23.09.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– हरेक
कुरामा योग बलबाट काम लेऊ , बाबासँग केही पनि सोध्ने कुरा नै छैन , तिमी ईश्वरीय
सन्तान हौ त्यसैले कुनै पनि आसुरी काम नगर।”
प्रश्न:–
तिमीहरूको यो
योगबलको चमत्कार के हो?
उत्तर:–
यही योगबल हो
जसबाट तिमीहरूका सबै कर्मेन्द्रियहरू वशमा हुन्छन्। योग बल बिना तिमी पावन बन्न
सक्दैनौ। योगबलबाट नै सारा सृष्टि पावन बन्छ त्यसैले पावन बन्नको लागि वा भोजनलाई
शुद्ध बनाउनको लागि यादको यात्रामा रहने गर। युक्तिले चल। नम्रतासँग व्यवहार गर।
ओम् शान्ति ।
रुहानी बाबाले
रुहानी बच्चाहरूलाई सम्झाउनुहुन्छ। दुनियाँमा कसैलाई थाहा छैन– रुहानी बाबा आएर कसरी
स्वर्ग वा नयाँ दुनियाँको स्थापना गर्नुहुन्छ। कसैले पनि जान्दैनन्। तिमीले बाबासँग
कुनै पनि प्रकारको माग गर्न सक्दैनौ। बाबाले सबै कुरा सम्झाउनुहुन्छ। केही पनि
सोध्नुपर्ने आवश्यकता हुँदैन, सबै कुरा आफै सम्झाइरहनुहुन्छ। बाबा भन्नुहुन्छ– मैले
कल्प कल्प यस भारतखण्डमा आएर के गर्नुछ, त्यो मैले जान्दछु, तिमीले जान्दैनौ। दिनहुँ
सम्झाइरहनुहुन्छ। हुन त कसैले एक शब्द पनि नसोधे पनि सबै कुरा सम्झाइरहनुहुन्छ।
कहिले सोध्छन्– खानपानको तकलिफ हुन्छ। तर यो त बुझ्ने कुरा हो। बाबाले भनिदिनुभएको
छ– हरेक कुरामा योगबलबाट काम लेऊ, यादको यात्राबाट काम लेऊ र जहाँ गए पनि मुख्य कुरा
बाबालाई अवश्य याद गर्नुछ। अरू कुनै पनि आसुरी कुकर्म गर्नुछैन। हामी ईश्वरीय
सन्तान हौँ, उहाँ सबैका बाबा हुनुहुन्छ, सबैको लागि यो एउटै शिक्षा दिनुहुन्छ।
बाबाले शिक्षा दिनुहुन्छ– प्यारा बच्चाहरू! स्वर्गको मालिक बन्नुछ। राज्यमा पनि
पोजिसन (पद) त हुन्छ नि। हरेकको पुरुषार्थ अनुसारको पद हुन्छ। पुरुषार्थ बच्चाहरूले
गर्नुछ र प्रारब्ध पनि बच्चाहरूले पाउनेछन्। पुरुषार्थ गराउनको लागि बाबा आउनुहुन्छ।
तिमीलाई केही पनि थाहा थिएन– बाबा कहिले आउनुहुन्छ, आएर के गर्नुहुन्छ, कहाँ
लैजानुहुन्छ। बाबा नै आएर सम्झाउनुहुन्छ, ड्रामा योजना अनुसार तिमी कहाँबाट गिरेका
हौ। एकदमै उच्च टुपीबाट। हामी को हौँ, यो कुरा अलिकति पनि बुद्धिमा आउँदैन। अहिले
महसुस गर्छौ नि। तिमीलाई बाबा आएर के गर्नुहुन्छ, यो सपनामा पनि थिएन। तिमीले पनि
