26.06.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– अहिले
तिमीले निन्दा-स्तुति , मान-अपमान , दुःख-सुख सबै कुरा सहन गर्नुछ , तिम्र ा सुखक ा
दिन अब नजिकै आइरहेक ा छ न् ।”
प्रश्न:–
बाबा आफ्ना
ब्राह्मण बच्चाहरूलाई कुनचाहिँ एउटा चेतावनी (वार्निङ्) दिनुहुन्छ?
उत्तर:–
प्यारा
बच्चाहरू! कहिल्यै पनि बाबासँग रिसाउनुहुँदैन। यदि बाबासँग रिसायौ भने सद्गतिबाट पनि
रिसाउनेछौ। बाबाले चेतावनी दिनुहुन्छ– रिसाउनेहरूलाई धेरै कडा सजाय मिल्नेछ। आपसमा
वा ब्रह्माणीसँग रिसायौ भने पनि फूल बन्दाबन्दै काँडा बन्नेछौ, त्यसैले धेरै धेरै
होसियार होऊ।
गीत:–
धीरज धर मनुवा...
ओम् शान्ति ।
मीठा-प्यारा
सिकिलधे बच्चाहरूले गीत सुन्यौ, तिमी बच्चाहरूका जति पनि जन्मजन्मान्तरका दुःख छन्,
ती सबै हट्नुपर्छ। यो गीतको लाइन सुन्यौ, तिमीलाई थाहा छ– अहिले हाम्रो दुःखको
पार्ट पूरा हुन्छ र सुखको पार्ट सुरुहुन्छ। जसले पूरा रीतिले जान्दैनन्, उनीहरूले
कुनै न कुनै कुरामा दुःख अवश्य देख्छन्। यहाँ बाबाको पासमा आउनाले पनि कुनै न कुनै
प्रकारको दुःख महसुस हुनेछ। बाबाले बुझ्न सक्नुहुन्छ, धेरै बच्चाहरूलाई तकलिफ हुँदो
हो। जब तीर्थ यात्रामा जान्छन् तब कतै भीड हुन्छ, वर्षा हुन्छ, कहिले आँधीबेहरी
आइलाग्छ। जो सच्चा भक्त हुन्छन्, उनीहरूले त भन्छन्– के हर्जा छ, भगवानको पासमा
जान्छौँ। भगवानलाई सम्झेर नै यात्रामा जान्छन्। मनुष्यहरूका अनेकौँ भगवान छन्।
त्यसैले जो राम्रा पक्का हुन्छन्, उनीहरूले त भन्छन्– हर्जा छैन, राम्रो काममा सदैव
विघ्न पर्छन्, फर्केर कहाँ जाने हो र! कोही कोही त फर्केर पनि जान्छन्। कहिले विघ्न
पर्छन्, कहिले पर्दैनन् पनि। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! यो पनि तिम्रो
यात्रा हो। तिमीले भन्छौ– हामी बेहदका बाबाको पासमा जान्छौँ, उहाँ बाबा सबैको दुःख
हर्ता हुनुहुन्छ। यो निश्चय छ, हिजोआज हेर मधुबनमा कति भीड छ, बाबालाई चिन्ता हुन्छ,
धेरैलाई तकलिफ पनि हुँदो हो। भुइँमा सुत्नुपर्छ। बाबाले कहाँ चाहनुहुन्छ र
बच्चाहरूलाई भुइँमा सुताउन! तर ड्रामा अनुसार भीड भएको छ, कल्प पहिला पनि भएको यो
भीड थियो, फेरि हुनेछ, यसमा कुनै दुःख हुनुहुँदैन। यो पनि थाहा छ– पढ्नेहरू कोही त
राजा बन्छन्, कोही फेरि रङक पनि बन्छन्। कसैको उच्च पद, कसैको सानो। तर सुख अवश्य
हुनेछ। यो पनि बाबालाई थाहा छ, कोही धेरै कच्चा छन्, जसले केही पनि सहन गर्न
सक्दैनन्। उनीहरूलाई केही तकलिफ भयो भने भन्छन्– हामी त अनाहकमा आयौँ वा भन्छन्–
