22.11.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– सबैलाई
यो खुसीको खबर सुनाऊ– अब दैवी राज्य स्थापना भइरहेको छ , दुनियाँ निर्विकारी भएपछि
बाँकी सबै विनाश हुनेछन्।”
प्रश्न:–
रावणले कहिले
श्राप दिन्छ, श्रापित हुनेको निसानी के हुन्छ?
उत्तर:–
तिमी देह
अभिमानी बनेपछि रावणले श्राप दिन्छ। श्रापित आत्माहरू कङ्गाल विकारी बन्दै जान्छन्,
तल उत्रँदै जान्छन्। अब बाबाबाट वर्सा लिनको लागि देहीअभिमानी बन्नुछ। आफ्नो
दृष्टि-वृत्तिलाई पावन बनाउनुछ।
ओम् शान्ति ।
रुहानी बाबा
बसेर रुहानी बच्चाहरूलाई ८४ जन्मको कहानी सुनाउनुहुन्छ। यो त जान्दछौ– सबैले त ८४
जन्म लिँदैनन् होला। तिमी नै पहिला सुरुमा सत्ययुग आदिमा पूज्य देवीदेवता थियौ।
भारतवर्षमा पहिला पूज्य देवीदेवता धर्मको नै राज्य थियो। लक्ष्मी-नारायणको राज्य
थियो त्यसैले अवश्य राजवंश हुन्छ। राजघरानाका मित्र-सम्बन्धी पनि हुन्छन्। प्रजा पनि
हुन्छन्। यो एक कहानीजस्तै हो। ५ हजार वर्ष पहिला पनि यिनीहरूको राज्य थियो– यो
स्मृतिमा ल्याउनुहुन्छ। भारतवर्षमा आदि सनातन देवीदेवता धर्मको राज्य थियो। यो कुरा
बेहदका बाबा बसेर सम्झाउनुहुन्छ, जसलाई नै नलेजफुल भनिन्छ। नलेज अर्थात् ज्ञान कुन
चीजको? मनुष्यले सम्झन्छन्– उहाँले सबैको मनभित्रको कुरा, कर्म विकर्मलाई
जान्नुहुन्छ। तर अहिले बाबा सम्झाउनुहुन्छ– हरेक आत्मालाई आ-आफ्नो पार्ट मिलेको छ।
सबै आत्माहरू आफ्नो स्थानमा परमधाममा बस्छन्। ती आत्माहरूमा सारा पार्ट भरिएको
हुन्छ। रेडी भएर बसेका छन्– गएर कर्मक्षेत्रमा आफ्नो पार्ट खेल्न। यो पनि तिमीले
बुझेका छौ– हामी आत्माहरूले सबै कुरा गर्छौं। आत्माले नै भन्छ– यो अमिलो छ, यो
नुनिलो छ। आत्माले नै जान्दछ– हामी अहिले विकारी पाप आत्मा हौँ। हाम्रो स्वभाव आसुरी
छ। आत्माले नै यहाँ कर्मक्षेत्रमा शरीर लिएर सारा पार्ट खेल्छ। त्यसैले त यो निश्चय
गर्नुपर्छ नि! म आत्माले नै सबै कुरा गर्छु। अहिले हामी आत्माहरू बाबासँग मिलेका
छौँ, फेरि ५ हजार वर्षपछि मिल्नेछौँ। यो पनि जान्दछौँ– पूज्य र पुजारी, पावन र पतित
बन्दै आएका छौँ। पूज्य हुँदा कोही पतित हुन सक्दैन। पुजारी हुँदा पावन कोही हुन
सक्दैन। सत्ययुगमा हुन्छन् नै पावन पूज्य। द्वापरबाट रावण राज्य सुरु भएपछि सबै
पतित पुजारी बन्छन्। शिवबाबा भन्नुहुन्छ– हेर, शङ्कराचार्य पनि मेरो पुजारी हुन्।
मलाई पुज्छन् नि। शिवको चित्र कसैसँग हीराको, कसैसँग सुनको, कसैसँग चाँदीको हुन्छ।
तर जसले पूजा गर्छन्, ती पुजारीलाई त पूज्य भन्न सकिँदैन। सारा दुनियाँमा यस समयमा
पूज्य एक जना पनि हुन सक्दैनन्। पूज्य पवित्र बन्छन्, फेरि अपवित्र बन्छन्। पवित्र
हुन्छन् नयाँ दुनियाँमा। पवित्रलाई नै पुजिन्छन्। जसरी कुमारी पवित्र हुँदा
