25.11.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे–
आत्मालाई सतोप्रधान बनाउने फिक्र राख , कुनै पनि कमी नरहोस् , मायाले ल ापर्बाही
नगराओस्।”
प्रश्न:–
तिमी
बच्चाहरूको मुखबाट सदा कुन शुभ वचन निस्कनुपर्छ?
उत्तर:–
सदा मुखबाट यही
शुभ वचन बोल– हामी नरबाट नारायण बन्छौँ, कम होइन। हामी नै विश्वको मालिक थियौँ फेरि
बन्छौँ। तर यो लक्ष्य उच्च छ, त्यसैले धेरै धेरै होसियार रहनुछ। आफ्नो चार्ट
हेर्नुछ। लक्ष्य उद्देश्यलाई अगाडि राखेर पुरुषार्थ गरिराख्नुछ, हर्टफेल (निराश)
हुनुहुँदैन।
ओम् शान्ति ।
बाबा बसेर
रुहानी बच्चाहरूलाई सम्झाउनुहुन्छ– यहाँ यादको यात्रामा बस्दा भाइ-बहिनीलाई भन–
तिमीहरू आत्म अभिमानी भएर बस र बाबालाई याद गर। यो स्मृति दिलाउनुपर्छ। तिमीलाई
अहिले यो स्मृति मिलिरहेको छ। हामी आत्मा हौँ, हाम्रो बाबा हामीलाई पढाउन आउनुहुन्छ।
हामीले पनि कर्मेन्द्रियद्वारा पढ्छौँ। बाबाले पनि कर्मेन्द्रियको आधार लिएर
यिनीद्वारा सबैभन्दा पहिला यो भन्नुहुन्छ– बाबालाई याद गर। तिमी बच्चाहरूलाई
सम्झाइएको छ– यो ज्ञानमार्ग हो। यसलाई भक्तिमार्ग भनिँदैन। ज्ञान केवल एउटै ज्ञान
सागर पतितपावनले दिनुहुन्छ। तिमीलाई यही पहिलो नम्बरको पाठ मिल्छ– आफूलाई आत्मा
सम्झेर बाबालाई याद गर। यो धेरै जरुरी छ। अरू कुनै पनि सतसङ्गमा कसैलाई यो कुरा
भन्न आउँदैन। आजकाल बनावटी संस्थाहरू धेरै निस्केका छन्। तिमीद्वारा सुनेर कसैले
भन्छन् पनि तर अर्थ बुझ्न सक्दैनन्। सम्झाउने अक्कल आउँदैन। यो कुरा बाबाले तिमीलाई
नै भन्नुहुन्छ– बेहदका बाबालाई याद गर त्यसबाट विकर्म विनाश हुन्छन्। विवेकले पनि
भन्छ– यो पुरानो दुनियाँ हो। नयाँ दुनियाँ र पुरानो दुनियाँमा धेरै फरक छ। त्यो हो
पावन दुनियाँ, यो हो पतित दुनियाँ। बोलाउँछन् पनि– हे पतित-पावन आउनुहोस्, आएर पावन
बनाउनुहोस्! गीतामा पनि शब्द छन्– म एकलाई याद गर। देहका सर्व सम्बन्ध त्यागेर
आफूलाई आत्मा सम्झ। यो देहको सम्बन्ध पहिला थिएन। तिमी आत्मा यहाँ आउँछौ पार्ट
खेल्न। गायन पनि छ– एक्लै आयौ, एक्लै जानुछ। यसको अर्थ मानिसहरूले बुझ्दैनन्। अब
तिमीले यथार्थमा जान्दछौ। हामी अहिले पावन बनिरहेका छौँ यादको यात्राबाट वा यादको
बलबाट। यो राजयोग नै बल हो। त्यो हो हठयोग जसबाट मानिसहरू केही समयको लागि
तन्दुरुस्त रहन्छन्। सत्ययुगमा तिमी कति तन्दुरुस्त हुन्छौ। त्यहाँ हठयोगको आवश्यकता
हुँदैन। यो सबै हठयोग यहाँ यो फोहोरी दुनियाँमा अभ्यास गर्छन्। यो हो नै पुरानो
दुनियाँ। सत्ययुग नयाँ दुनियाँ जुन बितेर गयो, त्यसमा यी लक्ष्मी-नारायणको राज्य
थियो। यो कसैलाई पनि थाहा छैन। त्यहाँ हरेक चीज नयाँ हुन्छ। गीत पनि छ नि– जाग
सजनिया जाग...। नवयुग हो सत्ययुग। पुरानो युग हो कलियुग। अहिले त यसलाई कसैले पनि
