27.06.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिम्रो समय धेरै मूल्यवान छ , त्यसैले व्यर्थ कुरामा आफ्नो समय खेर नफाल”

प्रश्न:–
मनुष्यबाट देवता बन्नको लागि बाबाको कुन श्रीमत मिलेको छ?

उत्तर:–
प्यारा बच्चाहरू! तिमी मनुष्यबाट देवता बन्छौ त्यसैले कुनै आसुरी स्वभाव हुनुहुँदैन, २. कसैमाथि क्रोध गर्नुछैन, ३. कसैलाई पनि दुःख दिनुछैन, ४. कुनै पनि व्यर्थ कुरा कानले सुन्नुछैन। बाबाको श्रीमत छ– हियर नो इभिल...।

ओम् शान्ति ।
तिमी बच्चाहरूको बसाइ साधारण छ। जहाँ पनि बस्न सक्छौ। चाहे जङ्गलमा बस, पहाडमा बस, घरमा बस वा कुटीमा बस, जहाँ पनि बस्न सक्छौ। यसरी बस्नाले तिमी बच्चाहरू ट्रान्सफर हुन्छौ। तिमी बच्चाहरूलाई थाहा छ– अहिले हामी मनुष्य हौँ, भविष्यको लागि देवता बनिरहेका छौँ। हामी काँडाबाट फूल बनिरहेका छौँ। बाबा बागवान पनि हुनुहुन्छ, माली पनि हुनुहुन्छ। बाबालाई याद गर्नाले र ८४ को चक्र घुमाउनाले हामी ट्रान्सफर भइरहेका छौँ। यहाँ बस, चाहे जहाँ पनि बस तिमी परिवर्तन हुँदै हुँदै मनुष्यबाट देवता बन्दै जान्छौ। बुद्धिमा लक्ष्य-उद्देश्य छ, हामी यो बनिरहेका छौँ। जेसुकै कामकाज गर, रोटी पकाऊ, बुद्धिमा केवल बाबालाई याद गर। बच्चाहरूलाई यो श्रीमत मिल्छ– हिँड्दा-डुल्दा सबै कुरा गर्दा केवल यादमा रहने गर। बाबाको यादबाट वर्सा पनि याद आउँछ, ८४ को चक्र पनि याद आउँछ। यसमा अरू के तकलिफ छ, केही पनि छैन। हामी देवता बन्दैछौँ भने कुनै आसुरी स्वभाव पनि हुनुहुँदैन। कसैमाथि क्रोध गर्नुछैन, कसैलाई दुःख दिनुछैन, कुनै पनि व्यर्थ कुरा कानले सुन्नुछैन। केवल बाबालाई याद गर। बाँकी संसारको परचिन्तन त धेरै सुन्यौ। आधाकल्पदेखि यो परचिन्तन सुन्दा सुन्दै तिमी तल गिरेका हौ। अब बाबा भन्नुहुन्छ– यो परचिन्तन नगर। फलानो यस्तो छ, यसमा यो छ। कुनै पनि व्यर्थ कुरा गर्नुछैन। यो आफ्नो समय खेर फाल्नुजस्तै हो। तिम्रो समय धेरै मूल्यवान छ। पढाइबाट नै आफ्नो कल्याण हुन्छ, यसबाट नै पद पाउनेछौ। त्यो पढाइमा धेरै मेहनत गर्नुपर्छ। परीक्षा पास गर्न बेलायत जान्छन्। तिमीलाई त कुनै तकलिफ दिनुहुन्न। बाबाले आत्माहरूलाई भन्नुहुन्छ– म बाबालाई याद गर, एक-दुईलाई सामुन्ने बसाउनुहुन्छ, तैपनि बाबाको यादमा रहने गर। यादमा बस्दा-बस्दै तिमी काँडाबाट फूल बन्छौ। कति राम्रो युक्ति छ, त्यसैले बाबाको श्रीमतमा चल्नुपर्छ नि। हरेकको भिन्ना भिन्नै बिमारी हुन्छ। त्यसैले हरेक बिमारीको लागि सर्जन छन्। ठुला ठुला मनुष्यका खास सर्जन हुन्छन् नि। तिम्रो सर्जन को बन्नुभएको छ? भगवान। उहाँ हुनुहुन्छ अविनाशी सर्जन। भन्नुहुन्छ– मैले तिमीलाई आधाकल्पको लागि निरोगी बनाउँछु। केवल मलाई याद गर्यौ भने विकर्म विनाश हुन्छन्। तिमी २१ जन्मको लागि निरोगी बन्छौ। यो गाँठो बाँध्नु (सदैव याद राख्नु) पर्छ। यादबाट नै तिमी निरोगी बन्छौ। फेरि २१ जन्मसम्म कुनै पनि रोग लाग्नेछैन। हुन त आत्मा अविनाशी छ, शरीर नै रोगी बन्छ। तर भोग्ने त आत्माले हो नि। त्यहाँ आधाकल्प तिमी कहिल्यै रोगी हुँदैनौ। केवल यादमा तत्पर रहने गर। सर्भिस त बच्चाहरूले गर्नैपर्छ। प्रदर्शनीमा सर्भिस गर्दा गर्दा बच्चाहरूको घाँटी सुक्छ। कति बच्चाहरूले फेरि सम्झन्छन्– सर्भिस गर्दा गर्दै हामी बाबाको पासमा जानेछौँ। यो पनि सर्भिसको धेरै राम्रो तरिका हो। प्रदर्शनीमा पनि बच्चाहरूले सम्झाउनुछ। प्रदर्शनीमा सबैभन्दा पहिला यो लक्ष्मी-नारायणको चित्र देखाउनुपर्छ। यो ए वन चित्र हो। भारतवर्षमा आजभन्दा ५ हजार वर्ष पहिला अवश्य उनीहरूको राज्य थियो। अथाह धन थियो। पवित्रता-सुख-शान्ति सबै थियो। तर भक्तिमार्गमा सत्ययुगको अवधि लाखौं वर्ष भनिदिएका छन्, त्यसैले कुनै पनि कुरा कसरी याद आउँछ। यो लक्ष्मी-नारायणको फस्टक्लास चित्र हो। सत्ययुगमा १२५० वर्ष यो वंशले राज्य गरेको थियो। पहिला तिमीलाई पनि थाहा थिएन। अहिले बाबाले तिमी बच्चाहरूलाई स्मृति दिलाउनुभएको छ– तिमीले सारा विश्वमा राज्य गरेका थियौ, के तिमीले बिर्सियौ? ८४ जन्म पनि तिमीले लिएका छौ। तिमी नै सूर्यवंशी थियौ। पुनर्जन्म त लिन्छन् नै। ८४ जन्म तिमीले कसरी लियौ, यो बुझ्नु पर्ने धेरै साधारण कुरा हो। तल ओर्लँदै आयौ, अब फेरि बाबाले चढ्ती कलामा लैजानुहुन्छ। गाउँछन् पनि– चढ्ती कला तेरे भाणे सबका भला। फेरि शङ्ख आदि बजाउँछन्। अब तिमी बच्चाहरूलाई थाहा छ– हाहाकार हुनेछ, पाकिस्तानमा हेर के भएको थियो– सबैको मुखबाट यही निस्कन्थ्यो– हे भगवान, हाय राम अब के हुन्छ। तर यो विनाश त धेरै ठुलो छ, पछि फेरि जयजयकार हुनुछ। बाबाले बच्चाहरूलाई सम्झाउनुहुन्छ– यो बेहदको दुनियाँको अब विनाश हुनुछ। बेहदका बाबाले तिमीलाई बेहदको ज्ञान सुनाउनुहुन्छ। हदका कुरा इतिहास-भूगोल त सुन्दै आएका छौ। लक्ष्मी-नारायणले कसरी राज्य गरे, यो कसैलाई पनि थाहा थिएन। उनीहरूको इतिहास-भूगोल कसैलाई पनि थाहा छैन। तिमीलाई राम्ररी थाहा छ– यति जन्म राज्य गर्यौ, फेरि यी धर्महरू हुन्छन्, यसलाई भनिन्छ स्पिरिचुअल नलेज, जुन नलेज स्पिरिचुअल फादरले बच्चाहरूलाई बसेर दिनुहुन्छ। त्यहाँ त मनुष्यले मनुष्यलाई पढाउँछन्, यहाँ हामी आत्माहरूलाई परमात्माले आफूसमान बनाइरहनुभएको छ। टिचरले अवश्य आफूसमान बनाउँछन्।

