26.08.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमी ले ग्यारेन्टी गर्छौ हामी ले आफ्नै योगबलले यस विश्वलाई स्वर्ग बनाउनेछौँ , त्यहाँ एक धर्म , एक राज्य हुनेछ।”

प्रश्न:–
मायाको कुन विघ्नबाट सुरक्षित रहने बच्चाहरूले धेरै राम्रो कमाल गर्न सक्छन्?

उत्तर:–
मायाको सबैभन्दा ठुलो विघ्न हो– देहअभिमानमा ल्याएर एकअर्काको नाम-रूपमा फसाउनु। जुन बच्चाहरू यस विघ्नबाट सुरक्षित रहन्छन्, मायाको धोकाबाट बचेका हुन्छन्, उनीहरूले धेरै कमाल गरेर देखाउँछन्। उनीहरूको बुद्धिमा सेवाका नयाँ नयाँ विचारहरू चलिरहन्छन्। देहीअभिमानी भएपछि मात्रै सेवामा उन्नति हुन्छ।

ओम् शान्ति ।
बाबा आउनुभएको छ रुहानी बच्चाहरूलाई श्रीमत दिन। यो त तिमी बच्चाहरूलाई थाहा छ, केही समयभित्र ड्रामा प्लान अनुसार सारा कार्य हुनु छ। हामीले रावणपुरीलाई विष्णुपुरी बनाउँछौँ। तर बाबा पनि गुप्त हुनुहुन्छ भने पढाइ पनि गुप्त छ। सेन्टरहरू त धेरै छन्। सानाठुला गाउँमा सेन्टरहरू छन् र बच्चाहरू पनि धेरै छन्। अझै पनि सेन्टरहरू दिनप्रतिदिन बढ्दै जानेछन्। साहित्य सामाग्रीमा पनि लेख्छौ हामीले यस विश्वलाई स्वर्ग बनाएरै छोड्नेछौँ। तिमीलाई यो भारतभूमि धेरै प्यारो छ किनकि तिमीलाई थाहा छ, यो भारतभूमि नै स्वर्ग थियो। त्यो स्वर्ग ५ हजार वर्ष पहिला थियो। भारतवर्ष धेरै सानदार थियो। तिमी ब्रह्मामुख वंशावली बच्चाहरूलाई नै यो ज्ञान छ। यस विश्वलाई श्रीमतमा स्वर्ग बनाउनुपर्छ। सबैलाई बाटो बताउनु छ, यहाँ कुनै विवादको कुरा छैन। यी चित्रहरूद्वारा यस्तो के विज्ञापन गरौँ जसले गर्दा अखबारमा पनि यी चित्रहरू राख्छन्, यसमा आपसमा बसेर राय गर्नुपर्छ। आपसमा यसमा सेमिनार, गोष्ठी गर्नुपर्छ। जसरी ती सरकारका मानिसहरू आपसमा बैठक गर्छन्, देशलाई हामीले कसरी सुधारौँ, यी जुन यति धेरै मतभेद भएका छन्, यी मतभेदलाई आपसमा मिलेर समाधान गरौँ र देशमा सुखशान्ति कसरी स्थापना हुन्छ भन्ने विषयमा राय सल्लाह गर्छन्। त्यसैगरी तिमी पनि रुहानी पाण्डव सरकार हौ, यो ठुलो ईश्वरीय सरकार हो। पतितापावन बाबाले नै पतित बच्चाहरूलाई पावन बनाएर पावन दुनियाँको मालिक बनाउनुहुन्छ। यो रहस्य तिमी बच्चाहरूलाई थाहा छ। मुख्य हो नै भारतवर्षको आदि सनातन देवीदेवता धर्म। यो हो रुद्र ज्ञान यज्ञ। रुद्र भनिन्छ शिवबाबालाई। अब तिमीलाई बाबाले आएर जगाउनुभएको छ, तिमीले फेरि अरूलाई जगाउनु छ। ड्रामा प्लान अनुसार तिमीले जगाइरहन्छौ। अहिलेसम्म जसजसले जस्तो जस्तो पुरुषार्थ गरेका छन्, त्यति नै कल्प पहिला पनि गरेका थिए। यो तिम्रो रुहानी युद्ध हो। कहिले मायाको