सत्ययुग भन्दैनन्। अहिले कलियुग हो, तिमीले सत्ययुगको लागि पढ्छौ। यसरी पढाउने त
कोही पनि हुँदैन जसले भन्छन्– यो पढाइबाट तिमीलाई नयाँ दुनियाँमा राज्य पद मिल्छ।
बाबा सिवाय अरू कसैले भन्न सक्दैन। तिमी बच्चाहरूलाई हरेक कुराको स्मृति दिलाइन्छ।
लापर्बाही गर्नुहुँदैन। बाबाले सबैलाई सम्झाइरहनुहुन्छ। जहाँसुकै बस, कामधन्दा आदि
गर, तर आफूलाई आत्मा सम्झेर कामधन्दा गर। कामधन्दामा अलिकति मुस्किल भयो भने जति
हुनसक्छ समय निकालेर यादमा बस त्यसबाट नै आत्मा पवित्र हुन्छ। अरू कुनै उपाय छैन।
तिमीले राजयोग सिकिरहेका छौ नयाँ दुनियाँको लागि। त्यहाँ सत्ययुगमा कलियुगी आत्मा
जान सक्दैन। मायाले आत्माको पखेटा भाँचिदिएको छ। आत्मा उड्छ नि। एक शरीर छोडेर अर्को
लिन्छ। आत्मा सबैभन्दा तीक्ष्ण रकेट हो। तिमी बच्चाहरूलाई यी नयाँ नयाँ कुरा सुनेर
आश्चर्य लाग्छ। आत्मा कति सानो रकेट हो। त्यसमा ८४ जन्मको पार्ट पहिल्यै निश्चित छ।
यस्ता कुरा दिलमा याद राख्नाले उमङ्ग आउँछ। स्कुलमा विद्यार्थीहरूको बुद्धिमा पढाइ
याद हुन्छ नि। अब तिम्रो बुद्धिमा के छ? बुद्धि कुनै शरीरमा हुँदैन। आत्मामा नै मन
बुद्धि हुन्छ। आत्माले नै पढ्छ। नोकरी आदि सबै कुरा आत्माले नै गर्छ। शिवबाबा पनि
आत्मा हुनुहुन्छ। तर उहाँलाई परम आत्मा भनिन्छ। उहाँ ज्ञानको सागर हुनुहुन्छ। उहाँ
धेरै सानो बिन्दु हुनुहुन्छ। यो पनि कसैलाई थाहा छैन, उहाँ बाबामा जुन संस्कार छन्
तिनै संस्कार तिमी बच्चाहरूमा भरिन्छन्। अहिले तिमी योगबलबाट पावन बनिरहेका छौ।
त्यसको लागि पुरुषार्थ गर्नुपर्छ। पढाइमा त फिक्र हुन्छ– कतै हामी फेल नहोऊँ। यसमा
पहिलो नम्बरको सब्जेक्ट नै यो हो– हामी आत्मा सतोप्रधान बनौँ। केही कमी नरहोस्।
नत्र फेल हुन्छौँ। मायाले तिमीलाई हरेक कुरा बिर्साइदिन्छ। आत्माले चाहन्छ पनि–
चार्ट राखौँ। सारा दिनमा कुनै आसुरी काम नगरौँ। तर मायाले चार्ट राख्न दिँदैन। तिमी
मायाको पञ्जामा आउँछौ। दिलले पनि भन्छ– चार्ट राखौँ। व्यापारीहरूले सदैव नाफा
नोक्सानको चार्ट राख्छन्। तिम्रो त यो धेरै ठुलो चार्ट हो। २१ जन्मको कमाइ हो, यसमा
लापर्बाही गर्नुहुँदैन। प्यारा बच्चाहरूले धेरै लापर्बाही गर्छन्। यहाँ बाबा (ब्रह्मा)
लाई त तिमी बच्चाहरूले सूक्ष्मवतनमा, स्वर्गमा पनि देख्छौ। बाबाले पनि धेरै
पुरुषार्थ गर्नुहुन्छ। आश्चर्य पनि मानिरहनुहुन्छ। बाबाको यादमा स्नान गर्छु, भोजन
ग्रहण गर्छु, फेरि पनि बिर्सन्छु फेरि याद गर्न लाग्छु। ठुलो सब्जेक्ट हो यो। यो
कुरामा कुनै पनि मतभेद आउन सक्दैन। गीतामा पनि छ– देहसहित देहका सबै धर्म छोड। बाँकी
रह्यो आत्मा। देहलाई भुलेर आफूलाई आत्मा सम्झ। आत्मा नै पतित तमोप्रधान बनेको छ।
