25.08.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– बाबा र
वर्सालाई याद गर ेमा तिम्रो कमाइ पनि हुन्छ र तन्दुरुस्ती पनि मिल्छ , तिमी अमर
बन्छौ।”
प्रश्न:–
हृदयलाई शुद्ध
बनाउने सहज युक्ति कुन हो?
उत्तर:–
जहाँ रहे पनि
ट्रस्टी भएर रहनु। सदैव सम्झ हामीले शिवबाबाको भण्डाराबाट खान्छौँ। शिवबाबाको
भण्डाराको भोजन खानेहरूको हृदय शुद्ध हुँदै जान्छ। प्रवृत्तिमा रहेर श्रीमत अनुसार
निर्देशनमा ट्रस्टी बनेर रहन्छौ भने त्यो पनि शिवबाबाको भण्डारा हो, मनबाट समर्पित
हुन्छौ।
ओम् शान्ति ।
जन्मजन्मान्तर
आधाकल्प बच्चाहरूले सतसङ्ग गरेका छौ, साधुसन्त, पण्डित आदि सबै मानिसहरूको सतसङ्ग
हुन्छ, यो कुनै पनि मानिसको सतसङ्ग होइन। यसलाई भनिन्छ रुहानी सतसङ्ग। सर्वोच्च
रुहले रुहहरूसँग रुहरिहान अर्थात् सतसङ्ग गर्नुहुन्छ। यहाँ तिमीले कुनै मानिसबाट
ज्ञान सुन्दैनौ, न देवताहरूबाट ज्ञान सुन्छौ। तिमीले भगवानबाट ज्ञान सुन्छौ।
भगवानलाई सदैव निराकार भनिन्छ र भगवान त्यतिबेला मात्र आउनुहुन्छ जुनबेला
बच्चाहरूलाई भगवान भगवती बनाउनको लागि पढाउनुपर्छ। भगवान र भगवतीको पद भगवानबाहेक
अरू कसैले दिन सक्दैन। तिमी बच्चाहरूलाई थाहा छ, कल्प कल्प सङ्गमयुग हुन्छ,
त्यतिबेला निराकार भगवान आएर हामीलाई ज्ञान दिनुहुन्छ। यो कुरा पनि केवल तिमीले नै
बुझेका छौ, अरू कसैले मुस्किलले बुझ्न सक्छ। शिवबाबा त आउनु हुन्छ, तर उहाँको सट्टा
श्रीकृष्णलाई गीताका भगवान भनिदिएका छन्। त्यसैले अवश्य सबैको बुद्धिमा मनुष्य तन
नै आउँछ होला। तिमी नै दैवीगुणयुक्त थियौ र अहिले आसुरी अवगुणले भरिएका छौ। फेरि अब
दैवीगुणयुक्त बन्छौ। दैवीगुण भएकाहरूलाई ईश्वरीय सम्प्रदाय, आसुरी अवगुण भएकाहरूलाई
आसुरी सम्प्रदाय भनिन्छ। अब निराकार बाबाले निराकार सम्प्रदाय अर्थात् आत्माहरूलाई
पढाउनुहुन्छ, त्यसैले भनिन्छ ईश्वरीय सम्प्रदाय अथवा रुहानी सम्प्रदाय, जसलाई रुहानी
बाबा आएर पढाउनुहुन्छ। अहिले तिमी आत्म अभिमानी बन्छौ। म आत्मा हुँ, बाबाले मलाई
पढाउनुहुन्छ। बाबा भन्नुहुन्छ मलाई याद गर्छौ भने तिम्रा विकर्म विनाश हुन्छन्।
बाबाले रुहहरूलाई नै पढाउनुहुन्छ, उहाँ नै नलेजफुल हुनुहुन्छ र ऋषिमुनि आदि सबैले त
नेती नेती अर्थात् हामीले रुहलाई जान्दैनौँ भन्दै आए। उहाँ ज्ञान सागर सम्मुख
