21.11.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिमी
अहिले ईश्वरीय सेवा मा छौ , तिमीले सबैलाई सुखको मार्ग बताउ नुछ , छात्रवृत्ति लिने
पुरुषार्थ गर्नुछ ।”
प्रश्न:–
तिमी
बच्चाहरूको बुद्धिमा ज्ञानको राम्रो धारणा भइसकेपछि कुन डर निस्किन्छ?
उत्तर:–
भक्तिमा जुन
डर हुन्छ– गुरुले हामीलाई श्राप नदिऊन्, यो डर ज्ञानमा आएपछि, ज्ञानको धारणा गरेपछि
निस्किन्छ किनकि ज्ञानमार्गमा कसैले श्राप दिन सक्दैन। रावणले श्राप दिन्छ, बाबाले
वर्सा दिनुहुन्छ। रिद्धि-सिद्धि सिक्नेहरूले यस्तो हैरान पार्ने, दुःख दिने काम
गर्छन्, ज्ञानमा त तिमी बच्चाहरूले सबैलाई सुख दिन्छौ।
ओम् शान्ति ।
मीठा-प्यारा
रुहानी बच्चाहरूप्रति रुहानी बाबा बसेर सम्झाउनुहुन्छ। तिमीहरू सबै पहिला आत्मा हौ।
यो पक्का निश्चय गर्नुछ। बच्चाहरूलाई थाहा छ– हामी आत्माहरू परमधामबाट आउँछौँ, यहाँ
शरीर लिएर पार्ट खेल्न। आत्माले नै पार्ट खेल्छ। मनुष्यले फेरि सम्झन्छन्– शरीरले
नै पार्ट खेल्छ। यो हो सबैभन्दा ठुलो भुल। जसकारण आत्मालाई कसैले चिन्दैनन्। यो
आवागमनमा हामी आत्माहरू आउँछौँ जान्छौँ– यो कुरा भुल्छन्, त्यसैले बाबाले नै आएर
आत्म अभिमानी बनाउनुपर्छ। यो कुरा पनि कसैले जान्दैनन्। बाबाले नै सम्झाउनुहुन्छ,
आत्माले कसरी पार्ट खेल्छ। मनुष्यको बढीमा ८४ जन्मदेखि लिएर कम्तीमा हुन्छ एक-दुई
जन्म। आत्माले त पुनर्जन्म लिइरहन्छ। यसबाट सिद्ध हुन्छ, धेरै जन्म लिनेले धेरै
पुनर्जन्म लिन्छन्। थोरै जन्म लिनेले कम पुनर्जन्म लिन्छन्। जसरी नाटकमा कसैको
सुरुदेखि अन्त्यसम्म पार्ट हुन्छ, कसैको थोरै पार्ट हुन्छ। यो कुनै मनुष्यले
जान्दैनन्। आत्माले आफूलाई नै चिन्दैन भने आफ्नो बाबालाई कसरी चिन्छ। आत्माको कुरा
हो नि। बाबा हुनुहुन्छ आत्माहरूका। श्रीकृष्ण त आत्माहरूका पिता हुनुहुन्न।
श्रीकृष्णलाई निराकार त भनिँदैन। साकारमा नै उहाँलाई चिनिन्छ। आत्मा त सबैको हुन्छ।
हरेक आत्मामा त पार्ट पहिल्यै निश्चित हुन्छ। यी कुरा तिमीहरूमध्ये पनि नम्बरवार
पुरुषार्थ अनुसार छन्, जसले सम्झाउन सक्छन्। अहिले तिमी बच्चाहरूलाई थाहा छ– हामी
आत्माहरूले ८४ जन्म कसरी लियौँ। यस्तो होइन– आत्मा सो परमात्मा। होइन, बाबाले
सम्झाउनुभएको छ– हामी आत्मा पहिला सो देवता बन्छौँ। अहिले पतित तमोप्रधान छौँ, फेरि