बाबा भन्नुहुन्छ– मैले तिमीलाई आफूभन्दा पनि उच्च डबल सिरताज बनाउँछु। लाइटको ताज यादबाट मिल्छ, र ८४ को चक्रलाई जान्नाले तिमी चक्रवर्ती बन्छौ, अहिले तिमी बच्चाहरूलाई कर्म-अकर्म-विकर्मको गति पनि सम्झाइएको छ। सत्ययुगमा कर्म-अकर्म हुन्छ। रावण राज्यमा नै कर्म विकर्म हुन्छ। सिँढी ओर्लँदै आउँछन्, कला कम हुँदै हुँदै ओर्लनु नै छ। कति फोहोरी बन्छन्। फेरि बाबा आएर भक्तहरूलाई फल दिनुहुन्छ। दुनियाँमा भक्त त सबै छन्। सत्ययुगमा भक्त कोही हुँदैनन्। यहाँ भक्ति सम्प्रदाय छ। त्यहाँ त ज्ञानको प्रारब्ध हुन्छ। अहिले तिमीलाई थाहा छ– हामीले बाबाबाट बेहदको प्रारब्ध लिइरहेका छौँ। कसैलाई पनि सबैभन्दा पहिला यो लक्ष्मी-नारायणको चित्रमा सम्झाऊ। आजभन्दा ५ हजार वर्ष पहिला उनीहरूको राज्य थियो, विश्वमा सुख-शान्ति-पवित्रता सबै थियो, अरू कुनै धर्म थिएन। यस समयमा त अनेक धर्म छन्, त्यो पहिलो धर्म छैन, फेरि त्यो धर्म अवश्य आउनेछ। अब बाबाले कति प्यारले पढाउनुहुन्छ। कुनै लडाइँको कुरा छैन, जीवन भिखारी छ, पराइको राज्य छ, आफ्नो सबै कुरा गुप्त छ। बाबा पनि गुप्त आउनुभएको छ। आत्माहरूलाई बसेर सम्झाउनुहुन्छ। आत्माले नै सबै कुरा गर्छ। शरीरद्वारा पार्ट खेल्छ। त्यो आत्मा अहिले देह अभिमानमा आएको छ। अब बाबा भन्नुहुन्छ– देहीअभिमानी बन। बाबाले अरू कुनै अलिकति पनि तकलिफ दिनुहुन्न। बाबा गुप्त रूपमा आउनुहुन्छ र आएपछि तिमी बच्चाहरूलाई गुप्त दानमा विश्वको बादसाही दिनुहुन्छ। तिम्रो सबै गुप्त छ, त्यसैले रीतिका रूपमा कन्यालाई दाइजो दिँदा गुप्त रूपमा नै दिन्छन्। वास्तवमा गायन छ– गुप्त दान महापुण्य। दुई-चार जनालाई थाहा भयो भने त्यो दानको तागत कम हुन्छ।

बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमीले प्रदर्शनीमा पहिला सुरुमा यो लक्ष्मी-नारायणको चित्रमा सबैलाई सम्झाऊ। तिमीले चाहन्छौ नि– विश्वमा शान्ति होस्। तर त्यो शान्ति कहिले थियो, यो कसैको बुद्धिमा छैन। अहिले तिमीलाई थाहा छ– सत्ययुगमा पवित्रता, सुख, शान्ति सबै थियो। याद पनि गर्छन्– फलानो स्वर्गवासी भयो, तर केही जान्दैनन्। जसलाई जे आयो त्यो भनिदिन्छन्, अर्थ केही छैन। यो ड्रामा हो। मीठा-प्यारा बच्चाहरूको बुद्धिमा ज्ञान छ– हामीले ८४ को चक्कर लगाउँछौँ। अहिले बाबा आउनुभएको छ– पतित दुनियाँबाट पावन दुनियाँमा लैजानको लागि। बाबाको यादमा रहेमा परिवर्तन हुँदैजान्छौ। काँडाबाट फूल बन्छौ। फेरि हामी चक्रवर्ती राजा बन्नेछौँ। बनाउनेवाला बाबा हुनुहुन्छ। उहाँ परमात्मा त सदैव पवित्र हुनुहुन्छ। उहाँ आउनुहुन्छ नै पवित्र बनाउन। सत्ययुगमा तिमी सुन्दर बन्नेछौ। त्यहाँ नेचुरल ब्युटी हुन्छ। आजकाल त आर्टिफिसियल श्रृङ्गार गर्छन् नि। के के फेसन निस्केको छ। कस्ताकस्ता ड्रेस लगाउँछन्। कसैको नजर नपरोस् भनेर पहिला महिलाहरू धेरै पर्दामा रहन्थे। अहिले त झन् खुला गरिदिएका छन्, त्यसैले जहाँतहीँ गन्दा (विकार) बढेको छ। बाबा भन्नुहुन्छ– हियर नो इभिल।

राजामा पावर हुन्छ। ईश्वरको लागि दान गरे भने त्यसमा पावर हुन्छ। यहाँ त कसैमा पावर छैन, जसलाई जे आयो त्यही गरिरहन्छन्। मनुष्यहरू धेरै गन्दा छन्। तिमी धेरै सौभाग्यशाली छौ, खिवैयाले हात समात्नुभएको छ। तिमी नै कल्प कल्प निमित्त बन्छौ। तिमीलाई थाहा छ– पहिला मुख्य हो देह अभिमान, त्यसपछि नै सबै भूत आउँछन्। मेहनत गर्नुछ– आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्न, यो कुनै तितो औषधि होइन। केवल भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। फेरि बाबाको यादमा जतिसुकै पैदल हिँड्दै जाऊ, कहिल्यै गोडा थाक्नेछैनन्। हलुका हुनेछौ। धेरै मद्दत मिल्छ। तिमी मास्टर सर्वशक्तिमान बन्छौ। तिमीलाई थाहा छ– हामी विश्वको मालिक बन्छौँ, बाबाको पासमा आएका छौँ, अरू कुनै तकलिफ दिनुहुन्न। केवल बच्चाहरूलाई भन्नुहुन्छ– हियर नो इभिल। जुन सर्भिसएबुल बच्चाहरू छन्, उनीहरूको मुखबाट त सदैव ज्ञान रत्न नै निस्कन्छन्। ज्ञानका कुराबाहेक अरू कुनै कुरा मुखबाट निस्कन सक्दैन। तिमीले वाहियात परचिन्तनका कुरा कहिल्यै सुन्नुछैन। सर्भिस गर्नेहरूको मुखबाट सदैव रत्न नै निस्कन्छन्। ज्ञानका कुराबाहेक बाँकी कुरा पत्थरले हान्नु हो। पत्थरले हानेनन् भने अवश्य ज्ञान रत्न दिन्छन्, कि त पत्थरले हान्छन् कि त अविनाशी ज्ञान रत्न दिन्छन्, जसको मूल्य वर्णन गर्न सकिँदैन। बाबा आएर अहिले तिमीलाई ज्ञान रत्न दिनुहुन्छ।

