25.10.26    Avyakt Bapdada     Nepali Murli    19.02.2012     Om Shanti     Madhuban


घरको गेट खोल्नको लागि बेहदको वैराग्य वृत्तिद्वारा देह अभिमानको ‘म’ लाई त्याग गर , जन्मदिनमा दृढताद्वारा भनाइ र गराइ एउटै बनाएर सफलतामूर्त बन


आज बापदादा चारैतिरका बच्चाहरूलाई देखेर हर्षित भइरहनुभएको छ। चारैतिरबाट यही दिलको आवाज आइरहेको छ– वाह बाबा वाह! अनि बाबाको दिलबाट यही आवाज आइरहेको छ– वाह बच्चाहरू वाह! आज सबैले उमङ्ग-उत्साहले दिव्य जन्मको खुसी मनाइरहेका छौ। बच्चाहरूले पनि आज खुसी मनाइरहेका छौ र साथै बाबाले पनि बच्चाहरूको खुसी मनाइरहनुभएको छ। आजकै दिन यो विचित्र जयन्तीको दिन हो जुन बाबा र बच्चाहरूको सँगसँगै दिव्य जन्मको दिन हो। त्यसैले तिमी सबैले बधाई दिइरहेका पनि छौ र लिइरहेका पनि छौ किनकि बाबाले जन्म लिनुभएको नै यज्ञ रच्नको लागि हो। यज्ञमा ब्राह्मण बच्चाहरू नै हुनुपर्छ। त्यसैले यो एउटै जयन्ती हो जुन बाबा र बच्चाहरूको सँगसँगै मनाइने जयन्ती हो, यसैकारण यस शिवजयन्तीलाई हिरातुल्य जयन्ती भनिन्छ। बाबाले देखिरहनुभएको छ, एक एक बच्चा कति प्यारले बधाई दिन आएका छन् र बाबा पनि बधाई दिन आउनुभएको छ। यो जयन्ती अति स्नेहको जयन्ती हो। स्नेही बच्चा, स्नेही बाबा र स्नेही जयन्ती हो।

बापदादा समक्ष चारैतिरका देशविदेशका सबै बच्चाहरूको स्नेह पुगिरहेको छ। बाबाले एक एक स्नेही बच्चालाई पदमगुणा स्नेहपूर्ण बधाई दिइरहनुभएको छ। यो स्नेहले हरेक बच्चालाई सहजै कर्मयोगी बनाउनेला हो। यो स्नेहले सदा सहज बनाउनेछ, शक्तिशाली बनाउनेवाला हो। यो एक्लै बापदादाको जन्मदिन होइन किनकि बाबा सदैव बच्चाहरूको साथमा हुनुहुन्छ। साथै रहनेछौँ, साथै जानेछौँ, साथै राज्य गर्नेछौँ। तिमीहरू सबैको पनि यही वाचा छ नि! साथै रहनु छ, साथै उड्नु छ र साथै राज्य गर्नु छ!

बापदादालाई आज तिम्रा भक्तहरू पनि विशेष याद आइरहेका छन् किनकि तिम्रा भक्तहरूले तिमीले जे गरेका छौ, त्यसको धेरै राम्रो सिको (कपी) गरेका छन् किनकि ती आत्माहरू द्वापरमा परमधामबाट पहिला सुरुमा आएका हुन् अनि पहिलो जन्म सदा सतोप्रधान हुन्छ, उनीहरूले धेरै राम्रो सिको गरेका छन्। आजको दिन तिमी बच्चाहरूको साथै तिम्रा भक्तहरू पनि याद आइरहेका छन्। वतनमा त आज अमृतवेलादेखि धेरै बच्चाहरूको रौनक थियो। हरेक बच्चाले मैले बापदादालाई आफ्नो बधाई दिऊँ भन्ने सम्झन्थ्यो र बापदादाले पनि हरेक बच्चाको बधाई अति स्नेहले स्वीकार गर्नुभयो। त्यसैले वतनमा आज यो मेला लागेको थियो। एकातिर तिमी बच्चाहरू थियौ, अर्कातिर एडभान्स पार्टीमा गएका तिम्रा साथीहरू साथमा आएका थिए। बापदादाले देख्नुभयो, तिम्रा दादीहरू र अनन्य भाइहरूको लिस्ट धेरै ठुलो थियो। एक एक दादीले बापदादालाई पनि बधाई दिइरहेका थिए र साथै तिमी सबै भाग्यवान् बच्चाहरूलाई पनि बधाई दिइरहेका थिए। त्यसैले वतनमा आज बधाईहरूको मेला थियो। सबै एडभान्स पार्टीका विशेष दादीहरू र भाइहरूले तिमी विशेष निमित्त साथै रहने आत्माहरूलाई याद गर्दै दिलैदेखि धेरै बधाई दिइरहेका थिए। त्यसैले तिमीहरू सबैलाई बापदादाले सबैको तर्फबाट पनि बधाई दिइरहनुभएको छ। स्वीकार गर्छौ?