मानिसहरूले फेरि भनिदिन्छन्– आत्मा निर्लेप छ। आत्मा सो परमात्मा सो आत्मा हो
त्यसैले सम्झन्छन्– आत्मामा कुनै लेपछेप लाग्दैन। तमोगुणी मानिसहरूले शिक्षा पनि
तमोगुणी दिन्छन्। सतोगुणी बनाउन सक्दैनन्। भक्तिमार्गमा तमोप्रधान बन्नुछ। हरेक चीज
पहिला सतोप्रधान फेरि रजो, तमोमा आउँछ। निर्माण र विनाश हुन्छ। बाबाले नयाँ
दुनियाँको निर्माण गराउनुहुन्छ फेरि यो पुरानो दुनियाँको विनाश हुन्छ। भगवान त नयाँ
दुनियाँका रचयिता हुनुहुन्छ। यो पुरानो दुनियाँ परिवर्तन भएर नयाँ हुन्छ। नयाँ
दुनियाँका निसानी त यी लक्ष्मी-नारायण हुन् नि। यिनीहरू नयाँ दुनियाँका मालिक हुन्।
त्रेतालाई पनि नयाँ दुनियाँ भनिँदैन। कलियुगलाई पुरानो, सत्ययुगलाई नयाँ भनिन्छ।
कलियुग अन्त्य र सत्ययुग आदिको यो हो सङ्गमयुग। कसैले एम.ए., बी.ए. पढे भने उच्च
बन्छन् नि। तिमी यो पढाइबाट कति उच्च बन्छौ। दुनियाँले यो कुरा जान्दैन– यिनीहरूलाई
यति उच्च कसले बनाउनुभयो। तिमीले अहिले आदि-मध्य-अन्त्यलाई जानेका छौ। सबैको जीवन
कहानीलाई तिमीले जान्दछौ। यो हो ज्ञान। भक्तिमा ज्ञान छैन, त्यहाँ केवल कर्मकाण्ड
सिकाउँछन्। भक्ति त अथाह छ। कति वर्णन गर्छन्। धेरै सुन्दर देखिन्छ। बीजमा कति
सुन्दरता हुन्छ, यति सानो बीज कति ठुलो हुन्छ। यो भक्तिको वृक्ष हो, यसमा अथाह
कर्मकाण्ड छन्। ज्ञानको गुटिका एउटै हो– मनमनाभव। बाबा भन्नुहुन्छ– तमोप्रधानबाट
सतोप्रधान बन्नको लागि मलाई याद गर। तिमीले भन्छौ पनि– हे पतित-पावन आएर हामीलाई
पावन बनाउनुहोस्! रावणराज्यमा सबै पतित दुःखी छन्। रामराज्यमा सबै पावन सुखी छन्।
रामराज्य, रावणराज्य नाम त छ। रामराज्यको विषयमा तिमी बच्चाहरू सिवाय अरू कसैलाई
थाहा छैन। तिमीले अहिले पुरुषार्थ गरिरहेका छौ। ८४ जन्मको रहस्य पनि तिमीहरू सिवाय
अरू कसैले जान्दैनन्। भन्न त भन्छन् पनि– भगवानुवाच– मनमनाभव। त्यसरी कहाँ कसैले
सम्झाउँछन् र– तिमीले पूरा ८४ जन्म कसरी लियौ। अब चक्र पूरा हुन्छ। गीताका सम्बन्धमा
के भन्छन् गएर गीता सुनाउनेहरूका कुरा सुन। अब त तिम्रो बुद्धिमा सारा ज्ञान
फुरिरहन्छ। बाबा सोध्नुहुन्छ– पहिला कहिल्यै भेटेका थियौ? भन्छौ– हजुर बाबा कल्प
पहिला भेटेका थियौँ। बाबा सोध्नुहुन्छ र तिमीले उत्तर दिन्छौ अर्थसहित। यस्तो होइन–
सुगालेजस्तै भनिदिन्छौ। फेरि बाबा सोध्नुहुन्छ– किन भेटेका थियौ, के पाएका थियौ?
त्यसपछि तिमीले भन्न सक्छौ– हामीले विश्वको राज्य पाएका थियौँ, त्यसमा सबै आउँछ।
तिमीले भन्छौ– नरबाट नारायण बनेका थियौँ तर विश्वको मालिक बन्नु, त्यसमा राजा-रानी
र दैवी वंश सबै छन्। त्यसको मालिक राजा, रानी, प्रजा सबै बन्छन्। यसलाई भनिन्छ शुभ
बचन। हामी त नरबाट नारायण बन्छौँ, कम होइन। बाबा भन्नुहुन्छ– हे प्यारा बच्चाहरू!