हामीलाई ब्रह्माणीले कर गरेर ल्याइन्। यस्ता पनि हुन्छन् जसले भन्छन्– हामीलाई
ब्रह्माणीले अनाहकमा फसाइन्। पूरा पहिचान छैन– विश्वविद्यालयमा आएका छौँ। यस समयको
पढाइबाट कोही त राव (धनवान) बन्छन्। भविष्यमा कोही रङ्क (गरिब) पनि बन्नेवाला छन्।
यहाँका रङ्क र रावमा अनि त्यहाँका रङक, रावमा रातदिनको फरक हुन्छ। यहाँका राव पनि
दुःखी छन् भने रङक पनि दुःखी छन्। त्यहाँ दुवै सुखी हुन्छन्। यहाँ त छँदैछ पतित
विकारी दुनियाँ। हुन त कसैसँग धेरै धन छ, बाबा सम्झाउनुहुन्छ– यो धन माल सबै माटोमा
मिल्नेछ। यो शरीर पनि खतम हुनेछ। आत्मा त माटोमा मिल्दैन, बिडला जस्ता कति ठुला ठुला
धनवान छन्, तर उनीहरूलाई के थाहा अब यो पुरानो दुनियाँ परिवर्तन भइरहेको छ! थाहा
भएको भए तुरुन्तै आउँथे। सबैले भन्नेछन्– यहाँ भगवान आउनुभएको छ, फेरि पनि कहाँ
जान्छन् र? बाबाबाटबाहेक अरूकसैबाट सद्गति मिल्न सक्दैन। यदि कोही रिसायो भने
भनिन्छ– सद्गतिबाट रिसायो। यस्ता धेरै रिसाइरहन्छन्, गिर्दै जान्छन्। आश्चर्यवत्
सुनन्ती, निश्चय होवन्ती... कसैले त सम्झन्छन्– अवश्य उहाँबिना कुनै मार्ग छैन।
उहाँबाट त सुख र शान्तिको वर्सा मिल्नेछ। उहाँबिना सुख-शान्ति मिल्न असम्भव छ। धन
धेरै भएमा सुख मिल्छ। धनमा नै सुख हुन्छ नि। त्यहाँ (मूलवतनमा) त आत्माहरू शान्तिमा
बसेका हुन्छन्। कसैले भन्छन्– हाम्रो पार्ट हुँदैनथ्यो भने सदैव हामी त्यहाँ
रहन्थ्यौँ, तर त्यसो भनेर कहाँ हुन्छ र! बच्चाहरूलाई सम्झाइएको छ– यो बनिबनाउ खेल
हो। धेरै छन् जो कुनै न कुनै संशयमा आएर छोडेर जान्छन्। ब्रह्माणीसँग रिसाउँछन् वा
आपसमा रिसाएर पढाइ छोडिदिन्छन्।
अहिले तिमी यहाँ फूल
बन्नको लागि आएका छौ। महसुस गर्छौ– अवश्य हामी काँडाबाट फूल बनिरहेका छौँ। फूल
अवश्य बन्नुछ। कसैलाई केही संशय छ, फलानाले यसो गर्छन्, यिनी यस्ता छन्, त्यसैले
हामी आउँदैनौँ। बस् रिसाएर गएर घरमा बस्छन्। बाबा भन्नुहुन्छ– अरू सबैसँग त ठीकै छ
रिसाऊ तर एक बाबासँग कहिल्यै नरिसाउनु। बाबाले चेतावनी दिनुहुन्छ, सजाय धेरै कडा छन्।
गर्भमा पनि जुन सजाय मिल्छन्, सबै साक्षात्कार गराउनुहुन्छ। साक्षात्कारबिना सजाय
मिल्न सक्दैन। यहाँको पनि साक्षात्कार हुनेछ। तिमीले पढ्दापढ्दै आपसमा लडाइँझगडा
गरेर, रिसाएर पढाइ छोडिदिएका थियौ। तिमी बच्चाहरूले बुझेका छौ– हामीले बाबासँग
पढ्नुछ। पढाइ कहिल्यै छोड्नुहुँदैन। तिमीले यहाँ पढ्छौ नै मनुष्यबाट देवता बन्न।