सबै विशेष बहिनीहरू र भाइहरूको एउटै आवाज थियो– अब घरको गेट कहिले खोल्नुहुन्छ! अनि विशेष दिदी दादीहरूले भनिरहेका थिए– हाम्रा सखीहरूलाई, भाइहरूलाई हाम्रो तर्फबाट यही भन्नुछ घर जानको लागि कुन मिति निश्चित गर्नुभएको छ? सबै सँगसँगै जान्छौँ नि! छुट्टाछुट्टै त जाँदैनौँ? गेट खोल्नको लागि सबै सँगसँगै उपस्थित हुनेछौँ। त्यसैले उनीहरूले दिन मागिरहेका थिए। बापदादा मुस्कुराउनुभयो किनकि बाबा पनि चाहनुहुन्छ– गेट खोल्नको लागि अब सबै बच्चाहरूलाई बेहदको वैराग्य वृत्ति हुनुपर्छ, यही हो गेट खोल्ने साँचो। बापदादाले त सदा भनिरहनुहुन्छ– बेहदको वैरागी बनेर व्यर्थ सङ्कल्प र व्यर्थ समय दुवैलाई मिलाएर छिटोभन्दा छिटो त्याग गर्नु अर्थात् बेहदको वैरागी बन्नु किनकि बापदादाले देख्नुभएको छ, सबैभन्दा ठुलो विघ्न देह अभिमान हो। यस देह अभिमानलाई त्याग गर्नु, हिँड्दाडुल्दा देहीअभिमानी बन्नु, यही बेहदको वैराग्य हो।

