26.09.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– सदा यही स्मृति रहोस्– हामी ले श्रीमतमा आफ्नो सत्ययुगी राजधानी स्थापना गरिरहेका छौँ , त ्यसपछि अपार खुसी ह ु न्छ।”

प्रश्न:–
यो ज्ञानको भोजन कुन बच्चाहरूलाई पच्न सक्दैन?

उत्तर:–
जसले भुल गरेर, फोहोरी (पतित) बनेर फेरि क्लासमा आएर बस्छन्, उनीहरूलाई ज्ञान पच्न सक्दैन। उनीहरूले मुखबाट कहिल्यै पनि भन्न सक्दैनन्– भगवानुवाच काम महाशत्रु हो। उनीहरूको दिल भित्रभित्रै खाइरहन्छ। उनीहरू आसुरी सम्प्रदायका बन्छन्।

ओम् शान्ति ।
बाबा बसेर रुहानी बच्चाहरूलाई सम्झाउनुहुन्छ, उहाँ कुन बाबा हुनुहुन्छ, उहाँ बाबाको महिमा तिमी बच्चाहरूले गर्नुछ। गायन गरिन्छ पनि– सत् शिवबाबा, सत् शिव टिचर, सत् शिव गुरु। सत्य त उहाँ हुनुहुन्छ नि। तिमी बच्चाहरूलाई थाहा छ– हामीलाई सत्य शिवबाबा मिल्नुभएको छ। हामी बच्चाहरू अब श्रीमत अनुसार एक मत बनिरहेका छौँ। त्यसैले श्रीमतमा चल्नुपर्छ नि। बाबा भन्नुहुन्छ– एक त देहीअभिमानी बन र बाबालाई याद गर। जति याद गर्छौ, त्यति आफ्नो कल्याण गर्छौ। तिमीले फेरि आफ्नो राजधानी स्थापना गरिरहेका छौ। पहिला पनि हाम्रो राजधानी थियो। हामी देवी-देवता धर्मका आत्माहरू नै ८४ जन्म भोगेर, अन्तिम जन्ममा अहिले सङ्गममा छौँ। यो पुरुषोत्तम सङ्गमयुगको बारेमा तिमी बच्चाहरू सिवाय अरू कसैलाई थाहा छैन। बाबाले कति प्वाइन्टहरू दिनुहुन्छ– प्यारा बच्चाहरू! यदि राम्रोसँग यादमा रह्यौ भने धेरै खुसी हुन्छौ। तर बाबालाई याद गर्नुको सट्टा दुनियाँका अरू कुरामा फस्छन्। यो याद रहनुपर्छ– हामीले श्रीमतमा आफ्नो राज्य स्थापना गरिरहेका छौँ। गायन पनि गरिएको छ– उच्चभन्दा उच्च भगवान, उहाँको नै उच्चभन्दा उच्च श्रीमत छ। श्रीमतले के सिकाउँछ? सहज राजयोग। राज्य भाग्यको लागि पढाइरहनुभएको छ। आफ्ना बाबाबाट सृष्टिको आदि-मध्य-अन्त्यलाई जानेर फेरि दैवीगुण पनि धारण गर्नुछ। बाबाको कहिल्यै विरोध गर्नुहुँदैन। धेरै बच्चाहरू आफूलाई सेवाधारी सम्झेर अहङ्कारमा आउँछन्। यस्ता धेरै हुन्छन्। फेरि कहीँ कहीँ हार खाए भने नशा नै उड्छ। तिमी माताहरू त अनपढ छौ। पढेका हुन्थ्यौ भने कमाल गरेर देखाउँथ्यौ। पुरुषहरूमा फेरि पनि पढेलेखेका केही छन्। तिमी कुमारीहरूले कति नाम प्रसिद्ध गर्नुपर्छ। तिमीले श्रीमतमा राज्य भाग्य स्थापना गरेका थियौ। नारीबाट लक्ष्मी बनेका थियौ भने कति नशा हुनुपर्छ। यहाँ त हेर पैसाको पढाइमा ज्यान कुर्बान गरिरहेका छन्। अरे तिमी गोरा बन्छौ फेरि काला, तमोप्रधानसँग किन दिल लगाउँछौ। यो कब्रिस्तानसँग दिल लगाउनुछैन। हामीले त बाबाबाट वर्सा लिइरहेका छौँ। पुरानो दुनियाँसँग दिल लगाउनु अर्थात् जहन्नुम (नर्क, दोजक) मा जानु हो। बाबा आएर दोजकबाट बचाउनुहुन्छ फेरि पनि मुख दोजकतिर किन फर्काइदिन्छौ। तिमीहरूको यो पढाइ कति सहज छ। कुनै ऋषिमुनिले जान्दैनन्। न कुनै टिचर, न कुनै ऋषिमुनिले सम्झाउन सक्छन्। यहाँ त बाबा-टिचर-गुरु पनि हुनुहुन्छ। ती गुरुहरूले शास्त्र सुनाउँछन्। उनीहरूलाई टिचर भनिँदैन, उनीहरूले कुनै यसो भन्दैनन्– हामीले दुनियाँको इतिहास-भूगोल सुनाउँछौँ। उनीहरूले त शास्त्रका कुरा नै सुनाउँछन्। बाबाले तिमीलाई शास्त्रहरूको सार सम्झाउनुहुन्छ र फेरि विश्वको इतिहास-भूगोल पनि बताउनुहुन्छ। अब यहाँ टिचर राम्रा कि ती टिचर राम्रा? ती टिचरबाट जतिसुकै पढे पनि तिमीले के कमाउँछौ? त्यो पनि नसिब। पढ्दा पढ्दै कुनै एक्सिडेन्ट (दुर्घटना) भयो, मरेपछि पढाइ खतम। यहाँ तिमीले जति पनि यो पढाइ पढ्छौ, त्यो व्यर्थ जाँदैन। हो, श्रीमतमा नचलेर केही उल्टो हिँड्न थाल्यौ वा गएर नालीमा गिऱ्यौ भने पनि जति पढ्यौ त्यो कहीँ जाँदैन, यो पढाइ त २१ जन्मको लागि हो। तर गिर्नाले कल्पकल्पान्तरको धेरै धेरै घाटा पर्छ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! कालो मुख नपार। यस्ता धेरै छन् जो कालो मुख पारेर, फोहोरी बनेर फेरि आएर बसिदिन्छन्। उनीहरूलाई कहिल्यै यो ज्ञान पच्दैन। अपच हुन्छ। उसले जे सुन्छ त्यो उसलाई अपच हुन्छ, फेरि मुखबाट कसैलाई भन्न सक्दैन– भगवानुवाच काम महाशत्रु हो, त्यसमाथि विजय पाउनुछ। आफैले विजय पाउन सक्दैनन् भने अरूलाई कसरी भन्छन्! भित्र मन खाइरहन्छ नि! उनीहरूलाई भनिन्छ आसुरी सम्प्रदाय, अमृत पिउँदा पिउँदै विष खाइदिन्छन् भने १०० गुणा काला बन्छन्। हड्डी हड्डी टुट्छ।

