26.11.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमी अहिले व िश्व सेवाधारी हौ , तिमीलाई कुनै पनि कुरामा देह अभिमान आउनुहुँदैन।”

प्रश्न:–
कुन एउटा बानी ईश्वरीय काइदाको विरुद्ध छ, जसबाट धेरै नोक्सान हुन्छ?

उत्तर:–
कुनै पनि फिल्मी कहानीहरू सुन्नु वा पढ्नु, उपन्यास पढ्नु... यो बानी बिल्कुल बेकाइदा हो, यसबाट धेरै नोक्सान हुन्छ। बाबाले मनाही गर्नुहुन्छ– प्यारा बच्चाहरू! तिमीले यस्तो कुनै किताब पढ्नुहुँदैन। यदि कुनै बी.के. ले यस्तो पुस्तक पढ्छ भने तिमीले एक अर्कालाई सावधान गर।

गीत:–
मुखडा देख ले प्राणी...

ओम् शान्ति ।
मीठा-प्यारा रुहानी बच्चाहरूप्रति रुहानी बाबा भन्नुहुन्छ– आफ्नो जाँच गर– यादको यात्राबाट हामी तमोप्रधानबाट सतोप्रधानतिर कति अगाडि बढ्यौँ किनकि जति जति याद गर्छौ त्यति पाप कट्दै जान्छन्। तर यी शब्द कहाँ कुनै शास्त्र आदिमा लेखिएको छ र? किनकि जस जसले धर्म स्थापना गरे, उनीहरूले जे सम्झाए त्यसका शास्त्र बनेका छन् जुन फेरि बसेर पढ्छन्। पुस्तकको पूजा गर्छन्। यो लेखिएको छ भने अब यो पनि बुझ्नुपर्ने कुरा हो। देहसहित देहका सर्व सम्बन्ध छोडेर आफूलाई आत्मा सम्झ। बाबाले याद दिलाउनुहुन्छ– तिमी बच्चाहरू पहिला सुरुमा अशरीरी आएका थियौ, त्यहाँ त पवित्र नै रहन्छौ। मुक्ति जीवनमुक्तिमा पतित आत्मा कोही जान सक्दैन। त्यो हो निराकारी, निर्विकारी दुनियाँ। यसलाई भनिन्छ साकारी विकारी दुनियाँ फेरि सत्ययुगमा यही निर्विकारी दुनियाँ बन्छ। सत्ययुगमा रहने देवताहरूको त धेरै महिमा छ। अब बच्चाहरूलाई सम्झाइन्छ– राम्ररी धारण गरेर अरूलाई सम्झाऊ। तिमी आत्माहरू जहाँबाट आयौ, त्यहाँबाट पवित्र नै आयौ। फेरि यहाँ आएर अपवित्र पनि अवश्य हुनुछ। सत्ययुगलाई निर्विकारी संसार, कलियुगलाई विकारी संसार भनिन्छ। अब तिमीले पतितपावन बाबालाई याद गर्छौ– हामीलाई पावन निर्विकारी बनाउन हजुर विकारी दुनियाँ, विकारी शरीरमा आउनुहोस्। बाबा स्वयं बसेर सम्झाउनुहुन्छ– ब्रह्माको चित्रमा नै अलमलिन्छन्– दादालाई किन बसाइएको छ। सम्झाउनुपर्छ– यिनी त भागीरथ हुन्। शिव भगवानुवाच हो– यो रथ मैले लिएको हुँ किनकि मलाई प्रकृतिको आधार अवश्य चाहिन्छ। नत्र मैले तिमीलाई पतितबाट पावन कसरी बनाउँछु। अवश्य दिनहुँ पढाउनु पनि छ। अब बाबा तिमी बच्चाहरूलाई भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर म एकलाई याद गर। सबै आत्माहरूले आफ्नो बाबालाई याद गर्नुछ। श्रीकृष्णलाई सबै आत्माहरूका पिता भनिँदैन। उहाँको