सबैले भन्न त भन्छौ– मेरा बाबा, मीठा बाबा, प्यारा बाबा। दिलबाट भन्छौ मेरो, त्यसैले जुन यो देहअभिमान ‘म’ को रूपमा आउँछ, बाबा सदा भन्नुहुन्छ– यो ‘म’ को भान जुन आउँछ, मैले जे गर्छु, मैले जे भन्छु, त्यही ठीक हो। एउटा ‘म’ हो सामान्य, म आत्मा हुँ र यो मेरो शरीर हो। अर्को सूक्ष्म ‘म’, जुन सुनाइयो मैले यो गरेँ, मैले यो गर्न सक्छु, म नै ठीक छु..., यो सूक्ष्म ‘म’ यसलाई खतम गर्नु छ। यो देह अभिमान यस रूपमा आउँछ। त्यसैले आजको दिनमा यो सूक्ष्म ‘म’, जसले कहिलेकाहीँ बाबाको विशेषतालाई पनि मेरो मानेर ‘म’ को भान राख्छौ, यसलाई समाप्त गर्नुछ। हेर, यादगार जुन बनाउँछन्, त्यसमा पनि बलि चढाउँदा आफै बलि चढ्दैनन् तर केलाई बलि चढाउँछन्? बोकालाई। बोकालाई किन खोजे? किनकि बोकाले म्याँ म्याँ नै गर्छ। भक्तहरूले सिको त धेरै राम्रो गरेका छन्। त्यसैले आजको दिन यो देह अभिमानको ‘म’ लाई के पुरुषार्थ गरेर समाप्त गर्न सक्छौ? बाबाको जन्मदिनमा आएका छौ भने कुनै सौगात त दिन्छौ नि! त्यसैले बाबालाई अरू सौगात चाहिँदैन, बाबा यही भन्नुहुन्छ–आजको जन्मदिनमा यो सूक्ष्म मैपन बाबालाई सौगात देऊ। दिन सक्छौ? दिनु छ? छ हिम्मत? हिम्मत छ? हात उठाऊ। हात उठाएर त खुसी बनायौ। हात उठायौ, त्यसोभए सौगात दियौ नि! दिएको सौगात कसैले फिर्ता लिन्छ र? कति बच्चाहरूले भन्छन्– बाबा हामीले चाहँदैनौँ तर आउँछ। कारण के हो? कारण सोधियो भने जवाफ धेरै राम्रो दिन्छौ। भन्छौ– जानेका पनि छौँ, मानेका पनि छौँ तर के गर्ने फर्केर आउँछ। सोच! दिएको चीज तिमीकहाँ आयो भने के दिएको चीज आफूसँग राख्छौ? त्यसैले तिमीले दिलबाट दियौ, फिर्ता आइहाल्यो भने पनि, राख्छौ आफूसँग? कारण के हो? बाबासँग प्यार छ नि, त्यसैले प्यारको कारण बाबाले जे भन्नुहुन्छ त्यो गर्न चाहन्छौ, यसको रिजल्ट पनि बाबाकहाँ आउँछ तर के छ भने, दृढता कम छ, दृढतालाई युज गर। सङ्कल्प गर्छौ तर एउटा हो सङ्कल्प गर्नु, अर्को हो दृढ सङ्कल्प गर्नु। त्यसैले बारम्बार गरेको सङ्कल्पमा दृढता ल्याउनुछ, यसमा अटेन्सन कम छ। दृढता सफलताको साँचो हो। त्यसोभए आज के गर्छौ? सङ्कल्प गर्छौ कि दृढ सङ्कल्प गर्छौ? तिम्रो दृढ सङ्कल्प छ भने त्यसको निसानी हो दृढता सफलताको साँचो हो। साँचो लगाउनमा कुनै कमी हुन्छ, यसैकारण सम्पूर्ण सफलता मिल्दैन।

आज बापदादाको साथमा बच्चाहरूको पनि जन्मदिन हो, बाबाको पनि जन्मदिन हो। यो त विशेष दिन हो नि! सारा कल्पमा बाबा र बच्चाहरूको एउटै समयमा जन्म, यो यसै जन्मदिनको विशेषता हो। त्यसैले आजको दिन बाबा यही चाहनुहुन्छ– हरेक बच्चाले आज आफ्नो दिलमा दृढता ल्याएर यो दृढ सङ्कल्प गरुन्– हामीले व्यर्थमा सङ्कल्प र व्यर्थमा समय गुमाउनुहुँदैन किनकि सारा दिनलाई अटेन्सनले चेक गर्छौ भने बीच बीचमा समय र सङ्कल्प व्यर्थमा जान्छ। बापदादाले त सबैको रजिस्टर हेर्नुहुन्छ नि! त्यसलाई बचाउनु अर्थात् समाप्तिको समय समीप ल्याउनु हो। तयार छौ? कि अझै पनि भन्छौ आउँछ, के गर्ने? व्यर्थको काम हो आउनु, तिम्रो काम के हो, बसाउनु? त्यसैले बसाइदिन्छौ, त्यसैले त त्यसले पनि घर बनाएको छ। उसले पनि बुझिसकेको छ, दृढता छैन, त्यसैले आजको स्नेहको दिनमा सबैको दिलमा अहिले के छ? अमृतवेलादेखि लिएर आज दिलमा बारम्बार के आइरहेको छ? मेरो बाबा, मेरो बाबा, मेरो बाबा। बाबाको दिलमा पनि छ मेरा बच्चाहरू, मेरा बच्चाहरू, मेरा बच्चाहरू...। त्यसैले मानौँ धेरैजसो बाबाको यादमा रहेका छौ। दिनको प्रभाव हुन्छ, बापदादाले नोट गर्नुभयो। स्नेहको दिन भएको कारण बारम्बार सबैलाई मेरो बाबा, मेरो बाबा धेरै समय याद रह्यो। यस्तो हो? यसमा हात उठाऊ। आजको दिनको कुरा हो। मेरो बाबा याद रह्यो? अरू केही याद रह्यो? रहेन। यसरी-यसरी हात हल्लाइरहेका छन्, धेरै राम्रो। त्यसैले यदि दिनहुँ बारम्बार चेक गरेमा सङ्गमको हरेक दिन बाबाको स्नेहको दिन हो। जसरी आज विशेष दिन भएका हुनाले धेरै याद रह्यो नि! त्यसैगरी सदा अमृतवेला यो स्मृतिमा राख– यो सङ्गमको एक एक दिन कति महान् छ। एउटा छोटो जन्ममा २१ जन्मको प्राप्तिको ग्यारेन्टी छ। त्यसैले एक एक दिनको कति महत्त्व भयो! कहाँ २१ जन्म अनि कहाँ यो छोटो एउटा जन्म।