सतोप्रधान पावन बन्नुछ। सृष्टि पुरानो भइसकेपछि नै बाबा आउनुहुन्छ । बाबा आएर
पुरानोलाई नयाँ बनाउनुहुन्छ। नयाँ सृष्टि स्थापना गर्नुहुन्छ। नयाँ दुनियाँमा हो नै
आदि सनातन देवी-देवता धर्म। तिनीहरूको लागि नै भनिन्छ– पहिला कलियुगी शूद्र धर्मका
थिए। अहिले प्रजापिता ब्रह्माको मुख वंशावली बनेर ब्राह्मण बनेका छन्। ब्राह्मण
कुलमा आउँछन्। ब्राह्मण कुलको राजवंश हुँदैन। ब्राह्मण कुलकाले कुनै राज्य गर्दैनन्।
यस समयमा भारतवर्षमा न ब्राह्मण कुलले राज्य गर्छन्, न शूद्र कुलले राज्य गर्छन्।
दुवैको राज्य भाग्य हुँदैन। फेरि पनि उनीहरूको प्रजामाथि प्रजाको राज्य त चल्छ। तिमी
ब्राह्मणहरूको कुनै राज्य हुँदैन। तिमी विद्यार्थीहरूले पढ्छौ। बाबाले तिमीलाई नै
सम्झाउनुहुन्छ। यो ८४ को चक्र कसरी घुम्छ। सत्ययुग, त्रेता... फेरि हुन्छ सङ्गमयुग।
यो सङ्गमयुगको जस्तो महिमा अरू कुनै युगको हुँदैन। यो हो पुरुषोत्तम सङ्गमयुग।
सत्ययुगबाट त्रेतामा आउँछन्, दुई कला कम हुन्छ, त्यसैले उनीहरूको के महिमा गर्ने!
गिर्नेको महिमा कहाँ हुन्छ र। कलियुगलाई भनिन्छ पुरानो दुनियाँ। अब नयाँ दुनियाँ
स्थापना हुनुछ, जहाँ देवीदेवताहरूको राज्य हुन्छ। उनीहरू पुरुषोत्तम थिए। फेरि कला
कम हुँदा हुँदा कनिष्ठ, शूद्र बुद्धि बन्छन्। उनीहरूलाई पत्थरबुद्धि पनि भनिन्छ।
यस्तो पत्थरबुद्धि बन्छन्, जसको पूजा गर्छन्, उनीहरूको जीवन कहानीलाई पनि जान्दैनन्।
बच्चाले बाबाको जीवनी जानेन भने वर्सा कसरी मिल्छ। अहिले तिमी बच्चाहरूले बाबाको
जीवनी जान्दछौ। उहाँबाट तिमीलाई वर्सा मिलिरहेको छ। बेहदका बाबालाई याद गर्छौ। तुम
मात-पिता... भन्छौ भने अवश्य बाबा आउनुभएको थियो होला, त्यसैले त धेरै सुख दिनुभयो
होला नि। बाबा भन्नुहुन्छ– म आएको छु, तिमी बच्चाहरूलाई अथाह सुख दिन्छु। बच्चाहरूको
बुद्धिमा यो ज्ञान राम्रोसँग हुनुपर्छ, त्यसैले तिमी स्वदर्शन चक्रधारी बन्छौ।
तिमीलाई अहिले ज्ञानको तेस्रो नेत्र मिलेको छ। तिमीलाई थाहा छ– हामी नै देवता बन्छौँ।
अहिले शूद्रबाट ब्राह्मण बनेका छौँ। कलियुगी ब्राह्मण पनि छन्। ती ब्राह्मणहरूले
जान्दैनन्– हाम्रो धर्म अथवा कुल कहिले स्थापना भयो किनकि उनीहरू हुन् नै कलियुगी।
तिमीहरू अहिले डाइरेक्ट प्रजापिता ब्रह्माका सन्तान बनेका छौ र सबैभन्दा उच्च कोटिका
हौ। बाबा बसेर तिम्रो पढाइको सेवा, सम्हाल्ने सेवा र श्रृङ्गार गर्ने सेवा