नआउँदासम्म कसरी ज्ञान सम्झाउनुहुन्छ। यी राम्रोसँग बुझ्ने कुराहरू हुन्। हामीलाई
कुनै मानिसले पढाउँदैनन्, हामीलाई स्वयम् बाबाले पढाउनुहुन्छ। उहाँ हुनुहुन्छ बेहदको
निराकार बाबा। यो कुरा पनि बच्चाहरूलाई सम्झाइएको छ, हरेकका साकार र निराकार दुई
बाबा हुन्छन्। एक रुहानी र अर्का जिस्मानी। रुहानी बाबाले नै आएर रुहहरूलाई पावन
बनाउनुहुन्छ। तिमीलाई थाहा छ, हामी पावन थियौँ, पतित बन्यौँ फेरि पतितबाट पावन कसरी
बन्छौँ। चित्र पनि सामुन्ने छन्, बाबा राय दिनुहुन्छ– घरी घरी चक्रको सामुन्ने गएर
बस्यौ भने बुद्धिमा सारा ज्ञान आउनेछ, हामी अहिले सङ्गमयुगमा बसेका छौँ, अरू सबैले
आफूलाई कलियुगमा सम्झन्छन्। कलियुगलाई घोर अन्धकार भनिन्छ। अहिले तिमी सङ्गममा छौ।
अहिले तिमीलाई ज्ञानको प्रकाश मिलेको छ, सत्ययुगमा फेरि तिमीलाई यो ज्ञान मिल्दैन।
बाबा आउनुहुन्छ अनि मात्रै दिव्य असीम उज्यालो हुन्छ। यो सङ्गमयुग हो नै कल्याणकारी
युग। योजस्तो युग कुनै हुँदैहुँदैन, यसैबेला बाबा आउनुहुन्छ। सत्ययुगलाई कल्याणकारी
भनिँदैन, त्यहाँ कसैको कल्याण हुँदैन। कल्याण सङ्गममा नै हुन्छ। सत्ययुगमा त कल्याण
त हुन्छ नै कल्याण। बाबा आएर सङ्गममा कलियुगलाई सत्ययुग, कल्याणकारी बनाउनुहुन्छ।
त्यसैले हेर अहिले तिम्रो कति कल्याण हुन्छ, केवल बाबा र वर्सालाई याद गरेमा तिम्रो
कति कमाइ हुन्छ। यसमा कमाइको महाकमाइ पनि छ अनि पूर्ण तन्दुरुस्ती पनि छ। तिम्रो
जीवन अमर बन्छ। कहिल्यै अकालमा तिम्रो मृत्यु हुँदैन। त्यसैले बच्चाहरूलाई कति खुसी
हुनुपर्छ किनकि तिम्रो बुद्धिमा सारा ज्ञान छ। यहाँ तिमी बच्चाहरू आएको बेलामा
पुरुषार्थ गरेर म्युजियममा चित्रहरूमा सम्झाउन लायक बन्नुपर्छ। आफूलाई लायक बनाउनको
लागि ७-८ दिन बसेर सिक। अभ्यास भयो, तुरुन्तै दौड्यो सेवामा। सेवा गरेर फेरि फर्केर
आउँछौ। यो म्युजियममा सम्झाउन सिक्न त धेरै सहज छ। चित्रलाई सामुनने देख्दा नै
बुद्धिमा आउँछ, हामी सङ्गममा बसेका छौँ। आजको दुनियाँमा धेरै मानिसहरू छन्, भोलि
धेरै कम हुनेछन्। यति धेरै यी सबै आत्माहरू फर्केर जानु छ। अहिले बाबा स्वयं
आउनुभएको छ, बच्चाहरूको कति इज्जत राख्नुहुन्छ। दूरदेश का रहने वाला आया देश पराये...