केही जान्दैनथ्यौ। अब बाबा मिल्नुभएको छ त्यसैले बुझ्यौ– यस्ता बाबामाथि त बलिहार
जानुपर्छ। जसरी कुनै पतिव्रता स्त्री रहेछन् भने पतिमाथि कति बलिहार जान्छन्। चितामा
चढ्न पनि डर हुँदैन। कति बहादुर हुन्छन्। पहिला चितामा धेरै चढ्थे। यहाँ बाबाले त
यस्तो कुनै तकलिफ दिनुहुन्न। हुन त नाम ज्ञान चिता हो तर जलाउने आदि कुनै कुरा होइन।
बाबाले बिल्कुलै यस्तो सम्झाउनुहुन्छ जस्तै नौनीबाट रौं। बच्चाहरूले बुझ्छन्– अवश्य
शिरमा जन्मजन्मान्तरको बोझ छ। कुनै एक अजामिल छैन। हरेक मनुष्य एकभन्दा अर्को बढी
अजामिल छन्। मानिसहरूलाई के थाहा– पहिलाको जन्ममा के के गरे। अहिले तिमीले बुझ्छौ–
पाप नै गरेका रहेछौँ, वास्तवमा पुण्य आत्मा एक जना पनि छैनन्। सबै पाप आत्माहरू छन्।
पुण्य गरे भने पुण्य आत्मा बन्छन्। पुण्य आत्माहरू हुन्छन् सत्ययुगमा। कसैले
हस्पिटल आदि बनाए, त्यसबाट के भयो। सिँढी ओर्लनबाट कहाँ बच्छन् र। चढ्तीकला त
हुँदैन नि। गिर्दै नै जान्छन्। यहाँ बाबा त यस्तो बिलवेड (प्रिय) हुनुहुन्छ जसको
लागि भनिन्छ– जीवन छँदै उहाँमाथि बलिहार जाऊँ किनकि उहाँ पतिहरूका पति, पिताहरूका
पिता सबैभन्दा उच्च हुनुहुन्छ।
बच्चाहरूलाई अहिले
बाबाले जगाइरहनुभएको छ। यस्ता बाबा जसले स्वर्गको मालिक बनाउनुहुन्छ, तर उहाँ कति
साधारण हुनुहुन्छ। सुरुमा बच्चाहरू बिरामी पर्दा बाबाले स्वयं तिमीहरूको सेवा
गर्नुहुन्थ्यो। अहङ्कार केही पनि छैन। बापदादा उच्चभन्दा उच्च हुनुहुन्छ।
भन्नुहुन्छ– जस्तो कर्म मैले यिनबाट गराउँछु, वा गर्छु। दुवै मानौँ एक हुनुहुन्छ।
कहाँ थाहा हुन्छ र। बाबाले के गर्नुहुन्छ, दादाले के गर्नुहुन्छ।
कर्म-अकर्म-विकर्मको गति बाबा नै बसेर सम्झाउनुहुन्छ। बाबा धेरै उच्च हुनुहुन्छ।
मायाको पनि कति प्रभाव छ। ईश्वर बाबा भन्नुहुन्छ– यसो नगर, तैपनि मान्दैनन्। भगवान
भन्नुहुन्छ– मीठे बच्चे! यो काम नगर, तैपनि उल्टै काम गरिदिन्छन्। उल्टो कामको लागि
नै मनाही गर्नुहुन्छ नि। तर माया पनि धेरै जबर्जस्त छ। भुलेर पनि बाबालाई नबिर्स।
जेसुकै गरुन्, मारुन् अथवा कुटुन्। यस्तो केही बाबाले गर्नुहुन्न तर यो एक्सट्रिम (चरम
अवस्था) मा भनिन्छ। गीत पनि छ– तिम्रो द्वारलाई कहिल्यै छोड्दैनौँ। चाहे जेसुकै भन।
बाहिर के नै राखेको छ र। बुद्धिले पनि भन्छ– कहाँ जान्छौँ? बाबाले बादसाही
