22.11.26 Avyakt Bapdada Nepali Murli 03.04.2012 Om Shanti Madhuban
मेरोलाई तेरोमा
परिवर्तन गरेर बेफिक्र बादसाह बन , बाबाको मोहब्बत र सेवामा मनलाई यति बिजी बनाइदेऊ
जसले गर्दा व्यर्थ आउने ठाउँ नै नरहोस्
आज बापदादाले
चारैतिरका आफ्ना बेफिक्र बादसाहहरूलाई देखिरहनुभएको छ। हरेक बच्चाले बिहानै उठेर
बेफिक्र स्थितिमा स्थित भएर हरेक कर्म गर्छन्। हरेक बच्चालाई अनुभव छ– यो बेफिक्र
बादसाहको जीवन बादसाही पनि र बेफिक्र पनि, कति प्यारो लाग्छ किनकि तिमीहरू सबैले
बाबालाई फिक्र दिएर फखुर लिएका छौ। फखुर पनि अविनाशी फखुर लिएका छौ। हरेकले अनुभव
गर्छन्– यो बेफिक्र जीवन कति प्यारो छ। दिनरात कुनै पनि कुराको फिक्र छैन, मात्र
फखुर छ। तिमीलाई थाहा छ– यो बेफिक्र रहने जीवन बाबाले यस एक जन्मको लागि होइन, अनेक
जन्मको लागि बेफिक्र बादसाह बनाइदिनुभयो। अहिले अनुभव गर्छौ, बेफिक्र जीवन यदि छ भने
सदा मस्तकमा दिव्य ज्योति चम्किरहन्छ। र, यदि फिक्र छ भने टाउकोमा अनेक प्रकारका
दुःखका टोकरी भरिएको हुन्छ। यो बेफिक्र जीवनको विधि धेरै सहज छ– जति पनि हदको
मेरो-मेरो छ, त्यसलाई तेरो बनाइदियौ। मेरो र तेरोमा एक अक्षरको नै फरक छ। मे र ते।
तर मेरोलाई तेरो बनाउनाले जीवन कति हर्षित बन्छ। बनेको छ नि! मुन्टो हल्लाऊ, बन्यो!
बेफिक्र जीवन बन्यो! किनकि फिक्र भएको जीवनको आधार हो व्यर्थ संकल्प। त्यसैले अहिले
बापदादाले हरेक बच्चाबाट यही चाहनुहुन्छ– हरेक बच्चाभित्र व्यर्थ संकल्पको निसान पनि
नरहोस् किनकि जब मेरोलाई तेरोमा बदलिदियौ तब तिमी के भयौ? तिमी भयौ बेफिक्र बादसाह
र यो बेफिक्र बादसाहको जीवन कति प्यारो छ। हरेक कर्म गर्दा बेफिक्र बादसाह। कुनै
फिक्र छैन, किन, के, कसरी, कहिलेसम्म... यी सबै समाप्त भए। बापदादाले आज यस सिजनको
अन्तिम दिन यही चाहनुहुन्छ– हरेक बच्चाले व्यर्थलाई मेरोको बदलामा तेरो बनाइदेओस्।
बाबाले आफैँ भस्म गरिदिनुहुनेछ। तिमीले केवल एक अक्षरको अन्तर गर, मन्जुर छ! हुन
सक्छ? यदि हुन सक्छ भने हात उठाऊ। धेरै राम्रो किनकि यो ५-६ महिना तिमीहरू सबैले
विश्वको अगाडि दुःखी आत्माहरूलाई शक्तिशाली वृत्तिद्वारा सुख-शान्तिको किरण दिनु छ।
यसैमा नै आफ्नो मन बिजी राख्नु छ। व्यर्थ संकल्प पनि केमा आउँछ? मनमा आउँछ नि!
