27.08.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– अब यस
बेहदको पुरानो दुनियाँको विनाश हुनु छ , नयाँ दुनियाँ स्थापना भइरहेको छ , त्यसैले
नयाँ दुनियाँमा जान को लागि पवित्र बन।”
प्रश्न:–
परमात्माको
सम्बन्धमा तिमी बच्चाहरूलाई कुन अद्भुत कुरा थाहा छ जुन मानिसहरूको समझभन्दा बाहिर
छ?
उत्तर:–
तिमीले भन्छौ
जसरी आत्मा ज्योति बिन्दु हो, त्यसैगरी परमात्मा पनि अति सूक्ष्म ज्योति बिन्दु
हुनुहुन्छ। यी अद्भुत कुराहरू मानिसहरूको समझभन्दा बाहिर छन्। कैयौँ बच्चाहरू पनि
यसमा अल्मलिन्छन्। बाबा भन्नुहुन्छ प्यारा बच्चाहरू! तिमीहरू अल्मलिनुछैन। सानो
रूपमा याद हुँदैन भने ठुलै रूपमा याद गर। याद अवश्य गर्नु छ।
गीत:–
रात के राही
थक मत जाना...
ओम् शान्ति ।
रुहानी
बच्चाहरूलाई रुहानी बाबा बसेर सम्झाउनुहुन्छ त्यसैले तिमी बच्चाहरू आत्म अभिमानी
भएर बस्नु छ। यसरी अरू कुनै ठाउँमा सम्झाइँदैन। कुनै पनि साधुसन्तले यसरी आत्म
अभिमानी भएर बस भनेर सम्झाउँदैनन्। यसरी एक बाबाले नै सम्झाउनुहुन्छ अरू कसैलाई यसरी
भन्न आउँदैन। यो युक्ति कसैले बताउन सक्दैनन्। तिमी बच्चाहरूले पनि बुझेका छौ, हामी
आत्मा हौँ। आत्माले नै एउटा शरीर छोडेर अर्को लिन्छ। कहिले वकिल, कहिले डाक्टर बन्छ।
आत्मा नै अहिले पतित बनेको छ फेरि पावन बन्नेछ। आत्मामा ज्ञान धारण हुन्छ। निराकार
बाबा ज्ञानको सागर हुनुहुन्छ त्यसैले अवश्य आएर ज्ञान सुनाउनुहुन्छ नि! पतितपावन
हुनुहुन्छ भने अवश्य आएर पावन बनाउनुहुनेछ। उहाँ हुनुहुन्छ सर्वोच्च परमपिता
परमात्मा। म तिम्रो सर्वोच्च पिता हुँ, नलेजफुल हुँ। मेरो आफ्नो शरीर छैन। यो सबै
ज्ञान तिम्रो आत्माले धारण गर्छ त्यसैले तिमी आत्म अभिमानी बन्नुपर्छ। देह अभिमान
राख्नुहुँदैन। अरू कुनै यस्तो ठाउँ छैन जहाँ सुन्ने र सुनाउने दुवै देहीअभिमानी
हुन्छन्। बाबा त हुनुहुन्छ नै निराकार। उहाँ आएर तिमीलाई राजयोग सिकाउनुहुन्छ। बाँकी
सबै मानिसहरू हुन्छन् नै देह अभिमानी। भन्न त यी लक्ष्मीनारायणको लागि भन्छन्–
यिनीहरू आत्म अभिमानी थिए तैपनि देहभान त हुन्छ नि! यो ज्ञान परमपिता परमात्मा नै
आएर दिनुहुन्छ। आत्माले धारण गर्नुपर्ने हुन्छ। बाबाले आत्मालाई नै पतितबाट पावन
हुने युक्ति बताउनुहुन्छ। अहिले सारा दुनियाँको पतन (डाउनफल) भएको छ फेरि उत्थान (राइज)