पूरा पुरुषार्थ गर। आफ्नो चार्ट पनि हेर्नुछ– यही हालतमा हामी उच्च पद पाउन सक्छौँ
वा सक्दैनौँ? कतिलाई मार्ग देखायौँ? कति अन्धाहरूको लट्ठी बन्यौँ? यदि सेवा गर्दैनौ
भने बुझ्नुपर्छ– हामी प्रजामा जान्छौँ। आफ्नो दिललाई सोध्नुछ– यदि अहिले हाम्रो
शरीर छुट्यो भने के पद पाउँछौँ? धेरै ठुलो लक्ष्य छ त्यसैले होसियार रहनुपर्छ। कैयौँ
बच्चाहरूले सम्झन्छन्– वास्तवमा हामीले त याद नै गर्दैनौँ भने फेरि चार्ट राखेर के
गर्छौं। त्यसलाई फेरि हर्टफेल वा निराश भनिन्छ। उनीहरूले पढ्छन् पनि त्यस्तै। ध्यान
दिँदैनन्। मै जान्ने सुन्ने बनेर बस्नुहुँदैन त्यस्ता पछाडि फेल हुन्छन्। आफ्नो
कल्याण गर्नुछ। लक्ष्य उद्देश्य त सामुन्ने छ। हामी पढेर यस्ता बन्नुछ। यो पनि
आश्चर्य हो नि। कलियुगमा त राज्य भाग्य हुँदैन। सत्ययुगमा फेरि यिनीहरूको राज्य
भाग्य कहाँबाट आउला। सारा कुरा पढाइमा आधारित छ। यस्तो होइन– देवता र असुरहरूको
लडाइँ भयो, देवताहरूले जितेर राज्य पाए। तर असुर र देवताहरूको लडाइँ कसरी हुन सक्छ।
न कौरव र पाण्डवहरूको नै लडाइँ हुन्छ। त्यहाँ स्वर्गमा त लडाइँको कुरा नै निषेधित
हुन्छ। पहिला त यो बताऊ– बाबा भन्नुहुन्छ, देहका सबै सम्बन्ध छोडेर आफूलाई आत्मा
सम्झ। तिमी आत्मा अशरीरी आएका थियौ, अब फेरि फर्केर जानुछ। पवित्र आत्माहरू नै
फर्केर जान सक्छन्। तमोप्रधान आत्माहरू त जान सक्दैनन्। आत्माको पखेटा भाँचिएको छ।
मायाले पतित बनाएको छ। तमोप्रधान भएको कारणले यति टाढा परमपवित्र ठाउँमा जान
सक्दैनन्। अहिले तिम्रो आत्माले भन्छ– हामी वास्तवमा परमधामका निवासी हौँ। यहाँ यो
५ तत्त्वको पुतला लिएका छौँ– पार्ट खेल्नको लागि। कोही मरेपछि भन्छन्– स्वर्गवासी
भयो। के स्वर्गवासी भयो? त्यहाँ शरीर गयो वा आत्मा गयो? शरीर त जल्यो। बाँकी रह्यो
आत्मा। त्यो आत्मा त स्वर्गमा जान सक्दैन। मानिसहरूलाई त जसले जे सुनायो त्यही
भनिरहन्छन्। भक्तिमार्गकाले भक्ति नै सिकाएका छन्, कर्तव्यको विषयमा कसैलाई थाहा
छैन। शिवको पूजा सबैभन्दा उच्च भनिन्छ। उच्चभन्दा उच्च शिव हुनुहुन्छ, उहाँलाई नै
याद गर, स्मृतिमा राख। माला पनि दिन्छन्। शिव शिव भन्दै माला जपिरहन्छन्। बिना अर्थ
माला लिएर शिव शिव भनिरहन्छन्। गुरुहरूले अनेक प्रकारका शिक्षा दिन्छन्। यहाँ त एउटै
कुरा छ– बाबा स्वयं भन्नुहुन्छ– मलाई याद गर्नाले विकर्म विनाश हुन्छन्। मुखले शिव
शिव भन्नुछैन। बाबाको नाम बच्चाले कहाँ जप गर्छन् र। यो सबै गुप्त छ। कसैलाई पनि
थाहा छैन– तिमीले के गरिरहेका छौ। जसले कल्प पहिला बुझेका थिए उनीहरूले नै बुझ्छन्।
नयाँ नयाँ बच्चाहरू आइरहन्छन्, वृद्धि भइरहन्छ। पछि गएर ड्रामाले के देखाउँछ त्यो
साक्षी भएर हेर्नुछ। पहिल्यैदेखि बाबाले साक्षात्कार गराउनुहुन्न– यो यो हुन्छ।