तिमी माताहरूको सङ्गठन त धेरै राम्रो हुनुपर्छ। लक्ष्य उद्देश्य त सामुन्ने छ। तिमीलाई थाहा छ– यी लक्ष्मी-नारायणको राज्यमा एक देवी-देवता धर्म थियो। एक राज्य, एक भाषा, १०० पर्सेन्ट पवित्रता, शान्ति, समृद्धि थियो। त्यही एक राज्यको नै बाबाले अहिले स्थापना गरिरहनुभएको छ। यो लक्ष्य उद्देश्य हो। १०० पर्सेन्ट पवित्रता, सुख, शान्ति, सम्पत्तिको स्थापना अहिले भइरहेको छ। तिमीले देखाउँछौ– विनाशपछि श्रीकृष्ण आइरहनुभएको छ। क्लियर लेखिदिनुपर्छ। सत्ययुगी एक देवी-देवताहरूको राज्य, एक भाषा, पवित्रता, सुख, शान्ति फेरि स्थापना भइरहेको छ। सरकारले चाहन्छ नि। स्वर्ग हुन्छ नै सत्ययुग-त्रेतामा। तर मनुष्यले आफूलाई नर्कवासी कहाँ सम्झन्छन् र। तिमीले लेख्न सक्छौ– द्वापर-कलियुगमा सबै नर्कवासी छन्। अहिले तिमी सङ्गमयुगी हौ। पहिला तिमी पनि कलियुगी नर्कवासी थियौ, अब तिमी स्वर्गवासी बनिरहेका छौ। भारतवर्षलाई स्वर्ग बनाइरहेका छौ श्रीमतमा। तर त्यो हिम्मत, सङ्गठन हुनुपर्छ। भ्रमणमा जाँदा यो लक्ष्मी-नारायणको चित्र सँगै लैजानुपर्छ। राम्रो छ। यसमा लेखिदेऊ– आदि सनातन देवी-देवता धर्म, सुख-शान्तिको राज्य स्थापना भइरहेको छ– त्रिमूर्ति शिवबाबाको श्रीमतमा। यस्ता यस्ता कुरा ठुला ठुला अक्षरमा र ठुला ठुला चित्र हुन्। साना बच्चाहरूले साना चित्र मन पराउँछन्। अरे, चित्र त जति ठुलो भयो त्यति राम्रो। यो लक्ष्मी-नारायणको चित्र त धेरै राम्रो छ। यसमा केवल लेख्नुछ– एउटै सत्य त्रिमूर्ति शिवबाबा, सत्य त्रिमूर्ति शिव टिचर, सत्य त्रिमूर्ति शिव सतगुरु। त्रिमूर्ति शब्द लेखेनौ भने सम्झन्छन्– परमात्मा त निराकार हुनुहुन्छ, उहाँ टिचर कसरी हुन सक्नुहुन्छ। ज्ञान त छैन नि। लक्ष्मी-नारायणको चित्र टिनको सिटमा बनाएर हरेक ठाउँमा राख्नुछ, यो नयाँ दुनियाँ स्थापना भइरहेको छ। बाबा आउनुभएको छ ब्रह्माद्वारा एक धर्मको स्थापना, बाँकी सबैको विनाश गराइदिनुहुन्छ। यसको बच्चाहरूलाई सदैव नशा हुनुपर्छ। सानातिना कुरामा एकमत भएन भने तुरुन्त रिसाउँछन्। यो त हुन्छ नै। कोही कतातिर, कोही कतातिर, फेरि मेजोरिटी (धेरैजसो) को कुरा लाई मानिन्छ, यसमा रिसाउने कुरा छैन। बच्चाहरू रिसाउँछन्। हाम्रो कुरा मानिएन। अरे, यसमा रिसाउने के कुरा छ। बाबाले त सबैलाई रिझाउनुहुन्छ। मायाले सबैको रिस उठाइदिन्छ, सबै बाबासँग रिसाएका छन्, रिसाएका पनि के भन्ने– बाबालाई नै चिन्दैनन्। जुन बाबाले स्वर्गको बादसाही दिनुभयो उहाँलाई नै चिन्दैनन्। बाबा भन्नुहुन्छ– मैले तिम्रो उपकार गर्छु। तिमीले फेरि मेरो अपकार गर्छौ। भारतवर्षको हालत हेर के भएको छ। तिमीहरूमा