दिनुहुन्छ फेरि कहाँ कहिल्यै मिल्छ र। यस्तो कहाँ हो र– अर्को जन्ममा केही मिल्न
सक्छ। होइन। यहाँ पारलौकिक बाबा हुनुहुन्छ जसले तिमीलाई बेहद सुखधामको मालिक
बनाउनुहुन्छ। बच्चाहरूले दैवीगुण पनि धारण गर्नुछ, त्यो पनि बाबाले सल्लाह
दिनुहुन्छ। आफ्नो पुलिस आदिको काम पनि गर, नत्र डिसमिस (बर्खास्त) गरिदिन्छन्। आफ्नो
काम त गर्नु नै छ, आँखा देखाउनु पर्छ। जति हुन सक्छ प्रेमले काम लेऊ। नत्र युक्तिले
आँखा देखाऊ (असहमती प्रकट गर)। हात चलाउनुछैन। बाबाका कति धेरै बच्चाहरू छन्।
बाबालाई पनि बच्चाहरूको ख्याल हुन्छ नि। मूल कुरा हो पवित्र रहनु। जन्मजन्मान्तर
तिमीले पुकाऱ्यौ नि– हे पतित-पावन आएर हामीलाई पावन बनाउनुहोस्! तर अर्थ केही पनि
बुझेनौ। बोलाउँछन् भने अवश्य पतित छन्। नत्र बोलाउन आवश्यक छैन। पूजाको पनि आवश्यकता
छैन। बाबा सम्झाउनुहुन्छ– तिमी अबलाहरूमाथि कति अत्याचार हुन्छ, सहन गर्नु नै छ।
युक्तिहरू पनि बताइरहनुहुन्छ। धेरै नम्रतासँग चल। भन, तपाई त भगवान हुनुहुन्छ फेरि
यो के माग्नुहुन्छ? लगनगाँठो बाँध्ने समयमा भन्छन्– म तिम्रो पति, ईश्वर, गुरु सबै
हुँ, तर म पवित्र रहन चाहन्छु भने तिमीले रोक्छौ किन। भगवानलाई त पतित-पावन भनिन्छ
नि। तपाई नै पावन बनाउने बन्नुहोस्। यस्तो प्यारले, नम्रतासँगले कुरा गर्नुपर्छ।
क्रोध गरे भने फूलको वर्षा गर। पिट्छन् र फेरि अफसोस पनि गर्छन्। जसरी मदिरा पिए भने
धेरै नशा चढ्छ। त्यतिबेला आफूलाई बादसाह सम्झन्छन्। त्यसैले यो विष पनि यस्तो चीज
हो– कुरै नगर। पछुताउँछन् पनि तर बानी परेको छ भने त्यो टुट्दैन। एक दुई पटक विकारमा
गयो, बस् नशा चढ्यो फेरि गिरिरहन्छन्। जसरी नशालु चीजले खुसीमा ल्याउँछ, विकार पनि
त्यस्तै हो। यहाँ फेरि यसबाट उम्कन धेरै मेहनत छ। योगबल विना कसैले पनि
कर्मेन्द्रियलाई वशमा पार्न सक्दैनन्। योगबलको नै चमत्कार हो, त्यसैले त नाम
प्रसिद्ध हुन्छ, बाहिरबाट आउँछन् यहाँ योग सिक्न। शान्तिमा बसिरहन्छन्। घरबारबाट
टाढा हुन्छन्। त्यो त हो आधाकल्पको लागि आर्टिफिसियल (बनावटी) शान्ति। कसैलाई पनि
सच्चा शान्तिको विषयमा थाहा नै छैन। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमीहरूको
स्वधर्म नै हो शान्त, यो शरीरबाट तिमीले कर्म गर्छौ। शरीर धारण नगर्दासम्म आत्मा
