22.09.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– तिमी समझदार बनेका छौ त्यसैले कमाइमा धेरै नै रुचि हुनुपर्छ। कामधन्दा आदिबाट पनि समय निकालेर बाबालाई याद गरेमा कमाइ भइरहन्छ।”

प्रश्न:–
तिमी बच्चाहरूलाई अहिले कुन यस्तो श्रीमत मिल्छ, जुन कहिल्यै मिलेन?

उत्तर:–
१- तिमीलाई यतिबेला बाबाले श्रीमत दिनुहुन्छ– प्यारा बच्चाहरू! सबेरै सबेरै उठेर बाबाको यादमा बस्यौ भने पूरा वर्सा मिल्छ। २- गृहस्थ व्यवहारमा रहेर कमलफूल समान रहनुछ, यस्तो श्रीमत अरू सतसङ्गहरूमा कहिल्यै मिल्न सक्दैन। ती सतसङ्गहरूमा बाबा र वर्साको कुरा हुँदैन।

गीत:–
तुम्हीं हो माता पिता......

ओम् शान्ति ।
सारा विश्वमा अनेक प्रकारका सतसङ्ग हुन्छन्। यस्तो कुनै पनि सतसङ्ग वा चर्च वा मन्दिर छैन, जहाँ मानिसहरूको बुद्धिमा हुन्छ– हामीले यो वर्सा पाइरहेका छौँ। यहाँ तिमी बच्चाहरू हामीले आफ्नो बाबाबाट सुखधामको वर्सा पाइरहेका छौँ भन्ने विचारले बसेका छौ, सबै सेन्टरहरूमा पनि बच्चाहरू आफ्नो बेहदको बाबाको यादमा बसेका छन्। यसरी अरू कुनै सतसङ्ग वा चर्च आदिमा जान्दैनन्। यो कुरा तिमी बच्चाहरूको बुद्धिमा मात्रै छ। तिमी बच्चाहरूलाई थाहा छ, हामी बेहदको बाबाको यादमा बसेका छौँ, नयाँ दुनियाँ स्वर्गको वर्सा लिइरहेका छौँ। सबै बच्चाहरूले एक बाबाबाट वर्सा लिइरहेका छौ। यति धेरै बच्चाहरू वृद्धि हुँदै जान्छन्। सबैलाई श्रीमत मिल्छ, सबेरै उठेर बाबालाई याद गर। हामीले बाबाबाट यो वर्सा लिनेछौँ। हामी उहाँ बाबाका बनेका छौँ। अहिले आत्मालाई बाबाबाट पहिचान मिलेको छ। बाबा निर्देशन दिनुहुन्छ, मलाई याद गर र गृहस्थ व्यवहारमा रहेर कमल फूलसमान पवित्र रहनुछ। सबै आत्माहरू यहाँ आएर बस्नु त छैन। स्कुलमा पढेर फेरि आआफ्नो घर जान्छन्। हरेक बच्चा बच्चीले आफ्नो टिचरबाट वर्सा पाउन सक्छन्। यो पनि त्यस्तै हो। दिनहुँ पढेर फेरि घरमा गएर कामधन्दा आदि गर। तिमी गृहस्थ व्यवहारमा पनि छौ र फेरि विद्यार्थी (स्टुडेन्ट) पनि हौ। गृहस्थ व्यवहारमा रहेरै कमल फूल समान रहनु छ। यस्तो कुरा कुनै संन्यासी आदिले भन्दैनन्। यहाँ तिमी यथार्थ (प्राक्टिकल) मा बसेका छौ। गृहस्थ व्यवहारमा रहेर पवित्र बन्छौ। अरू कसैले पवित्र बनेर परमपिता परमात्मालाई याद गर्दैनन्। सुन्न त गीता सुन्छन्, पढ्छन् तर याद त गर्दैनन् नि! भनाइ र गराइमा फरक छ। तिमीलाई थाहा छ, हाम्रो बाबा ज्ञानको सागर हुनुहुन्छ, उहाँमा सम्पूर्ण ड्रामा चक्रको ज्ञान छ। अहिले हामीलाई पनि ज्ञान मिलिरहेको छ। यो चक्र धेरै राम्रो छ। यो पुरुषोत्तम युग भएको हुनाले तिम्रो यो जन्म पनि पुरुषोत्तम हो। अधिक मास हुन्छ नि!