त्यसैले बापदादाले आज तिमी बच्चाहरूबाट जन्मदिनको यही सौगात चाहनुहुन्छ। दिन्छौ सौगात? दिन्छौ? हात उठाऊ। दृढ निश्चयको हात। हेरौँला, गरौँला होइन। गर्नु नै छ। जेसुकै होस् त्याग भनेको त्याग। यो त्याग होइन तर भाग्य हो। आजको दिनमा साँच्चिकै हात उठाएका हौ भने आज त महत्त्वको दिन हो नि! अबदेखि तिम्रो चेहरामा व्यर्थको समाप्ति र सदा स्मृतिस्वरूपको झलक, चेहरा र चालचलनमा आउनुपर्छ। यी मायाका जुन शब्द छन् नि! के, किन, कहिले, कसरी... यी समाप्त भए भने चेहरा र चालचलनले सेवा गर्नेछन्। अहिले बढी प्रभाव भाषणहरूको छ। बापदादा खुसी हुनुहुन्छ, भाषण धेरै राम्रो गरिरहेका छौ तर दिनप्रतिदिन अहिले जसरी यो भाषणहरूद्वारा, वाणीद्वारा सेवामा राम्रो उमङ्ग राख्यौ र सफलता पनि पायौ। त्यसैगरी अब समय अनुसार तिम्रो चेहरा र चालचलनबाट बढी सेवा हुनेछ। त्यसको अभ्यास गर, जसरी भाषणहरूको अभ्यास गर्दागर्दै होसियार भएका छौ नि! त्यसैगरी अहिले चेहरा र चालचलनबाट जसलाई पनि खुसीको वरदान देऊ, यो अभ्यास गर किनकि समय कम मिल्नेछ, त्यसैले समय र सङ्कल्पको महत्त्व राख्दै अगाडि बढ्दै जाऊ। हुन सबै अचानक हुन्छ, त्यसैले जन्मदिन त याद रहन्छ नि! जन्मदिन आउँछ, आउँछ कति समय याद आयो? बापदादा आउनुहुन्छ, आउनुहुन्छ, भेट्नुहुन्छ यो कति समयदेखि याद राख्यौ? अब यो सङ्कल्प गर, दृढताले व्यर्थ समय र सङ्कल्पलाई समाप्त गर्नु छ। मेरो बाबा, मेरो बाबा दिलमा समाहित गर्दै, भन्नु अलग कुरा हो तर दिलमा समाहित गर्नु, दिलको कुरा कहिल्यै भुलिँदैन। मुखको कुरा भुलिनसक्छ तर दिलको कुरा राम्रो वा व्यर्थ दुवै भुलिँदैन। त्यसैले आज बापदादालाई सौगात त दियौ नि! दुई दुई हात उठाऊ। अरे वाह! यो फोटो खिच। बापदादाले केवल हातलाई हेर्नुहुन्न, बापदादाले तिम्रो दिललाई देखिरहनुभएको छ।

