23.11.25 Avyakt Bapdada Nepali Murli 31.12.2007 Om Shanti Madhuban
नयाँ वर्षमा अखण्ड
महादानी , अखण्ड निर्विघ्न , अखण्ड योगी र सदा सफलतामूर्त बन्नु छ
आज बापदादाले आफ्नो
अगाडि डबल सभालाई देखिरहनुभएको छ। एक त साकारमा सम्मुख बसेका छौ र अर्को टाढा बसेर
पनि दिलको समीप देखिइरहेका छौ। दुवै सभाका श्रेष्ठ आत्माहरूको मस्तकमा आत्म दीपक
चम्किरहेको छ। कति सुन्दरतापूर्वक चम्किरहेको नजारा छ। यति सबै एक सङ्कल्प, एकरस
स्थितिमा स्थित परमात्म प्यारमा लवलीन एकाग्र बुद्धिले स्नेहमा समाहित भएका कति
प्यारा लागिरहेका छौ। तिमीहरू सबै पनि आज विशेष नयाँ वर्ष मनाउनको लागि आइपुगेका
छौ। बापदादा पनि सबै बच्चाहरूको उमङ्ग-उत्साह देखेर, चम्किरहेको आत्म दीपकलाई देखेर
हर्षित भइरहनुभएको छ।
आजको दिन सङ्गमको दिन
हो। एक वर्षको, पुरानोको बिदाइ हो र नयाँ वर्षको बधाई हुनेछ। नयाँ वर्ष अर्थात् नयाँ
उमङ्ग र उत्साह, यसमा स्व-परिवर्तनको उमङ्ग हुन्छ, सर्व प्राप्तिहरूलाई स्वयंमा
प्राप्त भएको देखेर दिलमा उत्साह हुन्छ। दुनियाँका मानिसहरूले पनि यो उत्सव मनाउँछन्,
उनीहरूको लागि एक दिनको उत्सव हो र तिमी भाग्यमानी लभली बच्चाहरूको लागि सङ्गमयुगको
हरेक दिन उत्सव हो किनकि यसमा खुसीको उत्साह छ। दुनियाँका मानिसहरूले त निभेको
दीपकलाई बालेर वर्ष मनाउँछन् र बापदादा र तिमीहरू यति सारा चारैतिरका जागेका
दीपकहरूसँग नयाँ वर्षको उत्सव मनाउन आएका छौ। यो उत्सव त रीति रसम अनुसार मनाउनको
लागि निमित्त मात्र गर्छौ तर तिमीहरू सबै त जागृत दीपक हौ। आफ्नो चम्किरहेको दीपक
देखिन्छ नि! जुन दीपक अविनाशी छ।
त्यसोभए नयाँ वर्षमा
हरेकले दिलमा स्वप्रति, विश्वका आत्माहरूप्रति कुनै नयाँ योजना बनाएका छौ? १२ बजेपछि
नयाँ वर्ष सुरु हुनेछ, त्यसपछि यो वर्षलाई विशेष कुन रूपमा मनाउनेछौ? जसरी पुरानो
वर्षले बिदाइ लिनेछ, त्यसपछि तिमीहरू सबैले पनि पुराना सङ्कल्प, पुराना संस्कार, यी
सबैलाई बिदाइ दिने सङ्कल्प गरेका छौ? वर्ष सँगसँगै तिमीले पनि पुरानालाई बिदाइ दिएर
नयाँ उमङ्ग-उत्साहका सङ्कल्पहरूलाई यथार्थमा ल्याउनेछौ नि! त्यसोभए सोच, आफूमा के
नवीनता ल्याउनेछौ? कुन नयाँ उमङ्ग-उत्साहको लहर फैलाउनेछौ? कुन विशेष सङ्कल्पको
भाइब्रेसन फैलाउनेछौ? सोचेका छौ? किनकि तिमी सबै ब्राह्मणहरू सारा विश्वका
आत्माहरूको लागि परिवर्तनका निमित्त आत्मा हौ। विश्वका फाउन्डेसन हौ, पूर्वज हौ,
पूज्य हौ। त्यसैले यो वर्ष आफ्नो श्रेष्ठ वृत्तिद्वारा के भाइब्रेसन फैलाउनेछौ? जसरी
प्रकृतिले चारैतिर कहिले गर्मीको, कहिले जाडोको, कहिले बसन्त् ॠतुको भाइब्रेसन
फैलाउँछ। त्यसोभए तिमी प्रकृतिका मालिक प्रकृतिजित आत्माले कुन भाइब्रेसन फैलाउनेछौ?