तिमी बच्चाहरूलाई थाहा छ, हामी अवश्य बाबाबाट पुरुषोत्तम बनिरहेका छौँ। हामी फेरि मर्यादा पुरुषोत्तम बनिरहेका छौँ, फेरि हामीले ८४ को चक्कर लगायौँ, यसको ज्ञान बुद्धिमा छ। अरू कुनै सतसङ्गमा यो कुरा सम्झाउँदैनन्। तिमीले बुझेका छौ, हामी यस्तो बन्नु छ। बनाउने एक मात्र बाबा हुनुहुन्छ। यो लक्ष्मीनारायणको चित्रमा तिमीले राम्रोसँग सम्झाउन सक्छौ। अवश्य ब्रह्माद्वारा योगबलले यिनीहरूले यो पद पाएका हुन्। बुद्धिमा यस्तो स्मृतिमा ल्याउनुपर्छ। ब्रह्मा-सरस्वती, लक्ष्मीनारायणका दुई रूप पनि देखाइएका छन्। ब्रह्मा-सरस्वती पछि फेरि प्रजा पनि देखाउनुपर्छ। हरेक कुरामा राम्रोसँग विचार गर्नुपर्छ। बाबा भन्नुहुन्छ– मलाई याद गर। ब्रह्मालाई पनि भन्नुहुन्छ, मलाई याद गरेमा यस्तो बन्छौ। अर्थात् सबै ब्रह्मामुख वंशावलीलाई भन्नुभयो, मलाई याद गर। कसरी याद गर्नु छ, यो पनि बुद्धिमा छ। चित्र पनि सामुन्ने राखिएका छन्। यिनमा सम्झाउन धेरै सहज छ। बाबाको परिचय दिनु छ। प्रदर्शनीमा पनि यस विषयमा सम्झाऊ। तिमीलाई यो निश्चय बस्छ– अवश्य उहाँ सबैको बेहदको बाबा हुनुहुन्छ। यस हिसाबले हामीलाई बेहदको वर्सा मिल्नुपर्छ। हामी निराकारी आत्माहरू त भाइ भाइ हौँ। साकारमा आएपछि भाइबहिनी बन्छौँ, अनि पढ्न सक्छौँ। भाइबहिनी बन्छन् नै ब्रह्माका बच्चाहरू। वर्सा बाबाबाट मिल्छ। यो कुरा बुद्धिमा बसाउनु छ। जसलाई सम्झाउँदा पनि पहिला बाबाको परिचय देऊ। हामी भाइ भाइ हौँ, सर्वव्यापी भनेमा पिता नै पिता हुन्छ। पिता नै पिता भएमा वर्सा कहाँबाट मिल्छ। पिता नै पिता भन्दै गिर्दै आएका छन्। वर्सा केही पनि हुँदैन। अहिले भाइ भाइ सम्झेमा नै वर्सा मिल्छ। त्यसैले त्यसमा राम्रोसँग सम्झाएमा बुद्धिमा जो अष्ट देवताहरू आदि बसेका छन्, ती सबै निस्कनेछन्। भन, दुई बाबा हुनुहुन्छ। रुहानी बाबा जसबाट सबैको सद्गति हुनु छ, उहाँले नै सुखशान्तिको वर्सा दिनुहुन्छ। सबै सुखी हुन्छन्। उहाँलाई भनिन्छ स्वर्गका रचयिता परमपिता परमात्मा। पहिला बाबाको प्रभाव बुद्धिमा बसाउनुपर्छ। उहाँ आत्माहरूको बेहदको बाबा हुनुहुन्छ। उहाँलाई नै पतितपावन भनिन्छ। तिमी आत्मा परमपिता परमात्माका बच्चा हौ। यो निश्चयमा दृढ होऊ। यही मूल कुरा पहिला बुद्धिमा बसाउनु छ। यो कुरा बुझ्यौ भने खुसीको पारा चढ्छ र भन्छौ– हामीले बाबालाई पक्कै याद गर्नेछौँ। हामीलाई निश्चय छ, हामी बाबालाई याद गरेर विश्वको मालिक बन्छौँ। यसबाट धेरै खुसी हुन्छ। समझदार रहेछन् र बुद्धिमा पूरा निश्चय रहेछ भने भन्छन्, यस्तो बेहदको बाबा जो दादामा आउनुहुन्छ, पहिला उहाँसँग मिलौँ। शिवबाबाले ब्रह्माद्वारा मात्रै हामीसँग कुरा गर्न सक्नुहुन्छ। तिमी आत्मा नै उहाँसँग मिलेका छैनौ भने कसरी याद गर्छौ। तिमी बच्चाहरू एडप्ट भयौ भने मात्र याद आउँछ। एडप्ट नै भएनौ भने कसरी याद आउँछ। पहिला उहाँ बाबाको बन। यस्तो बाबासँग त तुरुन्तै मिल्नुपर्छ। बाबाले पनि यही सोध्नुहुन्छ, तिमीले आफूलाई आत्मा सम्झन्छौ? म तिमी आत्माहरूको बाबा हुँ। शिवबाबाले तिमीसँग कुरा गरिरहनुभएको छ। मेरो आत्माको बाबा, उहाँ तिम्रो पनि बाबा हुनुहुन्छ। उहाँले सोध्नुहुन्छ, तिमीलाई निश्चय छ– सबै आत्माहरूको बाबा अवश्य एक मात्र हुनुहुन्छ। उहाँले नै वर्सा दिनुहुन्छ। पवित्र पनि बन्नु छ। उहाँबाहेक अरू सबैलाई भुल्नु छ।

तिमी आत्मा घरबाट अशरीरी आएका थियौ नि! त्यतिबेला कुनै पनि देह, सम्बन्ध थिएन। आत्मा जुनबेला शरीरमा प्रवेश गर्छ, शरीर ठुलो हुन्छ, अनि उसलाई सम्झाइन्छ– यिनी तिम्रो बुबा हुन्, यिनीहरू फलाना हुन् । आत्मा त सबै सम्बन्धहरूबाट न्यारा छ। आत्मा गयो भने भनिन्छ– आफू मरेपछि मरिगयो दुनियाँ। आत्मा बन्धनरहित हुन्छ। जुनबेला अर्को शरीर मिल्छ, आमाको गर्भमा गएर बाहिर निस्कन्छ, समझदार हुन्छ, फेरि सम्बन्धको कुरा आउँछ। त्यसैले यहाँ पनि तिमी बच्चाहरूले सम्झाउनु छ। जीवन छँदै सबै थोक भुल्नु छ। एक बाबालाई याद गर्नु– यो हो अव्यभिचारी याद। यसलाई नै योग भनिन्छ। यहाँ त मानिसहरूलाई अनेकौँको याद हुन्छ। तिम्रो यो अव्यभिचारी याद हो। आत्मालाई थाहा छ– यी सबै शरीरका सम्बन्धहरू खतम हुनु छ। हाम्रो सम्बन्ध एक बाबासँग छ, बाबालाई जति याद गर्छौँ, त्यति विकर्म विनाश हुन्छ। यस्तो पनि होइन– इष्टमित्रहरूलाई याद गरेमा कुनै विकर्म बन्छ। होइन, विकर्म तब बन्छ, जब त्यस्तो कुनै गलत कर्म गर्छौ। बाँकी अरू कसैलाई याद गरेर मात्र विकर्म बन्दैन, हो, समय पक्कै व्यर्थ जान्छ। एक बाबालाई याद गरेमा विकर्म विनाश हुन्छ। यो पाप काट्ने युक्ति हो। बाँकी सम्बन्ध आदि त याद हुन्छन्। शरीर निर्वाह अर्थ कामधन्दा आदि सबै गर तर जति टाइम मिल्छ त्यति बाबालाई याद गरिराख, अनि खाद निस्कन्छ। मूल कुरा यो हो। भित्रैदेखि विचार गर– पतितबाट पावन कसरी बन्ने। बाबालाई याद गर्नुपर्छ। गृहस्थ व्यवहारमा रहनु छ। संन्यासीहरू पनि शरीर छोडेर फेरि गृहस्थीहरूकहाँ नै गएर जन्म लिन्छन्। यस्तो त होइन, जन्मजन्मान्तरको लागि पावन बन्छन्। अहिले त यो कुनै निर्विकारी दुनियाँ होइन। यो विकारी दुनियाँ हो। यसबाट कोही निस्कन सक्दैनन्। विकारी दुनियाँमा रहने भएकाले केही न केही कमी पक्कै छ। बाँकी दुनियाँ त दुईवटा नै छन्। विकारी दुनियाँ र निर्विकारी दुनियाँ, पावन दुनियाँमा देवताहरू रहन्थे, त्यसैले सम्झाउन धेरै सहज हुन्छ। यस पतित दुनियाँको अब विनाश हुनु छ। विनाश हुनुभन्दा पहिला बेहदको बाबाबाट वर्सा लिनु छ। बाबा भन्नुहुन्छ– देहका सम्बन्ध छोडेर आफूलाई आत्मा निश्चय गर र बाबालाई याद गर्छौ भने तिमी पावन बन्छौ। बाबा भन्नुहुन्छ– तिमीले मलाई पतितपावन भन्छौ नि! गङ्गामा डुबुल्की लगाउने त धेरै छन्। यस्तो कहाँ हो र– ती डुबुल्की लगाउनेहरू पावन बन्छन्। प्रदर्शनीमा धेरै राम्रोसँग सम्झाउनुपर्छ। प्रजापिता त यहाँ नै हुनुपर्छ। चित्रमा तल कल्पवृक्षको जरामा बसेर यी ब्रह्मा र ब्रह्माकुमार-कुमारीहरूले तपस्या गरिरहेका छन्। त्यसैले यो कुरा राम्रोसँग सम्झाउनुपर्छ। कसैलाई पनि भित्री हृदयदेखि सम्झाउनु छ। वादविवाद गरेमा बदनाम गरिदिन्छन्। हामी कतै अलमलियौँ भन्ने देख्यौ भने भन, हुन्छ एकछिन पर्खनुहोस्, हामीले अर्की दिदीजीलाई पठाउँछौँ। एकअर्काभन्दा तीक्ष्ण हुन्छन् नि! प्रदर्शनी मेलामा जाँच गर्नुपर्छ– ठीक तरिकाले सम्झाउँछन्। कुनै बहस त गर्दैनन्। प्रवेशद्वारमा पनि चिन्ने व्यक्ति हुनुपर्छ। अनेक प्रकारका आत्माहरू आउँछन् नि! ठुला मानिसलाई पक्कै पनि आदर गर्छन्। फरक त पक्कै हुन्छ। यसमा यो आउनुहुँदैन– यिनीहरूमाथि प्यार छ, उनीहरूमाथि छैन। द्वैत दृष्टि छ, होइन। यसलाई द्वैत भनिँदैन। सम्झन्छन्, यहाँ ठुला मानिसको सत्कार गरिन्छ। सेवाधारीको सत्कार गर्छन् नि! कसैले भवन बनाएर दिएको रहेछ भने उसको सत्कार त पक्कै गर्छन् नि! तिम्रै लागि त भवन बनेका हुन् नि! जसले मेहनत गरेर राजा बन्छन्, तिनीहरूलाई प्रजाले स्वतः सत्कार गर्छन् नि! साधारण पद हुनेकोभन्दा, ठुलो पद भएकाको सत्कार त हुन्छ नि! बेहदको बाबाका सारा दुनियाँका आत्माहरू बच्चा हुन्। तर जन्म लिएका छन् भारतभूमिमा। यहाँका मानिसहरू जो पहिला उच्च थिए, अब नीच बनेका छन्। त्यसैले बाबा भन्नुहुन्छ, म पढाउन आएको छु। म भारतभूमिमा आउँछु, अनि सबैको कल्याण हुन्छ। खास आत्मालाई र साधारण आत्मालाई गरिने व्यवहारमा फरक त हुन्छ नि! अहिले भारतवर्ष नै नर्क छ, फेरि स्वर्ग बन्नु छ। त्यसैले भारतवर्षमा नै त जान्छौ नि, अरू ठाउँ गएर के गर्छौ। भारतवर्षमा नै भक्तिमार्गमा पहिला सुरुमा सोमनाथको ठुलो आलिसान मन्दिर बनाएका थिए। जसरी बेलायतमा ठुलाभन्दा ठुला चर्च बनाउँछन् किनकि त्यो पोपले लिएको राज्य हो। सबै चर्च एकनास हुँदैनन्। नम्बरवार त हुन्छ नि! सोमनाथको मन्दिर कति हिराजुहारतले भरपुर थियो, मुसलमान आदिले लुटेर लगे। धेरै धनवान् थिए। चर्चबाट के लुट्न सक्छन्। मानिसहरू धनको पछाडि पर्छन् नि! मोहमद गजनवीले कति लग्यो। फेरि अङ्ग्रेजहरू आए, उनीहरूले पनि यहाँबाट धन पठाउँदै गए। धेरै धन लगे। अब त्यो तिमीलाई फिर्ता मिलिरहेको छ, करोडौँ रुपैयाँ दिन्छन्। यो सबै समय आएपछि मिलिरहेको छ। हिसाब नमिले समय आएपछि कसरी चल्छ।