पनि धेरै कम छन् जसलाई नशा हुन्छ। यो नारायणी नशा हो। यस्तो कहाँ भन्नुहुन्छ र– हामी त राम-सीता बन्छौँ। तिमीहरूको लक्ष्य उद्देश्य नै हो नरबाट नारायण बन्ने। तिमी फेरि राम सीता बन्नमा खुसी हुन्छौ, हिम्मत देखाउनुपर्छ नि। पुरानो दुनियाँसँग बिल्कुलै दिल लगाउनुहुँदैन। कसैसँग दिल लगायौ भने मऱ्यौ। जन्मजन्मान्तरको घाटा पर्छ। बाबाबाट त स्वर्गको सुख मिल्छ फेरि हामी नर्कमा किन जाऊँ। बाबा भन्नुहुन्छ– तिमी स्वर्गमा हुँदा अरू कुनै धर्म थिएन। अहिले ड्रामा अनुसार तिमीहरूको धर्म छैन। कसैले पनि आफूलाई देवता धर्मको सम्झँदैनौ। मनुष्य भएर पनि आफ्नो धर्मलाई जानिएन भने के भन्ने। हिन्दु कुनै धर्म कहाँ हो र। कसले स्थापना गऱ्यो, यो पनि जान्दैनन्। तिमी बच्चाहरूलाई कति सम्झाइन्छ। बाबा भन्नुहुन्छ– म कालहरूको काल अब आएको छु– सबैलाई फर्काएर लैजान। बाँकी जसले राम्रोसँग पढ्छन् उनीहरू विश्वको मालिक बन्छन्। अब हिँड घर । यहाँ रहन लायक छैन, धेरै फोहोर पारिदिएका छन्– आसुरी मतमा चलेर। बाबाले त यस्तै भन्नुहुन्छ नि। तिमी भारतवर्ष निवासीहरू जो विश्वका मालिक थियौ, अहिले कति धक्का खाइरहन्छौ। लाज लाग्दैदैन। तिमीहरूमा पनि कोही छन् जसले राम्रोसँग बुझ्छन्। नम्बरवार त हुन्छन् नि। धेरै बच्चाहरू त निद्रामा हुन्छन्। त्यो खुसीको पारा चढ्दैन। बाबाले हामीलाई फेरि राजधानी दिनुहुन्छ। बाबा भन्नुहुन्छ– यी साधुहरू आदिको पनि मैले उद्धार गर्छु। उनीहरूले न आफूलाई, न अरूलाई मुक्ति दिन सक्छन्। सच्चा गुरु त एउटै सद्गुरु हुनुहुन्छ, जसले सङ्गममा आएर सबैको सदगति गर्नुहुन्छ। बाबा भन्नुहुन्छ– म आउँछु कल्पको सङ्गम युगे युगे, जुनबेला मैले सारा दुनियाँलाई पावन बनाउनुछ। मनुष्यले सम्झन्छन्– बाबा सर्वशक्तिमान् हुनुहुन्छ, उहाँले के गर्न सक्नुहुन्न। अरे, मलाई बोलाउँछौ नै– हामी पतितहरूलाई पावन बनाउनुहोस्, त्यसैले त म आएर पावन बनाउँछु। बाँकी अरू के गर्छु। बाँकी रिद्धि-सिद्धिवाला त धेरै छन्, मेरो काम नै हो नर्कलाई स्वर्ग बनाउनु। त्यो त हर ५ हजार वर्षपछि बन्छ। यो तिमीले नै जान्दछौ। आदि सनातन हो देवी-देवता धर्म। बाँकी त सबै पछि पछि आएका छन्। अरविन्द घोस त अहिले आएका हुन् तैपनि हेर उनीहरूका कति आश्रम बनेका छन्। त्यहाँ कुनै निर्विकारी बन्ने कुरा कहाँ छ र। उनीहरूले त सम्झन्छन्– गृहस्थमा रहेर कोही पवित्र रहन सक्दैन। बाबा भन्नुहुन्छ– गृहस्थ व्यवहारमा रहेर केवल एक जन्म पवित्र होऊ। तिमी जन्मजन्मान्तर त पतित रह्यौ। अब म आएको छु तिमीलाई पावन बनाउन। यो अन्तिम जन्म पावन बन। सत्ययुग-त्रेतामा त विकार हुँदै हुँदैन।