जसबाट आत्माहरूलाई केही समयको लागि भए पनि सुख चैनको अनुभव हुनेछ। यसको लागि
बापदादाले यही इसारा दिइरहनुभएको छ– जति पनि खजाना प्राप्त भएका छन्, ती
खजानाहरूलाई सफल गर र सफलतास्वरूप बन। विशेष गरी समयको खजाना कहिल्यै पनि व्यर्थ
नजाओस्। एक सेकेन्ड पनि व्यर्थमा नजाओस्, त्यसलाई कार्यमा लगाऊ। समयलाई सफल गर,
हरेक श्वासलाई सफल गर, हरेक सङ्कल्पलाई सफल गर, हरेक शक्तिलाई सफल गर, हरेक गुणलाई
सफल गर। सफलतामूर्त बन्नको लागि यो विशेष वर्ष मनाऊ किनकि सफलता तिम्रो जन्मसिद्ध
अधिकार हो। त्यो अधिकारलाई आफ्नो कार्यमा लगाएर सफलतामूर्त बन किनकि अहिलेको सफलता
तिम्रा अनेक जन्म साथ रहनेछ। तिम्रो समयको सफलताको प्रारब्धमा पूरा आधाकल्प सफलताको
फल प्राप्त हुनेछ। अहिलेको समयको सफलताको प्रारब्ध पूरा समय नै प्राप्त हुनेछ।
श्वासलाई सफल गरेमा भविष्यमा पनि हेर, तिम्रो श्वासको सफलताको परिणाम भविष्यमा सबै
आत्माहरू पूरा समय स्वस्थ रहन्छन्। बिमारीको नाम हुनेछैन। डाक्टरहरूको विभाग नै
हुँदैन किनकि डाक्टरहरू के बन्नेछन्? राजा बन्नेछन् नि! विश्वको मालिक बन्नेछन्। तर
यस समयमा तिमीले श्वास सफल गर्छौ र सर्व आत्माहरूलाई स्वस्थ रहने प्रारब्ध प्राप्त
हुन्छ। त्यसैगरी ज्ञानको खजाना, त्यसको फलस्वरूप स्वर्गमा तिम्रो आफ्नो राज्यमा यति
समझदार, शक्तिवान बन्छौ, जहाँ कुनै पनि मन्त्रीसँग राय लिने आवश्यकता हुँदैन, स्वयं
नै समझदार शक्तिमान हुन्छौ। शक्तिहरूलाई सफल गर्छौ, त्यसको प्रारब्ध त्यहाँ सबै
शक्तिहरू विशेष धर्मसत्ता, राज्यसत्ता दुवै नै विशेष शक्तिहरू, सत्ताहरू त्यहाँ
प्राप्त हुनेछन्। गुणहरूका खजाना सफल गरेकाछौ भने त्यसको प्रारब्ध देवता पदको अर्थ
नै हो दिव्यगुणधारी र साथसाथै अहिले लास्ट जन्ममा तिम्रा जड मूर्तिको पूजा गर्दा के
महिमा गर्छन्? सर्वगुण सम्पन्न। त्यसपछि यो समयको सफलताको प्रारब्ध स्वतः नै
प्राप्त हुन्छ, त्यसैले चेक गर– खजाना मिले, खजानाहरूबाट सम्पन्न भएका छौ तर
स्वप्रति वा विश्वप्रति कति सफल गरेका छौ? पुरानो वर्षलाई बिदाइ दियौ भने पुरानो
वर्षमा के जम्मा गरेको खजाना सफल गरियो, कति गरियो? यो चेक गर्नुछ र आउने वर्षमा पनि
यी खजानाहरूलाई व्यर्थको सट्टा सफल गर्नु नै छ। एक सेकेन्ड समय पनि र अरू कुनै पनि
खजाना व्यर्थ नजाओस्। पहिला बताइएको छ– सङ्गम समयको सेकेन्ड, सेकेन्ड होइन, वर्ष