पुज्नलायक हुन्छन्, अपवित्र बने भने फेरि सबैको अगाडि शिर झुकाउनुपर्छ। पूजाका कति
सामग्री छन्। कहीँ पनि प्रदर्शनी, सङ्ग्रहालय आदि खोल्यौ भने माथि त्रिमूर्ति शिव
अवश्य हुनुपर्छ। तल यी लक्ष्मी-नारायण लक्ष्य उद्देश्य। हामीले यो पूज्य देवी-देवता
धर्मको स्थापना गरिरहेका छौँ। त्यहाँ फेरि अरू कुनै धर्म हुँदैन। तिमीले सम्झाउन
सक्छौ, प्रदर्शनीमा त भाषण आदि गर्न सक्दैनौ। सम्झाउनको लागि फेरि अलग्गै प्रबन्ध
हुनुपर्छ। मुख्य कुरा नै यो हो– हामीले भारतवर्षमा बस्नेहरूलाई खुसीको खबर सुनाउँछौँ।
हामीले यो राज्य स्थापना गरिरहेका छौँ। यो देव वंश थियो, अहिले छैन, फेरि यसको
स्थापना हुन्छ र अरू सबै विनाश हुनेछन्। सत्ययुगमा यो एक धर्म हुँदा अनेक धर्म
थिएनन्। अब यी अनेक धर्म मिलेर एक हुने, त्यो त हुन सक्दैन। उनीहरू आउँछन् नै
एकअर्काको पछाडि र वृद्धि भइरहन्छन्। पहिलो आदि सनातन देवीदेवता धर्म प्रायः लोप
भएको छ। कोही पनि छैनन् जसले आफूलाई देवीदेवता धर्मको भन्न सक्छन्। यसलाई भनिन्छ नै
विकारी संसार। तिमीले भन्न सक्छौ– हामीले तपाईंलाई खुसीको खबर सुनाउँछौँ– शिवबाबाले
निर्विकारी संसार स्थापना गरिरहनुभएको छ। हामी प्रजापिता ब्रह्माका सन्तान
ब्रह्माकुमार-कुमारीहरू हौँ नि। पहिला सुरुमा त हामी भाइ भाइ हौँ, फेरि रचना भएपछि
भने अवश्य भाइ-बहिनी हुन्छौँ। सबैले भन्छन्– बाबा हामी हजुरका बच्चाहरू हौँ, त्यसैले
भाइबहिनीको विकारी आँखा जान सक्दैन। यो अन्तिम जन्म पवित्र बन्नुछ, त्यसपछि मात्रै
पवित्र विश्वको मालिक बन्न सकिनेछ। तिमीलाई थाहा छ– गति-सदगतिदाता हुनुहुन्छ नै एक
बाबा। पुरानो दुनियाँ परिवर्तन भएर अवश्य नयाँ दुनियाँ स्थापना हुनुछ। त्यो
परिवर्तन त भगवानले नै गर्नुहुन्छ। अब उहाँले नयाँ दुनियाँ कसरी रचना गर्नुहुन्छ,
यो कुरा तिमी बच्चाहरूले नै जान्दछौ। अहिले पुरानो दुनियाँ पनि छ, यो खतम भएको छैन।
चित्रहरूमा पनि छ– ब्रह्माद्वारा स्थापना। यिनको यो धेरै जन्मको अन्त्यको जन्म हो।
ब्रह्माको जोडी हुँदैन, ब्रह्माको कार्य त एडप्ट गर्ने हो। सम्झाउने धेरै युक्ति
चाहिन्छ। शिवबाबा ब्रह्मामा प्रवेश गरेर हामीलाई आफ्नो बनाउनुहुन्छ। शरीरमा प्रवेश
गर्नुभयो भने त भन्नुहुन्छ– हे आत्माहरू, तिमीहरू मेरा बच्चा हौ। आत्माहरू त छन्
नै, फेरि ब्रह्माद्वारा सृष्टि रचियो भने अवश्य ब्रह्माकुमार-कुमारीहरू हुन्छन् नि,
त्यसपछि भाइ-बहिनी भयौँ। अर्को दृष्टि निस्किन्छ। हामीले शिवबाबाबाट पावन बन्ने
वर्सा लिन्छौँ। रावणबाट हामीलाई श्राप मिल्छ। अहिले हामी देहीअभिमानी बन्यौँ भने
बाबाबाट वर्सा मिल्छ। देह अभिमानी बनेमा रावणको श्राप मिल्छ। श्राप मिलेमा तल
उत्रँदै जान्छौँ। अहिले भारतवर्ष श्रापित भएको छ नि। भारतवर्षलाई यति कङ्गाल विकारी