शान्त रहन्छ। फेरि कहीँ न कहीँ गएर प्रवेश गर्छ। यहाँ त फेरि कसै कसैले सूक्ष्म
शरीरबाट धक्का खाइरहन्छन्। ती छायाका शरीर हुन्छन्, कोही दु:ख दिने हुन्छन्, कोही
राम्रा हुन्छन्, यहाँ पनि कोही भोला मानिसहरू हुन्छन् जसले कसैलाई दु:ख दिँदैनन्।
कसैले त धेरै दु:ख दिन्छन्। कोही साधु महात्माजस्तै हुन्छन्।
बाबा सम्झाउनुहुन्छ–
मीठा-प्यारा सिकिलधे बच्चाहरू! तिमी ५ हजार वर्षपछि फेरि आएर मिलेका छौ। के लिनको
लागि? बाबाले बताउनुभएको छ– तिमीलाई के मिल्नेछ। बाबा, हजुरबाट के मिल्छ, यो त
प्रश्न नै होइन। हजुर त हुनुहुन्छ नै हेभेनली गड फादर। नयाँ दुनियाँका रचयिता।
त्यसैले अवश्य हजुरबाट बादसाही नै मिल्छ। बाबा भन्नुहुन्छ– अलिकति मात्रै केही
बुझेर गए भने पनि स्वर्गमा अवश्य आउँछन्। हामी स्वर्गको स्थापना गर्न आएका छौँ।
सबैभन्दा ठुलो आसामी हुनुहुन्छ भगवान र प्रजापिता ब्रह्मा। तिमीलाई थाहा छ– विष्णु
को हुनुहुन्छ? र अरू कसैलाई पनि थाहा छैन। तिमीले त भन्छौ– हामी यिनको घरानाका हौँ,
यी लक्ष्मी-नारायणले त सत्ययुगमा राज्य गर्छन्। यो चक्र आदि वास्तवमा विष्णुको कहाँ
हो र। यी अलङ्कार हामी ब्राह्मणहरूका हुन्। अहिले यो ज्ञान छ। सत्ययुगमा कहाँ यो
सम्झाउँछन् र। यस्ता कुरा बताउने कसैमा तागत हुँदैन। तिमीले यस ८४ को चक्रलाई
जान्दछौ। यसको अर्थ कसैले बुझ्न सक्दैन। बच्चाहरूलाई बाबाले सम्झाउनुभएको छ।
बच्चाहरूले बुझिसकेका छौ, हामीलाई त यी अलङ्कार सुहाउँदैनन्। हामीले अहिले शिक्षा
पाइरहेका छौँ। पुरुषार्थ गरिरहेका छौँ। फेरि यस्ता बन्छौँ। स्वदर्शन चक्र
घुमाउँदा-घुमाउँदै हामी देवता बन्छौँ। स्वदर्शन चक्र अर्थात् रचयिता र रचनाको
आदि-मध्य-अन्त्यलाई जान्नु हो। सारा दुनियाँमा कसैले पनि यो कुरा सम्झाउन सक्दैनन्–
यो सृष्टिको चक्र कसरी घुम्छ। बाबाले कति सहज बनाएर सम्झाउनुहुन्छ– यो चक्रको अवधि
यति लामो त हुन सक्दैन। मनुष्य सृष्टिको नै समाचार सुनाइन्छ– यति मनुष्य छन्। यस्तो
कहाँ बताइन्छ र– कछुवा कति छन्, माछाहरू आदि कति छन्, मनुष्यको नै कुरा हो। तिमीसँग
पनि प्रश्न सोध्छन्, बाबाले सबै कुरा बताइरहनुहुन्छ। केवल त्यसमा पूरा ध्यान दिनुछ।
बाबाले सम्झाउनुभएको
छ– योगबलबाट तिमीले सृष्टिलाई पावन बनाउँछौ भने के योगबलबाट भोजन शुद्ध हुन सक्दैन?