बल हुन्छ, कहिले ईश्वरको। कहिलेकाहीँ त धेरै तीव्र गतिमा सेवा चल्छ। कहिले कैयौँ बच्चाहरूमा मायाको विघ्न पर्छ। मायाले एकदम बेहोस बनाइदिन्छ। लडाइँको मैदान त हो नि! मायाले, रामका सन्तानलाई बेहोस पारिदिन्छ। लव-कुशको कथा पनि छ नि! रामका दुई बच्चा देखाइएका छन्। यहाँ त बाबाका धेरै बच्चाहरू छन्। यस समयमा सबै मानिसहरू कुम्भकर्णको निद्रामा सुतेका छन्। उनीहरूले यो पनि जान्दैनन्, परमपिता परमात्मा बच्चाहरूलाई वर्सा दिन आउनुभएको छ। बाबा भारतभूमिमा नै आउनुहुन्छ। यो कुरा एकदमै भुलिसकेका छन्। तिमीहरू नै स्वर्गका मालिक थियौ, यसमा कुनै शङ्का छैन। परमपिता परमात्माको जन्म पनि यहीँ हुन्छ त्यसैले त शिवजयन्ती भारतभूमिमा मनाउँछन्। त्यसैले अवश्य पनि उहाँले केही आएर गर्नुभएको होला। बुद्धिले भन्छ, अवश्य बाबा आएर स्वर्गको स्थापना गर्नुभएको होला। प्रेरणाले कहाँ स्थापना गर्नुहुन्छ र! यहाँ त तिमी बच्चाहरूलाई राजयोग सिकाइन्छ, यादको यात्रा सिकाइन्छ। प्रेरणामा कुनै आवाज हुँदैन। मानिसहरूले शङ्करले प्रेरणाबाट विनाश गर्छन् भन्ने ठान्दछन्, तर यसमा प्रेरणाको कुरा छैन। तिमीले बुझेका छौ, ड्रामामा उनीहरूको पार्ट नै हो– मुसल (मिसाइल) बनाउनु। उनीहरू विनाशको लागि निमित्त बनेका छन्। प्रेरणा शास्त्रको शब्द हो, यसमा प्रेरणाको त कुरै छैन। ड्रामा अनुसार विनाश त हुनु नै छ। भनिएको पनि छ महाभारत लडाइँमा यी मुसल आदि काममा आएका थिए, जुन कुरा वितेर गयो त्यो फेरि दोहोरिनु छ। तिमीले ग्यारेन्टी दिन्छौ हामीले योगबलद्वारा स्वर्गको स्थापना गर्नेछौँ, त्यहाँ एक धर्म हुनेछ। त्यसोभए अरू सबै धर्म कहाँ हुनेछन्? अवश्य पनि विनाश हुनेछन्। यो बुझ्ने कुरा हो। भनिएको छ– ब्रह्माद्वारा स्थापना, विष्णुद्वारा पालना त्यो ठिक छ। तर शङ्करलाई त शिवसँग मिसाइदिएका छन्, यो गलत हो। शिवशङ्कर भनिदिन्छन् किनकि शङ्करले त कुनै काम गर्दैनन् त्यसैले शिवसँग मिसाइदिएका छन्। तर शिवबाबा भन्नुहुन्छ मैले त धेरै काम गर्नुपर्छ। सबैलाई पावन बनाउनुपर्छ। म यस ब्रह्मा तनमा प्रवेश गरेर यस साकारद्वारा स्थापनाको कार्य गराउँछु। शङ्करको त कुनै पार्ट छैन। शिवको पूजा हुन्छ। शिव नै कल्याणकारी हुनुहुन्छ, उहाँले नै झोली भरिदिनुहुन्छ। शिव परमात्माय नमः भन्छन् नि! यी ब्रह्मा पनि प्रजापिता ठहरिए। ब्रह्मा सो विष्णु, विष्णु सो ब्रह्मा यो त धेरै गुह्य कुरा हो। यो कुरा केवल तिमी बच्चाहरूलाई नै थाहा छ। समझदार (सेन्सिबल) बच्चाहरूको बुद्धिमा तुरुन्तै ज्ञान समझमा आउँछ। पतितपावन बाबा कहिले आउनुहुनेछ मानिसहरूमा यसको केही पनि समझ छैन! अहिले