22.09.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– आफ्नो
दिलमा हात राखेर सोध– बाबाले जे सुनाउनुहुन्छ के त्यो हामीले सबै पहिल ्यै जानेका
थियौँ ? जे सुनेका छौ त्यसलाई अर्थसहित बुझेर खुसी होऊ।
प्रश्न:–
तिमीहरूको यो
ब्राह्मण धर्ममा सबैभन्दा धेरै तागत छ– कुनचाहिँ र कसरी?
उत्तर:–
तिमीहरूको यो
ब्राह्मण धर्म यस्तो छ जसले श्रीमतमा सारा विश्वको सदगति गरिदिन्छ। ब्राह्मणले नै
सारा विश्वलाई शान्त बनाइदिन्छन्। तिमी ब्राह्मण कुलभूषण देवताभन्दा पनि उच्च हौ,
तिमीलाई बाबाद्वारा यो तागत मिल्छ। तिमी ब्राह्मणहरू बाबाका मदतगार बन्छौ, तिमीलाई
नै सबैभन्दा ठुलो प्राइज मिल्छ। तिमी ब्रह्माण्डको पनि मालिक र विश्वको पनि मालिक
बन्छौ।
ओम् शान्ति ।
मीठा-प्यारा
रुहानी सिकिलधे बच्चाहरूप्रति रुहानी बाबा बसेर सम्झाउनुहुन्छ। रुहानी बच्चाहरूलाई
थाहा छ– रुहानी बाबा एकैपटक हर ५ हजार वर्षपछि अवश्य आउनुहुन्छ। त्यसको कल्प नाम
राखिदिएका छन् त्यसैले भन्नुपर्छ। यो ड्रामा वा सृष्टिको अवधि ५ हजार वर्ष छ, यी
कुरा एक बाबाले नै बसेर सम्झाउनुहुन्छ। यो कहिल्यै कुनै मनुष्यको मुखबाट सुन्न
सक्दैनौ। तिमी रुहानी बच्चाहरू बसेका छौ। तिमीलाई थाहा छ– अवश्य हामी सबै आत्माहरूका
पिता उहाँ एक हुनुहुन्छ। बाबाले नै बच्चाहरूलाई बसेर आफ्नो परिचय दिनुहुन्छ। जुन
ज्ञान कुनै पनि मनुष्य मात्रले जान्दैनन्। कसैलाई थाहा छैन– गड वा ईश्वर के वस्तु
हुनुहुन्छ, उहाँलाई परमपिता परमात्मा भनिन्छ भने उहाँसँग धेरै प्यार हुनुपर्छ।
बेहदका बाबा हुनुहुन्छ भने अवश्य उहाँबाट वर्सा पनि मिल्छ होला। अंग्रेजीमा राम्रो
शब्द भनिन्छ– हेभेनली गड फादर। हेभेन भनिन्छ नयाँ दुनियाँलाई र हेल (नर्क) भनिन्छ
पुरानो दुनियाँलाई। तर स्वर्ग के हो कसैले जान्दैनन्। संन्यासीले त मान्दैनन्।
उनीहरूले कहिल्यै यसो भन्दैनन्– बाबा स्वर्गका रचयिता हुनुहुन्छ। हेभेनली गड फादर–
यो शब्द धेरै मीठो छ र हेभेन प्रसिद्ध पनि छ। तिमी बच्चाहरूको बुद्धिमा हेभेन र
हेलको सारा चक्र, सृष्टिको आदि-मध्य-अन्त्यको चक्र बुद्धिमा घुम्छ, जो जो सेवाधारी
छन्, सबै एकैनासका सेवाधारी बन्दैनन्।
तिमीले आफ्नो राजधानी
फेरि स्थापना गरिरहेका छौ। तिमीले भन्छौ– हामी रुहानी बच्चाहरू बाबाको सर्वश्रेष्ठ
