24.11.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिम्रो
यो समय धेरै धेरै मूल्यवान छ , त्यसैले यस समय लाई व्यर्थ नगुमाऊ , पात्रलाई हेरेर
ज्ञान दान गर।”
प्रश्न:–
गुणहरूको धारणा
पनि हुँदै जाओस् र चालचलन पनि सुध्रिँदै जाओस्, त्यसको सहज विधि के हो?
उत्तर:–
जे बाबाले
सम्झाउनुभएको छ, त्यो अरूलाई पनि सम्झाऊ। ज्ञान धनको दान गरेमा गुणहरूको धारणा पनि
सहज हुँदै जान्छ, चालचलन पनि सुध्रिँदै जान्छ। जसको बुद्धिमा यो ज्ञान हुँदैन, जसले
ज्ञान धनको दान गर्दैनन्, तिनीहरू अभागी हुन्। तिनीहरूले सित्तैमा आफूलाई घाटामा
पार्छन्।
गीत:–
बचपन के दिन
भुला न देना...
ओम् शान्ति ।
मीठा-प्यारा
बच्चाहरूले गीत सुन्यौ, अर्थ त राम्ररी बुझ्यौ। हामी आत्मा हौँ र बेहदका बाबाका
प्यारा बच्चाहरू हौँ– यो कुरा नबिर्स। बाबाको यादमा भर्खरै हर्षित हुन्छौ, भर्खरै
याद गर्न बिर्सिँदा फेरि दुःखी हुन्छौ। भर्खरै जीवित हुन्छौ, भर्खरै मर्छौ अर्थात्
भर्खरै बेहदका बाबाका बन्छौ, भर्खरै फेरि जिस्मानी परिवारतिर जान्छौ। त्यसैले बाबा
भन्नुहुन्छ– आज हाँसेर भोलि नरुनु। यो भयो गीतको अर्थ।
तिमी बच्चाहरूलाई थाहा
छ– धेरैजसो मानिसहरूले शान्तिको लागि नै धक्का खान्छन्। तीर्थ यात्रामा जान्छन्।
यस्तो होइन– सङ्कट भोग्दैमा कुनै शान्ति मिल्छ। यो एउटै सङ्गमयुग हो, जुनबेला बाबा
आएर सम्झाउनुहुन्छ। पहिला सुरुमा त आफूलाई चिन। आत्मा शान्तस्वरूप नै हो।
निवासस्थान पनि शान्तिधाम हो। यहाँ आएपछि कर्म अवश्य गर्नुपर्छ। आफ्नो शान्तिधाममा
हुँदा आत्मा शान्त हुन्छ। सत्ययुगमा पनि शान्ति हुन्छ। सुख पनि हुन्छ, शान्ति पनि
हुन्छ। शान्तिधामलाई सुखधाम भनिँदैन। जहाँ सुख छ त्यसलाई सुखधाम, जहाँ दुःख छ
त्यसलाई दुःखधाम भनिन्छ। यी सबै कुरा तिमीले बुझिरहेका छौ। यी सबै कुरा सम्झाउनको
लागि जसलाई पनि सम्मुख नै सम्झाइन्छ। प्रदर्शनीमा कोही भित्र पसेपछि सबैभन्दा पहिला
बाबाको नै परिचय दिनुपर्छ। सम्झाइन्छ– आत्माहरूका पिता एउटै हुनुहुन्छ। उहाँ नै
गीताका भगवान हुनुहुन्छ। बाँकी यी सबै आत्माहरू हुन्। आत्माले शरीर छोड्छ र लिन्छ।
शरीरको नै नाम परिवर्तन हुन्छ। आत्माको नाम परिवर्तन हुँदैन। त्यसैले तिमी
बच्चाहरूले सम्झाउन सक्छौ– बेहदका बाबाबाट नै सुखको वर्सा मिल्छ। बाबाले सुखको
सृष्टि स्थापना गर्नुहुन्छ। बाबाले दुःखको सृष्टि रच्नुहुन्छ, यस्तो त हुँदैन।
भारतवर्षमा लक्ष्मी-नारायणको राज्य थियो नि। चित्र पनि छन्– भन, यसमा सुखको वर्सा
मिल्छ। यो त तिम्रो कल्पना हो भन्छन् भने एकदम छोडिदिनुपर्छ। कल्पना सम्झनेले केही