त्यसैले बापदादाले यही चाहनुहुन्छ– हरेक बेफिक्र बादसाह बच्चाले आफ्नो मनलाई अर्थात्
वृत्तिलाई यति बिजी राखोस् जसले गर्दा व्यर्थ आउने ठाउँ नै नरहोस्। मेहनत गर्नु
नपरोस् तर बाबाको मोहब्बतमा यति बिजी रहने गर, वृत्तिको सेवामा मनलाई यति बिजी राख
जसले गर्दा युद्ध पनि गर्नु नपरोस्। कैयौँ बच्चाहरूले भन्छन्– चाहँदैनौँ तर आउँछन्।
यसलाई के भनिन्छ? मनलाई बाबाको प्रेम र सेवामा बिजी राखेनौ। सबैलाई सोध्नुहुन्छ–
तिम्रो प्रेम बाबासँग कति छ? तब के भन्छन्? बेहद छ। जससँग प्रेम हुन्छ, उसको भनाइ
मान्न कुनै मुस्किल हुँदैन। त्यसो भए तिमीहरू सबैको बाबासँग अटुट प्रेम छ नि! कि
कहिलेकाहीँ छ? सदा छ कि कहिलेकाहीँ छ? जसले सदा प्रेम छ भन्छन्, उनीहरूले हात उठाऊ।
सदा प्रेम छ, हेर सोच, सदा प्रेम छ भने बाबाको भनाइ र बच्चाको गराइ। यो त तिमीलाई
थाहा छ नि!
त्यसैले अहिले यस
सिजनमा बापदादाले बच्चाहरूलाई यही दृढ संकल्प गराउन चाहनुहुन्छ, तयार छौ नि! मुन्टो
हल्लाऊ। दृढ संकल्प गर्नको लागि तयार छौ? पछाडिकाहरू तयार छौ? माताहरू पनि तयार छौ?
पाण्डवहरू पनि तयार छौ? अच्छा, हात उठाऊ। यसमा दुवै हात उठाऊ। हात उठाउँछौ, तब
बापदादालाई खुसी त बनाइदिन्छौ। अहिले जसरी यो हात उठायौ, यसरी नै मनको हात उठाऊ।
कहिल्यै पनि व्यर्थ संकल्पलाई आउन दिनेछैनौँ। त्यसको काम हो आउनु, तिम्रो काम के
हो? समाप्त गरिदिनु। त्यसैले यस सिजनमा बापदादाले पहिला पनि भन्नुभएको छ– दुई कुराको
ध्यान राख्नु छ, एक त संकल्प, दोस्रो समय। तिमीलाई थाहा छ– यस सङ्गमको समयको एक-एक
मिनेटको कनेक्सन २१ जन्मका साथ छ। र, यस समयमा बापदादाको बच्चाहरूसँग, बच्चाहरूको
बाबासँग प्रेम छ। त्यसैले सङ्गम समयको एक सेकेन्ड, सेकेन्ड होइन किनकि २१ जन्मको
कनेक्सन छ। यदि अब समयलाई बचाएनौ भने बाबासँग जुन प्रेम छ र हरेकले चाहन्छ– बाबाका
साथ अहिले पनि रहूँ, साथमा पनि हिँडूँ। अब आफ्नो घर फर्किनु छ नि, त्यसैले घरमा पनि
साथमा जाने र फेरि राज्यमा पनि बापदादाका साथ विशेष ब्रह्मा बाबाका साथ राजधानीमा
नजिक साथमा आउने। ब्रह्माबाबा त फरिस्ता रूपमा हुनुहुन्छ र तिमीले साथमा हिँड्नु छ
भने के गर्नुपर्छ? फरिस्ता बन्नुपर्छ नि! फरिस्ता बन्नेछौ! बन्नु नै छ नि!