गर्न आउनुहुन्छ। यो कुरा तिमी बच्चाहरूलाई थाहा छ। पतन अर्थात् विनाश (डिस्ट्रक्सन)
उत्थान अर्थात् निर्माण (कन्स्ट्रक्सन)। स्थापना र विनाश। स्थापना केको? नयाँ
दुनियाँको, स्वर्गको स्थापना र फेरि पुरानो दुनियाँ नर्क (हेल) को विनाश। विनाश र
निर्माण। कलियुग हो पुरानो दुनियाँ, यसको विनाश अवश्य हुनुपर्छ। विनाशको निसानी– यो
महाभारी महाभारत लडाइँ हो। महाभारतको वृत्तान्त महाभारत ग्रन्थमा देखाउँछन्। बाबाले,
ब्रह्माद्वारा स्थापना गर्नुहुन्छ। त्यो स्थापना त अवश्य नयाँ दुनियाँको गर्नुहुनेछ
नि! यो हो बेहदको विनाश र बेहदको स्थापना। बाबाले नै नयाँ घर बनाउनुहुनेछ–
बच्चाहरूको लागि। फेरि पुरानो घर पक्कै खतम गराउनुहुनेछ। तिमीले बुझेका छौ– बाबाले
अहिले नयाँ दुनियाँ स्थापना गरिरहनुभएको छ। तमोप्रधानबाट फेरि सतोप्रधान बनाउनको
लागि हामीलाई तयार गरिरहनुभएको छ। विनाशको लागि महाभारतको लडाइँ प्रसिद्ध छ। भन्छन्
यो त्यही समय हो। उनै ताराहरू (स्टार्स) आएर आपसमा मिलेका छन् जुन महाभारतको समयमा
थिए। यस सिँढीमा पनि लेखिएको छ भारतवर्षको उत्थान र पतनको अद्भुत कथा। यस लाइनमा
कल्प कल्प शव्द पनि आउनुपर्छ। सुरुदेखि अन्त्यसम्म मानिसहरूले ८४ जन्म लिन्छन्। यो
कुरा पनि तिम्रो बुद्धिमा छ। मानिसहरूको बुद्धिलाई त एकदमै गोदरेजको ताल्चा लागेको
छ। यी कुराहरू मानिसहरूले बुझ्नु छ। आत्माहरूले यहाँ शरीर धारण गर्छन् पार्ट खेल्न।
त्यसैले ड्रामाको आदि-मध्य-अन्त्यका रचयिता, निर्देशक, मुख्य पात्र आदिलाई
चिन्नुपर्छ नि! अहिले तिमीलाई सारा ड्रामाको सुरुदेखि लिएर अन्त्यसम्म, ड्रामाको
आदि-मध्य-अन्त्य, को के हुन् (हु इज हु), सबै थाहा भएको छ। तिमीलाई बाबाद्वारा यो
सारा ज्ञान मिलिरहेको छ। सृष्टि चक्र कसरी घुम्छ। यसलाई भनिन्छ रुहानी ज्ञान।
जिस्मानी ज्ञानलाई दर्शन (फिलोसफी) भनिन्छ। आध्यात्मिक ज्ञान (स्पिरिचुअल ज्ञान),
रुहानी ज्ञानलाई ज्ञान भनिन्छ। अहिले यी सबै कुराहरू बच्चाहरूको बुद्धिमा बसालिएको
छ।
तिमी बच्चाहरूलाई थाहा
छ, अब ८४ जन्मको नाटक पूरा हुन्छ। अहिले हामी फर्केर जान्छौँ तर पतित कोही फर्केर
जान सक्दैनन्। नत्र यति धेरै जप, तप, तीर्थ आदि किन गर्थे। पवित्र बन्नको लागि नै
गङ्गास्नान गर्न जान्छन्, तर त्यसबाट त कोही पावन बन्न सक्दैनन् त्यसैले फर्केर कोही