पनि बुझ्दैन। तिम्रो समय त धेरै मूल्यवान छ। यो सारा दुनियाँमा तिम्रोजति मूल्यवान
समय अरू कसैको छैन। ठुला ठुला मानिसहरूको समय मूल्यवान हुन्छ। बाबाको समय कति
मूल्यवान छ। बाबाले सम्झाएर के बाट के बनाइदिनुहुन्छ। त्यसैले बाबाले तिमी
बच्चाहरूलाई नै भन्नुहुन्छ– तिमीले आफ्नो मूल्यवान समय नगुमाऊ। ज्ञान पात्रलाई नै
दिनुछ। पात्रलाई सम्झाउनुपर्छ– सबै बच्चाहरूले त बुझ्न सक्दैनन्, सबैमा बुझ्न चाहिने
जति बुद्धि हुँदैन। पहिला सुरुमा बाबाको परिचय दिनुछ। हामी आत्माहरूका पिता शिव
हुनुहुन्छ भन्ने नबुझेसम्म त्यसभन्दा अगाडि केही पनि बुझ्न सक्दैनन्। धेरै प्यार,
नम्रताले सम्झाएर पठाइदिनुपर्छ किनकि आसुरी सम्प्रदायले झगडा गर्न बेर लगाउँदैनन्।
सरकारले विद्यार्थीको कति महिमा गर्छ। उनीहरूको लागि कति प्रबन्ध गर्छ। कलेजका
विद्यार्थीले नै सबैभन्दा पहिला ढुङ्गा हान्न सुरु गर्छन्। जोश हुन्छ नि। वृद्ध वा
माताहरूले त त्यति जोडले हान्न सक्दैनन्। प्रायः जसो विद्यार्थीहरूले नै होहल्ला
गर्छन्। उनीहरूलाई नै लडाइँको लागि तयार गर्छन्। अब बाबाले आत्माहरूलाई
सम्झाउनुहुन्छ– तिमी उल्टो बनेका छौ। आफूलाई आत्माको सट्टा शरीर सम्झन्छौ। अब बाबाले
तिमीलाई सुल्टो बनाइरहनुभएको छ। कति रातदिनको फरक हुन्छ। सुल्टो हुँदा तिमी विश्वको
मालिक बन्छौ। अहिले तिमीले बुझेका छौ– हामी आधाकल्प उल्टो थियौँ। अब बाबाले
आधाकल्पको लागि सुल्टो बनाउनुहुन्छ। अल्लाहका बच्चा बनेपछि विश्वको बादसाहीको वर्सा
मिल्छ। रावणले उल्टो बनाइदिन्छ त्यसपछि कला काया चट हुन्छ फेरि गिर्दै जान्छौ।
रामराज्य र रावणराज्यलाई तिमी बच्चाहरूले जानेका छौ। तिमी बाबाको यादमा रहनुछ। शरीर
निर्वाहको लागि कर्म पनि गर्नुछ, तैपनि समय त धेरै मिल्छ। कुनै जिज्ञासु आदि छैनन्,
काम छैन भने बाबाको यादमा बस्नुपर्छ। त्यो त हो अल्पकालको लागि कमाइ र तिम्रो यो हो
सदाकालको लागि कमाइ, यसमा धेरै अटेन्सन दिनुपर्छ। मायाले घरी घरी अरूतिर ख्याल
लैजान्छ। यो त हुन्छ नै। मायाले भुलाइरहन्छ। यसमा एउटा नाटक पनि देखाउँछन्– प्रभु
यसो भन्नुहुन्छ, माया यसो भन्छ। बाबाले तिमी बच्चाहरूलाई सम्झाउनुहुन्छ– म एकलाई
याद गर, यसैमा विघ्न पर्छन्। अरू कुनै कुरामा त्यति विघ्न पर्दैनन्। पवित्रताको लागि
कति कष्ट भोग्छन्। भागवत आदिमा यस समयको नै गायन छ। पूतनाहरू, सूपनखाहरू पनि छन्,
यी सबै यस समयका कुरा हुन् जुनबेला बाबा आएर पवित्र बनाउनुहुन्छ। जति पनि उत्सव आदि
मनाउँछन्, जे बितेर गयो, त्यसको फेरि चाडपर्व मनाउँदै आउँछन्। बितेको कुराको महिमा
गर्दै आउँछन्। रामराज्यको महिमा गाउँछन् किनकि बितेर गयो। जसरी क्राइस्ट आदि आए,