रावणको देश पराइ देश हो नि! रामको देशमा त कहिल्यै रावण आउन सक्दैन।
अहिलेको तिमी
बच्चाहरूको पालना त बाबाको हातमा छ। बस् हजुरबाटै खाऊँ अर्थात् हजुरकै भण्डाराबाट
खाऊँ... तिम्रो सारा पालना यहाँ नै हुन्छ। जो समर्पित हुन्छन् उनीहरूको पालना त
हुन्छ नै तर जसले मनले मात्रै सम्झन्छन् यो सबै थोक ईश्वरको (बाबाको) हो, म ट्रस्टी
हुँ, म श्रीमतमा नै चलेर खर्च आदि गर्छु। यस्तो जसले सम्झन्छन् उनीहरूले पनि
शिवबाबाको भण्डाराबाट खान्छन्। शिवबाबाको भण्डाराबाट खाएमा हृदय शुद्ध हुन्छ। यस्तो
होइन उनीहरूले शिवबाबाको भण्डाराबाट खाँदैनन्। बाबाको निर्देशनमा चल्नेहरूले पनि
मानौँ बाबाको भण्डाराबाट खान्छन्। जुन भण्डाराबाट खायौ, त्यो भण्डारा भरपुर काल
कण्टक दूर... त्यसपछि तिम्रो कहिल्यै पनि अकालमा मृत्यु हुँदैन। यस समयमा नै शिवबाबा
आउनुहुन्छ, उहाँको महिमा पनि गायन गरिएको छ। शिवजयन्ती पनि मनाउँछन् तर उहाँको
भण्डारा कसरी हुन्छ, यो कसैलाई पनि थाहा छैन। बाबा पनि अवश्य आउनुहुन्छ नि! जति पनि
बच्चाहरू आउँछन् तिनीहरूलाई शिवबाबाको भण्डाराबाट ब्रह्माभोजन मिल्छ। अच्छा पुरुष
समर्पित हुन्छ भने ठिकै छ, ऊ समर्पित हुँदैन भने माताहरूले के गर्ने? किनकि कमाइ
पतिको हुन्छ। ऊ त समर्पित हुँदैन। उसले आम्दानी गरेपछि मात्र पत्नीले खान्छिन्। हो,
युगल दुवै समर्पित छन् भने फेरि शिवबाबाको भण्डाराबाट पालना हुन सक्छ। यो कुरा
बाबाले बच्चाहरूलाई राम्रोसँग सम्झाउनुहुन्छ। कर्मातीत अवस्था न हुँदासम्म हामी
बाबाको समीप बसेका छौँ भन्ने बुद्धिमा राख्नु छ। दिनप्रतिदिन हामी आफ्नो स्वराज्यको
नजिक आउँदै गइरहेका छौँ। समय बित्दै गइरहेको छ, तिमी नजिक आउँदै गइरहेका छौ।
सत्ययुगको पहिलो वर्षको लागि अब कति वर्ष बाँकी छ भन्छौ? अब कति नजिक आएका छौ? बाबा
भन्नुहुन्छ प्यारा बच्चाहरू! अब तिम्रो ८४ को चक्र पूरा हुन्छ। तिमीले अहिले ८४
जन्मको चक्रलाई जानेका छौ। चक्रलाई देखेपछि मात्रै भन्नेछौ हामी अहिले सङ्गममा छौँ।
यतातिर छ कलियुग, उतातिर छ सत्ययुग। भोलि हामी आफ्नो सुखधाममा हुनेछौँ। दुनियाँलाई
थाहै छैन, उनीहरू त एकदमै घोर अन्धकारमा छन्। तिमी बच्चाहरूलाई धेरै खुसी हुनुपर्छ।
बेहदको बाबाबाट हामीले २१ जन्मको कमाइ गर्छौँ। सदा सुखको वर्सा पाइरहेका छौँ– यसैमा
खुसी हुन्छ। स्वर्गवासी बन्ने कुरा त तिम्रै तकदिरमा छ। स्वर्ग एउटा अद्भुत कुरा
हो। जस्तै ७ आश्चर्यहरू देखाउँछन् नि! यो त सबैभन्दा ठुलो आश्चर्य हो। अद्भुत
स्वर्गका चित्र पनि छन्। यी लक्ष्मीनारायण स्वर्गका मालिक थिए त्यसैले बाबाले
लेख्नुभएको थियो– माथि सूर्यवंशी लेख त्यसको तल चन्द्रवंशी लेख अनि आधाकल्प पूरा
हुनेछ। सूर्यवंशी, चन्द्रवंशी दुवै १२५०, १२५० वर्ष। अनि फेरि लाखौँ वर्षको त कुरै
उड्छ। त्यहाँ बाहुबलमा कति खर्च हुन्छ। यहाँ सुरुदेखि लिएर अन्त्यसम्म केही पनि
खर्च हुँदैन। यो त बाबा र बच्चाहरूको हिसाब हो, खर्चको कुरै छैन। यहाँ बच्चाहरू आएर
रिफ्रेस हुन् भनेर भवन आदि बनाउँछन्। बच्चाहरूकै पैसा हो त्यो पनि कति दिन त बितिसके।
बाँकी थोरै दिन छन्, खर्च केही पनि छैन। कौडी खर्च नगरीकनै तिमीले जीवनमुक्ति पाउँछौ।
यसमा केवल मेहनतको कुरा छ। भगवानलाई त सबै भक्तहरूले याद गर्छन् तर यो चिन्दैनन् कि
भगवान को हुनुहुन्छ? भगवानलाई नचिनेका हुनाले धेरैलाई भगवान मानिदिन्छन्। अब तिमी
बच्चाहरूले बाबाको सत्य परिचय दिनु छ।
तिमी बच्चाहरूलाई
अथाह खुसी हुनुपर्छ– बेहदको बाबाले हामीलाई पढाउनुहुन्छ, स्वर्गको मालिक बनाउनको
लागि। बाबा आएर स्वर्गको स्थापना र नर्कको विनाश गराउनुहुन्छ त्यसैले महाभारत लडाइँ
पनि सँगसँगै हुन्छ। हर ५ हजार वर्षपछि यो चक्र घुम्छ। बाबा पनि कल्प कल्प, कल्पको
सङ्गमयुगमा आउनुहुन्छ। गीतामा उनीहरूले फेरि युगे युगे लेखिदिएका छन् त्यो पनि ५
युग छन्, पाँच पटक आउनुभयो। फेरि २४ अवतार, फलानो अवतार किन लेखिदिएका छन्!