गर्नुहुन्छ। तिमी पनि छौ ईश्वरीय सेवामा मात्रै। परमात्मा पिताले पनि भन्नुहुन्छ–
हामी आएका छौँ सबै बच्चाहरूको सेवामा। बच्चाहरूलाई सुखको मार्ग बताउनुछ। बाबा
भन्नुहुन्छ– अब घर जाऊँ। मनुष्यले भक्ति पनि गर्छन् मुक्तिको लागि। अवश्य जीवनमा
बन्धन छ। बाबा आएर यी दुःखहरूबाट छुटाउनुहुन्छ। तिमी बच्चाहरूलाई थाहा छ– पछि त्राहि
त्राहि गर्नेछन्। हाहाकारपछि जयजयकार हुनेछ। अहिले तिम्रो बुद्धिमा छ– कति हाय हाय
गर्नेछन्, जब प्राकृतिक प्रकोप आदि हुनेछन्। युरोपवासी यादव पनि छन्, बाबाले
सम्झाउनुभएको छ– युरोपवासीहरूलाई यादव भनिन्छ। देखाउँछन्– पेटबाट मुसल निस्कियो,
फेरि श्राप दियो। तर श्राप आदिको त कुरा नै छैन। यो त ड्रामा हो। बाबाले वर्सा
दिनुहुन्छ, रावणले श्राप दिन्छ। यो एक खेल बनेको छ, बाँकी श्राप दिने त अरू मनुष्य
हुन्छन्। त्यो श्रापलाई उतार्ने पनि हुन्छन्। गुरु गोसाईं आदिबाट पनि मनुष्यहरू
डराउँछन्– कसैले श्राप नदिउन् भनेर। वास्तवमा ज्ञानमार्गमा कसैले श्राप दिन सक्दैन।
ज्ञानमार्ग र भक्तिमार्गमा श्रापको कुनै कुरा हुँदैन। जसले रिद्धि-सिद्धि आदि
सिक्छन्, उनीहरूले श्राप दिन्छन्, मानिसहरूलाई धेरै दुःखी बनाइदिन्छन्, पैसा पनि
धेरै कमाउँछन्। भक्तहरूले यो काम गर्दैनन्।
बाबाले यो पनि
सम्झाउनुभएको छ– सङ्गमसँगै पुरुषोत्तम शब्द अवश्य लेख। त्रिमूर्ति शब्द पनि अवश्य
लेख्नुपर्छ र प्रजापिता शब्द पनि जरुरी छ किनकि ब्रह्मा नाम पनि धेरैका छन्।
प्रजापिता शब्द लेख्यौ भने बुझ्नेछन्– साकारमा प्रजापिता ठहरिए। केवल ब्रह्मा
लेख्नाले सूक्ष्मवतनवाला ब्रह्मा सम्झन्छन्। ब्रह्मा-विष्णु-शङ्करलाई भगवान
भनिदिन्छन्। प्रजापिता भन्यौ भने सम्झाउन सक्छौ– प्रजापिता त यहाँ हुनुहुन्छ।
सूक्ष्मवतनमा कसरी हुन सक्नुहुन्छ। विष्णुलाई त ब्रह्माको नाभीबाट निस्किएको
देखाउँछन्। तिमी बच्चाहरूलाई पनि ज्ञान मिलेको छ। नाभी आदिको कुनै कुरा नै छैन।
ब्रह्मा सो विष्णु, विष्णु सो ब्रह्मा कसरी बन्छन्। सारा चक्रको ज्ञान तिमीले यी
चित्रहरूबाट सम्झाउन सक्छौ। चित्र बिना सम्झाउनमा मेहनत लाग्छ। ब्रह्मा सो विष्णु,
विष्णु सो ब्रह्मा बन्छन्। लक्ष्मी-नारायणले ८४ को चक्कर लगाएर फेरि ब्रह्मा-सरस्वती
बन्छन्। बाबाले पहिलादेखि नाम दिनुभएको छ, भट्टी बनेपछि नाम दिनुभयो। फेरि कति गए,