त आफ्नो शरीर छ। त्यसैले यो कुरा बाबाले धेरै सहजै सम्झाउनुहुन्छ– जहिले पनि कसैलाई सम्झाउँदा भन– बाबा भन्नुहुन्छ, तिमी अशरीरी आएका थियौ, अब अशरीरी बनेर जानुछ। त्यहाँबाट पवित्र आत्मा नै आउँछ। भोलि कोही आउँदा पनि पवित्र नै हुन्छन्, त्यसैले अवश्य उनीहरूको महिमा हुन्छ। संन्यासी, उदासी, गृहस्थी जसको नाम हुन्छ, अवश्य उनीहरूको यो पहिलो जन्म हो नि। उनीहरूलाई आउनु नै छ धर्म स्थापना गर्न। जसरी बाबाले गुरुनानकको लागि सम्झाउनुहुन्छ। अब गुरु शब्द पनि भन्नुपर्छ किनकि नानक नाम त धेरैका छन् नि। जहिले पनि कसैको महिमा गर्दा त्यस मतलबले भनिन्छ। नभनी राम्रो हुँदैन। वास्तवमा बच्चाहरूलाई सम्झाइएको छ– गुरु कोही पनि छैनन्, एक सिवाय। जसको नाममा नै गाउँछन्– सद्गुरु अकाल...। उहाँ अकालमूर्त हुनुहुन्छ अर्थात् जसलाई कालले खान सक्दैन, त्यो हो आत्मा, त्यसैले बसेर यी कहानी आदि बनाएका छन्। फिल्मी कहानीहरूका किताब, उपन्यास आदि पनि धेरै पढ्छन्। बाबाले बच्चाहरूलाई होसियार गराउनुहुन्छ। तिमीले कहिल्यै पनि कुनै उपन्यास आदि पढ्नुहुँदैन। कोही कोहीको बानी हुन्छ। यहाँ त तिमी सौभाग्यशाली बन्छौ। कुनै बी.के. ले पनि उपन्यास पढ्छन् त्यसैले बाबाले सबै बच्चाहरूलाई भन्नुहुन्छ– कहिल्यै पनि कसैलाई उपन्यास पढेको देख्यौ भने तुरुन्त खोसेर च्यातिदेऊ, यसमा डराउनुहुँदैन। हामीलाई कसैले श्राप नदेओस् वा रिसाउला, यस्तो कुनै कुरा छैन। तिम्रो काम हो– एकअर्कालाई सावधान गर्नु। फिल्मको कहानी सुन्नु वा पढ्नु बेकाइदा हो। कुनै बेकाइदाको आचरण रहेछ भने तुरुन्त रिपोर्ट गर्नुपर्छ। नत्र कसरी सुध्रिन्छन्? आफ्नो नोक्सान पारिरहन्छन्। आफैमा योगबल छैन भने यहाँ बसेर के सिकाउँछन्। बाबाले मनाही गर्नुहुन्छ। यदि फेरि यस्तो काम गरे भने भित्र दिलमा अवश्य खाइरहन्छ। आफ्नो नोक्सान हुन्छ त्यसैले कसैमा पनि कुनै अवगुण देख्यौ भने लेख्नुपर्छ। कुनै बेकाइदाको आचरण त छैन? किनकि यस समयमा ब्राह्मणहरू सेवाधारी हुन् नि। बाबाले पनि– प्यारा बच्चाहरू नमस्ते भन्नुहुन्छ! अर्थसहित सम्झाउनुहुन्छ। जो पढाउने बच्चीहरू छन्– उनीहरूमा देह अभिमान आउनुहुँदैन। टिचर पनि विद्यार्थीको सेवाधारी हुन्छ नि। गभर्नर आदिले पनि चिट्ठी लेख्दा तल सही गर्छन्– आई एम ओबिडियन्ट सर्भेन्ट (म आज्ञाकारी सेवक हुँ)। बिल्कुल नाम सँगै लेख्छन्। बाँकी आफ्नो कर्मचारीले हातले लेख्छ। कहिल्यै आफ्नो बढाइँ लेख्दैनन्। आजकाल गुरुहरूले त आफूलाई आफैले श्री श्री लेखिदिन्छन्। यहाँ पनि कोही यस्ता छन् जसले श्री फलाना लेखिदिन्छन्। वास्तवमा यसरी पनि लेख्नुहुँदैन। न फिमेलले श्रीमती लेख्न सक्छन्। श्रीमत तब मिल्छ जब श्री श्री स्वयं आएर मत दिनुहुन्छ। तिमीले सम्झाउन सक्छौ– अवश्य कसैको मतले यिनीहरू देवता बनेका हुन् नि। भारतवर्षमा कसैलाई पनि यो थाहा छैन– यिनीहरू यति उच्च विश्वको मालिक कसरी बने। तिमीलाई त यही नसा चढ्नुपर्छ। यो लक्ष्य उद्देश्यको चित्र सदैव छातीमा लगाइएको हुनुपर्छ। कसैलाई पनि बताऊ– हामीलाई भगवानले पढाउनुहुन्छ, जसबाट हामी विश्वको महाराजा बन्छौँ। बाबा आउनुभएको छ यो राज्यको स्थापना गर्न। यो पुरानो दुनियाँको विनाश सामुन्ने उभिएको छ। तिमी साना साना बच्चीहरूले तोते बोलीमा कसैलाई पनि सम्झाउन सक्छौ। ठुला ठुला सम्मेलन आदि हुन्छन्, त्यसमा तिमीलाई बोलाउँछन्। यो चित्र तिमीले लैजाऊ र बसेर सम्झाऊ। भारतवर्षमा फेरि यिनीहरूको राज्य स्थापना भइरहेको छ। जहाँसुकै पनि भरिएको सभामा तिमीले सम्झाउन सक्छौ। सारा दिन सेवाको नै नसा हुनुपर्छ। भारतवर्षमा यिनीहरूको राज्य स्थापना भइरहेको छ। बाबाले हामीलाई राजयोग सिकाइरहनुभएको छ। शिव भगवानुवाच– हे प्यारा बच्चाहरू! तिमीले आफूलाई आत्मा सम्झेर मलाई याद गर। त्यसपछि तिमी यो बन्छौ २१ जुनीको लागि। दैवी गुण पनि धारण गर्नुछ। अहिले त सबैमा आसुरी अवगुण छन्। श्रेष्ठ बनाउनेवाला त एउटै श्री श्री शिवबाबा हुनुहुन्छ। उहाँ उच्चभन्दा उच्च बाबाले नै हामीलाई पढाउनुहुन्छ। शिव भगवानुवाच, मनमनाभव। भागीरथ त प्रसिद्ध छन्। भागीरथलाई नै ब्रह्मा भनिन्छ, जसलाई महावीर पनि भनिन्छ। यहाँ देलवाडा मन्दिरमा बसेका छन् नि। जैनी आदि जसले मन्दिर बनाएका हुन् उनीहरूले कसैलाई पनि चिन्दैनन्। तिमी साना साना बच्चीहरूले कसैसँग पनि भेट्न सक्छौ। अहिले तिमी धेरै श्रेष्ठ बनिरहेका छौ। यो भारतवर्षको लक्ष्य उद्देश्य हो नि। कति नसा चढ्नुपर्छ। यहाँ बाबाले राम्ररी नसा चढाउनुहुन्छ। सबैले भन्छन्– हामी त लक्ष्मी-नारायण बन्छौँ। राम-सीता बन्नको लागि कसैले पनि हात उठाउँदैनन्। अहिले त तिमी हौ अहिंसक, क्षत्रिय। तिमी अहिंसक क्षत्रियहरूलाई कसैले पनि चिन्दैनन्। यो तिमीले अहिले बुझेका छौ। गीतामा पनि शब्द छ– मनमनाभव। आफूलाई आत्मा सम्झ। यो त बुझ्ने कुरा हो नि, अरू कसैले पनि बुझ्न सक्दैनन्। बाबा बसेर प्यारा बच्चाहरूलाई शिक्षा दिनुहुन्छ– प्यारा बच्चाहरू! आत्म अभिमानी बन। यो तिम्रो स्वभाव फेरि २१ जन्मको लागि चल्छ। तिमीलाई शिक्षा मिल्छ नै २१ जन्मको लागि।