जान सक्दैनन्। गफ त धेरै लगाउँछन् फलानो पार निर्वाणधाम गयो, ज्योति ज्योतीमा
समाहित भयो। बाबाले सम्झाउनुभएको छ फर्केर कोही जाँदैन। नाटकका सबै पात्रहरू यहाँ
नै छन्। अब नाटक पूरा हुन्छ त्यसैले सबै मञ्चमा उभिएका छन्। अहिले सबै यहाँ उपस्थित
छन्। मानिसहरूलाई थाहा छैन बौद्धी, क्रिस्चियन आदि कहाँ छन्। तिमीले बुझेका छौ, जो
सबै आत्माहरू माथिबाट यहाँ आएका छन् ती सबै यतिबेला तमोप्रधान छन्। तमोप्रधानबाट
सतोप्रधान कल्प पहिला पनि बनेका थिए। बाबाले नै आएर स्थापना, विनाश गराउनुहुन्छ।
भन्छन् पनि यो ज्ञान राजाहरूको राजा बनाउनको लागि हो। बेहदको बाबाले भन्नुभएको छ
मैले तिमीहरूलाई राजाहरूको राजा बनाउँछु। श्रीकृष्णले त स्थापना गराउँदैनन्। रचयिता
बाबा हुनुहुन्छ। बाबा नै आएर सम्झाउनुहुन्छ सृष्टि पतित भएपछि नै तिमीले मलाई
बोलाउँछौ। यस्तो होइन मैले नयाँ सृष्टि रच्छु। जसरी देखाउँछन् प्रलय भयो, यो सबै
गलत हो। मानिसहरूले बोलाउँछन् नै हे पतितपावन आउनुहोस्! त्यसैले पक्कै पतित
दुनियाँमा आउनुहुनेछ नि! बाबाले नै आएर श्रीकृष्णपुरीको साक्षात्कार गराउनुहुन्छ।
देखाउँछन् श्रीकृष्ण सागरमा पिपलको पातमा आए... यो हो ठिक कुरा। नयाँ दुनियाँमा
सबैभन्दा पहिला श्रीकृष्ण नै आउँछन्। सागरमा होइन तर गर्भ महलमा आउँछन्। बुढीऔँला
चुस्दै, धेरै आरामले गर्भ महलमा रहन्छन्। सत्ययुगमा जति पनि बच्चाहरू हुन्छन् ती
गर्भ महलमा हुन्छन्। उनीहरूले गर्भ महलको कुरालाई फेरि सागरमा पातमा बसेको देखाएका
छन्। ती सबै हुन् भक्तिमार्गका कुराहरू। बाबा बसेर यी सबै शास्त्रहरूको सार
सम्झाउनुहुन्छ। यहाँ गर्भजेलमा रहन्छन् त्यसैले भन्छन् मलाई बाहिर निकाल्नुहोस्।
फेरि मैले पाप गर्नेछैन। तर रावणको दुनियाँमा पाप त हुन्छ नै। तैपनि पाप गर्न
थाल्छन्। तिमी आधाकल्प जेल बर्ड बन्छौ। चोरहरूलाई जेल बर्ड भन्छन्। जेलबाट बाहिर
निस्कन्छन् फेरि पनि चोरी गरिरहन्छन् र जेलमा जानुपर्छ त्यसैले जेल बर्ड भन्छन्।
बाबाले सम्झाउनुभएको छ यो रावण राज्य हो। त्यहाँ त यी कुराहरू हुँदैहुँदैनन्। त्यो
हो नै रामराज्य। त्यहाँ न गर्भजेल हुन्छ न त्यो जेल हुन्छ। यहाँ त कति मानिसहरू
जेलमा परिरहन्छन्। गर्भ जेल छ भने त्यो पनि जेल हो। डबल जेल हुन्छ। कलियुगको अन्त्य
हो नि!