त्यसैले सम्झाइएको छ– ब्राह्मणहरूको माला हुँदैन किनकि ब्राह्मण हुन् पुरुषार्थी।
कहिले तल, कहिले माथि भइरहन्छन्। ग्रहदशा लाग्छ। बाबा त जुहारी हुनुहुन्थ्यो। मोती
आदिको माला कसरी बन्छ, अनुभवी हुनुहुन्छ। ब्राह्मणहरूको माला पछाडि बन्छ। हामी सो
ब्राह्मण दैवी गुण धारण गरेर देवता बन्छौँ। फेरि सिँढी उत्रनुछ। नत्र ८४ जन्म कसरी
लिनेछन्। ८४ जन्मको हिसाबले यी निस्किन सक्छन्। तिम्रो आधा समय पूरा हुन्छ, त्यसपछि
अरू धर्मवालाहरू थपिन्छन्। माला बनाउनमा धेरै मेहनत लाग्छ। कहीँ नहल्लिऊन् भनेर धेरै
सम्हालेर मोतीहरूलाई टेबलमा राखिन्छ। फेरि सियोले उनिहालिन्छ। कहीँ माला राम्ररी
उनिएन भने फेरि माला तोड्नुपर्छ। यो त धेरै ठुलो माला हो। तिमी बच्चाहरूलाई थाहा छ–
हामीले पढ्छौँ नयाँ दुनियाँको लागि। बाबाले सम्झाउनुभएको छ– स्लोगन बनाऊ– हामी
शूद्र सो ब्राह्मण, ब्राह्मण सो देवता कसरी बन्छौँ, आएर बुझ। यो चक्रलाई जान्नाले
तपाईं चक्रवर्ती राजा बन्नु हुनेछ। स्वर्गको मालिक बन्नु हुनेछ। यस्तो स्लोगन बनाएर
बच्चाहरूलाई सिकाउनुपर्छ। बाबाले युक्तिहरू त धेरै बताउनुहुन्छ। वास्तवमा भ्यालु
तिम्रो हो। तिमीलाई हिरो-हिरोइनको पार्ट मिल्छ। तिमी हीराजस्तो बन्छौ, फेरि ८४ को
चक्कर लगाएर कौडीसमान बन्छौ। अब हीराजस्तो जन्म मिल्छ भने कौडीहरूको पछाडि किन पर्छौ।
यस्तो पनि होइन, कुनै घरबार छोड्नुछ। बाबा त भन्नुहुन्छ– गृहस्थ व्यवहारमा रहेर कमल
फूलसमान पवित्र होऊ र सृष्टि चक्रको ज्ञानलाई जानेर दैवीगुण पनि धारण गरेमा तिमी
हीराजस्ता बन्नेछौ। अवश्य भारतवर्ष ५ हजार वर्ष पहिला हीराजस्तो थियो। यो हो–
लक्ष्य उद्देश्य। लक्ष्मी-नारायणको यो चित्रलाई धेरै महत्त्व दिनुछ। तिमी बच्चाहरूले
धेरै सेवा गर्नुछ प्रदर्शनी, सङ्ग्रहालयमा। विहङ्गमार्गको सेवा नगरी तिमीले प्रजा
कसरी बनाउनेछौ? हुन त यो ज्ञान सुन्छन् पनि तर उच्च पद कुनै विरलैले पाउँछन्।
उनीहरूको लागि नै भनिन्छ– करोडौंमा कोही। छात्रवृत्ति पनि कसैले लिन्छन् नि। ४०-५०
बच्चाहरू स्कुलमा हुन्छन्, उनीहरूमध्ये कुनै एकले छात्रवृत्ति लिन्छ, कोही अलिकति
प्लसमा आयो (राम्रो नम्बर ल्यायो) भने उसलाई पनि छात्रवृत्ति दिन्छन्। यो पनि यस्तै
हो। प्लसमा धेरै छन्। ८ दाना छन्, सो पनि नम्बरवार छन् नि। उनीहरू पहिला सुरुमा
राजगद्दीमा बस्नेछन्। फेरि कला कम हुँदैजानेछ, लक्ष्मी-नारायणको चित्र हो नम्बरवन।