त कलियुगको अन्त्य हो। कलियुगको अन्त्य हुन ४० हजार वर्ष बाँकी छ भन्ने हो भने, अझै अब कति धेरै पतित बन्लान्? कति दुःख सहन गर्लान्? कलियुगमा त सुख हुँदैन। केही पनि नजानेका हुनाले बिचराहरू घोर अन्धकारमा रुमल्लिएका छन्। कसरी सेवालाई बढाउने यसमा तिमी बच्चाहरूले आपसमा भेटेर राय सल्लाह गर्नुपर्छ। बाबाले प्लान त बताइरहनुहुन्छ अब फेरि बच्चाहरू आपसमा मिल्नु छ। चित्रहरूमा राम्रोसँग सम्झाउनु छ। ड्रामा अनुसार यी चित्रहरू पनि बन्दै गइरहेका छन्। बच्चाहरूलाई थाहा छ, जुन जुन समय पास हुँदै जान्छ, पहिल्यै निश्चित हुबहु ड्रामा चलिरहन्छ। बच्चाहरूको अवस्था त कहिले माथि, कहिले तल, यो चलिरहनेछ। बाबा पनि साक्षी भएर हेर्नुहुन्छ। कहिलेकाहीँ बच्चाहरूलाई ग्रहदशा लाग्यो भने त्यसलाई मेटाउनको लागि प्रयत्न गराउनुहुन्छ। बाबा घरी घरी भन्नुहुन्छ– बाबालाई याद गर। तर देह अभिमानमा आउँछन् त्यसैले ठक्कर खान्छन्, यसमा देहीअभिमानी बन्नुपर्छ। तर बच्चाहरूमा धेरै देह अभिमान छ। तिमी देहीअभिमानी बन्यौ भने बाबाको याद हुन्छ फेरि सेवाको उन्नति पनि हुँदैजानेछ। जसलाई उच्च पद पाउनु छ, उनीहरू सदैव सेवामा लागिरहनेछन्। तकदिरमा छैन भने तदबिर (पुरुषार्थ) पनि गर्दैनन्। आफैले भन्छन्– बाबा हामीलाई धारणा हुँदैन। बुद्धिमा बस्दैन। धारणा हुँदैन भने खुसी पनि हुँदैन। जसलाई धारणा हुन्छ उसलाई खुसी पनि हुन्छ। सम्झन्छन् शिवबाबा आउनुभएको छ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमीले राम्रोसँग बुझेर फेरि अरूलाई पनि सम्झाऊ। कोही त सेवामा लागीहाल्छन्। पुरुषार्थ गरिरहन्छन्। तिमी बच्चाहरूलाई थाहा छ, जुन जुन सेकेन्ड बित्छ त्यो ड्रामामा पहिल्यै निश्चित छ फेरि यसरी नै दोहोरिन्छ। बच्चाहरूलाई नै सम्झाइन्छ, बाहिर भाषण गर्दा त अनेक प्रकारका मानिसहरू आउँछन्। तिमी बच्चाहरूलाई थाहा छ, सबैले वेद, शास्त्र, गीता आदिमा नै भाषण गर्छन्, उनीहरूलाई यो कहाँ थाहा छ र यहाँ ईश्वरले आफ्नो र यस रचनाको आदि-मध्य-अन्त्यको रहस्य सम्झाउनुहुन्छ। चित्रहरूमा कति राम्रोसँग देखाइएको छ, परमात्मा को हुनुहुन्छ! यी कुराहरू प्रोजेक्टरमा त सम्झाउन सक्दैनौ। प्रदर्शनीमा चित्र पनि सामुन्ने देखिन्छन् र फेरि तिमीले सम्झाएर सोध्न पनि सक्छौ अब बताऊ गीताका भगवान को हुनुहुन्छ? ज्ञानको सागर को हुनुहुन्छ? पवित्रता सुखशान्तिको सागर, मुक्तिदाता (लिबरेटर) गाइड को हुनुहुन्छ? श्रीकृष्णलाई त भन्न सक्दैनन्। परमात्माको महिमा भिन्नै छ। पहिला लेखाउनु पनि पर्छ, व्यक्तिगत विवरण (प्रोब) लिनुपर्छ। सबैको हस्ताक्षर पनि गराउनु पर्छ।