बराबर हो। यस्तो नसम्झ– एक सेकेन्ड, एक मिनेट नै त गयो, व्यर्थ जानु यसैलाई
अलबेलापन भनिन्छ। तिमीहरू सबैको लक्ष्य हो– ब्रह्मा बाबासमान सम्पन्न र सम्पूर्ण
बन्नुछ। ब्रह्माबाबाले सर्व खजाना आदिदेखि अन्तिम दिनसम्म सफल गर्नुभयो, यसको
प्रत्यक्ष प्रमाण देख्यौ– सम्पूर्ण फरिस्ता बन्नुभयो। आफ्नी प्यारी दादीलाई पनि
देख्यौ– सफल गर्नुभयो र अरूलाई पनि सदा सफल गर्ने उमङ्ग-उत्साह बढाउनुभयो। त्यसबाट
ड्रामा अनुसार विशेष विश्व सेवाको अलौकिक पार्टको निमित्त बन्नुभयो।
त्यसोभए यो वर्ष,
भोलिदेखि हरेक दिन आफ्नो चार्ट राख्नु– सफल र व्यर्थ... के भयो, कति भयो? अमृतवेला
नै दृढ सङ्कल्प गर्नु, स्मृतिस्वरूप बन्नु– सफलता मेरो जन्मसिद्ध अधिकार हो। सफलता
मेरो गलाको हार हो। सफलतास्वरूप नै समान बन्नु हो। ब्रह्माबाबासँग प्यार छ नि।
ब्रह्माबाबाको सबैभन्दा धेरै प्यार कोसँग थियो? थाहा छ, केसँग प्यार थियो? मुरलीसँग।
लास्ट दिन पनि मुरलीको पाठ मिस गर्नुभएन। समान बन्नमा यो चेक गर्नु– ब्रह्माबाबाको
जेसँग प्यार रह्यो, ब्रह्माबाबाको प्यारको सबुत हो– जोसँग बाबाको प्यार थियो, उसँग
मेरो प्यार स्वतः नै सहज हुनुपर्छ। ब्रह्माबाबाको अरू विशेषता के रह्यो? सदा एलर्ट
अर्थात् सावधान, अलबेलापन होइन। लास्ट दिन पनि कति एलर्ट रूपमा आफ्नो सेवाको पार्ट
खेल्नुभयो। शरीर कमजोर हुँदा पनि कसरी एलर्ट भएर, आड लिएर बस्नुभएन र सबैलाई एलर्ट
गरेर जानुभयो। तीन कुराको मन्त्र दिएर जानुभयो। याद छ नि सबैलाई। जति एलर्ट रहनेछौ,
फलो गर्नेछौ, त्यति अलबेलापन खतम हुनेछ। अलबेलापनका विशेष बोली बापदादाले धेरै
सुनिरहनुहुन्छ। थाहा छ नि! यदि यी तीन शब्दहरूलाई (निराकारी, निर्विकारी र
निरङ्हकारी) सदा आफ्नो मनमा रिभाइज र रियलाइज गर्दै गयौ भने अटोमेटिकली सहज र स्वतः
समान बन्ने नै छौ। त्यसैले एक कुरा सफल गर– सफलतामूर्त बन।
बापदादाले बच्चाहरूको
यो वर्षको रिजल्ट हेर्नुभयो। के देख्नुभयो? महादानी बनेका छौ, तर अखण्ड महादानी,
अखण्ड अन्डरलाइन, अखण्ड महादानी, अखण्ड योगी, अखण्ड निर्विघ्न, अहिले यसको आवश्यकता
छ। के यो अखण्ड हुन सक्छ? हुन सक्छ? पहिलो लाइनकाले बताऊ– अखण्ड हुन सक्छ? हुन सक्छ
भने हात उठाऊ। जसले गर्न सक्छौ, गर्न सक्छौ? मधुबनवासीहरूले पनि हात उठाइरहेका छन्।
बापदादाले मधुबन निवासीहरूलाई पहिला देख्नुहुन्छ। मधुबनसँग प्यार छ। शान्तिवन वा