बाबा सम्झाउनुहुन्छ
तिमी बच्चाहरूले अहिले निर्माण गरिरहेका छौ। उत्थान र पतन, हरेक कल्पमा भइरहन्छ।
उत्थान र पतन दुनियाँको हुन्छ। त्यसमा मुख्य पार्ट छ भारतवर्षको। गाउँछन् पनि आत्मा
परमात्मा अलग रहे बहुकाल.... त्यसैले त्यसको पनि हिसाब हुनुपर्छ नि! कुन आत्माहरू
धेरै कालदेखि अलग रहेका छन्। सबैभन्दा पहिला देवीदेवता धर्मका आत्माहरू आउँछन्
पार्ट खेल्न। अहिले ती देवता छैनन्, जसले राज्य गरेर जान्छन्, उनीहरूका चित्रका
निसानीहरू रहन्छन्। राज्य त खतम भयो। स्वर्ग खतम हुन्छ अनि फेरि नर्क हुन्छ फेरि
नर्क खतम भएर स्वर्ग बन्छ। त्यसैले नयाँ दुनियाँको निर्माण हुन्छ र नर्कको विनाश
हुन्छ। निर्माणको लागि बच्चाहरू हुनुपर्छ नि! त्यहाँ बस्ने पनि तिमीहरू नै हौ। पहिला
त तिमी दैवीगुणयुक्त देवता बन्नुपर्छ। यो पनि गायन छ मानिसबाट देवता... अपवित्र
मानिसहरू हुन्छन् नि! भगवानुवाच– गृहस्थ व्यवहारमा रहेर कमल फूलसमान बन्नु छ। यो यस
मृत्युलोकको हो नै अन्तिम जन्म, यसमा पवित्र बन्नु छ। यो राम्रोसँग सम्झाउनुपर्छ।
हामी यो मृत्युलोकको अन्तिम जन्म पवित्र रहन्छौँ। बाबा भन्नुहुन्छ– यी विकारहरूमाथि
विजय गरेमा तिमी विश्वको मालिक बन्नेछौ। बच्चाहरूले पनि यो कुरा सुनेर फेरि अरूलाई
सम्झाउँछन् यस पुरानो दुनियाँको विनाश सामुन्ने उभिएको छ। यो त्यही महाभारतको लडाइँ
हो, काम महाशत्रु हो, त्यसैले प्रतिज्ञा गर। अहिले तिमीले बुझेका छौ हामी पवित्र
बन्छौँ। यस पुरानो दुनियाँको विनाश पक्कै हुनु छ, त्यसभन्दा पहिला पवित्र पक्कै
बन्नु छ। विनाश हुन्छ त्यसपछि त कुरै नसोध– हाहाकार हुन्छ, धेरै कष्टकर मृत्यु
हुन्छ। तिमीले हेर्न पनि सक्नेछैनौ। कसैको अपरेसन भयो भने कमजोर मानिसहरू टिक्दैनन्,
ढल्छन् त्यसैले डाक्टरहरूले परिवारलाई अपरेसन हेर्ने अनुमति (एलाउ) दिँदैनन्। यो त
कति ठुलो अपरेसन हुनेछ। एकअर्कालाई मारिरहनेछन्। यो हो फोहोरी (डर्टी) दुनियाँ,
काँडाहरूको जङ्गल। सत्ययुगलाई भनिन्छ फूलहरूको बगैँचा (गार्डेन अफ फ्लावर्स)।
देवताहरू चैतन्य फूल हुन् नि! मानिसहरूले त स्वर्गमा कुनै फूलहरूको बगैँचा हुन्छ
भन्ने ठान्दछन्, जे सुन्छन् त्यही भनिदिन्छन्। अल्लाहको बगैँचा (गार्डेन अफ अल्लाह)
भन्छन् नि, फेरि ध्यानमा पनि बगैँचा देख्नेछन्। अल्लाहले हातमा फूल दिनुभयो।
बुद्धिमा नै ईश्वरीय (खुदाई) बगैँचा हुन्छ। भक्तिमार्गमा साक्षात्कार गर्नको लागि
भक्ति गर्छन्। साक्षात्कार भयो भने भन्छन् भगावान् सर्वव्यापी हुनुहुन्छ नि! जे