मतमा चलिरहेका छौँ। उच्चभन्दा उच्च बाबाको नै श्रीमत हुन्छ। श्रीमद् भगवद् गीता पनि
गायन गरिएको छ। यो पहिलो नम्बरको शास्त्र हो। बाबाको नाम सुन्नासाथ तुरुन्त वर्सा
याद आउँछ। यो दुनियाँमा कसैलाई पनि थाहा छैन– परमपिता परमात्माबाट के मिल्छ।
प्राचीन योग शब्द भन्छन्। तर बुझ्दैनन्– प्राचीन योग कसले सिकाउनुभयो? उनीहरूले त
श्रीकृष्णले नै भन्छन् किनकि गीतामा श्रीकृष्णको नाम राखिदिएका छन्। अहिले तिमीले
बुझेका छौ– बाबाले नै राजयोग सिकाउनुभयो, जसबाट सबैले मुक्ति-जीवनमुक्ति पाउँछन्।
यो पनि बुझ्छौ– भारतमा नै शिवबाबा आउनुभएको थियो, उहाँको जयन्ती पनि मनाउँछन् तर
गीतामा नाम गुम गरिदिएका हुनाले उहाँको महिमा पनि गुम भएको छ। जसबाट सारा
दुनियाँलाई सुख-शान्ति मिल्छ, उहाँ बाबालाई बिर्सिएका छन्। यसलाई एकज भुलको नाटक नै
भनिन्छ। सबैभन्दा ठुलो भुल यो हो– बाबालाई चिन्दैनन्। कहिले भन्छन्– उहाँ
नाम-रूपबाट न्यारा हुनुहुन्छ, फेरि भन्छन्– कछुवा-माछाको अवतार हुन्छ। भगवान
ढुङ्गा-माटोमा हुनुहुन्छ। भुलमाथि भुल हुँदै जान्छ। सिँढी तल ओर्लंदै जान्छन्। कला
कम हुँदैजान्छ, तमोप्रधान बन्दै जान्छन्। ड्रामा योजना अनुसार जुन बाबा स्वर्गका
रचयिता हुनुहुन्छ, जसले भारतवर्षलाई स्वर्गको मालिक बनाउनुभयो, उहाँलाई
ढुङ्गा-माटोमा हुनुहुन्छ भनिदिन्छन्। अहिले बाबाले सम्झाउनुहुन्छ– तिमी कसरी सिँढी
ओर्लंदै आयौ, कसैलाई पनि केही थाहा छैन। ड्रामा के हो, सोधिरहन्छन्। यो दुनियाँ
कहिलेदेखि बनेको हो? नयाँ सृष्टि कहिले थियो भन्यो भने भनिदिन्छन्– लाखौँ वर्षअघि।
सम्झन्छन्– पुरानो दुनियाँको त अझै धेरै वर्ष बाँकी छ, यसलाई अज्ञान अन्धकार भनिन्छ।
गायन पछि छ– ज्ञान अंजन सतगुरू दिया, अज्ञान अन्धेर विनाश। तिमीले बुझेका छौ– रचयिता
बाबाले अवश्य स्वर्ग नै रच्नुहुन्छ। बाबाले नै आएर नर्कलाई स्वर्ग बनाउनुहुन्छ।
रचयिता बाबाले नै आएर सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान सुनाउनुहुन्छ। आउनुहुन्छ पनि
अन्त्यमा। समय त लाग्छ नि। यो पनि बच्चाहरूलाई सम्झाइएको छ– ज्ञानमा त्यति समय
लाग्दैन, जति यादको यात्रामा लाग्छ। ८४ जन्मको कहानी त एक कहानी जस्तै हो, आजभन्दा
५ वर्ष पहिला कसको राज्य थियो, त्यो राज्य कहाँ गयो?