पाण्डव भवन वा जति पनि दादीका भुजाहरू छन्, सबैलाई ध्यान दिएर हेर्नुहुन्छ। सबै
अखण्ड भयौ भने मनसाबाट शक्ति फैलाउने सेवामा बिजी होऊ, वाचाबाट ज्ञानको सेवा र
कर्मबाट गुणदान वा गुणको सहयोग दिने सेवा गर।
आजकाल चाहे अज्ञानी
आत्माहरू हुन्, चाहे ब्राह्मण आत्माहरू हुन्, सबैलाई गुणको दान, गुणको सहयोग दिन
आवश्यक छ। यदि स्वयं सहज सिम्पलरूपमा नमुना बनेर रह्यौ भने अटोमेटिकली अर्कोलाई
तिम्रो गुणमूर्तको सहयोग स्वतः नै मिल्नेछ। आजकाल ब्राह्मण आत्माहरू पनि नमुना
हेर्न चाहन्छन्, सुन्न चाहँदैनन्। आपसमा पनि के भन्छौ? को बनेको छ? त्यसोभए
प्रत्यक्षरूपमा गुणमूर्त हेर्न चाहन्छन्। त्यसैले कर्मबाट विशेष गुणहरूको सहयोग,
गुणहरूको दान दिने आवश्यकता छ। सुन्न कसैले चाहँदैनन्, हेर्न चाहन्छन्। त्यसैले
अहिले यो विशेष ध्यानमा राख्नुछ– मैले ज्ञानबाट, वाचाबाट त सेवा गरि नै रहन्छु र गरि
नै रहनुछ, छोड्नुछैन तर अहिले मनसा र कर्म, मनसाद्वारा भाइब्रेसन फैलाउनुछ। सकाश
फैलाउनुछ। भाइब्रेसन वा सकाश टाढा बसेर पनि त्यहाँ प्राप्त गराउन सक्छौ। शुभभावना,
शुभकामनाद्वारा कुनै पनि आत्मालाई मनसा सेवाद्वारा भाइब्रेसन वा सकाश दिन सक्छौ।
त्यसैले अहिले यो वर्ष एक मनसा शक्तिहरूको भाइब्रेसन, शक्तिहरूद्वारा सकाश र
कर्मद्वारा गुणको सहयोग वा अज्ञानी आत्माहरूलाई गुणदान देऊ।
नयाँ वर्षमा गिफ्ट पनि
दिन्छौ नि। त्यसोभए यो वर्ष स्वयं गुणमूर्त बनेर गुणहरूको गिफ्ट दिनु। गुणहरूको टोली
खुवाउँछौ नि। मिल्यो भने टोली खुवाउँछौ नि। टोली खुवाउँदा खुसी हुन्छन् नि। कुनै
आत्माहरू, भागन्तीले पनि टोलीलाई याद गर्छन्। अरू कुरा भुल्छन् तर टोली याद आउँछ।
त्यसोभए यो वर्ष कुन टोली खुवाउनेछौ? गुणहरूको टोली खुवाउनु। गुणहरूको पिकनिक गर्नु
किनकि बाबासमान समयको समीपता अनुसार र दादीको इसारा अनुसार समयको सम्पन्नता अचानक
कहिल्यै पनि हुन सक्छ, त्यसैले बाबासमान बन्नुछ वा दादीलाई प्यारको रिटर्न दिनुछ भने
जुन आवश्यकता छ– मनसा र कर्मद्वारा सहयोगी बन्ने, कोही जस्तोसुकै पनि होस्, यो नसोच,
यो बन्यो भने म बन्नेछु। नम्बरवन बन्नुछ भने कहिल्यै यो नसोच– यो बन्यो भने बन्छु।
पहिलो नम्बर त बन्नेवाला बन्नेछ, फेरि तिम्रो नम्बर त दोस्रो हुनेछ। के तिमी दोस्रो
नम्बर बन्न चाहन्छौ कि पहिलो नम्बर बन्न चाहन्छौ? त्यसो त यदि कसैलाई भन्यौ– तिमीले