बाबा सम्झाउनुहुन्छ, यो ड्रामा कसरी बनेको छ। यो लेनदेनको हिसाब कस्तो छ। तैपनि तिमी बच्चाहरू अब स्वर्गको मालिक बन्नु छ। यो विश्वको इतिहास-भूगोलले कसरी चक्कर लगाउँछ, त्यो पनि तिमी बच्चाहरूलाई सम्झाइएको छ। फेरिपनि भन्नुहुन्छ, प्यारा बच्चाहरू! मनमनाभव। यो सबै फेरि रिपिट हुन्छ। हरेक कुरा सतोबाट तमोप्रधान बन्छ। दिनमा कामधन्दा आदि गर्छौ, त्यो टाइम छोड। बाँकी जति टाइम मिल्छ त्यस टाइममा मलाई याद गर। कामधन्दा आदिमा पनि कहिलेकाहीँ टाइम मिल्छ। कतिपयको यस्तो सेवा हुन्छ, केवल हस्ताक्षर गरेपछि पुग्यो। यसरी पनि धेरै फ्री हुन्छन्। तैपनि रात त आफ्नै हो। दिनमा शरीर निर्वाहको लागि कमाइ गर्छौ, राति फेरि यो कमाइ गर। यो भविष्य २१ जन्मको लागि हो। भनिन्छ एक घडी, आधी घडी– जति सकिन्छ बाबाको यादमा रह्यौ भने तिम्रो धेरै कमाइ हुन्छ। जो समझदार छ, उसले बुझ्छ– अवश्य धेरै कमाइ गर्न सक्छौँ। कोही कोहीले चार्ट पनि लेख्छन्– हामीले यति समय याद गरेछौँ। अज्ञान कालमा कसैले आफ्नो दिनचर्या लेख्छन्। तिमीले पनि चार्ट लेख्यौ भने अटेन्सन हुन्छ। कुनै टाइम व्यर्थ गुमाउनु छैन! कुनै विकर्म त गरिएन! अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) कुनै पनि देहधारीलाई याद गरेर आफ्नो टाइम व्यर्थ गुमाउनु छैन। यस्तो कुनै गलत कर्म नहोस्, जुन विकर्म बन्छ।