आजको दिनको सौगात आफूलाई पनि दियौ र बाबालाई पनि दियौ। तिम्रो व्यर्थमा जाने समय र सङ्कल्प बच्यो भने तिम्रो दिन कसरी बित्नेछ? सदा सौभाग्यशाली (खुशनसिब) र प्रसन्न (खुशनुमा) बन्नेछौ। अहिले अमृतवेला बापदादालाई भेटेपछि यो सङ्कल्प दिनहुँ स्मृतिमा ल्याउनु र सारा दिनमा बीच बीचमा चेक गर्नु। बापदादाले समय निश्चित गर्नुहुन्न तर तिमीले आफ्नो समय निश्चित गर। बीचबीचमा चेक गर्नुछ– जुन बापदादाको अगाडि जन्मदिनमा वाचा गरेका छौ, त्यो वाचा निभाइरहेका छौ? यो आफूले आफैसँग चेक गर्नु। चाहन त सबैले चाहन्छन्। बापदादाले आज चेहराहरू हेरिरहनुभएको छ– चाहन्छन् हो गर्छौँ, गर्छौँ, गर्छौँ तर यो व्यर्थ आउँछ नि, अनि बाबासँग गरेको वाचा पनि बिर्साइदिन्छ। त्यसैले व्यर्थ खतम। अहिले पनि एक मिनेट शक्तिशाली आत्मा बनेर सङ्कल्प गर– व्यर्थलाई खतम गर्नु नै छ। (बापदादाले ड्रिल गराउनुभयो) अच्छा।

बापदादा एउटा बच्चालाई पनि आफूसमान नबनाई बस्न चाहनुहुन्न। बाबाको बच्चाहरूमा प्यार छ नि! हेर प्यारको निसानी आजको दिन हो। बाबा र बच्चाको सारा कल्पमा यस्तो दिन हुँदैन जुन दिन बाबा र बच्चाको जन्म नै एकै दिन हुन्छ। बाबाको एक एक बच्चासँग दिलको प्यार छ– मेरो बच्चा, परमात्माको बच्चाले जुन सङ्कल्प गर्छौ त्यो सङ्कल्प सफल होस्। एक एक सङ्कल्पमा शक्ति होस्, भनाइ र गराइ एक होस्। भन्यो अर्थात् भयो। शुद्ध सङ्कल्प होस्। अनि व्यर्थ स्वतः नै खतम हुनेछ किनकि एडभान्स पार्टीले मिति चाहन्छ। त्यसैले तिम्रा जुन ठुला ठुला दादीहरू छन्, ठुला ठुला भाइहरू छन्, उनीहरूसँग प्यार त छ नि! कति याद गर्छन्, दादीलाई, दिदीलाई, चन्द्रमणिलाई! सबैको नाम लिँदै जाऊ। सबैलाई याद गर्छन्। उनीहरूले जे चाहन्छन्, त्यो गरेर देखाउनु छ नि! आजको सङ्कल्प के रह्यो? भनाइ र गराइ एउटै होस्। ठीक छ! त्यसैले आज चारैतिरका बच्चाहरूलाई बापदादाले जन्मदिनको सौगात यही दिइरहनुभएको छ– ‘भनाइ र गराइ’ एउटै बनाऊ। आजको दिनको दृढताको सौगात बापदादाले हरेक बच्चालाई दिइरहनुभएको छ। दृढताले शुभ कार्य सफल बनाऊ।