पिता ब्रह्माको हातमा
हात दिएर साथमा हिँड्नु छ, त्यसो भए हात के हो? फरिस्ताको स्थूल हात त हुँदैन।
ब्रह्मा बाबाको हात के हो? श्रीमत। त्यसैले बापदादाको यही श्रीमत छ– अब बेफिक्र
बादसाह बनेर सदा जसरी तिम्री जगदम्बाले पुरुषार्थ गरिन्, बाबाको भनाइ र जगदम्बाको
गराइ, यसरी नै जगदम्बाको अनुसरण गर। समय र संकल्पलाई सफल गर्नु नै छ। व्यर्थ नजाओस्।
सुनाउनुभयो नि– एक-एक संकल्पको २१ जन्मसँग कनेक्सन छ। त्यसैले बापदादाले यही
चाहनुहुन्छ– सदा मनलाई बिजी राख। चाहे मुरलीको मननमा, चाहे सेवामा, हरेक समय बिजी
रहने गर। आफ्नो चार्ट बनाऊ, हरेक समय बीच-बीचमा बापदादाले जुन भिन्न-भिन्न ड्रिल
सुनाउनुभएको छ, तिमीलाई थाहा छ नि अशरीरी बन्ने ड्रिल। आफ्ना तीन स्वरूपहरूको
स्मृतिको ड्रिल, थाहा छ नि! जसरी बाबाका तीन रूप छन्, त्यसरी नै तिम्रा पनि तीन रूप
छन्। ब्राह्मण, फरिस्ता र देवता, यी तीनै रूपहरूमा ड्रिलद्वारा आफ्नो मनलाई बिजी
राख, त्यसैले महामन्त्र के हो? मनमनाभव।
बाँकी बापदादाको हरेक
बच्चासँग अति प्रेम छ, त्यसैले बापदादाले यही चाहनुहुन्छ– हरेक बच्चा विजयी भवको
वरदानी बनून्। सुनाउनुभएको थियो नि– कैयौँ बच्चाहरूले सोच्छन्, म विजयी त बनूँ तर
माला त १०८ को छ, त्यसैले विजयी बनेर मालामा त आउन सक्दिनँ तर बापदादाको यति प्रेम
छ, तिमी विजयी बन्यौ भने बापदादाले मालामा पनि लहरा (लडीहरू) लगाइदिनुहुनेछ। तिमी
केवल विजयी बन। त्यसो भए के संकल्प छ? विजयी बन्नु नै छ नि! कि केवल १०८ विजयी
बन्नेछन्? होइन। बाबाको हरेक बच्चा विजयी हुन्। बापदादाले हरेक बच्चाको मस्तकमा के
देखिरहनुभएको छ? विजयको तिलक किनकि साधारण रूपमा बाबालाई चिनेका छौ नि! चाहे लास्ट
बच्चा होस्, पुरुषार्थमा ढिलो होस् तर उसमा यो विशेषता छ कि साधारण रूपमा आउनुभएका
बाबालाई चिनेर मेरो बाबा त भन्छ, त्यसैले हरेक बच्चाले हिम्मत राखेर विजय प्राप्त
गर्नु नै छ। केवल के गर्नु छ? कुनै मेहनतको कुरा होइन, प्रेमको कुरा हो। बापदादासँग
प्रेम छ, परिवारसँग प्रेम छ भने प्यारो व्यक्तिबाट अलग रहन सकिँदैन। त्यसो भए
ब्रह्मा बाबासँग कति प्रेम छ? जसले ब्रह्मा बाबासँग, शिवबाबासँग मेरो अटुट प्रेम छ
भनी सम्झन्छन्, उनीहरूले हात उठाऊ। अटुट, अटुट? धेरै राम्रो। त्यसो भए अर्को सिजनमा
बापदादाले के हेर्न चाहनुहुन्छ? थाहा त छ। तिमीलाई व्यर्थबाट समर्थ संकल्प गर्नमा
५-६ महिना मिल्नेछ।
त्यसो भए भन,
मधुबनवासीहरू उठ, चाहे तल चाहे माथि। धेरै छन्। त्यसैले मधुबनवासीहरू बापदादालाई
प्यारा छन्। अरू प्यारा छैनन् भन्ने होइन। उनीहरू पनि प्यारा छन् तर
मधुबनवासीहरूसँग एउटा कुराको विशेष प्रेम छ, त्यो के? मन्सामा याद त सबैले गर्छन्।
योगी तू आत्माहरू त सबै हुन्, ज्ञानी आत्माहरू पनि सबै हुन् तर मधुबनवासीहरूलाई
आफ्नो भविष्य सहज बनाउने एउटा विशेष साधन छ। त्यो विशेष साधन के हो? जोसुकै मधुबनमा
आउँछन्, उनीहरूको सेवाका निमित्त छन्। जस्तै खाना बनाउनेहरू, जति पनि कुनै ड्युटी
गर्नेहरू छन्। बापदादा त भन्नुहुन्छ– कोही झाडु लगाउने पनि छ नि, ऊ पनि भाग्यवान्
हो, किन? जोसुकै आउँछन्, उनीहरू यो वायुमण्डल देखेर, तिम्रो दिलको प्रेमको शक्ति