२) जीवन छँदै सबैथोक भुलेर एक बाबालाई याद गर्नु छ। शरीर निर्वाह अर्थ कर्म पनि गर्नु छ। साथसाथै समझदार बनेर राति पनि जागेर यो अविनाशी कमाइ गर्नु छ। यादको चार्ट राख्नु छ।

वरदान:–
सम्पूर्ण स्थिति र पदको स्मृतिद्वारा सदा उच्च कर्तव्य गर्ने बाबासमान भव

सदैव यो स्मृतिमा रहोस्– म हर पल, हर सेकेन्ड, हर कर्म गर्दा स्टेजमा छु भने हर कर्ममा अटेन्सन हुन्छ र सम्पूर्ण स्थितिको नजिक आउँछौ। साथसाथै वर्तमान र भविष्यको पदको स्मृति रहेमा हर कर्म श्रेष्ठ हुन्छ। यिनै दुई स्मृतिले बाबासमान बनाइदिन्छन्। समानतामा आएमा एकअर्काको मनको सङ्कल्पलाई सहजै टिप्न सक्छौ। यसको लागि केवल सङ्कल्पहरूमा नियन्त्रण शक्ति चाहिन्छ। आफ्ना सङ्कल्पहरूलाई मिसावट नगर।

स्लोगन:–
ईर्ष्या र अप्राप्तिका कारण इच्छाहरू हुन्, जहाँ सर्व प्राप्तिहरू छन्, त्यहाँ प्रसन्नता हुन्छ।

अव्यक्त इसारा:– अब आफ्नो दाता स्वरूपलाई प्रत्यक्ष गर।

हर सेकेन्ड, हर सङ्कल्प चेक गर, केही दियौ? दिएका छैनौ? दिँदै जाऊ। जति लिनु छ बाबाबाट, त्यो त लिइसक्यौ, अब दिनु छ। जति जति दिनमा व्यस्त हुन्छौ, त्यति कुनै पनि कुरा पार गर्न मुस्किल हुँदैन। सबै कुरा धेरै सहज हुन्छन् किनकि महादानी बनेमा महान् शक्तिको प्राप्ति स्वतः हुन्छ।