तिमी बच्चाहरूमा अहिले
सारा ज्ञान छ। तिमी कति साधारण छौ– अजामिल जस्ता पापी, अहिल्या, कुब्जा,
भिल्लिनीहरूलाई कति उच्च बनाउनुहुन्छ। बाबा सम्झाउनुहुन्छ– तिमी केबाट के बन्यौ।
बाबा आएर सम्झाउनुहुन्छ– हेर अहिले पुरानो दुनियाँको के हाल छ? मनुष्यले केही पनि
जान्दैनन्– सृष्टिको चक्र कसरी घुम्छ? बाबा भन्नुहुन्छ– तिमीले आफ्नो दिलमा हात
राखेर सोध– अगाडि यो केही जानेका थियौ? केही पनि जानेका थिएनौ। अहिले जान्दछौ–
बाबाले फेरि आएर हामीलाई विश्वको बादसाही दिनुहुन्छ। कसैको बुद्धिमा आउँदैन– विश्वको
बादसाही भनेको के हो। विश्व अर्थात् सारा दुनियाँ। तिमीलाई थाहा छ– बाबाले हामीलाई
यस्तो राज्य दिनुहुन्छ जुन राज्य हामीबाट आधाकल्पसम्म कसैले खोस्न सक्दैन। त्यसैले
बच्चाहरूलाई कति खुसी हुनुपर्छ। बाबाबाट कति पटक राज्य लियौ। बाबा सत्य हुनुहुन्छ,
सत्य टिचर पनि हुनुहुन्छ, सद्गुरु पनि हुनुहुन्छ। यो कुरा कहिल्यै सुनेकै थिएनौ।
अहिले अर्थसहित तिमीले बुझ्छौ। तिमी बच्चाहरू हौ, तिमीहरूले बाबालाई त याद गर्न
सक्छौ। आजकाल सानैमा गुरु बनाउँछन्। गुरुको चित्र पनि बनाएर गलामा लगाउँछन् वा घरमा
राख्छन्। यहाँ त आश्चर्य छ– बाबा, टिचर, सद्गुरु सबै एउटै हुनुहुन्छ। बाबा
भन्नुहुन्छ– मैले साथमा लिएर जान्छु। तिमीलाई सोध्छन्– के पढ्छौ? भन, हामीले नयाँ
दुनियाँमा राज्य भाग्य प्राप्त गर्नको लागि राजयोग पढ्छौँ। यो हो नै राजयोग। जसरी
ब्यारिस्टरको योग हुन्छ भने अवश्य बुद्धिको योग ब्यारिस्टरतिर जान्छ। टिचरलाई अवश्य
याद त गर्छन् नि। तिमीले भन्छौ– हामीले स्वर्गको राज्य भाग्य प्राप्त गर्नको लागि
नै पढ्छौँ। कसले पढाउनुहुन्छ? शिवबाबा भगवानले। उहाँको नाम त एउटै छ जुन चल्दै आएको
छ। रथको नाम त छैन। मेरो नाम हो नै शिवबाबा। शिव र रथलाई ब्रह्मा भन्छौ। अहिले
तिमीलाई थाहा छ– यो कति आश्चर्यजनक छ, शरीर त एउटै छ। यिनलाई भाग्यशाली रथ किन
भनिन्छ? किनकि शिवबाबा प्रवेश गर्नुभएको छ भने अवश्य दुई आत्मा हुनेभए। यो पनि
तिमीलाई थाहा छ र अरू कसैको त यो ख्यालमा पनि आउँदैन। तर देखाउँछन्– भागीरथले गङ्गा
ल्याए। के पानी ल्याए? अहिले तिमीले यथार्थमा देख्छौ– के ल्याउनुभएको छ, कसले
ल्याउनुभएको छ? कसले प्रवेश गर्नुभएको छ? बाबाले प्रवेश गर्नुभयो नि। मनुष्यमा पानी
कहाँ प्रवेश गर्छ र। जटाबाट पानी कहाँ आउँछ र। यी कुरामा मनुष्यले कहिल्यै पनि
ख्याल गर्दैनन्। भनिन्छ पनि– रिलिजन इज माइट (धर्म शक्ति हो)। धर्ममा तागत छ। भन,
सबैभन्दा धेरै कुन धर्ममा तागत छ? (ब्राह्मण धर्ममा) हो यो ठीक छ, जे जति तागत छ
ब्राह्मण धर्ममा नै छ, अरू कुनै धर्ममा कुनै तागत छैन। तिमी अहिले ब्राह्मण हौ।
ब्राह्मणहरूलाई तागत मिल्छ बाबाबाट, जसबाट फेरि तिमी विश्वको मालिक बन्छौ। तिमीमा
कति ठुलो तागत छ। तिमीले भन्छौ– हामी ब्राह्मण धर्मका हौँ। कसैको बुद्धिमा बस्दैन।