दोस्रो नम्बर लेऊ, लिनेछन्? सबैले यही भन्छन्– पहिलो नम्बर लिनुछ। त्यसैले पहिलो
निमित्त बन्नुछ। दोस्रोलाई निमित्त किन बनाउँछौ, आफूलाई निमित्त बनाऊ न।
ब्रह्माबाबाले के भन्नुभयो? हरेक कुरामा आफै निमित्त बनेर निमित्त बनाउनुभयो। हे
अर्जुन बनेर पार्ट खेल्नुभयो। म निमित्त बन्नुछ। मैले गर्नुछ। अर्काले गर्नेछ, मलाई
देखेर अरूले गर्नेछन्, अरूलाई देखेर मैले गर्नेछु, होइन। मलाई देखेर अरूले गर्नेछन्।
यो ब्रह्माबाबाको पहिलो पाठ हो। त्यसोभए सुन्यौ के गर्नुछ? सफलतामूर्त, सफल
सफलतामूर्त, अखण्ड दानी, त्यसपछि मायालाई आउने हिम्मत नै हुनेछैन। अखण्ड महादानी
बन्नेछौ, निरन्तर सेवाधारी रहनेछौ, बिजी रहनेछौ, मन बुद्धि सेवाधारी भयो भने माया
कहाँ आउँछ। त्यसोभए अहिले यो वर्ष के बन्नुछ? सबैको एउटै आवाज दिलबाट निस्कियोस्,
यो बापदादाले चाहनुहुन्छ, त्यो के? नो प्रोब्लम, कम्प्लिट (कुनै समस्या छैन,
सम्पूर्ण बन्नुछ)। प्रोब्लम होइन तर कम्प्लिट बन्नु नै छ। दृढ निश्चयबुद्धि,
विजयमालाको नजिकको मालाको दाना बन्नु नै छ। ठीक छ नि! बन्नुछ नि! मधुबनवासीहरू
बन्नुछ! नो कम्प्लेन? नो कम्प्लेन। हिम्मत राख्नेहरूले हात उठाऊ। नो प्रोब्लम। वाह!
बधाई छ, बधाई छ, बधाई छ!।
हेर, निश्चयको
प्रत्यक्ष प्रमाण हो रुहानी नसा। यदि रुहानी नसा छैन भने निश्चय पनि छैन। फुल
निश्चय छैन, केही मात्रामा छ। त्यसोभए नसा राख– के ठुलो कुरा हो! कति कल्प तिमी नै
बाबासमान बनेका छौ, याद छ? अनगिन्ती पटक बनेका छौ। त्यसैले यो नसा राख– हामी नै
बनेका छौँ, हामी नै हौँ र हामी नै बारम्बार बनिरहनेछौँ। यो नसा सदैव कर्ममा देखियोस्।
सङ्कल्पमा होइन, बोलीमा होइन, तर कर्ममा, कर्मको अर्थ हो चालचलनमा, चेहरामा देखियोस्।
त्यसोभए गृहकार्य मिल्यो। मिल्यो नि? अब हेर्नेछौँ– नम्बरवारमा आउँछौ वा नम्बरवनमा
आउँछौ। अच्छा।
बापदादासँग कार्ड,
पत्र, इमेल, याद-प्यार कम्प्युटरद्वारा पनि धेरै आएका छन् र बापदादाले टाढा बसेका
दिलतख्तनसिन बच्चाहरूलाई, हरेकलाई नामसहित विशेषतासहित यादप्यार र दिलको आशीर्वाद
सम्मुख इमर्ज गरेर दिइरहनुभएको छ। बापदादालाई थाहा छ– प्यार त सबैलाई हुन्छ नै र
बापदादाले सदा अमृतवेला विशेष ब्राह्मण आत्माहरूलाई यादप्यारको विशेष रेसपोन्ड
दिनुहुन्छ। त्यसैले कार्ड पनि राम्रा राम्रा बनाएका छन्, ती त यहाँ (स्टेजमा)
राख्छन् तर बापदादाको पासमा त वतनमा पहिल्यै आइपुग्छन्। अच्छा।