बितेर गयो त्यो फेरि दोहोरिनेछ। बच्चाहरू जुन पोसाकमा, जसरी आएका छन्, त्यसरी नै
यस्तै पोसाकमा फेरि कल्पपछि आउनेछन्। ड्रामालाई कसैले राम्रोसँग बुझेका रहेछन् र
बाबाको समीप तिनीहरू आए भने बाबा सोध्नुहुन्छ पहिला कहिल्यै आएका थियौ? भन्छन्– हो
बाबा हजुरसँग कल्प पहिला पनि मिलेका थियौँ, हजुरबाट वर्सा लिन आएका थियौँ। बाबा
सोध्नुहुन्छ के पद पाएका थियौ? बाबा मम्मा भन्छन् भने पक्कै उनीहरूको घरानामा
आउनेछन्।
बाबा भन्नुहुन्छ यस्तो
पुरुषार्थ गर जसले गर्दा उच्च पद पाउँनेछौ। यी सबै कुरा तिम्रो बुद्धिमा छन्। अवश्य
लडाइँ पनि हुन्छ, नर्क त विनाश हुनु नै छ। तिमीसँग धेरै फस्टक्लास चित्रहरू छन्। यो
श्रीकृष्णको दुईवटा गोला भएको चित्र पनि छपाउनुपर्छ, यसमा धेरै स्पष्ट छ। स्वर्गका
ढोका खुलेका छन् भने लात नर्कतिर छ। तिम्रो पनि मुख छ स्वर्गतिर, यो त एकदम
एक्युरेट कुरा हो। तिमीले जान्दछौ अहिले हामी घर जानु छ त्यसैले घरलाई नै याद
गर्नुपर्छ। पुरानो दुनियाँलाई भुल्नुपर्छ, यसलाई भनिन्छ बेहदको वैराग्य। पुरानो
दुनियाँलाई छोडेर हामी बाबाको समीप जान्छौँ। यादको यात्राबाट नै जान्छौँ। मुख्य हो
नै यादको कुरा। याद त सबैले गर्छन् नि! अहिले बाबा आएर यथार्थ कुरा सम्झाउनुहुन्छ–
मलाई याद गर। यो हो अव्यभिचारी याद, त्यो पनि अर्थसहित। तिमीलाई थाहा छ, शिवबाबा पनि
बिन्दु हुनुहुन्छ। आफूलाई पनि आत्मा बिन्दु सम्झ, बाबालाई पनि बिन्दु सम्झ।
मानिसहरूले यो नयाँ कुरा देखेर बिर्सिन्छन्। आफूलाई आत्मा सम्झेर फेरि बाबालाई र
आफ्नो घरलाई याद गर्नु छ। अच्छा बिन्दु सानो लाग्छ, घर परमधाम त ठुलो छ नि! घरलाई
याद गर। बाबा पनि त्यहीँ निवास गर्नुहुन्छ। हामी तिमी त्यहाँ जानेछौँ जहाँ बाबा
निवास गर्नुहुन्छ। बिन्दु याद आउँदैन, अच्छा घर त याद आउँछ नि, त्यो हो शान्तिधाम र
त्यो हो सुखधाम। यो हो दुःखधाम। अहिले तिमीहरूले नम्बरवार पुरुषार्थ अनुसार पढिरहेका
छौ फेरि सुखधाममा आउनेछौ। तिमीहरू बाबाका बच्चा हौ भने पक्कै तिमीहरूलाई पनि
स्वर्गको बादसाही चाहिन्छ। कल्प पहिला पनि शिवबाबा आउनुभएको थियो, स्वर्गको बादसाही
दिनुभएको थियो। तिमीले भुलेका छौ। बाबा भन्नुहुन्छ– अहिले फेरि आएको छु, तिमीलाई
त्यो बादसाही दिन। कतिपटक तिमीले राज्य भाग्य लियौ र गुमायौ। अनगिन्ती पटक वर्सा
लिएका छौ तैपनि यस्तो बाबालाई किन भुल्छौ! मायाका तुफानसँग धेरै लडाइँ हुन्छ त्यसैले
नाटक पनि देखाउँछन्– मायाले उतातिर तान्छ, प्रभुले यतातिर तान्नुहुन्छ। ज्ञानमा