कसले बनायो? कसैको त श्राप होला नि। यो हो रावणरूपी मायाको श्राप। हरेक वर्ष
रावणलाई जलाउँछन् त्यसैले अवश्य दुस्मन हो नि। धर्ममा नै तागत हुन्छ। अहिले हामी
देवता धर्मका बन्छौँ। बाबा नयाँ धर्मको स्थापना गर्ने निमित्त हुनुहुन्छ। कति
तागतीलो धर्म स्थापना गर्नुहुन्छ। हामीले बाबाबाट तागत लिन्छौँ, सारा विश्वमाथि
विजय पाउँछौँ। यादको यात्राबाट नै तागत मिल्छ र विकर्म विनाश हुन्छन्। त्यसैले यो
एउटा आशा पनि लेखिदिनुपर्छ। हामी खुसीको खबर सुनाउँछौँ। अब यो धर्मको स्थापना
भइरहेको छ, जसलाई नै हेभेन, स्वर्ग भनिन्छ। यसरी ठुला ठुला अक्षरमा लेखिदेऊ। बाबाले
राय दिनुहुन्छ– सबैभन्दा मुख्य कुरा हो यो। अब आदि सनातन देवी-देवता धर्मको स्थापना
भइरहेको छ। प्रजापिता ब्रह्मा पनि बस्नुभएको छ। हामी प्रजापिता
ब्रह्माकुमार-कुमारीहरू श्रीमतमा यो कार्य गरिरहेका छौँ। ब्रह्माको मत होइन, श्रीमत
हो नै परमपिता परमात्मा शिवको, जो सबैका पिता हुनुहुन्छ। बाबाले नै एक धर्मको
स्थापना, अनेक धर्महरूको विनाश गर्नुहुन्छ। राजयोग सिकेर यस्ता बन्छन्। हामी पनि
यस्तै बनिरहेका छौँ। हामीले बेहदको संन्यास गरेका छौँ किनकि थाहा छ– यो पुरानो
दुनियाँ भस्म हुनुछ। जसरी हदको पिताले नयाँ घर बनाउँछन्, फेरि पुरानोबाट ममत्व
मेटिन्छ। बाबा भन्नुहुन्छ– यो पुरानो दुनियाँ खतम हुनुछ। अब तिम्रो लागि नयाँ दुनियाँ
स्थापना गरिरहनुभएको छ। तिमीले पढ्छौ नै– नयाँ दुनियाँको लागि। अनेक धर्महरूको
विनाश, एक धर्मको स्थापना सङ्गममा नै हुन्छ। लडाइँ हुनेछ, प्राकृतिक प्रकोपहरू पनि
आउनेछन्। सत्ययुगमा यिनीहरूको राज्य हुँदा अरू कुनै धर्म थिएनन्। बाँकी सबै कहाँ
थिए? यो ज्ञान बुद्धिमा राख्नुछ। यस्तो होइन– यो ज्ञान बुद्धिमा राख्दा अर्को काम
गर्दिनँ, कति ख्याल राख्छु। चिठी लेख्ने, पढ्ने, घरको सम्हाल गर्ने, तैपनि बाबालाई
याद गरिरहन्छु। बाबालाई याद गरिन भने विकर्म कसरी विनाश हुन्छन्।
अहिले तिमी
बच्चाहरूलाई ज्ञान मिलेको छ, तिमी आधाकल्पको लागि पूज्य बनिरहेका छौ। आधाकल्प
हुन्छन् पुजारी तमोप्रधान, फेरि आधाकल्प पूज्य सतोप्रधान हुन्छन्। आत्माले परमपिता
परमात्मासँग योग लगाएमा नै पारस बन्छ। याद गर्दागर्दै आइरन एजबाट गोल्डेन एजमा
जानेछ। पतितपावन एकलाई नै भनिन्छ। पछि गएर तिम्रो आवाज निस्किनेछ। यो त सबै
धर्महरूको लागि हो। तिमीले भन्छौ पनि– बाबा भन्नुहुन्छ– पतितपावन म नै हुँ। मलाई
याद गरेमा तिमी पावन बन्नेछौ। बाँकी सबैले हिसाबकिताब चुक्ता गरेर जानेछन्। कहीँ
अलमलियौ भने सोध्न सक्छौ। सत्ययुगमा हुन्छन् नै थोरै धर्म। अहिले त अनेक धर्म छन्।
अवश्य हिसाबकिताब चुक्ता गरेर जस्ता थिए फेरि त्यस्तै बन्नेछन्। डिटेलमा किन जाने।
थाहा छ– हरेकले आएर आआफ्नो पार्ट खेल्नेछन्। अहिले सबै फर्किनुछ किनकि यी सबै