(हलमा चराहरू लडिरहेका छन्) यस समयमा सारा दुनियाँमा लडाइँ झगडा नै छ। सबै आपसमा लडिरहन्छन्। मानिसहरूमा ५ विकार पनि हुन्छन् भनिन्छ। जनावरहरूको त कुरै छैन। विकारी दुनियाँ र निर्विकारी दुनियाँ मानिसहरूको लागि भनिएको हो। कलियुगमा छ आसुरी सम्प्रदाय, सत्ययुगमा हुन्छ दैवी सम्प्रदाय। मानिसहरू यति तमोप्रधान बुद्धि छन् जसले हामी नै आसुरी सम्प्रदाय हौँ भन्ने पटक्कै बुझ्दैनन्। देवताहरूको अगाडि गएर गाउँछन् पनि हामी नै नीच पापी हौँ, हामी निर्गुण हारेमा कुनै गुण छैन। तिमीले त उनीहरूलाई सिद्ध गरेर बताउन सक्छौ। सिँढीको चित्रमा धेरै स्पष्ट छ। देखाइएको छ कसरी चढ्तीकला हुन्छ फेरि गिर्तीकला हुन्छ। यहाँका मानिसहरूको लागि मुख्य हो सिँढीको चित्र। यो हो सबैभन्दा राम्रो कुरा। यस चित्रमा धेरै राम्ररी सम्झाउन सक्छौ। ८४ जन्म पूरा गरेर फेरि पहिलो नम्बर जन्म लिनु छ त्यसपछि फेरि गिर्तीकलाबाट चढ्तीकलामा जानुपर्छ। हरेकको विचार चल्नुपर्छ सबैलाई बाटो कसरी बताऊँ। विचार चलेन भने सेवा कसरी गर्छौ। चित्रहरूमा सम्झाउन धेरै सहज हुन्छ। सत्ययुगपछि सिँढी ओर्लनु नै छ। तिमी बच्चाहरूलाई थाहा छ, अब हामी ट्रान्सफर भइरहेका छौँ। तर सिधै सत्ययुगमा जाँदैनौँ। पहिला शान्तिधाममा जानु छ। तिमीलाई थाहा छ, हामी पार्टधारी हौँ। बाँकी तिमीहरूमा पनि नम्बरवार छौ जसले आफूलाई यस ड्रामाको पार्टधारी सम्झन्छौ। दुनियाँमा यस्तो कसैले भन्न सक्दैनन् हामी पार्टधारी हौँ। हामीले लेख्छौँ पनि हरेक मनुष्य मात्र यस बेहद ड्रामाका पात्रहरू हुँदाहुँदै पनि ड्रामाका मुख्य पात्र, निर्देशक र ड्रामाको आदि-मध्य-अन्त्यलाई चिन्दैनन् भने उनीहरू बेसमझ हुन्। यो लेख्नमा कुनै हर्जा छैन। एक कानले सुनेर अर्कोले उडाइदिनुहुँदैन। सेवा, सेवा अनि सेवा। बाबालाई थाहा छ, बच्चाहरूलाई कहिल्यै ग्रहदशा पनि लाग्छ। ग्रहदशा लाग्यो भने कति नोक्सान हुन्छ, त्यो कुरा बाबालाई थाहा छ। धनवान गरिब बन्न पुग्छन्। कारण त हुन्छ नि! बाबाले धेरैलाई सम्झाइरहनु पनि हुन्छ– प्यारा बच्चाहरू! नाम-रूपमा कहिल्यै नफस्नु। नत्र माया यस्तो छ जसले नाकमा समातेर खाल्डोमा हालिदिनेछ। मायाले ठुलो धोका दिन्छ। आसिक मासुक यहीँ बन्नु छैन। आसिक मासुक कोही विकारको लागि बन्छन्, अरू केवल रूपमा बलिहार हुन्छन्। तिमीलाई थाहा छ, सेन्टरहरूमा पनि यस्ता मायाका विघ्न धेरै पर्छन्, एकअर्काको नाम-रूपमा फस्छन्। माया यति प्रबल छ जसले माता, माताको नाम-रूपमा, कन्या, कन्याको नाम-रूपमा पनि फस्न पुग्छन्। पुरुषार्थ गर्दागर्दै पनि मायाले एकदम समात्छ त्यसैले बाबा सावधानी दिनुहुन्छ– प्यारा बच्चाहरू! मायाले धेरै फसाउने कोसिस गर्नेछ, तर तिमी फस्नुहुँदैन। देह अभिमानमा आउनुहुँदैन। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नु छ। मायाको धोकाबाट बचिरहनु छ। बाबा तिमी बच्चाहरूलाई गुल-गुल (फूल) बनाउन आउनुभएको छ, तिमीलाई कुनै कुरामा संशय आउनुहुँदैन। दिलमा संशय आयो भने राम्रोसँग सेवा गर्न सक्नेछैनौ। भित्रभित्रै अल्मलिनेछौ। हिम्मत राख्नुपर्छ। टाइम धेरै कम छ। बाबाको मुरली सुन्यौ भने उत्साहमा आउनेछौ। आत्मप्रकाश बच्चाले ठिक तरिकाले चित्रहरूतिर अटेन्सन दिइरहेका छन्। मुम्बइका आत्माहरूको पनि दिमागमा आउनुपर्छ। मुख्य चित्रहरू पहिला बनाउनुपर्छ। जाँच गर्नुपर्छ, चित्रहरूमा कसरी सुधार ल्याउने भनेर बाबाले बाबाले निर्देशन दिइरहनुहुन्छ। यस्तो कुनै युक्ति रच जसबाट सिँढीको चित्र विमानस्थल (एरोड्रम) मा राखियोस्। यो चित्र देखेर सबै खुसी हुनेछन्। आखिरमा बुझ्नेछन् यिनीहरूलाई मत दिने को हुनुहुन्छ। यसमा बच्चाहरूलाई धेरै नसा चढ्नुपर्छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) तिमी बच्चाहरू लडाइँको मैदानमा छौ, माया रावणसँग तिम्रो युद्ध छ। मायाले धेरै विघ्न पार्छ। तिमी बच्चाहरू धेरै सावधान रहनुपर्छ।