देखेर खुसी हुन्छन्। चाहे खाना बनाउने होस्, चाहे जुनसुकै ड्युटी गर्ने होस् तर
मधुबनवासीहरूलाई मधुबनको प्रेम र शक्तिशाली वायुमण्डल बनाउने चान्स छ, त्यसैले
बापदादाले मधुबनवासीहरूलाई धेरै बधाइ दिइरहनुभएको छ, यो सिजन समाप्त गर्यौ र अगाडिको
लागि पनि आफ्नो मनमा आत्माहरूलाई सन्तुष्ट पार्नमा र शक्तिशाली अनुभव गराउनमा
निमित्त बनिरहनेछौ, त्यसैले सबैले मधुबनवासीहरूको लागि ताली बजाऊ। अच्छा।
आज अमृतवेला बापदादाको
सामुन्ने मधुबनका सेवाधारीहरू आए। हरेकलाई बापदादाले वतनमा पनि भेट्नुभयो र खास
तिमीलाई पहिला पनि बताउनुभएको छ, चार बजेको समयमा तिम्रा एडभान्समा गएका विशेष
दादीहरू अवश्य आउँछन्। त्यसैले आज पनि विशेष दादीहरू र विशेष भाइहरू पुगेका थिए।
उनीहरूले खास मधुबनवासीहरूलाई सामुन्ने ल्याउनको लागि भने। विशेष दिदी र दादी दुवैले
र विशेष भाइहरूले पनि मधुबनवासीहरूलाई याद गरे। दादीले विशेष याद दिइन् र साथमा
वतनको आँप, तिमीलाई थाहा छ नि वतनको फल कति राम्रो हुन्छ, लट्ठी लगाउनु पर्दैन, जुन
फल चाहिन्छ त्यो तिमीले हातले नै लिन सक्छौ। दादीले भनिन्– आज मधुबनवासीहरूसँग आँपको
वनभोज गर्छौँ। अरू दादीहरू त साथमा थिए र विशेष भाइहरू पनि थिए। बापदादाले भन्नुभयो–
उनीहरूलाई सोध, मधुबनको लागि तिमीहरूको मनमा के आउँछ? त्यसपछि दादीले के भनिन्? थाहा
छ, जानेका त छौ, दादीलाई त चिन्छौ नि! दादीले भन्थिन्– मेरो अहिलेसम्म पनि यो दिल छ
हरेक मधुबनवासीमा चाहे पुरुषार्थमा कुनै पनि कमी अहिले बाँकी रहेको छ, त्यसको त
पुरुषार्थ गर्नु छ तर म मधुबनवासीहरूबाट एउटा कुरा चाहन्छु। त्यो के चाहन्छु? एक-एक
मधुबनवासी बाबा समान बनोस्। हुन त सबै बन्नु छ तर मधुबन विशेष हो, मधुबनवासीहरूलाई
दादीसँग प्रेम थियो, यो मलाई थाहा छ– दादीले भन्थिन्। त्यसैले प्रेमको बदलामा म यही
चाहन्छु– जसरी मम्माले लक्ष्य राखिन्, बाबाले भन्नुभयो मम्माले गरिन्, यो त
मधुबनवासीहरूलाई थाहा नै छ। यसरी नै अमृतवेलादेखि लिएर रातिसम्म हरेक मधुबनवासीले,
यदि बाबाका साथ मसँग पनि प्रेम छ, दादीहरूसँग पनि प्रेम छ भने जसरी मम्माले बाबाको
हरेक सल्लाह जीवनमा ल्याउनुभयो, यसरी नै हामीले पनि ल्याऔँ। त्यसैले यदि दादीहरूसँग
प्रेम छ भने यही गरेर देखाऊन्, बिहानदेखि रातिसम्म यस्तो कुनै संकल्प, बोल, कर्म
नल्याऊन् जुन दादीहरूलाई वा बाबालाई वा कसैलाई पनि मन नपरोस्।
बाँकी टिचरहरूलाई
देखेर बापदादा खुसी हुनुहुन्छ किनकि बाबा समान सिटको भाग्य मिलेको छ। बाबाको मुरली
सुनाउने सिट मिलेको छ। बाबाले सधैँ टिचरहरूलाई साथी भन्नुहुन्छ। अहिले टिचरहरूको
लागि बापदादाले एउटा कुरा चाहनुहुन्छ। सुनाऊँ? बापदादाले चाहनुहुन्छ– हरेक टिचर
चेहराबाट ब्रह्माबाबा समान यस्तै हर्षित देखियोस्। भित्र पुरुषार्थ त होला पनि तर
त्यो तिम्रो अनुहारबाट देखियोस्, बाबा प्रत्यक्ष होस्। जोसुकैलाई हेरे पनि तिमीमा
बाबाको चमक देखियोस्। यस्तो चेहराद्वारा सेवा गर्नेहरूले बाबालाई प्रत्यक्ष
गरिछाड्नेछन्। अब बाबालाई आफ्नो चेहराबाट प्रत्यक्ष गर्ने समय आइसकेको छ। त्यसैले
टिचरहरूलाई सदा मेरो बाबा त स्वतः नै याद छ। अब बाबालाई चेहराबाट प्रत्यक्ष गर्नु
छ। गर्न सक्छौ नि! गर्न सक्छौ भने गर। हेर, अहिलेसम्मको रिजल्टमा सबैले के भन्छन्!