उनीहरूको पनि राजवंश चल्छ, तर चित्र लक्ष्मी-नारायणको नै दिइएको छ। यहाँ तिमीलाई
थाहा छ– चित्र त परिवर्तन हुँदै जान्छन्। चित्र दिएर के फाइदा। नाम, रूप, देश, काल
सबै परिवर्तन हुन्छ।
मीठा-प्यारा रुहानी
बच्चाहरूलाई रुहानी बाबा बसेर सम्झाउनुहुन्छ। कल्प पहिला पनि बाबाले सम्झाउनुभएको
थियो। यस्तो होइन, श्रीकृष्णले गोप-गोपिनीहरूलाई सुनाउनुभयो। श्रीकृष्णका
गोप-गोपिनीहरू हुँदैनन्। न उनीहरूलाई ज्ञान सिकाइन्छ। उनी त हुन् सत्ययुगका
राजकुमार। त्यहाँ कसरी राजयोग सिकाउनुहुन्छ वा पतितलाई पावन बनाउनुहुन्छ। अब तिमीले
आफ्ना बाबालाई याद गर। बाबा फेरि टिचर पनि हुनुहुन्छ। टिचरलाई विद्यार्थीले कहिल्यै
भुल्न सक्दैनन्। बाबालाई बच्चाले भुल्न सक्दैनन्, गुरुलाई पनि भुल्न सक्दैनन्। बाबा
त जन्मने बित्तिकै बन्छन्। टिचर ५ वर्षपछि मिल्छन्। फेरि गुरु वानप्रस्थमा मिल्छन्।
जन्मैदेखि गुरु बनाउनुको त कुनै फाइदा छैन। गुरुको गोद लिएर पनि अर्को दिन मर्छन्।
फेरि गुरुले के गर्छन्? गाउँछन् पनि– सद्गुरु बिगर गति नहीं। सदगुरुलाई छोडेर
उनीहरूले फेरि गुरु भनिदिन्छन्। गुरु त धेरै छन्। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू!
तिमीले कुनै देहधारी गुरु आदि बनाउने आवश्यकता छैन, तिमीले कसैसँग पनि केही
माग्नुछैन। भनिन्छ पनि– माग्नुभन्दा मर्नु बेस। सबैलाई चिन्ता हुन्छ– हामीले कसरी
आफ्नो पैसा ट्रान्सफर गरौँ। अर्को जन्मको लागि उनीहरूले ईश्वरको लागि दानपुण्य
गर्छन् भने त्यसको रिटर्न यही पुरानो सृष्टिमा अल्पकालको लागि मिल्छ। यहाँ तिम्रो
ट्रान्सफर हुन्छ नयाँ दुनियाँमा र २१ जन्मको लागि। तन-मन-धन प्रभुको अगाडि अर्पण
गर्नुछ। सो त उहाँ आइसकेपछि मात्र अर्पण गरिन्छ नि। प्रभुलाई कसैले चिन्दैनन्
त्यसैले गुरुलाई समात्छन्। धन आदि गुरुको अगाडि अर्पण गरिदिन्छन्। वारिस छैन भने सबै
गुरुलाई दिन्छन्। आजकाल कसैले पनि काइदा अनुसार ईश्वरको लागि दिँदैनन्। बाबा
सम्झाउनुहुन्छ– म गरिब निवाज हुँ, त्यसैले म आउँछु नै भारतवर्षमा। तिमीलाई आएर
विश्वको मालिक बनाउँछु। डाइरेक्ट र इनडाइरेक्टमा कति फरक छ। उनीहरूले केही पनि
जान्दैनन्। केवल भनिदिन्छन्– हामीले ईश्वरमा अर्पण गर्छौं। हो सबै अज्ञानता। तिमी
बच्चाहरूलाई अब समझ मिलेको छ र तिमी बेसमझबाट समझदार बनेका छौ। तिम्रो बुद्धिमा