मानिसहरूले कति यज्ञ, तप, तीर्थ आदि गर्छन्, सम्झन्छन् यी सबै मार्गहरू भगवानसँग
मिल्नका लागि हुन्। तर भगवानको समीप त कोही पनि जान सक्दैनन्। आधाकल्प कति मेहनत
गरेका छन्। जन्मजन्मान्तर चक्कर लगाए, यो गरे... तैपनि बाबा मिल्नुभएन। अहिले बाबा
तिमी बच्चाहरूको कति नजिक हुनुहुन्छ। तिमीसँग कुरा गरिरहनुभएको छ, तिमीलाई
सम्झाइरहनुभएको छ। तिमीले बुझेका छौ, कल्प कल्प हुबहु हामी यसरी नै बाबासँग मिल्छौँ,
जे जति बित्यो, कल्प कल्प त्यही हुनेछ। उनै जौहरी दादा हुनेछन्। फेरि उनमा नै बाबाले
प्रवेश गर्नुहुनेछ, फेरि हामी बच्चाहरू आएर बाबाका बन्नेछौँ र फेरि स्वर्गको वर्सा
लिनेछौँ। बाबाको तिमी बच्चाहरूसँगको यो अनादि अविनाशी पार्ट कल्प कल्प यसरी नै
दोहोरिइरहन्छ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) यो कल्याणकारी सङ्गमयुग हो, यसमा हरेक कुरामा कल्याण छ, कमाइ नै कमाइ छ। बाबा र
वर्सालाई याद गरेर २१ जन्मको लागि यो जीवनलाई अमर बनाउनु छ।
२) प्रवृत्तिमा रहेर
मन-बुद्धिबाट समर्पित हुनु छ। श्रीमतमा खर्च गर्नु छ, पूरा ट्रस्टी भएर रहनु छ।
वरदान:–
सहयोगको
शक्तिद्वारा , असहयोगीहरूलाई सहयोगी बनाउने बा बा समान परोपकारी भव
सहयोगीहरूसँग सहयोगी
बन्नु– यो कुनै महाविरता होइन तर जसरी बाबाले अपकारीहरूमाथि उपकार गर्नुहुन्छ
त्यसैगरी तिमी बच्चाहरू पनि बाबासमान बन। कोही जतिसुकै असहयोगी बनोस्, तिमीले आफ्नो
सहयोगको शक्तिद्वारा असहयोगीलाई सहयोगी बनाइदेऊ, यस्तो नसोच यस कारणले यो अगाडि
बढ्दैन। कमजोरलाई कमजोर सम्झेर नछोड तर उसलाई बल दिएर बलवान् बनाऊ। यस कुरामा
अटेन्सन दियौ भने सेवाका प्लान रूपी गहनाहरूमा हिरा चम्किनेछन् अर्थात् सहजै
प्रत्यक्षता हुनेछ।
स्लोगन:–
क्रोधको कारण
हो स्वार्थ वा ईर्ष्या– यही चिडचिडाहटको जड हो, पहिला यसलाई नै समाप्त गर।
अव्यक्त इसारा:–
अपवित्रताको बीजलाई पनि समाप्त गरेर सम्पूर्ण स्वच्छ (पवित्र) बन
पवित्रता फाउन्डेसन
हो र फाउन्डेसनको लागि ब्रह्मचर्य व्रत धारण गर्नु यो सामान्य कुरा हो तर अब तिमी
अगाडि बढेका छौ त्यसैले तिम्रो यो बचपनको स्टेज होइन, अब त वानप्रस्थ स्थितिमा जानु
छ। म ब्रह्मचारी त रहन्छु, पवित्रता त छँदै छ, केवल यसैमा खुसी नहोऊ। मूल फाउन्डेसन
आफ्नो सङ्कल्पलाई शुद्ध बनाऊ, ज्ञान स्वरूप बनाऊ, शक्ति स्वरूप बनाऊ।
सम्पूर्णता प्राप्त
गर्नको लागि दादी प्रकाशमणिजीको गुप्त पुरुषार्थ:– (१९ औँ पुण्य स्मृति दिवस