चारैतिरका चम्किरहेका
आत्म-दीपक बच्चाहरूलाई, सदा सफल गर्ने सफलतास्वरूप बच्चाहरूलाई, सदा अखण्ड महादानी,
अखण्ड निर्विघ्न, अखण्ड ज्ञान र योगयुक्त, सदा एउटै समयमा तीन सेवा गर्ने मनसा
भाइब्रेसनद्वारा वायुमण्डलद्वारा, वाचा वाणीद्वारा, चालचलन र चेहरा वा कर्मद्वारा,
तीनै सेवा एउटै समयमा सँगसँगै भयो भने तिम्रो प्रभाव राम्रो भन्नेहरूमाथि होइन, तर
राम्रो बन्नेहरूमाथि पर्नेछ। यस्ता अनुभवीमूर्तद्वारा अनुभव गराउने बच्चाहरूलाई
बापदादाको नयाँ वर्षको लागि पदम पदमगुणा यादप्यार, आशीर्वाद र दिलको तख्त सदा
तख्तनसिन बनाउनेवाला छ, त्यसैले चारैतिरका बच्चाहरूलाई जो सम्मुख छन्, वा टाढा बसेर
दिलतख्तमा छन्, सबैलाई नाम र विशेषतासहित यादप्यार एवं नमस्ते। रहानी बच्चाहरूको
रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
अच्छा– जो पहिलो पटक
आएका छौ, तिमीहरू उभिइराख। हात हल्लाऊ। हेर, आधा क्लास पहिलो पटकको आएको छ।
पछाडिकाले हात हल्लाऊ। टिभीमा देखिइरहेको छ। धेरै छन्। अच्छा, पहिलोपटक आउनेहरूलाई
बापदादाको धेरै धेरै दिलबाट बधाई पनि छ, र दिलको यादप्यार पनि छ। जसरी अहिले आयौ,
अहिले आउनेहरूलाई बापदादाको वरदान छ– “अमर भव”।
वरदान:–
ग्लानि
गर्नेलाई पनि गुणमाला लगाइदिने इष्टदेव , महान आत्मा भव
जसरी आजकाल तिमी
विशेष आत्माहरूको स्वागत गर्दा कसैले गलामा स्थूल माला लगाइदिए भने तिमीले
लगाइदिनेको गलामा नै लगाइदिन्छौ, त्यसरी नै ग्लानि गर्नेलाई पनि तिमीले गुणमाला
लगाइदियौ भने उसले स्वतः नै तिमीलाई गुणमाला रिटर्न गर्नेछ किनकि ग्लानि गर्नेलाई
गुणमाला लगाउनु अर्थात् जन्म जन्मको लागि भक्त निश्चित गरिदिनु हो। यसरी दिनु नै
अनेक पटकको लिनुहुन्छ। यही विशेषताले इष्टदेव, महान आत्मा बनाइदिन्छ।
स्लोगन:–
आफ्नो मनसा
वृत्ति सदा उत्तम र पावरफुल बनायौ भने नराम्रो पनि राम्रो हुनेछ।
अव्यक्त इसारा:–
अशरीरी वा विदेही स्थितिको अभ्यास बढाऊ
चारैतिर जतिसुकै पनि
कार्यको खिचातानी होस्, बुद्धि सेवाको कार्यमा अति बिजी होस्– यस्तो टाइममा अशरीरी
बन्ने अभ्यास गरेर हेर। यथार्थ सेवाको कहिल्यै बन्धन हुँदैन किनकि योगयुक्त,
युक्तियुक्त सेवाधारी सदा सेवा गर्दा पनि उपराम रहन्छन्। यस्तो होइन– सेवा धेरै छ,
त्यसैले अशरीरी बन्न सक्दैनौँ। याद राख– ‘यो मेरो सेवा होइन, बाबाले दिनुभएको हो’
भन्ने निश्चय भएमा निर्बन्धन रहनेछौ।