ज्ञान छ– बाबाले त कमाल गर्नुहुन्छ। अवश्य बेहदका बाबाबाट बेहदको वर्सा नै
मिल्नुपर्छ। बाबाबाट तिमीले वर्सा लिन्छौ केवल दादाद्वारा। दादाले पनि उहाँबाट वर्सा
लिइरहनुभएको छ। वर्सा दिने दाता एउटै हुनुहुन्छ। उहाँलाई नै याद गर्नुछ। बाबा
भन्नुहुन्छ– प्यारा बच्चाहरू! म यिनको धेरै जन्मको अन्त्यमा आउँछु, यिनमा प्रवेश
गरेर यिनलाई पनि पावन बनाउँछु, जसबाट फेरि यिनी फरिस्ता बन्छन्। ब्याजमा तिमीले धेरै
सेवा गर्न सक्छौ। तिम्रा यी सबै ब्याजहरू अर्थसहित छन्। यो त जीवनदान दिने चित्र
हो। यसको भ्यालु कसैलाई पनि थाहा छैन। बाबालाई सदैब ठुलो चीज मन पर्छ, जसलाई कसैले
पनि टाढैबाट पढ्न सक्छ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) बाबाबाट बेहदको वर्सा लिनको लागि डाइरेक्ट आफ्नो तन-मन-धन ईश्वरको अगाडि अर्पण
गरेर समझदार बन्नुछ। आफ्नो सबै कुरा २१ जन्मको लागि ट्रान्सफर गरिदिनुछ।
२) जसरी बाबाले पढाउने,
सम्हाल्ने र श्रृङ्गार गर्ने सेवा गर्नुहुन्छ, त्यसरी नै बाबाले समान सेवा गर्नुछ।
जीवन बन्धबाट निकालेर सबैलाई जीवनमुक्तिमा लैजानुछ।
वरदान:–
ज्ञान कलश
धारण गरेर प्यासीहरूको प्यास मेटाउ ने अमृत कलशधारी भव
अहिले धेरैजसो
आत्माहरू प्रकृतिका अल्पकालका साधनहरूबाट, आत्मिक शान्ति प्राप्त गर्नको लागि बनेका
अल्पज्ञ स्थानहरूबाट, परमात्म मिलन मनाउने ठेकेदारहरूबाट थाकिसकेका छन्, निराश भएका
छन्, उनीहरूले सम्झन्छन्– सत्य केही अरू नै छ, त्यसको प्राप्तिका प्यासी छन्। यस्ता
प्यासी आत्माहरूलाई आत्मिक परिचय, परमात्म परिचयको यथार्थ थोपाले पनि तृप्त आत्मा
बनाइदिनेछ, त्यसैले ज्ञान कलश धारण गरेर प्यासीहरूको प्यास मेटाइदेऊ। अमृत कलश सदा
साथमै होस्। अमर बन र अमर बनाऊ।
स्लोगन:–
एडजस्ट हुने
कलालाई लक्ष्य बनायौ भने सहजै सम्पूर्ण बन्नेछौ।
अव्यक्त इसारा:–
अशरीरी वा विदेही स्थितिको अभ्यास बढाऊ
अशरीरी बन्नको लागि
समेट्ने शक्ति धेरै आवश्यक छ। आफ्नो देह अभिमानको सङ्कल्पलाई, देहको दुनियाँका
परिस्थितिहरूको सङ्कल्पलाई समेट्नुछ। घर जाने सङ्कल्प सिवाय अरू कुनै सङ्कल्पको
विस्तार नहोस्, बस् यही सङ्कल्प होस्– अब आफ्नो घर गइ नै हालेँ। अनुभव गर– म आत्मा
यो आकाश तत्त्वभन्दा पनि पार उड्दै गइरहेको छु, यसको लागि अहिल्यैदेखि अकालतख्तनसिन
हुने अभ्यास बढाऊ।