यस्ता उच्चभन्दा उच्च बाबाको पासमा तिमी मिल्न आउँछौ। कहिले धेरै आइपुग्छन्, ड्रामा
अनुसार केही तकलिफ भइदिन्छ। बच्चाहरूलाई अनेक तुफान आउँछन्। फलानो चीज मिलेन, यो
मिलेन, यो त केही पनि होइन। जब मृत्युको समय आउनेछ तब अज्ञानी मनुष्यहरूले भन्छन्–
हामीले के अपराध गर्यौँ, जसले गर्दा अनाहकमा हामीलाई पिट्छन्। त्यो अन्तिम पार्टलाई
नै भनिन्छ खुने नाहेक (अनाहकमा हत्या) को पार्ट भनिन्छ। अचानक बमहरू खस्नेछन्।
धेरैका धेरै मर्नेछन्। यो खुने नाहेक भयो नि। अज्ञानी मनुष्यहरू यसरी चिच्याउनेछन्।
तिमी बच्चाहरू त धेरै खुसी हुन्छौ, किनकि तिमीलाई थाहा छ– यो दुनियाँको विनाश हुनुनै
छ, अनेक धर्मको विनाश भएन भने एक सत्य धर्मको स्थापना कसरी हुन्छ! सत्ययुगमा एक आदि
सनातन देवी-देवता धर्म थियो। कसलाई के थाहा सत्ययुग आदिमा के थियो! यो हो
पुरुषोत्तम सङ्गमयुग। बाबा आउनुभएको छ नै सबैलाई पुरुषोत्तम बनाउन। सबैका बाबा
हुनुहुन्छ नि। ड्रामालाई त तिमीले जानिसकेका छौ। सबै त सत्ययुगमा आउँदैनन्। यति
करोडौँ आत्माहरू सत्ययुगमा कहाँ आउँछन् र! यी हुन् विस्तृत कुरा। धेरै बच्चाहरू छन्
जसले केही पनि बुझ्दैनन्। भक्तिमार्गकै बानी बसेको छ। ज्ञान बुद्धिमा बस्न सक्दैन।
भक्तिको बानी त परेको छ। भन्छन्– भगवानले के गर्न सक्नुहुन्न! मरेकालाई ब्युँताउन
सक्नुहुन्छ। बाबासँग आउँछन्, भन्छन्– फलानो मनुष्यले मरेकालाई ब्युँतायो भने के
भगवानले गर्न सक्नुहुन्न र! कसैले राम्रो काम गर्यो भने बस् उसको महिमा गर्न थाल्छन्।
फेरि उनका हजारौँ अनुयायी बन्छन्। तिमीसँग त धेरै कम आउँछन्। भगवानले पढाउनुहुन्छ
फेरि यति थोरै किन? यस्तो धेरैले भन्छन्। अरे, यहाँ त मर्नुपर्ने हुन्छ। त्यहाँ त
सुन्दा मनोरञ्जन हुन्छ। बसेर बडो रवाफले गीता सुनाउँछन्, भक्तहरूले सुन्छन्। यहाँ
मनोरञ्जनको कुरा छैन। तिमीलाई केवल भनिन्छ– बाबालाई याद गर। गीतामा पनि यो शब्द छ–
मनमनाभव। बाबालाई याद गर्यौ भने विकर्म विनाश हुन्छन्। बाबा भन्नुहुन्छ– ठीक छ,
ब्रह्माणीसँग वा सेन्टरसँग रिसायौ, ठीक छ यो काम त गर– अरूको सङ्ग तोडेर आफूलाई
आत्मा सम्झ, एक बाबालाई याद गर। बाबा नै पतित-पावन हुनुहुन्छ। बस् बाबालाई याद
गरिराख। स्वदर्शन चक्र घुमाइराख। यति याद गर्यौ भने पनि स्वर्गमा अवश्य आउनेछौ।
स्वर्गमा उच्च पद त पुरुषार्थ अनुसार नै मिल्नेछ। प्रजा बनाउनुपर्छ। नत्र राज्यई
कसमाथि गर्ने! जसले धेरै मेहनत गर्छन्, उच्च पद पनि उनीहरूले नै पाउनेछन्। उच्च पदको
लागि नै कति मेहनत गर्छन्। पुरुषार्थबिना कोही रहन सक्दैन। तिमी बच्चाहरूलाई थाहा