बाबाले घरी घरी मूल कुरा सम्झाउनुहुन्छ– आफूलाई आत्मा सम्झेर बस। परमात्मा बाबाले हामी आत्माहरूलाई बसेर सम्झाउनुहुन्छ, तिमी घरी घरी देह अभिमानमा आउँछौ फेरि घरबार आदि याद आउँछ। यस्तो हुन्छ। भक्तिमार्गमा पनि भक्ति गर्दागर्दै बुद्धि अरूतिर जान्छ। एकटकसँग केवल नौधा भक्तिवालाहरू नै बस्न सक्छन्, जसलाई तीव्र भक्ति भनिन्छ। एकदम लवलीन हुन्छन्। तिमी जब यादमा बस्छौ त्यसपछि कुनै समयमा एकदम अशरीरी बन्छौ। जो राम्रा प्यारा बच्चाहरू हुन्छन्– उनीहरू नै यस्तो अवस्थामा बस्छन्। देहको भान निस्कन्छ। अशरीरी भएर त्यस मस्तीमा बसिरहन्छन्। यस्तो बानी पर्छ। संन्यासीहरू तत्त्वज्ञानी वा ब्रह्मज्ञानी हुन्। उनीहरूले भन्छन्– हामी लीन हुन्छौँ। यो पुरानो शरीर छोडेर ब्रह्म तत्त्वमा लीन हुन्छौँ। सबैको आआफ्नो धर्म छ नि। कसैले पनि अरुको धर्मलाई मान्दैनन्। आदि सनातन देवी देवता धर्मवालाहरू पनि तमोप्रधान बनेका छन्। गीताका भगवान कहिले आउनुभएको थियो? गीताको युग कहिले थियो? कसैले पनि जान्दैनन्। तिमीलाई थाहा छ– यस सङ्गमयुगमा नै बाबा आएर राजयोग सिकाउनुहुन्छ। तमोप्रधानबाट सतोप्रधान बनाउनुहुन्छ। भारतवर्षको नै कुरा हो। अवश्य अनेक धर्म पनि थिए। गायन छ– एक धर्मको स्थापना, अनेक धर्महरूको विनाश। सत्ययुगमा थियो एक धर्म। अहिले कलियुगमा छन् अनेक धर्म। फेरि एक धर्मको स्थापना हुन्छ। एक धर्म थियो, अहिले छैन। बाँकी सबै खडा छन्। बरको वृक्षको उदाहरण पनि बिल्कुल ठीक छ। फेद छैन। बाँकी सारा वृक्ष ठडिएको छ। त्यसैगरी यसमा पनि देवी देवता धर्म छैन। आदि सनातन देवी देवता धर्म जुन फेद थियो– त्यो अब प्रायः लोप भएको छ। फेरि बाबाले स्थापना गर्नुहुन्छ। बाँकी यति सबै धर्म त पछि आएका हुन् चक्र अवश्य फेरि रिपिट हुनुछ अर्थात् पुरानो दुनियाँबाट फेरि नयाँ दुनियाँ हुनुछ। नयाँ दुनियाँमा यिनीहरूको राज्य थियो। तिमीसँग ठुला चित्र पनि छन्, साना चित्र पनि छन्। ठुलो चीज रहेछ भने देखेर सोध्छन्– यो के लिएका हौ? भन, हामीले त्यो चीज लिएका छौँ, जसबाट मनुष्य भिखारीबाट राजकुमार बन्छन्। दिलमा धेरै उमङ्ग, धेरै खुसी हुनुपर्छ। हामी आत्माहरू भगवानका प्यारा बच्चाहरू हौँ। हामी आत्माहरूलाई भगवानले पढाउनुहुन्छ। बाबाले हामीलाई नयनमा बसाएर लैजानुहुन्छ। यो फोहोरी दुनियाँमा त हामीहरू रहनुछैन। पछि गएर त्राहि त्राहि गर्छन्, कुरै नगर। करोडौँ मानिसहरू मर्छन्। यो कुरा त तिमी बच्चाहरूको बुद्धिमा छ। हामीले यी आँखाले जे देख्छौं त्यो केही पनि रहँदैन। यहाँ त मानिसहरू काँडासमान छन्। सत्ययुग हो फूलहरूको बगैँचा। फेरि हाम्रो नयन नै शीतल हुन्छ। बगैँचामा जाँदा नयन शीतल हुन्छ नि। त्यसैले तिमी अहिले पदमापदम भाग्यशाली बनिरहेका छौ। जो ब्राह्मण बन्छन् उनीहरूको पाउमा पदम हुन्छ। तिमी बच्चाहरूले सम्झाउनुपर्छ– हामीले यो राज्य स्थापना गरिरहेका छौँ, त्यसैले बाबाले ब्याज बनाउनुभएको छ। सेतो साडी लगाइएको छ ब्याज लगाइएको छ भने यसबाट स्वतः सेवा भइरहन्छ। मानिसहरूले गाउँछन्– आत्मा परमात्मा अलग रहे बहुकाल... तर बहुकालको अर्थ कसैले पनि बुझ्दैनन्। तिमीलाई बाबाले बताउनुभएको छ– बहुकाल अर्थात् ५ हजार वर्षपछि तिमी बच्चाहरू बाबासँग मिल्छौ। तिमीले यो पनि जान्दछौ– यो सृष्टिमा सबैभन्दा नामीग्रामी छन् यी राधे-कृष्ण। यिनीहरू सत्ययुगका प्रथम राजकुमार-राजकुमारी हुन्। कहिल्यै कसैको ख्यालमा पनि आउँदैन– यिनीहरू कहाँबाट आए। सत्ययुगभन्दा अगाडि अवश्य कलियुग थियो। उनीहरूले के कर्म गरे जो विश्वको मालिक बने। भारतवर्षका मानिसहरूले यिनीहरूलाई विश्वको मालिक सम्झँदैनन्। यिनीहरूको राज्य भएको बेलामा भारतवर्षमा अरू कुनै धर्म थिएन। अहिले तिमी बच्चाहरूलाई थाहा छ– बाबाले हामीलाई राजयोग सिकाइरहनुभएको छ। हाम्रो लक्ष्य उद्देश्य यो हो। मन्दिरहरूमा यिनीहरूका चित्र आदि छन्। तर यो कहाँ बुझ्छन् र– यस समयमा यो स्वर्ग स्थापना भइरहेको छ। तिमीहरूमा पनि नम्बरवार बुझ्छन्। कसैले त बिल्कुलै बिर्सन्छन्। चालचलन यस्तो हुन्छ जस्तो पहिला थियो। यहाँ बुझ्न त धेरै राम्रो बुझ्छन्, यहाँबाट बाहिर निस्केपछि खतम। सेवाको सौख हुनुपर्छ। सबैलाई यो सन्देश दिने युक्ति रचौँ। मेहनत गर्नुछ। नसाले बताउनुपर्छ– शिवबाबा भन्नुहुन्छ, मलाई याद गर त्यसबाट पाप मेटिन्छन्। हामीले एक शिवबाबा सिवाय अरू कसैलाई याद गर्दैनौँ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूलाई माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) लक्ष्य उद्देश्यको चित्र सदा साथमा राख्नुछ। नसा रहोस्– अहिले हामी श्रीमतमा विश्वको मालिक बनिरहेका छौँ। हामी यस्तो फूलहरूको बगैँचामा जान्छौँ– जहाँ हाम्रा नयन नै शीतल हुन्छन्।