सत्ययुगमा छँदै थिएनन्। बाबा आउनुहुन्छ नै एक धर्मको स्थापना, अनेक धर्महरूको विनाश
गर्न। अब नयाँ दुनियाँको स्थापना भइरहेको छ। फेरि सत्ययुग अवश्य आउनेछ, चक्र अवश्य
घुम्नेछ। धेरै ख्यालातमा नजाऊ, मूल कुरा हामी सतोप्रधान बन्यौँ भने उच्च पद पाउनेछौँ।
कुमारीहरू त यसमा लाग्नुपर्छ, कुमारीको कमाइ मातापिताले खाँदैनन्। तर आजकाल भोका
भएका छन्, त्यसैले कुमारीहरूले पनि कमाउनुपर्छ। तिमीले जानेका छौ– अब पवित्र बनेर
पवित्र दुनियाँको मालिक बन्नुछ। हामी राजयोगी हौँ, बाबाबाट वर्सा अवश्य लिनुछ।
अहिले तिमी पाण्डव
सेना बनेका छौ। आफ्नो सेवा गर्दा पनि यो ख्याल राख्नुछ, हामी गएर सबैलाईमार्ग बताऊँ।
जति सेवा गर्छौ, त्यति उच्च पद पाउनेछौ। बाबासँग सोध्न सक्छौ– यो हालतमा मरियो भने
हामीलाई के पद मिल्छ? बाबाले तुरुन्तै बताइदिनुहुन्छ। सेवा गर्दैनौ, त्यसैले साधारण
घरमा गएर जन्म लिनेछौ, फेरि आएर ज्ञान लिनु, त्यो त मुस्किल छ किनकि सानो बच्चाले त
त्यति ज्ञान लिन सक्दैन। सम्झ, बाँकी २-३ वर्ष रह्यो भने के पढ्न सक्छौ? बाबाले
बताइदिनुहुन्छ– तिमी कुनै क्षत्रिय कुलमा गएर जन्म लिनेछौ। अन्त्यमा गएर डबल ताज
मिल्नेछ। स्वर्गको सम्पूर्ण सुख पाउन सक्दैनौ। जसले सम्पूर्ण सेवा गर्नेछन्,
पढ्नेछन्, उनीहरूले नै सम्पूर्ण सुख पाउनेछन्। नम्बरवार पुरुषार्थ अनुसार। यही
चिन्ता गर्नुछ– अहिले बनेनौँ भने कल्प कल्प बन्नेछैनौँ। हरेकले आफूलाई जान्न सक्छन्,
हामी कति मार्क्सले पास हुनेछौँ। सबैले जान्दछन्, त्यसपछि भनिन्छ– भावी। भित्र दुःख
हुन्छ नि। बसी बसी हामीलाई के भयो! बस्दाबस्दै मनुष्य मरि पनि हाल्छन्, त्यसैले बाबा
भन्नुहुन्छ– अल्छी नगर। पुरुषार्थ गरेर पतितबाट पावन बन्दै जाऊ,मार्ग बताउँदै जाऊ।
कुनै पनि मित्र-सम्बन्धी आदि छन् भने उनीहरूमाथि दया गर्नुपर्छ। देख्छौ– यिनीहरू
विकार बिना, अशुद्ध नखाइकन बस्न सक्दैनन्, फेरि पनि सम्झाइरहनुपर्छ। मान्दैनन् भने
सम्झ– हाम्रो कुलको होइन। कोसिस गरेर माइती र घरको कल्याण गर्नुछ। यस्तो आचरण पनि
हुनुहुँदैन जसले गर्दा भन्छन्– यिनीहरूले त हामीसँग कुरा पनि गर्दैनन्, मुख नै
फर्काइदिन्छन्। होइन, सबैसँग सम्बन्ध जोड्नुछ। हामीले उनीहरूको पनि कल्याण गरौँ।
धेरै रहमदिल बन्नुछ। हामी सुखको मार्गतिर जान्छौँ भने अरूलाई पनि त्यो मार्ग बताऊँ।
अन्धाको लट्ठी तिमीहरू हौ नि। गाउँछन्– अन्धों की लाठी तू। आँखा त सबैका छन्, फेरि
पनि बोलाउँछन् किनकि ज्ञानको तेस्रो नेत्र छैन। शान्ति-सुखको मार्ग बताउने एउटै बाबा
हुनुहुन्छ। अहिले यो कुरा तिमी बच्चाहरूको बुद्धिमा छ। पहिला कहाँ बुझ्थ्यौ र।
भक्तिमार्गमा कति मन्त्र जप्छन्। राम राम भनेर माछालाई खुवाउँछन्, कमिलालाई