हुन त विराटरूप बनाएका छन् तर त्यो पनि आधा छ। मुख्य रचयिता र उहाँको पहिलो रचनालाई
कसैले चिन्दैनन्। बाबा रचयिता हुनुहुन्छ, फेरि ब्राह्मण हुन् टुपी, यसमा तागत छ।
केवल बाबालाई याद गर्नाले तागत मिल्छ। बच्चाहरू त अवश्य नम्बरवार नै बन्छन् नि। तिमी
यस दुनियाँमा सर्वोत्तम ब्राह्मण कुलभूषण हौ। देवताभन्दा पनि उच्च हौ। तिमीलाई अब
तागत मिल्छ। सबैभन्दा धेरै तागत ब्राह्मण धर्ममा छ। ब्राह्मणले के गर्छन्? सारा
विश्वलाई शान्त बनाइदिन्छन्। तिमीहरूको धर्म यस्तो छ जसले श्रीमतद्वारा सबैको सदगति
गर्छ । त्यसैले त बाबा भन्नुहुन्छ– मैले तिमीलाई आफूभन्दा पनि उच्च बनाउँछु। तिमी
ब्रह्माण्डको पनि मालिक, विश्वको पनि मालिक बन्छौ। सारा विश्वमा तिमीले राज्य गर्छौ।
अहिले गाउँछन् नि– भारतवर्ष हाम्रो भूमी हो। कहिले महिमाको गीत गाउँछन्, कहिले फेरि
भन्छन्– भारतवर्षको के हालत छ! थाहा छैन– भारतवर्ष यति उच्च कहिले थियो! मनुष्यले त
सम्झन्छन्– स्वर्ग वा नर्क यहीँ छ, जोसँग धन, मोटर आदि छ, ऊ स्वर्गमा छ। यो
बुझ्दैनन्– स्वर्ग त नयाँ दुनियाँलाई भनिन्छ। यहाँ सबै कुरा सिक्नुछ। साइन्सको कला
पनि फेरि त्यहाँ काममा आउँछ। यो साइन्सले त्यहाँ पनि सुख दिन्छ। यहाँ त यी सबैबाट
अल्पकालको सुख हुन्छ। त्यहाँ तिमी बच्चाहरूको लागि यो स्थायी सुख हुन्छ। यहाँ सबै
सिक्नुछ जसको फेरि संस्कार लिएर जान्छौ। कुनै नयाँ आत्माहरू आउँदैनन्, जसले सिक्छन्।
यहाँका बच्चाहरूले नै साइन्स सिकेर त्यहाँ जान्छन्। धेरै होसियार हुन्छन्। सबै
संस्कार लिएर जान्छन् फेरि त्यहाँ काममा आउँछ। अहिले अल्पकालको सुख छ। फेरि यी बम
आदिले नै सबैलाई खतम गरिदिन्छन्। मृत्युबिना शान्तिको राज्य कसरी हुन्छ। यहाँ त
अशान्तिको राज्य छ। यो पनि तिमीहरूमा नम्बरवार छौ जसले बुझ्छौ, हामी सबैभन्दा पहिला
आफ्नो घर जान्छौँ त्यसपछि सुखधाममा आउँछौँ। सुखमा बाबा त आउँदै आनुहुन्न। बाबा
भन्नुहुन्छ– मलाई पनि वानप्रस्थ रथ चाहिन्छ नि। भक्तिमार्गमा पनि सबैका कामनाहरू
पूरा गर्दै आएको छु। सन्देशीहरूलाई पनि देखाइएको छ– कसरी भक्तहरूले तपस्या, पूजा आदि
गर्छन्, देवीहरूलाई सजाएर, पूजा आदि गरेर फेरि समुद्रमा डुबाइदिन्छन्। कति खर्च
हुन्छ। सोध– यो कहिलेदेखि सुरु भयो? अनि भन्छन्– परम्परादेखि चल्दै आएको छ। कति
भौँतारिइरहन्छन्। यो पनि सबै ड्रामा हो।
बाबाले बारम्बार
बच्चाहरूलाई सम्झाउनुहुन्छ– म तिमीलाई धेरै मीठो बनाउन आएको छु। यी देवताहरू कति
मीठा छन्। अहिले त मनुष्य कति कटु छन्। जसले बाबालाई धेरै मद्दत गरेका थिए, उनीहरूको
पूजा गरिरहन्छन्। तिमीहरूको पनि पूजा हुन्छ, पद पनि तिमीले उच्च प्राप्त गर्छौ। बाबा
स्वयं भन्नुहुन्छ– मैले तिमीलाई आफूभन्दा पनि उच्च बनाउँछु। उच्चभन्दा उच्च श्रीमत
हो भगवानको। गीतामा पनि श्रीमत प्रसिद्ध छ। श्रीकृष्णले त यस समयमा बाबाबाट वर्सा