ठीकै छ, तिमी त यस्ता बनेका छौ। त्यसो हो भने फेरि कसैलाई आफुसमान बनाउँछौ? अहिले
तिमी बच्चाहरूले जान्दछौ– बाबा आउनुभएको छ स्वर्गको बादसाही फेरि दिन। त्यसैले
यसलाई रिफ्युज (अस्वीकार) गर्नुछैन। विश्वको बादसाही रिफ्युज गऱ्यौ भने खतम। फेरि
गएर रिफ्युज (फोहोरको टोकरी) मा पर्छौ। यो सारा दुनियाँ फोहोरी छ। त्यसैले यसलाई
रिफ्युज (फोहोरको टोकरी) नै भनिन्छ। दुनियाँको हालत हेर के छ। तिमीलाई त थाहा छ–
हामी विश्वको मालिक बन्छौँ। यो कसैलाई थाहा छैन– सत्ययुगमा एउटै राज्य थियो, यो कुरा
मान्दैनन्। आफ्नो घमण्ड हुन्छ अनि फेरि अलिकति पनि सुन्दैनन्, भनिदिन्छन्– यो सबै
तपाईको कल्पना हो। कल्पनाबाट नै यो शरीर आदि बनेको छ। अर्थ केही बुझ्दैनन्। बस् यो
ईश्वरको कल्पना हो, ईश्वरले जे चाहनुहुन्छ त्यही बन्नुहुन्छ, उहाँको यो खेल हो।
यस्ता कुरा गर्छन्, कुरै नगर। अहिले तिमी बच्चाहरूलाई थाहा छ– बाबा आउनुभएको छ।
वृद्ध माताहरूले पनि भन्छन्– बाबा, हर ५ हजार वर्षपछि हामीले हजुरबाट स्वर्गको वर्सा
लिन्छौँ। हामी अहिले आएका छौँ स्वर्गको राज्य भाग्य लिन। तिमीलाई थाहा छ– सबै
कलाकारहरूको आ-आफ्नो पार्ट छ। एकको पार्ट अर्कोसँग मिल्दैन। तिमीले फेरि यही नाम
रूपमा आएर यही समयमा बाबाबाट वर्सा लिने पुरुषार्थ गर्छौ। कति अथाह कमाइ छ। हुन त
बाबा भन्नुहुन्छ– अलिकति मात्रै सुनेका रहेछन् भने पनि स्वर्गमा आउँछन्। तर हरेक
मनुष्यले पुरुषार्थ त उच्च बन्ने नै गर्छन् नि। त्यसैले सबैभन्दा पहिला पुरुषार्थ
हुनुपर्छ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) जसरी बाबाले बच्चाहरूको सेवा गर्नुहुन्छ, उहाँमा कुनै अहङ्कार छैन, त्यसैगरी फलो
गर्नुछ। बाबाको श्रीमतमा चलेर विश्वको बादसाही लिनुछ, अस्विकार गर्नुछैन।
२) पिताहरूका पिता,
पतिहरूका पति जो सबैभन्दा उच्च हुनुहुन्छ, बिलवेड हुनुहुन्छ उहाँमाथि जीवन छँदै
न्योछावर हुनुछ। ज्ञान-चितामा बस्नुछ। भुलेर पनि कहिल्यै बाबालाई बिर्सेर उल्टो काम
गर्नुछैन।
वरदान:–
खुसीको अटुट
खजानाले भरपुर सदा बेफिक ् र बादसाह भव
खुसीको सागरद्वारा
दिनहुँ खुसीको अटुट खजाना मिल्छ त्यसैले कुनै पनि परिस्थितिमा खुसी गायब हुन सक्दैन।
कुनै पनि कुराको फिक्र हुन सक्दैन। यस्तो होइन– प्रोपर्टी (सम्पत्ति) के हुन्छ,
परिवार के हुन्छ। परिवर्तन नै हुन्छ नि। पुरानो दुनियाँमा जतिसुकै श्रेष्ठ होस् तर
सबै पुरानै हो त्यसैले बेफिक्र बन्यौ। जे हुन्छ राम्रो हुन्छ। ब्राह्मणहरूको लागि
सबै राम्रो हुन्छ, केही पनि नराम्रो हुँदैन। तिमीसँग यो यस्तो बादसाही छ जसलाई कसैले
पनि खोस्न सक्दैन।
स्लोगन:–
यस संसारलाई
एक अलौकिक खेल र परिस्थितिलाई खेलौना मानेर चल्यौ भने कहिल्यै निराश हुँदैनौ।
अव्यक्त इसारा:– अब
लगनको अग्निलाई प्रज्वलित गरेर योगलाई ज्वालारूप बनाऊ
लास्ट सो फास्ट
पुरुषार्थ ज्वालारूपको नै रहेको छ। पाण्डवहरूको कारणले यादवहरू रोकिएका छन्।
पाण्डवहरूको श्रेष्ठ सान, रुहानी सानको स्थितिले यादवहरूको दु:खद परिस्थितिलाई
समाप्त गर्छ। त्यसैले आफ्नो सानबाट दु:खी आत्माहरूलाई शान्ति र चैनको वरदान देऊ।
ज्वालास्वरूप अर्थात् लाइट हाउस र माइट हाउस स्थितिलाई बुझेर यही पुरुषार्थमा रहने
गर।