छ– उच्चभन्दा उच्च पतित-पावन बाबा हुनुहुन्छ। मनुष्यहरूले महिमा त गाउँछन् तर अर्थ
बुझ्दैनन्। भारतवर्ष कति धनवान थियो, भारतवर्ष स्वर्ग हो, विश्वको आश्चर्य हो। ती ७
आश्चर्य मायाका हुन्। सारा ड्रामामा उच्चभन्दा उच्च स्वर्ग हो, निचभन्दा निच नर्क
हो। अहिले तिमी बाबाको पासमा आएका छौ, थाहा छ– मीठा बाबाले यति उच्चभन्दा उच्च
स्थानमा लैजानुहुन्छ। उहाँलाई कसले भुल्छन् र! जहाँसुकै बाहिर जाऊ, केवल एक कुरा
याद राख– बाबालाई याद गर। बाबाले नै श्रीमत दिनुहुन्छ– भगवानुवाच, न कि ब्रह्मा
भगवानुवाच।
बेहदका बाबा
बच्चाहरूसँग सोध्नुहुन्छ– प्यारा बच्चाहरू! मैले तिमीलाई यति धनवान बनाएर गएको थिएँ,
फेरि तिम्रो दुर्गति कसरी भयो? तर यसरी सुन्छन् मानौँ केही पनि बुझ्दैनन्। त्यसैले
बच्चाहरूलाई केही तकलिफ हुन्छ, दुःख-सुख, स्तुति-निन्दा पनि सबै सहन गर्नुपर्छ।
यहाँका मनुष्यहरू हेर कस्ता छन्! प्रधानमन्त्रीलाई पनि ढुङ्गा हान्न बेर लगाउँदैनन्।
भन्छन्– स्कुलका बच्चाहरूको नयाँ रगत हुन्छ। उनीहरूको धेरै महिमा गर्छन्। सम्झन्छन्–
यो भविष्यको नयाँ रगत हो। तर तिनै विद्यार्थीले दुःख दिन निस्कन्छन्। कलेजहरूमा आगो
लगाइदिन्छन्। एकअर्कालाई गाली गरिहन्छन्। बाबा सम्झाउनुहुन्छ– दुनियाँको के हालत
भएको छ! ड्रामाका कलाकार भएर पनि ड्रामाको आदि-मध्य-अन्त्य र मुख्य कलाकार आदिलाई
जान्दैनन् भने उनीहरूलाई के भन्ने! सबैभन्दा श्रेष्ठ को हुनुहुन्छ, उहाँको जीवनी त
जान्नुपर्छ नि। केही पनि जान्दैनन्। ब्रह्मा-विष्णु-शङ्करको पार्ट के हो, धर्म
स्थापकहरूको पार्ट के हो! मनुष्यहरू त अन्धश्रद्धामा आएर सबैलाई गुरु भनिदिन्छन्।
गुरु त त्यो हो जसले सद्गति गर्छ। अब सबैका सद्गतिदाता त एउटै परमपिता परमात्मा
हुनुहुन्छ। उहाँ परम गुरु पनि हुनुहुन्छ, फेरि ज्ञान पनि दिनुहुन्छ। तिमी
बच्चाहरूलाई पढाउनु पनि हुन्छ, उहाँको पार्ट नै आश्चर्यजनक छ। धर्म पनि स्थापना
गर्नुहुन्छ र सबै धर्मलाई खतम पनि गर्नुहुन्छ। अरूले त केवल धर्म स्थापना गर्छन्,
स्थापना र विनाश गर्नेलाई नै गुरु भनिन्छ नि। बाबा भन्नुहुन्छ– म कालहरूको पनि काल
हुँ। एक धर्मको स्थापना र बाँकी सबै धर्मको विनाश हुनेछ अर्थात् यस ज्ञान यज्ञमा
स्वाहा हुनेछन्। फेरि न कुनै लडाइँ लाग्नेछ, न यज्ञ रचिनेछ। तिमीले सारा विश्वको
आदि-मध्य-अन्त्यलाई जान्दछौ। अरू सबैले त नेती नेती भन्छन्। तिमीले यस्तो कहाँ भन्छौ
र! बाबा बाहेक अरू कसैले सम्झाउन सक्दैन। त्यसैले तिमी बच्चाहरूलाई धेरै खुसी