धर्म स्थापना गरेर गए। तिथि मिति पनि लेखिदिन्छन् फेरि उनीहरूको जन्मदिन मनाउँदै
आउँछन्। भक्तिमार्गमा पनि यो कामधन्दा आधाकल्प चल्छ। सत्ययुगमा यो कामधन्दा हुँदैन।
यो दुनियाँ नै खतम हुनुछ। यी कुरा तिमीहरूमा पनि धेरै कम छन् जसले बुझ्छन्। बाबाले
सम्झाउनुभएको छ– सबै आत्माहरू अन्त्यमा फर्केर जानुछ। सबै आत्माहरूले शरीर छोडेर
जान्छन्। तिमी बच्चाहरूको बुद्धिमा छ– बाँकी थोरै दिन छन्। अब फेरि यो सबै विनाश
हुनेछ। सत्ययुगमा केवल हामी नै आउँछौँ। सबै आत्माहरू त आउँदैनन्। जो कल्प पहिला आएका
थिए उनीहरू नै नम्बरवार आउँछन्। उनीहरूले नै राम्ररी पढेर अरूलाई पनि पढाइरहेका छन्।
जसले राम्रो पढ्छन् उनीहरू नै फेरि नम्बरवार ट्रान्सफर हुन्छन्। तिमी पनि ट्रान्सफर
हुन्छौ। तिम्रो बुद्धिले जान्दछ– जति आत्माहरू छन् ती सबै नम्बरवार त्यहाँ
शान्तिधाममा गएर बस्छन् फेरि नम्बरवार आइरहन्छन्। बाबा फेरि पनि भन्नुहुन्छ– मूल
कुरा हो बाबाको परिचय दिनु। बाबाको नाम सदैव मुखमा होस्। आत्मा के हो, परमात्मा के
हुनुहुन्छ? दुनियाँमा कसैले पनि यो कुरा जान्दैनन्। गाउँछन् पनि– भृकुटीको बीचमा
चम्किन्छ अजब सितारा... बस्, धेरै केही बुझ्दैनन्। त्यसमा पनि यो ज्ञान धेरै कमको
बुद्धिमा हुन्छ। घरी घरी बिर्सन्छन्। पहिला सुरुमा सम्झाउनुछ– बाबा नै पतितपावन
हुनुहुन्छ। वर्सा पनि दिनुहुन्छ, शाहनशाह (बादसाह) बनाउनुहुन्छ। तिमीसँग गीत पनि छ–
आखिर वह दिन आया आज... जसको मार्ग भक्तिमार्ग धेरैले पर्खन्थे। द्वापरबाट भक्ति
सुरुहुन्छ फेरि अन्त्यमा बाबा आएर मार्ग बताउनुहुन्छ। कयामतको समय पनि यसैलाई
भनिन्छ। आसुरी बन्धनको सबै हिसाबकिताब चुक्ता गरेर फेरि फर्केर जान्छन्। ८४ जन्मको
पार्टलाई तिमीले जानेका छौ। यो पार्ट नै खेलिरहिन्छ। शिवजयन्ती मनाउँछन् भने अवश्य
शिव आउनुभएको थियो होला। अवश्य केही गर्नुभएको थियो होला। उहाँले नै नयाँ दुनियाँ
बनाउनुहुन्छ। यी लक्ष्मी-नारायण मालिक थिए, अब छैनन्। फेरि बाबाले राजयोग
सिकाउनुहुन्छ। यो राजयोग सिकाउनुभएको थियो। तिमी सिवाय अरू कसैको मुखमा यो कुरा आउन
सक्दैन। तिमीले नै सम्झाउन सक्छौ। शिवबाबाले हामीलाई राजयोग सिकाइरहनुभएको छ। जसले
शिवोहम् को उच्चारण गर्छन् त्यो पनि गलत हो। तिमीलाई अब बाबाले सम्झाउनुभएको छ– तिमी
नै चक्कर लगाएर ब्राह्मण कुलबाट देवता कुलमा आउँछौ। सो हम, हम सो को अर्थ पनि तिमीले
सम्झाउन सक्छौ। अहिले हामी ब्राह्मण हौँ, यो ८४ को चक्र हो। यो मन्त्र कुनै जप्ने
होइन। बुद्धिमा अर्थ रहनुपर्छ। त्यो पनि सेकेन्डको कुरा हो। जसरी बीउ र वृक्ष