२) सेवाको धेरै धेरै सोख राख्नुछ। ठुलो दिल वा उमङ्गले ठुला ठुला चित्रहरूमा सेवा गर्नुछ। भिखारीबाट राजकुमार बनाउनुछ।

वरदान:–
कर्महरूको गतिलाई जानेर गति-सद ग तिको फैसला गर्ने मास्टर दुःखहर्ता सुखकर्ता भव

अझैसम्म पनि आफ्नो जीवनको कहानी हेर्न र सुनाउनमा बिजी नहोऊ। बरु हरेकको कर्मको गतिलाई जानेर गति सदगति दिने फैसला गर। मास्टर दुःखहर्ता सुखकर्ताको पार्ट खेल। आफ्नो रचनाको दुःख अशान्तिको समस्यालाई समाप्त गर, उनीहरूलाई महादान र वरदान देऊ। आफै सुविधाहरू नलेऊ, अब त दाता बनेर देऊ। यदि सुविधाको आधारमा स्वयंको उन्नति वा सेवामा अल्पकालको लागि सफलता प्राप्त भयो भने पनि आज महान् हुन्छौ भोलि महानताको प्यासी आत्मा बन्छौ।

स्लोगन:–
अनुभूति नहुनु– युद्धको स्टेज हो, योगी बन योद्धा होइन।

अव्यक्त इसारा:– अशरीरी वा विदेही स्थितिको अभ्यास बढाऊ

जसरी ब्रह्माबाबा अव्यक्त बनेर विदेही स्थितिद्वारा कर्मातित बन्नुभयो त्यसैगरी तिमी अव्यक्त ब्रह्माको विशेष पालनाका पात्र हौ त्यसैले अव्यक्त पालनाको रेसपोन्ड विदेही बनेर देऊ। सेवा र स्थितिको ब्यालेन्स राख। विदेही अर्थात् देहबाट न्यारा। स्वभाव, संस्कार, कमजोरीहरू सबै देहसँग छन् र देहबाट न्यारा भयौ भने सबैसँग न्यारा भयौ, त्यसैले यो ड्रिलले धेरै सहयोग दिन्छ, यसमा कन्ट्रोलिङ् पावर चाहिन्छ।