ब्रह्माकुमारीहरूले धेरै राम्रो काम गरिरहेका छन्, बाबा प्रत्यक्ष हुनुभएको छैन। उहाँ
अहिले पनि गुप्त हुनुहुन्छ। त्यसैले अहिले समय समीप आइरहेको छ, तब तिमीहरूद्वारा
चाहे निमित्त टिचरहरू होऊन् वा कोही पनि बच्चा होस्, अब बाबालाई प्रत्यक्ष गर।
ब्रह्माकुमारीहरूले राम्रो कार्य गरिरहेका छन्, यो त भयो। यहाँसम्म पुगेका छन्। तर
अब स्वयं परमात्मा ब्रह्मा तनमा प्रत्यक्ष भएर ब्रह्माकुमारीहरूलाई यस्तो योग्य
बनाइरहनुभएको छ, प्रत्यक्ष गर। अहिले यो पोइन्ट बाँकी रहेको छ। मेरो बाबा आउनुभयोको
गीत त गाउँछन् तर अब अन्य आत्माहरूभित्र भगवान स्वयं प्रत्यक्ष भएर यो कार्य
बहिनीहरूद्वारा वा भाइहरूद्वारा गराइरहनुभएको छ भनी प्रत्यक्ष होस्। यो प्रत्यक्षता
गर्नु छ नि! कहिले गर्नेछौ? अब। के भन्ने? अब! अब सुरु गर्नेछौँ, अर्को सिजनसम्म
हुनेछ) तिमीहरू सबै साथमा छौ, अर्को सिजनसम्म हुनेछ? हात उठाऊ जसले सम्झन्छौ! थोरैले
हात उठाइरहेका छन्। जसले हात उठाइरहेका छैनन् उनीहरूले हेर्नेछन् र तिमीहरूले
गर्नेछौ! टिचरहरूले त संकल्प गरेका छौ नि! किनकि देखिरहेका छौ, बापदादा त
भन्नुहुन्छ नै– सबै अचानक हुनु छ। कोही बच्चाहरूले सम्झन्छन्– अचानक, अचानक पनि धेरै
समय भइसक्यो। अब हुनुपर्छ। तर अचानक तब हुन्छ जब बच्चाहरू पनि बाबा समान बन्छन्।
तिम्रो सूरत-मूरत, एक-एक बोलले बाबालाई प्रत्यक्ष गरोस्। हुनु त छँदै छ। हुनु नै छ,
अहिले केवल निमित्त बन्नु छ। अब अर्को सिजनमा के गर्नेछौ? एक त आफूलाई बाबा समान
बनाउनेछौ। जति पनि कमी बाँकी रहेको छ, त्यसलाई सम्पन्न गर्नेछौ। बापदादालाई कुन
कुराको खुसी छ? बच्चाहरूले अहिले साना-ठुला सबै सेन्टरले वाणीद्वारा हामीले के
कार्य गरिरहेका छौँ भनी प्रसिद्ध गरे। वायुमण्डललाई चेन्ज गरेका छन्। यसको बापदादाले
बधाइ दिइरहनुभएको छ। जसले जहाँ पनि प्रोग्रामहरू गरेका छन्, राम्रो गरेका छन् र
ब्रह्माकुमारीहरूले साँच्चै गुप्त रूपमा आफ्नो कार्यको समय ७५ वर्ष पूरा गरेका छन्
भन्ने सबैको अटेन्सनमा पनि आएको छ। अब ब्रह्माकुमारीहरूको भगवान बाबा आउनुभएको छ
भनून्। लक्ष्य छ नि! त्यसैले अर्को सिजनसम्म यो कार्य आरम्भ हुनुपर्छ। यसको
प्रत्यक्ष प्रोग्राम बनाउनु। प्रोग्राम बनाउँछौ नि, मिटिङ गर्छौ नि! त्यसैले मिटिङमा