सेकेन्डमा सारा ध्यानमा आउँछ। त्यसरी नै हम सो को रहस्य पनि सेकेन्डमा आउँछ। हामीले
यसरी चक्कर लगाउँछौँ जसलाई स्वदर्शन चक्र पनि भनिन्छ। तिमीले कसैलाई हामी स्वदर्शन
चक्रधारी हौँ भन्यौ भने कसैले मान्दैनन्। भन्छन्– यिनीहरूले त आफैलाई सबै पदवी
दिन्छन्। फेरि तिमीले सम्झाउँछौ– हामीले कसरी ८४ जन्म लिन्छौँ। यो चक्र घुम्छ।
आत्मालाई आफ्नो ८४ जन्मको दर्शन हुन्छ, यसैलाई नै स्वदर्शन चक्रधारी भनिन्छ। पहिला
त सुनेर चकित हुन्छन्। यो फेरि के गफ लगाउँछन्। तिमीले बाबाको परिचय दिएपछि भने
उनीहरूलाई गफ लाग्दैन। बाबालाई याद गर्छन्। गाउँछन् पनि– बाबा हजुर आउनुभयो भने हामी
हजुरमाथि बलिहार जान्छौँ। हजुरलाई नै याद गर्छौं। बाबा भन्नुहुन्छ– तिमीले भन्थ्यौ
नि– अहिले फेरि तिमीलाई याद दिलाउँछु। नष्टोमोहा होऊ। यो देहबाट पनि नष्टोमोहा होऊ।
आफूलाई आत्मा सम्झेर मलाई नै याद गरेमा तिम्रा विकर्म विनाश हुन्छन्। यो मीठो कुरा
सबैलाई मन पर्छ। बाबाको परिचय छैन भने फेरि कुनै न कुनै कुरामा संशय उठाइरहन्छन्,
त्यसैले पहिला २-३ चित्र त अगाडि राखिदेऊ, जसमा बाबाको परिचय होस्। बाबाको परिचय
मिलेपछि वर्साको ज्ञान पनि मिल्छ।
बाबा भन्नुहुन्छ– मैले
तिमीलाई राजाहरूको राजा बनाउँछु। यस्तो चित्र बनाऊ। डबल ताजधारी बुद्धिमा आउँछ।
पहिला बाबाको पूजा गर्छन् फेरि बसेर आफ्नै चित्रहरूको पूजा गर्छन्। जो पावन भएर गएका
छन् उनीहरूका चित्र बनाएर बसेर पूजा गर्छन्। यो ज्ञान पनि तिमीलाई अहिले मिलेको छ।
पहिला त भगवानको लागि नै भनिदिन्थे– आपेही पूज्य आपेही पुजारी। अब तिमीलाई सम्झाइएको
छ– तिमी नै यो चक्रमा आउँछौ। बुद्धिमा यो ज्ञान सदैव रहन्छ र फेरि सम्झाउनु पनि छ।
धन दिये धन ना खुटे... जसले धन दान गर्दैनन् उनीहरूलाई अभागी पनि भनिन्छ। बाबाले जे
सम्झाउनुभएको छ त्यो फेरि अरूलाई सम्झाउनु छ। सम्झाएनौ भने सित्तैमा आफूलाई घाटामा
पार्छौ। गुण पनि धारण हुँदैनन्। चालचलन नै त्यस्तै हुन्छ। हरेकले आफूलाई त चिन्न
सक्छन् नि। तिमीलाई अब समझ मिलेको छ। बाँकी सबै बेसमझ छन्। तिमीले सबै कुरा जान्दछौ।
बाबा भन्नुहुन्छ– यतातिर छ दैवी सम्प्रदाय, उतातिर छ आसुरी सम्प्रदाय। बुद्धिद्वारा
तिमीले जान्दछौ– अहिले हामी सङ्गमयुगमा छौँ। एउटै घरमा एक सङ्गमयुगको, अर्को
कलियुगको, दुवै सँगै रहन्छन्। फेरि देखिन्छ– हाँस बन्न लायक छैनन् त्यसैले युक्ति
रचिन्छ। नत्र विघ्न पारिरहन्छन्। कोसिस गर्नुछ– आफूसमान बनाउने। नत्र हैरान
पारिरहन्छन् फेरि युक्तिले किनारा गर्नुपर्छ। विघ्न त पर्छन्। यस्तो ज्ञान त तिमीले
नै दिन्छौ। धेरै मीठो पनि बन्नुछ। नष्टोमोहा पनि हुनुपर्छ। एउटा विकारलाई छोड्यौ भने