खुवाउँछन्। अब ज्ञानमार्गमा त केही पनि गर्ने आवश्यकता छैन। चराहरू त धेरैका धेरै
मर्छन्। एउटै तुफान आउँछ, कति मर्छन्। प्राकृतिक प्रकोपहरू त अब धेरै जोडले आउनेछन्।
यो रिहर्सल भइरहनेछ। यो सबै विनाश त हुनु नै छ। मन भित्र आउँछ– अब हामी स्वर्गमा
जानेछौँ। त्यहाँ आफ्नो फस्टक्लास महल बनाउनेछौँ। जसरी कल्प पहिला बनाएका थियौँ।
बनाउनेछौँ फेरि पनि त्यही जुन कल्प पहिला बनाएका थियौँ। त्यो समयमा त्यो बुद्धि
आउनेछ। त्यसको ख्याल अब किन गर्ने, यसभन्दा त बाबाको यादमा बसौँ। यादको यात्रालाई
नभुल। महल त बन्नेछन् नै कल्प पहिलासमान। तर अहिले यादको यात्राको कर्तव्य पुरा
गर्नुछ र धेरै खुसीमा रहनुछ– हामीलाई बाबा, टिचर, सदगुरु मिल्नुभएको छ। यो खुसीमा त
रोमाञ्च खडा हुनुपर्छ। तिमीलाई थाहा छ– हामी आएकै हौँ अमरपुरीको मालिक बन्न। यो खुसी
स्थायी रहनुपर्छ। यहाँ त्यो खुसी भइरह्यो भने फेरि २१ जन्म त्यो स्थायी हुनेछ।
धेरैलाई याद गराइरह्यौ भने आफ्नो पनि याद बढ्नेछ। फेरि बानी बस्नेछ। थाहा छ– यो
अपवित्र दुनियाँमा आगो लाग्नेछ। तिमी ब्राह्मण नै हौ जसलाई यो ख्याल छ– यो सारा
दुनियाँ खतम हुनेछ। सत्ययुगमा यो केही पनि थाहा हुनेछैन। अहिले अन्त्य हो, तिमीले
यादको लागि पुरुषार्थ गरिरहेका छौ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) पतितबाट पावन बन्ने पुरुषार्थमा अल्छी गर्नुछैन। जति पनि मित्र सम्बन्धी आदि छन्,
उनीहरूमाथि दया राखेर सम्झाउनुछ, यत्तिकै छोडिदिनुछैन।
२) यस्तो आचरण
बनाउनुछैन, जसले गर्दा भनुन्– यिनीहरूले त मुखै फर्काइदिए। रहमदिल बनेर सबैको
कल्याण गर्नुछ र अरू सबै ख्यालात छोडेर एक बाबाको यादमा रहनुछ।
वरदान:–
सत्यता ,
स्वच्छता र निर्भयताको आधारले प्रत्यक्षता गर्ने रमता योगी भव
परमात्म प्रत्यक्षताको
आधार सत्यता हो र सत्यताको आधार स्वच्छता वा निर्भयता हो। कुनै पनि प्रकारको
अस्वच्छता अर्थात् सच्चाइ सफाइको कमी छ, वा आफ्नै तमोगुणी संस्कारहरूमाथि विजयी
बन्नमा, संस्कार मिलाउनमा वा विश्व सेवाको क्षेत्रमा आफ्ना सिद्धान्तहरूलाई सिद्ध
गर्नमा भय छ भने प्रत्यक्षता हुन सक्दैन, त्यसैले सत्यता र निर्भयतालाई धारण गरेर
एउटै धुनमा मस्त होऊ, रमता योगी, सहज राजयोगी बन्यौ भने सहजै अन्तिम प्रत्यक्षता
हुनेछ।
स्लोगन:–
बेहदको दृष्टि,
वृत्ति नै एकताको आधार हो, त्यसैले हदमा नआऊ।
अव्यक्त इसारा:–
अशरीरी वा विदेही स्थितिको अभ्यास बढाऊ
अशरीरी बन्नु वायरलेस
सेट हो। निर्विकारी बन्नु नै वायरलेस सेटको सेटिङ हो। अलिकति पनि अंशको पनि
अंशमात्र विकारले वायरलेसको सेटलाई बेकम्मा बनाइदिनेछ, त्यसैले अब कर्मबन्धनीबाट
कर्मयोगी बन। अनेक बन्धनहरूबाट मुक्त एक बाबाको सम्बन्धमा छौँ भन्ने जान्यौ भने सदा
एभररेडी रहनेछौ। चेक गर– भित्र कुनै पनि विकार लुकेको त छैन?