यी लक्ष्मी-नारायणको चित्र र सिँढीको चित्र धेरै राम्रा छन्। यसमा लेखिएको छ– सत्ययुगमा एक धर्म, एक राज्य थियो। सम्झाउनको लागि ठुलो युक्ति चाहिन्छ। वृद्ध माताहरूलाई पनि सिकाएर तयार पार्नुपर्छ, जसले प्रदर्शनीमा केही सम्झाउन सक्छन्। कसैलाई पनि यो चित्र देखाएर भन– यिनको राज्य थियो नि। अहिले त छैन। बाबा भन्नुहुन्छ– अब तपाईले मलाई याद गरेमा तपाई पावन बनेर पावन दुनियाँमा जानुहुन्छ। अहिले पावन दुनियाँ स्थापना भइरहेको छ। कति सहज छ। वृद्ध माताहरू बसेर प्रदर्शनीमा सम्झाए भने नाम प्रसिद्ध हुन्छ। श्रीकृष्णको चित्रमा पनि लेखाइ धेरै राम्रो छ। भन्नुपर्छ– यो लेखाइ अवश्य पढ। यसलाई पढ्नाले नै तपाईलाई नारायणी नशा वा विश्वको मालिकपनको नशा चढ्छ।

बाबा भन्नुहुन्छ– मैले तिमीलाई यस्ता लक्ष्मी-नारायण बनाउँछु भने तिमी पनि अरूमाथि रहमदिल बन्नुपर्छ। आफ्नो कल्याण गरेपछि मात्रै अर्काको पनि कल्याण गर्न सक्छौ। बाबाले भन्नुभयो वृद्ध माताहरूलाई सिकाएर यस्ता होसियार बनाऊ जुन ८-१० वृद्ध माताहरूलाई प्रदर्शनीमा पठायौ भने तिनको कुरा सुनेर तुरुन्तै ज्ञानमा आउनेछन्। जसले गर्छ उसले पाउँछ। सामुन्ने लक्ष्य उद्देश्यलाई देखेर नै खुसी हुन्छन्। हामी यो शरीर छोडेर विश्वको मालिक बन्छौँ। जति यादमा रहन्छौ त्यति पाप काटिन्छ। हेर खाममा छापिएको छ– वन रिलिजन, वन डीटी किङ्गडम, वन ल्याङ्वेज (एक धर्म, एक दैवी राज्य, एक भाषा)... त्यो छिट्टै स्थापना हुन्छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) कहिल्यै पनि आपसमा वा बाबासँग रिसाउनुछैन, बाबा रिझाउन आउनुभएको छ त्यसैले कहिल्यै रिसाउनुछैन। बाबाको विरोध गर्नुछैन।