निमित्त विशेष धारणाहरू)
१- दादीजीले सबै
जिम्मेवारीहरू सम्हाल्दै लक्ष्य राख्नुभयो मैले सर्वगुण सम्पन्न, सर्व कलाहरूमा
सम्पन्न, निर्विकारितामा पनि सम्पन्न.. बनेर सम्पूर्णताको लक्ष्य प्राप्त गर्नु नै
छ।
२- दादीजीले मन वचन
कर्मबाट डबल अहिंसक बनेर सबैलाई सुख दिनुभयो र सुख लिनुभयो। मनसाबाट कुनै पनि
आत्मालाई न दुःख दिनुभयो न दुःख लिनुभयो।
३- दादीजी सदा एक
बाबाकै आकर्षणमा रहनुभयो, उहाँलाई कुनै पनि पुरानो वस्तु, व्यक्ति वा तत्त्वहरूले
आफूतिर आकर्षित गरेनन्। सदा एक बाबाको यादमा रहेर आफ्ना सूक्ष्म वृत्तिहरूलाई पनि
एकाग्र गर्नुभयो।
४- सदा साक्षीपनको
स्टेजमा रहेर, सदा साथीको साथको अनुभव गर्नुभयो। उहाँको दृष्टि, वृत्तिमा रुहानियत
र अलौकिकता थियो। उहाँका संस्कारहरूमा यति रोयल्टी थियो जसले गर्दा उहाँको आँखा
कसैमा पनि डुबेन।
५- उहाँले कसैको
अवगुण चित्तमा राख्नुभएन। कसैका अवगुण नोट गर्नुभएन। सदा परचिन्तन, परदर्शन र
परमतबाट मुक्त रहेर स्वचिन्तनमा रहनुभयो।
६- दादीजी ब्रह्मा
बाबासमान सदा निर्माण रहनुभयो। निराकारी र निरहङ्कारी स्थितिमा रहने अभ्यास गर्नुभयो।
सदा स्वयंलाई सेवाधारी सम्झनुभयो। कहिल्यै आफ्नो महिमा स्वीकार गर्नुभएन। कसैले
निन्दा गर्दा पनि विचलित हुनुभएन र महिमामा खुसी हुनुभएन। हरेक कुरामा आफ्नो स्थिति
समान राख्नुभयो।
७- बापदादाबाट मिलेको
दिव्य बुद्धिको सौगातलाई सम्हालेर राख्नुभयो। सदा समर्थ सङ्कल्प गर्नुभयो। हरेक
कर्म श्रीमत अनुसार होस्, त्यसमा अलिकति पनि मनमत वा परमत नमिसियोस्, दिव्य बुद्धिको
आधारमा हरेक सङ्कल्प बोली र कर्म होस् यही लक्ष्य राखेर सम्पूर्णता प्राप्त गर्नुभयो।
८- सदा एक बल एक भरोसा,
एकसँग नै सर्व सम्बन्ध, कतैतिर पनि झुकाव लगाव भएन। सदैव भाइ भाइको वृत्तिले सबैलाई
हेर्नुभयो र रहमदिलको गुणलाई धारण गरेर कमजोर आत्माहरूमा बल भर्नुभयो। अपकारीहरूमाथि
पनि उपकार गर्नुभयो।
९- हरेक सानोठुलो
परिस्थितिलाई केही नयाँ छैन (नथिङन्यु) को स्मृतिले पार गर्नुभयो। कुनै पनि
दृश्यलाई देखेर किन, के को प्रश्नहरूमा अल्झिनुको सट्टा सदा साक्षी भावलाई धारण
गरेर, सदा हर्षित रहनुभयो।
१०- उहाँको हरेक बचनमा
रोयल्टी देखिन्थ्यो। कुनै पनि साधारण बचन बोल्नुभएन। उहाँको मुखबाट तिनै बचन
निस्किए जुन हुनेवाला छन्। यस्ता सिद्धिस्वरूप आत्माका सङ्कल्प पनि सिद्ध हुने
भएकाले सहजै सम्पूर्णता प्राप्त गर्नुभयो।
११- दादीजी सदा