त्यसो गर्ने हो भने त बनावटी हुन्छ। यी धेरै बुझ्ने कुरा हुन्। तिमीलाई समझ मिल्छ,
भक्तिमार्गमा बेसमझ थियौ। तिमीलाई थाहा छ– ड्रामामा भक्ति पनि पहिल्यै निश्चित छ।
अहिले तिमी बच्चाहरूले
बुझेका छौ– हामी यो पुरानो दुनियाँमा रहने छैनौँ। यो पढाइ विद्यार्थीको बुद्धिमा
हुन्छ। तिमीले पनि मुख्य मुख्य प्वइन्टहरू बुद्धिमा धारण गर्नुछ। नम्बरवन कुरा
अल्फको विषयमा पक्का निश्चय गराएपछि अगाडि बढ। नत्र व्यर्थ कुरा सोधिरहन्छन्।
बच्चीहरूले लेख्छन्– फलानाले लेखेर दिएको छ– गीताका भगवान शिव हुनुहुन्छ, यो त
बिल्कुल ठीक हो। यसो भन्छन् तर कसैको बुद्धिमा हुँदैन। बाबा आउनुभएको छ भन्ने बुझेको
भए त भन्थे– यस्तो बाबालाई भेटौँ। वर्सा लिऊँ। एक जनालाई पनि निश्चय हुँदैन।
तुरुन्तै एक जनाको पनि चिट्ठी आउँदैन। लेख्छन् पनि– ज्ञान धेरै राम्रो छ, तर यति
हिम्मत हुँदैन जसबाट बुझ्छन्– वाह यस्तो बाबा, जसबाट हामी यति समय टाढा रह्यौँ,
भक्तिमार्गमा धक्का खायौँ, अब उहाँ बाबा विश्वको मालिक बनाउन आउनुभएको छ। त्यसपछि
दौडेर आउँछन्। पछि गएर निस्कन्छन्। यदि बाबालाई चिनेका छौ, उच्चभन्दा उच्च भगवान
हुनुहुन्छ भने उहाँको बन न। ज्ञानको व्याख्या यसरी गरिदिनुपर्छ जसबाट ढोका खुलोस्।
अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूलाई माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) कामधन्दा आदि गर्दै आत्मालाई पावन बनाउनको लागि समय निकालेर यादको लागि मेहनत
गर्नुछ। कहिल्यै पनि कुनै आसुरी काम गर्नुछैन।
२) आफ्नो र अरूको
कल्याण गर्नुछ। पढाइ पढ्नु र पढाउनुछ, मै जान्ने सुन्ने बन्नुहुँदैन। यादको बल जम्मा
गर्नुछ।
वरदान:–
नाम र मानको
त्यागद्वारा सर्वको प्यार प्राप्त गर्ने विश्वका भाग्यविधाता भव
जसरी बाबालाई नाम
रूपबाट न्यारा भनिन्छ तर सबैभन्दा अधिक नामको गायन बाबाको छ, त्यसैगरी तिमी पनि
अल्पकालको नाम र मानबाट न्यारा बन त्यसबाट सदाकालको लागि सर्वका प्यारा स्वतः बन्छौ।
जसले नाम मानको भिखारीपनको त्याग गर्छन् उनीहरू विश्वका भाग्यविधाता बन्छन्। कर्मको
फल त स्वतः तिम्रो अगाडि सम्पन्न स्वरूपमा आउँछ त्यसैले अल्पकालको इच्छा मात्रम्
अविद्या बन। काँचो फल नखाऊ, त्यसको त्याग गर त्यसपछि भाग्य तिम्रो पछि पछि आउँछ।
स्लोगन:–
परमात्म बाबाका
प्यारा बच्चाहरू हौ त्यसैले तिम्रो बुद्धिरूपी पाउ सदा तख्तनसिन होस्।
अव्यक्त इसारा:–
अशरीरी वा विदेही स्थितिको अभ्यास बढाऊ
कुनै पनि सेवाको योजना
बनाउँछौ, बनाऊ, सोच, तर के हुन्छ!... यस्तो आश्चर्य मानेर होइन। विदेही, साक्षी
बनेर सोच। सोच्यौ, योजना बनायौ र सेकेन्डमा सिम्पल स्थिति बनाउँदै जाऊ। अहिले
आवश्यकता स्थितिको छ। यो विदेही स्थितिले परिस्थितिलाई धेरै सहजै पार गर्छ। जस्तै
बादल आयो, गयो। विदेही, अचल-अडोल भएर खेल हेरिरहेका छौ।