२) पुरानो दुनियाँसँग, पुरानो देहसँग दिल लगाउनुछैन। सत् बाबा, सत् टिचर र सद्गुरुसँग सच्चा रहनुछ। सदा एकको श्रीमतमा चलेर देहीअभिमानी बन्नुछ।

वरदान:–
आफ्नो तपस्वी स्वरूपद्वारा सबैलाई प्राप्तिहरूको अनुभूति गराउने मास्टर विधाता भव

जसरी सूर्यले विश्वलाई प्रकाशको र अनेक विनाशी प्राप्तिहरूको अनुभूति गराउँछ त्यसैगरी तिमी तपस्वी आत्माहरूले आफ्नो तपस्वी स्वरूपद्वारा सबैलाई प्राप्तिका किरणहरूको अनुभूति गराऊ। यसको लागि पहिला जम्माको खाता बढाऊ। फेरि जम्मा गरेको खजाना मास्टर विधाता बनेर दिँदै जाऊ। तपस्वीमूर्तको अर्थ हो– तपस्याद्वारा शान्तिको शक्तिका किरणहरू चारैतिर फैलिँदै गरेको अनुभव होस्।

स्लोगन:–
स्वयं निर्माण बनेर सबैलाई मान दिँदै जाऊ– यही सच्चा परोपकार हो।

अव्यक्त इसारा:– अब लगनको अग्निलाई प्रज्वलित गरेर योगलाई ज्वालारूप बनाऊ

अहिले राम्रो राम्रो भन्छन्, तर राम्रो बन्नुछ यो प्रेरणा मिलिरहेको छैन। त्यसको एउटै साधन हो– सङ्गठितरूपमा ज्वालास्वरूप बन। एक एक चैतन्य लाइट हाउस बन। सेवाधारी हौ, स्नेही हौ, एक बल एक भरोसावाला हौ, यो त सबै ठीक छ, तर मास्टर सर्वशक्तिमानको स्टेज, स्टेजमा आयो भने सबैले तिम्रो अगाडि पुतलीसमान चक्कर लगाउन थाल्छन्।