हुनुपर्छ तर मायाले यस्तो सामना गर्छ जसले गर्दा याद नै मेटाइदिन्छ। तिमी बच्चाहरूले
दुःख-सुख, मान-अपमान सहन गर्नुछ। हुन त यहाँ कुनै अपमान गरिँदैन। यदि कुनै पनि कुरा
छ भने बाबालाई रिपोर्ट गर्नुपर्छ। रिपोर्ट गर्दैनौ भने ठुलो पाप लाग्छ। बाबालाई
सुनाउनाले तुरुन्तै उनीहरूलाई सावधानी मिल्नेछ। यहाँ सर्जनसँग लुकाउनुहुँदैन। बाबा
धेरै ठुला सर्जन हुनुहुन्छ। ज्ञान इन्जेक्सन, यसलाई अञ्जन (गाजल) पनि भनिन्छ।
अञ्जनलाई ज्ञान-सुर्मा पनि भनिन्छ। जादु आदिको त कुरै छैन। बाबा भन्नुहुन्छ– म आएको
छु तिमीलाई पतितबाट पावन हुने युक्ति बताउन। पवित्र बनेनौ भने धारणा पनि हुँदैन। यही
कामको कारणले नै फेरि पाप हुन्छन्। यस काममाथि विजय पाउनुछ। आफै विकारमा जान्छ भने
अरू कसैलाई कामलाई जित भन्न सक्दैन। त्यो त महापाप हुन्छ। बाबाले कहानी पनि
सुनाउनुहुन्छ– पण्डितले भने, राम राम भन्नाले सागर पार हुनेछौ। मनुष्यहरूले पानीको
सागर सम्झन्छन्। जसरी आकाशको अन्त्य छैन, त्यसैगरी सागरको पनि अन्त्य पाउन सक्दैनन्।
ब्रह्म महतत्त्वको पनि अन्त्य छैन। यहाँ मनुष्यहरूले अन्त्य पाउने पुरुषार्थ गर्छन्,
त्यहाँ कुनै पुरुषार्थ गर्दैनन्। यहाँ जतिसुकै टाढा जान्छन्, फेरि फर्केर आउँछन्।
पेट्रोल नै भएन भने कसरी आउँछन् र? यो हो वैज्ञानिकहरूको अति अभिमान, त्यसबाट विनाश
गरिदिन्छन्। हवाइजहाजबाट सुख पनि छ, फेरि त्यसबाट अति दुःख पनि छ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) कुनै पनि कारणले पढाइ छोड्नुछैन। सजाय धेरै कडा छन्, तिनबाट बच्नको लागि अरू
सबैको सङ्ग तोडेर एक बाबालाई याद गर्नुछ। रिसाउनुछैन।
२) ज्ञान इन्जेक्सन
वा अञ्जन दिने एक बाबा हुनुहुन्छ, उहाँ अविनाशी सर्जनसँग कुनै कुरा लुकाउनुछैन।
बाबालाई सुनाउनाले तुरुन्तै सावधानी मिल्नेछ।
वरदान:–
तनको
तन्दुरुस्ती , मनको खुसी र धनको समृद्धिद्वारा श्रेष्ठ भाग्यवान् भव
सङ्गमयुगमा सदैव स्वमा
स्थित रहनाले तनको कर्मभोग सुलीबाट काँडा हुन्छ, तनको रोगलाई योगमा परिवर्तन
गरिदिन्छौ, त्यसैले सदैव स्वस्थ हुन्छौ। मनमनाभव हुनाले खुसीको खानीबाट सदैव
सम्पन्न हुन्छौ, त्यसैले मनको खुसी पनि प्राप्त हुन्छ र ज्ञान धन सबै धनभन्दा
श्रेष्ठ हो। ज्ञान धनहुनेहरूको प्रकृति स्वतः दासी बन्छ र सर्व सम्बन्ध पनि एकसँग
हुन्छ, सम्पर्क पनि होलीहंसहरूसँग हुन्छ... त्यसैले श्रेष्ठ भाग्यवानको वरदान स्वतः
प्राप्त हुन्छ।
स्लोगन:–
याद र सेवा
दुवैको ब्यालेन्स नै डबल लक हो।