फेरि अरू विकारले गडबड गर्छन्। बुझिन्छ– जे हुन्छ कल्प पहिला अनुसार। यस्तो सम्झेर
शान्त रहनुपर्छ। भावी सम्झिन्छ। राम्रा राम्रा सम्झाउने बच्चाहरू पनि गिर्छन्। धेरै
जोडले थप्पड खान्छन्। फेरि भनिन्छ– कल्प पहिला पनि थप्पड खाएका थिए होलान्। हरेकले
आफ्नै मनले बुझ्न सक्छन्। लेख्छन् पनि– बाबा म क्रोधमा आएँ, फलानालाई पिटेँ, यो भूल
भयो। बाबा सम्झाउनुहुन्छ– जति हुन्छ कन्ट्रोल गर। कस्ता कस्ता मानिसहरू छन्,
अबलाहरूमाथि कति अत्याचार गर्छन्। पुरुष बलवान हुन्छन्, स्त्री अबला हुन्छन्। बाबाले
फेरि तिमीलाई यो गुप्त लडाइँ सिकाउनुहुन्छ जसबाट तिमीले रावणमाथि विजय प्राप्त गर्छौ।
यो लडाइँ कसैको बुद्धिमा छैन। तिमीहरूमा पनि नम्बरवार छन् जसले यो कुरा बुझ्न सक्छन्।
यो बिल्कुल नयाँ कुरा हो। अहिले तिमीले पढिरहेका छौ– सुखधामको लागि। यो पनि अहिले
याद छ फेरि बिर्सिन्छ। मूल कुरा यादको यात्रा नै हो। यादबाट हामी पावन बन्छौँ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूलाई माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) जे जस्तो हुन्छ, त्यसलाई भावी सम्झेर शान्त रहनुछ। क्रोध गर्नुछैन। जति हुन्छ
आफूलाई कन्ट्रोल गर्नुछ। युक्ति रचेर आफूसमान बनाउने कोसिस गर्नुछ।
२) धेरै प्यार र
नम्रताले सबैलाई बाबाको परिचय दिनुछ। सबैलाई यिनै मीठा मीठा कुरा सुनाऊ– बाबा
भन्नुहुन्छ, आफूलाई आत्मा सम्झेर मलाई याद गर, यो देहबाट नष्टोमोहा होऊ।
वरदान:–
हर आत्मालाई भ
ट्कि न वा भिखारीपनबाट बचाउने निष्काम रहमदिल भव
जति पनि प्यारा
बच्चाहरू निष्काम रहमदिल छन् उनीहरूको रहमको सङ्कल्पले अन्य आत्माहरूलाई आफ्नो
रुहानी रूप वा रुहको लक्ष्य सेकेन्डमा स्मृतिमा आउँछ। उनीहरूको रहमको सङ्कल्पले
भिखारीले सर्व खजानाको झलक देख्छन्। भट्किरहेका आत्माहरूले मुक्ति वा जीवनमुक्तिको
किनारा वा लक्ष्य सामुन्ने देख्छन्। उनीहरूले सर्वको दुःखहर्ता सुखकर्ताको पार्ट
खेल्छन्, दुःखीलाई सुखी बनाउने युक्ति वा साधन सदा उनीहरूसँग जादुको चाबीजस्तै
हुन्छ।
स्लोगन:–
सेवाधारी बनेर
निःस्वार्थ सेवा गरेमा सेवाको मेवा मिल्छ नै।
अव्यक्त इसारा:–
अशरीरी वा विदेही स्थितिको अभ्यास बढाऊ
अन्तिम समयमा
प्रकृतिका पाँचै तत्त्वले नराम्ररी हल्लाउने कोसिस गर्छन्, तर विदेही अवस्थाको
अभ्यासी आत्मा बिल्कुल यस्तो अचल अडोल सम्मानसहित उत्तीर्ण हुन्छ जसबाट सबै कुरा
पार हुन्छन् तर उसले ब्रह्माबाबासमान सम्मानसहित उत्तीर्ण भएको प्रमाण दिन्छ, यसको
लागि समय निकालेर प्रकृतिका पाँचै तत्त्वको सेवा गर्दै जाऊ र शुभभावनाको सकाश
दिइराख।