बाँकी जति पनि आज पहिलो पटक आएका छौ, तिमीहरू उठ। हात हल्लाऊ। बापदादाले यसरी पहिलो पटक आउने बच्चाहरूलाई, आयौ, मेरो बाबा भन्ने चिन्यौ, यसको धेरै धेरै बधाई दिइरहनुभएको छ। बापदादालाई खुसी छ, तैपनि जुन हलचल हुनु छ, त्यसभन्दा पहिला आइपुगेका छौ, यसमा बधाई छ। अहिले आउने हरेक बच्चाले यो दृढ सङ्कल्प गर, साधारण सङ्कल्प होइन, दृढ सङ्कल्प गर– तीव्र पुरुषार्थी बन्नु नै छ। तीव्र, साधारण होइन। अनि यसरी आउनेहरू आफ्नो राज्यमा आउनेछौ, त्यसैले साधारण सङ्कल्पको समय पूरा भयो। अहिले तीव्र पुरुषार्थको समय हो, चान्स छ, तैपनि चान्स लिनेहरू चान्सलर त बने। त्यसैले बापदादा हरेक बच्चालाई देखेर खुसी हुनुहुन्छ र हरेक बच्चालाई भनिरहनुभएको छ– तीव्र पुरुषार्थ गरेमा साथै जानेछौँ, साथै बस्नेछौँ। त्यसैले बधाई छ, बधाई छ, बधाई छ।

बापदादा दिलबाट चाहनुहुन्छ, कुनै पनि बच्चा पछाडि नरहुन्। साथै जाउन्। पछि पछि आउनेहरूलाई देख्दा त्यति राम्रो लाग्दैन। बाबाको साथ होस्, हात होस्, घरमा जानु छ नि। फिर्ती यात्रा हो। त्यसको लागि जसरी ब्रह्माबाबा फरिस्ता हुनुहुन्छ, त्यसैगरी फलो फादर। साकारमा हुँदाहुँदै फरिस्ता, जसलाई पनि देख्छौ फरिस्ता नै फरिस्ता, अनि गेट खुल्नेछ। अच्छा। सबै बच्चाहरूलाई सदा सौभाग्यशाली, प्रसन्न स्वरूपको याद-प्यार। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

वरदान:–
आफ्नो एकाग्र स्वरूपद्वारा सूक्ष्म शक्तिका लीलाहरूको अनुभव गर्ने अन्तर्मुखी भव

एकाग्रताको आधार अन्तर्मुखता हो। जो अन्तर्मुखी छन्, उनीहरूले भित्रभित्रै सूक्ष्म शक्तिका लीलाहरूको अनुभव गर्छन्। आत्माहरूको आह्वान गर्नु, आत्माहरूसँग रुहरिहान गर्नु, आत्माहरूको संस्कार-स्वभावलाई परिवर्तन गर्नु, बाबासँग कनेक्सन जोड्नु– यसरी रुहहरूको दुनियाँमा रुहानी सेवा गर्नको लागि एकाग्रताको शक्तिलाई बढाऊ, यसबाट सबै प्रकारका विघ्न स्वतः समाप्त हुनेछन्।

स्लोगन:–
सर्व प्राप्तिहरूलाई स्वयंमा धारण गरेर विश्व रङ्गमञ्चमा प्रत्यक्ष हुनु नै प्रत्यक्षताको आधार हो।

अव्यक्त इसारा:– परोपकारको भावनाले सम्पन्न बनेर अपकारीमाथि पनि उपकार गर

कसैले दिनहुँ तिम्रो ग्लानि गर्छ, उसले सदा अकल्याण गर्छ, तिमी ऊदेखि तर्किनुको सट्टा उसको पनि कल्याण गर्दैजाऊ, यही तिमी ज्ञानी-तू-आत्माको कर्तव्य हो। जसरी बाबाको महिमामा विशेष रहमदिलको गुणको महिमा गरिन्छ। चाहे देशमा, चाहे विदेशमा बाबाको अगाडि गए भने बाबालाई रहमदिल, दयालु भन्छन्। तिमीहरू सबै पनि मास्टर रहमदिल हौ। यस्तो रहमदिल बनेर सबैमाथि उपकार गर।