आत्मविश्वासले भरपुर हुने भएकाले यही स्मृतिमा रहनुभयो म त कल्प-कल्पका विजयी आत्मा
हुँ। कुनै पनि पुराना संस्कार-स्वभाव वा हिसाबकिताबको अधीनमा रहनुभएन। यस्तो अनुभव
गर्नुभयो मानौँ आत्मा लाइटको शरीरमा स्थित भइरहेको छ।
१२- दादीजीको बुद्धि
स्वच्छ सफा ऐनाजस्तै थियो। उहाँ निरन्तर तपस्वीमूर्त भएर रहनुभयो। दादीजीलाई सदा यही
स्मृति रह्यो यस तपस्याले नै विश्व कल्याण हुनेछ, सुखमय संसार आउनेछ।
१३- दादीजीले अन्तिम
समयलाई सामुन्ने देखेर सदा स्वचिन्तनमा रहनुभयो। स्वउन्नतिको लागि दिनहुँ अमृतवेला
बाबासँग मीठा मीठा रुहरिहान गर्नुभयो, बाबाका महावाक्यहरूको गहिराइबाट अध्ययन
गर्नुभयो। बाबाको साथै बाबाको मुरलीसँग दादीजीको अटुट प्यार रह्यो।
१४- दादीजीले आफ्नो
सम्पूर्ण स्थिति बनाउनको लागि देहभानबाट पर रहने अभ्यास गर्नुभयो। उहाँको बुद्धिमा
सदा यही रह्यो म विश्व कल्याणका लागि निमित्त हुँ, मैले स्वको स्थिति उच्च, एकाग्र,
एकरस अथवा सङ्कल्पहरूबाट पर निर्सङ्कल्प बनाउनु छ, अनि मात्रै म यस पुरानो
दुनियाँबाट उडेर बाबाको समीप वतनमा गएर बस्नेछु।
१५- सदा यही लगनमा
रहनुभयो मैले बाबाको यादमा रहेर, सबैलाई सन्तुष्ट पारेर सबैको दुआ लिनु छ। कुनै पनि
आत्माले कहिल्यै मबाट डिस्टर्ब भएर बददुआ नदेओस्, यसको पूरा पूरा ध्यान राखेर सबैको
दुआको पात्र बन्नुभयो।
१६- दादीजीको सदा एउटै
लक्ष्य अगाडि रह्यो म सम्पन्न फरिस्ता वा कर्मातीत बन्नु छ। यो पुरानो तन छोडेर
फरिस्ता बनेर अव्यक्त वतनवासी बन्नु छ। यी सेवाहरू त दिनरात चलिरहनेछन्। सेवाको
साथसाथै स्वयंमा सूक्ष्म अटेन्सन राखेर म सम्मानसहित उत्तीर्ण (पास विद अनर) बन्नु
छ।
१७- दादीजी सदा सर्व
विघ्नहरूबाट पर निर्विघ्न अवस्थामा रहनुभयो। एकान्तमा बसेर आफूलाई सूक्ष्म चेक गरेर,
आफ्ना कमीकमजोरीहरूलाई, आत्मारूपी हिराको दागलाई सम्पूर्ण समाप्त गरेर, अमूल्य हिरा
बन्नुभयो।
१८- स्वयंलाई
सम्पूर्ण पावन, लाइट माइटले सम्पन्न बनाउनको लागि आन्तरिक वैराग्य वृत्तिद्वारा सबै
कुराहरूबाट उपराम रहेर आफ्नो सूक्ष्म दृष्टि वृत्तिलाई सम्पूर्ण पावन बनाउनुभयो।
पुराना संस्कारहरूको प्रकृतिलाई पराजय गरेर प्रकृतिजित बनेर बाबाको गोदमा समाहित
हुनुभयो।
१९- म बाबाकी हुँ, म
बाबासमान सम्पूर्ण बन्नु नै छ, त्यसैले सूक्ष्म देह अभिमानलाई, स्वयंका
संस्कारहरूलाई, मान, सान वा महिमालाई, बुद्धि वा बानीहरूलाई सम्पूर्ण समर्पण
गर्नुभयो र बाबासमान बनेर अव्यक्तवतन वासी बन्नुभयो। अच्छा, ओम् शान्ति।