२) हरेकले आफ्नो उन्नतिको लागि विचार गर्नु छ। चित्रहरूमा कसरी सम्झाऊँ, सेवालाई कसरी बढाऊँ। चित्रहरूमा यस्तो के कुरा समावेश गरौँ जसले गर्दा मानिसहरूले सहजै बुझ्छन्।

वरदान:–
देह अभिमानको त्यागद्वारा श्रेष्ठ भाग्य बनाउने सर्व सिद्धिस्वरूप भव

देह अभिमानको त्याग गर्नु अर्थात् देहीअभिमानी बनेमा बाबाको सर्व सम्बन्धको, सर्व शक्तिहरूको अनुभव हुन्छ, यो अनुभव नै सङ्गमयुगको सर्वश्रेष्ठ भाग्य हो। विधाताद्वारा मिलेको यस विधिलाई अपनाएमा वृद्धि पनि हुनेछ र सर्व सिद्धिहरू पनि प्राप्त हुनेछन्। देहधारीको सम्बन्ध वा स्नेहमा त आफ्नो ताज, तख्त र आफ्नो असली स्वरूप सबै छोड्यौ भने के बाबाको स्नेहमा देह अभिमानको त्याग गर्न सक्दैनौ! यही एउटा त्यागबाट सर्व भाग्य प्राप्त हुनेछन्।

स्लोगन:–
क्रोधमुक्त बन्नु छ भने स्वार्थको सट्टा निःस्वार्थ बन, इच्छाहरूको रूपलाई परिवर्तन गर।

अव्यक्त इसारा:– अपवित्रताको बीजलाई पनि समाप्त गर ेर सम्पूर्ण स्वच्छ (पवित्र) बन

बाबासँगै तिमी सबैले पनि जिम्मेवारी (पानको बिँडा) लिएका छौ, पवित्रताद्वारा हामीले प्रकृतिलाई पनि पावन बनाउनेछौँ। त्यसैले यो सङ्कल्प पूरा गर्नको लागि बापदादा चाहनुहुन्छ विश्वको हरेक बच्चा पहिला चाहे साधनहरूसँग, चाहे व्यक्तिसँग लगाव मुक्त बनोस्। साधनहरूलाई प्रयोग गर्नु अर्कै कुरा हो, लगाव अलग कुरा हो। त्यसैले बापदादा हरेक बच्चालाई पहिला लगावमुक्त बनाउन चाहनुहुन्छ।