विघ्न पर्दैन, यादमा विघ्न पर्छ, यसमा नै मेहनत छ। अब बाबा भन्नुहुन्छ– महारथी बन।
यस पुरानो दुनियाँमा त आगो लाग्नु छ। यस यज्ञमा सारा पुरानो दुनियाँ स्वाहा हुनु छ
त्यसैले महाविर पनि बन्नु छ। तिमी बच्चाहरूले अखण्ड, अटल, अडोल राज्य पाउनु छ।
तिम्रो बुद्धियोग बाबासँग यसरी रहोस् जसबाट जतिसुकै तुफान आए पनि मायाले केही गर्न
नसकोस्। यो हो तिम्रो अन्त्यको अवस्था, यतिबेला नै ट्रान्सफर हुनुपर्ने हुन्छ। जसरी
स्कुलमा परीक्षा अन्त्यमा हुन्छ, तिम्रो माला पनि अन्त्यमा बन्नेछ। तिमीलाई धेरै
साक्षात्कार हुनेछ– फलानो यो बन्नेछ, फलानो यो बन्नेछ। यो दासी बन्नेछ... यी सबै
कुरा बताइनेछ। त्यतिबेला त केही पनि गर्न सक्नेछैनौ, फेरि पछुताउनुपर्नेछ, यो हामीले
के गरिदियौँ! श्रीमतमा किन चलेनौँ! तर अन्त्य समयमा केही हुन सक्नेछैन। यसरी धेरै
पछुताउँछन्। मानिसहरूले कसैको हत्या गर्छन् फेरि पछि पछुताउँछन्। तर हत्या त भइसक्यो
फेरि के गर्न सक्छन् त्यसैले बाबा भन्नुहुन्छ– लापरबाही नगर, आफूले पुरुषार्थ
गरिराख। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) ८४ जन्मको नाटक अब पूरा हुन्छ, फर्केर परमधाम घर जानु छ, त्यसैले आत्म अभिमानी
रहेर पावन बन्नु छ। देह अभिमान मेटाउनु छ।
२) अर्थसहित आफूलाई
आत्मा बिन्दु सम्झेर, बिन्दु बाबाको अव्यभिचारी यादमा रहनु छ। महाविर बनेर आफ्नो
अवस्था अडोल, अचल बनाउनु छ।
वरदान:–
व्यर्थको
लिकेजलाई समाप्त गरेर समर्थ बन्ने कम खर्च बालानसिन भव
सङ्गमयुगमा
बापदादाद्वारा जे जति खजानाहरू मिलेका छन् ती सबै खजानाहरूलाई व्यर्थ जानबाट बचायौ
भने कम खर्च बालानसिन बन्नेछौ। व्यर्थबाट बचाउनु अर्थात् समर्थ बन्नु। जहाँ
सामर्थ्य छ त्यहाँ व्यर्थ जाने– यो हुन सक्दैन। व्यर्थको लिकेज (चुहावट) छ भने
जतिसुकै पुरुषार्थ गर, मेहनत गर तर शक्तिशाली बन्न सक्दैनौ, त्यसैले लिकेजलाई चेक
गरेर समाप्त गरेमा व्यर्थबाट समर्थ हुनेछौ।
स्लोगन:–
प्रवृत्तिमा
रहेर सम्पूर्ण पवित्र रहनु– यही योगी र ज्ञानी आत्माको चुनौती (च्यालेन्ज) हो।
अव्यक्त इसारा:–
अपवित्रताको बीजलाई पनि समाप्त गर ेर सम्पूर्ण स्वच्छ (पवित्र) बन
परमात्म ज्ञानको
नवीनता पवित्रता हो। नशा (फलक) का साथ भन्छौ नि आगो र कपास सँगै बसे पनि आगो लाग्न
सक्दैन। तिमीहरूले भाषण गर्दा पनि भन्छौ पवित्रताविना योगी आत्मा, ज्ञानी आत्मा
बन्नै सक्दैनौ। त्यसैले यो चुनौतीलाई अब यथार्थ रूपमा ल्याऊ।