लिइरहेका छन्। श्रीकृष्णको आत्माको रथमा बाबाले प्रवेश गर्नुभएको छ। कति आश्चर्यजनक
कुरा छ। यो कुरा कहिल्यै कसैको बुद्धिमा आउँदैन। बुझ्नेहरूलाई पनि सम्झाउनमा धेरै
मेहनत लाग्छ। बाबाले कति राम्रोसँग बच्चाहरूलाई सम्झाउनुहुन्छ। बाबा लेख्नुहुन्छ–
सर्वोत्तम ब्रह्मा मुखवंशावली ब्राह्मण। तिमीले उच्च सेवा गरेकोमा यो प्राइज मिल्छ।
तिमी बाबाको मददगार बन्यौ भने सबैलाई प्राइज मिल्छ– नम्बरवार पुरुषार्थ अनुसार।
तिमीहरूमा पनि ठुलो तागत छ। तिमीले मनुष्यलाई स्वर्गको मालिक बनाउन सक्छौ। तिमी
रुहानी सेना हौ। तिमीले यो ब्याज लगाएनौ भने मनुष्यले कसरी थाहा पाउँछन्– यिनीहरू
पनि रुहानी मिलिट्री हुन्। मिलिट्रीहरूले सदैव ब्याज लगाएका हुन्छन्। शिवबाबा नयाँ
दुनियाँका रचयिता हुनुहुन्छ। यहाँ यी देवताहरूको राज्य थियो, अहिले छैन। फेरि बाबा
भन्नुहुन्छ– मनमनाभव। देहसहित सबै सम्बन्ध छोडेर म एकलाई याद गर त्यसपछी श्रीकृष्णको
डाइनेस्टी (राजवंश) मा आउँछौ। यसमा त लाजको कुरा नै छैन। यसबाट त बाबाको याद हुन्छ।
बाबा यिनको लागि पनि बताउनुहुन्छ– यिनले नारायणको पूजा गर्थे, नारायणको मूर्ति साथमा
रहन्थ्यो। हिँड्दा डुल्दा त्यो नारायणको मूर्तिलाई हेर्थे। अहिले तिमी बच्चाहरूलाई
ज्ञान छ, ब्याच त अवश्य लगाएको हुनुपर्छ। तिमी हौ नरलाई नारायण बनाउने। राजयोग पनि
तिमीले नै सिकाउँछौ। नरबाट नारायण बनाउने सेवा गर्छौ। आफैलाई हेर्नुछ– ममा कुनै
अवगुण त छैन?
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) आफैलाई हेर्नुछ– ममा कुनै अवगुण त छैन! देवताहरू जस्ता मीठा छन्, त्यस्तै मीठो
बनेकोछु?
२) बाबाको
सर्वश्रेष्ठ मतमा चलेर आफ्नो राजधानी स्थापना गर्नुछ। सेवाधारी बन्नको लागि सृष्टिको
आदि-मध्य-अन्त्यको, हेभेन र हेलको ज्ञान बुद्धिमा घुमाउनुछ।
वरदान:–
खुदाई
खिदमतगारको स्मृतिद्वारा सहज यादको अनुभव गर्ने सहजयोगी भव
खुदाई खिदमतगार
अर्थात् जे खुदा वा बाबाले खिदमत (सेवा) दिनुभएको छ, त्यही सेवामा सदा तत्पर रहनेहरू।
सदा यही नशा रहोस्– हामीलाई स्वयं खुदाले खिदमत दिनुभएको छ। कार्य गर्दा, जसले
कार्य दिनुभएको छ उहाँलाई कहिल्यै बिर्सिइँदैन। त्यसैले कर्मणा सेवामा पनि यो स्मृति
रहोस्– बाबाको निर्देशन अनुसार गरिरहेका छौँ जसबाट सहजै यादको अनुभव गरेर सहजयोगी
बन्छौ।
स्लोगन:–
सदा ईश्वरीय
विद्यार्थी जीवनको स्मृति रह्यो भने माया नजिक आउन सक्दैन।
अव्यक्त इसारा:– अब
लगनको अग्निलाई प्रज्वलित गरेर योगलाई ज्वालारूप बनाऊ
जति स्थापनाका
निमित्त बनेकाहरू ज्वालारूप हुन्छन् त्यति नै विनाश ज्वाला प्रत्यक्ष हुन्छ।
सङ्गठितरूपमा ज्वालारूपको यादले विश्वको विनाशको कार्य सम्पन्न गर्छ, यसको लागि
हरेक सेन्टरमा विशेष योगको प्रोग्राम चलिरह्यो भने विनाश ज्वालालाई पंख लाग्छ। योग
अग्निबाट विनाशको अग्नि जल्नेछ, ज्वालाबाट ज्वाला प्रज्वलित हुन्छ।