बच्चाहरूलाई थाहा छ– बाबा धेरै धेरै मीठो हुनुहुन्छ, आधाकल्पदेखि गाउँदै आएका छन्, तुम मात-पिता... तर अर्थ केही पनि बुझ्दैनथे। सुगाले जस्तै केवल गाइरहन्थे। तिमी बच्चाहरूलाई कति खुसी हुनुपर्छ। बाबाले हामीलाई बेहदको वर्सा, विश्वको बादसाही दिनुहुन्छ। ५ हजार वर्ष पहिला हामी विश्वका मालिक थियौं। अहिले छैनौँ, फेरि बन्नेछौँ। शिवबाबाले ब्रह्माद्वारा वर्सा दिनुहुन्छ। ब्राह्मण कुल चाहिन्छ नि। भागीरथ भन्नाले पनि बुझ्न नसक्ने हुनाले ब्रह्मा र उनको फेरि ब्राह्मण कुल छ। ब्रह्मा तनमा प्रवेश गर्नुहुन्छ, त्यसैले उनलाई भागीरथ भनिन्छ। ब्रह्माका बच्चा ब्राह्मण हुन्। ब्राह्मण हुन् चोटी (शिखा)। विराट रूप पनि यस्तै हुन्छ, माथि बाबा, फेरि सङ्गमयुगी ब्राह्मण जो ईश्वरीय सन्तान बन्छन्। तिमीलाई थाहा छ– अहिले हामी ईश्वरीय सन्तान हौं, फेरि दैवी सन्तान बन्नेछौँ, त्यसपछि डिग्री कम हुनेछ। यी लक्ष्मी-नारायणको पनि डिग्री कम छ, किनकि उनीहरूमा ज्ञान हुँदैन। ज्ञान ब्राह्मणहरूमा हुन्छ। तर लक्ष्मी-नारायणलाई अज्ञानी भनिँदैन। उनीहरूले ज्ञानबाट त्यो पद पाएका हुन्। तिमी ब्राह्मण कति उच्च छौ, फेरि देवता बन्छौ त्यसपछि केही पनि ज्ञान हुँदैन, उनीहरूमा ज्ञान हुन्थ्यो भने दैवी वंशमा परम्परादेखि चल्दै आउँथ्यो। मीठा-प्यारा सिकिलधे बच्चाहरूलाई सबै रहस्य, सबै युक्तिहरू बताउनुहुन्छ। ट्रेनमा बसेर पनि तिमीले सर्भिस गर्न सक्छौ। एउटै चित्रमा नै आपसमा बसेर कुरा गर्यौ भने धेरै आएर जम्मा हुन्छन्। जो यस कुलको हुन्छ, उसले राम्ररी धारणा गरेर प्रजा बन्छ। सर्भिसको लागि चित्र त धेरै राम्रा राम्रा छन्। हामी पहिला देवी-देवता थियौं, अहिले त केही छैनौं। फेरि इतिहास दोहोरिन्छ। बीचमा यो सङ्गमयुग हो, जसमा तिमी पुरुषोत्तम बन्छौ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) ज्ञानका कुराबाहेक अरू कुनै कुरा मुखबाट निकाल्नुछैन। परचिन्तनका कुरा कहिल्यै सुन्नुछैन। मुखबाट सदैव रत्न निस्किरहोस्, पत्थर होइन।

२) सर्भिसका साथसाथै यादको यात्रामा रहेर स्वयंलाई निरोगी बनाउनुछ। अविनाशी सर्जन स्वयं भगवान हामीलाई २१ जन्मको लागि निरोगी बनाउन मिल्नुभएकोछ... यही नशा वा खुसीमा रहनुछ।

वरदान:–
हर कर्ममा फलो फादर गरेर स्नेहको रेस्पोन्स दिने तीव्र-पुरुषार्थी भव

जससँग स्नेह हुन्छ, उसलाई स्वत: फलो गर्नुपर्ने हुन्छ। सदैव याद रहोस्– मैले जुन यो कर्म गरिरहेको छु, के यो फलो फादर हो? यदि होइन भने स्टप गरिदेऊ। बाबालाई कपि गर्दै बाबा समान बन। कपि गर्नको लागि जसरी कार्बन पेपर राख्छन्, त्यसरी नै अटेन्सनको पेपर राख्यौ भने कपि हुन्छ, किनकि अहिले नै तीव्र पुरुषार्थी बनेर स्वयंलाई हर शक्तिले सम्पन्न बनाउने समय हो। यदि स्वयंले स्वयंलाई सम्पन्न गर्न सक्दैनौ भने सहयोग लेऊ। नत्र पछि गएर टु लेट हुनेछौ।

स्लोगन:–
सन्तुष्टताको फल प्रसन्नता हो, प्रसन्नचित्त बन्नाले प्रश्न समाप्त हुन्छन्।