्य उद्देश्य नै यो हो। विद्यार्थी हौ नि। तिमीले भन्छौ–
बाबाबाट सहज राजयोग सिक्न आएका छौँ। यो लक्ष्य उद्देश्य हो। यो कुरा बच्चाहरूले
भुल्नुहुँदैन। भक्तिमार्गमा भक्तहरूले देवताहरूका चित्र साथमा राख्छन्। त्यस्तै
तिमीहरूले यो त्रिमूर्तिको चित्र पकेटमा राख्नुपर्छ। उहाँ शिवबाबाद्वारा हामी यी
लक्ष्मीनारायण बनिरहेका छौँ। अच्छा।
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) शिवबाबालाई विकारहरूको दान दिएर फेरि कहिल्यै फिर्ता लिनुछैन। देह अभिमानको
भूतबाट बच्नुछ। यो भूतबाट सबै भूत आउँछन् त्यसैले आत्म अभिमानी बन्ने अभ्यास गर्नुछ।
२) ध्यान
साक्षात्कारको आश राख्नुछैन। लक्ष्य उद्देश्यलाई सामुन्ने राखेर पुरुषार्थ गर्नुछ।
श्रीमतमा सबैलाई सुख दिनु छ।
वरदान:–
करावनहार को
स्मृतिद्वारा सेवामा सदा निर्माणको कार्य गर्ने कर्मयोगी भव
कुनै पनि कर्मलाई
कर्मयोगको स्थितिमा परिवर्तन गर, केवल कर्म गर्नेवाला होइन तर कर्मयोगी हौ। कर्म
अर्थात् व्यवहार र योग अर्थात् परमार्थ दुवैको सन्तुलन होस्। शरीर निर्वाहको पछाडि
आत्माको कर्तव्य निर्वाह नबिर्सियोस्। जे जति कर्म गर्छौ त्यो ईश्वरीय सेवा अर्थ
होस्। यसको लागि सेवामा निमित्त मात्रको मन्त्र वा करनहार (गर्नेवाला) को स्मृतिको
सङ्कल्प सदा याद रहोस्। करावनहार (गराउनेवाला) बाबालाई नभुलेमा सेवामा निर्माण नै
निर्माण गरिरहनेछौ।
स्लोगन:–
सेवा वा
सम्बन्ध-सम्पर्कमा विघ्न पर्नुको कारण हो पुराना संस्कार, ती संस्कारहरूसँग वैराग्य
हुनु छ।
अव्यक्त इसारा:– सदा
अचल , अडोल , एकरस स्थितिको अनुभव गर
सबैभन्दा श्रेष्ठ
तख्त बापदादाको दिल तख्तनसिन बन्नु हो। तर यस तख्तमा बस्नको लागि पहिला अचल, अडोल,
एकरस स्थितिको तख्त हुनुपर्छ। अकालतख्तनसिन बन्ने अभ्यास भएपछि मात्र एकरस स्थितिको
तख्तमा स्थित रहन सक्नेछौ। जसरी ती तपस्वीहरू सदैव आसनमा बस्छन्, त्यसैगरी तिमी
आफ्नो एकरस आत्मिक स्थितिको आसनमा विराजमान रहनु छ। यो आसनलाई नछोडेमा सिंहासन
मिल्नेछ।