यो प्रोग्राम बनाऊ– अब सबै बच्चाहरूलाई वर्सा दिने बाबा आउनुभयो भन्ने थाहा त होस्।
वञ्चित नरहून्। बाबालाई त बच्चाहरूको दुःख देखेर धेरै दया लाग्छ। जब दुःखमा
चिच्याउँछन्, बाबालाई दया लाग्छ। तिमी देव र देवीहरूलाई पनि धेरै पुकार्छन्। त्यसैले
अर्को सिजनमा एक त व्यर्थको नामनिसान नहोस्, मन्जुर छ? मन्जुर छ! दिलको हात उठाऊ।
दिलको हात उठाउनु। व्यर्थ के हुन्छ, यो जानकारी नै गुम होस्। जस्तै स्वर्गका
राजकुमारीहरू आउँछन् नि, तब उनीहरूलाई दुःख र अशान्तिको थाहा नै हुँदैन, भन्छन्– के
भन्छन्, यो के हुन्छ! यसरी नै ब्राह्मण परिवारमा व्यर्थ के हुन्छ भन्ने व्यर्थ थाहा
नै नहोस्। स्वचिन्तन, स्वचिन्तक। अच्छा।
चारैतिरका सबै
बच्चाहरूलाई बापदादाको दिलको याद-प्यार, साथसाथै बाबा हरेक बच्चालाई आफ्नो स्वमानको
नसामा, निश्चयमा देखेर हर्षित हुनुहुन्छ, कहिल्यै पनि स्वमानलाई नछोड्नु। स्वमानधारी
अर्थात् सदा सर्व प्राप्तिवान्, स्वमानको लिस्ट धेरै लामो छ, दिनहुँ एक-एक स्वमान
स्मृतिमा राखेर स्वरूपमा ल्याउँदै तीव्र पुरुषार्थी बनेर अगाडि बढ्दै जाऊ।
बापदादालाई दिलमा बसालेर र आफूलाई बापदादाको दिलमा बसालेर निर्भय भएर मास्टर
सर्वशक्तिमान् बनेर चलिराख, उडिराख र उडाइराख। ओम् शान्ति।
वरदान:–
सेवाको स्टेजमा
समाउने शक्तिद्वारा सफलतामूर्त बन्ने मास्टर सागर भव
जब सेवाको स्टेजमा
आउँछौ तब अनेक प्रकारका कुरा सामुन्ने आउँछन्, ती कुरालाई स्वयममा समायौ भने
सफलतामूर्त बन्नेछौ। समाउनु अर्थात् संकल्प रूपमा पनि कसैको व्यक्त कुरा र भावको
आंशिक रूप समाएको नहोस्। अकल्याणकारी बोललाई कल्याणको भावनामा यसरी बदलिदेऊ मानौँ
अकल्याणको बोल छँदै थिएन। अवगुणलाई गुणमा, निन्दालाई स्तुतिमा बदलिदेऊ– तब भनिन्छ
मास्टर सागर।
स्लोगन:–
विस्तारलाई
नहेरेर सारलाई हेर्ने वा स्वयममा समाउनेहरू नै तीव्र पुरुषार्थी हुन्।
अव्यक्त इसारा:–
ब्रह्माबाबा समान सम्पन्न र सम्पूर्ण स्थितिको अनुभव गर
जसरी तिम्रो रचना
कछुवाले सेकेन्डमा सबै अङ्ग समेट्छ। समेट्ने शक्ति रचनामा पनि छ। तिमी मास्टर रचयिता
समेट्ने शक्तिको आधारले सेकेन्डमा सर्व संकल्पहरूलाई समाएर एक संकल्पमा सेकेन्डमा
स्थित होऊ। जब सर्व कर्मेन्द्रियहरूको कर्मको स्मृतिभन्दा पर एउटै आत्मिक स्वरूपमा
स्थित हुनेछौ तब कर्मातीत अर्थात् सम्पन्न स्थितिको अनुभव हुनेछ।